Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बल्ल आयो राष्ट्रपति कार्यालयको चिटिक्कको वक्तव्य

Posted on February 13, 2014February 13, 2014 by Salokya

shital_niwasराष्ट्रपति कार्यालयबाट आउने विज्ञप्तिहरु सासै अड्‌किने जस्तो गरी तलको पढ्दा माथिको बिर्सने शैलिको लामो हुने गर्थ्यो। यसबारे माइस‍ंसारले यसअघि ब्लग पनि लेखेको थियो। यहाँ हेर्नुस्। बुधबार भने छोटाछोटा वाक्यसहितको चिटिक्क परेको वक्तव्य राष्ट्रपति कार्यालयबाट आयो। प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रपति रामवरण यादवबीच भएको भेटपछि जारी गरिएको वक्तव्य थियो त्यो। हेर्नुस्

prez

केही चाटुकारहरुले त राष्ट्रपति कार्यालयबाट निस्कने औपचारिक भाषाको वक्तव्य यस्तै जटिल र लामो हुनुपर्छ भन्ने शैलिमा तर्क गरेको पनि देखियो। त्यस्तै हो भने त माथिको वक्तव्य पनि एकै वाक्यमा यसरी बन्न सक्थ्यो-

सम्माननीय राष्ट्रपति र नवनियुक्त सम्माननीय प्रधानमन्त्री सुशील कोइराला बीच आज राष्ट्रपतिको कार्यालयमा औपचारिक भेटवार्ता हुँदा सम्माननीय राष्ट्रपतिले सम्माननीय प्रधानमन्त्रीलाई कार्यालयमा स्वागत गर्नु हुँदै उहाँको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै नवगठित सरकारले दलहरुको एक वर्षभित्र संविधान जारी गर्ने प्रतिवद्धतालाई पहिलो प्राथमिकतामा राखी कार्यान्वयन गर्ने, संविधान निर्माण लगायत सरकार सञ्चालनमा सकेसम्म सबै शक्तिलाई विश्वासमा लिने, सहमतिका आधारमा सरकार सञ्चालन गर्न सक्दो प्रयास गर्ने, शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पुरा गरी पीडितलाई न्याय दिने, पहिलो संविधानसभा विघटन पछि अवरुद्ध भएका कामहरु, जस्तै न्यायालय र संवैधानिक निकायका पदाधिकारी नियुक्त गरी ती निकायहरुलाई यथाशक्य चाँडो पूर्णता दिने, राज्यका सबै अंगहरुको आपसी मर्यादा कायम गर्न गराउन ध्यान दिने, संविधान तथा संवैधानिक सिद्धान्तको परिपालनामा जोड दिने,सुशासन कायम गर्नमा जोड दिने, जस्तै– (क) शान्ति सुरक्षाको प्रत्याभूति गर्ने, (ख) भ्रष्टाचार नियन्त्रण गर्ने (ग) कानूनको शासन कायम गरी जनतामा न्यायको अनुभूति दिलाउने (घ) महँगी नियन्त्रण गर्ने उपायहरु अविलम्ब अपनाउने(ङ) जनतामा पुर्याउने सेवाको प्रभावकारितामा विशेष ध्यान दिनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो।

ल भन्नुस् अब तपाईँलाई कुन चाहिँ शैलि ठीक लाग्छ ? माथिको कि तलको ? कुन बुझ्न सजिलो हुन्छ ? माथिको कि तलको ? कस्तो वक्तव्य जारी होस् भन्ने चाहनुहुन्छ तपाईँ ? माथिको कि तलको ?

3 thoughts on “बल्ल आयो राष्ट्रपति कार्यालयको चिटिक्कको वक्तव्य”

  1. jitu says:
    February 13, 2014 at 8:54 pm

    माथिकै राम्रो, अहिलेका प्रबक्ता चाँही दिग्गज रहेछन ल

    Reply
  2. Deepak Shrestha says:
    February 13, 2014 at 6:42 pm

    माथिको ।

    Reply
    1. Deepak Shrestha says:
      February 13, 2014 at 6:45 pm

      छोटो / स्पष्ट लेखनशैलीमा माथीको वक्तव्य सुहाउदो देखिन्छ/बुझिन्छ ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme