Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोही सहमति भएको छ भन्ने, कोही छँदै छैन भन्ने- अब सहमति छानबिन कार्यदल बनाए भो

Posted on February 13, 2014February 13, 2014 by Salokya

गृह मन्त्रालयको विवादले गृह कलह बढ्दा प्रधानमन्त्री निर्वाचित भएको आज तेस्रो दिन पनि एक जना बिना विभागीय मन्त्री र प्रधानमन्त्रीको भरमा देश चलिरहेको छ। यो विवाद सुल्झनुको साटो झन् अल्झँदै गएको छ।

का‍ङ्ग्रेस नेताहरु त अब गृह मन्त्रालय एमालेलाई दिने गरी सहमति भएकै छैन भन्न थालेका छन्। एमाले भने सहमति भएकै हो का‍ङ्ग्रेसले बेइमानी गर्‍यो भनिरहेको छ सुरुदेखि। सहमति भएको हो कि हैन भनेर पत्ता लगाउन समेत छानबिन कार्यदल बनाउनु पर्ने अवस्था सिर्जना भएको छ।

प्रधानमन्त्री सुशील कोइराला आफैले गृह मन्त्रालय एमालेलाई दिने गरी सहमति नभएको बताइसकेपछि झन् समस्या बल्झेको छ। हिजो पत्रकारहरुले सोध्दा नयाँ प्रधानमन्त्रीले झर्किएर भनेछन्- “गृह एमालेलाई दिने गरी सहमति भएको छैन भन्या”

त्यसो भनेपछि झलनाथ खनालको जवाफ चाहिँ पशुपतिनाथले काङ्ग्रेसलाई सद्‌बुद्धि दिउन् भन्ने रह्यो।

खासमा एमालेभित्रैका नेताहरुले पनि वामदेवले गृहमन्त्री दिन नहुने भित्री इच्छा राखेर काङ्ग्रेस नेताहरुलाई उचालेको कुरा आइरहेको छ। आगामी प्रधानमन्त्री हुने दाउमा रहेका केपी ओलीले पनि यो विषयमा कडा प्रतिक्रिया दिएका छैनन्। बिचरा वामदेव ओलीलाई स‍ंसदीय दलको नेता बनाउँदा उधारोमा सहमति गरेका थिए, सुशीललाई प्रधानमन्त्री बनाउँदा पनि कागजमा नलेखिएको उधारो सहमति गरेर फँस्ने भए।

अहिलेको ताल हेर्दा वामदेवबाहेक अर्कोलाई गृहमन्त्री दिएपछि बल्ल कुरा मिल्ला कि जस्तो देखिएको छ। त्यो अर्को मन्त्री का‍ङ्ग्रेसको हुन्छ कि एमालेको हुन्छ त्यसमा अझै बार्गेनिङ चल्नेछ। यो बार्गेनिङले अझै कति दिन यस्तै अलपत्र अवस्थामा देश चल्ने हो, अन्यौल छ।

अझै मन्त्रिपरिषद्‌बाट मनोनीत गर्ने २६ जनाको नाम बाँकी छ, सभामुख-उपसभामुख र स‍ंसदीय समितिहरुका नाइकेहरु चुनिन बाँकी छन्। तीन महिना यसरी नै बिताइसकेपछि एक वर्षमा संविधान कसरी बनाउने हो ?

जनतालाई भने केही न केही। आज फागुन १ देखि देशभर खानेपानी स‍ंस्थानले पानीको भाउ दोब्बरभन्दा बढी बढाइसक्यो। बत्तीको भाउ पनि बढ्दैछ।

माओवादीले चुनावमा धाँधली भएको कुरालाई छानबिन गर्ने भन्दै टुङ्ग्याए जस्तै यो सहमति विवाद पनि छानबिन गरेर टुङ्ग्याउने गरी सरकार बनाए कसो होला ?

छानबिन आयोगलाई यस्तो निर्देशन दिउँ बरु-

सहमति कसले गरेको ?
गृह मन्त्रालय चाहिन्छ भनेर कसले सुरुमा भनेको ?
त्यसको जवाफ का‍ङ्ग्रेसले के भनेर दिएको ?
भइहाल्छ नि भनेको कि, मिलाएर गरौँ भनेको कि, हुन्छ नै भनेको ?
कुन शब्दको अर्थ के हुन्छ भनेर भाषाविद्‌हरुसित सल्लाह गरौँ

गृह मन्त्रालयको यस्तो विवादलाई तपाईँले कसरी लिनुभएको छ ? गृह कसले पाउनु पर्ने हो ? तपाईँको विचार तल कमेन्टमा राख्नुस्।

34 thoughts on “कोही सहमति भएको छ भन्ने, कोही छँदै छैन भन्ने- अब सहमति छानबिन कार्यदल बनाए भो”

  1. Shankar says:
    February 15, 2014 at 10:32 pm

    बाहुन हरुको जाल झेल ले देश सधै अनिर्णय को बन्दि हुने , कुनै बिकाश हुन् न सक्ने , सधै फट्याई हुने घाम जस्तै छर्लंग छ |
    —- प्रसासन भ्रस्ट
    —-शिक्ष्या छेत्र भ्रस्ट
    —-जता पनि गन्धा राजनीति
    सबै जाति लाइ नै भान्न खोजेको हैन , धेरै असल बाजेहरू पनि हुनुहुन्छ | तर सबै कासी मा हुनुहुन्छ कि क्या हो |
    काश !! नेपाल मा हुनु भएको भए |

    Reply
  2. जित says:
    February 14, 2014 at 10:50 am

    बल्ल पर्यौ तुक्का धोबी कांग्रेसको जालैमा!!
    बल्ल पर्यौ काजु कान्छा कांग्रेसको जालैमा!!
    हा हा हा…

    Reply
  3. Shankar says:
    February 14, 2014 at 6:16 am

    राजाको काखमा हुर्केका बुढा नेताहरु न सजिलै सहमति गर्न सक्छन , न निर्णय गर्न सक्छन | हिजो अर्को ओर्डर मा काम गरेको बानि भएकोले दिल्ली भएपनि ओर्डर चाहिन्छ उनीहरुलाई |
    तेसैले नया पुस्ता को नेता अगि आउनु पर्यो भनेको |

    Reply
  4. गगन says:
    February 14, 2014 at 5:27 am

    नबर वान, एमालेलाई नै दिनपर्छ गृह र ग्रह पनि| तर बामदेवलाई होइन| बाजे बाहेक अरुलाई दिए राम्रो हुन्छ|
    गृह एमालेलाई सुम्पेपछि कांग्रेसको गृह राज्यमन्त्री पनि हुनपर्छ| एकजनाले मात्र देशको ढुकुटी लुटेर देश रित्तो हुँदैन, दुई जना चाहिन्छ| चेक एण्ड ब्यालेन्स पनि हुन्छ|
    महतले नै हुन् एमाले संगको वार्ता टोलीमा सामेल हुने, उनैले एमालेलाई गृह दिने कहिले सहमति भएको छैन भने पछि आँखा झिम्काउन्दा इशारा उल्टो बुझियो वा कसले न कसले झुटो बोलिरहेको छ|
    गृहमा लुटन पाईने हुनाले सबैको आँखा गृहमा छ| राजाले थोपरेको अन्तिम शाशनमा कमल थापा गृहमा हुँदा करोडौ लुटे र त्यो लुटेको धन गोप्य र राज्य सुरक्षाको नाउँमा सुलसुले र मेडिया लाई पनि बाँढे| मेडियाले पछि यसमा कुरै उठाएँन, यस्तो छ हाम्रा धेरै जसो दही चिउरे मेडिया| अहिले टंक ढकाल लाइ छ्दाउनु हो भने कुन मेडिया र कुन मेडिया परसनले कति धोक्राए सबै खुल्छ| कमल थापा, भीम रावल र गच्छेदारलाई अनुसन्धान गरेर अदालतमा उभाएको भए कति जना सचिव, सह र उपसचिव हरु पनि पोलिन्थे| तर लुटको धन सबैले पचाएका छन् र अहिले सबै चोखो जस्तो भएर प्रस्तुत भइरहेका छन्|
    गृहले खर्च गर्ने रकममा कडा कडी गरिन पर्छ, निगरानी राखिन पर्छ, अनुगमन हुन् पर्छ| पकडा परेकाकालाई गृहले छुटाउन मिल्दैन| सरुवा र बढुवामा गृहले सेटिंग गरेर र कमिशन खाने कुरो सबैलाई थाहा छ|
    गैर जिम्मेवारी कामको जिम्मेवारी गृह मन्त्रि माथि राखेर कारवाही गरिन पर्छ जसले एक पछि अर्को महाभ्रष्ट गोबिन्द जोशी र खुम बहादुर कांग्रेसी जम्न नपाओस|
    गृहको हानथापमा कांग्रेस र एमालेले देशलाई धरापमा पार्नु भएन|
    ओली र सुशीलको जिम्मेवारी खोई? नेतृत्वको यो तालले न संबिधान बन्छ, वा बने पनि सहमति जुटाउन सकिदैन वा काम नलाग्ने बन्छ|
    हरुवा माओवादी र प्रत्यक्षमा नराम्रो संग पछारिएको राजावादी अनि चुनावी चोट अझ मल्हम पट्टीमै रहेका मधेसवादीहरुले मुख आँ.. गरेर पर्किरहेको छ झरेको फल खान|

    Reply
  5. Milan says:
    February 14, 2014 at 3:13 am

    UML खुब गृह को लागि रास्ट्रपति को चुनाब खोजेको होइन भनेर ओली खुब कुर्लेको थियो नी/ आखिर गृह को लागि होइन भने किन कच् कच्? न्तमा रास्ट्रपति चुनाब पनि भएन आब UML थान्गना सुत्न मात्र बाकी छ/

    Reply
  6. Raj says:
    February 14, 2014 at 12:14 am

    हैन ओ , यति धेरै बुदा थप्दा पनि गृह कसरि छुटियो. एउटा बुदा गृह थपे नि हुन्थियो !
    ार्ता मा पनि ामे नै थियो , नराम्री ठोक्यो यो बामे पनि. वरु एमालेकै अर्को नेतालाई गृह दियो भैहालयोनि.

    Reply
  7. mukti says:
    February 13, 2014 at 11:37 pm

    म हुन्छु नि गृह मन्त्रि! एसो गरे कसो होला?

    Reply
  8. hemraj says:
    February 13, 2014 at 10:09 pm

    सबै नेता हरु भन्छन संबिधान नै ठुलो कुरो हो सरकार त केहि होइन संबिधान सभा को प्रमुख उद्धेस्य संबिधान जारी गर्नु हो तेसो हो भने येतिखेर को सरकारमा कुकुर लाई हड्डी जस्तो किन लडेको खिलराज रेग्मी कै सरकार राखेर संबिधान जारी गर्ने तेस पछि मात्र नया सरकार बनाए हुदैन संबिधान होइन सबै नेता लाई कुकुर लाई हड्डी जस्तो सरकार चहिएछ /

    Reply
  9. dipak says:
    February 13, 2014 at 9:19 pm

    म राजनीतिक रुपमा कुनै पार्टी को समर्थक त होइन तर येसो हेर्दा काँग्रेस ले अलिकति अर्घेल्याई
    गरेको जस्तो चाही लाइराछ ,संसद मा पर्तिनिधित्यो को हिसाब ले लगभग एमाले पनि काँग्रेस संग बराबरी मा हुदा हुदै पनि रास्ट्रपति ,प्रधानमन्त्री ,गृहमन्त्री सबै आफुले मात्र खान्छु भन्न त अलि सुहाएननि हैनर ?

    Reply
  10. aryab man singh basnyat says:
    February 13, 2014 at 7:54 pm

    कुकुर र बिरालोको मन्त्रालय भागभंडाको खिचातानी देखेर विदेशबाट आयातित बादरहरु र बिदेशी डेडुहरु कुम उचाली उचाली नाचिराहोलान. जय होस् !!!

    Reply
  11. हरि हर शर्मा says:
    February 13, 2014 at 7:37 pm

    गृह थाँती राखेर देश चलाउन ! ल गृह प्र म लाई नै दिने भो/ यसको गरे कस्तो होला /

    Reply
  12. Sanu says:
    February 13, 2014 at 7:21 pm

    नेताहरुको काम भनेको अरुलाई झुक्यौने र ढाट्ने त हो नि , अरु बेला जनता लाई ढाट्थे अहिले आँफैहरुलाई ढाटिरहेछन .

    Reply
  13. ekraj says:
    February 13, 2014 at 6:54 pm

    यी दुवै पार्टी चोर माथिको चण्डालहरुले भरिएको छ| यिनीहरु जीवनभर्, phattyai, जाल्शादी , र झुट को खेति गरेर हुर्केका र बाचेका जन्तु हुन्| यस्तै खेल मा समय बर्बाद गर्ने र लुट्ने मौका खोज्ने अपराधी हुन्|
    निहरुको के योग्यता छ र संबिधान लेख्दछन? लुट्ने नै इनिहरुको दाउ हो|
    यसको औषधि जनताले नै खोज्नु पर्दछ |

    Reply
  14. mahesh says:
    February 13, 2014 at 4:02 pm

    येसो हेर्दा बदमासी कांग्रेस ले गरेको जस्तो लग्यो. जे होस् एमाले र कांग्रेस बात आस गर्नु र गोरु ब्याउने आस गर्नु एकै हो.

    Reply
  15. Deepak, Baglung says:
    February 13, 2014 at 3:36 pm

    काँग्रेसको नाटक सात साल देखि हेर्दै आएको हो, अझै कतिदिन सम्म हेर्नुपर्ने हो नेपालीले ?

    Reply
    1. Nik says:
      February 14, 2014 at 12:13 am

      जब सम्म हामी नेपालीहरुको घैंटोमा घाम लाग्दैन|बारम्बार तिनै राजनीतिक पार्टीलाई जिते रहन्छौं अनि कम्प्युटर अगाडी बसेर फेरी तिनकै सत्तो श्राप गर्छौं|जाते जाते, जब सम्म श्रीपेच, राजा र राजगद्दी फिर्ता भएर अनि राजाले nai, “लौ गरि खाओ, सम्बिध्हन मैले लेख्न लगाई दिया” भनेर २०४७ सालको जस्तो गर्दैनन्, यी बाँदरहरु न आफु गर्छन न अर्कालाइ गर्न दिन्छन|चेतना भया|

      Reply
  16. Bhim says:
    February 13, 2014 at 2:26 pm

    ार्तामा बसेका कांग्रेस एमालेका वार्ताकार हरुलाई Polygraph test गर्नु पर्दछ अनि थाहा हुन्छ कुरा केहो ?

    Reply
  17. Shyam says:
    February 13, 2014 at 2:15 pm

    UML leaders should start counting how many times did NC turned down away from agreements since the reinstatement of Democracy back in BS 2046. And this is another of those instances. If UML leaders/cadres think they are smart then they should out-right withdraw support and start lobbying for formation of new government on their own leadership.

    Reply
  18. Tenzing Gaba says:
    February 13, 2014 at 11:28 am

    हुतिहारा कांग्रेसी र गतिछाडा एमाले को गतिबिधि देखेर सुसिल बाजेको फुलेको दाह्री तात्तातो खरानी लगाएर पुकुपुकु उखलेर झल्लु ब्रो को मुखमा कोची दिन मन लाग्यो

    Reply
    1. Tenzing Gaba says:
      February 14, 2014 at 7:39 am

      सबैलाई घाम जस्तै छर्लंग छ
      # जनताको सेवा गर्न पाइन्छ भनेर गृह मन्त्रालय एमाले ले मागेको हुदै होइन,
      # आफुले लुट्न पाइन्न भनेर कांग्रेसले गृह अरुलाई दिन नखोजेको पनि सोह्रै आना सत्य हो

      गृह मन्त्रालय नै नराखी प्रहरी लाइ स्वतन्त्र तवरले चल्न दिने अनि जिल्ला प्रशासनलाई सामान्य प्रशासन वा स्थानीय विकास मन्त्रालय तिर गाभी दिने हो भने के हुन्छ ?
      # २ जनाले लुट्ने ठाउमा एक जनाले मात्र लुट्छ,
      # ५०% लुट मा कमि आउछ,
      यस्तो परिस्थितिमा ५०% भ्रस्टाचार नियन्त्रण सानो उपलब्धि हो र ?
      ……………………………………………….आगे झुसीलचा को मर्जी

      Reply
  19. रबिन्द्र राज गिरी says:
    February 13, 2014 at 10:35 am

    तरवार बेचुवा र घिऊ बेचुवा हुन् यिनीहरु | संबिधान बनाउने भन्ने त एउटा बहाना मात्र हो | यहि बहानामा अलि बढी लुट्न मिल्ने पदमा बसेर लुट्ने दाउ हो यी सबैको | सबैलाई पद मात्र चाहिएको छ जतिसुकै आदर्शको कुरा गरुन | देश र जनता भाँडमै जाउँन, यिनीहरुलाई केहि मतलब छैन | त्यो जाबो संबिधान बनाउन येति बिधि नाटक किन गर्नु पर्यो ? आफ्नो नाम लेख्न नजान्ने सभासदले कसरि संबिधान बनाउन मदत गर्छन, यो एउटा केटाकेटीले पनि सोच्न सक्ने कुरा हो | एउटा संबिधानविदहरुको समूह बनाएर यो काम सुम्पियो भने एक बर्षमा संसारकै उत्कृष्ट संबिधान बन्छ | नेपाली जनताको नाममा बिदेशी बाट पैसा लिएर नेपाली जनताको आँखामा छारो हालिरहेका छन् र नेपाली जनताकै टाउको मा गट्टा खेलिरहेकाछन् | वास्तविकता यहि हो कसैलाई पचे पनि नपचे पनि |

    Reply
  20. डिल्ली says:
    February 13, 2014 at 9:26 am

    # एमालेलाई थाङ्नामा सुताउने काङ्ग्रेसको खान्दानी चलन ।
    # काङ्ग्रेसको थाङ्नामा सुत्ने बानी परेको एमाले ।

    यस पटक चाहीँ “शुको”ले “सू”कै थाङ्नामा सुताए जस्ता छन् । ३ नंको २ थान हार्ने एमाले माकुनेलाई प्रधानमन्त्रि बनाएर गुन तिरेको थियो काङ्ग्रेसले । त्यो बेला मन्त्रालयमा खिचोला पनि गरेन काङ्ग्रेसले । एमाले चाहीँ लोभीहरूको अखाडा रहेछ । काङ्ग्रेसको नक्कली आँखा झिम्क्याइमा मैयाँ फक्किएको ठानेछ बिचरो एमाले ।

    Reply
  21. GURU says:
    February 13, 2014 at 9:25 am

    प्रम निर्वाचनको लाइभ कास्ट हुँदै थियो, निर्वाचन सकियो, सबै साम्सद बाहिरिये तर नेकाका शुशिल, पौडेल, सिटौला, महत, देउबा लगायताका नेताले शुशिललाई बैठक सकिन साथ घेरेर संबिधान सभा हल भित्र नै एउटा कोठामा मिटिङमा लगे। मिटिङमा पौडेल लगायताका नेताले शुशिलको सामुन्ने महत लगायताका वार्ता टोलीलाइ गृह एमालेलाई दिने निर्णय कसलाई सोधेर गरेको भन्दै पौडेल बम्किये र शुशिललाई एस्तो नगरन चेतावनी दिये। लगभग ३० मिनटको बैठक हुँदै गर्दानै लाइभ लास्ट हुँदैथियो, एमालेलाई गृह दिएको बिषयमा काङ्रेशको त्यही मिटिङमा चर्का चर्की भएको कुरा। त्यसपछी शुशिलले गृह एमालेलाई दिन्न भनेपछी मात्र कोइराला बाहिर निस्कन पाएका थिए र निस्कने बित्तिकै खनाललाई फोन गरेर भने पार्टीमा अफ्ठेरो पर्‍यो, गृह दिन नसकिने भो, प्रतिउत्तरमा खनालले भने त्यसो हो भने तपाईंहरु सरकार चलाऊनुस, हामी फ्लोरमै बस्छौ। चोर काङ्रेशले बैमानी आँफै गर्ने आँफै अरुलाई दोश लाउने काम गर्छ अहिले? निर्वाचनपुर्व देशका सम्पूर्ण छापा भरिएका थिए एमाले ग्रिह सहित १३ मन्त्रालय चलाऊने भनेर, त्यसबेला काङ्रेशका नेताको मुख सिएको थियो? ब्ल्याकमेलिङ गरेर राजनीति गर्न खोजे आँफै उत्तानो परीन्छ भन्ने काङ्रेशले फेरी बिर्सियो? गृह एमालेले लिनु पर्थ्यो पर्दैनथ्यो, फरक बिषय होला तर काङ्रेशले छोडेको मन्त्रालय लिने हैसियतमा एमाले छैन, उ सरहको शक्ती बोकेर बसेको छ सन्सदमा भन्ने पनि काङ्रेशले बुझ्न सकेन, बैमानी गरिसकेपछी काङ्रेशलाई सत्ता साझेदारिमा विश्वाश गर्ने आधार सबै सकिएको हो। चुनाव अघी नै गृह नदिने भनेको थियो भनेर अब फेरी तेस्रो बदनियतपूर्ण भ्रम फैलाउदैछ काङ्रेश? जान्छ कहाँ? सन्सद भवन त छिर्नै पर्छ होला।

    Reply
    1. sujan says:
      February 13, 2014 at 2:09 pm

      २४ सिट लिएर राप्रपा नेपाल चौथो शक्ति बनेको संबिधानसभामा २१ सितले अगाडि रहेको नेपाली कांग्रेस संग बराबरिको हैसियत खोज्ने एमालेका नेताहरुलाइ अंकगणीत पनि आउदैन क्या हो ? नेपाली कांग्रेस बिना दुई तिहाइ नपुगी कुनै पनि संविधान संशोधन गर्न र पारित गर्न नसकिने अबश्थामा पनि नेपाली कांग्रसका नेताहरुले सदासयता देखाइ बराबरि जस्तै हैसियत दिदा पनि घुर्कि देखाइरहदा लोभले लाभ लाभले बिलाप होला ……..

      Reply
      1. GURU says:
        February 13, 2014 at 5:43 pm

        अहिले ऐमालेको कमज़ोरि देख्नेका आँखा अगाडि मोटों काँच भाऐको चस्मा ठड्याईदिने हो भने अलि पर सम्म देख्थे कि, सर्पले मुन्टो लुकाऐर पुरै ज्यान सुरक्षित भयेको ठान्छ, पछि चाल पाउदा बाँकि ज्यान खोजेर के मिल्नु, न उमेर ले आयु छ,न सरकार को आयु,
        मेरो भनाइ एमाले दोस्रो ठुलो दल हो उसलाई पनि त सम्मान जनक भूमिका दिनु पर्छ
        कङ्रेस्को लोकतन्त्र भित्रको कपटपुर्ण काम हो यो,कङ्रेस्ले बोलिको ठेगाना गर्छ भने एमाले लाई गृह दियर सरकार चाडो बनाउदै संबिधान बनाउन लाग्नु आजको आबश्यकता हो काङ्रेशले आफुले चाहेको मन्त्रालय राखेर बाँकी मात्र अरुलाई दिने हैसियत छ काङ्रेशको?
        अरु कुनै पार्टीले राष्ट्रपति,प्रधानमन्त्री र सबै राम्रा मन्त्रालय हाम्रै भन्या भए सत्ताकब्जा हुन्थ्यो तर कांग्रेसले भन्यो त्यसैले यो लोकतन्त्र हो होइन त सुजन जी ????

        Reply
        1. sujan says:
          February 13, 2014 at 7:29 pm

          कांग्रेसले बोली फेर्यो कि एमालेले बोली फेर्यो त्यो त्यहि नेता हरुले जानुन् ….. कांग्रेस मनोमानी गर्ने हैसीयतमा पक्कै छैन तर कांग्रेस संग बराबरिको माग गर्ने हैसियतपनि एमालेको छैन रह्यो राष्ट्रपतिको निर्वाचनको कुरा के संबिधानसभा २ को परिणाम पनि संविधानसभा १ को जस्तै भएको भए एमालेले राष्ट्रपति निर्वाचनको कुरा गर्न सक्थ्यो ? सत्ताकब्जाको कुरा त साधारण नेपालीले पनि बुझिसकेको अबश्थामा तपाईं जस्तो राजनैतिक चेतना भएकाले त पक्कै बुझ्नु भयो होला नी गुरु जी ????

          Reply
          1. GURU says:
            February 13, 2014 at 11:10 pm

            नेपाली काङ्रेशको शासनले मुलुकमा परिवर्तन प्राप्त हुन्छ भन्ने ऐतिहासिक आधार कही छैन। अहिले न्युनतम अपेक्षा के हो भने जनदवाबले काङ्रेशलाई आफ्नो बिगतको सैधान्तिक स्थितिबाट जहाँ स्थानान्तरन गरेको छ, त्यस ठाउमा उभिएर देशको निती निर्माण गर्ने तह सम्म ( संबिधान बनाउने काम सम्म) चाँही साकारात्मक र सफलता पुर्वक पुर्याओस भन्ने चाहना हो। त्यस भन्दा बढी उसका आर्थिक सामाजिक मुद्दा सम्बोधन गर्ने कुनै निती छैनन, सोच छैनन, कार्यक्रम छैनन। त्यसपछिका दिनमा एउटा र्याडिकल राजनीतिक चरित्र हावी नभएसम्म देशमा उल्लेख्य प्रगती हुने सम्भावना रहदैन र छैन। काङ्रेशको समाजबाद पञ्चायतमा बहुदल थपेर उसलाई शासनमा बिराजमान गरिदिएपछी पूर्ण हुन्छ। पञ्चायतको ठाउमा लोकतन्त्र शब्द राखेपछी उसका सबै मुद्दा सम्बोधन हुन्छन। यही राजनीतिक सस्कार काङ्रेशले देशमा सुरु गरेपछी अस्तित्वको लडाईंमा सबै राजनीतिक दल बिटुलो बनेका छन। उसको यो हर्कत जारी रहदा सम्म राजनीतिक अस्तित्वको लडाईं सधैं हुन्छ देशमा जसले आर्थिक सामाजिक मुद्दा सधैं ओझेलमा पार्नेछन। काङ्रेशको मनोदशा के छ भने लोकतन्त्रको आवरनमा अन्य दलले भाग चाँही लिदिउन, तर सत्ता र शक्ती सधैं आफुमामात्र केन्द्रित रहोस, यही हो उसको लोकतन्त्र।

            Reply
            1. sujan says:
              February 14, 2014 at 12:53 pm

              गुरु जी कांग्रेसको बारेमा त धेरै बुझ्नु भएको रहेछ 🙂 तर एमालेको बारेमा केही बुझ्नु भए जस्तो लागेन, एमाले , कम्युनिस्ट को बारेमा राम्रो संग अध्ययन गर्नुहोला । अरुलाइ नराम्रो देखाएर आफू राम्रो हुने घटिया सोच राख्नु भन्दा आफ्नो राम्रो कुरा देखाएर राम्रो हुने कोसिस गर्नुहोस कि आफ्नो देखाउनलाइ राम्रो केही छैन ?

              Reply
    2. janak says:
      February 14, 2014 at 1:41 am

      के हो गुरु जी तपाई किन एमाले जस्तो एन .जी . वो . पार्टी को ओकलत गरि राख्नु भा छ. यो तेस्रो लिंगी हरु को झुण्ड लै पनि तपाई पार्टी भन्नु हुन्छ र?
      कम्युनिष्ट हो भने ाओबादी तिर लाग्नुस् हैन भने आफ्नो पेशा ब्यबसाय गरेर बस्नुस. कि ओली ले झर्देल र खाउला भनेर काम नगरी बस्नु भा छ. हुन त एन जी वो पार्टी को कार्यकर्ता पर्नु भयेछ काम नै किन गर्नु पर्यो र , यसै डलर अयिहल्छ होला.

      Reply
      1. GURU says:
        February 14, 2014 at 9:17 am

        चुनाव अघी सम्म एमाओबादिको चर्को शब्दमा आलोचना गर्दा वहा वाही गर्ने, ताली पिट्ने, क्याबात भन्ने, यथार्थ र स्पस्ट कुरा लेख्नु हुन्छ भन्ने काङ्रेशिजनहरुलाई अचेल काङ्रेशको थोरै कडा शब्दमा आलोचना गर्दा र ईतिहास सम्झाइदिदा हुलुलु वान्ता आउने गरेको छ, छरर डाइरिया लाग्ने गरेको छ, तितेपाती चबाएझै तितो लाग्ने गरेको छ। महाशय हो! नेपाली राजनीतिमा काङ्रेशले जती शासन कसैले गरेन, काङ्रेशमा पनि कोइरालाहरुले जती शासन कसैले गरेन, तर देश? देश आज कहाँ पुगेको छ? छ र सुखद ईतिहास यिनको जसलाई आज बिना उपलब्धी प्रशम्शा गरौ। अझ वर्तमानमा देखिएका उसका हर्कतले काङ्रेश कस्तो खालको लोकतन्त्रको अभ्यास गर्न चाहन्छ भन्ने पुषटी फेरी पनि हुँदै छैन र? बहुमतनै आएको भये के काङ्रेशले आफ्नो सरकार काङ्रेशी कार्यकर्ता बाहेकको पनि सरकार हो, सम्पूर्ण देशको सरकार हो भन्ने ठाउँ बाँकी राख्नेथ्यो भन्ने आधार कही कतै देखाउदैछ? अवसरबादिको झुन्डहरु भेला हुने प्रमुख ठाउँ पेरिस डाँडा पछी सानेपा बन्दैछ, पहिला पनि त्यस्तै थियो, ६३ पछी सेलाएको मात्र रहेछ। एकातिर बामपन्थीको नाममा माओवादी उग्रबादका सन्ड मुसन्डहरु अर्को तर्फ लोकतन्त्रलाई कर्मकान्ड सम्झने र पञ्चायत भन्दा एक कदम अघी हिंड्न नचाहने भ्रस्ट र अवसरबादिको झुन्ड काङ्रेशीहरु देशको यो हविगत बनाउन प्रमुख जिम्मेबार छन भन्ने कुरामा के सत्यता छैन र? अनी आम जनताले आलोचना गर्दा जनक झोलेहरुलाई किन वान्ता आउने हो? वरु सकिन्छ भने आफ्नै दलका टाउकेहरुलाई खबरदारी गरेनै थोरै भएपनी जन उत्तरदायित्व निभाएको ठहरिन्छ होइन र? नेताका दास झै प्रस्तुत हुनेहरुले आखिर आफ्नु र आफ्नै शन्ततिको भबिश्य माथि बन्चरो हान्दैछन होइन र? त्यसैले मेरो आलोचनामा घाँटी चिरिनेगरी वान्ता गर्नु जरुरी छैन काङ्रेशी मित्रहरु हो! म बाबुराम भट्टराई प्रम हुने बेलामा उनको मुक्त कन्ठले प्रशन्शा गरेको मान्छे, आज म उनको चर्को आलोचक बनेको छु; यि सबै गुण र दोशका आधारमा गरिएका बिषय हुन। त्यही कुरा सबैमा लागु हुन्छ मेरो निम्ती।

        Reply
      2. GURU says:
        February 14, 2014 at 10:56 am

        चुनाव अघी सम्म एमाओबादिको चर्को शब्दमा आलोचना गर्दा वहा वाही गर्ने, ताली पिट्ने, क्याबात भन्ने, यथार्थ र स्पस्ट कुरा लेख्नु हुन्छ भन्ने काङ्रेशिजनहरुलाई अचेल काङ्रेशको थोरै कडा शब्दमा आलोचना गर्दा र ईतिहास सम्झाइदिदा हुलुलु वान्ता आउने गरेको छ, छरर डाइरिया लाग्ने गरेको छ, तितेपाती चबाएझै तितो लाग्ने गरेको छ। महाशय हो! नेपाली राजनीतिमा काङ्रेशले जती शासन कसैले गरेन, काङ्रेशमा पनि कोइरालाहरुले जती शासन कसैले गरेन, तर देश? देश आज कहाँ पुगेको छ? छ र सुखद ईतिहास यिनको जसलाई आज बिना उपलब्धी प्रशम्शा गरौ। अझ वर्तमानमा देखिएका उसका हर्कतले काङ्रेश कस्तो खालको लोकतन्त्रको अभ्यास गर्न चाहन्छ भन्ने पुषटी फेरी पनि हुँदै छैन र? बहुमतनै आएको भये के काङ्रेशले आफ्नो सरकार काङ्रेशी कार्यकर्ता बाहेकको पनि सरकार हो, सम्पूर्ण देशको सरकार हो भन्ने ठाउँ बाँकी राख्नेथ्यो भन्ने आधार कही कतै देखाउदैछ? अवसरबादिको झुन्डहरु भेला हुने प्रमुख ठाउँ पेरिस डाँडा पछी सानेपा बन्दैछ, पहिला पनि त्यस्तै थियो, ६३ पछी सेलाएको मात्र रहेछ। एकातिर बामपन्थीको नाममा माओवादी उग्रबादका सन्ड मुसन्डहरु अर्को तर्फ लोकतन्त्रलाई कर्मकान्ड सम्झने र पञ्चायत भन्दा एक कदम अघी हिंड्न नचाहने भ्रस्ट र अवसरबादिको झुन्ड काङ्रेशीहरु देशको यो हविगत बनाउन प्रमुख जिम्मेबार छन भन्ने कुरामा के सत्यता छैन र? अनी आम जनताले आलोचना गर्दा जनक झोलेहरुलाई किन वान्ता आउने हो? वरु सकिन्छ भने आफ्नै दलका टाउकेहरुलाई खबरदारी गरेनै थोरै भएपनी जन उत्तरदायित्व निभाएको ठहरिन्छ होइन र? त्यसैले मेरो आलोचनामा घाँटी चिरिनेगरी वान्ता गर्नु जरुरी छैन काङ्रेशी मित्रहरु हो! म बाबुराम भट्टराई प्रम हुने बेलामा उनको मुक्त कन्ठले प्रशन्शा गरेको मान्छे, आज म उनको चर्को आलोचक बनेको छु; यि सबै गुण र दोशका आधारमा गरिएका बिषय हुन। त्यही कुरा सबैमा लागु हुन्छ मेरो निम्ती।

        Reply
  22. shantdil says:
    February 13, 2014 at 9:16 am

    मुलुकले दुख पाउने पक्का छ, डन हरु छुटाउन प्रम कार्यालय बाट फोन आउनथालेको समाचार पढन पाइयो आज. १५ साल मा दुइतिहाइ को सरकार त चलाउन नसकेको काँग्रेस ले यो बैसाखी को भरको सरकार ले त के गर्ला खै ?

    जन्मँदै जन्माउने बाउले आँखा टेड़ो परेको सरकारलाई निमोठेर फ़ाल्दैन भन्ने के आधार छ ? कुमाई जाल को ताल हेर्ने भयो यो सरकारले. यी दुइको सिंगौरी खेलले गर्दा मुलुक २५ बर्ष पछाडी धकेलिंदै छ.

    Reply
  23. कुसुम ज्ञवाली says:
    February 13, 2014 at 9:04 am

    काँग्रेसको पनि भर पर्ने एमालेहरू पो त मूर्ख, लिखितै गरेका पनि कति सहमति पुरागरेको रेकर्ड छ र एमालेहरू संग । जहिले ठग्छ काँग्रेस, जहिले ठगिन्छन् एमालेहरू ।

    Reply
  24. xyz says:
    February 13, 2014 at 8:21 am

    The present debate is full of riddles and puzzles:

    Riddle Nr.1: Was there or wasn’t an agreement between NC and UML on who is to head the Ministry of Home Affairs?

    Riddle Nr. 2: This issue was highlighted after Makune’s visit to New Delhi. It is the result of split within CPN-UML.

    Riddle Nr. 3: No. the problem rests with NC, not with UML. It is Mr. Prakash Man Singh who was expecting to be Deputy PM with Home Ministry as his portfolio. Mrs. Koirala is already admitting there to be no problem in sharing the portfolio with UML.

    Riddle Nr. 4: No. UML is bargaining for more power sharing. Mr. Shanker Pokharel is already asking for NC support to re-elect Mr. Suchane back into the Chair of the Speaker.

    Riddle Nr. 5: The cause of the problem is with Nepali way of saying “bhaihalchha” “hunchha – hunchha”, “pachhi milaula” etc. Just look at the wordings in the seven point (or six point) agreement – it is full of bahunistic kaitya words.

    My suggestion: aba u garera tyo garne.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme