Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

झण्डै ‘राजनीतिको नाममा’ शपथ खुवाए कोइरालाले

Posted on February 11, 2014February 11, 2014 by Salokya

प्रधानमन्त्रीको उम्मेदवारी व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने क्रममा सुशील कोइरालाले नेपालको अन्तरिम स‍ंविधान २०६३ भन्नुपर्नेमा २ सय ६३ भनेका थिए। आज राष्ट्रपतिसँग शपथ खाने कार्यक्रममा भने उनले त्यस्तो गल्ती दोहोर्‍याएनन्। तर एमालेले बहिस्कार गरेको र प्रकाशमान सिंहले असन्तुष्टि जनाएर सहभागी हुन नमानेको शपथ समारोहमा एक मात्र बिना विभागीय मन्त्रीका रुपमा डा. रामशरण महतलाई शपथ खुवाउँदा भने उनी चिप्लिए।

मन्त्रीहरुलाई राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले शपथ खुवाउनु पर्ने हुन्छ। शपथको व्यहोरा कागजमा लिखित रुपमा नै हुन्छ।

त्यही पढेर शपथ खुवाउने क्रममा प्रधानमन्त्री कोइरालाले ‘मुलुक र जनताप्रति पूर्ण वफादार रही’ भन्नुपर्नेमा ‘मुलुक र राजनीतिप्रति’ भनेका थिए।

धन्न, शपथ लिने महत भने सजग थिए। प्रधानमन्त्रीले ‘मुलुक र राजनीतिप्रति’ भने पनि उनले चाहिँ ‘मुलुक र जनताप्रति’ भने।

महतले आफूले भन्दा बेग्लै कुरा बोलेपछि प्रधानमन्त्री कोइराला पनि सजग भए र महतले ‘जनताप्रति’ भनिसकेपछि आफूलाई सच्याएर ‘जनताप्रति’ भन्न पुगे।

हेर्नुस् भिडियो-

सात वर्षपछि प्रधानमन्त्रीले ईश्वरको नाममा शपथ लिए

२०६२/६३ को जनआन्दोलनपछि पहिलो पटक प्रधानमन्त्रीले आज ईश्वरको नाममा शपथ लिएका छन्। यसअघिका सबै कम्युनिस्ट प्रधानमन्त्रीहरुले ईश्वरको नाममा शपथ लिएका थिएनन्।

शपथको व्यहोरामा ‘ईश्वरको नाममा शपथ लिन्छु कि..’ भनी राष्ट्रपतिले उच्चारण गरे पनि यसअघि प्रधानमन्त्री भएका प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले त्यो शब्द बोलेका थिएनन्। अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षका रुपमा (उनलाई प्रधानमन्त्री भनिएको थिएन) भने खिलराज रेग्मीले ‘ईश्वर’ भनेका थिए।

माधवकुमार नेपालले त कम्युनिस्टहरुले ईश्वरको साटो प्रयोग गर्ने देश र जनताको नाममा शपथ लिन्छु कि समेत भनेका थिएनन्। हेर्नुस् भिडियो-

झलनाथ खनालको शपथ यस्तो थियो

बाबुराम भट्टराईको शपथ यस्तो थियो

प्रचण्डको शपथ चाहिँ यस्तो थियो हेर्नुस् भिडियो

19 thoughts on “झण्डै ‘राजनीतिको नाममा’ शपथ खुवाए कोइरालाले”

  1. bikash gurung says:
    February 16, 2014 at 6:01 pm

    Nepali शब्दा राम्ररी नचिनेकाले देशको बिकाशलाई कसरि चीनला खै l शुशिल यस्तो गल्ति फेरी नगर्नु है l

    Reply
  2. bijay says:
    February 14, 2014 at 3:19 pm

    स्वच्छ छाबिकालाई मात्र मन्त्रि बनाउने भन्छन शुशिल दा खोई कस्ता होलान स्वच्छ छविका त्यो त केहि दिनमा नै देख्लान नि नेपालि जनताले जेहोस बोलेको कुरा पुरा गर्न सक्यौ भने बधाई .. ….

    Reply
  3. shekhar agrawal says:
    February 13, 2014 at 11:09 am

    देश को प्रधानले अर्को मन्त्रि लाइ शपथ खुवाउदा कथित गणतन्त्र का प्रथम राष्ट्रपति र उपराष्ट्रपति भने बस्ने ?कस्तो सामान्य अनुशासन वा शिष्टाचार वा मर्यादा को समेत ख्याल गर्न न सकेको होला ?
    बरु उहिले राजा बसेको भने कहिल्यै देखिएको थिएन …………….

    Reply
  4. prakash says:
    February 13, 2014 at 2:24 am

    जसको सपथ खयपनि के गर्नु ????? काम गर्ने होएन !!!! खाली ब्यतिगत र पार्टीगत स्वार्थ भन्दा कहीले माथि उठने हॊएन !!!!!

    Reply
  5. akash says:
    February 12, 2014 at 9:45 pm

    बोल्न किन पर्यो प्रस्ट,कलम सहि संग चलाए भयो नि,सोजो मान्छे लाई टिक्न दिने हो कि होइन फटाहा हरुले .

    Reply
  6. tirtha says:
    February 12, 2014 at 12:37 pm

    यस्तै हो, हाड नभएको जिब्रो चिप्लिय्पो होला नि शुशिला दाको / यस्ता झिना मशिना क्य्रामा किन अल्मलिनु / देश र जनतको पछमा मा १ बर्षमा संबिधान बनाउने काममा शुशिल दाको ध्यान जाओस र सबै दलका नेतामा सद्बुद्धि आओस भन्ने कामना गरौ है अब/ होस्टेमा हैसे गर्दा कसो होला ?

    Reply
  7. abhishek says:
    February 12, 2014 at 11:53 am

    Dear PM बधाई
    नेपाल का १४००० डाक्टर सहित सम्पूर्ण स्वास्थकर्मी र स्वास्थ क्षेत्र लाइ आन्दोलित बनाउने राजनीतिक syndicate लाइ तोड्न TU का भ्रस्ट VC/ RECTOR/ REGISTAR लाइ बर्खास्त गर्नुस / IOM लाइ autonomous बनौनुस / आफ्नो इज्जत पनि बढाउनुहोस् / SAVE GKC , SAVE IOM
    THANK YOU

    Reply
  8. Wagle says:
    February 12, 2014 at 10:26 am

    डा. महत लाइ त त्यो सफत कन्ठै भैसक्यो होला नि, लिदा लिदा | बिचरा सुशील दा’ फस्ट टाइम लिदै छन्, कन्फ्युज भए होलान नि |

    Reply
  9. लौटन अवधि says:
    February 12, 2014 at 10:26 am

    बिचरा सुशील दा !! घरायसी ब्यबहारिक कुरो मा उनि जत्ति को पाको सायदै अरु कोहि होला राजनीति मा जाल झेल खासै जान्दैनन् ! मोहरा बनेका मात्रै छन् ! तर खोइ यो नैया कसरि पार लाउने हुन् ! एक पटक चुनाबी प्रचार मा २ दिन संगै हिडियो – भासन गर्छन अनि के बोले थाहै भएन भन्छन ! मास मा बोल्न सक्तैनन् अझ धेरै कुरा हरु लाइ “उ गरेर त्यो गर्नु पर्छ” मै टुंग्याई दिन्छन !

    Reply
    1. neerose says:
      February 12, 2014 at 5:39 pm

      कत्तिन घरजाम गरि बस्या मान्छे जस्तो घरायसी व्याबहारिक कुरोमा उनि जत्ति पाको सायदै अरु कोहि होला रे?

      Reply
  10. सुमन पी says:
    February 12, 2014 at 10:21 am

    वैंशमा हैंडसम नै थिए होलान तर अहिले अनुहार देख्दा पनि नमज्जा लाग्ने दुइजना (सुशील र महत ) ले शपथ लिएछन| उनीहरु टेलिभिजन होइन रेडियोमा ठिक छन|
    हुन् त् अनुहारको के कुरा भयो र? क्षमता अनि गरेका कामको गुण र दोषले पो गर्छ भन्नुहोला, सहमत छु| गुण देखाउने बेला आएको छ|
    महतलाई पहिले पनि बारम्बार मौका दिएकै हुन्, कहिले योजना आयोग, कहिले अर्थ र त्यसपछि परराष्ट्र, कहिँ पनि त्यस्तो केही तछारेनन| खालि कुर्सी लिन मात्र भयो|
    रिसाईकल गरेका नेताहरुले बोल्न जाने पनि काम केही गरेको देखिएन|
    सुबास नेम्बाङ्गलाई अरु नै जिम्मेवारी दिएर सभाध्यक्ष चाहि नदिए हुन्थ्यो| यो पदमा उनी होपलेसली असफल सावित भईसकेका छन्| उनले एकपल्ट पनि संविधानको खेस्रामा वा त्यस सङ्गत बिषयमा मतदान नगराई बिघटन गर्न दिए|
    सुजातालाई पनि मन्त्रि दिने कुरै नगरौ| एकचोटी माधव नेपाललाई घुर्की लाएर गिरिजालाई दंगाएर उप प्रधान मन्त्रि खाई सकेकिले प्रोटोकल अनुसार कि उप प्रधान मन्त्रि नै दिन पर्यो नत्र केहि दिन हुँदैन|
    मेरो रायमा प्रकाशमान सिंह उपप्रधान मन्त्रि लायक छन|
    मन्त्रीमंडल सानो र छरितो होस्; एमाले नगएकै राम्रो| लोकतन्त्रमा जिम्मेवारीपूर्ण प्रतिपक्षको भूमिका पनि महत्वपूर्ण छ| एमाओवादि, राजावादी अनि मधेसी दलहरुलाई मात्र प्रतिपक्षमा नछाडौ| मधेसी दल हरु कुनै पनि बेला मन्त्रि खान पाए आपसमै फुटेर पनि आउँन तयारी छन भन्ने विगतले देखाई सकेको छ|
    सुशील कोइरालाको नेतृत्वको सफलताको कामना गर्दछु|
    सबै भन्दा ठुलो प्राथमिकता भनेको संबिधान बनाउने हो, बाटो र पुल बनाउने अनि राजदुत नियुक्ति दिने होइन| सचिवलाई नियम बमोजिम काम गर्न छाडीदिउ|
    एमालेका नेताहरुले ईश्वरको नाउमा शपथ ग्रहण नगरे पनि माओवादीले जस्तै नगद नारायण का नाउँमा गोप्य शपथ गर्दा हुन्, आखिर त्यस्तै हुँदै आई रहेको छ| जसले जसका नाउँमा शपथ ग्रहण गरे पनि एउटा शास्वत के छ भने छन् सबै प्रभुका भक्त|
    अस्तु|

    Reply
    1. AryaN says:
      February 12, 2014 at 9:36 pm

      कत्तिन घरजाम गर्दैमा व्याबहारिक हुने रे , येत्रो बर्षसम्म संबिधानजाम गरेर सबै नेता व्याबहारिक भैसके नि Neerose जी 😉

      Reply
  11. aryab man singh basnyat says:
    February 12, 2014 at 12:50 am

    त्यो उमेरमा अल्जैमर भने रोग लाग्छ अझ कान नसुन्ने आखा नदेक्ने नि हुन्छ पक्कै पनि बुडालाई छोइसकेछ !!! अब इश्वर को नाम मा सपथ नखाएर के गर्नु बुडाले भगवान भरोसे भनेको होला.

    Reply
  12. महेश्वर श्रेष्ठ says:
    February 12, 2014 at 12:25 am

    यिनीहरुले इश्वरको नाममा शपथ नखाएकोले नै संबिधान बनाउँछु भनेर पनि नबनाएका हुन् जनता त उनीहरुले भनेको मान्ने कहा जनताले संबिधान बना भन्दै मा बनाउने हो र भनेर न बनाएको हो, नत्र रेग्मीले पनि चुनाब नगराइकन आफै अध्यक्ष भएर बसी नै राख्ने थियो तर उसले त्यो गर्न सकेन किनकि इश्वर को नाम मा प्रतिज्ञा गरेको थियो नि त

    Reply
  13. Hemanta Bhattarai says:
    February 12, 2014 at 12:23 am

    हैन हाम्रो प्रधानमन्त्री ले चै कति पढ्नु भाको रहेछ ?? हिजो देखि रेडियो टि भी अनलाइन हेरेको हेर्यै छु कुनैले पनि भन्दैन किन होला ?? उनको हलिउड सपना सब ले दोहोर्याई राछन ! कसैलाई थाहा छ भने भनौन !!!!!

    Reply
    1. shashwat says:
      February 12, 2014 at 1:48 am

      ठुलो ठुलो नेता हरु लै पनि कति पढ्या भनेर सोध्नु हुन्छ र भन्या, अत्ति नभन्नुन सोम.

      Reply
    2. Rmesh says:
      February 12, 2014 at 11:44 am

      प्रधान मन्त्रि हुन पुग्ने पढ्या छन् |

      Reply
    3. Sisir says:
      February 12, 2014 at 12:07 pm

      सुशील कोइरालाले कुनै पनि बिस्व विद्यालयबाट औपचारिक सिक्षा लियका छैनन् रे , सबै स्व अध्यन हो .. नेपाली , तराइमा बोलिने (भोजपुरी, मैथिली, अबध), एङ्ग्लिश , हिन्दी , बिहारी , संस्कृत , बंगाली यिनले बुझ्ने भाषाहरु हुन् .. नेपाली कांग्रेसको मुख पत्र तरुणका सम्पादक पनि हुन् .. यिनले थुप्रै राजनीतिक लेखहरु पनि लेखेका छन् रे ???

      Reply
    4. mahesh says:
      February 12, 2014 at 2:52 pm

      हेमन्त जी
      जति पढे पनि वा कति नपढे पनि , न आत्तिनुस, ठग गोपाल पौडेल जस्तै अर्को कुनै आउछ विद्यावारिधि प्रदान गर्न, नभए बिहार को यूनिभर्सिटी छदै छ नि.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme