के नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई नेपालको अन्तरिम संविधान कहिले जारी भएको थाहा छैन ? विश्वास गर्न गाह्रो छ। तर हिजो संसदमा आफ्नो उम्मेदवारीको प्रस्ताव राख्ने क्रममा उनले त्यस्तै देखाए। सम्बोधन गर्ने क्रममा उनले नेपालको अन्तरिम संविधान दुई हजार त्रिसट्ठी भन्नुपर्ने ठाउँमा दुई सय त्रिसट्ठी पो भने। त्यसलाई उनले सच्याएनन् पनि। आशा गरौँ शपथ ग्रहणमा भने उनले यस्तो भन्ने छैनन्। सुन्नुस् उनले के भनेका थिए ?
त्यसो त संसदमा जोक पनि खुबै हुने गर्छ। हिजो संक्षेपमा भन्दै लामो बोलेर संसद हँसाएका थिए दुई नेता केपी ओली र कमल थापाले। सुन्नुस्-
दात न भएको कारण ले हुनसक्छ साथीहरु, जिब्रो पल्ट्यो होला.
पहिलो पटक प्र म बन्दै छ/ अलि आतियो होला नि /
एह तो बस् सुरुवात है… आगे आगे देखिए, होता है क्या…? भन्थ्यो एउटा धोति ले, यहाँ उस्तै होला जस्तो छ .
Bara सद्दे मान्छे को त जीब्रो लत्पतिञ्छ अब सुशील दा जीब्रै नभका नेता के गरुन जीब्रो लत्पतिएओ कि 🙂
हरे .. उनलाई थाहा थियो तर अहिले बुढेसकाल मा सुद्धि हराएको हो | पिण्ड खाने बेला मा तेत्रो भार बोकाएसी कसरि थामोस दिमाग ले ??
गर्न भन्न सक्ने गगन थापा जस्ता तन्नेरी हरु आफ्नै धुन मा ब्यस्त छन् , डाडा माथि का घाम जस्ता बुडा ले देश चलाउनु पर्या छ अनि हुन्छा त ??