Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खोलो तर्‍यो, लौरो बिर्स्यो नहोस् भन्थे केपी ओली, चोक्टा खान जाँदा झोलमा डुबेर मर्ने पो बनाउन लागे

Posted on February 10, 2014February 11, 2014 by Salokya

शपथ ग्रहण नगर्दै सुशील कोइरालाको सरकार संकटमा परेको छ। कोइरालाको प्रधानमन्त्री पदको उम्मेदवारीको समर्थन गर्दा केपी ओलीले उखानको चेतावनी दिएका थिए- खोलो तर्‍यो, लौरो बिर्स्यो नहोस्। तर घटनाक्रम हेर्दा सुशील कोइरालाले एमालेलाई अर्को उखानले जवाफ दिने जस्तो देखिएको छ- ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’।

कोइरालाले सहमतिको मसी सुक्न नपाउँदै एमालेलाई गृह मन्त्रालय दिन नसकिने बताएको बुझिएको छ। त्यसपछि एमाले अध्यक्ष झलनाथ खनालले पनि जे मन लाग्छ गर्ने भए आफूहरु विपक्षमा बस्ने बताएछन्। राष्ट्रपति ताक्दा एमाले गृहसमेत गुमाउने अवस्थामा पुगे जस्तो देखिन्छ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नगरी नहुने अडान लिएको एमालेलाई फकाउन कांग्रेसले संसदमा अनुमोदन गर्ने, एक वर्षपछि चुनाव गर्ने विकल्प दिएको थियो। त्यसै क्रममा गृह मन्त्रालय एमालेलाई दिने गरी अलिखित सहमति भएको थियो।

तर आज प्रधानमन्त्री निर्वाचित भएपछि सुशील कोइराला र हिजोको वार्तामा बस्नेहरुलाई संविधान सभा भवन भित्रै गृह एमालेलाई दिन नहुने भन्दै हिजो भएको सहमति बदर गर्न र्‍याखर्‍याख्ती पारेछन्। नवनिर्वाचित प्रधानमन्त्रीको पहिलो प्रतिक्रिया लिन लामो समयसम्म मिडिया बाहिर कुरिरह्यो। टिभीमा लाइभ हेर्नेले पनि थाहा पाएका होलान्, लामै समयसम्म कोइराला बाहिर निस्केका थिएनन्। खासमा भित्र त्यही मन्त्रालयलाई लिएर भाँडभैलो मच्चिएको रहेछ।

त्यहाँबाट निस्केका कोइरालाले पार्टीमा छलफल गरेका थिए। कांग्रेसले महत्त्वपूर्ण मन्त्रालय एमालेलाई दिने हो भने लोकेन्द्रबहादुर चन्दको पालामा जस्तै वामदेव गौतमले कोइरालालाई फनफनी घुमाइदिने भन्दै कडा प्रतिवाद भएपछि गृह तपाईँहरुलाई दिन नसक्ने भएँ भनेर एमालेकहाँ सन्देश पुर्‍याइएको थियो। एमालेले पनि त्यसो भए सरकारमा नजाने जवाफ फर्काएको छ।

एमाले नेता शंकर पोखरेलले त यस्तो ट्विटसमेत गरे

इमानजमानको कुरा ठुलो पो हुन्छ भन्थे वुढापाकाले । प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ शुशिलजीलाई के ले पो गाह्रो पार्यो ह, इमानजमानमा अड्नलाई ?

— shankar.pokhrel (@shankarpokhrel8) February 10, 2014

त्यसो त कांग्रेसले एमाले मान्दै नमानेपछि एमाओवादी र साना दलसँग मिलेर सरकार बनाउने सुर कसेर समर्थन माग्न हिँडिसकेको थियो। प्रचण्डले भने अहिलेको अवस्थामा एमालेसँग मिलेरै जाँदा ठीक हुने भन्दै फर्काइदिएका थिए। कोइरालालाई प्रचण्डले एमालेले मान्दै नमानेमा बाहिरबसेर समर्थन गर्ने आश्वासन दिएर पठाएका थिए।

अहिले एमालेसित गृहलाई लिएर लफडा भएपछि कांग्रेस फेरि एमाओवादी र विजयकुमार गच्छदारको समर्थन लिन लागिपरेको छ। एमाओवादीले त सुरुमै विपक्षमा भोट हाल्ने भन्दै आएको थियो। गच्छदार भने कांग्रेसलाई भोट हालौँला भनेर बसेका भए पनि वास्ता नगरेपछि रिसाएर विपक्षमा भोट हाल्न पुगेका थिए।

सरकार नबन्दै त यस्तो ताल छ भने एक वर्षभित्र संविधान बनाउने यी नेताहरुको ओठे प्रतिवद्धता कसरी पूरा होला ?

यसअघि पहिलो संविधान सभामा पनि एमालेले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन ठूलै बार्गेनिङ गर्नु परेको थियो। मर्यादाक्रम नमिलेको कारण मन्त्रिपरिषद् गठन भई शपथ ग्रहणका लागि दौरासुरुवाल र ढाकाटोपीमा सजिएर गइसकेका एमालेका मन्त्रीहरु ढाकाटोपीलाई पट्याएर गोजीमा हाल्दै बाहिरिएका थिए। विवाद मिलाउन माओवादीले गृहमन्त्रीका हैसियतमा निर्वाचनमा पराजित नेता वामदेव गौतमलाई वरियता क्रममा बाबुराम भट्टराईभन्दा माथि दोस्रोमा राख्‍न सहमति जनाउन बाध्य भएपछि बल्ल एमाले सरकारमा गएको थियो। यस पटक के हुने हो ?

44 thoughts on “खोलो तर्‍यो, लौरो बिर्स्यो नहोस् भन्थे केपी ओली, चोक्टा खान जाँदा झोलमा डुबेर मर्ने पो बनाउन लागे”

  1. bijay says:
    February 12, 2014 at 9:03 am

    प्रमको चुनाव सकिने बित्तिकै सस भवन भित्र नेकाका नेताहरु; शुसिल सहित वार्ता टोलिका सदस्यको बैठक बसेको थियो। त्यस बैठकमा पौडेल सहितका नेताले महत लगायत वार्ता टोलि सदस्यलाइ गृहमन्त्रि एमालेलाइ कसलाइ सोधेर दिएको भनि हप्काएका थिए र एमालेलाइ गृह नदिन शुसिललाइ भने। बिषय स्पस्ट के छ भने प्रमको निर्वाचन नहुन्जेल नेकाका नेता चुपचाप बसे मानौ निर्वाचन भएपछि मात्र यो बिषय तिनलाइ ज्ञान भो। राजनितिक बैमानि र जालसाजिको पनि एउटा हद हुन्छ। संबिधान प्रमुख हो पदको बखेडा नगरौ भन्ने कांग्रेसजन हो! सर्वसत्तावादको यो भन्दा उत्क्रिष्ठ नमुना अरु के हुन सक्छ? बिबिशिमा सहमतिनै नभएको भनेर झुट बोल्ने प्रकाशमानजी, यदि त्यस्तो हो भने प्रमको निर्वाचन सकिने बित्तिकै ससहलबाट बाहिर निस्कन नपाउदै गृह दिने निर्नय किन गरेको भनेर महत सहितका वार्ता टोलिलाइ हप्काउने काम कसरि भयो? शुसिललाइ असफल बनाऊने खेल कांग्रेसबाट पहिलो दिनमै सुरु भएको छ।

    Reply
  2. Manoj Khanal says:
    February 11, 2014 at 9:10 pm

    साथी हो ! शुरु भयो है गाँड कोराकोर गर्ने खेल / हरे शिव ! हाम्रो देशले यस्ता दुर्गतिहरु बाट कहिले उम्किने हो ? कसै गर्दा पनि शान्तिको सास फेर्न नपाईने भयो ? यी सबै पृथ्बीका भार मात्र कहिले सम्म रहने हुन् /

    Reply
  3. ekraj says:
    February 11, 2014 at 7:34 pm

    यो बुढो लाई कसले के सिकायो कि तर्सायो? अथवा एमाले का स्यालहरुको को रयाल कतिन्जेल बगी रहनछ भनेर जाँचेको पो हो कि ?

    Reply
  4. M.Gautam says:
    February 11, 2014 at 6:41 pm

    ओहो टुक्काबाजीमा बिध्याबारिधि प्राप्त ओली बूढालाई पनि नयाँ टुक्का रच्न हम्मे पर्ने भयो त् बाबै!!!!! २ कक्षाको नानीलाई पनि ज्ञान भएको “चोक्टा खान जाँदा झोलमा डुबेर मर्यो” भने त् बिध्याबारिधिको के मतलब भयो र? तर पनि दक्षताको कदर गर्दै उनीबाट असाधारण टुक्काको आशा गर्ने ठाउं भने छ है!!!!!!!

    Reply
  5. bhakta says:
    February 11, 2014 at 1:20 pm

    गृह एमालेको लागि पैतृक थलो हो ! त्यहा आफ्ना सबै कुल भेटिन्छन र यतिबेला नेपालको हक मा गृह सबैभन्दा ठुलो पनि छ .. त्यसोत फेरि स्थानीय चुनाब गराउदै पनि त छन् अनि सुनको अण्डा दिने गुण्डालाई पनि त स्याल बाट बचाउनु पर्यो … अनि गृह एमालेले नपाए बिपक्छ्यमा बस्छ,तर पनि छाड्दैन..संबिधान ? ईइस ……………………

    Reply
    1. mahesh says:
      February 11, 2014 at 4:31 pm

      महेश बस्नेत,परशुराम, दिनेश चरी एमाले लाइ ग्रिह नछदन दबाब दिन्छन , कुमार घैते, मिन कृष्ण महर्जन, तिर्थ लामा हरु कांग्रेस लाइ ग्रिह नदिन दबाब दिन्छन.

      Reply
  6. balakji says:
    February 11, 2014 at 11:01 am

    यो एमाले र कांग्रेस लाई झगडा गराउने र देसबिगर्ने डन हरुको कुरा हो / सुसिलले एमालेलाई गृह दिन्छन जस्तो लग्छ मलाई t /

    Reply
  7. Jeevan Thapa says:
    February 11, 2014 at 10:59 am

    खोलो बगेसरी पैसा बगाएर सांसद भाको हो बाबै…अहिले नै राम्रा मन्त्रालय र राम्रा पोस्ट हरु नखोज्ने हो भने अर्को चुनाबमा पैसाको खोलो कसरि बग्छ….. जनता र देश को लागि हो र राजनीति गरेको….संबिधान बनाउनै मात्रै राजनीति गरेको भए त बितेको ६ वर्ष मा संबिधान बनि सक्थ्यो नि …

    Reply
  8. Rmesh says:
    February 11, 2014 at 10:57 am

    शुशिल कोइराला भद्र र सन्यासी जस्ता भन्या त मौका नपाएर मात्र रैछ | यिन को मै लाउन मै खाउ भन्ने धुर्त छाल मात्र हो भने यिन को पनि दिन गन्ति शुरु होला जस्तो छ |

    पहिले जनताले माओबादी लाइ ठुलो दल बनाएर दुख पाए अब माओबादि लाइ सानो दल बनाएर दुख पाउलान जस्तो छ |

    Reply
  9. बलराम says:
    February 11, 2014 at 10:51 am

    अब त त्यो कुर्ची मै शंका लाग्न थालेको छ. प्रधानमन्त्री भएपछि पहिलो वाक्य नै छल कपट बाट सुरु हुन्छ. बरु त्यो कुर्ची को नाम मन्त्रिपरिषद को अद्यक्ष राख्यो भने धेरै राम्रो हुन्छ भन्ने हामिलाई लाइ र छ.

    Reply
  10. Arjun Maharjan says:
    February 11, 2014 at 9:36 am

    बल्ल पर्यो एमाले काँग्रेस को जालैमा भनेर प्रचण्ड नाच्दै होला

    Reply
    1. balakji says:
      February 11, 2014 at 12:46 pm

      देस बिग्रियर आफै जालमा परेको थाहा नपउनेले मात्र अरु जाल मा परको देख्दछ, एमाले सरकारमा जान्न भनेको थियो / जति दलहरु मिल्दैन्नन जालमा पर्ने भनेको सर्ब साधारण मात्र ho भन्ने कुरा नबुझनेहरु देखि दया लग्न थालिसक्यो / कुरा बुझन मन लाग्ने हरुले डाइमण्ड सम्सेरको सेतो बाघ padanuhola / राणा हरुले पर्जतन्त्र नसुकर्द जंगबहादुरका सन्तान हरु ले अहिले ठेला धकेलेर खानु पर्ने आबस्था aayako छ / दल हरु milenan bhane हामी सबैका santatiharuko भबिस्य सुरछित छैन / हाम्रा सन्तान हरुको पनि

      Reply
  11. shantdil says:
    February 11, 2014 at 9:17 am

    मुलुक को दु:ख अब २५ वर्ष लम्बिञ्छ. कांग्रेस ले गृह पायो भने खुमबहादुर को माला बनाउने सबैलाई भर्ना गर्छ र मुलुकमा कांग्रेसी मण्डले को राज रहिरहनेछ. यो कुरा बुझे हुञ्छ /

    Reply
  12. महेश्वर श्रेष्ठ says:
    February 11, 2014 at 9:13 am

    हे भगवान हामीलाई सरकार होइन संबिधान देउ

    Reply
  13. स्वयम्भु सौरभ says:
    February 11, 2014 at 9:11 am

    बुढाको होश + जवानको जोश = राष्ट्र लाइ पोष हुनु पर्थ्यो !
    तर यी फेटा नभाको नेताहरुको चालढाल हेर्दा त् गरिब देश का दरिद्र नेता पो सिद्ध हुने भो.
    सुशील ले गरेको त्याग लाइ मुल्यांकन गरी उनको कार्यशैली लाइ किन न सघाउने भन्या ?

    Reply
  14. D. Bhandari says:
    February 11, 2014 at 8:58 am

    गृह मन्त्रालय नै किन चाहियो सबैलाई? देशमा सुशासन ल्याउने सोच कुनै पनि पार्टी को भएको भए सायद जुनसुकै पार्टीको गृह मन्त्रि भए पनि खासमा कुनै फरक पर्ने थिएन/ तर Bastard हरुलाई आफ्नो पार्टी को चोर, डाका, डन, अनि भ्रस्ट हरुलाई protection दिनु छ अनि किन हानथाप नहोस त/ त्येस्तै अर्थ मा पनि – पैसा जो बाड्नु छ – गरिब जनताले तिरेको कर आफ्नै पुर्खा को सम्पति जस्तै पार्टी को कार्यकर्तालाई बाद्नको लागि… नत्र किन देश मा बिज्ञान मन्त्रालय लिन किन कोहि इच्छुक हुदैन ??

    Reply
  15. शशांक लामा, न्युयोर्क says:
    February 11, 2014 at 8:53 am

    झिकिदे गाँड भन्दा थपिदे गाँड !!!!!

    Reply
  16. bibek dhakal says:
    February 11, 2014 at 8:07 am

    ” पार्थ! तिमि निमित्त मात्र हौ , कर्ता त म हूँ ” भनेर श्री कृष्णले गीतामा अर्जुनलाई जीवनको महत्वपुर्ण सार बुझाको प्रसङ्ग छ| अहिले यी नेताहरु पनि निमित्त “खलनायक ” हरु मात्र हून; मुख्य “खलनायक” को हो, काहाँ छ र के चाहिरहेको छ अब झन्डै झन्डै काँच जस्तै छर्लंग भैसक्यो| आशा गरम देशमा यस्ता नायक हरु निस्किउन जसले यी देशका निमित्त नालायक हरुलाई तह लाएर मुख्य खलनायकलाई धक्का दिने काम गर्न सकोस – राजनीति, कुटनीति वा जुनसुकै नीति प्रयोग गरेर भए पनि!!!!

    Reply
  17. लौटन अवधि says:
    February 11, 2014 at 8:04 am

    एमाले पार्टी आफु रछ्यान मा बसेको छ जो हात मिलाउन जान्छ त्येश लाइ तानेर रछ्यान मै ल्याउछ ! हिजो माओबादीलाई रछ्यान मा हाल्यो अब कांग्रेस लाइ हाल्दै छ ! माग्ने बुढो को थेगो झल्झली आइराछ “येस्ता को सङ्गत गरेर कैले उघो लाग्नु?”

    Reply
  18. Rajesh rai says:
    February 11, 2014 at 7:32 am

    केटाकेटी आय गुलेली खेलाय मतान्ग्राको सत्यानाश
    हुनेवाला केहि छैन

    Reply
  19. Hari says:
    February 11, 2014 at 7:11 am

    काँग्रेस एमाले मिलेर देश चलाउनु पर्छ अहिले. फेरि पनि माओबादीकै सरकार नभई नहुने वातावरण बनाउनु हुन्न. सुशीलजी लाइ चेतना भया.

    Reply
  20. kale says:
    February 11, 2014 at 6:53 am

    यदि यो देशमा काँग्रेसमा नैतिकता हुँदो हो त देशले यति दुख कहिलै पाउँनेथिएन। काँग्रेस ले देश बनाउँछ भन्ने सोच्नु गलत हो।

    Reply
  21. Navi says:
    February 11, 2014 at 6:26 am

    यस्तो जहीले पनी बिरामी जस्ता देखीने, सेताम्मे दारी जंुगा, साहस र आंट पनी नभयको, उमेर ले पनी गती लीएको यस्ताहरू PM हुन्छन, आख़ीर यीनीले पनी यो देशको लागी एउटा सिन्को पनी भाच्दैनन् ल ! हैन हो हाम्रो देशमा २१शौ शताब्दी हंाक्न सक्ने, खाली आफनो दल को लागी मात्रै नभएर सम्पूर्ण देश को र जनता को भविस्य प्रती समर्पित हुने कोही भयनन ! सार्ै दुख लाग्ने कुरा हो यो । यो देश ले कहीलै गती लीएन । दल का नेता भनौदाहरू सबै CRIMINAL हुन ।

    Reply
  22. ekraj says:
    February 11, 2014 at 5:36 am

    यी बर्ज स्वाँठ, लोभी, पाखण्डी, अल्छी, हुति हारा हरु लाई काम संग मतलब छैन खाली दाम संग मतलब भएर देश दुबौने फटाहा गिरि सिबाये इनको फोहोरी दिमागमा अरु केहि छैन भन्ने कुरा कति पटक देखाउने हुन्|

    Reply
  23. max says:
    February 11, 2014 at 5:21 am

    मलाई सम्झना भए सम्म कमल थापा ले हिजो संसद मा भनेका कुरा, “prime minister नबन्दै , Sushil Ji ko दिन गन्ति सुरु भो ”
    and so on……………
    क्या रजिनिति जानेका नेपाली क नेता हरु…………………………

    Reply
  24. mani says:
    February 11, 2014 at 4:00 am

    आदरनिय नेताजी,
    जनता लै जति गारो भए पनि तपाईं हरु को कमाई खाने दाउ मा आच नआयोस येही हाम्रो कामना |
    जनता भनेको त ५ बर्ष मा खोज्ने प्राणी मात्र हुन् अरुबेलामा त मालदार पध को पछाडी लाघ्नु परि हाल्यो नि |

    एक पल्ट फेरी धनधान्य हुनुहोला भन्ने कामना

    Reply
  25. Bishwaraj says:
    February 11, 2014 at 3:58 am

    कागलाई धोएर सेतो हुन्न- भने जस्तै हो के- पी- ओली पनी- जहिले पनी अभिभावक नै डनहरुको-

    Reply
  26. neerose says:
    February 11, 2014 at 3:20 am

    यो देशको सबैभन्दा घाडो भनेको एमाले हो!
    यै दलले यत्रो मत ल्यायर दोश्रो भयो भनेसी यो देशमा घामड हरु थुप्रै छ!
    यहिँ घाडो दल र घामड पाखण्डी हरुले गर्दा नै देश यो हालातमा दिनानुदिन भासिएको हो नि!
    जवसम्म एमाले भन्ने दल सकिन्न तबसम्म यो देश हाय बिचारा भन्नु पर्ने हुन्छ!

    Reply
  27. Shankar says:
    February 11, 2014 at 3:19 am

    सुशील
    हलिवुड मा गएर रयाम्भो भएर नक्कली मान्छे ढाल्नु भन्दा देश कै भ्रास्टाचार लाइ गोलि हान्नु , गरिबी लाइ बम हान्नु , अन्याय ,अत्याचार , बेथितिलाई मिसाइल हान्नु शिक्ष्या र संस्कृति सग लव गर्नु , बिकास र उन्नति लाइ जन्माउनु |

    Reply
  28. akash says:
    February 11, 2014 at 3:01 am

    के को इमान जमान हो बुज्ने ले कुरा न बुजे पछि,एउटा भनेको अर्को कुरा बुजेछ के पी .

    Reply
  29. madan bajracharya says:
    February 11, 2014 at 12:46 am

    सुसिल कोइरालाज्यु;
    कुर्सिको लागि सहमति गरेर नागरिकहरुको बहुमतको अपमान हुने कुनै कार्य नगर्नुस/ गलत प्रविती भयकाले जवर्जस्ती गरेर संबिधान सभालाई अपांग बनायर लादेको हो भनेर दोश्रो संबिधान सभाको चुनावमा नेपालको नागरिकहरुको बहुमतले ठहर गरि सकेको अबस्थामा तेही हिजोको गलत कुरालाई श्रीपेच बनायर नलगाउनुस सुसिलज्यु/

    अबको सरकार र संबिधान बनाउने सम्पूर्ण प्रक्रिया संबिधान सभामा छलफल गरेरै बहुमतको आधारमा निरन्य गर्नुस/ यहिनै नागरिकहरुको बहुमतको सम्मान हुनेछ/ यति गर्दा तपाइंको कुर्सि ढले ढल्न दिनुस तर नागरिकहरुको बहुमत बात मात्रै सरकार चलुन र संबिधान बनुन भन्ने नागरिकको चाहना ढल्न न्दिनुस/ यति गरे मात्रै तपाईं खलनायकहरुको महानायक भन्दा फरक रहेको प्रमाणित हुनेछ/

    बहुमतलाई बिबस बनाउने नै अलोकतान्त्रिक हुन्/ लोकतान्त्रिक नेपालमा जनताले तिरस्कार गरेको कुरा लाद्न चाहने अलोकतान्त्रिक व्यक्ति तथा कथित् शक्तिलाई सरकार र संबिधान सभामा हाबी हुन् नदिनुस्/ नागरिकहरुलाई भांड्न नसके पछि नेपालमा लोकतन्त्र आय मा आफ्नो स्वार्थ पुरा नहुने देख्ने शक्ति र तिनका भकुन्देहरु अहिले राजनैतिक पार्टीहरु भाड्न लागि परेको स्पस्ट देखियको छ/ यो कुरामा सचेत हुनुस/ अर्को कुरामा यो पनि याद गर्नुस कि तपाइंको कांग्रेसले बिगतमा नागरिकहरुलाई बारम्बार निरास बनायको थियो/ तापनि नागरिकहरुले यसपाली तपाइङ्कै पार्टीलाई बहुमत दियर फेरी पनि मौका दियको छ/ यसपाली पाली पनि तपाइंको पार्टीले बहुमतको सम्मान गर्न सक्नु भयान भने …../

    Reply
  30. kedar says:
    February 11, 2014 at 12:42 am

    सत्ताका लागि सती नै जाने र मसि सुक्न नपाउंदै सहमतीलाइ धोति त यिनले पनि लाउन थाले – प्रचण्डलाइ गालि गर्नु त बेकार रछ / यिनले बनाउने संबिधान १ बर्षमा त उही ४ बर्ष त देखि हालियो – सके सिक्किम नसके बाइसे चौबिसे नै बनाउछन /

    Reply
  31. Deepak, Baglung says:
    February 11, 2014 at 12:36 am

    हैन भन्या यी कांग्रेसी हुन्कि भाङ्ग्रेसि हुन् ? टन्न भाङ्ग भएर बार्ता गरेजस्तो छ | एउटा सहमति गर्ने अनि पालना गर्न पछि हटेपछि कसरि दुइ तिहाईले संबिधान बनाउछन ? रास्ट्रपति र प्रधानमन्त्रि आफ्नो पार्टीको भैसकेपछि किन गृहमा अत्तो थप्प्या होला | यस्तै ताल हो भने गालिगर्दा “तेरा घरमा कांग्रेस पसोस ” भन्ने दिन आउन धेरै बेर लाग्दैन है |

    Reply
  32. bijaya dhakal says:
    February 11, 2014 at 12:35 am

    ‘जुन जोगी आए पनि काननै चिरेको ‘ हामी नेपाली जनताको लागि आस गर्नु बाहेक अरु केहि पनि हुने वाला छैन…….

    Reply
  33. कमल says:
    February 11, 2014 at 12:34 am

    चुनाव सकिएको दुई महिना बित्दा सम्म यस्तो हाल छ संबिधान बनाउँछु भनेर चुनाव जितेकाहरु| दैनिक सरकार चलाउने काम रेग्मीजीलाई नै दिएर संबिधान बनाउने काम सभासद्हरुलाई दिन पर्ने हो|
    सुशीलको असमर्थता र निरीहताको फायदा उठाउदै उनका आसेपासेहरुले अनि तुक्काराज ओली र झोलीवालहरुले देश खत्तमै पार्ने भए|
    गडगड़िया माओवादी र झगडिया मधेसवादी दलहरुलाई जनताले फालेका जस्तै यी दुवै दलहरुलाई पनि आगामी चुनावमा फालिदिन पर्छ|
    एमाङ्ग्रेस भनेर नंया दल गठन गरे भैगो|
    हेर्दै जानुस, ओलीले आफ्नो महत्वकांक्षा पुरा गर्न अरु के के वित्यास गर्नेछ अनि सुशीललाइ देउबाले ठिक पार्नेछ| माओवादीले इमान्दार प्रतिपक्षको भूमिला खेल्नु छैन राजावादीले जस्तो देश तल झर्दा बरु ताली बजाउला|

    Reply
  34. Ranjan says:
    February 11, 2014 at 12:34 am

    गृहको कुरा उठाएर आफ्नो गुटलाई धेरै मन्त्रि पार्ने खेल कांग्रेस भित्रकै पौडेल र देउबाबाट शुरु भएपछी विचरा सुसिल दा आफ्नो निर्णयबाट पछि हटेका हुन्| सन्त नेतालाइ पंगु बनाएरै छाड्ने भए असत्तिहरुले|

    Reply
  35. bishnu adhikari says:
    February 11, 2014 at 12:01 am

    येसरी सत्ताको मोह मा लागेर देश र जनता लाइ अनिर्णयको बन्दी बनाउनु भन्दा जसरि संबिधान सभाको निर्बाचन कर्मचारी तन्त्र लाइ जिम्मा लगाइएको थियो तेसै गरि संबिधान निर्माण पनि उनीहरुलाई जिम्मा दिदा नै सबै को कल्याण हुन्छा
    बिष्णु अधिकारी

    Reply
  36. aakash says:
    February 10, 2014 at 11:59 pm

    हाम्रो देशको राजनीति हेर्दा पनि टाउको दुखेर आउच.. के भाको हाम्रो देशका पार्टीका नेता हरुलाई..देश बनाऊ, जनता हरुको सेवा गरौ भन्ने त सोच १% पनि छैन बा …….मै खाऊ, मैले राज गरौ, मेरै मान्छे र पार्टी को हित हुन पर्चा, एस्तो सोच छ यी नेता हरुको…..दोष पनि कति दिनु यिनी हरुलौ, हामी नै उस्ता जान्दा जान्दै यी पाजी हरुलाई त्यहाँ सम्म पुर्यअयौ/////विकल्प पो हामी संघ के छ र….सायद बैकल्पिक आन्दोलन को आवश्यकता छ होला…तर माओबादीले गरेको नामको जनबादी भन्दा भिन्न…

    Reply
  37. भोला कोइराला says:
    February 10, 2014 at 11:53 pm

    केपिओली को डंका ले हावा खाएको दिन कांग्रेसले ढुलमुले एमालेलाई साचिकै ढुलमुल ढुलमुल परिदियो…..पहिला एमालेले छाया मन्त्रीमण्डल बानाउथ्यो, अहिले चाहि उधारो राष्ट्रपति, उधारो प्रधानमन्त्री चलाउने भयो….।

    Reply
  38. Nabin Adhikari says:
    February 10, 2014 at 11:33 pm

    फेरी पनि बुड़ो गोरुले ठाउँ वोगटो !!

    Reply
  39. शशांक लामा, न्युयोर्क says:
    February 10, 2014 at 11:25 pm

    के चांडो समस्या सल्ट्यो भनेको त, समस्याको पोको त बल्ल खुल्यो! अब सबै पार्टीका पद पाउने आस नभएका चतुरेहरुले आगोमा घिउ थप्ने भए,हम्किने पनि त्यतिकै निस्कन्छन| झारपाते पार्टीका नेताहरुले र्याल चुहाउन थाले होला| मन्त्रि भएर अकुत सम्पति कमाउने सपना सबैले देख्न थाले होला| देश जतासुकै जाओस, पहिला आफु मन्त्रि बन्नु पर्यो भन्ने एकसूत्रीय जपना सबै सभासदको छ| यत्राको संबिधान! संबिधान बनाउने कुरा त गौण भएको छ !

    Reply
  40. ashok says:
    February 10, 2014 at 11:04 pm

    सफा निहेत भए पो आपसी समझदारी दिर्घकालिन हुन्छ । निहेत नै खराब छ, कसरी हुन्छ बाचा पुरा? होइन, आफ्नो भागमा आएको बिलो पनि यी बाहुनहरुले किन मिलेर खान नसकेको?

    Reply
  41. नीराजन शिरीष says:
    February 10, 2014 at 10:29 pm

    एक समय हाजिरीजवाफमा सोधिने प्रश्न – राजा नहुँदै मर्ने युवराजको नाम के हो ?
    त्यसपछि सोधिएको प्रश्न – आफू राजा घोषणा भएको थाहै नपार्इ मर्ने राजा को थिए ?
    अलि केहि महिनापहिला सम्म सोधिएको प्रश्न – १७ पटक चुनाउ लडेर पनि प्रधानमन्त्री हुन नसक्ने व्यक्तिको नाम के हो ?
    अब बुधबारपछि सोधिने प्रश्न सायद यस्तो हुनेछ – पद तथा गोपनियताको शपथ ग्रहण नगर्दै प्रधानमन्त्रीबाट हटार्इएका नेताको नाम भन्नुस् ।

    कठै मेरो देशको राजनीति !

    Reply
  42. Sanu says:
    February 10, 2014 at 10:14 pm

    यिनिहरुको किचलोले देशलाई बर्बादी तिर धकेल्दै छन। यस्तो तरिका ले समय मै संबिधान बन्ला भन्ने कुरो मै शका छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme