Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हुन नसकेका हलिउड हिरो प्रधानमन्त्री

Posted on February 9, 2014February 10, 2014 by Salokya

नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री बन्न अब औपचारिकतामात्रै बाँकी छ। एमालेले समर्थन गर्ने निर्णयपछि नै कोइरालाले सुविधाजनक बहुमत जुटाइसके। सोमबार हुने मतदानमा कोइराला एक जनाको मात्रै उम्मेदवारी परेको छ। बिहान ११ बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा हुने मतदानले उनलाई बहुमतबाट प्रधानमन्त्री निर्वाचित गर्नेछ।

नयाँ प्रधानमन्त्रीलाई अलि नजिकबाट चिन्ने हैन त ?

केही अघिको मात्रै कुरा त हो, सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने दल माओवादीका अध्यक्ष प्रचण्ड हेलिकप्टर चार्टर गरेर उड्दै गर्दा पूँजीवादी दलको प्रतिनिधित्व गर्ने कोइराला प्लेनको टिकट नपाएर अलपत्र पर्थे। अनि प्रचण्ड आफ्नो हेलिकप्टरमा उनलाई लिफ्ट दिन्थे।

२०४६ सालको बहुदलीय व्यवस्था पुनर्स्थापनापछि नेपाली कांग्रेस पटक पटक सरकारमा जाँदा समेत उनले एक पटक पनि मन्त्री वा सरकारी लाभको पद स्वीकारेनन्। त्यसैले अन्य नेताभन्दा उनी स्वच्छ मानिन्छन्। वर्षौँदेखि उनी काठमाडौँमा साधारण घरमा डेरामा बस्दै आएका थिए। सरल जीवन जिउने नेतामा पनि उनलाई उछिन्ने समकालीन कोही छैनन् भन्दा हुन्छ। काङ्ग्रेस सभापति निर्वाचित भएपछि मात्रै उनी पहिला गिरिजा बस्दै भएको ठूलो घरको डेरामा सरेका हुन्। नत्र त उनी बस्ने डेराको गल्लीमा मोटर समेत छिर्दैन थियो। तलुवा भाँचिएको चप्पल, सुकुल ओछ्याइएको कोठामा पलंग हैन, चारखुट्टे खाट हुन्थ्यो।

उनी २०४८ सालमा गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा प्रधानमन्त्री निवासमै बस्थे। प्रधानमन्त्रीबाट राजिनामा दिएपछि गिरिजाप्रसाद भतिजा सशांकको घरमा सरे तर कोठा अभावका कारण उनी महाराजगञ्जको पार्टी सम्पर्क कार्यालयमा बस्न थाले। महाराजगञ्जको सम्पर्क कार्यालय बन्द गरेपछि भने पाँच वर्षसम्म उनी भान्जा रमेश शर्माको बुद्धनगरस्थित घरको एउटा कोठामा बस्दै आएका थिए। सभापति भएपछि महाराजगञ्जस्थित कृष्णरक्षा राजभण्डारीको कम्पाउण्डसहितको फराकिलो सुविधासम्पन्न भाडाको घरमा सार्न खोज्दा उनी आलोचना हुने डरले सुरुमा हच्किएका थिए।

७५ वर्षका कोइराला हालसम्म अविवाहित छन्।

सुशील कोइरालाको जन्म विराटनगरमा भएको हो। उनका पिता बोधप्रसाद र आमा कुमुदिनी हुन। जेठा छोरा सुशीलका ६ भाइ र एक बहिनी छन्। वन अधिकृत बोधप्रसाद जागीरका सिलसिलामा नेपालगञ्ज पुगेका थिए र त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्ज मै भएको हो। उनका भाइ अरुण कोइराला नेपाली कांग्रेस, बाँकेका सभापति छन्। वीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाबीच धेरैले सोचे जस्तो साख्खै दाजुभाइ नाता पर्दैन। तर पनि उनले बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्।

२०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका कोइराला २०१७ सालको कू पछि १६ वर्षसम्म भारतमा स्वनिर्वासनमा रहेका थिए। त्यतिबेला उनले काँग्रेस मुखपत्र तरुणको सम्पादन गरेका थिए। नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनैतिक बन्दीजीवन उनले बिताएका थिए।

हार र जीत

उनी प्रतिनिधिसभा चुनावमा वि.सं २०४८ र २०५६ बाँके जिल्लाबाट निर्वाचित भएका थिए भने संविधान सभा निर्वाचन भाग २ मा बाँके र चितवनबाट विजयी भएका हुन्। सन् २०१० मा भएको काँग्रेसको १२ औँ महाधिवेशनमा देउवालाई हराउँदै उनी सभापति निर्वाचित भए।

सन् २००१ मा संसदीय दलको नेता भने शेरबहादुर देउवासँग पराजित। यो वर्ष संसदीय दलको नेतामा देउवालाई पराजित गर्न सफल भए। पहिलो संविधान सभा निर्वाचनमा कोइराला बाँकेबाट तेस्रो स्थानमा रही पराजित भएका थिए।

विमान अपहरण

नेपाली काङ्ग‌्रेसले पञ्चायतको विरोधमा गरेको सशस्त्र क्रान्तिलाई साथ दिन नेपाल राष्ट्र ब्यांकको रकमसहितको एउटा जहाज अपहरण गरेको थियो। त्यो हाइज्याकिङ कान्डमा सुशील कोइराला पनि सहभागी थिए। विमान भारतको फारबिसगञ्जमा झारेर रकम लुटिएको थियो।

२०३६ सालको जनमत संग्रहमा सुशील विमान अपहरणको मुद्दामा भारतमै जेलमा थिए। बिपीलगायतका नेतालाई आम माफी हुँदा पनि सुशील र चक्र बास्तोलालाई रिहा गरिएको थिएन। जनमत संग्रहपछि बिपीले भारतसँग विशेष आग्रह गरेर सुशीललाई जेलमुक्त गराएका थिए। विमान अपहरणको आरोपमा बिहारको दरभंगा जेलमा बस्दा सुशीलसँगै अहिलेको बिहारका मुख्यमन्त्री नितीशकुमार पनि थिए।

हुन नसकेका हलिउड हिरो
भर्खरका लक्का जवान सुशील हिरो बन्न चाहन्थे, त्यो पनि हलिउडको। त्यसका लागि प्रारम्भिक तयारी पनि गरिसकेका थिए, भारतमा नृत्य र फोटोग्राफीको प्रशिक्षण लिएर। ‘हिरो’ बन्ने सपना पूरा गर्न उनी हलिउडतिर हानिने अन्तिम तयारीमा थिए। अमेरिकाको भिसासमेत आइसकेको थियो। तर, १ पुस ०१७ मा राजा महेन्द्रले ‘कू’ गरेपछि सुशीलको सपनामाथि पनि बज्रपात भयो। राजनीतिक परिर्वतनसँगै तत्कालीन सरकारले उनलाई विदेश जान प्रतिबन्ध लगायो। र, हिरो बन्न तम्तयार उनी नेपाली कांग्रेसको राजनीतिमा होमिए।
सुशीललाई नजिकबाट जान्नेहरूका अनुसार राजा महेन्द्रले दुई महिना ढिलो मात्रै ‘कू’ गरेको भए पनि सुशील अमेरिका पुगिसकेका हुन्थे र सम्भवतः यतिबेला हलिउडमा जमिरहेका हुन्थे। राजनीतिमा त सुशील बाध्यताले मात्रै होमिएका हुन्।

भारतसँगको बिग्रिएको सम्बन्ध
पहिलो संविधानसभा विघटन हुनु अघि वीरगञ्जस्थित भारतीय काउन्सुलर एसडी मेहताले ‘छुट्टै मधेस बनाउनुपर्छ भनेर माग गर्नुहोस र भारत त्यसको पछाडि छ’ भन्ने आशयको अभिब्यक्ति दिए। त्यसको विरोधमा भोलिपल्ट प्रमुख चार राजनीतिक शक्तिको बैठकले विज्ञप्ति निकाल्ने भन्दै कांग्रेस सभापति कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले हस्ताक्षर गरे। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदारले हस्ताक्षर गरेनन्। बरु विज्ञप्ति बैठक स्थलबाट हरायो। त्यही विज्ञप्ति बोकेर भारतीय राजदूत जयन्तप्रसाद महराजगन्जस्थित कोइराला निवास पुगेछन्। भनिन्छ, सहसचिव स्तरको राजदुतले चर्को स्वरमा सोधखोज गरेपछि कोइरालाले पनि थर्काइदिएछन् ‘आप कौन हो, जो मेरेको पुछताछ कर रहे हो ?’ कान्तिपुर सम्पादक सुधीर शर्माको ‘प्रयोगशाला’मा लेखिएको छ- ‘भारतको नेपालनीतिको खुलमखुला आलोचना गरेको, ०६९ जेठको मेहता प्रकरणमा भारतीय राजदूतलाई नै झपारेको जस्ता कारणले कोइराला दिल्लीको नकारात्मक सूचीमा थिए।’ त्यही भएर बाबुराम भट्टराईको सरकार हटाएर सुशील कोइरालालाई प्रधानमन्त्री हुन दिइएको थिएन।

जिब्रोको क्यान्सर
कोइराला जिब्रोको क्यान्सरबाट पीडित छन्। त्यसैले उनको बोली पछिल्लो समयमा त्यति स्पष्ट छैन। २०६२/६३ को आन्दोलनअघि ज्ञानेन्द्रले कू गर्दाताका भने उनको बोली स्पष्ट सुनिन्थ्यो। क्यान्सरको उपचारका लागि उनी नियमित रुपमा अमेरिका गइरहन्थे।

१० वर्षअघि उनी चढेको गाडीमा प्रहरी हेडक्वाटरछेउ सेनाको गाडीले हानेर जब शिक्षण अस्पताल पुर्‍याइयो, त्यहीं परीक्षण गर्दा जिब्रोमा क्यान्सर भएको पत्ता लागेको थियो। अमेरिकामा उनको क्यान्सरको उपचार गर्दा जिब्रो काटिएपछि बोलीमा प्रस्टता हटेको हो।

गायक कोइराला
बाबुराम भट्टराईको सरकारलाई ढाल्न सुरु गरिएको आन्दोलनका क्रममा सुशील कोइरालाले आमसभाहरुमा गीत गाई सुनाएका थिए। गीत सुन्नुस्-

47 thoughts on “हुन नसकेका हलिउड हिरो प्रधानमन्त्री”

  1. क्रिस्टिना says:
    February 11, 2014 at 11:46 am

    हुन नसकेका हलिउड हिरोको जवान बेलाको फोटो भए सेर गरम न सलोक्याजी !

    Reply
  2. Abhi says:
    February 11, 2014 at 10:32 am

    you forgot one thing: Sushil was the reason behind GP Koirala’s every bad decision in the past that is hounding the country today.

    Reply
  3. Samir Thapa says:
    February 11, 2014 at 4:45 am

    Oli Don leader on UML what a communist Party image.

    So I prefer Congress leader like Sushil

    Reply
  4. Binamra Shrestha says:
    February 10, 2014 at 11:50 pm

    धन्न बुढा हलिउड आउन पाएनछन, आएको भए हलिउडलाई पनि बलिउड त के भनौ झलिउड चाही बनाउथे होलान/ भारतमै नृत्य सिकी सकेका रहेछन, बुढा मरिलिन मोनरो संग कसरी नाच्थे होलान?? कल्पना गर्दा नै आंग जिरिङ्ग भएर आयो मेरो त लौ न !!

    Reply
  5. akash says:
    February 10, 2014 at 8:45 pm

    सुशील जी यदि वालिवुद मा भएको भए १ नम्बर को कलाकार हुन्थ्यो ,किनकी उहाको जस्तो आवाज भएको कोहि छैन.

    Reply
  6. bibek dhakal says:
    February 10, 2014 at 7:08 pm

    भारतले सुशील कोइरालालाइ प्रधानमन्त्री बन्न नदिन भरमग्दुर प्रयास गरिरहेको कुरा सार्वजनिक भैरहंदा सुशील कोइराला प्रधानमन्त्री बन्ने भन्ने समाचार बाहिर आउदा निकै खुसि लागेको छ| अरु भन्दा नि गुण्डाको नाइके देशको नेतृत्वमा पुग्ला कि भन्ने डर लागिरहँदा कम्पेरिटिभली स्वच्छ मान्छे अगाडी आको कुराले धेरै नै संतोष भाको छ है मलाई त !

    Reply
  7. santosh says:
    February 10, 2014 at 2:59 pm

    उनको अकलंकित छबि बरकरार राख्दै देशको लागि केहि गरोस, मेरो शुभकामना

    Reply
  8. sumanmzn says:
    February 10, 2014 at 2:40 pm

    सिंह दरबार मा अर्को फोटो थपिने भो 🙂

    Reply
  9. DIamond sapkota says:
    February 10, 2014 at 2:21 pm

    ।सुशील कोईराला नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ।

    Reply
  10. pradip nepali says:
    February 10, 2014 at 1:10 pm

    पिण्ड खाने बेलामा कुर्सि को स्वाद चाख्ने रहर.

    Reply
  11. Jillabasi baburam says:
    February 10, 2014 at 12:10 pm

    ४६ सालमा सन्त प्रधानमन्त्री कृष्ण प्रशाद भट्टराई बुढोले एक बर्ष भित्रै देशलाई नया संबिधान दिएका थिए! अहिले फेरि अर्को सन्त नेता सुशील कोइराला बुढोलाई पनि नया संबिधान बनाउन इतिहासले दिएको जिम्मेवारी पूरा गर्न उनको स्वास्थ, आफ्नै पार्टी भित्रका र अन्य पार्टीका नेताहरु र समय सबैबाट साथ मिलोस र
    ओह्रालो लागेको हाम्रो आर्थिक, सामाजिक परिवेशमा पिल्सिएका आम नेपालीहरुको
    राहतको नया बिहानी छिटै आओस भन्ने शुभकामना!

    Reply
  12. Ananta says:
    February 10, 2014 at 11:52 am

    He should have been given chance long time before for his honesty. Now he is too old and not fit to take over such a responsible position. Pity.

    Reply
  13. Samjhana says:
    February 10, 2014 at 11:44 am

    मा फेरि पनि भन्छु, भनिरहन्छु….. Dying time, green cucumber..
    मर्नेबेलाको इछ्या रहेछ बुडोको प्रधानमंत्री बन्ने… सारो माया लागेर आयो..

    Reply
    1. bibek dhakal says:
      February 10, 2014 at 7:11 pm

      अनि पुराना कोइराला बाजेले Dying time green Cucumber मै ५ पटक प्रधानमन्त्री पद्काउदा पनि सारै माया लाग्य थियो हो?

      Reply
  14. rabi says:
    February 10, 2014 at 11:29 am

    मा कम्युनिस्ट विचारधाराको कार्यकर्ता हुँ मा ओली कमरेड लाई भन्दा सुसिल जी लाई सपोर्ट गर्छु उहा ले अब चाही केहि पक्कै गर्नु हुन्छ देस को लागि मलाई पूर्ण विश्वास छ यहाँ को कार्यकाल राम्रो होस् अग्रिम सुभ कामना त्यागी नेता ज्यु.

    Reply
    1. bikash shrestha says:
      February 10, 2014 at 11:44 am

      बि जी अब उहा ले नेपाल लाइ तुरुन्तै USA जस्तै बने दिनु हुन्छ . नेपाली हरु USA जनै नपर्ने भयो .

      Reply
    2. bibek dhakal says:
      February 10, 2014 at 7:02 pm

      कम्युनिस्ट विचारधारा ( वा जुनसुकै!) र ओली जस्ता राजनैतिक खोल ओढेका गुण्डाका संरक्षकहरु बीच सम्बन्ध खासै देख्दिन म त !

      Reply
  15. Anurodh says:
    February 10, 2014 at 10:37 am

    बधाइ । नयाँ सरकारले जनताका दैनन्दिनका समस्या समाधान र आर्थिक समृद्दिमा पनि ध्यान दिन सकोस् । हार्दिक शुभकामना

    Reply
  16. Sisir says:
    February 10, 2014 at 10:35 am

    ओली भन्दा चाही सुशील नै ठिक, तर यिनले केहि गर्लान भन्ने आशा भने नगरेकै बेश , अब जे गर्नु सुजाताले गर्छे … अब सुजाताले यी बुढालाइ गिरिजा बाबुको इतिहाश मेट्ने भन्दै कुन चाही मन्त्रालय माग्ने हुन् ?

    Reply
  17. devendra says:
    February 10, 2014 at 10:05 am

    तोते बोल्ने बाजेको पनि पालो आयो, होइन सारा संसार बुझेका, बोल्नमा खप्पिस दुर्लब नेताहरु कुन दुलोमा पसे हाउ हा हा हा

    Reply
  18. लौटन अवधि says:
    February 10, 2014 at 9:31 am

    पहिलो प्रहार – सेर बहादुर बाट
    दोस्रो प्रहार – रामचन्द्र बाट
    तेस्रो प्रहार – पार्टी का असन्तुस्ट हरु बाट
    त्येश पक्षि को लगातार को प्रहार – एमाले लगायात अन्य दल हरु बाट !

    यी प्रहार बाट जो जोगियो त्यो सफल भयो – जोगिन सक्ने मा संकै छ !

    Reply
  19. jay says:
    February 10, 2014 at 9:29 am

    सुशिल कोइरालाका तन्नेरी बेलाका फोटा हरु छन् भने हालौँ न हउ । ‘झण्डै हुन खोजेको हिरो’ हेर्न मन लाग्यो ।

    Reply
  20. Tenzing Gaba says:
    February 10, 2014 at 9:14 am

    मोटामोटी ३ प्रकारको हुन्छन नेताहरु
    १. खत्तम……..जसले देश बिगार्छ
    २. मद्धयम……जसले न बिगार्छ न बनाउछ
    ३. उत्तम ……जसले देश बनाउछ

    अहिले सम्म पहिलो काटिको मात्र देखा परेका छन्, आशा गरौ यिनी पनि तेस्रो खालमा नपरे पनि पहिलोमा पनि नपरुन हालको लागि त्यति नै काफी हुन्छ ………जदौ !!

    Reply
  21. neupane says:
    February 10, 2014 at 9:07 am

    होइन नेपाल मा कोइ टाठो बाठो छैन क्या हो. अब ७५ बर्साका बा ले देश चालिने कि तिनै बा लाइ बोकेर डुलाउने. नेपाल कहिल्लै बन्दैन …..

    Reply
  22. दीपेन्द्र says:
    February 10, 2014 at 8:45 am

    देशको प्रधानमन्त्री जस्तो सम्बेदनशिल जिम्मेवारी बहन गर्न निस्कलंक मात्र भएर हुदैन, रमेश खरेल या भगवान् कोइराला जस्तो कुशल प्रसासक हुनु अत्यन्त आवश्वक छ, जुन शुसिल कोइरालामा देखिदैन। जे होस् त्यागी नेता हुन्। सफल कार्यकालको शुभकामना।

    Reply
  23. ajiv says:
    February 10, 2014 at 8:44 am

    हामीहरुको भाग्य फुटेको .७५ वर्षा को बुढो ले कस्सरि देश चलहुन सक्छ .
    यो त अनन्य हो बुढो माथि . हेअल्थ ले काम गर्न दिदै न अनि ब्रेन लै काम गर्दै न .

    Reply
  24. Shankar says:
    February 10, 2014 at 8:23 am

    त्यागि रहेछन | केहि गर्छन कि त् | पोजितिव सोचौ |

    Reply
  25. Bhadra says:
    February 10, 2014 at 8:03 am

    बधाई छ सुशील कोइराला जीलाई / यस अघि उनले चाहेको भए मन्त्रि त कति पटक भै सक्थे तर चाहेनन् / छबि स्वच्छ छ श्रीमती र सन्तान नभएकाले दरोभएर काम गरे भने देशले केहि पाऊँथ्यो / देशलाई संबिधान दिन सकुन, अनि डा. गोबिन्द के. सी. , भगवान कोइराला जस्ता को माग पुरा गर्न सकुन. अधिकारी दम्पतिको मरण हेर्नु नपरोस येही शुभेक्ष्या छ मेरो /

    Reply
  26. योगेश आदी says:
    February 10, 2014 at 8:03 am

    आशाबादी छु / भोलि भ्रस्टाचारीलाइ मन्त्रीमण्डलमा ल्याएमा निराशाबादी हुनेछु /
    एक बर्षमा संबिधान दिएर राष्ट्रलाई निकाश दिनुस, स्थानिय निर्बाचनको बाटो खोल्दिनुस बस् .. !अरू त राम्रो पद्धति भएपछी देश आफै बन्दै जानेछ /
    शुभकामना !!

    Reply
  27. xyz says:
    February 10, 2014 at 7:44 am

    Remember the paradox we are having in Nepal: Honest people are not capable and capable people are not honest. Mr. Sushil Koirala has to prove where does he belong to.

    Reply
  28. Bishnu Adhikari says:
    February 10, 2014 at 7:43 am

    प्रधानमन्त्री को कार्यालयमा थप एउटा फोटो थप्नु र अहिले भइ रहेको स्वच्छ छबि र प्रतिष्ठा गुमाउनु बाहेक आर्को काम हुने देख्दिन म हुने वाला प्रधानमन्त्री सुशील कोइराला बाट / जे भए पनि सफल कार्यकाल को शुभकामना /
    बिष्णु अधिकारी

    Reply
  29. Dhurba says:
    February 10, 2014 at 7:38 am

    Dhanyabad , Susil कोइराला को बारे मा Aja Marta थाहा भयो , धेरेइ सनगर्श गरेको त्यागी , लोव लालच निस्कलंक भएको मान्छे , राम्रो लग्यो .

    Reply
  30. shantdil says:
    February 10, 2014 at 7:23 am

    सुशील बाले प्रधान मन्त्रि हुँदा समेत आफ्नो निस्कलंक छबि बचाउन सक्नु भयो भने, नेपाल आमाले सच्चा सुपुत्र जन्माउनु भएको रहेछ भनेर विश्वास गर्न सकिन्छ.

    आसा गरौँ उहाँको कार्यकाल सफल रहोस, नेपाल आमाले उहाँलाई आसिर्बाद दिनुहोस/ असल सुपुत्र जन्माएको मा गर्ब गर्ने अवसर मिलोस पनि हाम्री धर्ति माता लाई.

    Reply
  31. कुसुम ज्ञवाली says:
    February 10, 2014 at 6:52 am

    देशले स्वच्छ छविको प्रधानमन्त्री पाउन शैाभाग्यशाली कुरा हो । बागद्वारमा बागमति पनि स्वच्छ छ, जिम्मेवारीको यात्रामा कुरो विग्रन्छ । स्वच्छ छविको नेताको छवि कसरी निरन्तरता पाउँछ भन्ने कुरा कार्यकर्ता र तीनका मध्यम स्तरका नेतामा भरपर्छ । शुसील जीले मात्र खराव काम नगर्दैमा उहाँको छवि धुमिल हुन बाट बच्दैन, यदी उहाँले खराव कार्यकर्ता र मध्यम नेताले गर्न खोजेको खराव कुरा रोक्ने शाहस गर्न सक्नु भएन भने ।त्यसैले छविका कुरा शुशिल जीको मात्र विषय होइन, सिङ्गै नेपाली कँग्रेसका स्वच्छ छविका नेता/कार्यकर्ताले संकल्प गरेर भगीरथ प्रयत्न गरे मात्र शुशिल कोइरालाको छवि बचाउन सम्भव होला ।

    Reply
  32. vishu says:
    February 10, 2014 at 6:43 am

    राम्रो र स्वच्छ छबि भयर के गर्नु, आसे-पासेहरु नालीको किरा जस्ता छन् ! गर्न सक्नी केहि होएन, कुनै vision नै देख्दिन इनको ! आफ्नै पार्टी सम्हाल्न गारो छ, अब देश ? यो सब नेताहरु आन्दोलन गर्न, हड्ताल गर्न, आफ्नो स्वोर्थ हेरी खुट्टा तान्न मात्र जानेका छन्, देश बनाउन कसैलाई औदैना, सोच पनि छैन यो भातमारा हरुको !

    Reply
  33. aasish switzerland says:
    February 10, 2014 at 5:48 am

    भनेपछि बुढा पनि अब ढल मा छिरे अब हिल्लै हिलो भएर निस्कने भय,हिजो बाबुराम को जस्तै अवस्था मा पुर्याउछ्न यिनलाई पनि,यहा काम गर्न खोज्ने लाइ सधै खुट्टा तान्ने प्रवृति छ,हेरौ सुशील कोइराला ले के गरेर देखाउछ्न,उनलाई न कसै को लागि केहि कमाउनु छ न केहि गुमाउनु छ,जिबन को अन्तिम घडी मा आइपुगेको हुनाले पनि अब उनले केहि गरेर आफ्नो नाम राख्ने बेला आएको छ,अब पार्टी सार्टी होइन सुसिल अब देश बनाउ,कति नै बाचौला र,कति नै राजनीति गरौला र अब,फेरी त्यो ठाउमा पुग्न नपाइन पनि सक्छ,त्येसैले अब बेला आयो केहि गरेर देखाइदेउ र उदाहरण बन…..शुभकामना सुशील कोइरालालाइ,
    आसिश
    स्विस

    Reply
  34. ekraj says:
    February 10, 2014 at 4:52 am

    बिहे पनि भएको रहेनछ| वारी परि कोहिपनि नभए पछि मरिलानु केहिछैन| कांग्रेस का अरु स्याल, चरित्रहीन (कुजाता) र एमालेका भ्रस्ट लात्थक हरुबाट बाट बच्दै केहि गरे राम्रै हो|
    मत बेबहार मा केहि नदेखी मेरो समय र सब्द खर्च गर्दिन | आशा त गर्ने पर्यो?

    Reply
  35. Bindu says:
    February 10, 2014 at 4:27 am

    कांग्रेस पार्टीकै कुरा गर्ने हो भने गगन थापा हरु जसलाई धेरै नेपाली जनताले आशाको रुपमा हेर्न खोज्या छ ,उनीहरु अचम्मै संगै छाँयामा नै पर्या छ
    अनि
    हिजो सम्म चू चां सम्म नसुनिएको तर पार्टीको ( कांग्रेस पार्टी त्यसमा पनि खास गरि
    कोईराला खेमाको ) सेक्रेटरी सचिब भन्दा खासै फरक नपर्ने — मान्छे ( नेता ) आज
    एकाएक नेपाल देशको प्रम बनाइन गई’राछन् भन्ने सुन्नु पर्दा अचम्मै लाई’राछ —
    एक मन भन्छ ‘ अध्यारो सुरुङ्गको अन्त्यमा उज्यालो किरण हुन्छ नै —-
    अर्को मन भन्छ ‘ खै के खै के ! भारतीय नेताको चाल — जालै जाल ——

    Reply
    1. Kisan says:
      February 10, 2014 at 9:13 am

      गगन थापा र सुशील कोइरालाको तुलना हुन सक्दैन
      गगन थापा मिडियाका हिरो हुन् । क्याम्पसमा हुँदै भ्रष्टाचार कान्डमा परेको
      भारतफोबियाबाट ग्रस्त तपाईँले भारतीय राजदुतलाई निवासमै हप्काउने pm बन्दा समेत भारतको चाल ठान्नुभएछ थुइक्क नेपालीको भारतीय दास मनोवृत्ति

      Reply
  36. dharmendra says:
    February 10, 2014 at 4:10 am

    बास्तबमै यिनी सर्बहाराका वास्तविक नेता हुन्

    Reply
  37. शशांक लामा, न्युयोर्क says:
    February 10, 2014 at 2:17 am

    अविवाहित व्यक्ति त त्यति व्यवहारिक हुँदैन पो ! फेरी यी पनि किशुनजी जस्तै भाञ्जाकै घरमा बस्तै आएका रहेछन| यिनलाई पनि कुन चाहिं काङ्ग्रेसियाले सरकारी घरतिर खेदछ होला| यिनी मात्र निष्कलंक भएर के गर्नु ? कलंक र कैदीले भरिएको छ कांग्रेस !

    Reply
  38. ramesh says:
    February 10, 2014 at 12:33 am

    सातौँ प्रम स्वच्छ छविका नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला ।

    Reply
  39. Ale says:
    February 10, 2014 at 12:15 am

    मौका नपाएर हो या सुशील दा को असल नैतिकता ले गर्दा हो, निकै स्वोच्छ रहेछ उनको record . सर्बहारा नेता भनौदा हरुले त पाउ छोए पनि हुने खालको | उनको अकलंकित छबि बरकरार राख्दै देशको लागि केहि गरोस, मेरो शुभकामना | हेरम, भोका जुका हरुले कत्तिको साथ् दिन्छन |

    Reply
  40. बशन्त राज says:
    February 10, 2014 at 12:12 am

    जिबनी त राम्रै र छ काम चाहि कस्तो गर्ने हो ??? त्यो हेर्न बाकी छ ?

    Reply
  41. Hari says:
    February 9, 2014 at 11:53 pm

    भनेपछि यिनी त अरु भन्दा अलि स्वच्छ छविका पो रहेछन. केहि गर्लान त?

    Reply
  42. neerose says:
    February 9, 2014 at 11:30 pm

    होलिवूदमा सिनेमा खेल्न जान निस्केको मान्छे चढेको बिमान हाइज्याकमा परि इन्डियामा वोराल्दा यतै नेपालि कांग्रेसतिर अलमलिएर राजनीतिमा अनायासै लाठारिनु पर्दा उता हलिवूदमा कोइराला बाजेको लागि भनेर सुटिङ्ग को लागि तयार गरियको फिल्म आर्नोल्ड स्वोर्जनेगर (कमान्डो) र स्लाइभेस्तर स्टालिओंन (रक्की) ले खेल्ने मौका पायको कुरा चाहि छुटाउनु भाहोकी, थानाभा हो? की, लुकाको हो?
    यो मान्छेले चाहि पोथी कोराल्ला जस्तो छ है!

    Reply
    1. Rmesh says:
      February 10, 2014 at 2:28 pm

      हा हा हा
      तपाई ले चै समाउनु भो है चुरो …
      आफ्नु रुचि को बिसय मा असफल भएसी लास्ट मा लाग्ने पेशा हो राजनीति हाम्रो नेपाल मा

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme