राष्ट्रपतिको चुनाव हुनै पर्ने अडान त्यागेर एमालेले प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुशील कोइरालालाई समर्थन गर्ने औपचारिक निर्णय गरेपछि सुशील कोइराला देशका आगामी प्रधानमन्त्री हुने निश्चित भएको छ। एमाले र कांग्रेस मिले संसदमा सजिलै बहुमत जुट्छ भने अरु केही दल मिलेमा दुई तिहाई पनि पुग्न सक्छ। विगत आठ वर्षमा उनी सातौँ प्रधानमन्त्री हुनेछन्। एमाले कसरी मान्यो त ? छ बुँदे सहमतिपछि एमाले मान्न तयार भएको हो। के छ त त्यसमा ?
त्यसै मानेको छैन एमाले
एमालेलाई मनाउन कांग्रेसले यस्तो सात बुँदामा सहमति गरेको छ।
– १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान २०६३ र ताजा जनादेशको मूलमर्म र भावना बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान एक वर्षभित्र निर्माण गर्ने।
– अघिल्लो संविधानसभाबाट संविधान निर्माणको सम्बन्धमा विधिसम्मत् भएका सहमतिहरुको निर्क्यौल गर्दै स्वामित्व लिने।
– संविधान सभाबाट पारित संविधान सार्वजनिकिकरण भएपछि र उक्त संविधान प्रारम्भ हुनुअघि संविधान सभाबाट राष्ट्रपति, उपराष्ट्रपति, संविधान सभा अध्यक्ष र उपाध्यक्ष र प्रधानमन्त्रीको नयाँ निर्वाचन गर्ने, सो सम्बन्धी व्यवस्था गर्न नेपालको अन्तरिम संविधान २०६३ मा आवश्यक संशोधन गर्ने।
– बुँदा ३ बमोजिमको निर्वाचनसम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिन संविधान सभाबाट अनुमोदन गर्ने,
– प्रधानमन्त्री पदका लागि व्यवस्थापिका संसदबाट हुने निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलका नेता सुशील कोइरालालाई नेकपा एमालेले समर्थन गरी मतदान गर्ने।
– नयाँ सरकार गठनको सात दिनभित्र साझा सहमतिको न्युनतम कार्यक्रम र मन्त्रिपरिषद्को आचारसंहिता सार्वजनिक गर्ने।
– संविधान सभा अध्यक्ष एमालेले पाउने
यसमा अरु बुँदा त पहिलेदेखि भन्दै सुन्दै आएका गफ हुन्। तेस्रो बुँदा चाहिँ महत्त्वपूर्ण छ। एक वर्षभित्र संविधान जारी गरिसकेपछि संविधान सार्वजनिक हुन्छ तर यो जारी हुने समय कहिले राख्ने हुन् उनीहरुले। अहिले भएको चुनावको पाँच वर्षपछि लागू हुने गरी राख्ने हुन् कि के हो। त्यो बीचको अवधिका लागि भने प्रधानमन्त्री पनि नयाँ, राष्ट्रपति-उपराष्ट्रपति पनि नयाँ खोजेको छ एमालेले। संविधान संविधान सभाले पारित गरिसकेपछि जारी हुने हो कि हैन ? कि समय लाग्ने हो ?
नयाँ संविधान अनुसार चुनाव भएर नयाँ संसद र सरकार अनि राष्ट्रप्रमुख नचुनिन्जेल संक्रमणकालीन व्यवस्था गर्न चाहेको देखिएको छ। यसका लागि अन्तरिम संविधानमा नै व्यवस्था गर्ने भनिएको छ। व्यवस्था भएपछि यसबारे बढी थाहा हुनेछ।
त्यतिबेला कांग्रेसकै अर्का प्रधानमन्त्री बन्ने हुन् कि एमालेका केपी ओली ? हेर्न बाँकी छ।
आठ वर्षमा सातौँ प्रम
जनआन्दोलन २०६२/६३ को सफलतापछि नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला २०६३ वैशाख १९ गते प्रधानमन्त्री बनेका थिए। त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा पहिलो सरकार बन्न लागेको हो।
यो बीचमा माओवादीका प्रचण्ड २०६५ भदौ २ देखि २०६६ जेठ २३ सम्म प्रधानमन्त्री बने। त्यसपछि एमालेका माधवकुमार नेपाल २०६७ माघ १९ सम्म प्रधानमन्त्री बने। त्यसलगत्तै एमालेकै झलनाथ खनाल २०६७ भदौ १० सम्म प्रधानमन्त्री बने। उनको राजीनामापछि माओवादीका बाबुराम भट्टराई २०६९ फागुन ३० सम्म र त्यसपछि खिलराज रेग्मी मन्त्रिपरिषद्का अध्यक्षका रुपमा हालसम्म छन्।
सुशील कोइराला नेतृत्वको सरकारप्रति तपाईँको अपेक्षा के छ ? आफ्नो विचार तल कमेन्टमा लेख्नुस्
सुसिल दाइ ले पनि प्रधान मन्त्रि को लिस्ट मा आफ्नो नाम थप्ने भए अरु त के अपेक्षा राख्नु र खै बुढा बाट!
प्रधानमन्त्री को कार्यालयमा थप एउटा फोटो थप्नु र अहिले भइ रहेको स्वच्छ छबि र प्रतिष्ठा गुमाउनु बाहेक आर्को काम हुने देख्दिन म हुने वाला प्रधानमन्त्री सुशील कोइराला बाट / जे भए पनि सफल कार्यकाल को शुभकामना /
बिष्णु अधिकारी
बाघको छालामा स्यालको दाइं भनेको येही हो , क्यारे !
पूरा नहुने आशंका छ राखुँ म किन कुन अपेक्षा
ठानुन यहि अन्तिम हो तीनका अग्नीपरीक्षा
सर्वसाधारण आफू परियो गर्न अरू के सकिन्छ ?
नेपाली भर्इ मर्न पाइयोस् मात्र यहि छ शुभेच्छा !
Dying time, Green Cucumber.. (मर्नेबेलामा हरियो काँक्रो) |
अरु केहि होइन, अब नेपाली राजनीति ( गोलमालतन्त्र ) को नया अध्याय सुरु हुने पक्का भो, श्रोतागण एवं दर्शकगण हातमा फूल, चन्दन, अक्षेता लिएर एकाग्र भएर बस्नुहोस…
( पारासिटामोल को प्याकेट पाकेटमा न छुटाउनु होला )
आठ साल मा सातौ प्रधनमन्द्त्रि .. छ महिना नटिक्ने होला…. जुनै जोगी आए नि कानै चिरेको त होला नि … हाम्रो लागि….
एक वर्ष भित्र शुभ समाचार को आशा गरौ / good luck सुसिल दा, good luck सबै नेपाली हरुलाई
सातवटा बल्छीले आफै ढल्नलागेको बुडानेताको सरकार लाई हेरम कति दिनसम्म टिकाईराख्दो रहेछ?
उटा दलको निहित स्वार्थको लागि यसरि संबिधान संसोधन गर्नु राम्रो होइन.
संसदमा त बहुमत पुग्ला तर सडकमा चाहिं कसको बहुमत हुन्छ हेर्न केहि समय कुर्ने पर्छ ! राष्ट्र र रास्त्रियता बचाऊ अभियानमा येदि कमल थापा र बैध्ये बा एकै ठाउँमा ओर्ले भने? कतै कोइराला खानदान क अन्तिम प्रधान मन्त्रि शुसिल , के ठेगान ! नेपालको राजनीति त्यति सहजै सलल ल बगला जस्तो देखिदैन ! बगेछ भने सुशील लै प्रम होइन राजा नै बनाए हुन्छ र प्रचण्ड बैद्य एबम कमल थापा कम्पनि चाँही ग्य्नेन्द्रको कुटी मा गएर धुप तापे भो !
अग्ग्रिम बधाई शुभकामना कांग्रेस सभापति सुशील कोइराला ज्यु..
ुशील कोइराला ले अहिले सम्म केहि नराम्रो काम गरेको सुनेको छैन तेसैले अहिले नै उः लाई नराम्रो भन्नु ठिक हुन्न आस गरौ देश ले राम्रो नेत्रित्यो पावोस…
संबिधान बन्नु पर्यो | कुरोको चुरो नै त्यही हो ! रेग्मी जस्तै शुशिलदा पनि काम चलाउ प्रम त बन्ने हो एमालेको बैशाखी टेकेर ! एमालेको समिकरण भत्क्यो भने सुशीलदा कुर्सीबाट भद्र्याक्क लडि हाल्छन | भ्रष्टलाई मन्त्री बनाउदिन भनेर सुशिलदाले प्याच्चै भन्नु भएछ | स्वच्छ छविको काङ्ग्रेसिया भेट्टाइएला र ?
जुन जोगी अयपनि कान नै चिर्येका त हुन् नि केहि हुने वाला छैन
अपेक्ष्या त् के हुने ,धेरै देश न लुटोस , न लुटावोस |
एस्तो न होस् |
सबैलाई थाह भएको कुरा हो सुसिल को बोलि अस्पस्ट छ |
मनमोहन सिङ्ग बुडा सग गएर ”हम नेपाल का थिति मिलादेगे ” भन्दा पन्जाबी बुडो ओहो मर्ने बेलामा ठिटी पाइनेभो भन्दै दंग पर्ला पछि न पाएको झोक मा नाकाबन्दी गर्देला है | होस् गरम |
बाबैको सरकार ६ महिना टिके ठुलो कुरा हो ।
सरकार गठन र विघटनको दुष्चक्रमा मुलुक फस्नु हुन्न । देशलाई संविधानसँगै आर्थिक समृद्दि पनि चाहिएको छ ।
जे सुकै भय पनि गिरिजा को कुपुत्री लै चै मन्त्रीमंडल मा सामेल नगर्नु होला अनि मात्र केहि राम्रो होला नत्र उही हो सुशील दादा ,
ुण्ड चोर, भ्रस्टचारीहरुको हातमा पर्यो यो देश फेरी ….
एमाले कांग्रेस जब सम्म नेपाल मा हुन्छा तब सम्म यो देश कंगाल हुने छ ….
सुसिल दा लाई अग्रिम बधाई तर बामदेव गौतम को नेतृत्व मा एमाले सरकार मा जाने पक्का पक्कि भयो रे अब उप-प्रधानमन्त्रि गृह पायो भने ? प्रहरी को आई जी पी फेरेर वही आफ्नो पुरानो रवैया दोहराउने हो कि ? गौताम कमरेड जी त्यसो गर्ने तिर लाग्यो भने तपाई को छबि नेपालि जनता सामु मा नकारात्मक सन्देस जान्छ है !
देशको संबिधान जरिगर्ने पूर्ण जिम्मेदारी आएको नेपाली कंग्रेसलाइ, सफलता संग संबिधान जारी गरेमा जनताले अर्को चुनाब मा नेपाली काँग्रेसलाइ नै विजय बनाउने छन् अन्यथा अहिलेको मावोवादीको जस्तो हाल हुनेछ , जे होस् जसो गरेपनि नेपाली काँग्रेस बलियो बनोस र जनताको आशा पुरा होस भन्दै कदम – कदम मा होस् पुराउदै देशको पर्धन्मन्त्रि बन्नलागेकोमा दुभकमन छ, साथै आफ्नो क्षेत्र लगायत सम्पूर्ण देशको जनतालाई निरासा नपार्नु होला.
मेरो अपेक्षा छ कि चांडै सुशील कोइरालाको नया सरकार ढलोस र आपसी कलहले अन्तमा राजतन्त्र नै फिर्ता ल्याउनेमा बृहत् सहमति जुटोस | जय देश, जय नरेश …
राजतन्त्र ल्याएर फेरी दरबार हत्या काण्ड गराउनु छ र भन्या ?
नेपालको राजनीति हाल सम्म गद्धारी पाराले चलेको छ| राजनीति को दाउ पेच खेल्ने सबै चोर फटाहा, भ्रस्ट, हुतिहारा, मतिहारा, बेइमान, डन संचालक, सिन्को नभाच्ने र कसैलाई अनुसासन मा राख्न नसक्ने सबै खाले प्रधान मन्त्रिहरु देखि सकियो|
हाल सम्मको नेट उपलब्धि भने को भ्रस्टाचार, चोरी, डकैति र अराजकता हो|
यी माथिका भन्दा फरक रहेछन भने केहि गरेर देखाउन, तेस पछि इनको मुल्यनग्कन गरौला| अहिले किन बेकार समय बर्बाद र शब्द खर्चने?
आफै भ्रस्टाचार गर्देनन, तर सुजाता, सिटौला को अगाडी नतमस्त्क बन्दछन. इंडिया को प्रिय केपी ओली pM in waiting को स्थिति मा रहेको ले स्थायित्व को बारे मा शंका छ.
ठिक भन्नु भयो -के को रुख भनेर था पाउन फल हेर्नु पर्छ/ काँग्रेस को रुखमा पहिले पहिले फलेका फल हरु नामुद र चर्चित थिए , जस्तै – खुमे, गोविंदे , चिरन्जिबी, आदि …..
बुढा त्यागि भनेर चिनिएका छन् | धेरै फाई – फ़ुई गर्दैनन् , त्यसैले कमसेकम प्र.म बाट हुने भ्रस्टाचार नहोला जस्तो लाग्छ | हुन त “संघर्स बाट आएका” भनेर भनिन्थ्यो माओबादि लाइ, प्रचण्ड बाबु राम ले देखाई हाले क्यारे !! जे होस्, राम्रो आश गरौँ , बधाई छ सुशील दा लाइ !
उसले गर्ने हो र भ्रस्टाचार?
के बाबुराम र प्रचण्डले गर्या थ्यो र?
###मर्नु अघि जेरी खान पाम ###शु ..को.
बुढा का चम्चाहरु नै धेरै !!!फलानो को फलानो ….ढिस्कानो को कुनी भन्दै फेरी भ्र्स्ताचारी को हैकम नचलोस !!!
जे होस् दरिलो संबिधान बनाउन, देश मा शान्ति , आफ्नै देश मा गरिखाने माहोल होस् ,
मरुभूमि मा श्रम दान गरिरहेका हरु को हक हित मा काम होस् ,
काठमाडौँ को पानी को समस्या टुङ्गो लागोस , अनि अनि अनि अनि ………………..समस्या धेरै छन् ….खै कति मात्र लेख्नु …
काँग्रेस का तीन ठुला नेता मध्ये जो प्रधान मन्त्रि बने पनि एक जना सहयोगी को जरुरत चाही पर्दछ पर्दछ ! किनकी एक जना को आवाज बुजिदैन ( के भन्न खोज्या हो बुझाउन पर्यो), अर्को को आवाज मधुरो छ ( के सुनाउना खोज्या हो बुझाउन पर्यो) अनि अर्को को छिटो नबुझिने छोटो कुरा गर्ने बानी छ ( बास्तवमा के भन्न खोज्या हो लामो अर्थ मा बुझाउन पर्यो)! तेश को लागि सहयोगी चाहियो !
के अपेक्षा राख्नु !
कस्ता कस्ता का गए मुसा छाउरा दरबार —–
हिजो खुबै आश गरिएको बाबुराम हरु त बिप्पा खोकिलामा लुकाएर पुग्या थे भारत् —
ेरै लामो त्याग र बलिदान बाट नै सुशील कोइराला राजनेता बन्नु भएको हो/ तेसैले उहाँको त्याग र सम्मान दुवै भएको देखिन्छ/
आज उहाँको काँध मा नैयाँ जिम्बेबारी का साथ नयाँ संबिधान छिटो भन्दा छिटो बनि देसको निकास दिन सकुन भनि श्री ेपाली जनता संग प्रार्थना गर्द छू/
ेपाल को जय होश/
हुने त केहि होइन…………..पालै पालो दांई गर्या छन् !!
जुन जोगी आए पनि कानै चिरेका भने झैँ हो…जो प्रधानमन्त्री बने पनि केहि हुने वाला छैन..यो देश मा असल राजनेता को जन्म हुन बाँकि छ.
आरु थाहा भएन सुसिल कोइराला चै राम्रो गर्र देखाउलान भन्ने आस गरौ | सधै कति शंका गर्ने …….. बधाई र शुभकामना छ कोइरालालाई |
लौ सक्छौ सबै मिलेर सहमति को सरकार बनौ सक्दैनौ बढी से बढी दल मिलेर दुइ तिहाई को सरकार बनौ त्यो पनि भएन भने बहुमत को भयपनी सरकार बनाउ . सबैभन्दा ठुलो कुरा जति सक्दो संबिधान बनाउ , प्राकृतिक सम्पदा ले भरिपुर्ण यो देश लै सम्ब्रिद्दि तिर अघि बढाऊ हामी जनता तीमी हरु नेता होउ नेतृत्त गर्ने तेमिहरु ले नै हो . हामी ले त कामना गर्नी हो जसले सम्भावना देखौचौ चुनाब मा भोट दीएर जीतौनी प्रयाश गर्नी हो . एकपटक सोच राम्रो काम गर तेती गर्न सकेउ भने इतिहाश ले पनि तेमिहरु लै सधै सम्झिनेच . सफलता को लागि सुभकामना .
शुशिल कोइरालाले केपी ओलीबाट १ बर्ष सम्म सरकार जोगाएर संबिधान जारी गर्न सकुन…बस यति गर्न सके लाख हुन्छ अहिलेलाई………
बादी ६ शुशिल दाइ तापलाई अब बल्ल यो देश मा संबिधान बन्ला जस्तो ६यदि य माले को बुद्दि यसै गरि फिर्दै गयामा.