Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एउटा इन्टरनेटको अपराध

Posted on February 9, 2014 by mysansar

काम गर्दै थिएँ, फोन बज्यो। एक जना भाइले भने, ‘दाइ काता हो ? झट्ट यता आउनुस न काम छ’। मन हल्का अतालियो। उसले पहिला पनि यसरी नै फोन गरेको थियो। नमिठो समाचार सुन्नु परेको थियो। मन डरायो, फेरी के भो होला ? काम छोडेर फ्याट्ट हिड्न मिलेन। तर काम सकेर सिधै उसको कोठामा गएँ। बिचमा उस्को ३ कल पनि मिस भएको रहेछ ।

उस्कोमा जाँदा उ अतालियेर रातो पिरो भएको पाएँ। उस्ले मलाई छुट्टै भेट्यो। ‘दाइ बर्बाद भयो। मेरो इज्जत सबै गुम्ने भो। म बदनाम हुने भएँ’। म उस्को यस्तो अवस्ता देखेर दंग्ग परे। बुझ्नै सकिन आखिर उ यसो किन भन्दै छ। वर्ष दिन भन्दा बढीको प्रेम पछि भक्खरै बेहे गरेको चट्ट परेको मान्छे। न रक्शि, न चुरोट, न यता उता लप्पन छप्पन। उसले त्यति भन्दा मेरो मनमा चिसो पस्यो। मैले भने, ‘कुरा के हो त भन।’

उस्लाई भेटेको केही दिनमा उस्ले आफ्नो जीवनको धेरै कुरा मलाई सुनाई सकेको थ्यो। परदेशको बसाईका अनेक भोगाई र सफलताका कथाहरु। अंग्रेजी पढ्ने चाहना र पढ्न नपाएको गुनासो। सारा इन्टरनेटमा अंग्रेजी सामग्री छन् र त्यो पढ्न हेर्न र बुझ्न रहर गर्थ्यो उ। तर बिना अंग्रेजी भाषाको ज्ञानमा इन्टरनेट यात्रा गर्न त कमै सम्भव छ नि। अनि म सोच्थे, ‘त्यसैले होला कि धेरै नेपालीहरु facebook मा मात्रै सिमित रहेका ! ‘ ‘खोइ के थाहा।’

‘उस्तै उस्तै साथी बनाउन मिल्ने, च्याटमा हल्का फुल्का अंग्रेजी हालेर गफ गर्ने वा status लेख्ने, यस्तै गर्दा गर्दै facebook बाट नै पनि त धेरै नै अंग्रेजी सिक्न सकिन्छ नि’, उस्ले एक दिन भन्यो। मैले भने, ‘अभ्यस्त हुंदै गए अनेक सब्दको जानकार पक्कै भइएला।’ उस्ले आफ्नो मोबाइल म तिर फर्काउदै भन्यो, ‘यि हेर्नुस त मसंग त बिदेसी साथीहरु पनि छन्। म त यिनीहरुसंग बेला बेला गफ गर्छु अंग्रेजीमा। हो यस्ले त मलाई फोटो नि पठाकी छ।’ एउटालाई उसैले पहिला साथी बनाएको रे अनि अर्कीले चाहिं उसलाई पहिला साथीमा add गरेको रे। म छक्क परें। बिदेसी केटीहरुलाई किन साथीको खाँचो परेछ र नेपाली खोजी गर्दै बसेछन्। कतै spam त होइन? कुनै धोका गर्न बनाइएको केटीको profile ! मलाई त कुनै पनि केटीले facebook मा अनेक केटालाई साथी बनाउदै बहुलट्ठी र अन्तरंगका कुरा गरी बस्दैनन् जस्तो लाग्ने फेरी। त्यस्ता सबै राम्रा केटीका फोटो राखेर बनाएका profile वा केटीका नाममा गफिने सबै धोखा जस्तो लाग्ने। मैले उसलाई तुरुन्तै सजग गराई हालें। ‘यस्ताहरुले बिस्तारै बिस्तारै पैसा मग्न सुरु गर्छन।’ उ हाँस्यो र भन्यो, ‘म कहाँ लाटो छु र पैसा मागे त unfreind हो direct ।’ एउटी अफ़्रिकन्ले उसंग सार्है दुख भो अलिकिती पैसा सहयोग गर भन्न भ्याई सकेकी रहिछ। अनि उसले पनि unfreind गरिदिएको रहेछ।

मलाई त थाहा पनि थिएन facebook मा बिदेसी साथीहरु बनाएर मज्जाले कुरामा रमाउन पनि सकिँदो रहेछ। अंग्रेजी नबोल्ने देसका साथीहरु बनाउने र अंग्रेजी मै कुरा गर्ने। एक जना मित्रले South America कि केटि साथी बनाएका रहेछन्। गरीब घरकी केटी अत्यन्तै सुन्दर रहिछिन् । गूगल translate को सहारा लिएर अंग्रेजीलाई स्पन्यानिसमा बुझेर फेरी अंग्रेजी मै जवाफ फर्काउने रहेछन्।

केटाहरुको friend list मा सुन्दर किटीका फोटो profile भएको त धेरै देखेको थिएँ। मलाई लाग्थ्यो उनीहरु धेरै बदमास केटाहरुसंग गफ गर्दै छन् वा त्यस्तै छदम किटीहरुसंग। आफुलाई कता कता ईर्ष्या पनि लाग्ने फेरी। झन् यि बिदेसी केटीका रहस्य के हुन् मैले बुझ्न सकेको थिईन। त्यस्ता राम्रा केटीहरुसंग अन्तरंगका बात कस्लाई गर्न मन नलाग्ला र? बोल्न त के महिला देख्न सम्म नपाइने मुलुकमा ?

बिदाको एक दिन भाई कोठामै रहेछ र एक्लो पनि। एक बिदेसी साथीले तिमी कहाँ छौ भनेर सोधिछ। उसले म कोठामा छु भनेछ। त्यो विदेशी साथीले भनिछ, ‘आउ आज skype मा गफ गरौ। तिमीलाई म surprise पनि दिन्छु। तिम्रो र मेरो मित्रता धेरै गाढा भैंसक्यो’। काट्न रोजेको बोका हरियो घाँसको मुठो देखेर अघि बढी पनि हाल्यो। skype जोडिएको मात्रै के थियो अघि पुरै नग्न बसेकी सुन्दर केटी। यस्तो देखेर शारीरमा हतासोको रगत नदौडने पुरुस कमै होलान्। उस्ले महिनौको गफ पछि मित्रलाई skype द्वारा यौनको खेलको खुला चुनौती दिएकी थिई र उ यौनको ज्वालामा पहिलै गलित भएर नग्न हुँदै मित्रलाई अनेक हाउ भाउ गर्दै खुला निमन्त्रन गर्दै थिई। त्यो भाईलाई यो देखेर अचम्म, अफटेरो, असहजता, असमझाता, रोमनचता अनेक भावना एकै चोटी आएछ। एस्तो बम्पर उपहार परेपछि कसको मगज ठेगानमा रहला र? उसले skype को सुन्दर अनि नग्न युवतीले जे भनि उ हिच्किचाउदै त्यसै गर्दै गएछ। अन्त्यमा पुरै नग्न भएर पुरा होस हवासमा रंगिन पलको पूर्ण अनुभति गर्दै उनिहरुले आपसमा आफ्ना औजारहरुको खुला प्रयोग गरेछन्। हुनु पनि बन्द कोठामा एक्लै गरेको बदनामीले कसैलाई अफ्टेरो किन हुनु पर्ला र ? न रह्यो बाँस न बज्यो बाँसुरी ! साञ्चै ?

त्यो केटीसंग उसको आउने महिनौ सम्म मित्रता कायम नै रह्यो। मलाई फोन गर्नु एक दिन अघि फेरी त्यो केटीले उसलाई skype मा कुरा गर्नु छ आउ भनिछ। उसले आफु विवाहित भैं सकेको र त्यस्तो कार्य अब नगर्ने कुरा बताएछ। तर त्यो केटीले त्यस्तो कुरा नगर्ने तर जरुरि कुरा भन्ने भनेर skype मा बोलाइछ। अनि सुरु भएछ सयाद कहिले अन्त्य नहुने पश्च्यातापको सुरुवात।

त्यो बिदेसी केटीले महिनौ पहिले skype मा भेटेर अन्तरंगमा रमेको भाइको नग्न video बनाएकी रहिछ। उस्ले भाइको मात्र सम्पूर्ण संबाद र दृश्य देखाईछ र बडो बदनिमी पूर्ण तरिकाले गाली गर्दै उसलाइ २०० डलरको खाँचो रहेको र त्यो video delete गर्नु छ भने western union money transfer बाट यति no खातामा पैसो हाल्दे भनिछ। र त्यसो गर्न असमर्थ रहेको खण्डमा त्यो विडियो उसको सम्पूर्ण साथीहरुलाई र आफन्तहरुलाई पठाई दिने र youtube मा हालिदिने भनेर धम्काइछ । यो पालि पनि पहिले त्यो केटीलाई skype मा नग्न भेट्दा झैं भाइको होस् पक्कै उडेको थियो तर फरक तरिकाले।

मैले भाइलाई भेट्दा उसको skype को घन्टी तारन तार बजेको थ्यो ऱ उ त्यसलाई mute गर्थ्यो। facebook का message का सुसेलीहरु बजेको बज्यै थ्यो। त्यो केटीले गए रातबाट उसलाई लगातार धम्काई रहेकी रहिछ। भाइले ‘त्यो video कतै नपठाउनु म पैसा खोजेर तेरो खातामा हल्दिनछु’ भनेका रहेछन्। त्यो केटी बाटोमा कहाँ पुगिस देखा, पैसो देखा, western union money transfer को ढोका देखा, मेरो फोन उठाउने कि तेरो मिल्ने साथीलाई यो video पठाउ भन्दि रहिछ। प्रत्यक नयाँ घन्टी र नयाँ message मा भाइ रातो र हतास देखिन्थ्यो।

मैले तुरन्तै यो कुरा उसको श्रीमतीलाई नडराई भन्न सुझएं। यो कुरा पक्कै लाजमर्दो थियो तर उपाय पनि त थिएन।घटनाको प्रकृति ठ्याक्कै २ महिना पहिले हेरेको Singapur को crime petrol को youtube video जस्तै थियो। त्यो भाइले कुरा गरेको केटीको बनोट mongolian थियो र उस्को अंग्रेजी लेखाइ कम्जोर थियो। म इन्टरनेटमा गएर त्यो खाताको IP address र अनेक जानकारीहरु कसरि संकलन गर्न सकिन्छ भन्ने तिर लागें। IP address अमेरिकाको सियाटल भन्ने राज्यमा देखायो। अपराधीहरुले software को प्रयोग गरी स्थान लुकाएको हुन सक्ने भान भो तर अमिरकाबाट यस्तै कार्य हुन नसक्ने भन्ने चाहीं होइन।

अब के गर्ने भन्ने कुरा आयो। विभिन्न कारणले र कानुनले यहाँको पुलिसकोमा जाउँ भने आफैले पहिले सास्थि खानु पर्ने वा उस्तै परे जागिर नै जाने हुनाले त्यता लाग्न नसिकिने अवस्ता आयो। आखिर हामी तल्लो बर्गको काम गर्नैको लागी येहाँ आएका हौँ र हामीलाई येहाँ कस्तो व्यवहारहुन्छ सबैलाई थाहा नै छ। त्यो केटीले भने अझ चर्को धम्काउदै एउटा एउटा गरेर भाइको profile मा फोटो share गर्न थाली। तुरन्तै पैसा पठाईनस् भने तेरो यो साथी यो साथी लाई video पठाई दिन्छु भन्न थाली। पैसा त दिनै हुन्न भन्ने हाम्रो मान्यता बन्यो र दिएर उता video delete गर्लान भनेर सोच्नु त हार्मो मुर्खता नै हुन्थ्यो। हाम्रो हातमा केही पनि बाँकि थिएन बदनामी जोगाउनु बाहेक। अब हामीले पनि यताबाट बिगत १ घण्टामा एक जना computer hacker को प्रयोग गरेर पुरा ४ महिनाको IP address जम्मा गरेको र चाहेमा उसलाई पक्रेर पुलिसमा हाल्दिन सक्ने खुबी रहेको भनेर हचुवाको धम्कि दिइयो। यो अपराधी computer मा पारंगत नै त पक्कै थिएन भन्ने मेरो बुझाई थियो। यो धम्कीमा अलिकती विश्वास गराउने सक्ने आधार भनेको मैले लेखेको अलि स्पस्ट र सुद्ध अंग्रेजी भाषा र गालि मात्रै थिए होलान। हामीले उसको प्रतिक्रिया कुरेनौ। हामीले कुनै पनि हालत मा त्यो video कसैलाई पोस्ट गरे पुलिसको मध्यमबाट उसलाई पक्रेने उल्टो धम्कि दियौं। उताबाट ‘मेरो IP private हो हा हा हा मेरो profile झुटो हो हा हा हा’ जस्ता प्रतिक्रिया आउंदै थियो, हामीले facebook र skype खाता तुरुन्तै deactivate गर्यौ। सबै कुरा शान्त भए, मन बाहेक।

त्यो video कुनै पनि हालतमा सतहमा आउने छैन भनेर मैले त्यो भाइलाई आस्वस्त परें। जीन्दगी सहज जिउने बहाना त चाहियो नि। mutual friend नभएका कारण त्यो केटीले बदनामी गराउने उदेश्यले अरुको facebook खातामा video हाले पनि others section मा रहने र धेरैको नजरमा न आउने मेरो बुझाई थियो। कुनै साथीलाई पठाएर हेरे पनि कतै share नै किन गर्ला र? फेरी येस्तै अरुलाई ठग्न बनाएको account पुलिस धम्कि पछि delete हुने पनि निश्चित नै छ। र आफ्नो पछि पुलिस लाग्न सक्ने हुनाले धन्दा चलाउनेले पैसा नदेको रिसिवी किन शन्ध्लान र ? Video online नै हाले पनि कसैले पत्ता लगाउन पर्यो, हेर्नु पर्यो, share गर्नु पर्यो। Nepal telivisoin ले पक्कै देखाउदैन होला। HIT त पक्कै खान्न होला ! त्यसैले अब भाइ डराउनु पर्ने भनेको बुडीसंग मात्रै हो झैं लग्यो।

तर यस्ता खाल्का घटनाहरुमा अन्य नेपाली कति फसेका होलान्। उल्लेखित भाइले त तुरुन्तै यो कुरा मलाई भने र एक तरिकाले यो कुराको सामना गरियो र गरिंदै छ। कतै कोहि नेपालीले अझै western union money transfer धाइ रहेका होलान् कि ? कि कुनै नेपाली चेलीलाई कसैले यसै गरेर video बनाएर शोसन गरि रहेको होला कि ? अरुका फोटो झिकेर facebook profile बनाएर अनेक नचाहिंदा र असभ्य सामग्री राख्नेलाई कार्यवाही गर्ने कानुन मात्र बनाए कमसे कम लहलहै मै एस्तो कार्य गर्नेले बन्द गर्थे कि? र अपराधी पत्ता लगाउने सहयोग मिल्थ्यो कि ?

नम्रता श्रेष्ठ को यस्तै video ले त hit नै खायो। उ पनि त निर्दोस थिइन्। Nepal television ले पनि देखाएको होइन फेरी। तर उसलाई हेय भावनाले हेर्ने कम भएनन्। त्यसपछिको उस्को fightback प्रशंसायोग्य छ। कम्प्युटर, इन्टरनेट र मोबाइलको जमानामा यस्तो case मा हाम्रा साना नानी देखि लिएर अधबैसे सबै फस्न सक्ने प्रसस्त बाटाहरु छन्। यस्ता नयाँ समस्या बाट कसरी जुध्ने र पिडितलाई सहज बातावरण बनाउन कसरी अघि बढ्ने ? अब हामीले के गर्नु पर्ने हो कोहि फसेको छ भने के गर्न सकिन्छ ? सुझाव र संदेश पनि दिनु होला।

14 thoughts on “एउटा इन्टरनेटको अपराध”

  1. Pushpendra says:
    February 13, 2014 at 2:49 pm

    बिदेशी प्रकरणमा त भन्न सकिन्न तर येदि तपाइलाई नेपालीको मान्छेले नेपालबाट एस्तो हर्कत गर्छ भने निर्धक्क भएर नेपाल प्रहरीको मा जानुस रु ५ को टिकट टाँसेर एउटा निबेदन दिनुस, अपराधि अवस्य पक्राउ पर्छ, नेपालमा पनि cyber कानुन छ,
    अस्ति मेरो काकाको MIG33 एकाउन्ट एकजना मेर्चन्त ले लगेर खातामा भएको सबै पैसा लगेछ, काकाको एकाउन्ट बाट साथी हरुलाई अपसब्द प्रयोग गरेर म्यासेज गरेछ, नेपाल प्रहरीको सहायताले त्यो मान्छे तुरुन्तै पक्राउ पर्यो
    तपाइलाई पनि एस्तो धम्कि,hack को समस्या छ भने एक चोटी हिम्मत गरेर प्रहरीकोमा जानुस

    Reply
  2. MAHIM says:
    February 12, 2014 at 10:37 am

    गणेशजी लेख्नु भएको कुरा इन्टरनेट जाल को राम्रो ज्ञान नहुने हरुको लागि राम्रो जानकारी भएकोले गर्दा यति मिहिनेतका साथ लेख्नु भएको कुरालाई गन्थन नभनौ Mोर्खालीजी ……. बरु अरु राम्रा राम्रा कुराहरु लेख्नको लागि हौसला प्रदान गरौ साथीहरुलाई
    धन्यबाद

    Reply
  3. P.S says:
    February 10, 2014 at 10:20 am

    मेरो पनि कुनै अर्को ब्यक्तिले मेरै नाम र मेरै तस्बिर राखेर फेसबुक खाता खोलेको रहेछ। खोलेको पनि धेरै भैसकेको रहेछ तर मलै २ महिना अघि मात्र थाहा पाए। अब मैले यो खाता बन्द अथवा कस्ले कहाबाट चलाइ रहेको छ कसरी थाहा सक्छु। यो IP address बाट कसरी हेर्न सकिन्छ?

    Reply
    1. saroj says:
      February 13, 2014 at 2:17 pm

      Facebook लाइ जानकारी गराउनु भने facebook ले ठिक पार्छ तेस्तालाइ

      Reply
    2. Pushpendra says:
      February 13, 2014 at 2:54 pm

      P S जी कृपया एकपल्ट मेरो कमेन्ट पड्नुहोला , मेरो बिचारमा तपाइलाई हेल्प गर्छ, तपैले ३ महिना सम्म जेल सजाय रु १००००० सम्मको नगद क्षेतिपूर्ति दाबी गर्न सक्नु हुन्छ

      Reply
  4. shristi says:
    February 10, 2014 at 12:57 am

    संसारको प्राणी हरुमा हामि मान्छे लाई मात्त्र एउटा एस्तो शक्ति प्राप्त छ त्यो हो बिचार बिबेक बुद्दि यो तिन कुरालाई सधै आफु भन्दा अगाडी राखेर जीवन चलाउने हो भने साएद समस्या नाउने हैन तर धेरै कम आउछ भन्ने मेरो सोचाई हो/ सिकका को दुइ पाटा,दिन रात वा औसी पुर्ने जस्तै हरेक हरेक बस्तुको राम्रो र नराम्रो दुइ पाटा अवस्ये हुन्छ/ फेस बुक चलाउनु,नेट चलाउनु कुनै नराम्रो कुरो हैन तर तेस्को सदुपयोग हुनु पर्र्यो/t टाडा रहेका वा नजिक का चिनेको साथी नाता गोता लाइ मात्त्र आफ्नो बनाउनु पर्र्यो/आफ्नो फेस बुक कसले कसले मात्त्र हेर्ने भनेर आफुले सुरक्छ्या दिन सकिन्छ त्यो चलाउन जान्नु पर्र्यो / १०,१२ वर्ष पछि स्कुल पढेका साथीभाई संग कुरा गर्न पाउदा साच्चै स्कुल जीवन को याद आउछ/आफन्त संग टाडा हुदा जुन दुख मन मा हुन्छ त्यो कम गर्न सकिन्छ/ नचिनेको राम्री केटि र राम्रो केटो को फोटो हेरेर विश्वास गर्नु,कुरा पत्त्यौनु,तेसैको पछि कूद्नु भनेको त दशैको नवमीमा बलि दिदा हरियो जमराको टपरी देखेर बलिको बोको पछि पछि कुदेको जस्तो भैगो नि 🙂 हामि मान्छे र त्यो बोकोमा के फरक वो र????????

    Reply
  5. हरि हर शर्मा says:
    February 9, 2014 at 8:42 pm

    आँखा खुलोस्।

    Reply
  6. विनेश says:
    February 9, 2014 at 6:19 pm

    ठ्याक्कै यस्तै घटना । ६ महिना जति अघि, कोरीयामा मेरो साथीलाइ परेपछि मसँग गुहार माग्यो । त्यो केटिले चाही साथीलाइ अाफु फिलिपिनि भएको बताएको रहेछ । त्यसले त युट्युवमै भिडियो अपलोड गरेर लिंक साथीलाइ पठाएछ । यो लिंक फलानो फलानोलाइ पठाउँछु भनेर साथीका धेरै साथी र अाफन्तहरूको फेसबुक प्रोफाइलको लिंक पनि पठाएको थियो । साथी हतास थियो । उसले त्यसपछि स्काइप फेसबुकमा उसलाइ कुनै reply पठाएन, उसलाइ unfriend गरिदियो तर skype मा उनिसँग गरिएका txt message चाहि इन्टरनेटमा डिलेट नहुने रहेछ, जुन डिभाइस ( कम्युटर वा मोवाइल अादि ) मा डिलिट गर्यो त्यही डिभाइसमा मात्र डिलिट हुने रहेछ, त्यसपछि उसले अाफ्नो स्काइप id नै डिलिट गर्न खोज्यो तर भएन (तपाइहरूले skype खाता कसरी deactivate गर्नुभयो ? )।
    त्यसपछि मैले youtube मा nude भिडियो भनेर रिपोर्ट गरिदिएपछि युट्यवले भोलिसम्ममा डिलिट गरिदेला भन्ने अाश राखेको थिएँ एक घन्टापछि हेर्छु त भिडियो डिलेट गरिसकेछ ।
    त्यसपछि त्यो केटिले अरू धम्कीहरू पठाएनन्, कुरा त्यतिकै सकियो ।

    Reply
  7. स्वयम्भु सौरभ says:
    February 9, 2014 at 5:58 pm

    हरेक कुरो को दुरुपयोग भइ नै रहन्छ. मुख्य कुरो आफ्नो मन लाई संयमित राख्न सिक्नु पर्यो. अरु लाइ भएको घटना बाट समय मै शिक्षा लिएर सतर्क र सजग बन्नु अत्यन्त जरूरी छ.

    Reply
  8. M Gorkhali says:
    February 9, 2014 at 5:35 pm

    के लामो गन्थन हौ गणेशजीको ! एउटा प्याराग्राफमा सकिने कुरो रैछ, धेरै तन्कियेछ | वास्तवमा आफ्नै sex विडियो बनाउने, मोबाइलमा साटासाट गर्ने अनि कसो हुदो रैछ भनेर इन्टरनेटमा हाल्ने सबै काम सहमतिमा नै हुने गरेको पाइन्छ | यो कुसंस्कारको विकाश पश्चिमी मुलुकबाट शुरुभएर अहिले बल्ल नेपाल भारत लगायत विकाशशील देशहरुमा फैलिएको छ | पोर्न वेबसाइटहरुमा गएर नेपाली, हिन्दी, देशी, होम मेड, होटेल सेक्स आदि कीवर्ड राखेर सर्च गरेमा पाइनेछन् आफैले बनाएर इन्टरनेटमा राखिएका वा त्यहा राख्नलाइ बेचिएका असंख्य क्लिपहरु ….तेसैले यस्ता कथाहरु अब पुराना भइसके ; समय कम छ सबैलाई, छोटो मीठो लेखतिर लागौं है |

    Reply
    1. विनेश says:
      February 9, 2014 at 6:35 pm

      मैले उल्लेख गरेको घटाना र सायद यस लेखको घटनामा पनि तपाइले भने जस्तो त्यो भिडियो सहमतिमा साटासाट गरिएको होइन । अान्तरिक भिडियोकलमा केटिले अाफु नांगै हुने र केटालाइ पनि वेवक्याममा नांगो हेर्न खोज्दो रहेछ । मेरो साथीलाइ त अाफ्नो वेवक्यामको broadcast लाइ त्यो केटिले भिडियो बनाएको थाहै थिएन । एकैपटक युट्युवमा अाफ्नो नांगो भिडियो देख्दा पो झसंग भएछ । त्यसैले नचिनेका साथीहरूसँग भिडियो कल गर्दा होशियार हुनुपर्छ, त्यो भिडियो कलको अाफ्नो भिडियो पछि युट्युवमा अाउन बेर छैन ।

      Reply
    2. दिपक says:
      February 9, 2014 at 7:01 pm

      मलाई पनि अलि नचाईने गन्थन जोडे जस्तै लाग्यो| श्रीगणेश गरेर श्रीअन्त नै नहुने|
      जे होस्, यसबाट पाठ सिक्नपर्ने धेरै छ|

      Reply
  9. raj says:
    February 9, 2014 at 5:25 pm

    यो कुरा सबै नेपालीले बुझ्नु जरुरी छ यति मात्र होईन अहिले नेपालमा फोन कलमा पनि यस्तो खालको ब्लक मेल हुन थालेको छ त्यसैले साथीहरु जोसमा होस नगुमाउनु होला

    Reply
  10. pradip nepali says:
    February 9, 2014 at 3:50 pm

    Nice article. Facebook is a waste of time, haven’t logged onto it since past 4-5 years.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme