पत्रिकाहरुमा कहिलेकाहीँ समाचारभन्दा विज्ञापनहरु रोचक हुन्छन्। एउटा त्यस्तै विज्ञापन आज भेटियो।
सार्वजनिक दायित्व भएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले कुनै देशमा काम गर्दा वा काम दिँदा व्यक्तिगत रुचिले दिन पाइन्न। सार्वजनिक सूचना छापेर खुला प्रतिस्पर्धा गराउनु पर्छ। रमाइलो के हुन्छ भने त्यसरी सूचना छाप्दा शर्तहरु भने आफूले चाहे जस्तो राख्न पाइन्छ।
देउताहरुबीच प्रतिस्पर्धा भनेपछि ३३ कोटी देउता नै सहभागी हुन पाउँछन्। तर बाघको छाला ओढ्ने, तेस्रो आँखा भएका, निलो घाँटी भएका, जटा परेको कपाल, शरीरमा सर्पहरू बेर्ने, डमरू तथा त्रिशुल बोक्ने, साँढे चढ्ने जस्ता शर्तहरु तेर्स्याएपछि सबै देउता अयोग्य हुन्छन् र मात्र भगवान शिव बुझिन्छ।
शिवबाहेक त्यस्ता विशेषता बोकेका देउता नै हुँदैनन्। शर्तहरुले शिवजी नै बुझाउन खोजेको भए पनि प्रतिस्पर्धा भने ३३ कोटी देउताबीच नै भएको जस्तो देखाउन खोजिन्छ।
सरकारी, गैरसरकारी वा निजी संस्थाहरुले पनि सार्वजनिक विज्ञापन छाप्दा त्यस्तै गर्ने गर्छन् तपाईँहरुले याद गर्नुभएको भए।
हिजो छापिएको संयुक्त राष्ट्र संघीय संस्था युनिसेफको विज्ञापन पनि त्यस्तै छ। विज्ञापनमा हेर्नुस्- त्यसमा लेखिएको छ एउटै त्यस्तो मिडिया समूह जसले रेडियो, टेलिभिजन, ठूलो आकारको ब्रोडसिट दैनिक, ट्याब्ल्वाइड र म्यागेजिन त्यो पनि दुई भाषा अङ्ग्रेजी र नेपालीमा निकाल्छ।
नेपालमा त्यस्तो कुन मिडिया समूह छ, आँ गर्दा अलङ्कार बुझ्ने पाठकहरुले बुझिहाल्नुभयो होला। छैन त रमाइलो विज्ञापनका शर्तहरु ? 🙂
छाला गोरो हुदैमा कोहि स्वच्छ हुदैन, यिनै गोरा छालावालाहरु नै हुन् हामी जस्तो पछि परेको देशलाई झनै बर्बाद गर्ने .
यस्तो मुद्दा प्रकाशमा ल्याईन पर्छ|
मेन स्ट्रिम मेडियामा कतिपयले बिज्ञापन, contract र consultancy मार्फत त्यसरी खान पल्केकोले आवाजै उठाउदैनन|
युनिसेफ जस्तो पवित्र उदेश्य भएको संस्थालाई जानाजानी लाजमर्नु रुपमा यसरी फोहोर दलदलमा हाल्नु ठिक छैन| कसैले यु एन डी पी का हेड अफिसमा खबर गरिदिनु भए राम्रो हुनेछ| यु एन एजेन्सी जस्तो संस्थाले उदाहरण र नमुना भएर पेश हुन् पर्नेमा अझ भ्रस्ट तिर संकेत गर्नु भएन|
हाम्रो देशको तानाशाही, नोकरशाही र राजनीतिशाही कैले घिच्न पाउँ वा विदेश भ्रमण गर्न पाउँ भनेर यस्ता असंगत मुद्दामा पनि मौन रहन्छन|
यु एन भनेको नेपाल सदस्य भएको संस्था हो, सबैको बराबरी हक हुन्छ यसलाई सुधार्न, बढाउँन र यसको उदेश्य पूर्ति गर्न पनि बराबरी कर्तब्य हो|
यँहा एउटा कुरो अझ उल्लेख गर्न अनुमति चाहन्छु|
बिश्व बैंक अनि एसियन डेभल्प्मेन्ट बैंक ए डी बी) र युनिसेफ, डब्लु. एच ओ, युएनएफपीए, यु एन डीपी उस्तै उस्तै होइनन|
त्यस्तै गरेर यु एस एड, नर्वेजियन एड, जाईका, डीएफआइडी आदि भिन्नै हुन्| बैंक संग तुलना हुँदैनन् तर त्यस्ता देशकाहरुले वर्ल्ड र एसियन बैंकको पलिसी संचालित भइ रहेको हुन्छ| मानवता र बिकाशलाई प्राथमिकता दिएका भए पनि ती देशहरुका सहायता क्षेत्र र रकममा त्यहाँको फरेन पलिसीले गाइड गरेको हुन्छ, प्रापक देशका प्राथमिकता प्रायस; दोस्रो प्राथमिकतामा पर्छ|
यु एन एजेन्सी र बिदेशी दात्रि संस्थाहरुले जहिले पनि कुनै रिपोर्ट वा त्यसबाट प्रकाशित प्रतिवेदन, कन्सलतन्सी रिपोर्ट इत्यादि तपाईको हातमा पर्छ वा देख्नुहुन्छ सायद कतिपय ठाउँमा तपाई वाह वाह नभने पनि मौन प्रशंसा गर्नुहुन्छ वा उपयोगी ठान्नुहुन्छ| तर सोही रिपोर्ट वा प्रतिवेदन इत्यादि इत्यादि लेखाउन वा बनाउनमा कति रकम खर्च भयो त्यो जान्नुभयो भने तपाईको प्रशंसा ह्वात्तै घटेर आउछ अनि यो त्यति धेरै रकमको लायक छैन भनेर भन्नुहुन्छ| त्यस्तै भई रहेको छ|
बिश्व बैंक र एडीबी भनेको बैंक हो, ऋण दिने र ब्याज अनि सेवा फी लिने|
मुखले जे भने पनि र बाहिरबाट जत्तिकै च्च: च्च: देखाए तापनि बैंकलाई काम भयो भएन वा फाइनल उदेश्य पूर्ति त्यो संग त्यति मतलब छैन र राख्दैन पनि| disbursement संग मात्र बिशेष मत्लप राख्दछ| disbursement भए बैंक खुशी हुन्छ तर disbursement हुँदैमा उदेश्य अनुरुपको काम भएको हुन्छ भन्ने केहि निश्चित छैन|
बिश्व बैंक र ए डी बी कस्ता संस्था हुन् भने सफल भए त्यसको श्रेय आफैले टाउकोमा हालेर पृथ्वी वरिपरि फन्को लाउँछ हरेक कागजात र मेडिया मार्फत| तर असफल भए वा आफ्नै कारणले परियोजनाले उल्टो दिशा लिए सोझै ऋण प्रापक देशलाई दोषी ठहराउछ र अनेकै भुल देखाउंछ|
केही ज्य्वलन्त उदाहरण:
१. दशकौ अघि मिलियनौ डलर खर्च गरेर चलाएको बेसिक प्राइमरी स्कुल एडुकेसन धन राशि चै खर्च गरियो तर उदेश्य पूर्ति भएन| भुल वर्ल बैंकका योजनाकार हरुको पनि हदै मात्रामा थियो| यो फेल मात्र भएन, होपलेसली फेल भयो भनेर एकजना जान्ने बुझ्नेले भनेका छन्|
२. मेलम्चीको पानी छेपाराको कथा भैसक्यो| एडीबीले कैले देउबा सरकारको पालालाई इंगित गरेर दोष दिएको छ त् कैले हिसिलालाई अनि कैले चै औंला ठेकेदार तर पनि इंगित गरिएको छ| तर प्रष्ट संग के भएको हो भनेर नेपाली जनतालाई भन्न सकेको छैन जब यी सबै भित्रि कुराहरु बैंकलाई थाहा भएको हुनपर्छ| मेलम्ची प्रकरणमा ए डी बी नै ढिला सुस्तीका कारण हो भन्ने नेपाली जनताले बुझेका छन्| हाम्रा ब्युरोक्रेस्सी र राजनैतिक गठबन्धनहरु त् दोषी छदै छन्|
जब काम बिग्रियो वर्ल्ड बैंक र एडीबीको जैले पनि नेपालीलाई दोष थुपार्ने बानी यथावत छ|
नेपालको सरकारी तर्फबाट वाशिंगटनमा म्यादे जागिरको लागि जानेहरुले के कस्ता काम गरे र देशको इन्टरेस्ट अघि सार्नमा काम गर्नु भन्दा आफ्नै इन्टरेस्ट मात्र अघि सारे भनेर मुल्यांकन गर्न बाँकी नै छ|
समग्रमा भन्न पर्दा दोष हाम्रै र हाम्रै ब्युरोक्रेसीको पनि हो तर सन्सारलाई सुधार्न अघि आएका यस्ता बिश्व बैंक र बिभिन्न संस्थाहरुले खोइ के नापेको छ र?
जबसम्म हामी नेपाली नीरिह र आफ्नै स्वार्थमा मात्र निर्लिप्त रहन्छौ तब सम्म हाम्रो फायदा उठाएर हामीलाई नै यसरी हेपी रहनेछन्|
यू एन जस्तो ठाउँको त एस्तो हालत छ, अरु ठाउँ मा कस्तो होला ? एस्तो बिज्ञापन छाप्न अलिकती सरम लाग्नु पर्ने, नेपालीहरु लाई तेती बेब्कुफ सम्झेको छ कि के हो ?
कर्पोरेट वर्ल्डमा येसैलाई त सेटिंग भन्छन् !
यो कान्तिपुरलाई जबाफ दीने गरि अरु मिडिया कम्पनि किन आउदैनन् ?? हिमाल मिडिया, हिमालयन टाईम, द हिमालयन टाईम, रेडियो एच बी सी, हिमालयन टी भी मर्ज भयर कान्तपुर ग्रुप लाई फ्लोप गराउने हो कि ?? नेपालमा आजकल बैक मर्ज हुने चलन छ / अब मिडीया ग्रुप पनि मर्ज हुने क्या ??
साथी एच बि सी रेडियो बन्द भएको दसक भयो
मेरो बुझाईमा यो कान्तिपुर पब्लिकेसनलाई बिज्ञापन दिन लागेका छौ है भनेर पाठकहरुलाई जानकारी दिएको हुनुपर्छ जस्तो लग्यो । यो त्यहाँ काम गर्ने नेपालीहरुको कमजोडी हो । यस्तो पनि बिज्ञापन हुन्छ? तातो न छारो ।
कुरो लाटो ले पनि नबुझ्ने छैन –
सिधै नाक समाउँदा दुनियाले ‘सिँगाने’ भनेर थाहा पाउला भनेर हात पछिल्तिर लगेर आफ्नो नाक को सिंगान पुछ्ने प्रयास गरेको घाम जस्तै छर्लंग भयो . लौ , यहाँ लाइ नि क्याबात छ.
हो, यो बिज्ञापन भने जस्तै रमाइलो रहेछ / यसले मलाई क्यानाडा मा एउटा तेस्तै इन्जिनीरिंग बिज्ञापन को याद दिलायो , जसमा फलानो बिससोबिद्यालय बाट फलानो साल मा पास गरेको हुनुपर्ने भनेर तोकिएको थियो/ एसो हेर्दा सबैको खाने र देखाउने दाँत हुँदोरै ‘छ /
बिज्ञापन पनि Kantipur मै छपाइ दिया भए अझ बेश हुन्थ्यो / कुरा रमाइलो छ ल /
Just a week back I sent my application letter and CV to given email id of FAO of UN. However , after few drays, I received an ‘message failed to be deliver’ message. Again , I posted it on same email address and it was not delivered again. Interestingly, this is not the first time FAO email id given for application purpose doesn’t work.
I heard that you can’t get a job in Unicef if you don’t have “chin-jaan” with insiders. You can’t do a business with them if you don’t have strong links with “concerned officers”. So this advertisement is plainly an eye-wash; the EoI paper might have already been finalised and submitted, who knows. So don’t be surprised with this fake formality. Long Live UNICEF ! Corruption is also one of the imported goods.
महेन्द्र जी ले कुरा सोरै आना सहि गर्नु भयो/ कुरा को प्रसङ्ग , मेरो काम ऐले मलाई संतोष नै लगिरको छ/ घर परिवार संग खान बस्ने राम्रो संग पुगेको छ/ तर ४/५ वर्षा अगाडी सम्म UN को काम मैले कतै पनि APPLY गर्न छोडीना होला तर हात मा लग्यो सुन्य/
मैले बिहा गरेपछि मेरो ससुरा UN त्यो पनि युद्द ले जर् जर् बनेको देश ( देश को नाम भन्दिन) को खाल्डो भित्र BUNKER भित्र बसेर राम्रो कमाई गर्नु हुन्छ/ उहा ले मलाई धेरै चोटी भन्नु भैसक्यो apply मात्र गर्नुस मा मिलैदिञ्चु/
वहा को अनुसार येदि एउटा साथी UNDP मा अर्को UNHCR मा काम गरेको छ भने एउटा ले अर्को को परिवार तान्ने / सिदाइ आफ्नो परिवार लै एउतै ORGANISATION भित्र लेरौना अलि असजिलो भाको भएर एउटा DEAL गर्ने रहिछ/ धेरै पढेको साथी हरु लै पनि यसै बाट अनुरोध छ , साथी भाई अथवा परिवार छ भने मात्र सम्भब छ/
यो पनि नीतिगत भ्रस्टाचार नै त होला /
Open letter to Kantipur 🙂