Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रेग्मी अब कता जाने ?

Posted on February 7, 2014February 7, 2014 by mysansar

khilrajregmi_image002 माघ २७ गते व्यवस्थापिका संसदमा हुने मतदानले देशका नयाँ कार्यकारी प्रमुख चुनिनेछ। त्यसपछि अन्तरिम चुनावी मन्त्रिपरिषद् स्वतः निस्क्रिय हुनेछ। साथै प्रधान न्यायाधीश खिलराज रेग्मीको मन्त्रिपरिषद् अध्यक्ष पद पनि जानेछ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश छँदाछँदै कार्यपालिकाको पनि प्रमुख हुनु शक्ति पृथक्कीकरणको सिद्धान्त विपरीत हुन्छ भन्दै बार एसोसिएसन लगायतको विरोध हुँदाहुँदै उनी राजीनामा नदिई अध्यक्ष बनिरहे। चुनाव हुने अघिल्लो दिनसम्म शंकैशंका रहे पनि संविधान सभाको दोस्रो निर्वाचन उनको नेतृत्वको सरकारले सफलताका साथ सम्पन्न गर्‍यो। अब नयाँ सरकार बनेपछि रेग्मीलाई पुनः सर्वोच्च छिर्न नदिने तयारी बारले गरिरहेको छ। तपाईँलाई के लाग्छ, रेग्मीले अब के गर्नुपर्ला ? के उनी पुनः सर्वोच्चको प्रधान न्यायाधीश पदमै फर्कनु उचित हुन्छ कि विरोधीहरुले भने जस्तो राजीनामा दिएर बस्नुपर्छ ? अब तपाईँको पालो- आफ्नो विचार तल कमेन्टमा लेख्नुस्।

62 thoughts on “रेग्मी अब कता जाने ?”

  1. Ram B Adhikari says:
    February 8, 2014 at 10:57 pm

    २६ जना मनोनती गर्ने मध्ये खिला राज लाई मनोनती गर्नु पर्छ,सर्वोच्चको प्रधान न्यायाधीश पदमै फर्कनु उचित हुदैन होला |

    Reply
  2. Sunil, London says:
    February 8, 2014 at 9:31 pm

    खोइ अमेरिका तिर राजदूत पद खाली भाछ भन्ने सुन्या थिए , रेग्मी जी लाइ उतै पठाइदिने हो कि ? काम त राम्रै संग पुरा गरेका हुन् (चुनाव गराउने) ! अब केहि पुरस्कार त पाउनै पर्ने हो उनले !
    फेरी मर्यादाक्रम ले नमिल्ने भन्लान जनताजनार्दनले , एकदम मिल्छ , नेपालमा प्रधानमन्त्री खाईसकेका (मातृका दाई) पछि अमेरिका को राजदूत भएर गएका थिए रे (इतिहास मा लेख्या रहेछ )!
    रेग्मी जी त प्रधानन्यायाधिस मात्र थिए !!!!!!!!उनले पनि लुसुक्क अमेरिका तिर लागे हुन्छ नाइनास्ती नगरी !!!!!!
    श्री पशुपतिनाथले सबैको कल्याण गरुन जय नेपाल !!!!

    Reply
  3. krishna says:
    February 8, 2014 at 6:31 pm

    ेरै कमेन्ट हरु पढ्दा पनि मित्रहरुले यौटा गुदी कुरो नकोत्याको देख्दा दुख लाग्यो / रेग्मी जी ले अब सर्बोच्च को आफ्नो ओहोदा बाट राजिनामा दिनु पर्छ / त्यसपछि रेग्मी जी ले सम्पन्न गर्नु भएको महान कार्य को ससम्मान गर्दै सम्पूर्ण दलहरुको साझा निर्णय बाट वहाँ लाइ रास्ट्रपति मा आशं गराउनु पर्छ / यो समय को माग हो / दलहरु ले अब गर्ने कुनैपनि निर्णय को कानुनी रुपमा निगरानी गर्न सक्ने व्यक्ति हाल लै रेग्मी नै हुन् /

    Reply
  4. Aayush says:
    February 8, 2014 at 6:26 pm

    रेग्मी बा लाई २६ जना मनोनित सभासद मध्ये बाट मनोनित गरेर संबिधान सभा को अधक्ष्य बनाउनु पर्छ ………..राजनीतिक पृष्ठभूमि मा गैसकेको मान्छे फेरी सर्बोच्च जानु नैतिकता को हिसाब ले राम्रो होइन तर बिसम परिस्थिति मा उहा ले जुन भूमिका खेल्नु भो, एउटा जिम्मेवार ठाउँ दिएर सम्मान गर्नु पर्छ |

    Reply
  5. ekraj says:
    February 8, 2014 at 8:50 am

    खिल राज रेग्मी समस्या केहि समयेकोलगि पाखा लगाउन राजनीति गद्धारी का एक उपज हुन्| इनि कति स्वोस्च बेक्तिहुन भन्ने म संग कुनै प्रमाण छैन| उच्च पद ओगटेका भ्रस्ट तन्त्र का एक औजार हुन् उनि पनि| अब उनि केहुन भनेर आफ्नै बीबेक लगाएर, फोहोरी राजनीति को पात्र हुनु भन्दा गतिलो मान्छे हुन तिर लागे हुन्छा|

    Reply
  6. डिल्ली says:
    February 8, 2014 at 8:42 am

    सफलता पूर्वक निर्वाचन सम्पन्न गराए । सर्बोच्च भनिएका नेताले नै कानुन मिचेर हिडेको ठाउँमा अलिकति भए नि कानुनी बाटै हिडाउन सके रेग्मीले । वकिल बस्ने ठाउँ पनि बार जडाहा पस्ने ठाउँ पनि बार । पशु थुन्न बनाइने पनि बार । भट्टीमा धोकेर कानुन ठेक्ने वकिल पस्ने ठाउँ पनि बार । त्यो बारले न रेग्मीलाई प्रधानमन्त्री हुन छेक्यो न फर्केर न्यायधिस हुन छेक्न सक्छ । त्यसैले मक्किएको चोयाको जुइनोले बनेको चौपायाले भत्काएर छिर्न सक्ने मात्तिएर लर्खरिदै हिड्दा छिर्न मिल्ने दिमाग कै जुइनो खुस्किएर पाखुरा सुर्केर हिड्न मिल्ने त्यो बार कै पो के काम ?

    Reply
  7. Naresh says:
    February 8, 2014 at 4:59 am

    देश को बारेमा सोच्ने वा देशलाइ दिशा दिन सक्ने, त्यो एउटा साधारण ब्यग्ति होस् वा राष्ट्रको कर्मचारी अथवा बिदेशी – तिनलाई हामीले सम्मान दी गर्भान्बित बनाउनु नै पर्छ – चोर नेता हरु लाइ होइन |

    यति खेर रेग्मी को confidence level (सफलता पुर्बक चुनाब गराउनु ले) राम्रो र उच्च छ, उनलाई मौका दिइयो भने राष्ट्र ले निकाश पाउने पक्का जस्तो लाग्छ मलाई |

    नेता हरुलाई दिइयो भने उही हो फेरि corruption , ‘ह़ाडि गाउको’ पनि भागबन्डा र दुखि पाउने हामी जनता |

    Reply
  8. janak bhatta says:
    February 8, 2014 at 2:05 am

    रेग्मी लाई ससम्मान प्रधान न्याधिस बनाउनु पर्छ ; ऊनले नेता हरु ले सक्दैन भने पछि चुनाब बनाउने जिम्मा लिएका थिए. काम सकिएपछि आफ्नो रेगुलर काम मा फर्किनु के नराम्रो हो?

    Reply
  9. Shanker Shrestha says:
    February 8, 2014 at 2:04 am

    I think the position of president is above PM. I do not think it would be wise ideas for him to return as a chief justice. A man who had been president to return as chief justice would be bad president to Nepal. He should better retire.

    Reply
  10. M. Gautam says:
    February 8, 2014 at 12:45 am

    कयौं अड्कलबाजी,अन्यौलता अनि कथित-षड्यन्त्रका लामै चर्चा-परिचर्चा पश्चात् हाम्रो देशले संविधान सभा भाग-२ मार्फत थोरै भए पनि राजनीतिक निकास पाईसकेको अवस्थामा, देशलाई अग्रगामी निकाश दिन,संक्रमणकालबाट अलिकति भए पनि बोझ हलुका पार्न अपरिहार्य र नेत्रीत्वोदायी भूमुकी निर्बाह गरेकोमा खिलराज रेग्मी हामी सबैका सम्मानका पात्र हुन् भन्नेमा कसैको दुइ मत नहोला, तेसैले उनि र उनको मन्त्रिपरिषद्लाई ऐतिहासिक कार्य सफलतापूर्वक सम्पन्न गरेकोमा हृदयदेखि मुरी मुरी धन्यबाद!!!!!!
    अब सवाल रह्यो न्यापालिकामा फिर्ता जाने वा नजाने ? यो उनले लिने नितान्त व्येक्तिगत निर्णयमा भरपर्ने कुरा हो |
    साधारण अर्थमा हेर्ने हो भने उनले प्रधान न्यायाधीशको पदबाट राजिनामा नदिएको अवस्था छ, व्यवस्थापिका संसदले देशका नयाँ कार्यकारी प्रमुख चुने पछि, उनको रही आएको न्यायापालिकाको प्रमुखको पद स्वत सक्रिय हुनु पर्ने हो कि कसो ?
    बिरोधको नाउँमा उनले पुर्याएको ऐतिहासिक योगदानको नज़र-अन्दाज गर्नु कतै तर्क सङ्गत नहोला | आम-नेपालीले आशा गरे अनुरुपको निस्पक्ष, चुस्त र स्वतन्त्र न्यायापालिको विकासको लागि कार्यदक्षताको कदर स्वरुप उनको फिर्तीको ससम्मान मार्ग-प्रदस्त गर्नु नै दुरगामी कदम हो |

    Reply
  11. nisha says:
    February 7, 2014 at 10:49 pm

    अब रेग्मी बा ले सरकारी सुबिधा पैहाल्छन केरे आनन्द ले सरकार ले दीएको सुबिधा भोग गरि सम्मानजनक रुपमा retired जिन्दगि बिताउनु मा नै राम्रो होला .

    Reply
  12. gobinda says:
    February 7, 2014 at 9:43 pm

    २६ सभासद् मध्ये रेग्मी एक मनोनयन हुनु पर्छ , राजनीतिमा आइसकेपछि फेरि न्यायालय जान उचित होइन , बिरोध पनि धेरै भइ राखेको छ नि ? सभासद् बनेर राजनीति नै गर्नु बेस अब |

    Reply
  13. Ramesh Luitel says:
    February 7, 2014 at 8:39 pm

    रेग्मी लाइ अब फेरी वापस पठाउने पर्छ! वहा जस्तो सबल व्यक्ति लै पुन शक्ति मा ल्याउनु पर्चा न कि रिटायर्ड गराउने !

    Reply
  14. सुमन says:
    February 7, 2014 at 8:25 pm

    निर्वाचनको वेलामा कुनै पनि शाखा अधिकृत ( सरकारी इन्जिनियरलाइ पनि) मतदान अधिकृत बनाएर खटाइन्छ। अब निर्वाचन भयो राजिनामा दे भन्ने। कँहा को कुरा कँहा जोड्या होला, यी दुइटा कुरालाइ तुलना नै गर्न मिल्दैन भन्ने टपर्टुँया धेरै होलान, तर ओवर जान्ने नभई यस्सो सोचौ दुवै उस्तै कुरा हुन्।

    Reply
  15. Bishwaraj says:
    February 7, 2014 at 6:56 pm

    रेग्मी साथै राष्ट्रपती र उपराष्ट्रपतीले पनी खुरुक्क पद सुम्पीएर अरुलाई काम गर्न सजिलो बनाए राम्रो-

    Reply
  16. Manoj says:
    February 7, 2014 at 6:28 pm

    िनी कम बोल्ने तर धेरै मह्त्वकांछी मान्छे हुन्. िनलाई दुइतै पदबाट सम्मानजनक विदाई गर्दा राम्रो.

    Reply
  17. rabin chitrakar says:
    February 7, 2014 at 6:24 pm

    पुन न्यायालय मा जानु कानुनी तथा नैतिक ले पक्कै मिल्दन किनकि उनका विरुद्ध थुप्रे मुधा चलिरहेको छ त्येसैले नागरिक अगुवा भइ देश को सेवा गर्नु राम्रो होला

    Reply
  18. deepak says:
    February 7, 2014 at 5:31 pm

    अब रेग्मी ले सभासद हुने लबिङ्ग गर्छन ! त्यसै ले त पासपोर्ट बेचुवा खाते नेता र सभासदहरु को रेग्मी बाजे ले देश लाइ भार पर्ने गरि तलब र भत्ता बढाएका ! आफु पनि सभासद भए पछि जनता ले रगत र पसिना बगाएर तिरे को कर र रेमिटेन्स मा मोजमस्ती गर्न पाइन्छ भनेर ! १००% यो चतुर घुस्घुस्या बाजे चुपचाप अवकास लिएर घर जादैनन् !

    Reply
  19. Binod says:
    February 7, 2014 at 5:23 pm

    माओवादीले जितेको भए पस्न हुन्थ्यो| माओवादीको उक्साईमा आएका हुन्|
    जुम्राले छाडेको जस्तो मावोवादीलाई सबले छाड्नेछन् बिस्तारै तर कांग्रेस र एमालेको काम पनि हेरौ| उनीहरु पनि देश बेचुवाहरु न हुन्| प्रभुको सेवा र चाकडी गर्नेहरु|
    तीन महिनामा संबिधान बनाउन सकिन्छ चाहे|
    रेग्मी अब खुरुक्क घर गए हुन्छ|
    न्यायपालिका र कार्यपालिका एउटा व्यक्तिको हुन् हुँदैन भन्ने नियम बिगार्यो|
    अदालतमा एक लाख मुद्दाको सुनवाई रोक्का गरेर कसरि सुत्न सकेका होलान?
    एउटा खाउँ कि नखाऊँ, गरु कि नगरुँ जस्तो अनुहार परेकाले अब पटक्कै अनुहारै नपरेका दाह्रीवाललाई जिम्म्मा दिने काम हो|
    हुन् त् अनुहारले मात्र काम गर्ने होइन तर प्रधान मन्त्रि भन्नु पनि लाजै मर्नु| न अनुहार, न शोर| बरु भक्भकाउदै भए पनि देउवा नै ठिक छ; उनले जे बोले नी हुन्छ, बुझिन भन्दियो कामै खत्तम|

    Reply
  20. किशोर says:
    February 7, 2014 at 4:26 pm

    अब रेग्मी ले स्व:फ़ुर्त राजीनामा दिए उहाँको मान उच्च हुनेछ।

    Reply
  21. Dipak says:
    February 7, 2014 at 3:47 pm

    ेश को कार्यकारी भैसकेको मान्छे अब अदालत नजादा नै राम्रो होला जस्तो लग्छ त्यो उहाको इज्जत को लागि र भाबी दिन को लागि पनि सहज हुन सक्छ.

    Reply
  22. bhakta says:
    February 7, 2014 at 3:21 pm

    जब मान्छेलाई भगमानले दिनु पर्यो भने कसै कसैलाई छप्पर फारने गरि दिन्छन -जसरि माथि जाने बेलाको सुर्य बहादुर थापा अझै पनि शक्तिको ओरिपरि घुमिराछन यसै गरि खी रा रे ले पनि साचै निधारमै लेखेर ल्या रैचन भने रास्ट्रपति पो भइ हाल्छन कि ? ज्ञानेले शासन हत्याउदा तीन जना सिनियरलाई पछाडी पारेर प्रधान न्यायधिस हुन् खोज्ने तिकदम्बाज इनै हुन् !!!

    Reply
  23. krishna says:
    February 7, 2014 at 3:08 pm

    पेंसिन हुने उमेर पुग्यो पुगेन हेर्न यूरोपेली डाक्टर (नेपाली डाक्टर ले त घुस खाएर जतिनि भन्दिञ्छ )लाइ जचायो भने हातको औला एक्सरे गरेर ठामको थाम रति फरक नपारी उमेर पत्ता लाइ दिन्छन नत्र राम प्रसाद श्रेष्ठ पुर्ब प्रधान न्याधिस र खिरारे संग संगैका एउटाको पुग्ने अर्काको नपुग्ने हुदै हुदैन | नेपालमा कर्मचारी हरुले धेरै त हैन ९० % ले उमेर घटा का हुन्छन , म ग्यारेन्टीका भन्न सक्छु !(उमेर घटाउनु भ्रस्टचारी हो कि हैन?) सत्य तीतोको लागि सरि पनि!! तेसो गरे उपल्लो पदमा लामो सम्म बस्ने , कुम्ल्याउने , सम्मान लिने काम पाउछन -आखिर पेन्सन बसेर घरमा पो के नै लछार्नु छ र भन् ठान्छन |

    Reply
  24. sanjay says:
    February 7, 2014 at 1:24 pm

    उहा लाइ रास्ट्रपति बनाएर पठाउनु पर्छ . रास्ट्रपति बन्न पाइञ्छ कि भनेर रास्ट्रपति फेर्नु पर्छ भन्ने गीद्द हरुलाई जिल्ल पार्नु पर्छ . काम कुलो एका तिर कुम्लो बोकी थिमी तिर…डाका हरु .
    ……………………………….राजनीति मा लाज भन्ने कुरो किताब मा मात्र हुञ्छ हो ?

    Reply
  25. kumar shrestha says:
    February 7, 2014 at 12:17 pm

    नेपाल वकिलहरुले चलाएको देश हो भने झिर्न दिनसक्दैन नर्त्र भने काक कराउदै गर्छ पिन सुक्दै गर्छ आखिर मा आफै बौलाहाउञ्छ वकिल हरु

    Reply
  26. माधव says:
    February 7, 2014 at 11:52 am

    संबिधान सभाको अध्यक्ष बनाए हुन्छ, नया किर्तिमान को लागि….

    Reply
  27. Radheshyam says:
    February 7, 2014 at 11:35 am

    रेग्मी सरले आफै विचार गर्नु हुनेछ हामीले टाउको दुखाउन जरुरि छैन !

    Reply
  28. Bindu says:
    February 7, 2014 at 10:55 am

    बार एसोसिएसन हरुलाई के बिधि राजनीति लागेको ?!!!
    न्याय र अन्यायको सबालमा बार एसोसिएसन हरु उभिनु पर्नेमा ‘ पूर्वाग्रही ‘ पो
    बनेको देखियो त !
    खिलराज रेग्मी ज्युको पेन्शन हुने उमेर पुगेको हो र ?! यदि हैन भने बहालाई पुन : प्रधान न्याधिस पदमा पुन : बहाली हुने पूर्ण अधिकार छ .

    Reply
  29. Tenzing Gaba says:
    February 7, 2014 at 10:55 am

    उनलाई सर्बोच्चमा नै पुनर्स्थापन गरिनु पर्छ र उनले औपचारिकता स्वरुप पद ग्रहण गरेर तत्काल राजिनामा दिएर शालीनता देखाए असल हुन्थ्यो कि भन्ने हाम्लाई लाईराछ ……… ् जदौ

    Reply
  30. Sisir says:
    February 7, 2014 at 10:50 am

    उहा र उहाको सरकार बिरुद्ध सर्बोच्चमा थुप्रै मुद्धा परेका छन् र उनि पुन सर्बोच्चमा फर्किदा ति मुद्दा प्रभाभित हुन सक्छन, प्रधान न्यायाधीशले नै हरेक मुद्धाको लागि इजलास पनि तोक्ने हुदा आफु बिरुद्धको मुद्दामा चाही कसलाई न्यायाधीश तोक्लान , एस कारणले पनि उनि सर्बोच्चमा फर्कनु उचित हुदैन र विवादबाट परै बस्नु पर्छ .. तर उनि सर्बोच्चमा फर्किने सम्भावना धेरै छ ..

    Reply
  31. Aakar bhushan nepali says:
    February 7, 2014 at 10:08 am

    रेग्मीलाई सर्बोच्चमा जना दिने वा नदिने भन्ने कुराको छिनोफानो व्यबस्थापिका संसद वा हालको संबिधान सभाले गर्नु पर्छ जसले जनताको अभिमतको प्रत्यक्ष प्रतिनिधित्व गर्दछ l बार एसोसियसन जस्तो पेशागत संगठनले देशकै न्यायपालिकाको नियुक्ति सम्बद्ध मुद्दामा प्रभाव पर्न खोज्नु भनेको पुच्छरले कुकुर हल्लाउन खोज्नु हो l

    Reply
  32. Rakesh says:
    February 7, 2014 at 9:55 am

    सात पुस्तालाई पुग्ने सम्पति जोडी हाले. अब सर्बोच्च किन फर्किनु पर्यो र? सात पुस्ताले घर बसी बसी खाए भइ हाल्यो नि

    Reply
    1. Raj, says:
      February 7, 2014 at 12:14 pm

      हैन आफ़ुनि कमौन नसक्ने आर्काले कामको के रिस गर्नु देश को दुकुती बाट कमाउने को ऋष गर्नु हुदैन अब आफै बुझौ \

      Reply
  33. B. Adhikari says:
    February 7, 2014 at 9:49 am

    रेग्मी आफ्नो साबिकको पदमा फर्किन पाउनु पर्दछ।

    यस्तो भन्नुको पहिलो कारण- उनलाई तत्कालिन राज्य शक्तिले खास किसिको कार्य गर्न, एक विषेश परिस्थितिमा एक गहन जिम्मेबारी दिएको थियो त्यो उनले पुरा गरे। रेग्मीले सो पद (चुनावी मंत्री परिषदको अध्यक्ष) आफूले मागेको होइन।
    दोस्रो कारण- तत्कालिन सरकारले चुनाव गराउन सकेन र त्यो जिम्मेबारी रेग्मीलाई सुम्पेको हो।
    तेस्रो कारण- त्यसबेला नेताहरु त्यो जिम्मेबारी बोक्न सक्ने वा क्षमतावान देखिएनन् र न्याय सेवाको व्यक्तिलाई गुहार्न पुगे। उनीहरु सक्षम भएको भए, रेग्मीले त्यो पद पाउने अवस्था नै सृजना हुने थिएन।
    चौथो- नेताहरुले आफ्नो विश्वनीयता गुमाएको स्थिति थियो।
    पाँचौ, प्रधना न्यायधीसले चुनाव गराएर आफ्नो साबिक पदमा फर्को उदाहरण अन्य देशहरुमा पनि देख्न सकिन्छ।

    Reply
  34. Bishnu Adhikari says:
    February 7, 2014 at 9:27 am

    खिलाराज रेग्मी ले दलका नेताहरुले गर्न नसकेको संबिधान सभाको चुनाब सम्पन्न का साथ पुरा गरेको कुरा दिउसोको घाम झैँ छर्लंग छ तेसैले २६ जना मनोनती गर्ने मध्ये खिला राज लाई मनोनती गरि प्रधान मन्त्रि नियुक्ति गरे सफलता क साथ संबिधान बनाई दिन सक्छन/ येसो गर्दा नै सबैको कल्याण हुने देख्छु मैले त हजुरको के छ विचार ……….
    बिष्णु अधिकारी

    Reply
  35. nagendra says:
    February 7, 2014 at 8:57 am

    उनी पुनः सर्वोच्चको प्रधान न्यायाधीश पदमै फर्कनु उचित हुन्छ।

    Reply
  36. कुसुम ज्ञवाली says:
    February 7, 2014 at 8:40 am

    उहाँले राजिनामा दिएर बस्नु उपयुक्त हुन्छ । जसरी कुनै प्रतियोगिता, पुरस्कार, खेलमा शिर्सस्थ स्थान पाएपछि पुन दोहोराएर प्रतियोगी नवन्ने र अाफू सधै नै अपराजित जस्तो रही सन्यास लिने परंपरा निकै शालिन देखिन्छ ।

    Reply
  37. रविन लामा says:
    February 7, 2014 at 8:30 am

    चुनाव गराउन चुनावी सरकारको प्रमुख भएर अको हो रेग्मी । चुनाव सम्पन्न भइसकेपछि फेरी अफ्नै दरवन्दीमा फर्किन पाउनु परयो नी कि कसो?

    Reply
  38. सागर says:
    February 7, 2014 at 8:29 am

    रेग्मी जी ले संबिधान बनाउन का लागि सहयोग गर्ने र स्वतन्त्र बाट २६ सिटे सभासद मा मनोनित हुने ! सभासद हुने र राम्रो संबिधान बनाउन पहल गर्ने ! सर्बोच्च मा चाही अब नफर्किने ! संबिधान बनाउने कोर टिम मा बसेर सहयोग गर्ने ! अहिले सम्म देश ले जति उनलाई दियो ! त्यसै को अन्तिम ब्याज उनले देश लाइ दिने उपयुक्त अवसर हो !

    Reply
  39. shyam giri says:
    February 7, 2014 at 8:20 am

    सलाम सर् ,निक्कै कठिन परिस्थिति मा तपाइको सरकार ले निर्बाचन सफलता पुर्बक सम्पन्न गर्नुवो ,देशलाई तपाइको जस्तो सोच्छ छबी भयको नेताको खाचो छ,साथि हो जसले राष्ट्र को लागि इमान्दरपुर्बक काम गर्छ तेस्लाई सलाम दिने बानीको बिकाश गर्नु पर्छ र रेग्मी लाई पुन ह सर्बोच मा लाउनु पर्छ ,रेग्मी को बिरोद गर्नु भनेको देश भक्त को मनबल्ल गिराउनी हो

    Reply
  40. दानबहादुर अधिकारी says:
    February 7, 2014 at 8:08 am

    चिन्ता किन गर्ने उहाँ हाजिर हुन जानु हुन्छ र केही दिनमा राजिनामा दिनुहुन्छ । बार एशोसियसनले किन यस्तो काम गर्ने । बिरोध गरेमा ल त के गर्दा रहेछन् भनेर राजिनामा नगरी बस्न बेर छैन ।यसैले चुपचाप लागि सर्वोच्चले स्वागत गर्ने र बिदा गर्ने । बिरोध नगरेमा उहाँले राजिनामा दिई हाल्नु हुन्छ भन्नेमा विश्वस्त छु ।

    Reply
  41. Sam says:
    February 7, 2014 at 8:02 am

    यी पनि मुतुवा हरुको बिरोध ले हुने वाला केहि छैन, तिमि जुन उद्देस्य ले अध्यक्ष भएको थियौ त्यो त तिमीले सफलता को साथ पुरा गर्यौ अब आफ्नो पुरानै ठाउँमा फर्केर न्याय को अशल पुजारी पनि बनि दिनु |||| न्याय लाई पैसा संग बेच्ने हरुलाई लात हनिदेउ , हामी त म भन्न सक्दिन तर म तिम्रो साथ मा छु |

    Reply
  42. Rajesh rai says:
    February 7, 2014 at 7:40 am

    अब गाउमा गयर बाख्रा पालन अनि कुखुरा पाल्ने/ त्यसैमा बढी फाइदा हुन्छ /

    Reply
  43. SURENDRA hongkong says:
    February 7, 2014 at 7:03 am

    पावर हुने ले जे गरे नि हाम्रो देश मा बाल मतलब? जता बढी फाइदा हुन्छ हाम्रा रेग्मी सर् उतै जान्छन नि यो सबै लाई चेतना भया/

    Reply
  44. Suman Gurung(UK) says:
    February 7, 2014 at 6:49 am

    न्यायपालिका को प्रमुख को हैसियत ले त कार्यपालिका को प्रमुख को जिम्मेबार पाएको थिए रेग्मी ले देश लाइ निकाश दिदा सम्म उनले न्यायपालिका को कुनै कार्यभार , मुद्दा मामिला हेरेनन् र अहिले जब उनको अवधि सकियो तब तेही पुरानै पद सम्हालेर आफ्नो कार्यभार सम्हाल्न पाउनु पर्ने हो सरासर ले त. जब मन्त्रिपरिषद को प्रमुख थिए तब सम्म दुइतिर नै प्रमुख थिए अब यता पनि पद जादै छ उता पनि बिरोध हुदैछ , नेपाल मा राम्रो मानिस को भलो कहिले नहुने भो. नेपाल का अत्ति जान्ने भनौदा हरु को बिरोध देख्दा राजिनामा दिएर उनीहरु को मुख बन्द गर्नु पर्छ रेग्मी ले अरु उपाए छैन सब जान्ने सब बुझ्ने हरे भगवान.

    Reply
  45. chatur rai says:
    February 7, 2014 at 6:13 am

    मलाई यो नियम-सियम बारे केहि पनि थाहा छैन, रेग्मी मन्त्रिपरिषदमा अध्यक्षको लागि आफै जाँनु भएको होईन | हम्रो हुतिहारा नेताहरुले लोउ न प्रभु .. हामीलाई बचाउनु परयो भन्दै रेग्मीको दौराको सुतामा झुन्दिएर यो अवस्था सम्म आइपुगेकाहुन | कठिन परिस्थितिमा पनि सफलता पुर्बक आफ्नो जिम्मेवारी पुरा गर्नु भएको छ , अर्कोतिर अहिले सम्म अदालतमा रजिनाम दिनु भएको छैन भने, म त भन्छु उहाँको स्व-सम्मान फिर्ती हुनुपर्दछ |

    Reply
  46. suki dhal says:
    February 7, 2014 at 6:06 am

    जिम्मा वारिका साथ कार्य सम्पादन गरेकोमा राष्ट्र पति बनाएर सम्मान दिनु पर्छ.

    Reply
  47. Pratik Sharma says:
    February 7, 2014 at 5:50 am

    मेरो बिचारमा उनि एक असल प्रशासक हुन् .
    नेपाल मा धेरै कम मात्रै छन् उनि जस्ता परशासकहरु .
    एउटा शस्था अथवा देशलाइ गतिलो बनाउन नियम र कानुनका ठेली हरु भन्दा एउटा असल प्रशासक को महत्वपूर्ण देन हुन्छ भन्ने कुरा यी बारकाले बुझी दिए राम्रो हुने थियो.

    Reply
  48. sandhya says:
    February 7, 2014 at 5:34 am

    रेग्मीलाई पुनः सर्वोच्च छिर्न दिन्न भन्नु के बारको पेवा हो र सर्बोच्च अदालत, रेग्मी हाल सम्मकै प्रधान न्यायाधीश हैन र

    Reply
  49. santosh poudel says:
    February 7, 2014 at 5:13 am

    मलाई मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी को उमेर त थाहा छैन/ तर उहाले नेपाल इतिहासले सम्झिने ठुलो काम गर्नुभएको छ/ त्यसैले अब उहा जस्तो मान्छे विवादमा आउन भन्दा राजीनामा दिएर कुनै पोस्टमा पनि नबसी सरकारी कर्मचारी लाइ training dine or next generation lai strong banaune program haru lyauda ramro huncha jasto lagcha.

    Reply
  50. sabi says:
    February 7, 2014 at 5:01 am

    अवस्य आफ्नो पद मा फर्कनु पर्छ, सर्त को त पालना हुनु पर्यो नि.

    Reply
  51. kiran says:
    February 7, 2014 at 4:56 am

    अब राजिनामा गरेर आनन्द ले कलेज को प्रोफ़ेस्सोर बनेर बस्नु पर्ला. म भएको भए त त्यहिँ गर्थे. कत्ति धेरै कुराहरु बिद्यार्थीहरु लागि सिकौन सकिन्छ.

    Reply
  52. निशा ताम्राकार says:
    February 7, 2014 at 4:38 am

    सर्बसम्मत राष्ट्रपति बनाउनु राम्रो हुन्छ |

    Reply
  53. Mahendra KC, UK says:
    February 7, 2014 at 3:58 am

    राजिनामा दिएर बस्ने छन, त्यसैमा उनको राम्रो छबि रहने छ र भविष्यमा अरु अवसर प्राप्त हुन सक्छ.

    Reply
  54. Ranjan,Boston says:
    February 7, 2014 at 3:57 am

    समग्रमा रेग्मीले राम्रो काम गर्नुभएको छ आफुलाई दिइएको जिम्मेवारी पुरा गर्नुभएको छ त्यसैले कुनै कानुनी अढचन छैन भने सर्बोच्चमा नै फर्कनु उचित होला|

    Reply
  55. ramesh says:
    February 7, 2014 at 3:46 am

    प्रधान न्यायाधीश खिलराज रेग्मीको मन्त्रिपरिषद् अध्यक्ष पद गय राष्ट्रपति बनाउनु पर्छ । संविधान सभाको दोस्रो निर्वाचन उनको नेतृत्वको सरकारले सफलताका साथ सम्पन्न गर्‍यो।

    Reply
  56. Ram Bista says:
    February 7, 2014 at 2:26 am

    मेरो बिचारमा त वहाले आफ्नो ओज बढाउने हो भने खुरुक्क प्रधानन्यायाधिश पदको लोभ नगरिकन त्येता बाट पनि छुटकारा लिएर बस्नु नै कल्याण हुनेछ. तथास्तु

    Reply
  57. deepakl says:
    February 7, 2014 at 2:04 am

    सभासद हुने

    Reply
  58. Deepak, Baglung says:
    February 7, 2014 at 1:38 am

    २६ जनामा मनोनित भएर संबिधानसभामा गए राम्रोहुन्छ | पुनः सर्वोच्चको प्रधान न्यायाधीश पदमै फर्किदा नेपाल सरकार बिपक्षी बनाइएका मुद्धा पूर्व सरकार प्रमुख भएकाले नैतिकताको आधारमा हेर्न मिल्दैन भने बारको बिरोधको सामना गर्नुत छदैछ | संबिधानसभानै उनकोलागि सेफल्याण्ड हो |

    Reply
  59. Jillabasi baburam says:
    February 7, 2014 at 1:37 am

    दुर्गन्धित राजनीतिक पार्टीहरुलाई खबरदारी गर्ने दह्रिलो नागरिक समाजको अपरिहार्यता भएको वर्तमान परिस्थिमा उनले एउटा पार्टी विशेषको कित्तामा नपरी स्वतन्त्र र मर्यादित नागरिक समाजको सदस्य भएर देशको सेवा गरुन!

    Reply
    1. Jillabasi baburam says:
      February 7, 2014 at 1:55 am

      भोलि देशलाई स्वतन्त्र र सक्षम र विश्वसनीय व्यक्ति चाहिँदा कहाँ खोज्न जाने?
      जस्तै: अख्तियारको प्रमूख, रास्ट्रपति, विभिन्न आयोगहरु, आदि, आदि! त्यसैले हामीसंग त्यस्तो clean reserve pool चाहिन्छ|

      Reply
  60. Shankar says:
    February 7, 2014 at 1:12 am

    माइसंसार
    उहाले येत्रो कार्य सम्पन्न गर्नु भो | देश मा गति लेउनु भो |झन उहालाई हार्दिक धन्यबाद दिदै पुन पुरानो पदमा फर्कन दिनु राज्यको कर्त्यब्य हो | बैगुनी पनि हुन् भएँन नि |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme