Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उताको नागरिकता लिएर समाचारमा छाएकाहरु..

Posted on February 7, 2014February 8, 2014 by mysansar

Nepal
-कृपा बस्नेत-
समाचारमा छाउन कसैले ठूलै काम गर्नुपर्छ। कसैलाई भने नेपालको नागरिकता त्यागेर विदेशको नागरिकता लिँदामात्र पनि समाचारले पछ्याउने गर्छ। यस्तै भाग्य पाएको छ एक नेपाली जोडीले। रुपा पोखरेल र विजय बज्राचार्य त्यस्तै एक भाग्यमानी जोडी बनेका छन्। जनवरीको अन्तिम साता औपचारिक रुपमा अस्ट्रेलियाली नागरिक बनेका उनीहरुलाई स्थानीय पत्रिका सनसाइनकोस्ट डेलीले फोटोसहितको समाचार बनाएर छापिदियो।

रुपा र विजय दुवै अलग अलग रुपमा अस्ट्रेलिया आएका थिए। ब्रिसबेनको इलिभेटरमा उनीहरु दुवैको पहिलो भेट भएको थियो। रुपाका अनुसारको उनको पहिलो नजरमै माया बस्यो।

तीन वर्षअघि उनीहरुको बिहे भएको थियो र अब अस्ट्रेलियाली नागरिक भइसकेपछि उनीहरु फेरि नेपालमा नेपाली परम्परा अनुसार बिहे गर्न फर्कँदैछन्।

दुवै जनाको परिवारले अस्ट्रेलिया डेको दिन भएको सनसाइन कोस्ट काउन्सिलको नागरिक शपथ ग्रहण कार्यक्रम इन्टरनेटबाट लाइभ हेरेका थिए।

[यो पाहुना ब्लग माइसंसारका पाठकले पठाएका हुन्। तपाईँसँग पनि यस्तै माइसंसारका पाठकलाई रोचक लाग्न सक्ने सामाग्री छन् भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]

10 thoughts on “उताको नागरिकता लिएर समाचारमा छाएकाहरु..”

  1. Ratna Thapa says:
    February 7, 2014 at 12:32 pm

    Ranjan bro, not everyone thinks like you. You are in America, better you first set an example by leaving Boston today. May be you are doing a horrible job there, but thousands are better off abroad than in Nepal. Foreign citizenship is only a document to claim right to work and social security, it is not a document to severe ties with motherland. Today Nepal’s economy is surviving because of those who are living abroad.

  2. Prabesh says:
    February 7, 2014 at 12:28 pm

    बिदेश र बिदेशीसँग संबन्धित सबै कुरा ठुलो नेपाल र नेपालसँग सम्बन्धित सबै कुरा सानो र ‘टेक फर ग्रान्टेड’ गर्ने जुन हाम्रो परिपाटी र सोच छ त्यो बास्तवमै गलत छ। यो त समाचारनै भएननी सर, नेपाल र नेपालीलाई चिनाउने कुनै किर्तिमान कायम गर्या हो र?

  3. Bhawana Rana says:
    February 7, 2014 at 12:27 pm

    खोइ के खोइ के भनेको जस्तो अरुको देश को नागरिता पाउदैमा तेस्तो भाग्यमानी भनि हाल्नु पर्च्च जस्तो त लाग्दैन विचार आफ्नो आफ्नो हो , खोइ म पनि अमेरिका मा तीन बर्ष देखि नागरिता लिएर बसेको छु म पनि भाग्यमानी मध्ये को परे कि क्या हो ????

  4. tek raj timalsina says:
    February 7, 2014 at 5:16 am

    अस्ट्रेलिया या कुनै अरु देश को नागरिकता लिनु आफ्नो व्यक्तिगत choice हो | नागरिकता लिंदै मा या बिदेशी news मा आउंदैमा भाग्यमानि भयो भनेर जसरि पंक्तिकार ले देखाउन खोजेका छन् त्यो मेरो बिचारमा राम्रो हैन | यो खालि तिललाई पहाड बनाउने कुरा मात्र हो | हुन त पंक्तिकार ले तथ्य बाहेक कुनै गलत कुरा लेखेका छैनन् तर पनि यो कुरालाई अगाडी ल्याउनु नै नपर्ने हो भन्ने मात्र मेरो विचार हो |

  5. prabhat says:
    February 7, 2014 at 4:59 am

    ऑसत्रेलिया को लागि यो खबर होला तर हाम्रो लागि यो बिना अर्थको एक दुखद जानकारी बाहेक केहि होर भने?

  6. कृष्ण भारद्वाज, सिड्नी (अष्ट्रेलिया) says:
    February 7, 2014 at 4:20 am

    अस्ट्रेलियाले आफ्ना नया नागरिकको समाचार छाप्यो,
    नेपाली नागरिकता त्यागेर हिड्ने लाई नेपाली मिडियाले मिडिल फिंगर ले सलुट गर्नु पर्ने हो….!

  7. suzee says:
    February 7, 2014 at 3:55 am

    लौ बधाई छ !!!!
    धेरै राम्रा रहेछन हेर्दा पनि , मैले त नेपाली फिल्मको हिरो हिरोइन पो भन्थानिराखेको!!!!!
    CONGRATS AND ALL THE BEST

  8. Ranjan,Boston says:
    February 7, 2014 at 3:50 am

    नेपालीहरुलाई बिदेशी नागरिकताप्रति किन यति धेरै मोह भएको होला अचम्म लाग्छ|कतिपयले ढाटेर Asylum गरेको देखिन्छ| मलाई नागरिकता लिने कानुनी अधिकार भएपनि नेपाली हुनुको पहिचान मेटाउन विल्कुल मन लागेको छैन| हाम्रो देशमा अझैपनि धेरै सम्भावना देख्छु म त| विदेशको सिप र पुजी नेपालमा लगाउन सके ब्याक्तिगत र देशको उन्नति हुने धेरै समय लाग्दैन| विदेश आएर यतै पलायन हुने सोच बनाउनुभएका नेपाली साथीहरुलाई म त यही सल्लाह दिन चाहन्छु|

  9. Shankar says:
    February 7, 2014 at 1:09 am

    येस्तै अन्तरजातीय बिबाह नेपाल मै बस्ने को पनि आवस्यकता हो | अनि देश मा बिस्तारै जाति पातिको खिचातानी रोकिन्थ्यो |
    जे भएपनि उहाहरुले राम्रोकाम गर्नु भएको छ | देश मै बसेको भए अरुले पनि राम्रो उदाहरणको फलो गर्न पाउथे खैर आफ्नो आफ्नो च्वाइस हो| पुरा पृथ्बी हाम्रो साझा घर हो हामि जहा पनि बस्न सक्छम |
    उहाहरुलाई हार्दिक बधाई |

    1. Subhash Neupane says:
      February 7, 2014 at 12:48 pm

      हिसिला एमी र बाबुराम भट्टराईको पनि अन्तरजातीय बिवाह नै भएको हो ! पोइल गएकी हिसिलाको पहिचान हामी बाहुन ले खोसेको रे !

Comments are closed.

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme