Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी भेटिएछ महँगो सुगा, हातहातै पाए $ २ हजार

Posted on February 6, 2014 by Salokya

suga4 आइतबारको दिन कान्तिपुरमा सुगा हराएको एउटा विज्ञापन छापिएको थियो। २० हजार+ भ्याट लाग्ने त्यो रङ्गीन विज्ञापनमा सुगा भेट्टाएर फर्काउनेलाई २ लाख रुपियाँ पुरस्कार दिने लेखिएको थियो। माइसंसारमा त्यही दिन यसबारे एउटा ब्लग लेखिएको थियो। यससम्बन्धी थप समाचार अरु कतै आएन तर त्यही ब्लगको कमेन्टमा केही पाठकले अरु जानकारी बाँडे।

विनय महर्जनले आफ्नो साथी शक्ति प्रधानलाई उद्‍धृत गर्दै दिएको जानकारी अनुसार सुगा त्यही दिन बालुवाटारमा एक जनाले भेट्टाएका रहेछन्। उनले त्यहीँ हातहातै २ हजार डलर पुरस्कार पनि पाएछन्। फोटोसमेत रहेकोले यो विश्वसनीय लाग्छ। हेरौँ कसरी भेट्टाइएको रहेछ त यो महँगो सुगा ?

231542343

शक्ति प्रधानले यसो लेखेका छन्- सुगा बालुवाटार क्षेत्रको एउटा ठूलो रुखमा देखिएको थियो। देख्ने बित्तिकै एक जना पुरुष पुरस्कारको लोभमा रुख चढे।

suga

रुख चढेर उसले सुगालाई त समात्यो तर त्यो क्रममा ऊ रुखबाट खस्न पुग्यो। खसे पनि उसले सुगालाई भने दह्रैसँग समातेको थियो।

कंक्रिटको भूँइमा त्यतिमाथिबाट खसेर बजारिए पनि उसलाई कुनै ठूलो चोटपटक भने लागेन। उसको खुट्टा भने मर्कियो।
suga2
तर ऊ पीडाले हैन, मैले पुरस्कार पाउनु पर्छ, मैले ज्यान जोखिममा राखेर पक्रेको भन्दै चिच्याउन थाले।

suga1
विदेशी जोडीले उसलाई तत्काल २ हजार डलर दियो। डलर देखेपछि उसले सबै पीडा बिर्सियो।

suga3
डलरको शक्ति, डलरको लागि मान्छेले ज्यानसमेत जोखिममा पार्न थाले।

suga4

31 thoughts on “यसरी भेटिएछ महँगो सुगा, हातहातै पाए $ २ हजार”

  1. Ratna says:
    February 8, 2014 at 10:12 pm

    राम प्रसाद जी, साएद तपाई त नेता को छोरा पर्नु भयो होला.के हामी नेपाली बिदेश पलाएन
    भएको रहर र खुसि ले होर मित्र ? के हामीलाई आफ्नो देश ,परिवार को माया नभएर मुर्ख भएर बिदेशिय का हौ त ? हामी सबै लाई थाहा छ हाम्रो देश नेपाल मा बिहान के खायो बेलुका के खाऊ बेलुका के खायो बिहान के खाऊ हात को औला मा हिसाब गर्न नमिल्ने certificate छ तर रोजगार छैन . यदि यो समस्य नहुने भए लाखौ लाख युवा हरु किन मुर्ख भएर विदेश जानु पर थियो होला र अनि २ लाख को लागि ज्यान नै दिएर किन? रुख चढ्नु जरुर हुन्थियो यदि तपाई लाई पनि बाधेय्ता भएको भए त्यो रुख बाट तपाई आफु खस्नु हुनथियो मित्र .अनि बिर नेपाली को उपाधि तपाइले पाउनु हुनथियो .

    Reply
  2. गगने says:
    February 7, 2014 at 6:01 pm

    बहादुरी र मुर्ख्याइ एकै रुखको दुइ हाँगा हुन् वा भनौ एउटा सिक्काको दुइ पाटो!
    यहा यो मान्छेले देखायो!
    यदि उसले त्यो दुइ हजार् डलर नपायको भय वा उसको उपचारमा त्यो दुइ हजार् डलर भन्दा बढी खर्च लाग्ने अबस्था आयकोभय यो मुर्ख्याइमा दरिने थियो र मुर्खताको उच्च नमुना बनेर रहने थियो!
    तर यो समाचार को अबस्थामा उनि बहादुर मा दरिएको छ!
    बधाई दिउ,
    ल बधाई छ!

    Reply
  3. DRKhatri says:
    February 7, 2014 at 5:31 pm

    बेरोजगारी को चपेटामा परेका हामी सोज नेपाली, नेपाली रुपयै मा नै ज्यान जोकिम पर्न तयार हुन्छौ , यो त डोलर पर्यो त्यो माथि .!!!

    Reply
  4. purna says:
    February 7, 2014 at 1:30 pm

    मने,” नेताहरुले चाही विदेशबाट ल्याएका उपहारहरुमा भ्याट नलाग्ने , अनि साधारण जनताले पाएको उपहारमा चाही भ्याट लाग्ने ” धन्य नेपालको कानुन .

    Reply
  5. बिषम नेपाली says:
    February 7, 2014 at 7:24 am

    त्यो डलरलाई नेपालीपो कसरी बनाउने हो ! Black मा ?????

    Reply
  6. Lal Gomja says:
    February 7, 2014 at 6:19 am

    समात्न जाँदा झन्न उडेर गएन छ सुगा, जे होश हाम्रो साथी को भाग्य राम्रो नै रहिछ /

    Reply
  7. YG says:
    February 7, 2014 at 6:07 am

    Sad हुनु पर्दैन, दलालहरु डलर साट्न घरमानै आउछन | नेपालमा नियमको अवस्था सबैलाई थाहा छ | जे होस् बधाई छ साथीलाई |

    Reply
  8. neerose says:
    February 7, 2014 at 12:33 am

    फेरी तुरुन्तै हराई जाओस यो सुगा!
    हप्ता हप्तामा हराओस!
    हाम्रा केहि मुर्ख दाजुभाइले कम्तिमा Dollars त कमाउछन, देशलाई आम्दानि भन्दापनि भयो!
    यो पुरस्कारमा ४०% भ्याट वा कर लगाउनुपर्छ! तेसोभयसि देशलाई पनि आम्दानी हुन्छ कमसेकम सभासद् हरुलाई दाना र कुडो ख्वाउन सहयोग हुन्छनि!
    यो बहादुरको मर्केको खुट्टा उपचार गर्न ५०० Dollar ६०% vat जोडेर लिनुपर्छ!
    यसो भयापो देश बनछ त गाठे!

    Reply
    1. suzee says:
      February 7, 2014 at 3:50 am

      कमेन्ट को सुरुवात पढ्दा एकदम रमाइलो लग्यो मारी मारी हासियों, कमेन्ट हरिफ छ , गाठे
      सिर्फ ###हाम्रा केहि मुर्ख दाजुभाइले### यी चार सब्द मलाई चित्त बुझेन….
      @neerose @ मुर्ख दाजु भइ भनेर सिधै नभनुम न हो ……
      अनि ###हाम्रा ###भनेर सबैलाई नमुछौ न हो

      सुगा भेट्टाउने अनि रुख चढी चढी लडेर पनि सुगा नछोडेका मानिस लै INDIRECT मुर्ख नभनुम !!!!
      जय होसः

      Reply
  9. Kanchan Sharma says:
    February 6, 2014 at 7:27 pm

    मलाई त अझै शंका लागि र छ | कतै ती भाइहरुलाई सुगा भेटाउन लाई प्रायोजीत गरिएको त होइन ता कि सुगा देश बाहिर लैजान लाई सजिलो होस् |

    Reply
    1. bikash shrestha says:
      February 7, 2014 at 4:37 pm

      कन्चन जी एस्तो सुगा नेपाल को सहरी छेत्र मा सधै पाउने भए तपाइले भने जस्तै सुगा भेताउन प्रायोजित गरेको हुन्छ . तर एस्तो खाले सुगा काठमाडौँ मा कहाँ छ र ? पालेको सुगा हो. तेसै ले केटा ले समात्न जादा उडेर गएन. हौ .

      Reply
  10. krishna says:
    February 6, 2014 at 4:49 pm

    डलर को कुरा छाड्नुस .. कतारमा रियाल टिप्न जादा निर्मानाधीन घर भबन वाट नेपालि कति कति ढुंगा खस्या झैँ खसेर मर्छन -गत साल मात्र २०२२ फुटबल वोर्ल्ड-कप को लागि निर्माण गर्न लागेको स्टेडियम हाता वाट १७० मरे…. बहादुर नेपाली मर्न डराउ दैनन् सुगा पकड़नेलाई जस्तै हाता हाती पारिश्रमिक नदे पनि ! तर देश चुप बस्दिञ्छ र पो ….

    Reply
    1. ram prasad says:
      February 6, 2014 at 5:45 pm

      नेपाली बिर हुन्छन भन्ने प्रमाण हो यो.कोहि पाउन्ड पाउने भए पछि एम्बुस पनि नहेरी कुद्चन अफगानिस्तान , इराक र फकल्याण्ड मा. कोहि डलर पाउने भए पछि ज्यान जोखिम पारेर सुगा समात्छन .” यो नेपाली शिर उचाली संसार मा लम्कन्छ, जुनकिर झैँ बत्ति बलि अन्धकार मा चम्कन्छ” कोहि छ यो भनाइ लाइ चुनौती दिने?

      Reply
  11. mac says:
    February 6, 2014 at 4:42 pm

    यस्ता सुगा हरु दिन दिनै हराउन र दिन दिनै भेत्तिउन . कमसे कम यौटा नेपाली ले २००० डलर त पायो . भगवान संग यहिँ कामना छ कि नेपाल सुगा बाट आम्दानी गर्ने देश भनेर चिनियोस .

    Reply
  12. aditya says:
    February 6, 2014 at 3:57 pm

    डलर साट्न टेन्शन त भएन …..

    Reply
  13. RUDRA says:
    February 6, 2014 at 3:40 pm

    THERE ARE ALOT OF MONEY EXCHANGE SO INSTED TO CHANGING ON HE CAN USES THE THREE OR FOUR TIMES .

    Reply
  14. Bishwaraj says:
    February 6, 2014 at 3:32 pm

    नेपाली १ / २ हजार् राखेको भए सुघा पाए पनी मारेर भुटेर रक्सी संग खान्थ्यो होला- ठुलो रकमले पाउन सफल भईन- यी जोडी सन्तानहीन- बालबच्चा जन्माउन नसक्ने जोडी हुन पर्छ, जसले पशु पन्छी संग बालबच्चाको माया साटेका हुन्छ-

    Reply
  15. suzee says:
    February 6, 2014 at 3:06 pm

    पहिलो ब्लग मा शंका ले लंका जलाउने कमेन्ट हरु थिए , अहिले को ब्लग मा सकारात्मक कमेन्ट देखेर खुसि लाग्यो ,
    जे होस् हाम्रै दाजु भाइ ले खुट्टा मर्काएर भए नि इमान्दारिता क साथ् पुरस्कार जित्नु भएको मा धेरै खुसि लाग्यो अनि मुरी मुरी बधाई !!!

    Reply
  16. Tenzing Gaba says:
    February 6, 2014 at 3:04 pm

    सुगा समात्ने ब्रो लाइ बधाई छ
    संबिधान सभाको बाकि २६ सिटमा १ सिट चाही यिनलाई दिए नि फरक पर्दैन
    …………………….
    “उ” समात भन्दा ” गू ” समात्नेहरु त् सभासद् भा छन्, सुगा समात भन्दा सुगा नै समात्ने त् आजकाल खोजेर पनि सितिमिति कता पाइन्छ र

    Reply
  17. kapil says:
    February 6, 2014 at 2:22 pm

    प्राय यसरि सुगाहरु बालुवाटार मै किन हराउने र पाउने गर्छ ? केहि वर्षा पहिले यसरी नै सुगा हराएको पोस्टर बालुवाटार मै ताशिएको देखोको थिए.

    Reply
  18. सागर says:
    February 6, 2014 at 2:08 pm

    हिजो कमेन्ट पढ्दा पो रमाइलो लाग्याथ्यो ! हावा नेपालि को हावा दिमाग ले के के पो सोच्न पुग्छ हौ

    Reply
  19. Ojhel says:
    February 6, 2014 at 12:01 pm

    @RB you don’t have to pay tax for gift items, that money is kind of a gift. Regarding the conversion of $$$, he can go thru a legal process…

    Reply
    1. Jeevan Thapa says:
      February 6, 2014 at 3:04 pm

      Ojhel जी tax तिर्नु पर्दैन रे …कहाँ बाट सिकेको हो ?

      Reply
    2. Guru Sharma says:
      February 6, 2014 at 7:33 pm

      २०% कर लाग्छ उपहार र पुरस्कारमा नेपाली कर नियम अनुसार !

      Reply
  20. sudhir yadav says:
    February 6, 2014 at 11:19 am

    नेपालीको ज्यान भन्दा विदेशी सुगा महंगो ।

    Reply
  21. मन says:
    February 6, 2014 at 11:09 am

    माइसंसारलाई धेरै धन्यवाद अपडेट र फलो अप को लागि|
    हाम्रा एकजनाले दुइ हजार् डलर पाउनु खुशीकै कुरो हो|
    लौ अब कानुनको ज्ञाता र रकमीहरुले खुट्टै मर्कुञ्जेल कमाएको रकममा
    नियम पुगेन भनेर वाधा अड्चन हाल्ने हुन् कि? लिनेले कि दिनेले वा दुवैले?
    आफुले पालेको पक्षीको माया भनेको त्यस्तो, सुनको फुल पार्ने सरह|

    Reply
  22. Binod says:
    February 6, 2014 at 10:58 am

    डलरको लागि नै हजारौ लाखौं युवाहरु ज्यान जोखिममा राखेर वर्षौं देखि परिवार र देशबाट टाढा भएर काम गर्न बाध्य छन्। यो जोखिम र पीडा त त्यसको अगाडी के नै हो र!

    Reply
  23. Rabin says:
    February 6, 2014 at 10:42 am

    रमाइलो लाग्यो 🙂 . सुगा पाउने पनि खुसी, पैसा पाउने त झनै खुसी !!!

    Reply
  24. SARJAN says:
    February 6, 2014 at 10:32 am

    डलरको शक्ति, डलरको लागि मान्छेले ज्यानसमेत जोखिममा पार्न थाले भन्नु हुन्छ ー
    १० /२० हजारमा मान्छे मार्न तयार हाम्रो देश मा २००० डलर पाउदा आफ्नो ज्यान किन जोखिममा नराखोस? फेरि एउटा भनाइ छ नि Lower risk low gain, Higher Risk high gain / त्यतिपनि नगरे कहा बाट पाउनुनि एक्कैदिन मा दुई लाख, धन्न बिदेशी परेछ र बोलेको रकम सबै दिएछ, नेपाली भएको भए त शंकानै लाग्छ / खाडी मा त्यो रुख भन्दा सयौ गुना अग्लो भवन माथि काम गर्दा पनि २०००डलर कमाउन महिनौ लाग्थियो, यहाँ बहादुर साथी ले एक्कै दिनमा कमायो , ल बदाई छ /

    Reply
    1. तारा थापा says:
      February 6, 2014 at 2:21 pm

      नेपाली भए तेती धेरै मुल्य नै राख्ने थिएन ! खुब राखे ३ हजार राख्थे तर बिदेशी भएर २ हजार $ दिएछन बोले अनुसार !

      Reply
  25. Rb says:
    February 6, 2014 at 10:31 am

    Sad, he can not even convert that currency legally? Also, he may have to pay tax on that income.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme