Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वामदेवको साथ पाएर ओलीले पछारे खनाललाई

Posted on February 4, 2014February 4, 2014 by Salokya

UML
अन्ततः दोस्रो ठूलो दल नेकपा एमालेको संसदीय दलको नेता पनि बहुमतको प्रक्रियाबाटै आज चुनिएको छ। संसदीय दलको नेता यसअघि सँधै सर्वसम्मतिमै एमालेले चुन्दै आएको थियो। सहमतिका लागि हिजो राति अबेरसम्म र आज बिहान पनि भएको दौडधुपले केही नतिजा नदिएपछि अपराह्न भएको निर्वाचनको नतिजा केपी ओलीको पक्षमा रह्यो। पार्टी अध्यक्ष झलनाथ खनाललाई ओलीले पछाडि पार्नुको पछाडि किङमेकर रहे वामदेव गौतम।

एमालेको गुटबन्दी राजनीति यस पटक गजबको देखियो। आठौँ महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा वामदेव झलनाथ खनालको पक्षमा थिए।

झलनाथको विपक्षी गुटमा हुन्थे माधव नेपाल। खासमा अघिल्लो संविधान सभामा माधव नेपालको सरकार ढालेर माओवादीसँग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउन लागिपर्नेमा झलनाथ खनाल पनि थिए। यस पटक भने माधव नेपालै रहे झलनाथ खनालको उम्मेदवारीका प्रस्तावक।

एमाले फुटाएर मालेसमेत गठन गरेका वामदेवले पार्टी एकीकरणपछि भने केपी ओलीलाई साथ दिएका थिए।

अहिले वामदेव र ओलीबीच भद्र सहमतिको चर्चा छ। मतलब आफू पार्टी अध्यक्ष चुनिनेबित्तिकै ओलीले संसदीय दलको नेता गौतमलाई सुम्पने छन्। पार्टी अध्यक्षका लागि महाधिवेशन चाँडै हुँदैछ।

वामदेवले साथ दिए पनि वामदेव पक्षका सभासद्हरुले ओलीलाई साथ दिन्छन् कि दिँदैनन् भन्ने एउटा जिज्ञासा पनि यही मतदानले समाधान गरिदिएको छ। यसले आसन्न महाधिवेशनमा ओली बलियो हुने देखिएको छ। पुनः पार्टीको कमान सम्हाल्ने दाउमा रहेका माधव नेपाल-झलनाथ खनाल पक्षलाई यसले झट्का दिएको छ।

पार्टीभित्रको आन्तरिक चुनावका लागि भएका गुटबन्दी भेलाले प्रधानमन्त्री बन्न सांसद् किनबेचको जस्तो झल्को दिएको थियो। हिजो खनाल-नेपाल पक्षको भेला त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा अनि ओली पक्षको भेला बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा अबेरसम्म चलेको थियो।

अब प्रधानमन्त्री चुनावको पालो
तीन ठूला दलले संसदीय दलको नेता चुनिसकेपछि अब पालो प्रधानमन्त्री चुनावको रहेको छ। एमाले सरकारमा जाने कि नजाने, जाने भए दह्रो बार्गेनिङ अबका दिनमा हुनेछन्। माओवादीले प्रमुख प्रतिपक्षमा रहने बताइसकेको छ। तर उसको भर हुँदैन। एमाले सरकारमा नजाने भए माओवादी सरकारमा नजाला भन्न सकिन्न।

संसदमा माघ २७ गते चुनाव हुँदैछ। त्यसअघि जोडघटाउ र बार्गेनिङका निकै प्रयासहरु हुनेछन्।

संसदमा ६०१ सिट रहेको भए पनि दुई ठाउँमा निर्वाचित भएका चार उम्मेदवारले एउटा मात्र भोट हाल्न पाउनेछन्। त्यसैगरी मन्त्रिपरिषद्बाट मनोनीत हुनुपर्ने २६ जनाको स्थान पनि अहिले रिक्त छ।

त्यसैले तत्काल कायम हुन आएको ५७१ सभासद् मध्ये कम्तिमा २८६ भोट ल्याउने प्रधानमन्त्री निर्वाचित हुनेछ। संसदमा नेपाली कांग्रेसको १९६, एमालेको १७५ सिट रहेको छ। ८० सिट रहेको एमाओवादी र २३ रहेको राप्रपा नेपालले प्रतिपक्षमा बस्ने घोषणा गरिसकेको छ।

यो अवस्थामा एमालेको साथ बिना कांग्रेसलाई सरकार बनाउन थप ९५ मत आवश्यक हुन आउँछ। एमांओवादीलाई फकाउन सक्यो भने १५ सिट भए पुग्छ। त्यसैले कांग्रेसलाई बार्गेनिङ सजिलो बनाउन एमाओवादी र एमाले दुवैलाई फकाउन मिल्ने स्थिति छ।

कसरी को को मिल्दा बन्ला त सरकार बनाउन पुग्ने २८६ भोट। आफै गन्नुस्

पार्टीको नाम समानुपातिक सिट प्रत्यक्ष सिट कूल सिट
नेपाली काँग्रेस

91

105

196

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)

84

91

175

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

54

26

80

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

24

0

24

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)

10

4

14

राष्ट्रिय प्रजातन्त्र पार्टी

10

3

13

तराई–मधेश लोकतान्त्रिक पार्टी

7

4

11

मधेशी जनअधिकार फोरम, नेपाल

8

2

10

सद्भावना पार्टी

5

1

6

सङ्घीय समाजवादी पार्टी, नेपाल

5

0

5

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)

5

0

5

नेपाल मजदुर किसान पार्टी

3

1

4

राष्ट्रिय जनमोर्चा

3

0

3

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

3

0

3

तराई मधेश सदभावना पार्टी नेपाल

2

1

3

राष्ट्रिय मधेश समाजवादी पार्टी

3

0

3

थरुहट तराई पार्टी नेपाल

2

0

2

राष्ट्रिय जनमुक्ति पार्टी

2

0

2

स्वतन्त्र

0

2

2

नेपाल परिवार दल

2

0

2

दलित जनजाति पार्टी

2

0

2

अखण्ड नेपाल पार्टी

1

0

1

जनजागरण पार्टी नेपाल

1

0

1

नेपाः राष्ट्रिय पार्टी

1

0

1

नेपाली जनता दल

1

0

1

समाजवादी जनता पार्टी

1

0

1

खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल

1

0

1

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)

1

0

1

संघीय सद्भावना पार्टी

1

0

1

मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)

1

0

1

मधेश समता पार्टी नेपाल

1

0

1

35 thoughts on “वामदेवको साथ पाएर ओलीले पछारे खनाललाई”

  1. deu kumar nembang. says:
    February 6, 2014 at 1:43 pm

    झल नाथलाइ केपी ओलीले पछारेको भन्नु मिल्दैन ,त्यो त झल नाथ जीले समयलाई सहि तरिकाले प्रयोग गर्न नसक्दा आफैले पाएको व्यक्तिगत सजाय मात्रै हो |यदि समयलाई बुझ्न सकेको भए देखि पुर्वको बाहुनलाई पश्चिमको रौतहट बस्ने बाहुनले मुसो बनाउने थिएन “बिनास काले बिपरित बुद्धि अकाल मृत्यु भया ” तर अब पालो केपी ओलीजी को पनि दुर्दशा भने झल नाथको भन्दा कमि रहने छैन -झापाली जनताहरुले नियालेर हेर्न थालिसकेका छन् |

    Reply
  2. CHiran says:
    February 5, 2014 at 10:47 pm

    ामरेड वोली Jee तपाइको बारेमा जनताको चाहना , कमेन्ट , समर्थन ता यो वेब मा पढी सक्नु वो . अब यो चान्स लै तेस्तै मान्छे ले नकारात्मक शोचे जस्तै तेस्तै काम नगरेर केहि नया आयाम ले काम गरे र देखाउने अवसरलाई नगुमाउनु होला.
    कैलिफोर्निया वाट

    Reply
  3. Bishwaraj says:
    February 5, 2014 at 8:44 pm

    कमरेड प्रचण्डलाई साढे सातको दशा लागेको बेला ओलीको ईष्ट दाइनो, दुष्ट दाइनो, डन चरीहरु दाइनो, बीद्या दाइनो र चन्द्रमा दाइनो सबै दाइनै दाइनो-लौ कमरेड बधाई-

    Reply
  4. ashok says:
    February 5, 2014 at 8:23 pm

    ओली भएपनि, खनाल भएपनि, उनीहरु एकै पुस्ताका नेताहरु हुन् I पात्र मात्र फरक हो, सिद्वान्त र आदर्शमा केहि फरक छैन I त्यसैले, पुराना पुस्ताका भ्रस्टहरु नमासीएसम्म हामी लठुवाहरु भनेको उनीहरुको हारजीतमा जोसिने, हौसिने, र पिडीने पात्र मात्र हौ I ओली, मेरो नजरमा, एक नुम्बरको खराब निहेत नेताको श्रेणीमा पर्छन I तपाईहरु के भन्नु हुन्छ?

    Reply
  5. raj says:
    February 5, 2014 at 8:08 pm

    ओली इस द बेस्ट थें झालु एंड नेपाल ,,, झालु एंड माकुने दुवै जना सेल्फ़िश छन् ,

    Reply
  6. Rajesh rai says:
    February 5, 2014 at 7:49 pm

    बधाई छ झुसे लै /आखिर हुने चाही केहि होइन/आशा गर्नु बेकार छ /आफ्नो लागि गर्ला तर देस र जनताको लागि केहि हुनेवाला छैन /

    Reply
  7. Bishwaraj says:
    February 5, 2014 at 6:03 pm

    ओली कुमाईको घुमाईमा परे अभागी खनाल कमरेड- जे होस्- चुल्ठे, मुन्द्रे र डन हनुमानहरु को पनी यो जीत हो- बधाई-

    Reply
  8. dor prasad says:
    February 5, 2014 at 5:07 pm

    सहमति भनेर समय बर्बाद गर्नु भन्दा चुनाब गर्नु बेश हुन्छ .. नेपाल जस्तो देश को लागि जनता बाट सधै निर्बछित सरकार र राष्ट्र प्रमुख हुनु बेश हुन्छ … तब राजनीतिक स्थायितो हुन्छ …..

    Reply
  9. ram prasad says:
    February 5, 2014 at 4:14 pm

    एमाले बैगुनी को पार्टी हो किनभने:
    १) २ ठाम बाट हारको माकुने लाइ प्रचण्ड ले संबिधान सभा मा ल्याए, उसैलाई पल्टैदियो.
    २) चुनाव जितेको र संसदीय दल को नेता झले हुदा हुदै माकुने लाइ केपी ले प्रम बनायो, माकुने ले केपी लाइ लोप्र्याइदियो.
    ३) माओबादी ले झले लाइ प्रम बनायो, झले प्रम बने पछि नै माओबादी को नै उग्र बिरोधि भयो.
    ४) कांग्रेस ले माकुने को सरकार लाइ बोकी रहयो, रामचन्द्र प्रम को उमेद्वार हुदा एमाले ले मत नदिएर १७ चोटी सम्म लडायो.
    ५)झले ले एमाले लाइ दोश्रो ठुलो र सम्मानजनक हैसिएत दिलायो, उसलाई हराइदिए.

    Reply
  10. SURENDRA hongkong says:
    February 5, 2014 at 4:03 pm

    रुमाले हरु रुमलिने भए अब २,३ बर्ष को लागि/ यिन ले न देश नै बनाऊछन् न संबिधान नै खाली सौता को रिश ले पोइ को काख मुत्ने काम मात्र गर्न जान्ने हरु को जमात नै रुमाले हो भन्ने हाम लाई, लाईराखेको छ/

    Reply
  11. Vijay says:
    February 5, 2014 at 12:52 pm

    बोल्ने ताकतले मात्र पार्टी चल्ने पनि होइन, क्षमता हुनुपर्छ ! र किड्नी को समस्याले थलिएका ओलीलाई कसको सपोर्ट छ भन्ने त बेला बेला उनकै बोलिले थाहा दिने गर्छ !
    झलनाथले बिचरा ‘रोगि’ र ‘निरोगी’को कित्ता छुट्याउने गल्ति गर्दा आफै पछारिए…..लास्टमा रोगी रोगी एकतिर भए, चुनाबै नजितेसि निरोगी छु भन्ने फुइँले मात्र के हुन्थो?

    Reply
    1. ram prasad says:
      February 5, 2014 at 4:07 pm

      केपी ओली इंडिया कि प्रिय व्यक्ति भएको र संसदीय दल को नेता पनि जितेको, शुसिल इंडिया ले मन नपराएको व्यक्ति हुन ले केपी ओली प्रम को धेरै नजिक पुगेका छन्. केपी ओली, शुसिल को सरकार को निम्ति घाटी मा झुन्द्याइएको तरवार हुनेछ.

      Reply
  12. Jeevan Thapa says:
    February 5, 2014 at 10:34 am

    खुरुखुरु सबै मिलेर सुशील लाइ सपोर्ट गर्ने अनि भटाभट संबिधान का बाँकि रहेका काम हरु सकाउने तिर नलागेर सधै कुर्सि को पछाडी लाग्ने हरु संग क नै आशा राख्नु हो जनताले …यिनीहरुलाई संबिधान होइन कुर्सि चाहेको हो सबैले बुझिराखेकै राम्रो …

    Reply
  13. Rajaram says:
    February 5, 2014 at 9:57 am

    पिध नभाको लोटा ले हारेछ , (उखान ) तुक्के सिरोमनि ले जितेछ, संबिधान सभामा अब भरपुर मनोरंजन हुने भो.

    Reply
  14. Basanta Thapa,Maryland,USA says:
    February 5, 2014 at 9:56 am

    बधाई ओली कमरेड लाइ ,
    बेसारे नेता भन्दा खेसरे ( खस्रो ) नेता नै राम्रो ,नेपाली राजनीति र साशन अस्थिर र बेकामे भएको कारण पनि बेसारे नेता ,कार्यकर्ता भएर नै हो भने अर्को पक्ष आफुलाई मात्र पद ,सम्पति चाहिने भएर पनि हो \ पद रास्ट्र बनाउन र जनतालाई सुख दिन होइन आफु र आफन्तको सात पुस्ता पोसाउन भएर पनि हो भने सम्पति जिबन लाइ सहज र भनेको बेला आबस्यक समस्या समाधान भन्दा पनि नेपाली मानसिकता जस्तो कि मोज गर्न त्यो भनेको( मोज ) रक्सि सेवन ,जुवातास ,पर पुरुष -स्त्री पान गर्ने ,अनाबस्यक ठुलो घर बनाउने ,सुन चादी लगाउने ,जुत्ता कपडा फेर्ने ,बाइक ,मोबाइल फेर्ने राम्री र हुनेखाने भन्दै स्वास्नी र लोग्ने फेर्ने जस्ता जनता मा रहेका ब्रिकृति ले समाज बिगारे जस्तै नेता र राजनीति बिग्रिएर देश बिग्रिएको अबस्थामा जो जे भए पनि कुनै लछारपाटो लाग्ने होइन तर पनि एउटा परिबार र व्यक्तिको साशन र पार्टी नेतृत्व लाइ कायम गर्नु ,निरन्तरता गर्नु भनेको राजतन्त्र वा निरंकुशता को अर्को रुप हो जो अब पार्टी र देश लाइ चाहिदैन यो कुरा हामि नेपालि ले बुझौ \ आम्दानि ,सम्पति ,पद भनेको स्वस्थ ,सुरक्षित ,सहज र लामो जिबन यापन को लागि हुनु पर्छ जो हरेक मानिस लाइ हुनु पर्छ ,पुग्नु पर्छ भन्ने सोच र ब्यबस्था राज्य ,नागरिक र राजनीति ले कहिले पुरा गर्छ होला जो ओली र नेपालि आजका नेता बाट सम्भब छैन तर पनि यस्तो हुनु पर्छ भन्ने आखा आशा ,भाखा र खाका छोड्नु हुन्न कि कसो हजुर ?

    Reply
  15. कविराज says:
    February 5, 2014 at 8:35 am

    कागलाई बेल पाक्यो हर्ष न बिस्मात

    Reply
  16. Gaurav says:
    February 5, 2014 at 7:16 am

    एमाले भनेको बैगुनी हरुको पाटी हो, झलनाथ ले एमालेलाई दोस्रो ठुलो दल बनाएको बदला लिएको होला उसको साथीहरुले

    Reply
  17. kaji says:
    February 5, 2014 at 7:13 am

    जेहोस एमाले मा बाहुन ले राज गरे को छ.देस बिगार्ने चोर हरु को अड्डा हो,

    Reply
    1. Ramesh Thapa says:
      February 5, 2014 at 3:56 pm

      लौ ओली लै पनि बाहुन नै देखेको साथी . गिरि, पुरी, ओली, जोगी हरु बाहुन हैनन् होउ

      Reply
      1. amrit subedi says:
        February 5, 2014 at 10:56 pm

        फेरी अर्कोले दियो, गिरि , पुरी , ओली सबै जोगी हुन रे !!

        Reply
      2. कृष्ण says:
        February 5, 2014 at 11:42 pm

        बाहुन नभई के हुन् त्? बाहुनैले यो देश बिगारेको कसै बाट लुकेको छैन|
        अरुले मैदान सफा गरिदिए पछि बाहुन बाहुन लड्न थाल्यो| कुमाईलाई जित्न गाह्रो छ, नम्बरी जाली हुन्छ रे| छबिलाललाइ त् तीन बल्देङ्ग पछरिदियो|
        त्यसै खगेन्द्र संग्रौलाले काजु कान्छा नामकरण गरेका होइनन क्यारे|
        अब काजु कान्छाले सरकारी खर्चमा उपचार गर्न पाउने भयो, भी आई पी (भारतको इन्तिमेट पर्सन) न ठहरीए| हेर्दै जानुस, काजु कान्छाले के के उधुम मचाउछ| यतिका बर्ष सरकारी गाडी र साधन प्रयोग गर्न नपाउँदा आतुरिएका छ| बिचरो नीरिह झले|

        Reply
  18. xyz says:
    February 5, 2014 at 6:56 am

    Basically, we are back to square one situation, if not worse than that. What possibly happen: there will be change in government or reshuffling of the cabinet after nine months. As MPs concentrate on ministerial berths they forget drafting constitution. Ultimately, utlimately, these politicians are going to make Mr. Mohan Vaiday a political star in Nepal. It is not that he got enough shining to exhibit; it is because Nepal’s political sky is darkening.

    Reply
  19. Bina says:
    February 5, 2014 at 4:38 am

    एमालेले प्रजातान्त्रिक अभ्यास सुरु गरेकोमा खुसिनै लाग्यो र अब कुनैपनि नेतामा सद्दामे प्रवृति नरहोस् भन्ने हार्दिक शुभकामना छ . साथै अबदेखि येस्ताखाले गठबन्धनले खियालागिसकेका नेताहरुलाई निरन्तरता नदिएर निस्स्वार्थी तथा जनतामाझ लोकप्रिय्ये वेक्तित्वलाई पार्टीको निर्णायक पदमा छनौट गरेमा अहिलेको कदमलाई अग्रगामी भन्न सकिञ्छ. येदि येस्तो भएन भने यो खाली मिरदुभासी खनाललाई हराउने प्रपनचमा मात्र सिमित हुनेछ..

    Reply
    1. नेपाल बहादुर शिंह says:
      February 5, 2014 at 2:37 pm

      कांग्रेस,एमाले,माओबादीहरुले देश बनाउने राजनीति होइन कुर्सी ताक्ने राजनीति गरेको हुँदा मुलुकले कहिल्यै निकासा पाउन नसकेको हो,

      Reply
  20. वावुराजा महर्जन says:
    February 5, 2014 at 4:02 am

    दीपकजी
    तपाई पनि चुक्नु भो- झलनाथको श्रीमती राज्यलक्ष्मी होइन, रबिलक्ष्मी हुन, रबिलक्ष्मी पनि राजनीतिमा धेरै सक्रिय थोरै महिलाहरु मध्ये पर्नु हुन्छ ।

    वावुराजा महर्जन

    Reply
    1. Deepak, Baglung says:
      February 5, 2014 at 7:23 pm

      धन्यवाद,

      ….तर उनको राजनैतिक इतिहास ठुलो भएपनि वर्तमानमा बैकल्पिक सदस्य पनि छैनन् क्यारे त्यशैले भनेको…..

      Reply
  21. Shankar says:
    February 5, 2014 at 1:19 am

    एता चुनाब सकिए लगत्तै अब ओली , सुशील बा अरु कुनै नेता उपचार को लागि दिल्ली जाने बेला अब लग्बग भो भन्दा हुन्छ |
    पानि लिने -नुन दिने , छोरी लिने -तेल दिने , नेपालि नेता हरुलाई दिसानिर्देश गर्ने , उनीहरु धेरै हल्ला खल्ला गरे ,देश ठुलो भो चलाउन न सक्लान भनेर तीन तिर बाट काटेर ,सानो चुटुक्क बनाइदिने !

    कति हेल्प गरेको गाठे !!

    Reply
  22. Baglunge Kanchho says:
    February 5, 2014 at 12:03 am

    झलनाथ भन्दा ओलिनै ठिक छन् । तर आधा माओवादी भनेर चिनिएका बामदेवले अर्को आधा माओवादी झलनाथलाइ साथ नदिएर माओबादीका कट्टर बिरोधि भनेर चिनिने ओलीलाई कसरी साथ दिए ? फेरी माधव नेपाल र बामदेवले आफुले सधै साथ दिएका नेतालाई छोडेर किन बिपरित ध्रुबको व्यक्तिलाई साथ दिन पुगे ? राजनीतिमा जे पनि ठिक हुन्छ भनेको सायद यसैले होला । जे होस् एमाले ले लोकतन्त्र लाइ छाडेर बैद्य बा ले अहिलेनै अथवा एमावोबादिले केहि समय पछि बिस्तारै ल्याउन खोजेको जस्तो निरङ्कुश, अधिनायकबादी, उग्र बामपन्थी ब्यबस्था तिर नलागोस , यहि कामना छ ।

    Reply
  23. वासु says:
    February 4, 2014 at 10:52 pm

    ठिकै हो| ओली ५७% मात्र हो भन्ने उनको अपुग गडगडाहटले हामीलाई थाहा लागेको हो, अब झन प्रष्ट भयो| झले चै कसरि बढेर ४३% भएछ, श्रीमती समर्थक भएर होला त्यति पनि| यो पराजयले नेपाल बेस्कन हल्लियो| भारतमा गएर मलाई राष्ट्रपति बनाऊ भन्ने को होला, को होला?

    Reply
    1. Deepak says:
      February 4, 2014 at 11:34 pm

      हेलो वाशुजी ,

      झलनाथको समर्थक अष्टलक्ष्मी शाक्य हुन् जो झलनाथकि श्रीमती होइनन | अष्टलक्ष्मी शाक्य त अमृत बोहराकि श्रीमती हुन् | झल्नाथ्कि श्रीमती राज्यलक्ष्मी चित्रकार हुन्, जो एमालेको राजनीति बाट टाढैछिन | यसरि एउटाकि श्रीमती अर्काको भन्दा पिट्लाननि | (:-))

      Reply
      1. वासु says:
        February 5, 2014 at 12:53 am

        धन्यवाद दीपकजी| भुलले मिस्टेक भएछ| तपैलाई एमालेको बारेमा त्यति धेर थाहा भएपछी आखिरको वाक्यको जिज्ञासा बारे पनि थाहा दिनु भए हुन्थ्यो|

        Reply
        1. Deepak says:
          February 5, 2014 at 7:15 pm

          अन्तिमको वाक्य राम्ररि बुझिन तैपनि….भारतमा गएर मलाई राष्ट्रपति बनाऊ भन्ने के पी ओली हुदैनन्..उनले मलाइ प्रधानमन्त्री बनाऊ भन्लान | झलनाथले अब नैतिकताको आधारमा त्यो सपना देख्दैनन | अब माकुने नै होलान त्यस्तो भन्ने तर यो सब अब माकुने ले चल्ने चालमा भरपर्छ |

          Reply
      2. Naresh says:
        February 5, 2014 at 6:21 am

        हाम्रा नेता हरु को श्रीमती, girlfriend सबै शाक्य वा Newar जातका मात्र हुन्छा की क्या हो !!

        Reply
        1. xyz says:
          February 5, 2014 at 3:58 pm

          What the chhatu bahuns did was during panchayat days, they not only have shelter but also a sasurali ghar to hide. This is another example of who chhatu bahuns are in politics.

          Reply
      3. Sisir says:
        February 5, 2014 at 3:22 pm

        झलनाथ कि श्रीमती रवि लक्ष्मी चित्रकार हुन् , राज्यलक्ष्मी चित्रकार होइन होला ..

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme