Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चुनौतिः योभन्दा लामो वाक्य कसले लेख्न सक्छ?

Posted on February 3, 2014February 3, 2014 by Salokya

bigyapti_2070-10-20 001देशमा सहमतीय सरकार बन्ने भएन, बहुमतीय सरकार बन्ने भो। सहमति नभएपछि सहमतीय सरकार कहाँ बन्छ त, यो त सबैले थाहा पाएकै कुरा हो। रमाइलो कुरा त राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा पो छ त।

विज्ञप्तिको सार हो- धारा ३८ (१) अनुसारको सहमतीय सरकार बन्ने भएन। त्यसैले धारा ३८ (२) अनुसारको बहुमतीय सरकार बनाउने प्रक्रिया सुरु भयो।

यति सरल कुरालाई राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जटिल वाक्य संरचनाका साथ १३७ शब्द खर्चिएको छ। लौ अब तपाईँलाई चुनौति- योभन्दा धेरै शब्दका साथ एउटै वाक्य लेख्न सक्नुहुन्छ ? के थाहा, यो चुनौति पार गर्नुभयो भने तपाईँ पनि राष्ट्रपति कार्यालयमा जागिरे हुन पाउनु हुन्छ कि।

पहिला राष्ट्रपति कार्यालयको लामो वाक्य नमूना हेर्नुस्।

bigyapti_2070-10-20 001

लामो वाक्य नमूना

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम सम्वत् २०७० साल मङ्सिर ४ गते संविधानसभाको निर्वाचन सम्पन्न भई हाल संविधानसभाको बैठक र व्यवस्थापिका–संसदको अधिवेशन समेत प्रारम्भ भइसकेको अवस्था रहेकोले राजनीतिक सहमतिका आधारमा नवनिर्वाचित संविधानसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको सरकार अविलम्ब गठन गर्न वान्छनीय भएकाले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम संवत् २०७० साल माघ १९ गतेसम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नका लागि व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई मिति २०७०/१०/१२ मा आह्वान गरिएकोमा उल्लिखित समयावधिभित्र नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुन नसकेकोले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (२) बमोजिमको प्रक्रिया प्रारम्भ गर्न व्यवस्थापिका–संसदको हैसियतमा काम गर्ने संविधानसभालाई सन्देश पठाउने निर्णय गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएकोछ ।
आज्ञाले,
(भूपेन्द्रप्रसाद पौड्याल)
सहसचिव
मितिः २०७०/१०/२०

लौ यो चुनौति कसले पार गर्न सक्ने हो, हेरौँ हामी पनि।

33 thoughts on “चुनौतिः योभन्दा लामो वाक्य कसले लेख्न सक्छ?”

  1. Pingback: बल्ल आयो राष्ट्रपति कार्यालयको चिटिक्कको वक्तव्य « Mysansar
  2. Keshab says:
    February 6, 2014 at 5:49 am

    एउटा सहसचिब ले ‘आज्ञाले’ भनेर हस्ताक्ष्यर गर्छन…हैन यो राजतन्त्र हो कि गणतन्त्र? कम्तिमा ‘निर्देशन बमोजिम’ या यस्तै केहि शब्द प्रयोग गरे पनि त हुने नि !!!

    Reply
  3. Binod says:
    February 5, 2014 at 10:23 pm

    एस्लाई कुरो पुरयाउने भनेर बुझीन्छ कर्म चारी तन्त्र मा ! सबै देश मा येस्तै किसिमको बिज्ञप्ति हरु नै प्रयोग मा ल्याइञ्छ! नेपाल को कर्म चारी तन्त्र भारत को नक्कल र भारत को कर्म चारी तन्त्र बेलायत को नक्कल भएको हुनाले येस्मा हाम्रा कर्मचारी हरु को मात्र दोष देख्नु त्यति ठीक होइन! रेड टेप भनेको येही नै हो जुन international समस्या हो !

    Reply
  4. Damodar Dhungel says:
    February 5, 2014 at 10:07 pm

    एस्लाई अर्को भाषा मा रुपान्तरण गर्नु पर्यो भने पसिना आउने भो है साथी हो नेपाली त बुज्न गारो भो रुपान्तरण के बुजियेला .

    Reply
  5. saroj says:
    February 5, 2014 at 1:33 pm

    मेची काली जोडेर लेखेको समानुपातिक भाषा हो यो नया नेपालको
    तल पुग्दा माथि को कुरा बिर्सने /

    Reply
  6. tirtha says:
    February 5, 2014 at 1:16 pm

    समय कसरी बिताउ भन्ने बेलामा यो के ठुलो कुरा भयो र? झिंगा भन्काएर बस्नु भन्दा यसरी लेख्दा लेखनमा बानि पर्दै गएर बुद्धी पो फिरी हल्छाकी / आशा गरौ न / आखिर समय बिटाउन नै त हो रहेछनि / सरकार बनाउँ न र संबिधान बन्न त “आकाशको फल आखा तरी मार” भन्ने जस्तै त भयो नि यो देशमा/

    Reply
  7. मदनमणि says:
    February 4, 2014 at 9:09 pm

    यहि हो राजनीति भनेको। लामो न लामो के आवश्कता भन्दा । बुझ्ने भन्दा नबुझिने धेरै हुने

    Reply
  8. Bishnu Nepali says:
    February 4, 2014 at 8:12 pm

    यस्ता भातमारा काइते प्रसासक, नेताहरु, भएरनै देशको यो हालत हो !

    Reply
  9. Gaurab Nepali "Oodaaseeen" says:
    February 4, 2014 at 4:19 pm

    यसलाई भनिन्छ काईतेपारा ! यति लामो घुमैइको चक्कर, समय सिमा नतोक्नु हो ! मुखुण्डो उत्रियो ! एस्त मुखुण्ड धारिलै चुनाब नै एकमात्र बिकल्प हो ! मुर्ख र कैइते द्वारा शासित अभागी नेपाल !

    Reply
  10. surendra subedi says:
    February 4, 2014 at 2:28 pm

    गिनिज बुक मा पठाए अलि बादी चर्चा हुने थियो कि ?

    Reply
  11. SARAD says:
    February 4, 2014 at 2:19 pm

    लु यो पाली चाही मिठो लाग्यो

    Reply
  12. Sabin says:
    February 4, 2014 at 11:34 am

    यो पोस्ट चाहि जोत्को लाग्यो है मलाइ! एउटा Contextual Background बनाएर Major Issue लाइ अन्तिममा Conclude गर्ने खालको लेखन तरिका लाइ Indirect approach of writing भनिन्छ र जुन Negative message लेख्न को लागि प्रयोग गरिन्छ; यहाँ पनि तेही तरिका त प्रयोग भएको छ त! र फेरि तेश्तो नबुझिने पनि त केहि छैन त! यो चाहि नचाहिने criticism नै भो है!

    Reply
  13. abhi says:
    February 4, 2014 at 8:32 am

    @ xyz
    For examples of long sentences, visit this link. All examples are from your so called ideal western countries, where no bahuns exist, and probably no bahunbad exists as there are no bahuns. So stop blaming everything on bahuns.
    The link: http://www.plainenglish.co.uk/campaigning/examples/long-sentences.html

    Reply
  14. topbahadur says:
    February 4, 2014 at 6:24 am

    मेरो पनि एउटा वाक्य छ है?

    माइ संसार को पाठक भएको नाता ले गर्दा आज मलाई एउटा कुरा लेख्ने इच्छा जागेर आएको कुरा सम्पूर्ण पाठकहरुलाइ विदित गराउदै म यो भन्न चाहन्छु कि नेपाल मा संबिधान नभएको झन्डै १ दशक (२ वर्ष मात्र बाँकि त हो नि) हुन लागि सकेको समय, काल परिवेश मा हाम्रा एकदम सक्षम( मपाई) भनाउदा नेताहरु २ / ४ जना लाइ छोडेर, जनता लाइ झुक्याएर गुज्रिसकेको संबिधान सभा को मिति तिथि लाइ लम्बेतान लम्ब्याएर आफ्नो पक्षमा सरकार बनाउन नसकेर अनि अर्काको पक्षको सरकार लाइ ढाल्दै सडक अनि संबिधान सभा भित्र नाना थरिका उदण्ड मचौदै अन्त मा आएर सर्बदल को निर्णय बिपरित संबिधान सभालाई भङ्ग गरेर पुन: संबिधान सभा को चुनाब गराउने निर्णय गर्दै काँही नभएको जात्रा
    हाँडी गाउँमा भन्ने उखान लाइ सार्थक पार्दै गरिएको संबिधान सभा को चुनाब को नतिजा आए पश्चात मन मनै आफुलाईलै सर्ब सक्तिमान ठान्ने तीन प्रमुख दलको चर्तिकला अझ पनि उही पुरानो शैली मा रही रहेको हुँदा अत: देश मा फेरि पनि संबिधान बन्ने कुनै बातावरण नबनेको कुरालाइ सम्पूर्ण जनताले महसुस गरिरहेको परिस्थिति मा सम्पूर्ण देशप्रेमी अनि पद र पैसा प्रति मोहित नहुने राजनेताहरुले जान्नु र मनन् गर्नु पर्ने कुरा के हो भने कथम: कदाचित यी नेता हरु ले संबिधान नसकेमा यस्ता नेताहरुको जमात भित्र रहेका भ्रस्ट र देश बिरोधी नेताहरुलाइ जनतालाई झुक्याएको अनि गुमनाममा राखेको आरोप लगाउदै हदै सम्मको सजाएको भागिदार बनाउनु सम्पूर्ण देशभित्र का र यिनै नेताहरु को कर्तुत बाट वाक्क दिक्क भएका युवाजमात जो देश छोडेर बाहिर जानु बाध्य भएका छन् र फेरि पनि देशमा फर्की आफ्नो साथीभाई संग भलाकुसारी गर्दै देश सेवा गर्न इच्छुक नेपाली युवाहरु ले अन्तरात्मालाइ सम्झेर निर्णय लिने बेला अब निकट भविश्यमा नै आउने त होइन?

    Reply
  15. chandra says:
    February 4, 2014 at 5:37 am

    येति लामो बाक्य – कस्तो अचम्म! रास्ट्रपति, जो देसको सर्बोच्च निकाय हो, त्यहाँ काम गर्ने सह-सचिब जस्तो मान्छे को हस्तछर भएको बिज्ञप्ति पनि एस्तो जटिल प्रबिर्ती को! एसले हाम्रा कर्मचारी तन्त्र बारे धेरै कुरा हरुको संकेत गर्छ जस्तो:
    १) उनीहरुको काम संधै झारा टार्ने र लाए अर्हाए को गर्ने common sense प्रयोग नगर्ने!
    २) उनीहरुले जिम्मेवारी (accountable ) लिनु पर्ने कुराको सुरुवात नै भएको छैन! जे गरे पनि कारबाहीमा परिने होइन क्यारे ?
    ३) उनीहरुको काम दुनिया वा यो जसलाई जारी गरिएको हो लाइ सहयोग गर्नु को सट्टा असहयोग गर्नु, झन जटिल बनाउन प्रयास गर्नु, आज्ञले भने पनि हाकिमे ताल देखाउनु !
    ४) Professionalism (ब्यबसयिकि पन) लगभग सुन्य!
    ५) लोक सेवा आयोग ले लिने परिछ्या र त्येस्पछि हुने बढुवा को तरिका र गुणस्तर मा ठुलो प्रस्न बाचक चिन्ह???????????

    Reply
  16. सिर्जने says:
    February 4, 2014 at 12:26 am

    सरकारी जागिरको क्रममा “टिप्पणी उठाउने” प्रक्रियामा येस्ता नाथे बाक्य कति लेखियो कति / एक बाक्यले एक पेज भर्ने हो अथवा एकै बाक्यले टिप्पणी पुरा गर्ने हो / यो पढ्न चै कसैले पढ्ने होइन: फाइल लिएर “सैब्ज्यु” (सचिबज्यु) को मा गयो, अनि के कति कारणले यो टिप्पणी उठाइयो बिस्तृत लगायो, त्यो भन्दा पहिल्यै सैब्ज्यु को ‘हुन्छ’ नपाइ त्यो टिप्पणी उठ्ने होइन क्यारे / अनि येसो फाइल पल्टाएर सैब्ज्यु ले दस्तखत धस्काउनु हुन्छ, अनि फेरि भुडी पल्टाएर विराजमान हुनुहुन्छ / तेत्ति त हो / अनि येत्तिकैमा पाँच बजीहाल्छ, अनि घर जाने हो, च्याट्ट लगाएर 🙂

    Reply
  17. Chetan Nepali says:
    February 3, 2014 at 11:49 pm

    यस्ता काइते लेखनदास, वकिल तथा न्यायाधिशहरुले हो सेतोलाई कालो र कालो लाई सेतो बनाएर सर्ब साधारण जनतालाई झुक्याउने/ठग्ने !

    अझ पहिला पहिलाका राजा महाराजा-राना हरुको यस्ता कागजात हेर्ने हो भने असली नेपाली/खस् भाषाको हैसियत कस्तो थियो प्रस्ट बुज्न सकिन्छ !

    धन्न महेंद्रेले एक भाषा, एक भेष, एक धर्म लागु गरी अरु सबैलाई पेलेर पंचायतलाइ लागु गरेर यहाँ सम्म पुग्यो !

    Reply
  18. ramesh babu says:
    February 3, 2014 at 11:35 pm

    यो राजनीति भन्ने कुरोको लिला पनि अपरमपार नै हुदो रैछनि? हिजो सम्म को कुन खेमाको को कुन खेमाको भन्थियो अहिले त खै के खै के?

    Reply
  19. सुगतश्री शरण says:
    February 3, 2014 at 11:18 pm

    लामो वाक्य लेखन दासको , लामो भासण नेताको ;
    यै बाहेक आज सम्म के छ र यी दरिद्रहरुले सकेको !
    राजनीतिको र नजान्ने , जनताको जरुरत न बुझ्ने ,
    सित्तैमा पाए अगुल्टो पनि आफ्नै थुतुनो भित्र झोस्ने.

    Reply
  20. jagadish sharma says:
    February 3, 2014 at 9:48 pm

    nepal is great country ,because their are varieties persanalities leading varieties sector . likewise president led new kingship ,priminister led new democracy ,parliament led new theorisum and parliament member led direct represent to people .
    i am being sure they can’t do anything with out permisstion from international powerful country directionship .like wise southpath guiding them for democrcy and powersearing and leading nepalies security ,because nobody can secure nepal without south military support and other side north part looking for siler geat nepalies cannot use thatpart with out permission north side power ,so our beurocracy can write long word for showing people because they can do nothing more than that.

    Reply
    1. krishna says:
      February 4, 2014 at 6:06 am

      लौ साथीहरु यी मित्रको अंग्रेजी भाषामा लेखिएको “कमेन्ट” मा भएका भाषागत त्रुटीहरु पत्त लगाउनुहोस् / आफ्नै मातृभाषामा लेख्या भए गल्ती कम हुने थियो कि, मित्र ?

      Reply
    2. suzee says:
      February 4, 2014 at 2:31 pm

      आफुलाई अंग्रेजी न-आउने हैन तेही पनि , अंग्रेजी मा लेखेको कमेन्ट सायदै हेरिन्छ ,
      शर्मा जी , नेपाली मा एक पटक उल्था गरेर कमेन्ट फेरी पोस्ट गरिदिनु हुन् अनुरोध गर्दछु ,
      P :S …बरु संस्कृत मा नै कमेन्ट लेखे पढेर बुझ्ने प्रयास गरिन्थ्यो !!!!!!

      Reply
  21. Jewan says:
    February 3, 2014 at 9:23 pm

    एति लामो बाक्य लेख्दा त कानुन ब्यबसायी ले के त्रुटी छ भन्दै अदालतमा मुद्दा हाल्लान भन्ने डर होला, के गर्ने, चलन नै येस्तै/

    Reply
  22. santosh gurung says:
    February 3, 2014 at 9:14 pm

    काठमाडौँमा टेकसीले बाटो घुमाएर ठगेजस्तै यो नेताको चमचीले लामो वाक्य बनाएर समबिधान सभाको समय बडाउन खोजेको; शोझा जनता, ओठे छाप लगाउनि नेताहरुलाई एसको शब्दअर्थ के थाहा? बाल मतलब …….

    Reply
  23. Bhawanee Tiwari says:
    February 3, 2014 at 8:57 pm

    What to say about Nepal’s bureaucracy, or about those whom we’ve elected. One sets the time limit and the other gives dam about it. After all a trend has begun of extending any given time limit for as many time as they want and for as long as they want.
    No one seems to be serious. In another way I would like to say that the responsible persons in prestigious position don’t have any idea of setting a target and the value of time. Soon after the recent election, I’ve said in my comments that these people’s announcement for giving us our so called and so much eagerly awaited Constituent within 1 year is going to fail because they’re going to spend more that that time in the name of forming a government and power sharing bargains.
    Actually I’m not that curious and anxious about the new constituent they are going to present us. Because who ever is in power always transforms the constituent in their favour by amending and adding by laws.
    So Nepal and Nepali’s problem will always remain as it is today. Neither the country can expect any magical changes after the constituent. There are going to be same bureaucrats, same leaders and parties and moreover the mentality of these people is never going to change.

    Reply
  24. शाक्षात सुशिल says:
    February 3, 2014 at 7:57 pm

    सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (२) बमोजिमको बहुमतिय प्रक्रिया मार्फत प्रधानमन्त्री चयन गर्न दिईएको परिप्रेक्षमा माइसंसारको नियमित पाठक, कर तथा बिप्रेषण मार्फत मुलुक अर्थतन्त्रमा टेवा पुर्याइरहेको एक स्वतन्त्र, चेतनशिल नागरिकको हैसियतमा सम्मननिय राष्ट्रपती ज्युलाई के आग्रह गर्न चाहन्छु भने बिघटित संबिधानसभामा प्रतिनिधित्व गरेका काङ्रेस, एमाले, माओवादी र मधेशवादी लगायतका दलहरू संबिधानको निर्माण एकातिर थाँती राख्दै एकआपसमा खिचातानी गर्दै मन्त्रिपरिषद गठन गर्ने होड्बाजी त कहिले मतदानको क्रममा समर्थन पनि नगर्ने बिरोध पनि नगर्ने प्रब्रिती देखाएको कारण संबिधान निर्माणकार्य चार बर्ष लम्बिन गई अन्तत: बिना संबिधान बिघटन हुनपुगेको तितो नजिर देखिएको अवस्थामा फेरि पनि सहमतिय सरकारको नीम्ति नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) र बहुमतिय सरकारको नीम्ति २०६३ को धारा ३८ को उपधारा (२) जस्ता शब्दको घनचक्करमा नलागी बर्तमान मन्त्रीपरिषदको अध्यक्ष खिलराज रेग्मीको नेत्रित्वको मन्त्रिपरिषदलाई निरन्तरता दिई एक बर्ष भित्र संबिधान निर्माण गर्न संबिधान सभा भित्र प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बाध्यकारी अवस्था सिर्जना गरिएको खण्डमा एक बर्ष भित्र जसरी पनि कुर्सी हात पार्ने र कार्यकर्तालाई सस्थानका कार्यालयमा जागिर खुवाउन सकिने मोहको कारण फटाफट संबिधान निर्माण सम्भव हुनसक्छ जसले नेपाललाई कम्तिमा संबिधानबिहिन अवस्था पार लगाउन मद्दत गर्नेछ भन्ने सुझावमुलक सन्देश दिन चाहन्छु ।
    शाक्षात सुशिल
    अध्यक्ष
    नेपाल लभर्स पार्टी (बोकाबादी)
    सोमबार, २०७० माघ २०

    Reply
  25. Shankar says:
    February 3, 2014 at 6:52 pm

    आर्को नमुना

    लिखितम धनि का नाम काव्रे , काबेरि भ्नज्याङ्ग ,वडा नम्बर ४ , खास खुस गाउ बिकास समिति बस्ने बर्स ९७ का चट्टान सिंह बस्नेत का नाति गोलि बहादुर बस्नेत का छोरा बर्स ३५ का एउटा नाक ,दुइटा कान भएको ,गालमा कोठी भएको गहु गोह्रो बर्ण को श्री बम बहादुर बस्नेत को ए ए स्थान ए ए वडा पारि डाडा गाउबिकास समिति अन्तर्गत अगले बगले खोला को किनार २ तले पक्कि इट्टा को ढुंगाको छाना हालेको बाहिर रातोमाटो पोतेको श्री सम्पति निबास बस्ने बर्स १०३ का भुतपुर्ब नायब सुब्बा बखान सिंह थापा का नातिनी कानुन बेत्ता जमुना सिंह का छोरी ठुस ठुस कुमारी थापा सग २०७० साल माग सुकल पुर्णिमा खरायो तिथि – – – – – –

    देश को अड्डा ,अदालत , मालपोत तिर लिखिने येस्तै येस्तै बेहोराको कागज पत्र ले आइ ये ,बिए ,एम ये पढेका , आधुनिक शिक्ष्या पढेको सबलाई गिज्याइ रहेछ यो पनि तु परिबर्तन गरिनु पर्छ

    Reply
    1. suzee says:
      February 4, 2014 at 2:34 pm

      लौ बधाई छ शङ्कर जी ,
      मैले पनि मनपरे हरियो मा भोट हरु दिएको छु है ,

      Reply
    2. Sangen says:
      February 6, 2014 at 1:19 am

      त्यो पनि हामि आफैले लेख्दा नहुने रे। त्यो लेखानदास भनाउदोले कुखुराले Back Kick हाने जस्तो नबुझ्ने अक्षरमा लेख्दा ठीक रे 😀

      Reply
  26. राज says:
    February 3, 2014 at 6:47 pm

    गाठे! काम नभएकोले गर्दा होला नि ….

    Reply
  27. Dharma says:
    February 3, 2014 at 5:41 pm

    This is the language of legal pandits of Nepal. No one can really understand this, including NEW lawyers. To understand it and its spirit as the drafter wished for, one really needs to be a lawer practicing Muluki Ain at courts. One can also understand it if s/he writes Tamsukh. I think there is a purpose behind such way of writing – one, to create confusion than communication, and another, to maintain a kind of syndicate over such profession (drafting). Nepali language has been (and now it is also made to some extent) one of the most difficult languages of the world. Part of the reason for that is its setence joiner, such as, ye-ko-le…garn…hunda…jada…etc, making it more irritating. They also takes it beyond the understading and development of its real daily users/owners. We indeed need to reform here as well.

    Reply
  28. Samir says:
    February 3, 2014 at 5:27 pm

    माथिको सबै जस्ता को तेस्तै लेखेर आन्तिम मा सबैलाई जानकारी गरैएयेको छ भनेर लेखे अजै लामो बाक्य भइ हाल्यो नि 🙂 🙂

    Reply
  29. xyz says:
    February 3, 2014 at 4:43 pm

    This is what I have been telling kaitya bahunbadi writing. Because of this kind of writing they have spoiled the whole bureaucracy.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme