Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माघ १९ : यसरी भएको थियो त्यो ‘कू’

Posted on February 2, 2014February 2, 2014 by Salokya

२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकारलाई दोस्रो पटक बर्खास्त गरी सत्ता तीन वर्षका लागि आफ्नै हातमा लिने घोषणा गर्दा परिस्थिति सामान्य थिएन। घोषणालगत्तै ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क पनि विच्छेद गरिएको थियो। प्रिपेड मोबाइल त महिनौँसम्म बन्द नै रहे। विमानस्थल पनि बन्द गरिएको थियो। केबल टिभी बन्द थिए। टेलिभिजन र एफएममा समाचार पढ्न रोक लगाइएको थियो। मिडियाका समाचार कक्षमा हतियारधारी सेना पठाएर समाचार सेन्सर गरिएको थियो। त्यही कडा सेन्सरसिपका बीच आन्दोलनका घटनाक्रमलाई समेटेर माइसंसार पनि जन्मिएको हो। यस्तो कडा सेन्सरसिपका कारण कुनै खबर थाहा पाउन कति गाह्रो हुन्थ्यो, त्यो भोग्नेलाई मात्र थाहा थियो। न फोनमा कुरा गर्न सकिने, न इन्टरनेटमा। न टिभीमा केही आउने न रेडियोमा। सर्टवेभ रेडियोमा बीबीसीको प्रसारण एउटामात्र विकल्प थियो सूचना पाउने। त्यतिबेलाको सम्झनाका लागि बीबीसीको प्रसारण मैले क्यासेट टेपमा रेकर्ड गरेको थिएँ। त्यसैलाई डिजिटल रुपमा सारेर यहाँ राखेको छु।

यहाँ भएका तीन फाइलमध्ये बीबीसी नेपालीको प्रसारण माघ १९ कै दिन रेकर्ड गरिएको हो। त्यतिबेला नेपाली सेवा पौने ९ बजेमात्र हैन राति अबेर पनि थियो।

त्यसमा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री सुशील कोइरालाले कडा अभिव्यक्ति दिएका छन्। कोइरालाको बोली त्यतिबेला अहिलेभन्दा स्पष्ट रहेछ। राजाको यही कदमले गणतन्त्रको बाटो खोलेको उनले बताएका थिए। अहिले उनै कोइराला गणतन्त्र नेपालको प्रधानमन्त्री बन्ने बाटोमा छन्।

काठमाडौँका सबै नेता हाउस अरेस्टमा राखिए पनि नेपालगञ्जमा भएकोले सुशील बचेका थिए। भूमिगत भएका कोइरालासितको अन्तर्वार्ता नेपालमा सञ्चार सम्पर्क विच्छेद भएका कारण बीबीसी संवाददाताले सीमापारी भारत गएर फाइल गरेका थिए।

यसमा का‌ग्रेस नेता प्रदीप गिरी र पत्रकार कनकमणि दीक्षितको प्रतिक्रियासमेत रहेको छ।

सुन्नुस्-

पहिलो फाइल बीबीसी हिन्दी सेवाको रहेको छ। यसमा एक संवाददाता कू भएकै रात काठमाडौँ ओर्लन्छन् र भोलिपल्ट बिहानको प्रसारणमा रिपोर्ट सुनाउँछन्।

अन्तिम फाइल अंग्रेजी सेवाको छ। यसमा बेलायतका लागि तत्कालीन नेपाली राजदूतले राजाको कदमको बचाउ गरेका छन्।

सबै फाइल सुन्नुस्-

सम्बन्धित लिङ्कहरु

  1. माघ १९ को सम्झना « Mysansar

    www.mysansar.com/2013/02/3760/‎

    Feb 1, 2013 – १९ माघ एकाबिहानै सञ्चार माध्यमका कार्यालयमा फ्याक्स आयो- श्री ५ बाट १० बजे महत्त्वपूर्ण सम्बोधन बक्स हुँदैछ। त्यतिबेला म च्यानल नेपालमा कार्यरत् थिएँ। आफ्नै टेलिभिजनले प्रसारण गरेको भए पनि भाषणमा के थियो, हामीलाई …

  2. माघ १९ : आसेपासेले डुबाए ज्ञानेन्द्रलाई « Mysansar

    www.mysansar.com/2013/02/3765/‎

    Feb 1, 2013 – आज माघ १९। वैकल्पिक सूचनाको स्रोतका रुपमा ब्लगहरु अगाडि आउन सक्नुको प्रमुख कारण यही दिन हो। त्यतिबेला अहिलेका जस्ता फेसबुक र ट्विटर थिएनन्। भएभरका मिडिया अफिसमा सेना छिरेका थिए। इन्टरनेट, मोबाइल र ल्यान्डलाइन फोन …

  3. माघ १९ सम्झनाः समाचार लेख्न नपाउँदा हातै काटिए …

    www.mysansar.com/2013/02/3777/‎

    Feb 1, 2013 – २०६१ माघ १९ मा राजाले कू गरेपछिको घटना कान्तिपुर टेलिभिजनमा कार्यरत सञ्चारकर्मी भुवन केसी यसरी सम्झन्छन्-. बिहान सुतिरहेको थिएँ, त्यतिबेला रेडियोबाट आज राजाबाट शाही घोषणा हुँदैछ भन्ने खबर सुने। त्यसपछि फेरि निदायछु ।

  4. माघ १९ को महिमा « Mysansar

    www.mysansar.com/archives/2007/02/id/1264‎

    Feb 2, 2007 – घुम्दै फिर्दै फेरि ति कहालीलाग्दा दिनका स्मरण बोकेर माघ १९ हाम्रा अगाडि आइपुगेको छ। राजाको सम्बोधन, शेरबहादुर देउवाको सरकार पुन अपदस्थ, सञ्चार गृहमा टाटेपाटे पोशाकधारी सेना, सैनिक नियन्त्रणमा राजनीतिक दलका नेता।

  5. विदेशमा बस्ने नेपालीका लागि माघ १९ « Mysansar

    www.mysansar.com/archives/2007/02/id/1271‎

    Feb 2, 2007 – -ददिराम सापकोटा/पेरिस-. ओहो माघ १९? आएकै हो यो कालो दिन? स्वदेशमा बस्ने धेरै नेपालीहरुले यो कालो दिनको चर्तिकला, प्रशासन, राजाका सिमित आसेपासेको मोजमस्ति, देशको सम्पत्ति सकेर भोज भतेर र पूजा पाठका रुपमा देखे।

10 thoughts on “माघ १९ : यसरी भएको थियो त्यो ‘कू’”

  1. Abhi says:
    February 4, 2014 at 12:03 pm

    कनक को प्रजातन्त्र प्रतिको प्रतिबद्धता को इतिहास साक्षी हुदा हुदै पनि माओबादी बिरुद्ध चट्टान झैँ उभिने कनक जी लाइ प्रतिगामी देख्न केहि कम्निस्ट र केहि पत्रकार हरु छोड्ने होइनन | बिचरा कनक जी, उनीहरुले जे सुकै भनुन मा तपाइकै पक्षमा छु!!!

    Reply
  2. Krishana Gyanwali says:
    February 4, 2014 at 9:38 am

    ज्ञाने, पारस मुर्दाबाद…….

    Reply
  3. Shankar says:
    February 3, 2014 at 7:42 pm

    निधारै मा गोलि लागेर मोरेको लाइ ये २ इन्च माथि मात्र परेको भए बच्ने रहेछ भने जस्तो के कुरा गर्ने ?
    एस्लाई भन्छन नेपालो राजतन्त्रलाई काल आएको | त्यो आएपछि कोठा ,चोटा, खाटामुनी जा लुकेपनि , पहाड आएर अगाडी तेर्सेपनि छेकन सक्दैन | त्यो हामि सबैलाई आउछ त्यो बेला पनि एउटा एउटा कारण हुन्छ , ये २ मिनेट मात्र अगि अस्पताल ला न पा भए बाच्थ्यो, भात अड्केर मोर्यो , ये भात अलि गिलो भा भए बाच्थ्यो त्यो बेला पनि हुन्छ |

    सब को काम दिनबिताउने काल पर्खिने हो | चित्रमा ज्ञानेन्द्रको तस्बिर छ( राजतन्त्र को ) त्याँ बिस्तारै तस्बिर चेन्ज हुदै जान्छ |६ अर्ब को तस्बिर |
    समस्या यो हैन , अब कसरि अगि बढ्ने भन्ने हो , हामि भन्दा पछि स्वतन्त्र भएर , २०११ ट्युनिसिया मा आन्दोलन भयो ,२३ ओक्तोबर २०११ मै संबिधान सभाको निर्बाचन भो , २६ जनवरी २०१४ संबिधान पारित भो |
    हामि कहा हेरौ ७ साल मा प्रजातन्त्र आयो , १७ साल मा पंचायती प्रजातन्त्र आयो ( सब भन्दा बढी उफ्रने र फाइदा लिने सुर्यबहादुर ले नै आज लोकतन्त्र लाइ सपथ ख्वायो , यो दण्ड हिनता को नमुना हो , जसको परिणाम आजको अबस्था ), ४६ साल बहुदलीय प्रजातन्त्र आयो
    त्यो भन्दा स्पेसल लोक तन्त्र नै आइसक्यो सरकार बन्ने टुङ्गो नै छैन त् संबिधान कहिले ? बिकास कहिले ?
    मेन कारण नेपालि राजनीतिमा राणा काल देखिको फोहोर जम्मा छ , तेसैले देश मा एत्रा ,एत्रा जागरिला , हस्ती युवा नेता , बिद्द्वान ,बुद्दुजिबि हुदा पनि झुसे सुसिल्को लंगौति तले राजनीति आइपुगेको छ |
    दिनको १२ बजे उज्यालोमा नै , तेत्रो नेपालको बारेमा सधै सोचेर बस्ने पश्चिमी जगत् ,
    संसारको ठुलो प्रजातन्त्र छिमेकी को आखा अगाडी सुर्यबादुर को टांग मुनि छिरेर सुसिल को लंगौतिमाअल्झिन पुगेको छ आजको नेपालि राजनीति ?
    हाम्रो अगाडी छ गरिबी ,बेरोजगारी , बेथितिको महासागर , हाम्रो हात मा एस्तो डुंगा छ जुन आफै डुब्ला जस्तो छ उसलाई हाम्ले बचाउनु पर्छ हामीलाई उसले के पार लगाउछ ?
    ,

    Reply
  4. सुगतश्री शरण says:
    February 3, 2014 at 8:18 am

    चम्चा ठानेर मुखमा घुसाएको थियो ,
    काँटा बनेर आफ्नै तालुमा धस्ने के थाहा !
    नेताहरु लाइ पाठ सिकाउने धोको थियो,
    आफैले पाठ बुझ्न बाकी रहेको के थाहा ?

    Reply
    1. Shankar says:
      February 3, 2014 at 10:58 pm

      काटा नै ठानेर घुसाएको , बारुद होला भन्ने अनुमान थिएँन |
      चीन ले दियोअमेरिकाले दियो तर पस्चिमिमुल्क र भारत् ले दिएन |
      पढ्ने ,पढाउने बेला थिएँन , टोकेर चाख्ने, मोरेर रहर पुर्याउने बेला थ्यो
      ठोकेरै सासन गर्ने आँट गरेको ( सधै सहमति ,सहमति आज के भइ राछ ?) आसे पासे निकम्मा निस्के ,समय ले धोका द्यो |

      Reply
  5. nabin says:
    February 3, 2014 at 6:54 am

    कु नै थियो कि सु हुनेथियो निकट भबिस्य मा त्यो यसै भन्न सकिने अवस्था रहेन तर मेरो विचार मा दह्रो लगाम त चाहिने नै रहेछ नभए २४० वर्ष को सासन नै पाच्य,२४० औ का साशन सहनु भन्दा त

    Reply
  6. Gaurab Nepali "Oodaaseen" says:
    February 3, 2014 at 4:14 am

    माघ १९ को कदम को जति बिरोध गरे पनि त्येस पछि बितेका यी सात बर्ष को परिणाम ले माघ १९ गलत थियो भनेर प्रमाणित गर्न सकेको छैन ! नौ महिनाको ज्ञानेन्द्रको शासन र ७ बर्षको रामबरण को शासन को परिणाम उही मदन को सब्द सापट लिंदा मधेसबादी र माओबादी ाजुभाइको झमेलामा ेपाल हिदिरहेछ !

    Reply
  7. kumar,japan says:
    February 2, 2014 at 2:44 pm

    किन मलाई माईसंसार मन पर्छ कारण येही हो

    Reply
  8. Bishwaraj says:
    February 2, 2014 at 2:26 pm

    दाजु जस्तो चुप लागेर बस्न नसक्दा र कमले मण्डलेको उच्काईमा पर्दाको फल- चोक्टा खान गएकी बुढी- झोलमा डुबेर मरीन- पुर्पुरोमा नलेखीएका कुरो के पुग्थ्यो त- आरामले बसीसीयोस..

    Reply
  9. madan bajracharya says:
    February 2, 2014 at 12:29 pm

    जिन्दगीमा कहिले काही कुनै भुल को परिणाम अत्यन्त भयनाक हुने कुरा ज्ञानेन्द्रले जुन कदम चाले त्यो उसको निमित मात्रै होइन नेपाल र नेपालीको निमित दुर्भाग्य को कारण बने/ हुनत ज्ञानेन्द्रले त्यो कदम उ महेन्द्र जस्तै बन्न नै गरेको भने होइन/ ज्ञानेन्द्रलाई यस्तो गलत कदम उठाउन उक्साउने शेरबहादुर प्रधान मन्त्रीनै रहे राजनीति बाटै दुत्कारिने गिरिजा र शेर बहादुरलाई पद बात हटाउन सके आफु प्रधान मन्त्रि बन्ने सोच राख्ने माधव नै हो/ पच्छिमका शक्तिशाली मुलुकहरुको समेत समर्थन र सहयोग पायको; कांग्रेसमा भारतलाई महाकाली सुम्पने गिरिजाको बिरोधि सदस्यहरु सहित अधिकास युवा कांग्रेसीहरुको साथ् पायको शेर बहादुरलाई ज्ञानेन्द्रले पदच्युत नगरेको भय मधेशबादी र मावोबादी दाइभाइको झमेलामा नेपालको प्रजातन्त्र यसरि फस्दैन्थ्यो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme