युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका,अष्ट्रेलिया, बहुसंख्यक अफ्रिकी देशहरु,एशियाको आधा उधि देशहरुले केही घण्टा बिराएर जनवरी महीनामा एकै मितिमा,एकै तिथिमा श्यामपेनको बोतल पडकाएर हर्षोलासपूर्ण इस्वी सम्बतीय अर्थात ग्रिगोरियन पात्रो बमोजिम नयाँ बर्ष धुमधाम संग मनाउँछन।यही नै सबभन्दा ठुलो भुमन्डलीय चाड हो भन्दा कुनै अतिशयोक्ति नहोला। अनि त्यही जनवरी महिनाको ३१,२०१४ तारिख लुनार पात्रोलाई पछ्याउने चीन लगायत विश्वका बिभिन्न भागमा बसोबास गर्ने चिम्सेहरुले घोडा बर्षको रुपमा अर्कोखाले नयाँबर्ष आज मनाए।तर त्यही लुनार क्यालेण्डरलाई अनुसरण गर्ने नेपालस्थित जनजातिहरुले फरक फरक मितिमा, बेग्लाबेग्लै तिथिमा र अलग अलग किसिमले ल्होसार मानेको देख्दा धेरैले उदेक मानेका छन। अनि अर्काथरीहरु बिक्रम सम्बत र नेपाल सम्बत भनेर झन साँघुरिन खोज्छन।एकताका कुन चाहिंले हामी संस्कृतिका धनी देश भनेर के उचालेको थियो,अहिलेसम्म त्यही स्याल्हुइयाँ जारी छ्। अनि धर्मभिरु र धर्मान्धहरुले संस्कृतिको आगोमा कुसंस्कार र कुरितिको घिउ जहिले पनि थपिरहेको हुन्छ। अलग अलग रहन सहन भएका विश्वका त्यतिका महादेशहरुले एउटै मितिमा चाड मनाउन हुने, हामी चैं ग्याल्बो ल्होसार, सोनाम ल्होसार,ल्होछार,ल्होछर अशिमाला भनेर किन यो जात्रा देखाउँदैछौ?
अनि बिक्रम सम्बतको जन्मदाता भारतले बिक्रमलाई छायामा पारेर इस्वी सम्बतलाई अंगालेको त जमानामा हो,भविष्यमा नेपाल सम्बतेहरुले नेवा राज्यमा यो सम्बत चलायो भने अर्को हाँडी गाउँको जात्रा हेर्न पाईन्छ।भुमन्डलीकरण्को अहिलेको अवस्थामा ग्रिगोरियन क्यालेण्डर वा लुनार क्यालेण्डरलाई हर कोही देशले नपछ्याइ धरै छैन, त्यसमाथि पनि ग्रेगोरियन अर्थात इस्वी सम्बत नै भविष्यमा कामकाजी पात्रो हुन्छ। हामीले इस्वी सम्बत मान्दा हामी क्रिस्तानी पनि हुंदैनौ, हाम्रो जात फेरिएर हामी अंग्रेज पनि हुँदैनौ ।
अस्ति भर्खर मात्र गुरुङहरुले लुनार पात्रो अनुसार ल्होछार(नयाँ बर्ष) भब्यरुपमा मनाए। तामांगहरु र हेलम्बुका ह्योल्मोलीहरुले पनि त्यही चन्द्रे पात्रोलाई मान्दै न्युयोर्कमा, चिनियाँली मितिमै ल्होसार पर्व धुमधामसंग मनाए। माथि उल्लेखित समुदायको नयाँबर्षे शुभकामना थापियो र पठाइयो पनि। सोलुखुम्बु, ओलाङ्चुङ क्षेत्र, नेपालका बहुसंख्यक हिमाली समुदाय र तिब्बतीहरुले (ग्यल्पो) ल्होसार मार्च २०१४ मा मनाएर पठाउँदैछन। यो ल्होसारको उपलक्षमा पनि शुभकामना आदान प्रदान गर्नैपर्यो। यो दुई महिनाभित्र हाम्रा मानिसले मानेको ल्होसारहरुबारे बिदेशीलाई बर्णन गर्ने हो भने उनिहरु तीनदंग पर्नेछन। झन ग्रेगोरियन क्यालेण्डर अर्थात इस्वी संबतको जनवरी पहिलो,नयाँबर्षमा त संसारभरी छरिएर रहेका साथीसंगी, नाता-कुटुम्ब, फेसबुके मित्र आदिहरुबाट copy गरेर paste गरिएका छोटा बिधुतीय शुभकामनाहरु प्राप्त गरियो। आफुले पनि एउटा शुभकामनाको खाका तयार पारेर Dear All लेखी सबैलाई एउटै बिधुतीय खाममा हालेर नयाँबर्षे शुभकामना पठाउने काम गरियो। सबैलाई टिकट सहितको अलग अलग खामबन्दी शुभकामना पठाउने कुरा त उहिलेको कुरा खुइले भैसक्यो।
एउटै लुनार क्यालेण्डरलाई अनुसरण गर्ने बिभिन्न जनजातिका बौद्व धर्मावलम्वीहरुले अलग अलग मितिमा नयाँबर्ष मनाउनु पर्ने गुहय कुरो चाँहीं के रहेछ? युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका महादेशहरुले एकैदिन ग्रेगोरियन क्यालेण्डर अनुसार नयाँबर्ष मनाउन हुने,हामी लुनार क्यालेण्डरवालाहरु चाँही किन यसरी बिभाजित? फरक भाषा र भेषभुषाले यस्तो भएको हो भन्ने हो भने चीनका हरेक प्रान्तमा फरक फरक पहिरनहरु लगाएको पाउँछौँ, भाषा पनि दुइखाले छन, तर लोसारको तिथिमिती सम्पूर्ण चीन र ताईवानमा एउटै हुन्छ। सोलुखुम्बु र हेलम्बुका ह्योल्मोलीहरु दुवै खाँटी शेर्पा हुन, भेषभुषा पनि मिल्छ, तर किन हो लोसार अलग अलग मितिमा मनाउँछन। लुनार क्यालेण्डरलाई १२ बर्षे चक्र अनुसार राखिएको हुन्छ र प्रत्येक् बर्षलाइ चराचुरुंगि वा जनावरको नाम दिइेएको हुन्छ,जस अनुसार सन २०१४ साल चाँही घोडा बर्ष तोकिएको छ्। लुनारेहरु सबैले यसलाई घोडे बर्ष मान्छन, डाइनसर बर्ष भनेर कसैले जिरह गरेको आजसम्म सुनेको छैन।
हाम्रो मुन्दुमहरु सबै मिल्छ भने संगै प्रार्थना गरौँ, संगै बसेर नयाँबर्षे डेछ्याँग खाऔँ! हुन्न र ? लोसार मान्ने बहुसंख्यक मतवालीहरु बिचको रहन सहन,चालचलन,बानीब्यहोरा,सोच्ने तरिका, लगनशीलता, सोझोपन आदिलाई हृदयंगम गर्दा यी जातीहरुले फरक फरक मितिमा ल्होसार मनाउनु पर्ने कुनै कारणै देख्तिन। सम्पूर्ण कुरो मिल्दोजुल्दो भैकन पनि ल्होसार चाँही किन अमिल्दो मितिहरुमा गर्नु परेको होला? हामी बसिबियाँलो गर्दा अनेकतामा एकता भनेर खुब भटट्याउँछौँ। यदि ल्होसार सबैले एकैदिन मनाउन थाल्यौँ भने बल्ल यो भटट्याइ चरितार्थ हुनजान्छ।
लुनार क्यालेण्डरको इतिहास खोज्दै जाँदा हामी प्राचीन चीनमै ठोक्किन पुग्छौँ, एतिहासिक दस्ताबेजले पनि त्यतै देखाउँछ र बिभिन्न किंवदन्तिहरुले पनि त्यसतर्फै इंगित गराउँछ। त्यसैले चिनियाँ नयाँबर्षे तिथिमिती नै लुनार क्यालेण्डरको बैधानिक मिती हो र प्रत्येक् बर्षको फेब्रेवरी महिनामा मनाइने चिनियाँ नयाँबर्षे मितिलाई नै सम्पूर्ण लुनारेहरुले ल्होसारको authentic मिती मान्नु पर्छ जस्तो लाग्छ। यसो गर्यौं भने हामी चीनको मुनि पर्छौँ, उसको अधिनमा जान्छौँ, हाम्रो संस्क्रिती पराधिनतामा जान्छ, आदि कुराहरु उठन सक्छन। तर हामी चीनलाई अनुसरण नगरेर एउटा प्राचीन सभ्यतालाई गरिराखेका हुन्छौँ, जुन सभ्यता, परम्परा र चलन बस्न हजारौँ बर्ष लागेको थियो। यसरी प्रिथक प्रिथक ल्होसार मान्दै जाने हो भने त्यो प्रिथके ल्होसारको हालत कालान्तरमा ‘चैते दसैं’झैँ हुन जान्छ। संसारभरका अरबौँ जनताले मनाएको लुनारे मितिमै अब हामी होमिने बेला भैसक्यो। संकिर्णता त्यागेर चौडा छाती लिएर भुमन्डलीय प्रकृयामा हाम्फाल्ने बेला भैसक्यो।सशक्त, सबल र सामुहिक ल्होसार नै सबैको पहिचान हुनजान्छ र यो दिगो पनि हुन्छ।
ल्होसार मनाउने मितिलाई लिएर थुप्रै ब्यक्तिहरुले कथक्केहरुले कथेको नानाभाँती किंवदन्ती र अलिखित पिढी दर पिढी रटाइएका परीकथाहरुद्वारा यो वा त्यो चलनको आधिकारिकताबारे पुष्ट्याइँ गर्ने जमर्को गरेका छन, तर तिनको कुनै प्रमाणिक पुष्टि भेटिएको छैन र यो र त्यो मितिमा फलाना जातिले नयाँ बर्ष मनाउनु पर्छ भनेर कुनै दस्ताबेज छैन। तसर्थ लुनार क्यालेण्डरसंगै चल्ने हो भने लुनारेहरुले त्यस पात्रोले ठम्याएका र बसाएका धार्मिक तिथिमितिलाई शिरोपर गर्नुपर्दछ, किनभने त्यो नै लुनारेहरुको संबिधान हो। आफ्नो जातीय पहिचान दिनलाई फरक फरक मितिमा ल्होसार मनाएको हो भने त्यो सर्वथा गलत हो। हामी सबै बौद्व धर्मावलम्विहरुले चिनियाँ मिती अनुसार नयाँबर्ष मनायौँ भने के हाम्रो जात परिवर्तन भएर हामी चिनियाँ हुन्छौँ त ? कदापी हुन्नौँ ।
परम्परा भनेको मानिसले बसाउँछ र त्यसको सान्दर्भिकता सकेपछी त्यसलाई उसले तोडछ। लोकतत्र, समाबेशी, धर्मनिरपेक्षता र भुमन्डलीकरणको युगमा सम्पूर्ण बौद्व धर्मावलम्वीहरुले संकिर्ण ल्होसारलाई त्यागेर विश्वब्यापी फराकिलो ल्होसारलाई अंगालेर राष्ट्रिय र अन्तरराष्ट्रिय ल्होसार एकबद्वता देखाउनु पर्दछ।आगामी बर्ष नेपालका हिमाली समुदाय, तिब्बतिहरु र बौद्व धर्मावलम्विहरुले ल्होसार एकैसाथ मनाएर अन्तरजातीय भाईचारा प्रदर्शन गरोस्, झन काठमाडौँका बौद्व अनुयायीहरु आफ्ना जातीय झाँकी सहित ल्होसारमा टुँडिखेलमा भेलाभै “की कि सो सो ल्ह ग्यल्हो” भन्दै काठमाडौँको आकाश गुन्जयमान बनाओस। न्युयोर्कमा बसोबास गरिराखेका सम्पूर्ण बौद्व धर्मावलम्विहरुले सन २०१५ को ल्होसार एकसाथ Madison Square Garden मा मनाओस। जापान, कोरिया र अन्य ठाउँमा छरिएर रहेकाहरुले पनि एकताको ल्होसार चाँडै मनाओस। आगामी ल्होसार अनेकतालाई एकतामा बाँध्ने ल्होसार होस्। न्युयोर्कस्थित चिनियाँ दोकानमा किनेको मर्चा हालेर बनाइएको डेछ्याङको झोल हातमा लिएर एउटा नयाँबर्षे Resolution प्रस्तुत गर्न चाहन्छु: आगामी ल्होसार एकताको ल्होसार होस्! यहाँहरु सबैलाई घोडा बर्षको घोडे शुभकामना !!
शशांकजी,
आफैले कुतर्क प्रस्तुत गरेर अरु सबैले कुतर्क दिएको जस्तो गरेर पानी माथिको ओभानो हुन् खोज्नु भएन| हाम्रो देशका जात जातिको कुरो हो, तपैले उल्लेख गर्नु भएको अमेरिकन, फ्रेन्च आदि जस्तो भिन्न भिन्नै देशको कुरो होइन|ती देशहरु मुलरुपमा एकै धर्म मान्दछन| तपैलाई गेल्बो लोसार नभएर सोनाम ठिक लाग्छ भन्ने तुक सही हुनसक्छ र मान्छु तर पहिले आफ्नै सम्प्रदायमा सो प्रस्तुत गरेर अरुमा पनि प्रस्ताव राखे कसो होला? हाम्रो नेपालका भौगोलिक समान दुरीका क्षेत्रमा बसोबास गर्ने कतिपय जात जातिमा आपसमा भिन्नता र समानता भएको बारे पनि कोही अनभिज्ञ नहोला| भिन्नता केलाउन भन्दा समानतालाई लिएर सद्भावना अभिवृद्धि गर्नु आजको नितान्त आवश्यकता पनि हो जस्तो लाग्छ| तर ती समानतालाई हेरेर, कुरोको चुरोलाई आत्मसात नगरी, बिशेष आजको परिस्थितिमा, “एकिकृत” र “खाँटी” जस्ता शब्दहरु जबर्जस्त रुपमा प्रयोग गर्नु न व्यवहारिक देखिन्छ न बुद्धिमानी नै| जातपातको नाउँमा यँहा हाम्रो देशमा के भैरहेको छ र कसरि शोषण जारी छ त्यो यँहा बस्नेहरुको दिनहुँ भोगाई र रोदन दुरदराज समुद्रपारको शहर सम्म पुग्दा अलि क्षीण भएर जाँदो हो| तर निश्चय पनि बिर्सनु चाहि भएको छैन भनेर दृढताका साथ् भन्न सक्छु|
तपाइको ब्लग पढेर यँहा उठाइएका मूल बुंदाहरुलाई सम्बोधन गर्नु सट्टा कुतर्क भनेर पाखा लाउन खोज्नु तपाई जस्ता पारखी कलमकारलाई सुहाएन| तपैले लेख्नुभएका सबै ब्लग चाख दिएर आद्योपान्त पढ्छु र मज्जा लाग्छ तर एउटा पाठकले आफुलाई मनमा लागेका प्रतिक्रिया दिंदा सम्बोधन गर्नु कंहा कंहा अझ उल्टो कुतर्क भनेर घुरेनमा मिल्काईदिनु भएन| बस् कुरो यति हो|
टाशी देले! फ़्याफ़ुला! नमस्ते!
दावा जी ! म सकारात्मक संदेश छर्दैछु भूमण्डलिय सोचका साथ ! दोस्रो कमेन्टमा तपाइलाइ बढी सकारात्मक पाएको छु| सबैले होस्टे हैसे गरे असम्भव भन्ने कुरो हुँदैन है ! कमेन्टको लागि धन्यवाद छ !
जसरि अमेरिकन, फ्रेन्च, जर्मन, स्पेनिश, अंग्रेज आदि जातिहरु सबै नै ग्रिगोरियन क्यालेन्डर मान्दै एकै मितिमा नयाँबर्ष मान्छन, त्यसरी नै लुनार क्यालेन्डर मान्ने विभिन्न जातजातिहरुले पनि एकै मितिमा नयाँबर्ष (ल्होसार) मनाउँ पो भनेको त ! म ग्याल्बू ल्होसार मान्नेमा पर्छु| तर सोनाम ल्होसार नै हाम्रो आधिकारिक ल्होसार हो भन्दा मलाइ कुनै हिच्किचाहट छैन| सबल ससक्त शक्तिशाली सोनाम ल्होसारको पक्षमा मैले वकालत गरेको हुँ! ह्योल्मोलिहरु आफ्नो थर शेर्पा लेख्नुहुन्छ, तसर्थ मैले उहाँहरुलाई शेर्पा भनेको हुँ| सोलुखुम्बुलिहरु भन्दा ह्योल्मोलिहरु थुप्रै कुरामा भिन्नता भएको कुरामा म अनभिज्ञ छैन| शंकरजीले जस्तो मेरो लेखको स्पिरिट यहांहरुले बुझिदिनु भयो भने राम्रो हुने थियो! कुतर्क गर्नुभयो भने मेरो केहि लाग्दैन!!!!!
ससाना बर्ग मा रहेका जात जातिहरु आ आफ्नो चाड बाड प्रति निकै संबेदन सिल रहेको र हाम्रो अस्त्तित्व लोप होला भन्ने डर र त्रास पूर्ण परिस्थिति मा यो लेख आउनु ले लेख र लेख लेख्ने नै धेरै आलोचना सिकार भएको देखायो |
हाला कि सबै ह्लोसार एक बनाएर जादा मनाउन पनि मज्जा आउने र दसैँ को टक्कर मै गएर राज्यले दसैँ लाइ दिएको जत्ति वेटेज किन नलिने भन्ने सोच हुन् सक्छ |
तेसैले लामो समय देश बिदेस रहेर उहाको सोचाइमा आएको फराकिलो पन बौद्दिक कुटिलता प्रस्ट देख्न सकिन्छ |
सशांक जी को सांस्कृतिक एकीकरण सानो प्रयास को त् यति बिधि बिरोध भयो त् प्रिथ्बिनारायण को नेपाल एकीकरण को बिरोध गर्ने र त्यो एकीकरण नै थे न भन्ने हरु निस्कनु के आस्चर्य भो र ?
नाक चुचे र नाक थेप्चे मिलेर बनेको नेपाल मा एक आर्का बिना नेपालै अपुरो हुन्छ बा रहन्न | यो नै नेपालि बिसेसता हो |
बिसतारै अब चुचे र थेप्चे हरु सम्धी सम्धी बन्न पर्छ
अनि एस्तो हुन् पर्छ
सशांक लामा सर्मा
रामबहादुर उपाध्याय गुरुङ
चिनीमाया बोगटी मगर
मानुसी यमी भट्टराई
पाल्देन सेर्पा बजगाई
लठक राम सिवाकोटी ,नगर कोटी
फुर्बा यादब सेर्पा
नथुनी दनुवार लामिछाने
जटा शङ्कर त्रिबेदि बिश्वकर्मा
अनि सशांक जी को एकीकरण प्रयास खेर जान्न | सहाङ्क जी १५० बर्स जति अगि जानु भो |
सशंखा जी के को टाउको दुखाई हो ? तपाई अमेरिका भएर पनि कस्तो संकोच विचार हो. हामी नेपालीलाई पार्टी गर्न निहु मात्रै चाहिन्छ , अमेरिकामा फादर दे अनि बाऊ खुहौने औसी , मदर दे अनि आम खुवाउने औसी , क्रिसमस अनि दसैँ तिहार मनौन हुने भने २/४ थरि ल्होसार मनौदैमा के बिग्रन्छ ? पार्टी गर्ने र जाड़ खाने रमाइलो गर्ने मेसो न हो यो. स्वर्ग तिर लतार्ने र नर्क तिर धकल्ने त हैन नि हो . मान्ने लाई मान्न दियू नमाने लाई न जबर्जस्ती नगर्नु नै बेश मेरो बिचारमा है.
तथाकथित एकीकरणको नाउँमा गोडा दुईचार अहिन्दु जात जातिलाई अढाई शताब्दी देखि निरन्तर पेलान दिएर झन्डै मरणासन्न अवस्थामा पुर्याएको लेखकलाई गगनचुम्बी शहरको चडकभडकले बिर्साएको हो कि? नत्र पार्टीहरुले बद्नाम गरेको “एकीकृत” शब्द किन यँहा ठोसनु पर्यो?
त्यही पेलानमा गुरुङहरुले आफ्नो सनातन धर्म र संस्कृति नै दिनोदीन लोप हुन् लागेको देखे र अहिले आएर आफुलाई तमु भन्दै फेरि हामी बौद्ध धर्मावलम्बी हौ भनेर स्वन्वारान गरेका छन| यो स्वागत्योग्य कदम हो| चतुर थकालीहरुले जीवन धान्ने प्रतिस्पर्धामा व्यवसायिक फ़ायदाका लागि हामी आफ्नु मूल र मुहान तामांगलाई बिर्सेर उनीहरु जस्तो बौद्ध होइनौ भन्दै तामांग कै लोपचन, योंनजन र वम्जन आदिलाई बिस्त्रितीकरण गर्दै हिन्दु साबित गराउने होडमा आफुलाई हीराचन, भट्टचन, शेरचन र हुँदा हुँदा जवाहरचन, मोतीचन, आदि नाउँ दिए| जसले बुझेका छन्, र अन्तस्करणको आवाज सुनेर अहिले मूल मुहान घर फर्कन आतुर छन्| यो पनि स्वागत् योग्य कदम नै हो|
हाम्रा हिमाली भेगमा परापुर्ब काल देखि बसोबास गर्दै आएका बिभिन्न समुदायका पहिचानका रुपमा भिन्न भिन्नै रीतिरिवाज, भाषा र संस्कृति छन्, जुन हिमाल जस्तै स्वच्छ र पवित्र छन भन्दा कुनै अत्युक्ति नहोला| ती सबैको एउटा मिलन बिन्दु खोज्नु सम्भवत राम्रो प्रयास हो तर सबैलाई “एकीकृत” को नाउमा अस्तित्वै मेटिने गरेर एउतै मिलन बिन्दुमा बिलयन गराउनु माथि उल्लिखित युगदेखि भोगिआएको बेइमानी र झुटो एकीकरण ब्यूंताउनु मात्र हुनेछ|
ती अहिन्दु जनतालाई काठमान्डौको शासक वर्गले “भोटे” भनेर जुन हेपाई र लान्छना लगाएर प्रताडित गराए, शोषण गरे त्यसको मार आज पनि ती जनताले भोग्नु परेको छ|
“मधिसे” शब्द प्रयोग गरेर हेपाईमा परेका मधेसी जनतालाई आजको राजनैतिक शक्तिले लोकतन्त्रको शुरुआत पछि उन्मुक्ति दिएर राजनैतिक रुपमा र प्रशासनमा बढ्दो प्रतिनिधित्वले सशक्तता प्रदान गरेको छ| तर हिमाली भेगका र बिशेष गरेर बहुसंख्यक तामांगवर्ग प्रति तुलनात्मक र गुणात्मक रुपमा हुनपर्ने दृष्टि पुगेको छैन|
लेखकले विदेश स्थित नेपाली राजदुतावासमा तीज मनाएर समय र साधन प्रयोग गर्दा लोछार जस्ता राष्ट्रिय पर्ब चाहि किन मनाउदैनन भनेर तीखो कलमले तेजिलो प्रश्न राख्ने हिम्मत गर्नुभएको भए एकीकृत कै सलाम र मनैले साधुवाद टकराउने थिए|
“….सोलुखुम्बु र हेलम्बुका ह्योल्मोलीहरु दुवै खाँटी शेर्पा हुन, भेषभुषा पनि मिल्छ,,,,”
शशांकजीको सोचाईमा फराकिलोपन र उपयोगिता देखिन आए पनि उँहाको उक्त वाक्यले उनको लेख फितलोपन, मन गढ़ंते र रकमी लेखाई सावित गराउँछ|
ह्योल्मोलीलाई खाँटी शेर्पा भन्नु वेबुनियाद मात्र होइन उनलाई देशको अर्को भागको बारेमा खाँटी कुरा जानकारी नभई कलम घसारेको जस्तो देखियो| वेशभुषाले मात्र खाँटी पन इंगित गर्दैन भनेर उँहा जस्ता बुज्रुगले बुझ्न पर्ने हो| ह्योल्मोलीहरु बरु तामांगहरु संग धेर मेल खान्छन तर पनि खाँटी भनिहाल्न अन्याय हुनेछ|
शशांकजीलाई त्यति साह्रो एकीकृतको चाहना भएको भए र लेख्न हात चिलाएकै हो भने बरु ग्लोबलीकरणलाई आत्मसात गर्दै नेपालमा कामकाजमा ग्रेगोरियन क्यालेन्डर प्रयोगमा ल्याईनु पर्छ भन्ने पक्षमा उँहाको संधैको सबल तर्क र चयनित शब्द प्रयोग गरेर लेख्नु भए हुन्थ्यो| एउटा लेख र समाचार पढ्दा पढ्दै त्यही लेखमा कँही वि स र कँही इस्वी सम्बत् मनपरी लेखेको पढ्न पाईएको छ| त्यो आलसीपन हो वा अनभिज्ञता? वा पाठकलाई जे गरे नी हुन्छ भन्ने सोचाई? कामकाजको निम्ति इ स प्रचलनमा ल्याएर वि स लाई पात्रो र पात्रो सम्बन्धी कार्यमा मात्र सीमित गरे कसो होला?
“सोलुखुम्बु र हेलम्बुका ह्योल्मोलीहरु दुवै खाँटी शेर्पा हुन” भन्ने कुरो मा सोलुको शेर्पा साथीहरु र हेलम्बुका ह्योल्मो साथीहरुको के धारणा छ कुन्नि सुन्न पाए हुन्थ्यो l किन कि उनीहरुले बोल्ने भाषा त निकै फरक पो लाग्यो मलाई त l हुनत पुर्खाहरु खोज्दै गयौं भने नाक चुच्चेहरुको यौटै थलो र नाक थेप्चेहरुको यौटै थलो भेटिनछ होला सायद l
ल्होछार, ल्होसार, लोसार जे भने पनि नया वर्ष हो l यो कामकाजी पात्रोको रुपमा नभई सांस्कृतिक चाढको रुपमा मनाइ आएकोले आआफ्नो संस्कृति अनुसार चाढको रुपमा मनाउदा अरुले डाड गर्नु पर्ने जस्तो लाग्दैन मेरो आफ्नो व्यक्तिगत विचार l
लेखकलाई हिमाली छेत्रको जातिहरुको बर्षौ देखि मनि आएको पात्रो नै छुट्टै छ भन्ने थाहा नै छैन रहेछ . नत्र छुट्टाछुटै लोछार मनाउनुको पछाडी कुनै आधार छैन कुनै प्रमाण छैन भनेर कसरि भन्न सकेको हो . “Little knowledge is dangerous things” भनेको झैँ लग्यो मलाई त .
न्यु योर्कमा बस्नेलाई अप्ठ्यारो पर्यो भनेर नेपालमा हुनेहरुले चाडबाड नै परिबर्तन गर्नुपर्ने?
यो एकिकृत, ल्होसार मात्रै हैन सबै चाडपर्ब एकै दिन मनाए कस्तो होला नेपालमा ?
लेखकले र्सस्कृति अनि परम्परा को बारेमा अलि ज्ञान नभएको जस्तो छ नत्र कसरि तपाई आफ्नो मौलिक छोडेर अरुसंग मिलाउनि कुरा गर्नु हुन्छ? यदि तपाई अमेरिका, युरोप गयो ,बस्यो भन्दैमा आफ्नो परम्परा संस्कृति तोड्नुहुन्छ बिर्सन्छ भने त्यो तपाईको भाईरस लागेको डिस्क सफा गर्नुस, हैन भने येस्तॊ भाईरस नफैलाउ! धर्मको कुरा, कुनै पनि धर्मले , नया वर्सकोबारेमा कुनै कुरा उल्लेख गरेको छैन.
उसो भए सबै चिनिया, कोरियन , तैवानिज अनि नेपालका, शेर्पा अनि तामांग सबैले १५ पुष मै लुनार न्यु इयर लोछार मनाम्नत , मान्लात ? भन्न सजिलो छ
कुरो त ठिकै हो ……सबैले आ-आफ्नो जात परम्परा अनुसारको चाड मनाउनु राम्रो कुरो हो…तर केहि सानो समुदायले मनाउने चाड पर्वमा पनि देशको सम्पुर्ण सरकारी कामकाज लाई ठप्प बनाएर बिदा दिनु कतिको उचित हुन्छ होला ? हामीले देखेकै छौ नि..ऊधौली, ऊभौली, ल्होछार पर्बहरु केहि सय मानिस टुडिखेलमा आ-आफ्नो जातिय पोशाकमा सजिएर मनाउछन…अनि भोली पल्ट देखि उहि बिदेशी संस्कृतिमा झुम्न थालिहाल्छन…बरु जो जो त्यो पर्ब मनाउछन, उनिहरुलाई मात्र त्यो दिन बिदा दिए देखि सरकारी काम काजमा असर पनि गर्दैनथ्यो साथै उत्कादकत्व पनि बढ्ने थियो…तेसै त नेपाल बिश्वमै सबैभन्दा बढि सार्बजनिक बिदा दिने देशमा गनिन थलिसकेको छ….
त्यैतनि, दशैं मा १० दिन र तिहारमा ३ दिन बिदा पाएकै छन् सबै नेपाली जनताले किन चाहियो बिदा अरु चाढबाढमा ? कि कसो त हजुर?
तेहि त भनेको नि हजुर….जस्ले दशै तिहार मनाउदैनन….उनिहरु लाई बिदा किन चाहियो ? तेस्तै जस्ले तिज, उभौली, ल्होछार मनाउदैन, तिनलाई बिदा चाहिदैन…….
िश्लेषण सहि , सत्य नै लाग्छ ! ाम्रा देशमा तेस्त ठुलो हृदय भएको मान्छेको जमात सायदै
ेटिएला ?
मुख ले फ्याट्ट भन्नु र ब्येबहर सहितमा ल्याउनुमा धेरै फरक छ !. कुनै पनि बिषयमा गहिरो अनुसन्धान गर्नु र पान पसलमा गयर गफ लाउनु एउतै हैन होला ! नेपाली ले अलि आफ्नो भन्दा अरुकोमा धेरै भाग देख्यो भने भाग खोस्ने परविर्ति छोड्न सकेको छैन ! हरि हर शर्मा जी तपाइको कमेन्ट १००% ठिक छ,! हाम्रो नेपाल सस्क्रिक सम्पधको धनि देश हो, न त यहाँ बाहुन छेत्री मात्र बस्छ, न त तामांग ,गुरुङ ,शेर्पा अथवा राई लिम्बु ….हाम्रो देश त्यो हो कि प्लेटमा भयको सलत्को परिकार जस्तै मिलि जुली बस्ने चिज हो जहाँ आफ़ – आफ्नो धर्म सस्क्रिक छ, यो हामीले कुनै देशको कपी गर्दै पेस्ट गरेको धर्म रिति रिवाज हैन , एस्लाई सबै जन्म कुण्डल अनि कसरि आयो हाम्रो ल्होसार अनि मिति तिथि सबै लेख्न अलि उचित नहोला !
हिजो सिड्नी मा आयोजित ल्होसार कार्यक्रम मा रमाइलो र सुभकामना आदान प्रदान गर्न जाँदा कार्यक्रम को सभामुख ले करिब २० मिनेट बाहुन / छेत्री लै तथानाम गाली गर्नु भयो/
नेपाल मा फेरी बाहुन र छेत्री ले चुनाब जिते रे, हामी अर्को जति लै प्रतिपक्ष्य गर्यो रे/ ये बाबा तेस्तो कार्यक्रम मा पनि तेस्तो भन्नु पर्ने??
नेपाल मा साब बाहुन र छेत्री मात्र सुख पाको छन् त?? नेपाल मा छेत्री बाहुन ले दुख पाको छैन? कस्तो मती भ्रस्त्र मनिष हरु हुन्छन/ विदेश मा बसेर पनि जात र जातियता को कुरा गर्ने/
हिजो एककृत रुप मा मनाउना न पाएपनि यसै बाट समस्त नेपाली दाजु भाई दिदि बैनी लै ल्होसार को सुभकामना
लामाजीले उठाउनु भएको कुरा समय सापेक्ष र सान्दर्भीक लाग्यो । कुरा १००% सही हो । तर हामीहरू रुढीबादी अन्धभक्तको बिरोधमा चरम रुढीबाद लागू गरिरहेका छौँ । सायद केही भोको पेटकालाई १-२ छाक खान सामल, केही ठूलाभुँडेहरूलाई अलिक अमिलो, धमिलो, टर्रो जे जे मन लाग्छ त्यही खान र लाटो देशमा गाँडो तन्नेरी बन्न फुटले सघाएको होला । तर क्यालेन्डरको उद्गम र ज्ञातालाई नै चुनौति दिँदा हामी नेपालीको नाक उचो हुने भ्रम छ हामी माझ । यो यथार्थ सत्य सुन्दा उनीहरूले सायद हामीलाई कुरिकुरी नै भन्लान् । लाज हुनु पर्ने हो हामीलाई । आखिर भारतीयको वा चीनियाँको नक्कल गरिएकै दुई किसिमका क्यालेण्डर हामी मान्दै आइरहेका छौँ चाहे स्वीकारौ वा अस्वीकार गरौँ । तर हामी कोही यस सत्यलाई मान्न तयार छैनौ । सौर्य क्यालेण्डरबाट दिन, वर्ष र चन्द्र क्यालेण्डर अनुसार तिथि मानिआएका छौ । कहाँबाट कसरी आयो यो जान्ने र खोज्ने प्रवृत्ति हामी माझ रहेन । हजुरबाले श्राद्ध गर्दा बिरालो किन बाँधे त्यता हाम्रो ध्यान गएन र खोजि खोजि श्राद्धमा बिरालो बाँधियो । बाबु बाजेले कहिले के बुझेर नक्कल गरे कति बुझेर नक्कल गरे अहिले मेरो बाजे ठीक तेरो बाजे गलत वा मेरै बाजे ठीक को रडाको को उपज होला बिभिन्न नामका यी यौटै नयाँ वर्ष । फरक रहेर पनि हामी बाहेक अरु विश्व एक छ यस्ता मान्यतामा तर हामी आँगन जोडिएर पनि फरक छौँ ।
तपाईको घरका ५ सदस्यको जन्मदिन ५ चोटी नमनाईकन एकमुस्थ बर्षको एक दिन धुमधाम संग मनाउना सकिन्छ?