Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वले चिन्ने टिभी फिलरमा सीमित

Posted on February 1, 2014February 1, 2014 by mysansar

news24 ‘निरन्तर न्यूजको रफ्तारमा’ भनिरहने न्यूज २४ टेलिभिजनको आन्दोलनको असर शुक्रबार राति ८ बजेदेखि स्क्रीनमा देखिएको छ। बिहीबारदेखि आन्दोलनमा रहेका प्रस्तोताहरुको मागलाई सम्बोधन नगरी शुक्रबार राती एक्कासी व्यवस्थापन पक्षले टेलिभिजनबाट बिदा (राजीनामा) भइसकेकी अनिता सिलवाललाई समाचार पढ्नका लागि बोलाएपछि आन्दोलनले यस्तो रुप लिएको हो। अब विश्वले चिन्नेछ नेपाल भन्दै गिनिज बुकमा नाम लेखाएको टिभी यसअघि पनि स्याटेलाइटको भाडा नतिर्दा प्रसारण अवरुद्ध भएको थियो।

प्रस्तोताको आन्दोलनलाई एमसीआरका कर्मचारी तथा पत्रकारहरुले समर्थन गरेका छन्। बिहीबार सांझको समाचार चिफ को–अर्डिनेटर चिरञ्जीवी देवकोटा आफैले पढेका थिए। शुक्रबार पनि चिरञ्जीवीलाई व्यवस्थापन पक्षले समाचार पढ्नका लागि आग्रह गरेका थिए तर उनी समाचार पढ्नका लागि तयार नहुँदा केही महिना अघि राजिनामा दिएकी अनिता सिलवाललाई समाचार पढ्नका लागि बोलाएको थियो। आन्दोलनरत पत्रकार तथा कर्मचारीहरुले बाहिरबाट समाचार पढ्नका लागि मानिस ल्याएको भन्दै एमसीआरका कर्मचारीहरुले आन्दोलनमा समर्थन जनाएको स्रोतले बताए।

एक कर्मचारीले भने ‘शुक्रबार ८ बजेबाट कुनै पनि समाचार तथा कार्यक्रमहरु प्रसारण गर्दैनौं मात्र फिलर बजाउँछौं।’ अहिले हामी उत्तरदायित्व, रियल फेस, इस्यू अफ द डे, ३५ एमएम फिल्मी सो, आमा, आपांता आवाज, हतकडी, हाइवे एक्स्प्रेस, न्यायिक अभियान र गीतहरु पटकपटक प्रसारण भइरहेको छ ।

शनिबार बिहान १० बजे टेलिभिजनमा कार्यरत पत्रकार तथा कर्मचरीहरुले चौरमा घाम तापेर बसेका थिए। उनीहरुले ७ महिनादेखि बाँकी रहेको तलब नदिएसम्म काममा नर्फकिने बतएका छन्।

नेपाली पत्रकारिता इतिहासमा सम्भवतः पहिलो पटक यसरी समाचार र प्रोग्राम रोकेर आन्दोलन भएको हो। विदेशमा भने बीबीसी जस्ता प्रसारण संस्थाहरुका कर्मचारी पनि कार्यक्रम रोकेर आन्दोलनमा उत्रने गरेका छन्।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले यो घटनाबारे केही बोलेको छैन।
news24-1

5 thoughts on “विश्वले चिन्ने टिभी फिलरमा सीमित”

  1. अभिषेक लामा says:
    February 2, 2014 at 5:31 pm

    पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले यो घटनाबारे केही नबोलेको कारण गोजीको आकार बडाइ दियका होला तेसैले कानमा तेल्हालेर घाम तापी रहेको हुन सक्छ ।

    Reply
  2. Prakash says:
    February 2, 2014 at 9:49 am

    सैले तपाई भनोस नभनोस आफैँ मपाई भएपछिको भोगाई येस्तै हुन्छ भन्ने हाम्लाई लागिराछ | अबका दिनमा विस्श्व ले यो tv लै नभई यो tv ले श्रमिक पत्रकार र विशॊ लाई पनि चिन्ने भयो’ बधाई छ:-)

    Reply
  3. pradeep says:
    February 2, 2014 at 12:24 am

    ऋषि धमलाजस्ता हाम्रा पत्रकारहरु र कालिमाटी तरकारी ब्यापारीजस्ता टेलिभिजन संचालक बाट के आशा गर्न सकिन्छ र येही तो हो नि !!!!!!!!!!!!!!!!!!!!!!

    अब आन्दोलनकारीले बदम र नुन खाएर घाम तापेर राजनीति कुरागर्ने समय पाए \\\\\\\

    Reply
  4. सुगतश्री शरण says:
    February 1, 2014 at 10:39 pm

    हामी त प्रार्थना मात्र गर्छौं –
    जता हेर्यो उतै , हरे ! देखिन्छ बेथिति
    कहिले कसले गर्ने होला यी सबको इति ;
    सुसंगतको अभावले नै होला यी विसंगती
    मुक्त हुने कोशिस गरौं ए नेपालका टिवी !

    Reply
  5. prabal says:
    February 1, 2014 at 9:44 pm

    चिनी हाल्यो नि विश्व ले. टेलिभिजन जस्तो कार्यालय का कर्मचारी घम्तप्ने भनेपछि यो भन्दा बढी के चिन्नु पर्यो विश्व ले. हाहाहा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme