पैसा कमाउने सपना बोकेर विदेश पसेका नेपालीहरु पाइला राखेकै दिनदेखि घर फर्किने दिन गन्न सुरु गर्दछन्। विशेष गरी खाडीमा पाइला राख्ने बित्तिकै यहाँको तापक्रम र थ्रिडी कामको मारले आएकै दिनदेखि त्यही बाटो भएर फर्किने मन गर्छ। तर खेतबारी धितो राखेर साहुको रिन बोकी पैसा कमाउने अनि परिवार पाल्ने सपनाको भारीले थचक्कै पर्न बाध्य हुन्छ त्यो मन। लखतरान शरीर बिस्तरामा पल्टाउन भन्दा पहिला भित्तामा टाँगिएको (रेमिट्यान्स कम्पनीहरुले दिएको) भित्ते पात्रोमा चिनो लगाउन कहिले पनि बिर्सदैन। मनले अर्कोतर्फ आफ्नो बाटो कुर्दै आशातित नयनहरु फैलाउँदै आफ्नो बाटो हेरेरै कुरी बसेका परिवारजनका एक एक अनुहार आँखा भरी नाचेर मुटु कटक्क खाने गर्दछ। उसको अनुहार हेर्यो उस्तै, अर्काको काम हेर्यो तेस्तै, अनि चित्त बुझाउदै दु:खसुख गरेर २ वर्षको कार्यकाल सकेपछि, चोट भरिएको मनमा उत्सुकता थपेर परिवार, साथीभाइ भेट्ने अनि आफ्नो माटोको सुगन्ध सुँघ्ने हतारमा गुन्टा बोकेर फर्किन्छौ हामी परदेशीहरु। तर….
हवाइजहाजले ओराले सँगै अब्यबस्थित विमानस्थलमा हामीलाई बोकेर अध्यागमन पुर्याउने बस आउन पनि ठ्याक्कै १५ मिनेट लाग्ने गर्छ। लाइनमा हिंडेपछि २ मिनेटमा पुगिने भए पनि त्यहाँ उभिएका अधिकारीहरुले औंला ठड्याउँदै हिंड्न नपाइने संकेत गर्छन्। त्यहीँ नजिकै नेपाल आर्मीका एक प्लाटुन सिपाहीहरु युएनको टोपी लगाएर आफ्ना गुन्टाहरु जहाजमा लोड गरिरहेका छन्। अनि उनीहरुको अनुहारमा हल्का खुशीको रङ पोतिएको अनुमान गर्न सकिन्छ। शायद ज्यानको बाजी लगाउँदा मुस्किलले हातमा पर्ने ६ लाख रुपैयाँ झल्झली सम्झेर पनि होला।
त्यही नजिकै पार्किङ गरिएका साना साना छाउरा जहाजहरुमा साना साना छाउरा बसले मुन्छेहरु ओसारिरहेको देख्दा हामी खाडीमा काम गर्ने डोरिलाहुरेहरुलाई आफुले काम गर्ने स्टोरको फेरि याद दिलाउँछ। तर चिसो मनमोहक हावाले आफ्नै माटोमा उभिएको पत्तो पाएपछि फेरि फिसिक्क मुस्कान फुस्किन्छ अनुहारबाट।
बसले कोचाकोच पार्दै अध्यागमनको ढोकामा फ्यालेपछि सबै तँछाडमछाड गर्दै दौडिन्छन्। किनकी सबैलाई थाहा भएकै कुरा हो खाडीबाट आउने जहाजमा सबै डोरिलाहुरेहरु हुन्छन् र अध्यागमनबाट बहिर निस्केर आफन्तलाई भेट्न कति आतुर हुन्छन्। तर यहीँनिर अर्को फण्डा आइलाउँछ त्यो हो आगमन पत्र भर्ने।
सबैको खल्तीमा पेन हुँदैन। अनि अध्यागमनमा मुस्किलले राखिएका एक दुई पेनको लागि लाइन लागेर बस्यो। सबैले त्यहाँ लेखेका कुरा भर्न जान्दैन। अरु कसैलाई अनुरोध गर्यो, सबैलाई हतार छ। कस्ले भरिदिने? अर्को बिडम्बना बडो मुस्किलले भरेर लगेको आगमन पत्र अध्यागमनका अफिसरले नपढी टोकरीमा थन्काएको देख्दा मन कटक्क परेर आउँछ। साँच्चिकै के कामको लागि होला त्यो आगमन पत्र? बाहिर ननिस्कन्जेल् सकसक लागिरहन्छ।
जब अध्यागमन पार गरेर भर्याङ झर्दै तल्लोपट्टी पुग्यो, ए रामे !! मान्छेहरुको कोचाकोच, ठेलाठेल। ट्रली एउटा छैन मानिसहरु कुदाकुद, ट्रली खोसाखोस्। कुनै कर्मचारी छैनन्, कुनै सहयोगी भेटिँदैनन्। आफ्नो लगेज कुन बेल्टमा घुमेको छ थाहा पाउनलाई त्यहाँ उभिएका घाँटीमा परिचय पत्र भिरेका कर्मचारीलाई सोध्यो, सकारात्मक जवाफ पाइँदैन। खाडीबाट आएका हामीसँग त बोले पनि अगति पर्लान् जस्तो गर्छन्।
मैले एक जना कर्मचारी जो सेट बोकेर त्यहाँ उभिरहेका थिए, उनलाई विनम्र अनुरोध गरेँ आफू आएको जहाजको लगेज कुन बेल्टमा घुमेको छ भनेर। तर उनले मेरो बोली सुनेर पनि नसुने जस्तो गरे। तेस्रो पल्टसम्म मैले मेरो आवाज खेर फालेँ। तर त्यति बेलै मेरो नजिकै आइरहेका एकजोडी सेतो छाला भएकाहरुको पछि लागेर गए। शायद कतै नगदनारायण हात लाग्छ कि भनेर होला। म छक्क परेँ, के हामी खाडी लाहुरेको कुनै सुचनाको हक छैन?
भित्तामा राखिएको ब्यागेज इन्फरमेसन टिभीमा हेरेको १ नम्बरमा ब्याङ्कक भनेर देखाइरहेको छ। तर बेल्टमा सारजहाँबाट आएका लगेजहरु असरल्ल घुमिरहेका छन्। त्यहाँ उभिएका कर्मचारीलाई किन यस्तो भनेर सोध्यो खै भित्र बस्नेले के गर्छ भन्दै तर्किन्छन् उफ्फ !!
चालु बेल्टको नजिकै ब्यागहरु असरल्ल थुपारिएको छ। शायद अघिल्लो फ्लाइटबाट आएकाहरुको होला। मानिसहरु अध्यागमनको काममै लाइनमा होलान् किनकी निकै ठुलो लाइन बस्नु पर्छ। अनि तल ती ब्यागेज राखिएको ठाउँमा कुनै सूचना छैन, ति ब्यागहरु कहाँबाट आएर त्यहाँ थुप्रिएका हुन्? कसरी ती ब्यागेजका हकदारहरुले भेटाउने? आफ्नो ब्यागेज खोज्नलाई कति दु:ख पाएका होलान् कसले बुझ्ने?
भन्सारका कर्मचारी भने जुन ट्रलीमा टिभी देख्छन् त्यतै दौडिने रहेछन्। बेल्टसम्मै आएर तपाईंको कुनै टिभी छ भनेर सोध्दा रहेछन्। सरकारले ३० इन्चसम्म फ्री भने पनि के जाति कागज बनाएर ल्याउनु पर्ने रहेछ निस्कने गेटको सामुन्ने राखिएको भन्सारको कार्यालयबाट। त्यहाँ पनि लामै लाइन। हुनत खाडीबाट आउने हामीले ल्याउने भनेकै टिभी र ब्ल्याङ्केट त हो। टुट्ला फुट्ला भनेर बडो मेहनत गरी साथीभाइ मिलेर डोरीले बाँधेर चटक्क पारेर ब्यागेज ल्याउने हुनाले नै हामीलाई डोरिलाहुरे भनेर चिन्ने गर्छन्। सरकारले घोषणा गोरेको फ्री भन्सारका समान ल्याउँदा पनि कागज बनाउन घण्टा लाइन बस्दा नै अघि माटोमा टेक्दा फिस्स हाँसो फुस्किएको अनुहारमा निरासा फैलिन सुरु भइहाल्छ।
बल्लबल्ल लखतरान परेर गेटबाट बाहिर निस्कियो, होटेलवाला-ट्याक्सीवालाको तानातान सुरु। एक जनाको ट्रली समाउन १० जना पछि लाग्ने। उफ्फ! शान्तसित एकफेर आफ्नो माटोलाई हेर्न पनि नदिने। कस्तो सिस्टम! अस्ति न्युजमा पढेको थिएँ अब ट्रलीमा पनि सुल्क लगाउने रे। के केमा लुट्ने हुन् लुटून् हामी डोरिलाहुरेलाई। हे भगवान !!
सामान हराउने नेपालमा मात्र नभैइ Thailand airport र Malaysia Airport पनि हराउने गर्छ, अझ Thailand मा बिशेष गरेर
लेखन शैली सारै राम्रो लाग्यो ! लेखकले आफ्नो बारेमा पनि जानकारी दिनु भएको भए सुनमा सुगन्ध हुन्थ्यो! अरु लाई फारम भर्दीनु भन्नु पर्ने मध्ये मा त लेखक पर्नु हुन्न भन्ने हामि लागि राछ !
सवैले आ-आफ्नो गच्छे अनुसार गाली गर्नु भो एक हिसावले कुरो ठीकै पनि हो तर यसो सोच्यौं भने यो सवै हाम्रै कारणले हो । त्यसो त कोही कमेन्टमा गाली गर्नेहरूको आफन्त पनि त्यहाँ काम गर्नु हुन्छहोला । साथीहरूसँग एयरपोर्टमा मेरो नातापाता छ भनेर फुर्ती लगाउनुहुन्छहोला । मेरा साथीहरू पनि फुर्ती लगाउँछन् । म पनि कैयौं पटक पेलानमा परेको छु यहाँ लेखेर केही हुने त हैन के गर्ने ?
त्यो एअरपोर्टबाट यात्रा गर्ने प्रतेक नेपाली जस्को भन्सुन गरी दिने कोही छैनन उनिहरुले ब्यहोर्नु पर्ने तीतो सत्य हो यो ।
अझ घुस् चाँही खुवाउनु परेनछ । हामी शेर्पाहरुलाई धेरैलाई त पास्पोर्ट नक्कली रहेछ भन्ने, नागरिकता देखौनु देखौनु पर्ने लगायत थुप्रै बाधाहरु छ्न ।
तीन पुषते प्रमाण पो खोज्छ्न त ।
पत्त्याउनु हुन्छ ?
कता कता आलु पढेको याद आयो………ब्यङ्ग को चटारो हानेर TIA को पर्दाफास गरेकोमा धन्यवाद!
आफ्नो दुख देखाएर यसरि रुनु सत्रु हसाउनु हो भन्छन – लड्नु पर्छ , बिद्रोह गर्नु पर्छ .. जब सम्म चुप रहन्छौ हेप्छन / हुनत संचार मार्फत भण्डार फोर गर्नु पनि बिद्रोह नै हो र पनि पुग्दैन यतिले .. यो संसारमा पैसा नहुने , गरीब लाइ सबैले हेप्छन र पनि कर्म छाड्नु हुन्न साथी हो ! गरीब भयर जन्मनु दोष छैन तर गरीवी नै भएर मर्नु पाप हो ……
नराम्रो कामलाइ यसरि expose गर्नु पनि एउटा बिद्रोहको part हैन र krishna sir?
हो र पुग्दैन भनेको …
सुशासन नभर हो। सबै दाम चढार एरपोट सरूवा हुन्छन कमाउने तिर मात्र ध्यान। कमनसेन्स र रेस्पोन्सिबिलिटि कहिले आउला नेपाली कर्मचारितन्त्र र राजनितीमा कुन्नी ।
त्यो बिमान स्थलको चर्तिकला देख्दा त एकपटक आफैलाई आफैले थुक्क भन्न मन लाग्यो, कारण कस्तो केहि सिस्टम नभाको देशमा जन्म लिग्न पुगिएछ भनेर …
बिचार दोरीलाहुरे तर पनि सबै दोरीलाहुरे जी हरुलाई हिर्दयदेखिनै नमस्कार तर अरु जहाँ U.S .A , U. K . EUROPE. JAPAN जहाका लाहुरे भएपनि काम उस्तै उस्तै हो तर कुनै देशमा तेहिको नागरिक वा थाई बसोबास भएमा अलि सजिलो र मिठो पैसा हुन्छ तर काम उहिनै हो SAME SAME BUT DEFFERENT तर नेपालमा जादा आफुसंग अर्को राम्रो देशको पासपोर्ट र अर्को रुट र अलि बिदेसिको चाप हुने Airlines बाट गएमा Sir सम्म भन्दा रहेछ यो मेरो नोवेम्बेर को सम्झना हो
तर डोरीलाहुरे चिल्ला गोरा लाहुरे जो भएपनि हामी सबै एकै हो हामीले नेपालमा भित्राउने पैसाले नै ति कर्मचारीले तलब खाने ६०१ जनाले मासिक पिण्ड खाने अनि मन्तिरि र आउरे बाउरे ले पजेरो Prado landcriser लतार्ने येसैलाई भन्छ नहुने पालामा लाखु झ्ल्यालमा
तर Sacho कुरा दोरीलाहुरे जिऊहरु जे छ तपाई हामी पक्का लाहुरे अनि पक्का नेपाली
संसार का सबै भन्दा दुष्ट, स्वार्थी, अपराधी गधा हरु को जम्मा नै त्रिभुवन बिमान स्थल मा कर्मचारी को रुप मा भएको छ. यो मेरै अनुभव र मलाई दिएको दुख को आधार मा भनेको हु.
आफु पनि एउटा डोरी लाहुरे नै परियो , आफुले सधै भोग्ने दुख पिडा को हुबहु बयान देखेर आँखा नै चिसा भए, बोल्ने त सब्द नै रहेन |
डोरी,तोरी अनि छोरी लाउरे सबै को कथा डोरी लाउरे को भन्दा कहाँ कम्ति को छ र त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थल मा?जे होस् तपाई ले लेख लेखेर राम्रो बिर्सिएको कुरो लाई एक पटक घोत्लिएर सोच्ने बनाउनु भो/
कतैबाट सुखको सास फेर्न नदिने भो l
यो लेख लाई त अध्यागमनको भित्तामा टासेर यसको मुनितिर सार्बजनिक कमेन्ट स्थल बनाउन पर्छ अनि रमाइलो हुन्छा…………….
सबैको खल्तीमा पेन हुँदैन।………… “बडो मुस्किलले भरेर लगेको आगमन पत्र अध्यागमनका अफिसरले नपढी टोकरीमा थन्काएको देख्दा मन कटक्क परेर आउँछ। साँच्चिकै के कामको लागि होला त्यो आगमन पत्र? बाहिर ननिस्कन्जेल् सकसक लागिरहन्छ।”
its a reality of our custom service.
प्रदिप जी ले आफ्नु वास्तविक, काल्पनिक जे भए’नि दुखेसो मी…ठो गरेर पोख्नु’भो / म डोरीलाहुरे नभए’नि मैले त्यो अध्यागमन करमचारी हो कि ‘हरामचरी’ बाट धेरै पेलान खा’को छु, गिद्देचरो चढेर स्वदेशमा मुन्टीदा / यिनलाई अब जादा चै तहल्का डट कम कै हथकण्डा लगाउने विचार गर्दैछु, हेरौ के हुन्छ / माइसंसार मा भिडियो सहितको लेख आउछ कुनै दिन, चाडै /
all the best !!!!
हामी सबैको साथ् छ !!!!
ठुलो अनि कामलाग्ने विचार !!!
नेपालका ८० प्रतिसत सबै चोर कर्मचारीहरु रहेका छन् ,त्यसमा पनि हाल कर्मचारी खिले राजाले देश सम्हाली रहेको कर्मचारी तन्त्र मुलुक कसले जनताहरु र बटुवाहरुको सहयोग गर्ने र त्यसैले गर्दा एक पटक जे भए पनि अख्तियारको लोक मान सिंह कार्कीलाई सबैले धन्यवाद दिनु पर्छ किनकि उसले भ्रस्टाचारलाइ न्युनिकरन गर्ने कोसिस चाहि गरिरहेको नै मान्नु पर्छ ,धन्यवाद
यॊ नेपाली कर्मचारीहरुको सानो मानसिकताले गर्दा हो I जति पनि अद्यागमनका कर्मचारी छन् ति सबै नेपाली जनता ले तिरेको tax को पैसाले आफ्नो पेट र परिवार को पेट पालेका छन् I कसैले पनि घमण्ड नगरे हुन्छI Everyone should praise them. They are the bread and butter winner of the family. Every bureaucrats should know the civic rights. This is fact that Nepal is totally rely on foreign remittance and foreign aids and we are proud of you (one of you) Mr Pradip Subedi, Keep the faith!
काठमाडौँले विकास चार भन्ज्यांग काट्न दिँदैन, नत्र अरु दुई अन्तरास्ट्रिय विमानस्थल हुने भए कम्पिटिसन हुन्थ्यो, डोरीलाउरेहरुलाई मात्रै हैन सबैलाई सुबिस्ता हुन्थ्यो ,…. तर तिनै डोरीलाउरेहरु टिआइए को सास्ती सकिना साथ, चार काठमाडौँमा आना खोज्न थाल्छन, पायल छाप नेताका महल धाउन थाल्छन …. अनि त्यहि काठमाडौँको जालमा पर्छन
लेख त ठिकै हो तर हजुर ले गर्नु भएको सब्द (डोरी लाउरे) कस्तो कस्तो लग्यो…… जे भए पनि हजुर लाइ thanks
अति नै दयनिय छ हाम्रो देश को एक मात्र अन्तरास्ट्रिय िमानस्थल . अनि अथिथि आगमन को पैलो द्वार मा मिठो बोल्ने , सूचना दिन सक्ने कर्मचारी रहनु पर्ने हो क्यारे. ल भौतिक संरचना लाई त पैसा चाहिने होला तर कर्मचारी को बेबहार राम्रो हुन लाई नि क कुर्नु पर्ने हो? अनि साच्चै त्यो इम्मिग्रेशन को लाइन मा भिड देख्दा देख्दै पनि बिना सित्ति को गफ्फ गर्न पछि पर्दैनन् . तपाई कुन थरि? घर का? आदि इत्यादि …….अनि trolley लाई नि शुल्क लगाउने गाई-जात्रा पनि देखाउने भएछन ?! ल बधाई छ हाम्लाई
डोरिलाहुरे लाई मात्र हैन हामी तोरीलाहुरे हरु लाई पनि कम्ति सास्ती दिदैनन एरपोर्ट का घुसखोर ले …
यो त यथार्थ हो हजुर, तपाइले हुबहु उतार्नु भएछ, त्यसको लागि धन्यबाद ! त्यहिँ दुखको पैसाको रेमिट्यान्स गनेर सरकार बस्छ, यता भने ती पठाउनेहरु आउदा खेरि केहि सुबिधा छैन, ओर्ले देखि निराशा नै निराशा !
तर डोरी लाउरे दाजुभाइ दिदिबहिनिले आफुले दुख गरि कमाएर ल्याएको पैसा सदुपयोग गरि आफ्नो र परिवारको लागि हुनेगरि आम्दानीमुलक काम गर्नु पर्यो! आए पछि आफुले गरेको दुख बिर्सेर गाउघरमा लाउरे पन देखाउन थालेको, र फेरि पनि श्रीमती बाल बच्चा लाइ छोडि अर्को मुलुकमा जान तरखर गरेको खबर पनि त्यति नै सुनिञ्छन, त्यसो नगरौं है साथी हो! खाडीको जति दुख गरे त त्यति पैसा आफ्नै देशमा पनि कमाइञ्छ हो!
नेपाल को एरपोर्ट त सारै टिठ लाग्दो छ अनि कर्मचारी सारै रिस उठ्दो !
– होइन सबै असभ्य, सिस्टचार नभाको लाई मात्र जागिर दिन्छ कि के हो ?
नेता पशु भइ हाले, हामी जनता स्वार्थी भइ हालेउ !!!
डोरी लाहुरे हरुले त लगेज डोरीले बाधेर फ़ुस्काउन नसक्ने बनाएका हुन्छन यताबाट जाने तोरी लाहुने हरुले त लगेज बाधेका हुदैनन् कति सामान एअरपोर्टबाटै गायब हुन्छ अस्ति मेरो दाइ नेपाल जादा लगेज तोडेर ३ ओटा I-POD चोरिएछ, अझै बिदेशीहरुको सामान कति चोरी होला यस्ता घटनाहरुले देशको कति बद्नाम भैरहेको छ |
के यो साचो हो , ####डोरी लाहुरे हरुले त लगेज डोरीले बाधेर फ़ुस्काउन नसक्ने बनाएका हुन्छन ####
तेसो भए येही सम्बन्धि कुनै ##कथित् -डोरी-लाहुर बाट ###जानकारीमुलक फोटो सहित को ब्लग देख्न पाए हुन्थ्यो ,
बिस्तारै डोरी किनेर व्यवस्था गर्दै गर्नु पर्यो !!!!
हो साँची भन्या !!!!
डोरीले कस्दै जाली जस्तो बनाएर कहिले फुस्काउन नपर्ने हो कि जस्तो मजाले बाधेर लगेज गरिएको हुन्छ कार्टुन पेग होस् यार अन्य झोलालाइ
ए!!!बल्ल कुरो CLEAR भो , गज़ब को कामलाग्ने आइडिया तर पनि अब चोरहरु न हुन् अद्ध्यगमन हरु डोरी काटेर समान निकाल्न के बेर
लगेज कसरी बाध्नुपर्छ नेपालको एअरपोर्ट मा देख्न सक्नुहुन्छ Suzee ,जी आफ्नो थैलीको मुख बन्द गर्ने एउटा मात्र तरिका त्यहिनै हो।
यात्रा नगरेको दशक भो , तेसैले सोधिटोपल्या!!!!!!!!
रंजन जी,
३-३ ओटा आइप्याड लगेजमा राख्ने तपाइको दाइ महान तोरीलाहुरे हुनुहुदोरहेछ / बोस्टन एरपोर्टमा ओर्लिन लाग्या भए त ठिकै हो, कहाँको राजाराम कहाँको ……
त्यही भनेर त चित्त बुझाए दाइले| यसमा हाम्रो देशको एयरपोर्टका कर्मचारीको कुनै दोष छैन|
३-३ वोटा ipod ह्यान्डक्यारीमा नराखेर लगेजमा राख्ने तपाइको दाई निसन्धे “डोरी-लाउरे” सिरोमनि हुनुदोरहेछ, वहालाइ अभिनन्दन गरियोस ….
This article is based on reality. Thank you very much for the writer.
संसारभरि सुरक्षित महसुस हुने आफ्नै देश मा चै नहुने धन्न हामी नेपाली को भाग्य.