Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः गाडी नं २९५५

Posted on January 4, 2014January 4, 2014 by mysansar

– पन्त ‘आकाश’-

saturday-fictionमोवाइलमा बिबिसी नेपाली सेवाबाट प्रसारित नेपालको राजनैतिक परिवेशको बारेमा छलफल कार्यक्रम सुनिरहेकै अवस्थामा मोवाइलको कलिङ आवाज आयो।
दिनभरको हिंडाइबाट थाकेको तन र देशको अवस्थाका बारेमा तरङ्गीत मनका बीच गरुङ्गो मन लिएर कानको एयर फोनबाट नै फोन उठाए।
हेलो?
प्रत्तिउत्तरमा परिचित/अपरिचित आवाज आयो
के छ यार सन्चै?
मेरो उत्तरको प्रतिक्षा नै नगरी पुनः आवाज आयो
के छ आउन मिल्छ? म त बसपार्कमा छु यार?
अ सन्चै छु को प्रतिउत्तर दिदै मन मस्तिष्कलाई एकाग्र पारेर कलर को हो स्मरण गर्न थालेँ।
चिनिएन कि क्या हो? म गणेश यार।

नामको परिचय संगै मेरो आवाज एक्कासी निक्लियो
ओ यार ह्वाट् अ सरप्राइज! अनि कहिले हो जोडा?
बाल्यकालमा धेरै परिचित रहेको त्यो शक्द धेरै बसन्तपछि मेरो मुखबाट निस्किएको थियो। मेरो वाक्य टुङ्गिन नपाउदै उसले आजै आएको कुरा सुनायो। नेपाल बन्द भएको र बन्द आयोजकले पर्यटक बाहन चल्न दिने गरेको निर्णयको आधारमा होटल व्यवशायीले एअरपोर्टंबाट कैदी जस्तै गरी लछार पछार गर्दै मुस्किलका साथ भेडा बाख्रा कोचे जस्तै गरी माइक्रोबसमा २०/२५ सवार गराइ नेपालको पर्यटक नगरी ठमेलमा लगेर छाडेका रहेछन्। नेपाली भएका कारण पर्यटकीय नगरी ठमेलका होटलसंग सामिप्यता गास्न नसकेर बसपार्क तिर लगेज घिर्सादै पुगेका रहेछन्। बाल्यकालको सहपाठी अभिन्न मित्र गणेश संग टेलिफोनको छोटो संवाद संगै आज लामो हिडाइका कारण थाकेको हुनाले भोलि सवैरै भेट्ने कुरा तय गरी गरुङ्गो मन लिएर फोनबाट म डिस्कनेट भए।

फोन संवाद संगै बिबिसीको नेपाली कार्यक्रम सकिसकेको थियो। मेरा मन मस्तिष्क भित्र बाल्यकाल तथा यूवा अवस्थामा ऊ संग हिडेको, खेलेको, पढेको तथा यावत् गतिविधिका चित्रण सिनेमाको रिल जसरी नै घुम्न थाल्यो। हो, ऊ मेरो बाल्यकाल देखि यूवा अवस्था सम्मको अभिन्न मित्र थियो। हामी केवल आआफ्नै घर खाना खाने समयमा मात्र छुट्टिने गथ्यौ। पढ्दा,खेल्दा,घुम्दा जता जांदा पनि हामी साथ साथै हुन्थ्यौ। हाइस्कुलको अध्ययन समाप्ति पछि पनि उच्च शिक्षा अध्ययन लिन हामी दुवै राजधानी छिरेका थियौ।

आइ.ए उर्तिण पछि बी.ए अध्ययनमा भने विषयगत रोजाइको कारण हामी छुट्टाछुट्टै कलेजमा अध्ययन गरेका थियौ तापनि बसाइ एकै ठांउमा भएकाले हामीवीचको सामिप्यतामा खासै असर परेको थिएन। वी.ए अध्ययनकै क्रममा उसले रोजगारीको शुरु स्थानीय स्तर आफ्नै गांउघरमा शिक्षण पेशाबाट गरेको थियो भने मैले अध्ययनलाइ अगाडि बढाउदै लगेको थिए। समय कालक्रम संगै हाम्रो जिन्दगी वितिरहेको थियो। समयको गतिसंगै हामीले आफ्नो परम्परा रितिरिवाज अनुसार जीवन संगिनीको हात थामि सकेका थियौ। त्यस वेला सम्म ऊ स्थानिय ग्रामिण स्तरमा शिक्षक थियो भने म नेपालको कुनै सार्वजनिक संस्थानमा नोकरी गर्थे। दुवै साथीले नयां जीवन साथि प्राप्त गरेर पनि हामी एक अर्काको सुखः, दुःख तथा मनका बह पोख्ने कुरामा अलग हुन सकेनौ।

विवहाको केही वर्ष पछि व्यवहाररुपी साङ्गलोको कारण हामी चाहेर पनि एक अर्काको पुरक रहन सकेनौ। त्यसपछिका दिनहरुमा हामी आ आफ्नै बाटामा हिड्दै आइ रहेकाछौ। म नोकरीको हुरी संगै कहिले हिमाल, त कहिले पहाड, अनि कहिले तराइ गर्दै जागिरे जीवन जिइरहेछु। ऊ समयको गति संगै परिवर्तित राजनितिक अवस्था बढ्दो महङ्गी,थपिदो पारिवारिक जिम्मेवारीका कारण शिक्षण पेशामा मात्र अडिक रहन सकेन र ४ वर्ष अगाडि खाडी मुलुक अरवतिर लागेको थियो। अतितका स्मरण संगै ४ वर्ष पछि बाल्यकाल देखीको मित्रलाई भोली भेट्ने कल्पनामा रमाउदै त्यो दिन निद्रादेवीको शरणमा लिन भएको थिए।

विहानको चिसो हावा संगै मेरा निन्द्रा खुले हतार हतार गरी लामो समय सम्म भेट नभएको मित्रलाई भेट्न म बसपार्क तिर लागे। विहानको चिसो हावासगै स्फुर्त हुदै बसपार्कबाट मोवाइलमा सम्पर्क गरे। लामो घन्टीको प्रतिक्षापछि फोन उठ्यो तर आवाज परिचित थिएन साथै कोही महिलाबृन्दको थियो। मलाइ लाग्यो मैले गलत नम्बर डायल गरेछु। हत्तपत्त फोन डिस्कनेट गरी नंम्बर एकिन गरे। नम्बर हिजो गणेशले गरेकै मोवाइलको थियो। संयम हुंदै पुनः डायल गरे यस पल्ट मित्रले फोन उठाए। म बसपार्क आएको जानकारी गराए। उसले अलि लर्वराएको आवाजमा आफू लुम्विनी गेष्टहाउसमा रहेको कुरा बतायो। म उभिएकै स्थानबाट देखिन लुम्विनी गेष्ट हाउसमा छिरे र रिसेप्शनमा साथीको रुम नं बारे प्रश्न तेर्साए।

रिसेप्शनबाट मैले सोधेको गेष्ट उसकोमा नभएको र लुम्विनी नामका करीव २० वटा गेष्ट हाउस भएकोले लोकेशन विना सोधेर पत्ता लगाउन मुस्किल पर्ने व्यहोरा जानकारी गरायो। मैले पुन लोकेशनको लागि मित्रलाइ फोन गरे उसले आफू बसेको एरियाको स्पस्ट लोकेसन दिन सकेन र पुन उही वाक्य दोहोरायो लुम्विनी गेष्ट हाउस क्या यार ,यसपल्ट उसले थप अर्को नजिकको छिमेकी होटलको नाम समेत उल्लेख ग–यो र आफू र आफ्नो साथी झयालबाट हेरि रहको कुरा सुनायो । तर विडम्बना नै भन्नु मैले उनीहरु बसेको गेष्टहाउस पत्ता लगाउन सकिन र कार्यालय जाने समय नजिकिएकोले सा‘झ भेट्ने कल्पना गर्दै म आफ्नो बासस्थान तिर लागे। घर नजिकै पुगे पछि मित्रको फोन आयो अरे यार कता हराको? मैले त पत्ता लगाउनै सकिन यार अफिस जान ढिलाहुनाले घर फर्के मैले जवाफ फर्काए। साथ साथै प्रतिप्रश्न गरे ए यार अघि आफ्नो मोवाइल रिसिप गर्ने महिला को हो? ओ! लामो हा‘सो संगै भेटमा कुरा गरौला यार भनि बाक्य टुग्यायो। म झन् शसंकित भए आखिर त्यो कुन महिला साथी हो? र उसको साथमा कसरी आइ पुगिन्? प्रश्न मनभित्र दोधार बनाउदै सा‘झ भेट्ने प्रतिक्षा अफिस तिर लागे।

घडीको सुइले तीन बजेको संकेत गर्ने तरखरमा थियो म कार्यालयबाट बाहिरिने धुनमा थिए नियमित बन्दले गर्दा कार्यालयबाट तीनबजेतिर बाहिरिने दैनिकी नै बनेको थियो त्यसैमा मोवाइलको किरिरिर आवाज आयो, हेलो भन्न नपाउदै उसले भन्यो ल यार म बसपार्कको दुरसंचार कार्यालय अगाडि छु ,सिधै यतै आउनु है। मेरो सर्मथता असर्मथता प्रतिउत्तर दिन नपाउदै उसले फोन काट्यो। उसको निम्ताले म मा भेट गर्ने व्यग्रता झन् बढ्न थाल्यो। अझ विहानको त्यो अपरिचित स्वर कसको होला? झन् कौतुहलता बढ्न थाल्यो। हतारमै गरि घर तर्फको पाइला लामो पारे। घर तर्फ पुग्ने वित्तिकै मित्रको बोलावटका बारेमा जानकारी दिइ लागे म बसपार्क तिर।

घडीमा ठीक ५ बजेको थियो। म बसपार्क छेउमै रहेको दुरसंचार कार्यालयको गेट अगाडि पुगे। पल भरको प्रतिक्षापछि नै मित्र मलाइ लिन आयो। चार वर्ष पछि भएको हाम्रो त्यो भेट खिस्स हास्दै हात मिलायौ। धेरै खुल्न चाहाना हुदा हुदै पनि हामी सामान्य सोधनीमै रमाएका थियौ भनौ रोदी घरमा दुइ रात दुइ दिन नसुक्ने हाम्रा कण्ठहरु त्यो दिन खुल्न सकेका थिएनन्। सामान्य भेटको औपचारिकता पछि ऊ अघि लाग्यो म साथ दिन थाले, हामी बसपार्कको एक गल्ली हुदै पुग्यौ होटल लुम्विनीमा।

होटलको सिडी चढदै गर्दा नै उसले खाजा नास्ताको लागि रिसेप्सनमा अर्डर ग्यो। हामी कोठा भित्र छि्ययौ। कोठामा पस्नासाथ सगैको पलङमा महिला वस्त्रहरु यत्र तत्र छरिएका देखिन्थे। म मनमनै प्रश्न गर्न थाले हैन आखिर यो महिला बस्त्र कसको होला? कतै मित्रले दोस्रो विहे त गरेनन् यदि उसको श्रमति आएको भए त मैले फोन गर्दा आवाज चिन्नु पर्ने हो? यस्तै अनुक्तरीत प्रश्नहर खेलाउदै पलङमा बसे। ऊ बाथ रुमबाट बाहिर आयो। मन भित्र विहानै देखि अल्भि्कएको प्रश्न नसोधि धैर्य गर्नै सकिन र एकै साथ धेरै प्रश्न तेर्स्याए। हैन ओ जोडा चालमाल त ठीक देखिदैन नी? यी लुगाफाटा कसका हुन? अनि विहान फोन रिसिप गर्ने महिला मित्र को हुन्? साथी खिस्स हा‘स्यो र भन्यो ल खाजा खान शुरु गरौ त्यति वेलासम्म होटलवालाले खाजाको परिकार माथि ल्याइदिइ सकेको थियो। अरे यार सन्जोक खै का‘हा बाट शुरु गरौ यार भन्दै लजालु पाराले हा‘स्न थाल्यो। विस्तारै खाजा सगै ल्याएको मदीराको सिल तोड्दै गिलासमा भरी ल चियर्स गरौ त्यसपछि सबै खोलौला। मनको उत्सुकताको व्यग्रतालाई झन्गाढा बनाइ प्रतिक्षारत हुन बाध्य बनायो।

धेरै वर्षपछि संगै खाजा खा‘दाको अनुभव संगै उसले कुरा निकाल्यो। गत रात एयर अरेवियाको उडानबाट नेपाल आएको र करीव १० घण्टाको समय सारजहामा ट्रान्जिटमा परेको कुरा सुनायो। साथै सोही ट्रान्जिटमा २ बटा नेपाली चेली भेट भएको जानकारी गरायो। मेरो कौतुहता झन् उत्सुक हुन थाल्यो। वीचैमा प्रश्न गरे,खोइ त ती चेलीहरु? ऊ खिस्स हा‘स्यो र मदीराको एक घुन्को पिउदै भन्न थाल्यो अरे यार एउटी म संगै छ अहिले बाहिर गएकीछ अर्की हिजो यही थिइ, आज भाउजूकोमा गएकीछ। अनि को? का‘हा को रहेछन् त यी नानीहरु अनि यसरी एउटै रुममा बस्न सजिलै माने त? अवोधपन देखाउदै मैले प्रश्न तेर्स्ााए। ओ यार यी मैयाहरु घरेलु कामदारका रुपम कुवेतमा रहेछन्। एउटी ४ वर्ष पछि र अर्की ३ वर्ष पछि स्वदेश फर्केका रहेछन्। सारजहाको ट्रान्जिटमा भेट भयो अनि चिनजान त्यसपछि हामी स‘गै ………।

ऊ पुन खिस्स हा‘स्यो, लाग्थ्यो उसको हा‘सो भित्र धेरै कुरा लुकेको छ। हामी खाजाको साथम मदीराको चुस्की सगै आनन्द लिइरहेका थियौ। अचानक ढोकामा ढक् ढक् आवाज आयो। मित्रले कम इन भने। लजालु पारामा दुई जवान सुन्दर युवती प्रवेश गरे। साथीले विहान फोन गर्ने मेरो मित्र उही हो भनी परिचय गराए। उनीहरु लजालु हा‘सो सगै नेपालीको अभिबादन नमस्कार गरे। मैले प्रत्ति क्रियामा नमस्कार भने। मदीराको नशा चढ्नै लागेको समयमा म केही शान्त भइ गहिरो दृष्टि ती महिला मित्रमा लगाए। भर्खर बैशालु बसन्तमा टेकेका ती युवतीहरु २२ /२४ बसन्तका जस्ता देखिन्थे। कोठै मगमगाउने गरी छर्किएको सेन्टले ती महिला नजिक आउदा कुनै विदेशी साथमा रहेको भान हुन्थ्यो। पलभरको परिचय पछि उनीहरु पनि हामीसगै खाजा खान बसे। रिसेप्सनमा खवर गरी खानपान तथा मदीरा पुन माग्ने काम भयो। सेतो गिलासमा कालो मदीरा राख्दै एउटीले नया‘ दाइ स‘ग पहिलो भेटको स्वागत छ भन्दै चियर्स गरी गिलास ठोक्काउदै सगैको टेवलमा आएर बसी। म केही लजालु पाराले खान पानमा मात्र साथ दिइरहेको थिएँ। यत्ति कै मा मित्रले एउटी युवतीलाई काखमा राखी खाजा खुवाउन थाल्यो र हा‘स्दै भन्न थाल्यो हिजो क्या वोर भो भने आफू नआएर उसको इसारा मतिर थियो। यहा उनीहरु दुइ जना ……।

धेरै वर्ष पछिको वाल्यकालको अभिन्न भित्रलाई भेट्ने कौतुहलता साथ मेट्न गएको म त्य‘हाको अर्कौ परिवेशमा मेरो प्रतिक्रिया के हुने दोधारमा परें अनि गम्भीर मुद्रमा सोच्न थालें………..।

नेपाली चेलीहरुमा आएको परिवर्तन, वैदेशिक रोजगार, अनि वर्तमान परिवेश आदि इत्यादि। मित्रका बारेमा पनि सोचें वडो संघर्षका साथ आफै लभ म्यारिज गरेर जीवनको नया‘ गोरेटो शुरु गरेको थियो उसले। बयस्य नारीहरुका वीच पनि मेरो राग पूर्ण प्रतिक्रिया नआएको देखेर उसले मेरा युवा अवस्थाका ती चन्चले अतितहरु कोट्याउदै ती युवतीहरुलाई रोमान्चित पार्न थाल्यो। हैन आज किन गौतम बुद्ध? छोडौं यार सारा टेन्सनहरु, आफू त परदेशी मान्छे घरका मान्छे पैसा पठाभन्दा अरु कुरै गर्दैनन्। के यार हाम्रो आफ्नो जिन्दगी छैन? हाम्रा निजी आवश्यता हुदैनन्। लाग्थ्यो उसको वैदेशिक यात्रामा ऊ नितान्त एक्लो थियो। अनि आफुले भोगेका मानसिक पीडाहरुलाई सुरा र सुन्दरीका वीच समन्वय गरी आनन्दित हुन चाहन्थ्यो। ऊ समय सगै परिवर्तित भएको मैले स्पष्ट आभाष पाइसकेको थिए‘। हो त है जिन्दगी, जवानी त एक पल त हो नि है, म मन मनै सोच्न थालंे।

खाजा–नास्ताको क्रम तिव्र गतिमा चलिरहेको थियो। थाहै नपाइ हामीले एक फुल मदिरा पान गरिसकेका थियौ। शरिरमा नया‘ जोश बढेको थियो। उनी मेरो सामिप्यमा थिइन्। मित्र अर्की संगै लडिरहेको थियो। शरिरका संवेदनशील ज्ञानिन्द्रीयहरुमा विस्तारै कम्पनको आभाष हुन थाल्यो। चढ्दो नशा एवं आकस्मिक घटना परिघटना संग म विस्तारै तरङ्गित हुदै गइरहेको थिए‘। भारी मन संगं सर्घष गदै मेरा तनमनहरु सलवलाउन आतुर थिए तैपनि साउनको भेलालाई रोक्ने खोजे जस्ते गरी मतिष्कको कुनै कुनामा रहेको सुस्म चेतनाले अगाडि बढ्न मलाई रोकिरहेको थियो।

हैन दाइ अलि रमाइलो कुरा झिक्नुहोस् न। हामी उता त का‘हा यसरी रमाइलो गरी आफन्त संग बस्न पाउ‘छौ? दिन रात डिउटी गर्नु प–यो डिउटी पछि पनि अनिच्छित काम। त्यस्तै चलेको छ जिन्दगी। भो छाडौ ती कुराहरु जे चलेको छ, राम्रै चलेको छ। आखिर यह‘ाको पो के छ र? विवश विदेशको बसाईका बारेमा प्रश्न अनि उत्तर, उनी आफैले एकैचोटी दिइन्। उनको त्यो कटुसत्य विवशतामा मैलो आफ्नो देश, स्वाभिमानलाई सम्झें….। श्ारिरमा नशा चढ्दै गएको थियो। धेरै समयपछि लर्वराएको स्वर स‘गै मैले वाक्य खोलें भो छोडौं ती कुराहरु। जिन्दगी भनेको त आ–आफ्नो जीउने तरीका हो, आफू खुशी त जगतै खुशी। वाक्य टुङ्गाउन नपाउदै मैले उनलाई अगाल्न पुगें। उनी शायद त्यही प्रतिक्षामा थिइन्, समुद्री किनारको चिसो हावामा विचरण गर्ने जीवजस्तै आनन्दीत भइन्। मेरा हातहरु क्रमश उनको संवेदनशील अंग प्रत्यागंमा स्पर्स हुन पुग्यो। उनमा पनि उन्माक्त छालहरु नदीको प्रवाह भन्दा तिब्र गतिमा छल्किन थाल्यो। बीचैमा धेरै पछि मित्रले व्यङ्ग गर्दै लरबराएको स्वरमा भन्न थाल्यो– ल अब भने मेरो मित्रलाई पनि नशा चढेछ। उतापट्टीका दुवै जोडी हास्न थाले। उनी रातो भइन्। म नसुनेको झै गरी लीन भए‘।

पलङ नजिक राखिएको बेड टेवलमा किरिर्र फोनको घण्टी आयो, मित्रले फोन उठाए, खाना खान रिसेप्सनबाट बोलाबट थियो। लर्बराएका खुट्टा, रागित तन र मनलाई विस्तारै छुट्टयाउदै खाना खान कोठाबाट तल झ–यौं। करीव ३ घण्टाको बसाइ पछि नै हाम्रो सामीप्यता बर्षाै देखिको झै बढ्यो। उनी मेरो हात समाउदै सगै खाना खान बसिन्। खाजा नास्ताबाट नै पेट भरिसकेको ले खाना खाने कुरा केवल औपचारिकतामा मात्र सीमित गरी हामी पुनः माथि उक्लियांै, रिर्जभ कोठातिर।
रुम एउटै मात्र बुक थियो। नेपाल बन्द भएकोले बाहिरबाट आउने गेष्टहरु काठमाण्डौं बाहिर जान पाएका थिएनन् त्यस कारण होटलका अन्य कोठामा पनि गेष्टहरु खचाखच थिए। रुम भित्र दुई पलङहरु सजाइएका थिए। अमुर्त बत्तीहरु ह्ाम्रा साक्षी थिए। मन्द ध्वनीमा टेलिभिजन आफ्नै गतिमा प्रशारित थियो। रुमभित्र छिर्नासाथ म बाथरुमभित्र छिरें। निस्कदा बत्ती निभिसकेको थियो। भने साइटको डिम लाइटबाट मधुर प्रकाश छरिरहेको थियो। साथैको वेडमा मित्र र उनकी संगीनी एउटै ओड्नी भित्र लु्ट्पुटीई सकेका थिए भने अर्को वेडमा ती युवती लम्पसार थिइन्। नशाको धोेद्रो श्वरमा उनले भनिन् , दाइ अव सुत्ने हैन्?

उनको व्यग्रतामा पल भर विलम्ब नगरी पलङमा पल्टिए‘। मत्ताहात्ती जस्तै उन्मत्त युवतीको कब्जामा म पसिसकेको थिए। रतिरागका पूर्व कर्महरुमा हतार हतार समाहित हुदै गए‘। हिमाल जस्ता गगन चुम्मी उनको वक्षस्थलमा म लाडिन थाले। शरिरमा अनौठो रोमान्चकता पैदा भएको थियो। नजिकैको पलङमा अर्को जोडी रतिराग क्रिडामा धेरै पहिलेदेखि नै सक्रिय भइसकेको सहजै अनुमान लगाउन सकिन्थ्यो। रतिरागका पूर्व अभ्यासबाट हामी निकै तातिसकेका थियौ। शरिरका सवै ज्ञानिन्द्रीयहरु स्वस्फूर्त रुपमा जागरुक भइ सकेका थिए। भदौरे घामको प्रकाशबाट तापमान भएको शरिर जस्तै शरिरको ताप बढेको थियो। मन, मुटु मतिष्कको गति गहिरो अनुच्छेदनमा कहिले पुग्ने आतुर थियो। त्यतिवेला रातको करीव ११ बजेको आभाष हुन्थ्यो। कोठाको झयालको खिड्कीबाट होटल नजिकको सडक गल्लीमा केवल कुकुर भुकेको आवाज बाहेक अन्य ध्वनी शून्य थियो। बेला बेलामा एकआध मोटरसाइकल हुइकिएको आवाज सुन्न सकिन्थ्यो। शायद रात्री मजदुर डिउटी पश्चात बासस्थानतिर व्यग्रताका साथ लागेका होलान् भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो। म, उनी राग क्रिडामा नै लिप्त थियांै। अनायस सिरानी नजिको वेड टेवलमाथि राखिएको मेरो पाइन्ट भित्रको मोवाइल को घण्टी बज्न थाल्यो। किरिर किरिर…….।

रागक्रिडामा अवरोध भएको महसुश गरें र कलर को हो वास्तै नगरी पाइन्टको वाहिरी भागबाटै फोन डिस्कनेट गरे। फोन आउने क्रम रोकिएन, पुनः मोवाइलको घण्टी बज्यो, किरिर किरिर…….। को हुन सक्छ? यसवेला फोन गर्ने? रिसको आवेगलाई मस्तिष्कमा कैद गर्दै हेलो भने। प्रतिउत्तरमा एक अवोध शिशुको आवाज आयो बाबा का‘हा हुनुहुन्छ? आज घर आउनु हुन्न? म झसंग भए‘,फोन मेरो प्यारी छोरी सुमनको थियो जसलाई म असाध्यै माया गर्छु। हरेक रात खानापछि मैले उसलाई बालकथा सुनाएर सुताउने गर्थे। आज शायद त्यही बालकथा सुन्न नपाएर ऊ यतिका बेर सम्म पनि सुतेकी छैन् क्यारे, म मनमनै सोच्च थालें। रागित तनबाट म एक्कासी छङ्ग भए‘। ताप र रापका वीचका पसिना सुक्न थाल्यो। कोठाभित्र आफूलाई कैदी जस्तो महशुस गर्न थालें। कोठा बेस्सरी घुमेको जस्तो भान हुन थाल्यो। छोरीको प्रश्नमा म मौन थिए‘, उसले फेरि सोधी, बाबा का‘हा हुनुहुन्छ, आज आउनु हुन्न? मोवाइलमा सानो अर्को परिचित स्वर आयो। सुत न नानी, बाबा आज साथीलाई भेट्न जानुभएको छ क्या, भोलि आउनु हुन्छ? पर्दैन, राति राति बोलाउन, दिन दुनिया‘ ठीक छैनन् क्या, मेरो सुरक्षाका विषयमा उसले भनेका संवाद शायद अवोध बालिकाले बुझिन होला र फेरि प्रश्न तेस्याई ममी, दिन दुनिया‘ भनेको के हो? सुत् अव खुरुक्क रोष प्रकट गर्दै ममीले हकार्दै भनिन्। सुत नानु म भोलि विहानै आउछु अहिले बाबा टाडा छ क्या भोलि आउदा म छोरीलाई मीठो चकेलट लिएर आउछु है, मैले धेरै बेर पछि प्रत्तिउत्तर फर्काए। ममीले फोन तान्दै अव सुत् भनी फोन डिस्कनेट गरीन् । उनी मेरो जीवन संगिनी थिइन्।

अबोध बालिका संगको संम्बाद अनि एक्काइसांै शताब्दीको खुला संसारमा पनि श्रीमान्प्रतिको निष्ठा, विश्वास नेपाली भित्र एक नेपाली नारी अनि अर्को तर्फ अर्को तर्फ वैदेशिक गमन विवशता अनि पेशा , आजको भेट नारी सांेच …..। निष्कर्ष, ममा एक्कासी परिवर्तन आयो। रतिरागका आवेगहरु प्रचण्ड तापका कारण ओइलाएको गुलाव झै भए। एकाएक तन मन शिथिल हुन थाल्यो। म सुरा–सुन्दीको वीचमा पनि राग रहित हुन पुगंे। शरिरमा संवेगका कुनै संकेत बा‘कि रहेनन्। आफूलाई जिउ‘दो लास जस्तो संवेगहीन पाए‘। संगी नशा र रागको कामनामा प्यासी मन तृप्त गराउने अभिप्रायले नजीक खिचिन थालिन्। मलाई भने कसैले मृत शरिरमा डोरीको पासोले तान्न लागेको भान हुन थाल्यो। पटक पटकको प्रयासपछि पनि उसका राग क्रिडामा मेरो साथ जिउ‘दो लाससरि शून्य भयो। नशालु सुरमा उसले मधुर आवाज निकाल्दै बोली, हैन के भयो तपाइलाई? म मौन बसंे। जवाफमा पो के दिन सक्थे र! उसले एकोहोरो पाराले समायोजन हुन सक्ने हरेक रत्तिरागका कर्महरु गर्न थालिन् तर म मुर्दा जस्तै संवेग विहिन रहें। पटक पटकको प्रयासका बाबजुद् पनि कल्पित आन्ान्दका ज्वारभाटाहरुसंग्ा छलमललाउन नपाउदा सिरकको सा‘ध तयार राखी विपरीत दिशा तर्फ कोल्टो परिन् उनी। नशाको तालले होला पल्टेको पल समयमा नै उनी निद्रादेवीको शरणमा परिन्। रातको शून्य समय कोठाको भित्ते घडीको टिक्टिक् आवाज भन्दा अन्य कुनै आवाज थिएनन्। म एकोहोरो मलिन प्रकाशमा सेतो सिलिङलाई रातो, पहेलो देख्दै टोलाइ रहें……….।

आकष्मिक घटना, परिघटना बीच मलाई निन्द्र लागेन। दैनिक करीव ८ किलोमिटर अफिसको यात्रा गर्दा हिजो अस्ति खाना खान नपाउदै गृहणीका अतृप्त इच्छाहरुलाई पुरुषको कफनले बेर्दै इच्छा हुनासाथ म सुतिहाल्थे। थकित तनको विश्रामका वीचमा निन्द्रा चेतन भए हिम्स्रक जंगली पशुले धेरै दिनको शिकार प्राप्त पश्चात चुडाचुड गरे जस्तै स्वप्नीम संगीनीमा विना सोधपुध होम्मिन्थंे। इच्छित अनिच्छित बीच मध्ये निन्द्रमा भएपनि सहजै स्वीकृतिका बीच म लिन हुन्थें। तर आज खै सारा मिष्ठान्न भोजन स्वीट ट्रेमा सजाइ राखे जस्तै स्व अधिकारमा प्राप्ति छ। तर न निन्द्रा छ न प्यास खै के छ मतिष्कमा सोंच सोंचमा नै छ ……….।

बत्तिको धुमिल प्रकाश संगै कहिले रातो प्रकाश त कहिले नीलो प्रकाशको भान संगै त्यो लामो अनि कहाली लाग्दो रात बिताउने प्रतिक्षामा थिए‘। सुनौलो बिहानको प्रतिक्षामा म जल्दै गए‘। ओग्राएको गोही भ्रमित परेर बगरमा पल्टे जसरी म सिलिङको एकोहोरो हेराइमा रात काट्न थालंे। अचानक मेरो गालामा कसैले चड्कायो। म झसंग भए‘। जुरुक्क उठं,े हेरंे यताउती तर म भ्रमित भएछु कसैले गालामा नियतवश चड्काएको नभइ सगै सुतेकी संगीले निन्द्रको तालमा कोल्टो फेर्दा उनको हात मेरो गालाम बजि्रएको रहेछ। नजिकैबाट पुनः उनलाई निहाले उनी मस्त निन्द्रमा थिइन्। रातको पारदर्शी पहिरन, त्यसमाथि पनि नशाको स्वपादन एवं वैदेशिक गमनबाट फर्केकी युवती उनको सुताइमा नारीका अमुक सम्पूर्ण यन्त्रहरु श्ायद त्यति नजिकबाट मैले मेरो जीवन संगिनीको पनि निहाल्ने अवसर विरलै पाएको थिए‘। त्यो पारदर्शी तनको दृश्य मतिष्कमा कैद नभएपछि म पनि कोल्टो फर्के ….।

विहानको चिसो हावासंगै मेरो आ‘खाहरु म संग लजाउन थालेका थिए। होटलको तल अन्य कोठाका मानिसहरु बाथरुम जाने आउने आवाज आउन थाल्यो। होटल साहुनी कामदार केटाहरुलाई उज्यालो भएकाले छिटो उठी नास्ता तयार गर्न अर्डर गर्दै थिइन्। रातको करीव १२ वजेसम्म गतिशिल होटल र त्यसमा कार्यरत ती मजदुर केटाहरुको विहान ५ बजे नै उठ्नु पर्ने शायद नियमित डिउटी नै थियो। होटल साहुनीको आज्ञालाई तत्काल पालना नगरेको भन्दै साहुनी चिच्याई, हैन किन नउठेका यी मोराहरु? आजबाट नेपाल बन्द खुल्यो। अव नया‘ गेष्ट खोज्नु पर्छ, सबै कोठाहरु सफा गर्नु पर्छ काम कति छ कति। उनी आफ्नै मनोगत प्रश्न तेर्स्याउदै फतफताएकी थिइन्। तर उनको फतफताइबाट मैले नया‘ कुरा सुनंे बन्द खुल्यो रे। आयोजकले आमहड्ताल फिर्ता लिए रे। विश्वस अविश्वासको घेरालाई पार गर्दै लाग्यो कतैबाट सुनेर त बोलेकी होलिन नि साहुनीले। ए अव बन्द खुल्यो है, हप्तौंदेखि परिवारजनको भेटमा व्यग्र प्रतिक्षामा रहेका हजारौं यात्रीहरु अव आ–आफ्नो बाटो तताउने भए। यी मेरा सहमित्रहरु अव आआफ्नो घरतिर जाने होलान् म मनमनै सोच्न थालें।
सवा पांच बजेको सेरोफेरोमा होटलको भित्रबाट तल झरें। रातभरको अनिदो अनुहारलाई विहानको चिसो हावामा सेकाए‘। शरिर केही स्फुर्त भएको आभाष भयो। करीव १ किलोमिटर मनिङ वाक गरी फर्कें होटलतिर। म पुग्दा सहपाठीहरु पनि उठेर फ्रेस भइसकेका रहेछन्। मैले बन्द फिर्ता भएको खवर सुनाए‘ तर खै कसैको अनुहारमा कुनै उत्साह देखिएन। मेरी संगीलाई मैले सिधा नजरबाट हेर्न सकेको थिइन तापनि नजर घुमाउदै हेरंे। उनको मृग नयन घायल बघिनीको जस्तो मुखाकृत थियो। नमीठो पाराले बोलिन् उनले, बन्द खुले पो के? नखुलेर पो के? खाना बस्न पाएका थियौ क्यारे । मित्र र उसकी खिस्स हांसे। म नाजवाफ भए‘। वेटरले चिया ल्यायो, तातो चिया लिन म आतुर थिए‘, तर उनीहरुमा कुनै आतुरता देखिएन। मित्र र उसको संगी बन्द खुला संगै छुट्टीनु पर्ने विवशतामा झोक्राएको जस्तो लाग्थ्यो भने मेरी संगी रातको घटनाबाट शायद आहत थिइन्। म थिए‘ बीचमा। ममा कुनै लेन देन थिएन। केवल समय र परिस्थितिको दास थिए‘। छिट्टो उनीहरु संग बिदा लिइ घर फर्कने एक मात्र उद्देश्य थियो मेरो। तर मानवीय संम्वन्ध विवशता र औपचारिकता बीच म हतारै गरी हिडीहाल्न पनि सक्दैनथंे किनकि म बाल्यकालदेखि युवा अवस्थासम्मको मेरो अभिन्न मित्रको आथित्यका लागि त्य‘हा गएको थिए‘।

बन्द फिर्ता लिएको खवर संगै हप्तौदेखि आफन्त परिवारजनसंगको मिलनलाई अ‘ाखामा राखीे प्रतिक्षारत सयौं यात्रुहरु आसपासका होटलबाट खैलाबैला गर्दै बाहिर निस्कन थालेका थिए। त्यसैबीचमा हामी बसेको होटलको छिमेकी कोठाबाट पनि गेष्टहरु हतार हतारका साथ बाहिरिने क्रम शुरु भएको थियो। अनुहारमा खुशीका झलकहरु त्याग्दै मेरो मित्र र उसकी संगी पनि बिस्तारै पलङमा यत्र–तत्र छरिएका बस्तुहरु, टेलबमा राखिएका मेकअपका सामानहरु झोला भित्र कैद गर्न थालिन्। मेरी संगीले भने सबै सामानहरु पहिल्यै थन्काई सकेकी थिइन्। उनमा बाहिर निस्कने चर्को व्यग्रता थियो भन्ने कुरा अनुमान लगाउन सहजै सकिन्थ्यो। त्यसमा विभिन्न कारणहरु हुन सक्छन् तर मलाई भने मनै एउटा ठूलो कारण हु‘ कि जस्तो भान भएको थियो। पुरुषपात्र भएर पनि एक बयस्क नारीसंग पुरुषत्व देखाउन नसकेकोमा कता कता मनभित्र ग्लानी एवं हिनताबोध भएर आयो भने अर्को तर्फ एक इमान्दार पति एवं अभिभावक भएकोमा गर्वको अनुुभूत पनि भएको थियो। तर मनभित्र जे जस्ता भावनाका तरङ्गहरु पैदा भएपनि मलाई त्यो रात मेरो जीवनको अविष्मरणीय घटना हो भन्ने कुरामा कुनै द्वविधा भने रहेन। साथै त्यस्तो सामिप्यता कुनै पनि पुरुषको जीवनमा नआउनुनै राम्रो होला जस्तो लाग्यो।

म सांेचमा नै डुबिरहेको थिए‘। रुममा नक को आवाज आयो। हामी सबैले एकै स्वरमा भित्र आउनुस् भन्यौं। होटलवाली साहुनी थिइन् र हास्दै भनिन् अनि भाइहरु अझै एक दुई दिन बस्ने कि जाने? अब त बन्द पनि खुल्यो क्यारे। उनको प्रश्नमा विविध रागहरु थिए। पात्र पूर्ण सहित आएका पाहुना, अनि निर्लज्ज बन्दको नाममा लुटाई र नेपाली चेली प्रतिको व्यङ्गता एकै चोटी पस्कदै दा‘या आ‘खा झिम्क्याइन्। दुई चार दिन अझै काठमाण्डौं घुमे भैहाल्छनी भाइ बहिनीहरु, आखिर छुट्टी कटाउने नै त हो नि , उनले संवाद लम्बाउदै भनिन्। प्रतिक्रियामा कसैबाट कुनै आवाज निस्केको थिएन। म त के नै बोल्न सक्थें र , त्यति संवादका बीच मेरी संगीले अलि रुखो पाराले बोलिन्। हैन् दिदी हिसाव गर्नुहोस् हामी आज जाने, उनको रोषपूर्ण प्रतिक्रियामा म रात कै अतृप्त घटना सम्झन्थें। शायद उनी त्यही अतृप्त प्यासको लागि आतुर थिइन् घर गां‘उमा अर्को झिल्के खोज्न …………।

साहुनी तल भरेको पल भर समय वित्न नपाउदै होटल खर्चको बील आयो। मित्र र उनका संग्ाीहरुले हिसाव मिलान गरे। म भने आमन्त्रित पाहुनाकै दर्जामा बसें। करिव ८ बजे हामी होटलबाट बाहिर निस्किइ लायौ बसपार्कतिर। नयां दिनको नयां गन्तब्य खोज्न। हप्तौदेखि अनिच्छित रुपमा बसपार्क क्षेत्रमा रोकिएका यात्रुहरु खचाखच थिए। हप्तौदेखि बन्द भएका सवारी साधनका ध्वनीहरुले बसपार्क क्षेत्र गुन्जयमान भएको थियो। यात्रुहरु हतारका साथ आफ्नो सरसामान एवं बच्चाबच्चीलाई बस भित्र कैद गरिरहेका देखिन्थ्ो। लाग्थ्यो कुनै अनपेक्षित सन्त्रासका कारण बस्ति नै उजाड हुने गरी मानवजाति अर्कौ संसारको खोजिमा जान लागिरहेछ। मित्रको जोडी मध्ये एक उत्तर रसुवा को, त मित्र पश्चिम पोखराको अनि मेरी संगी पूर्व धरानको अनि म दक्षिण दिशा बसपार्क नजिकै म्हेपी क्षेत्रतिरको। सबैको आ–आफ्नै गन्तब्य थियो। बसपार्कको काउन्टरमा गइ आ–आफ्नै रुटको टिकट लियौं। बस चढ्ने लोकेशनको बारेमा सहयोगीबाट ज्ञात भयो। म बाहेक उनीहरु सबैको प्रस्थान समय एउटै थियो सवा आठ बजे। पलभरमा आ–आफ्नो गन्तब्य अगाल्दै छुट्टिनु पर्ने विवशताका बीच रातको एक बन्द कोठाका पात्रहरु एक अर्कालाई मन्द गतिमा लुब्ध तृष्णाका बीच चिहाइरहेका प्रष्ट देखिन्थ्यो। पूर्व, पश्चिम, उत्तर अनि दक्षिण यात्रा आ–आफ्नै थियो। रातको सामिप्यतामा कोही तरङ्गीत हुदै विछोडको बेदनाका छालहरु मुखाकृतिमा छल्किएको देखिन्थ्यो त कसैमा रोषपूर्ण नजर र व्यग्र विछोडको परिकल्पना।

ग्ााडीका सरोकारबाला पात्रहरुले यात्रु संकलन गर्न थाले। हामी विस्तारै आ–आफ्नो मोटर स्याण्ड तर्फ लाग्यौं। मित्र गह्ौं मन लिएर पोखराको बसतर्फ, उसकी संगी रसुवाको गाडी तर्फ , म र मेरी संग्ाी धरानको गाडी तर्फ। उनी अगाडि बढिन् , म पछाडि लागंे, शायद मैले उनलाई गाडीसम्म चढाउन जाने कर्तब्य सम्झंे। उनी मौन थिइन्। मलाई कताकता शोकाकुल यात्राको मौन जुलुसमा भाग लिए जस्तो आभाष भएको भयो। क्षणभरमा नै हामी टिकट काउन्टरको पश्चिम तर्फ रहेको धरान बस स्याण्ड अगाडि पुग्यौं। गाडी स्टार्ट गरेर यात्रुको प्रतिक्षामा रहेछ। गाडीका सहचालकले छिटो चढ्न निर्देश गरिरहेका थिए। गाडी नजिक पुग्ने वित्तिकै पल समय पनि नरोकी उनी गाडीभित्र छिरिन्। टिकट अनुसार उनको सीट नं झ्याल संगैको ए ५ थियो । म उनको विदाइको ब्यग्र प्रतिक्षामा झ्याल सिधै पेटीमा उभिए‘। गाडी हिड्ने संकेत गर्दै थियो। उनले झ्यालको कालो सिसा उघारिन्। म उनकै नजर हेरी विदाइका दुइ शब्द “सि यू” भन्ने प्रतिक्षामा थिए‘। झ्यालको खोपबाट रोषपूर्ण नजरका साथ उनले आफ्नो हाते व्यागबाट एक विदेशी चक्लेट निकालिन् र भनिन् “ए बाबु लोऊ यो गुलियो चकलेट, पापा खाऊ।” अनायस मेरो हात अगाडि बढ्यो। चकलेट हातमा थमाइन् र कालो सिसा बतासले खुला रहेको घरको खिड्की बन्द भएझै चर्को आवाज सहित बन्द गरिन्। कालो सिसा पर्दा लागे झै लाग्यो उनी र मेरो बीचमा अव झ्यालको कालो सिसा रह्यो। उनलाई मैले देख्न सकिन। बाबु सम्बोधन गरी उनले दिएको त्यो उपहार विदेशी चकलेटलाई एक पल्ट विस्तारी निहालेर हेरंे। मनमा शंका उपशंका उब्जियो। हैन यो विशुद्ध गुलियो चकेलेट मात्र हो कि? अन्य केही मिसावट छ? वा बाब ु(बच्चा) लाई यूवक बनाउने चकलेट पो हो कि प्रश्न मनभित्रै प्रतिप्रश्न गर्न थाल्यो। त्यो विदेशी चकलेटलाई पुनः एकपल्ट निहालेर हेरें कताकता आफ्नो पुरुषत्व र आत्मियतामाथि प्रश्न गरें। आखिर म को हु‘? एक अवोध चकलेटे बालक या बयस्क पुरुष? प्रश्नको जवाफ मनभित्र नआउदै गाडी अगाडि गुड्यो। मैले विदाइका हातहरु हल्लाए‘ तर उनको बन्द कालो सिसाको झ्याल खुल्न सकेन। एकोहोरो शून्यतामा हातहरु हल्लिरहेका थिए, बस अगाडि बढ्दै गयो। मेरो नजर अब झ्यालमा नगएर गाडीको पछाडि भागको बोर्डमा अड्किन थाल्यो। जसमा लेखिएको थियो गाडी नं २९५५। गाडीको गतिसंगै मेरा नजर धुमिल हुन थाल्यो विस्तारै गाडी नं २९५….क्रमश २९ रोशनी घट्दै विस्तारै २ र शून्यतामा पुग्यो। तर त्यो दिनको त्यो गाडी धुमिल आ‘खाका बीच क्षितिजसगै विलाए पनि मेरो मानस्पटलमा / गहिरो स्मरणमा लीन भयो, गाडी नं २९५५।

[तपाईँ पनि आफ्ना कथा, लघुकथा माइस‌ंसारमार्फत् बाँड्न चाहनु हुन्छ भने पठाउन सक्नुहुन्छ। कृपया यहाँ सम्पादन नहुने हुनाले आफैले वा आफूले चिनेकाबाट सम्पादन गरी आफ्नोतर्फबाट अन्तिम रुप दिईमात्र कथा पठाउनु होला। कथा यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ।]

4 thoughts on “कथाः गाडी नं २९५५”

  1. Raju acharya says:
    January 9, 2014 at 5:47 pm

    कथाले पुराना स्मृति र नेपाली मनको आवास दिलाएको पाएँ .

    Reply
  2. Sumina says:
    January 5, 2014 at 9:45 am

    कथा भन्दा बढ़ी िबदेिशएका प्रति पूर्वाग्रही भएर लेखिएको लेख जस्तो देखें मैले चािहं

    Reply
  3. Hem says:
    January 5, 2014 at 8:53 am

    मैले सबै राम्ररी पढे र बिश्लेष्ण गरे यसका कथाकार मनोबैज्ञानिक हिसाबले एकदमै पोख्त देखिन्छन.

    Reply
  4. Bishnu Adhikari says:
    January 5, 2014 at 1:59 am

    कथा गाडी न २९५५ का कथाकारले कथामा मिठास ल्याउने प्रयास गरकोमा धन्यवाद छ/ कथा पढ्दा पढ्दै आफ्नो बाल्यकाल को मिल्ने साथीको बहुतै याद आयो / र लाग्यो मेरो पनि जोडा संग भेट हुन पाए पेट भरि अतितका कुराहरु गर्ने थिय / उनको नियेत त ठिक होइन तर छोरि ले ठिक समय फोन गर्दा उनि ठुलो दुर्घटना हुन बाट बचे / येदि दुइ मिनेट मात्र ढिलो फोन गरेको भए ……………………???? कहिले कहिँ परिबन्द ले गर्दा नसोचेको कुरा पनि हुने रहेछ भन्ने कुरा कथा बाट प्रष्ट हुन्छा / र कथाका पत्र हरु जस्तै सबै विदेश बाट आएका महिला पुरुष तेस्त हुदैनन् / एसमा पाठक हरु ले मन मा शंका नापलना अनुरोध
    बिष्णु अधिकारी
    चितवन हाल अमेरिका

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme