Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यो चैं के ? बाघको छालामा स्यालको रजाइँ ?

Posted on January 9, 2014January 9, 2014 by mysansar

-खेम बहादुर अधिकारी-

IMG_2099 यो के हो ? सिधै KATHMANDU नै नाम दिएर भारतीय खानाको प्रचार गर्नु पर्छ? विश्वकै चर्चित युनिभर्सिटी अफ क्यालिफोर्निया डेभिसको नजिक डेभिस टाउनमा रहेको उक्त रेस्टुरेन्टले विश्वका धेरै देशबाट अध्ययन गर्न आउनेहरुलाई के सन्देश दिन खोजेको हो ?

सुन्नमा आए अनुसार त्यो पहिला नेपालीको स्वामित्वमा थियो तर अहिले भारतीयको स्वामित्वमा छ।

के हामी नेपालीले गर्न सकेनम् भन्दैमा नेपालीको पहिचानमा अरुले रजाइ गर्न पाउँछ?

यो त बाघको छालामा स्यालको रजाइ जस्तो भएन र?

IMG_2099

IMG_2098

IMG_2097

नेपाली पहिचान नै नभए पछि KATHMANDU नाम किन राखी राख्ने ? DELHI KITCHEN भने हुँदैन ?

नेपाली खाना नै नपस्किए पछि KATHMANDU KITCHEN किन भनिराख्ने?

यदि राम्रै मनसाय भएको भए BEST INDIAN AND NEPALESE FOOD भनिदिए पनि हुने हो नि। खाना जे भए पनि मानिसहरु नामले गर्दा नेपालीपन छ कि भनेर आउलान्। तर त्यहाँ न त नेपालीपन भेटिन्छ, न त नेपाली मन। अस्ति एकजना पाकिस्तानी मूलकी अमेरिकनले मलाई सोधी ‘के यो नेपाली खाना नै हो त ?’

अनि त मैले यथार्थ भन्नै पर्यो।

भोलि अर्कोले यो KATHMANDU भन्ने पनि इंडिया मै रहेछ भनेर बुझ्ला रे, त्यति खेर के गर्ने ?

[यो ब्लग माइसंसारका पाठकले पठाएका हुन्। तपाईँ पनि विविध विषयमा आफ्नो भोगाइ यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]

58 thoughts on “यो चैं के ? बाघको छालामा स्यालको रजाइँ ?”

  1. suraj says:
    January 15, 2014 at 9:53 am

    लेखकले यो बुझ्न पर्ने कि “Best Indian Food In Yolo County” त Readers’ Choice magazine ले दिएको अवार्ड हो .

    Reply
  2. बेखालाल नेपाल says:
    January 12, 2014 at 12:43 am

    यसमा के समस्या भयो? तपाई पनि “ताजमहल किचेन दि बेस्ट नेपाली फूड” भन्ने रेस्टुरा न्युयोर्क मै खोल्नुस !!!! कति संकुचित दिमाग घोट्ने ???

    Reply
  3. madan bajracharya says:
    January 11, 2014 at 10:48 pm

    यति संकुचित साम्प्रदाइक कुरा उठाउनेलाई खै के भन्ने? कला संस्कृति धर्म शिप आदि सबै बिस्व भरिको मानवको सम्पति हुन्/ सुन्नमा आय अनुशार यो रेस्टुरेन्ट भारतीयले संचालन गर्दै छ र उहाले रेस्तुरेंत्को नाम बदलेको छैन / यसलाई उहाको सदासयता नै मान्नु पर्छ/

    यो लेखमा लेखे जस्तै सोच बनाउने हो भने नेपालको मन्दिरमा रामको मुर्ति पनि राख्नु भयन/ कुनै भारतीयले नेपालको बुद्धको नाम पनि लिनु भयान/ नेपालको बुद्धको चैत्य ओरिपरि भारतको राम कृष्णको मन्दिर हटाउनु पर्ने भयो/ कुनै नेपालीले दुई नेपाली बीच कुरा कानी बा बहस हुँदा भारत र भारतको महान व्यक्तिहरुको नाम पनि लिनु भयन/ यस्ती निस्क्रिस्ट बिचार राख्ने लेख्ने व्यक्ति आफैमा कति नेपालीपन छ यो जान्न मनलाग्यो/ उहाको जिउमा के नेपालमै उमारेको कपासको मात्रै बस्त्र छ? छैन भने नाम नेपाली बस्त्र अरु देसमा बाकेको किन लगाउनु हुन्छ उहा?

    हो भारतको नेताको नेपाल प्रतिको नीतिको जत्ति बिरोध गरे पनि पुग्दैन तर भारत र आम भारतीय र नेपाल र आम नेपाली बिचको सांसकृतिक सामाजिक सम्भंद्को प्रसंसा मात्रै होइन यसको जगेर्ना दुवै ले गर्नु पर्छ/ नेपाल र भारत बिचको राजनैतिक र भौगोलिक सिमा र सिमाना भारतलाई मिच्न दिनु हुँदैन; मिचेमा बिरोध मात्रै होइन जे पनि गर्न आत्न सक्नु पर्छ / नेपाल पनि भारत जस्तै सार्वभौम सट्टा सम्पन्न देस हो भन्ने कुरा भारतलाई भुल्न दिनु हुँदैन; भुलेमा सम्झाउन उसको कानको कानको पर्दा च्यातिने गरि गर्जन सक्नु पर्छ/ बाकि कुरामा बिबाद उठाउनु मुर्खता मात्रै हो/

    Reply
  4. narayan gautam says:
    January 11, 2014 at 8:33 am

    मैले पनि इन्सियन रेस्टुरेन्ट अमेरिकामा चलाएको छु तर राम्रो खाना लै नेपाली नाम दिएको छु

    Reply
  5. Bijaya says:
    January 11, 2014 at 1:24 am

    संकुचित मानसिकता! आफु पनि गर्न नसक्ने अरुले गरेको पनि देख्न नसक्ने भनेको यस्तै होला|

    Reply
  6. Kanchan Sharma says:
    January 10, 2014 at 12:58 pm

    यो त सारै संकुचित मानसिकता भयो . काठमान्डूमा दिल्ली दरबार रेस्टुरेन्ट छ र तेहा नेपाली खाना चाउमिन देखि सबै पाइञ्छ. एवेरेस्ट मसला पनि तेस्तै हो, नाम एवेरेस्ट छ तर साम्बर मसला पनि बनाउछ त्यो कम्पनी ले . येस्ता सानातिना कुरामा मतलब राख्न जरुरि देख्दिन हो मा त .

    Reply
  7. nits says:
    January 10, 2014 at 10:34 am

    यो रेस्टुरेन्ट पहिले नेपालीले नै चलाका थिय पछि Panjabi मूलका इन्डियनले किनेर चलाय का छन .अहिले 2-३ अरु नेपाली restaurant पनि खोले त्यसैलेयी लेखक ले नेपाली संग मिलेर ति इन्डियन लाइ खेद्न खोजेका होलान नि .काम गर्ने हरु नेपाली नै हो ,नेपाली थाली ,momo,samosa,पाउछ यहाँ .

    Reply
  8. Narayan says:
    January 10, 2014 at 8:50 am

    यस्ता झिना मसिना कुरामा अल्झेर वाहियात वहस गर्नु बेकार छ|
    खेम अधिकारीज्यु, त्यो संकुचित मानसिकता बिदेशमा पनि प्रदर्शन नगरौ है|
    अलि फराकिलो हुन् सिकौ|
    हजुरको कलमलाई जारी राख्न अरु बिषयमा पढ्न पाउँ|

    Reply
  9. anmol says:
    January 10, 2014 at 8:19 am

    सर्ब प्रथम खेम जी लै यो वास्तव मा नै तपाई ले देखेको हो या यो रेस्टुरेन्ट लाइ प्रचार मा ल्याउन गरेको बहाना मात्र? अनि अर्को कुरा मेरो विचार मा येदि एस्तो हो भने दुइटा कुरा छ पहिलो कुरा धेरै जस्तो नेपाली रेस्टुरेन्ट ब्यापारी हरु ले नेपाली खान भनेर राख्दैनन् किन हो कुन्नि? जस्तो कि काठमाडौँ किचेन , लुम्बिनी , धवलागिरी, कान्तिपुर, कुमारी, सगरमाथा इत्यादी नाम नेपाली हुन्छन तर नेपाली खान भन्न हिच्किचौछ . नेपाली नाम राखेर नेपाली खान भनेर राखे झन् देश को शान पनि हुन्छा ,, के नेपाली ले दाल भात मासु खसी खादैनन् र? नेपाली भन्ने बित्तिकै ढेदो मात्रै हुनु पर्छ? ठान्छन इन्डियन भन्यो भने मात्रै मान्छे आउछ भनेर./ येदि बास्तव मा भन्ने हो र नेपाली खाना को मात्र परिकार बनाउने हो भने पनि अनगिन्ति छन् .जसमा रेस्टुरेन्ट व्यवसायी हरु को ध्यान जानु जरुरि छ. अब दोस्रो कुरा चाही नाम जे पनि हुन सक्छ. नाम को कुरा खिच् खिचे हुनु हुदैन नाम मा होइन काम मा जोड दिनु पर्यो खेम जी..सबै जना नाम को पछि मात्रै काम गर्ने कोइहि होइन..नेता हरु त काम नगर्ने खाली नाम मा दौडिए अब खेम जी पनि? haha . ……खास कुरा आफुमा कत्ति को इमान्दारिता छ? गुदी तेही हो…..

    Reply
  10. कृष्ण भारद्वाज, सिड्नी (अष्ट्रेलिया) says:
    January 10, 2014 at 5:44 am

    त्यो भारतीय नेपाली नाम राखेछ..
    कति नेपाली ले भारतीय नाम राखेर आफ्नो ब्यबसाय संचालन गरेका छन् बरु तिनीहरु को घैंटोमा घाम लाग्ने कहिले होला !!

    प्रसङ्ग राम्रो हो, लेखक लाई धन्यवाद

    Reply
  11. Narayan says:
    January 10, 2014 at 1:25 am

    What about Mt. Everest India’s cuisine in Vegas. Aaja saano aagoko jhilkole. Bishwo jalauna sakchha . Be careful

    Reply
  12. kunjan says:
    January 10, 2014 at 1:04 am

    वाहियात….may be the owner of that restaurant has sweet memories with Kathmandu so he named it Kathmandu…What is so wrong about that Mr. Khem Bahadur?….Be wise, think positive

    Reply
    1. prabhat says:
      January 10, 2014 at 2:19 am

      पढ्दा अलि मिसलीदिंग जस्तो देखिए पनि कानुनी रुपमा यो कुनै गलत कार्य भने होइन. नाम जे पनि राख्न न सकिन्छ, म भएको भए एस्लाई जरुर सच् च्यौने थिए.

      Reply
  13. kamal says:
    January 10, 2014 at 12:43 am

    खेमजी, mysansar मा कुरा राख्नु भो ठिकै छ, नेपाली ले मात्र पढेका छन् तर जहाँ पायो तेही एस्तो विचार नराख्नु होला हजुरको नै बेइजत हुन्छ. आफ्नो कुरा राख्नु अगि अलि सोच विचार गर्नु होला. भारत बिरुद्द बोलेर रास्त्रियता झल्कदैन. भारत लाई गाली गरेको लेख लेखेर mysansar पाठकहरु को हाई हाई पाउनलाई लेख पठाए जस्तो छ, सबै को कमेन्ट पढेपछि कस्तो लागि राछत…अर्को पोस्ट पढ्न पाए हुने…..Jai Nepal

    Reply
  14. raj says:
    January 10, 2014 at 12:32 am

    बहस नै बेकार छ। वाईह्यात कुरामा

    Reply
  15. suman says:
    January 10, 2014 at 12:16 am

    कस्तो तुइया मान्छे रैछ अब धोति हरुसंग रिस उठ्छा ठिकै छ . नेपाल को ठाउको नाम चम्किराखेको मा पनि के को बिरोध नि छेउ न टुप्पो को मान्छे..भएन यो त..

    Reply
  16. Shankar says:
    January 10, 2014 at 12:12 am

    मेरो बिचार मा नेपालि कि भारतीय सन्दर्भ मा राख्नु पर्ने सोच 🙁 कुनै एतिहासिक आधार हैन )

    उहिलेको कुरा हो | काठमान्डू पोखरी थ्यो , नेपाल धेरै भूभाग जंगल ले ढाकेको थ्यो | मान्छे जंगली अबस्थामा थे | बैज्ञानिक स्रोत र साधन थिएँन | मान्छेलाई चाहिले हावा सबितिर उपलब्ध थ्यो , पानि को लागि स्रोत सम्म पुग्नु पर्थ्यो एस अर्थ मा पानि नजिक मान्छेको सभ्यता बढी बिकास भो |
    जब इन्डिया को बस्ति बाक्लिदै गो , मान्छे हरु क्रमश बिभिन्न कारण र बहाना मा नेपाल छिरे उजमाना मा चीन दुर्गम भएकोले अलि कम छिरे ३ तिर खुला भएको नेपाल मा धेरै इन्डियन मुलका छिरे |

    धर्म ,खान पिन मुख ,नाक , सोच धेरै कुरा लग्बग उस्तै खालको हुनेनै भो |
    नेपालि ,इन्डियन ,बंगाली , पाकी , लंके , इराकी ,भुटानी , अफगानी र अरुधेरै लग्बग उस्तै उस्तै नै भए |
    फेरी पनि उस्तै उस्तै रंग र अरु सुक्ष्म कुरा हरु नजिकिने हुदै देश बनेको छ र आफ्नो आफ्नो नियम कानुन छ |

    नेपालि सग रोटि र बेटी को नाता राखेका इन्डियन हरु सग कत्ति ज्ञाप राखेर बस्ने ?
    त्यो नेपालि र इन्डियन ले स्वयम् निर्धारण गर्ने कुरा हो | धुर्त राजनीतिग्य हरुले आफ्नो धुर्त ,घिनाउना फोहोरी मनोकान्श्या पुरा गर्न सिमाना सम्म परेड , सुरुङ्ग युद्द , देश बेचेको आरोप ,बि भिन्न भूभाग बिबादित हुदा हुदा पुजारी बिबाद सम्म उठाए तर जब तिनकै सरकार हरु बने त् के मुख्य कुरा सिमाना नियन्त्रण , सिमा स्तम्ब को किटान , भैरहेको सांस्कृतिक घुसपेठ ,सैक्षिक घुसपेठ ,राजनीतिक घुस्पेट रोक्न के गरे ???
    जुन छुट्टाइ देश र पहिचान को लागि अति आवस्यक छ |
    उल्टो आफ्नो सत्ता जोगाइदेउ बरु एयर पोर्ट लिउ , त्यो लिउ भन्छन
    र देश कै सौधा गर्न लागिसके ? अब यो समानुपातिक भन्ने भोलि क्रमश माडे ले किनेर
    संबिधान र देश को नियम कानुन बनाउने तह सम्म इन्डियन पहुच पुर्याए सुरुङ्ग युद्द गर्ने ले , उनका स्वास्नी हरु मेहदी लगाएर ,होरी रे भन्दै ५ बित्ता माथि उफ्रिन्छ |

    धुम चलादा खेरि महिनौ नेपालि फिल्म रोकिन्छ | जाबो राजदुत राजा जस्तो भएको छ उनकै पाला मा |
    बिदेस पुगेर ,जानेर देखेर नेपाल इन्डियाको संबेदन सिल रिलेसन लाइ हल्का टिप्पणी न गर्नुस | यो तपाइलाइ नेता कै असर परेको हो , स्वयम् नेताको भित्रि रुप चै देख्नु भएको छैन उनको उग्र रास्ट्रबाद को पछिल्तिर लाग्नु मुर्खता हो |
    देसै लान लागिसक्यो यो जाबो नाम को लागि लेखै लेख्नु पर्ने बिषय हो र ?

    हेर्नुस यो ब्लग मा तपाइको बिरोध |

    Reply
  17. Arun says:
    January 9, 2014 at 11:14 pm

    खै न्यु योर्कको jackson Height भन्ने ठाउँमा Delhi Height भन्ने रेस्तुरांत नेपालीहरुले चलौचन इन्डियनहरु ले केहि वनेका छैनन् क्य्रे …..साथी अलिकति…त्यो सानो दिमागलाई बलुन जस्तो फुलाएर ठुलो बनाएर सोच्ने कोशिश गर्नु ……

    Reply
  18. CP says:
    January 9, 2014 at 11:02 pm

    माई संसारमा पाठकहरु सबै भन्दा एकमत भएको – तर लेखको बिपक्ष मा भएको — लेख होला यो ! रमाइलो लाग्यो |

    Reply
  19. Suva Shrestha says:
    January 9, 2014 at 10:50 pm

    ४० वर्ष अघि Bharat भन्ने blade नेपालमा बन्थ्यो/
    तर Made in Nepal लेखिएको हुन्थ्यो/
    त्यसबेला हामि छक्क पर्थ्यौ /

    Reply
  20. Gopal says:
    January 9, 2014 at 10:32 pm

    यो लेख जति नकारात्मक सोचाई को पराकास्ट नै भएपनि तल सबै साथीहरु ले सकारात्मक विचार राख्नु भएको रैछ , पहिलो चोटी माई संसार को कमेन्ट पढेर खुसि लग्यो ……….
    यस्तो लग्यो , नेपाल क नेता बाहेक अरु सबै कुरा मा नेपाली हरु सकारात्मक नै रैचन ……..

    Reply
  21. Gopal says:
    January 9, 2014 at 10:25 pm

    काम पाइनस बुडी कुन्नि के …… भनेजस्तो भएनर यो लेख त ???? मलाई त यसबाट काठमाडौँ को झन् पर्चार भएजस्तो लग्यो , नेपाल मा oxford collage खोल्दा त केहि भाछैन त !!!!!!!!!!!

    Reply
  22. pratik says:
    January 9, 2014 at 10:13 pm

    YOLO county रे,, you only live once भनेर के-के गर्छन गोरा मोरोहरु,, येहा पनि तेइ रमाइलो हो कि भन्ने पनि मनमा लग्यो,,

    Reply
  23. hari says:
    January 9, 2014 at 10:07 pm

    कुरा गर्नु हुन्छ,, येहा ” Mt Everest Indian Restaurant” भनेर राखेका थिए, जान्ने बुझ्नेले खाक्का-खुक्क गरे पछि “Nepalese Indian Restaurant” भयो,, फोटो राख्न न मिल्ने रैछ,, न भए ऊ बेलाको र अहिलेको तस्बिर राखिदिन्थे!!

    Reply
  24. Narayan says:
    January 9, 2014 at 9:07 pm

    नामले खासै केहि हुदैन ,ग्रिसमा एवेरेस्ट भन्ने फास्ट फूड चेन देशभरी र एरपोटमा छ तर खाना उही बर्गर हो ,तैपनि एवेरेस्ट त फेमस भाछानी 🙂

    Reply
  25. premji says:
    January 9, 2014 at 9:01 pm

    अमेरिकामा Indian Cuisine भनेर नेपालीहरुले restaurant खोलेर मोमो बेचीराख्याछन्, त्यो पो हो त ब्वासोको खोल ओढेको | इन्डियन खानामा पनि काठमाडौँ नाम राखेर नेपालको नाम फ़ैल्याइदिएकोमा त्यो kathmandu kitchen लाइ धन्यबाद छ | काठमाडौँ नेपालको राजधानी हो भन्ने सबैलाई थाह छ |

    Reply
  26. Hari says:
    January 9, 2014 at 8:58 pm

    येति सानो कुरामा rastriyata को पोलिटिक्स गर्नु भएन Dai |

    Reply
  27. Tenzing Gaba says:
    January 9, 2014 at 8:07 pm

    खेम ब्रो
    सारै रीस उठ्यो भने ‘दिल्ली toilet paper’ उत्पादन गरेर बेच्दिनुस, बर म पनि २-४ रोल चाही खपत गरिदिम्ला ………… जदौ !!!

    Reply
  28. Max Thapa says:
    January 9, 2014 at 7:56 pm

    Few Australians and New Zealanders are running the chain of shops in different countries including Australia and New Zealand called KATHMANDU which sells the clothings, shoes, etc. These are very popular among most of the people so the price is high too. Anyone can use any name, can’t they? I think, it helps to introduce our Kathmandu whether it is restaurant or clothing shop.

    Reply
  29. bibek dhakal says:
    January 9, 2014 at 7:30 pm

    साथीहरुले तल दिनुभएको उदाहरणमा म पनि एउटा थापिहालम –
    ” काठमान्डू” ब्राण्डका आउटडोर ज्याकेट हरु जुन अस्ट्रेलियामा उत्पादन हुन्छ
    अधिकारि ज्यु, तपाइको लजिक अनुसार त्यसको नाम “सिड्नी” ज्याकेट नभएर “काठमान्डू” किन नाम राखेको भनेर आर्को ब्लग पनि लेख्ने कि?

    Reply
  30. bibek dhakal says:
    January 9, 2014 at 7:22 pm

    नाम- ” कान्तिपूर फास्ट फूड” ; स्थान – काठमान्डू को एउटा बजार
    तर बाहिर बोर्डमा अरु नेपालि परिकारको त कुरा छोडम मोमोको समेत ग्राफिक्सलाइ बर्गर, पिजा आदि पास्चात्य खाना का चित्रहरु ले तल पारेको छ |
    नाम- ” हिमालय बेकरी” , तर त्याँहा बन्ने कुनैपनि बेकरी आइटम को उद्गम हिमालय वा वरिपरि का देशहरु समेत हैनन्!

    आफै भन्नुस अधिकारि जी, माथिको उदाहरण हरु चाही के को छालामा के को रजाइ हून?

    Reply
  31. Limbu HarataraH says:
    January 9, 2014 at 7:09 pm

    नाम राख्दैमा फरक पर्छ र? ”काम” हो मेरो मतलब! भन्दैमा,positive सोचिदिनु होला I ‘खेम’ सरको जस्तै London को Croydon मा पनि ‘काठमाडौँ’ restaurant छिरेको म र मेरा ३ साथी’रु छक्क परियो (Jan 2013) र त्यहाँका भारतीय परिकारले दाम झारे पनि नाम जे पनि राख्न सकिने शिक्षा पाएँ I हामी संगै छन् ति नामहरु, कामहरु:- Everest , Avatar , coffee , various restaurant – hotel /person names आदि/दि..

    Reply
  32. Suman says:
    January 9, 2014 at 6:53 pm

    ताई न तुइको लेख ?? आफ्नो इक्ष्या नि जे नाम राखेनी हैन र ? अब गणेश रेस्टुरेन्ट नाम राख्यो भने गणेश भगवानले खाने लड्डु नबेचेर अरु परिकार बेच्यो भनेर कराउने, गणेश जी को पहिचान नै गयो भन्ने त ?

    Reply
  33. Gopal says:
    January 9, 2014 at 6:43 pm

    नामै त हो नि मित्र .. यत्रो टाउको दुखाइको बिषय के नै छ र?

    Reply
  34. RKC says:
    January 9, 2014 at 6:37 pm

    ब्रान्ड को नाम त राख्न पाउछ होला कि
    जस्तै
    १) Annapurna Pictures
    2) 8848 Altitude
    अरु पनि छन् यस्ता ब्रान्ड हरु

    Reply
  35. ashok says:
    January 9, 2014 at 6:31 pm

    खेम बहादुर अधिकारी ज्यूलाइ सानो निबेदन
    =============================

    म इन्डीयन होइन, तर विदेशतिर हेर्ने हो भने अधिकांस नेपालीहरुले इन्डियन मेनु राखेर आफ्नो रेस्टुरेन्ट ब्यबसाय चलाएर बसेका छन् ! नेपाली रेस्टुरेन्टमा सबै भन्दा बढी चल्ने मेनु भनेकै इन्डियन नान र तन्दुरी हो ! नान र तन्दुरी हाम्रो मौलिक खान हो; तिमीहरुको आफ्नो मौलिक खान बनाएर बेच; भनेर कुनै इन्डियानले बिरोध गरेको मैले आजसम्म सुनेको छैन ! बरु धेरै ठाउ प्रसंसा गरेको सुनेको छु ! मेरो बडाबाको नाम गोविन्दा हो, पत्याउनु हुन्छ ? उनी भारतीय नायक गोबिन्द भन्दा निकै जेठा छन् ! के मेरो बडाबाले अब भारतीय नायक गोबिन्दलाई मेरो नाम किन राखिस, तुरुन्त फेर, भन्नु मिल्ला? शब्द र नाम कसैको आफ्नो पेवा हुन्दैन !

    त्यो काठमाडौँ रेस्टुरेन्टको आफ्नै ग्राहकहरु होलान ! काठमाडौ रेस्टुरेन्ट किन्नु भनेको त्यसको ग्राहक पनि आफ्नो बनाउनु हो ! काठमण्डू रेस्टुरेन्टको ग्राहक आफ्नो बनाउन र नाम फेर्न पनि केहि रननिती, प्रक्रिया, र बिधिहरु पुरा गर्नु पर्ने प्रावधान होला ! कुनै चलिरहेको रेस्टुरेन्ट किन्नु र अशनमा मुलाको साग कुन्नु उस्तै उस्तै होइन ! आफ्नो छोरीको बिहेमा हिन्दी गीत बजाएर नाच्न मन पराउने, तर इन्डियनलाइ देखी नसहने हाम्रो मौलिक बनी कती- हगी? जति नै तर्क गरेपनि यस्ता सोच र बिचारहरु यथार्तमा राष्ट्रियतासंग जोडिएका हुदैनन् ! त्यसैले सार्बजनिक ठाउहरुमा यस्ता कुरा गर्नु भन्दा नगर्नु नै उत्तम हन्छ !

    Reply
  36. उद्दब भण्डारी says:
    January 9, 2014 at 6:31 pm

    आफ्नो आंग मा भुइसी नदेख्ने आर्काको आंगको जुम्रा देख्नी नेपाली ऊखान संग तपाइ लेखक को लेख बाट बझ्न सकिन्छ । यस्तो लेख लेख्नु भन्दा पहिले राम्रो संग आफुले लेख्ने लेखको बसयमा अध्ययन र अनुसन्धान गर्न । म लेखक ज्युलाइ अनुरोध गर्दछु । किन भनी बिक्श्व भरी हाम्रो नेपाली दाजुभाइले खोलेको रेस्टोरेंट हरूमा Indian food भनेर लेखीयको हुन्छ यसलाइ तपाई के को रजाइ भन्नु हुन्छत ?

    Reply
  37. xyz says:
    January 9, 2014 at 5:56 pm

    Mr. Khem Bhadur Adhikari can you please broaden your mind. In Kathmandu you also find many restaurants with the names of Indian cities. What is the wrong with it. This guy is in fact helping to popularize the name of Kathmandu. In London we have a restaurant called Nataraj, it is owned by Nepali but the food served is totally Indian. Nobody complains about it.

    Reply
  38. krishna Maryland says:
    January 9, 2014 at 5:25 pm

    यो बिषय त्यति विवादास्पद छ जस्तो लागेन / नामै राखेर के फरक पर्ला र ? काठमाडौँ को बानेश्वरमा white House college पनि त छ नि / नाम फेर्दा ग्राहक उम्केलान भनेर त्यहि नाम continue हुनु पर्छ /

    Reply
  39. shyam says:
    January 9, 2014 at 3:55 pm

    “‘के यो नेपाली खाना नै हो त ?’

    अनि त मैले यथार्थ भन्नै पर्यो”
    नेपाली टिपिकल खाना बेच्यो भने कसले खान्छ? ढिडो, गुन्द्रुक, पिडालु, मसेउरा आदि बेचेर यूरोप अमेरिका मा को बच्न सक्छ? एक पल्ट लन्डन को रेस्टुरेन्ट मा काम गर्ने क्रम मा गोर्खाली ल्याम्ब नाम गरेको खाना लाइ नेपाली खाना भनेर प्रचार गरेको, नेपाल १५ बर्ष बसेको गोरे परेछ, नेपाली ले के र कस्तो खान्छ, नेपाली खाना के हो थाहा छ भनेर झन्डै मारेको.

    Reply
  40. ममता तम्राकार says:
    January 9, 2014 at 3:28 pm

    यो लेख चै चित्त बुझेन|  Kathmandu  नाम राख्दैमा के Indian Foods बेच्न पाईन? के Indian Food को  Promotion गर्नु हुन्न? त्यो Restaurant को मालिक नेपाली नै हो भन्ने के Guarantee छ?  Indian वा US  नागरिक नि हुन सक्छ, जसलाई Kathmandu ठाउँ वा नाम मन परेको हुन सक्छ|

    तिल लाई पहाड बनाउने भनेको येही हो|

    उमेश जी, येस्ता लेख हरु अब mysansar लै सोभा दिंदैनन| plz अब देखि नराख्नु होला|

    Reply
  41. सुगतश्री शरण says:
    January 9, 2014 at 3:22 pm

    यस्तो दुष्ट प्रकृतिको तुच्छ कर्मले समग्र भारतीय नै बदनाम हुने कुरोमा यिनीहरु सजग छैनन् भनेर पत्याउन गाह्रो छ…नेपाल र नेपाली ले पनि त्यस्तो गल्ती नहोस भनी चनाखो हुनु जरूरी देखिन्छ…नत्रभने , ‘हिन्दुस्तानी’ भने पछी सारा विश्वले थुके जस्तै निकट भविष्यमा हामीले पनि त्यस्तो नियति बेहोर्नु पर्ने अवश्यम्भावी छ.

    Reply
  42. dilliram says:
    January 9, 2014 at 2:58 pm

    out of respect काठमाडौँ राख्यो होला नि त | हैन नेपाली हरु लाई इंडिया ले जे गरे नि रिस उठ्ने | नेपाल मा नि बिदेशी को नाम बाट अनेक कुरा चल्य छ त | new york pizza , cambridge institute हरु जस्ता नेपाल मा छ कि छैन |

    Reply
  43. Sagar says:
    January 9, 2014 at 2:57 pm

    नेपाल मा सबै college को नाम white house , golden gate , chelsea आदि छन् भन्दै मा अमेरिका र uk नेपाल मा हुदैन नि

    Reply
  44. kedar says:
    January 9, 2014 at 2:50 pm

    लेखक ज्यू तेस्तै सारो रिस उठो भने Bombay र Delhi नाम राखेर नेपाली रेस्टोरेन्ट खोलेर दाल, भात र गुन्द्रुकको अचार, अझ बफ म:म पनी बेचिदिनुस न तपाइँ पनी र देखाइदिनुस धो……रुलाई | तर यो बैद्धेको जस्तो तातो न छारोको राष्ट्रियेताको ब्यापार नगर्नुस | धेरै भो ….अब पुगो ……

    Reply
  45. Sudarshan Ghimire says:
    January 9, 2014 at 2:45 pm

    यो त बाघको छालामा स्यालको रजाइ जस्तो भएन र? भन्ने लेखमा त्यो त् हुदै होईन होईन, बिस्वास गर्नुहोस “बाघ को छालामा स्याल को रजाई” हुदै होईन किनभने प्रथम र दोस्रो बिस्व युद्ध को इतिहासले नेपालि त् संसार को खतरनाक बाघ भनेर कहलिएका पो छन् नि …त्यसकारण यो रेस्टुरेन को टिप्पणी गर्दा ” स्याल को छाला मा बाघ को रजाई ” चाहि हो , किन भने बाघ ले स्याल लाइ मारेपछि अगाउञ्जेल खान्छ अनि पेट भरेपछि छोडेर जान्छ र अर्को जिउदो स्याल आएर त्यो बाकि हड्डी कोपर्न थाल्छ …यो यस्तै हो !

    Reply
  46. Rupesh says:
    January 9, 2014 at 2:43 pm

    खेमजी को देश प्रेम प्रति पूर्ण सम्मान को साथ भद्र असहमति छ. होटेल वा रेस्टुरेन्ट को नाम भनेको “ब्रान्ड नेम” हैन र? Everest मसला को बिज्ञापन रातदिन टिवी मा हेरेको हैन र? काठमाडौँ मा रहेका Chelsea, Liverpool जस्ता स्कूल र कलेज को नाम चै के हो त? तेसैले त्यो आफैंमा तेती ठुलो कुरा हो जस्तो मलाई लग्देना.. केहि समय अगाडी Nepal नाम गरेको ऑस्ट्रेलियन ब्रान्ड को लुगा हरुचाई एकदम ठिक हुने, अनि काठमाडौँ किचेन नाम चै हुदै नहुने?

    Reply
  47. Sudarshan Ghimire says:
    January 9, 2014 at 2:43 pm

    यो त बाघको छालामा स्यालको रजाइ जस्तो भएन र? भन्ने लेखमा त्हो यो हुदै होईन होईन, बिस्वास गर्नुहोस “बाघ को छाला मा स्याल को रजाई” हुदै होईन किनभने प्रथम र दोस्रो बिस्व युद्ध को इतिहास ले नेपालि त् संसार को खतरनाक बाघ भनेर कहलिएका पो छन् नि …त्यसकारण यो रेस्टुरेन को टिप्पणी गर्दा ” स्याल को छाला मा बाघ को रजाई ” चाहि हो है ! किन भने बाघ ले स्याल लाइ मारेपछि अगाउञ्जेल खान्छ अनि पेट भरेपछि छोडेर जान्छ र अर्को जिउदो स्याल आएर त्यो बाकि हड्डी कोपर्न थाल्छ …यो यस्तै हो !

    Reply
    1. rabindra says:
      January 9, 2014 at 7:47 pm

      स्कूलमा नेपालको छेत्रफल १४११८१ वर्ग किलो मिटर भनेर कण्ठ गरियाथ्यो ,अहिले १८१ चाही दश गजाले खुट्टो चालेर साँघुरिएको बिसयमाकोइ बोल्दैन …..साना तिना कुरामा चाही किन अल्झने होला हामी नेपालीको दिमाग ???

      Reply
  48. TOM POUDEL says:
    January 9, 2014 at 2:35 pm

    अनि पोखराको डिस्नील्याण्ड स्कूल, काठमाडौँको वाइट हाउस कलेज,धरानको देल्ही पब्लिक स्कूल,न्यु रोडको टोक्यो होटेल, हेटौडाको बम्बे आवाश देख्नु भाको छैन कि कसो मित्र. काठमाडौँ नाम राख्दैमा तिम्लाई के को खस खस

    Reply
  49. सूर्यराज गिरी says:
    January 9, 2014 at 2:31 pm

    गाउँ मेरो नाउँ तेरो भन्ने उखानको चरिथार्थ यो हो, नेपालको पहिचान नै नभएको रेस्टुरेन्ट को नाम पनि परिवर्तन हुनुपर्छ, भोलि अर्कोले यो KATHMANDU भन्ने पनि इंडिया मै रहेछ भनेर बुझ्ला रे, त्यति खेर के गर्ने ? भन्ने प्रश्न नउठ्ला भन्न सकिन्न । सावधान !

    Reply
  50. सागर says:
    January 9, 2014 at 2:26 pm

    धत् एस्तो सानो मसिनो कुरा मा नि चित्त दुखाउने ? हाम्रो देश को पर क्यापिटा 80 हजार अमेरिकी डलर पुर्याउ न अनि काठमाडौँ रेस्टुरेन्ट – स्पेसल बिहारी फुड, स्पेसल गुजराती फुड, स्पेसल बंगाली फुड जे भने नि केहि लक्षार पाटो लाउदैनन ! होइन भने काठमाडौँ फुड मा छोइला – चटामारी जे राखेनी केहि भाउ हुदैन !!

    Reply
  51. milan paudel says:
    January 9, 2014 at 1:56 pm

    गर्दा गर्दै एस्तो समाचार ले पनि मेरो संसार स्थान बनाउन थाले हैन?
    मैले पनि अस्ट्रेलिया को धेरै ठाउमा Kathmandu भन्नि पसल देखेको छु खासै तेस्तो केहि लागेन.कुनै नेपालीले होटेल इन्डियन city को नाम राखेर चलाउन पनि सक्छ तेस्ले खासै तेस्तो फरक पर्नी कुरा त केहि छैननी ? कसैले restaurant को नाम हेरेर हैन होला Menu हेरेर मात्रै खाना को बारेमा थाहा हुन्छ होला जस्तो लाग्छ मलाई अनि Kathmandu भन्नि त एउटा brand name नै हो तेस्तो ठुलो आपत्ति गर्नु पर्नी पनि केहि देखिन . हामी नेपाली आफु केहि गर्न नसक्नी अनि अरुको बढी कुरा काटनी बानीले गर्दा जैलेपनि पछाडी को पछाडी .

    Reply
  52. eklavya says:
    January 9, 2014 at 1:49 pm

    तपाइलाई थाहा छ कुनै कम्पनि या पसल किन किन्छ तेस्को ब्रान्ड र तेस्को नामले ….अब पहिले नेपालीले चलाएको भएर त्यो नामले इस्थापित भैसकेकोले फेरी अर्को नाम राखेर सुरु गर्दा के होला त विचार गर्नु भा छ …जहाँ सम्म खानाको कुरा छ इन्डियन खाना भनेपछि बिस्वोमै प्रख्यात छ काठमाडौँ भनेर इन्डियन खाना बिकौनु पर्दैन होला जहाँ सम्म मलाई लाग्छ… अब गूगल्को जमानामा कुन ठाउँ कहाको भनेर चिनाउनु पर्ला …बेकारको लेख मा समय नाफल्नुस…यो सबै ब्यापारिक तरिका हो भनि रहनु नपर्ला महोदय …

    Reply
  53. Nirab says:
    January 9, 2014 at 1:44 pm

    एती धेरै दुखि हुन पनि पर्दैन. काठमाडौँमै पनि त क्याम्ब्रिज देखि अक्सफोर्ड नामका कलेज छन्. कोहि पनि क्याम्ब्रिज, अक्सफोर्ड भनेको नेपाली university भनेर झुक्कीदैना क्यारे 🙂

    Reply
  54. Ratna Thapa says:
    January 9, 2014 at 1:13 pm

    Why Nepalese restaurants also sell and advertise Indian cuisines? why Nepalese restaurants are named Darjeeling Inn and Shillong Cafe? Why Nepalese restaurants and hotels show Bollywood TV and blare Hindi movie musics? Kathmandu is a brand name for many foreigner owned businesses, such as trekking goods shops in UK and Australia. If Kathmandu restaurant also serves Nepalese cuisines, then I don’t see a big problem here.

    Reply
  55. Simron says:
    January 9, 2014 at 12:49 pm

    तिल जस्तो कुरालागि पहाड जस्तो ठुलो नबनौदा हुन्थियो कि.

    Reply
  56. krish says:
    January 9, 2014 at 12:12 pm

    Come on you are now in a dynamic world if Nepalese colleges can teach nepalese course but put the name liverpool college, cambridge college, why not kathmandu kitchen by indian its useless contradiction.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme