– योगेश आदी –
तपाईले कुनै अमेरिकनलाई फ्याट्ट अमेरिकाको खाना के हो ? भनेर सोध्नु भो भने, उ अक्क न बक्क परेर कुम उचाल्दै तलको ओठ फर्काउन थाल्छ । किनकि अमेरिकाको मौलिक र सनातन केहि छैन, भन्दा फरक पर्दैन । त्यसो त इण्डो अमेरिकनहरुको संग्रहालय न्यूयोर्कको डाउनटाउनमा जाँदा पुराना परंपरागत संस्कृति नभएका होइनन् तर अब ति संग्रहालयको वस्तु बनिसकेको छ । अमेरिकाले राता अमेरिकनहरुलाई सिमान्तकृत सुचिमा राखेर सहुलियत र सुबिधा प्रदाग गर्दै आएको छ । जसरी नेपालमा राउटे, कुमाल आदी आदिबासीलाई सेवा र पहुँचमा प्राथमिकता दिइएको छ, त्यसैगरि अमेरिकामा रैथाने रेडइण्डियनहरुलाई खोजी-खोजी जागिर दिने गरेको छ । अन्तत्वगत्वा अमेरिकाको आफ्नो पोशाक, खाना र संस्कृति नै नरहेको अवस्था छ । यि त भए पर्दा पछाडीको सत्य, तर अमेरिकाले आयातित सबै संस्कृतिलाई आफूमा समाहित गर्दै आफु समृद्ध बनेको छ । समुदाय बिचको सन्तुलन कायम राख्न सबै भाषा, वर्ण र जातिका समुदायलाई मार्ग प्रसस्त गरेको छ ।
अब मनन गरौं, एउटा ३०० वर्षको इतिहास बोकेको कनिष्ठ राष्ट्रले कानूनी शासन र स्थिर राज्य व्यवस्थाको बलमा संसारको शक्ति बन्न सफल भएको छ । तर हामी अथाह संस्कृतिको संबाहक बनेर पनि पराइ संस्कृति भित्र छुब्द बन्न खोजिरहेको अवस्थामा छौं । नेपालले गर्व गर्ने असंख्य कारणहरु मध्ये सबैभन्दा महत्वपूर्ण ऐतिहासिक कारण हो; यसको “अक्षुणता” । नेपाल संसारका ति ९ देशहरु (थाइल्याण्ड, टर्की, भूटान, इथियोपिया, रस्सिया, साउदी अरब, लाइबेरिया, स्विडेन)मध्ये १ हुन जुन कहिल्यै पनि औपनिवेशिक रहेनन् । त्यसमाथि पनि ति ९ देशहरु मध्ये सबैभन्दा बढी भाषा, संस्कृति र प्रथा परंपरा भएको देश हो, – नेपाल । एकपटक आँखा चिम्म गरेर सोचौं त.. हाम्रो स्थान ब्रमाण्डमा कहाँ छ ? गर्व गरौं ।
नेपालले भौतिक बिकासमा तय गरेको दुरी भलै बिभिन्न कारण सहित निराशाजनक होला, तर कला, भाषा, संस्कृती र परंपराको जगेर्नामा खर्चेको योगदानको कदर गर्नैपर्छ । आज अमेरिका, बेलायतको नाम चलको संग्रहालयमा जाने हो भने; कुनै न कुनै रुपमा नेपाली कला र संस्कृतिको तख्ता देखिनेछ । जसरी गुरुचरण दासले आफ्नो पुस्तक ‘इण्डिया ग्रोज एट नाइट’मा – “भारत बलियो समाज भएको कमजोर राष्ट्र हो भने चीन कमजोर समाज भएको बलियो राष्ट्र हो ” भनेका छन् । त्यस्तै नेपाल पनि “धनि संस्कृती भएको गरिब राष्ट्र हो भने अमेरिका गरिब संस्कृती भएको धनी राष्ट्र हो ।” अब हामीले हाम्रो संस्कृतीलाई जिवन्त राखि सामाजिक स्थायित्वको बलमा राजनैतिक स्थिरता कायम राख्ने बेला आएको छ ।
आज संसारको कुनै पनि कुनामा नेपाली नपुगेको सायदै होला । अमेरिकामा मात्र अपुष्ट तथ्याङक अनुसार करिब एकलाख नेपालीहरु छन् । यि सबै नेपालीले प्रत्यक्ष वा परोक्ष रुपमा नेपालको अर्थतन्त्रमा टेवा पुर्याइरहेका छन् । प्रबासमै रहेता पनि विभिन्न संघसंस्था मार्फत नेपालीत्व कायम रहने कार्यक्रमहरु गर्दैआइरहेका छन् । जसरी दक्षिण कोरिया समृद्ध बनेपछि बेलायत र अमेरिकामा रहेका उल्लेख्य कोरियनहरु ८० देखि ९० को दशकमा स्वदेश फर्के, त्यसैगरि भोलि नेपालको माटोमा बिदेशी सिप र धन बोकेर नेपालीहरु फर्कने दिन अवश्य आउने छ । सधै हामीले गर्ने गरेका निराशाका कथन र उक्तिहरुले हाम्रो देशप्रतिको मानसिकतालाई नै बितृष्णामय बनाइसकेका छौं ।
नेपालले आर्जन गरेको छबि अझै पनि विश्वमानचित्रका हिमायतीहरु माझ धमिलिएको छैन । कसैले तिम्रो देश कुन हो ? भनेर प्रश्न गर्दा हामीले गर्व साथ; “नेपाल” भन्दा प्रश्नकर्ताको मुहारमा आश्चार्य र हर्षका रेसाहरु देख्न सक्छौं । यि सबैका बाबजुत पनि हामी किन बिकाशोन्मुख मुलकको लाइनमा छौं त ? लामो राजनैतिक संक्रमणको चपेटामा रुमल्लिएको मातृभूमीले जुन दिन स्थिर राजनैतिक व्यवस्था, चुस्त राज्यसंयन्त्र र कानूनी शासनको बाटो पहिल्याइ निकास पाउने छ, त्यति बेला उत्तरका सेता माथ र दक्षिणका फराकिला फाँटहरु त्यसै-त्यसै पुलकित हुनेछन् । अपार पर्यटकिय सम्भावना बोकेका नेपालले थाइल्याण्डको बैंककले भन्दा बढी पर्यटक तान्नेछन् । थिम्पुका साघुँरा गल्लीमा ५०० डलर तिरेर जाने पर्यटकहरु नेपालका मनाङ र मुस्ताङमा हात फिजाएर घुम्नेछन् । निर्माणाधिन ६ वटा ठुला जलबिधुत योजनाहरु ५ वर्षमा लगभग संचालनमा आउनेछन् । चीनले केरुङ र रसुवागढीसम्मको बाटोबाट अबको २ वर्ष भित्रमा नै छोटो दुरीको नाका संचालनमा ल्याउनेछ । राजधानी जोडेने सुरुङ मार्ग, बिरगन्ज काठमाडौं रेल मार्ग, मेलाम्ची, दोश्रो अन्तराष्ट्रिय बिमानस्थल जस्ता महत्वाकांक्षी आयोजनाहरु सकारात्मक गतिमा अगाडी बढी रहेका छन् ।
हामीलाई कुन राजनैतिक दलले राज्यसञ्चालन गर्नेछ, त्यसले कुनै तात्विक भिन्नता राख्दैन । केवल स्थिरता रहने हो भने, आजको चेतनशिल र प्रजातान्त्रिक मानसिकतामा मोलाएको नेपाली समाज आफसेआफ बिकासप्रति अभिप्ररित हुनेछन्। उत्तरमा द्रुत आर्थिक बिकासको गतिमा अगाडी बढिरहेको चीन र दक्षिणमा भारतको बिकास गतिको तापले अवश्यपनि नेपाललाई सकारात्मक प्रतिफल दिनेनै छ । हामी अर्थमा पनि भाग्यमानी छौं कि, दुबै राष्ट्रको शक्ति सन्तुलनले गर्दा हामीलाई निर्धक्क बिकासमा अगाडी बढ्ने मौका मिल्नेछ । जब नेपाल समृद्ध बन्नेछ, त्यतिबेला नेपालले हाल अमेरिकाले जस्तो बिदेशी कला, संस्कृती, रहनसहन र परंपरालाई अनुसरण गर्नु पर्नेछैन, जुन नेपालको लागि अतिरिक्त लाभ हो । बिदेशमा रहेका करिब १५ लाख नेपालीहरुले पठाएको बिप्रेषणले थेगेको अर्थतन्त्र वास्तवमा अर्थतन्त्रको बलियो टेको हो किनकि बिदेशमा बस्ने हरेक नेपालीले एकदिन नेपाल फर्कने सपना पालेको हुन्छ । देशमा बस्ने बाबुआमा र परिवारलाई कुनै पनि समय रकम नपठाउने भन्ने त सवाल नै नउठ्ने हुँदा बिप्रेषणलाई अर्थतन्त्रको स्थायी आधार मान्न सकिन्छ । जनयुद्धताका ८० प्रतिशतले पर्यटक घट्दा पनि देशको अर्थतन्त्र धारासायी नबन्नु यसको बलियो उदाहरण हो ।
मलाई छिमेकमा बस्ने एकजना पोर्टोरिकनले नेपालको झण्डा किन त्रिकोण आकारको भनेर प्रश्न गर्यो ? मसँग वास्तविक जवाफ थिएन, तब मैले भनें; “नेपाललाई हिमालयको नामले पनि चिनिन्छ, नेपालको प्रायश: भूभाग हिमाल र पहाडले ढाकेको छ, यसर्थ हाम्रो झण्डा पनि हिमालको प्रतिकात्मक सन्देश दिनको लागि दोहोरो त्रिकोण आकारको बनाइएको हो” भन्दा, मास्टर्स गरेको त्यो बिदेशी ट्वाँ परेको थियो । हामीसँग जे छ मौलिक छ । संसारले नेपाललाई हेर्ने दृष्टिकोण पृथक छ । हामी आफु-आफुमा जुट्न सके मात्र पनि बिकासको लक्ष्य टाढा छैन । ५० वर्ष पछाडी फर्केर हेर्ने हो भनेपनि बिसं. २०२० सालको नेपाल र अहिलेको नेपालमा आकाश जमिनको अन्तर आएको छ । तुलनात्मक रुपमा हामीले सिंगापुर कोरिया र थाइल्याण्डको गतिमा, बिविध कारणहरु जस्तै: भ्रष्टाचार, अदुरदर्शी नीति र कमजोर राज्यव्यवस्था आदीका बाबजुत बिकास गर्न सकेनौं होला, तर हामीसँग भएको साधन र श्रोतलाई विवेकपूर्ण ढंगले परिचालन गर्न सक्यौं भने मात्र पनि १० वर्षमा नेपालले ठुलो फड्को मार्ने सुनिश्चित छ ।
आशाले मानिसलाई जिवित राखेको हुन्छ । आशाले उर्जा सिंचित गर्दछ । हरेक कालो सुरुङको अन्तमा स्वर्णिम प्रकाश हुन्छ भने झैं यो लामो संक्रमणकालको बेदना पश्चात प्राप्त हुने सुन्दर दिनको पर्खाइमा संसारभरका नेपालीले आफुलाई उत्साहित बनाउनु परेको छ । मलाई “देशभक्ति त मर्दैन चुत्थै देश भएपनि” भन्ने उक्तिले बाराम्बार झस्काई रहन्छ । वास्तवमा जन्मेको माटोसँगको भावनात्मक सम्वन्ध अतुलनिय हुन्छ । जर्ज वाशिङटनले भनेका छन्; “संसारको सबैभन्दा सुन्दरी तिमी लाग्छ आमा…” आऔं, हामी पनि प्रण गरौं कि: समृद्ध नेपाल बनाउनको लागि हरेकले सकेको योगदान गरौं । – जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी…!!
अति राम्रो लेख| आशावादी छु म पनि मर्नु अगाडी देश राम्रो भाको देख्ने छु |
तर देश बनाउन सबै मिलेर काम गर्नु पर्छ | जब सम्म Nepalma छुवाछुतको चलन रहनछ, मलाई डर लग्छ यो एकता आउन सक्दैनकि भन्ने | अहिलेको नया पिढी हेर्दा आशा लाग्छा |
देश बन्छ- एक जमाना यस्तो पनि आउँछ कि संसारमा सबका-सब देशले गर्नुसम्मको बिकास गरिसक्नेछन्, नेपालले बाहेक, किनकि हामी घाम तापेरै, थुतूनो बजाएरै जुनि काट्न सक्ने जात । अनि तेतिबेला संसारभरका मान्छेहरू केहि सय वर्ष अघि हाम्रो देस पनि यस्तै अविकसित थियो रे भन्दै हेर्न ओईरनेछन् । त्यतिबेला शुल्क चैं ग्वाँच्चै लगाउन पर्छ- जति लगाए पनि हुन्छ किनकि संसारकै एक्लो आश्चर्य जो हुनेछ ।
देस बन्ने चिन्ताबाट वाक्क हुँदा अकस्मात् फुरेको यो विचारले म ढुक्क छु- देस बन्छ ।
योगेशजी,
तपाईलाई अमेरिकाको एईनामा नेपाल हेर्नु छ भने बरु अमेरिकामा रहेको हाम्रो नेपाली राजदुतावासको बारेमा लेख्नुस| किन त्यहा एउतै जातको मात्र वर्चस्व छ? किन कसैले त्यतातिर नजर दौडाउदैनन्? यस्तै हो भनेर छाडिदिने?
कुरा चाहि लोकतन्त्र र समावेशी अनि अखण्ड देशको र देशको धनी संस्कृतिको गर्छ र खालि आफै मात्र भागमा हात पार्दा अलिकति शरम पनि हुनपर्ने तर शरम जमानामै पचिसकेको जस्तो छ|
जातपात को कुरा गर्यो भन्नु होला, नेपालीको हड्डी हड्डीमा जातपात घुसेको छ, आई मीन जातपातको कुचक्र| सबै बाहुनै बाहुन र नभए एउटा दुईटा जातको वर्चस्व मात्रै| के नेपालमा अरु जातका योग्य व्यक्ति नभएकै हो त्? योग्यताकै कुरा गर्नु हुन्छ भने अलि खाईपाई आएकाहरुको योग्यताको मुल्यांकन गर्नु हो भने प्रष्टै हुन्छ नेपालमा योग्यतालाई मान्यता दिंदैन भन्ने देखिन्छ| समावेशी भन्दैमा जो पायो त्यही समावेश गर्नुपर्छ भन्ने होइन तर मेरो आशय अरु जातमा पनि योग्यता भएका व्यक्तिहरु निश्फ़िक्रि छन्| उनीहरुले किन मौका पाउदैनन, किन वाहुन र एउटा दुइतै जातको मात्र हालीमुहाली जारी छ –लोकतन्त्र आएको दशकौ भैसक्दा पनि|
के नया नेपाल भनेको यही हो?हाम्रो नेपालको democracy भनेको “of bahunds, by bahuns and for bahunds”??
यो निजि विचार पढेर म घोत्लिए, म पनि अमेरिकामा बस्छु घृणा तिरष्कार, हिन भावना र थोपरिएको नकारात्मक भावले ग्लोबल नेपाली डायस्पोरा र नेपालमै बस्ने नेपाली समाज पनि विभाजित छ जाति, भाषा र बर्णको नाउँमा । अझै अमेरिकामा बस्ने नेपालीहरुको एउटा राज्यमा १०० भन्दा बढी संस्था छ र जाति, भाषा र बर्णको नाउँमा देखिने बैमनश्यता डर लाग्दो अवस्थामा छ । एउटा नेपाली र अर्को नेपाली बिचको साइनो र सम्बन्ध जातको आधारमा हुने गरेको छ र यो बिभाजन युरोप र एशियामा बस्ने नेपालीहरुमा पनि देखिदै आएको छ । सानो देश कल्चरल, जातिय र भौगोलिक डाइभर्सिटी मात्र होइन इतिहाँस पनि गर्विलो छ नेपाल र नेपालीको । तर हामी नेपालीले झन्डै एक सताब्दी कस्तो राज्य र कस्तो साशन प्रणाली अबलम्बन गर्ने भन्ने लडाइंमा समय र शक्ति खर्च गर्यौ । आजका दिन सम्म पनि कस्तो राज्य र कस्तो साशन प्रणाली अबलम्बन गर्ने भन्ने लडाइंमा लडिरहेका छौ । दुर्भाग्य इतिहाँसमा कहिल्यै जाति, भाषा र बर्णको नाउँमा नलडेका हामी यति बेला भने जाति, भाषा र बर्णको नाउँमा कहिल्यै जोडिन नसक्ने गरि फुटेका छौ र जोड्ने धरोहरहरु बिस्तारै समाप्त पारिदैछ । सानो भूगोल र सानै जनसंख्या भएको हाम्रो भूमि र भएका स्रोत साधन उपयोग गर्न स्थिर राजनीतिक प्रणाली र प्रशासन संयन्त्र निर्माण हुने हो भने यो निजि विचार जुन मैले पढे तपाइंले पढ्नु भयो जस्तै सकारात्मक सोच राख्ने हो भने हाम्रा सुखका दिन टाढा छैनन् । इच्छा शक्ति, सकारात्मक सोच र मैले पनि गर्न सक्छु भन्ने हो भने ..नेपाल स्विजरल्याण्ड जस्तै छ मात्र पूर्वाधार बिकाश लाइ पूर्णता दिनु पर्ने छ त्यो काम हामी प्रवाशी नेपालीले गरन सक्छौ जस्तो गैर आवाशीय भारतीय र चिनियाहरुले ८० को दशकमा देश फर्केर सुरु गरेको लगानीको प्रतिफलले आज दुवै देश विश्वको आर्थिक महाशक्ति बन्न सफल छ हामी पनि हाम्रो उन्नति र प्रगति गर्न सक्छौ । खालि राजनीतिज्ञ र राजिनितिलाई दोष दिएर पन्छिनु भन्दा पूर्वाधार बिकाशमा सानै सहि लगानी गर्ने र त्यो लगानी प्रति चनाखो हुने हो भने नेपाल स्विजरल्याण्ड जस्तै हुनेछ । यस्तै सकारात्मक सोचले दुनियाँ बदलिने हो ।
देश त त्यहिँ राम्रो जहा मान्छेले काम गरे पछि आफूलाई पाउनु पर्ने आधारभूत सबै कुरा पाउन सकोस | संसकृति र सम्पदा मात्र भनेर के गर्ने ? दिनभरीको कडा परिश्रम पछि पनि पेटभरी खान नपाएको र आंग भरि लाउन नपाएको संग सोध्नुस देश र देश भक्तिको परिभाषा ! मज्जाले घिचेर अघाएकाहरुलाइ मात्रै देश भक्ति र आदर्शले किन छुँदो रहेछ बुझ्न सकिएन !
Well, when Nepal get developped, our diverse culture would be already put on musieum as in US. Look at Nepal’s policies. Our policies and leaders are still guided by Panchayat policies, For instance One country one language, one country one costum. Mr AAdi, just want to show mercy to indigeous people: He might have voted for anti federalist party. It is unfortunate that leaders could not come to an agreement when it comes to an identity/nationality based federalism & restructuring country accordingly. It is so important to save our culture and languages for future.How could we save our culture for future when circumstances in the country is as in US when they were killing millions of Red indians in name of savages ? Look at Only Khas language is called Nepali. All other languges that are spoken in Nepal is no-nepali. Only Nepali (Khas) language film get tax exemptions etc.It is so unfair & discriminating. the Country can not 6 will not get developped when the country & its policies discrinating the 70% of population.
निरन जी,
मलाई तपाईँलाई जस्तो अँग्रेजी आउँदैन, खसकुरामै लेख्दैछु। स्मरण रहोस्, यो मेरो मातृभाषा होइन। १८२५ मा नेपाल खाल्डो विजयदेखि खस इतरका जातिहरुलाई पक्षपात गरिएको, एउटा भाषा-एउटा भेष भनी साँस्कृतिक रुपमा दबाइएको कुरामा दुईमत कसैको नहोला। तर आजको बदलिएको परिस्थितिमा त्यही कुरामा अड्किएर ‘अब हाम्रो पालो हो, अरुको भर्सेला परोस्’ भन्ने कि फरक ढङ्गबाट सोच्ने? ‘हुने खाने’ र ‘हुँदा खाने’ को बीचको बढ्दो खाडललाई पुर्ने तरिकमा माथापच्ची गर्ने कि शोसक बाहुन-क्षत्रीको ठाममा शोसक नेवार, गुरुङ वा मधेशी ल्याउने? भाषा सँस्कृति जोगाउन सङ्घियतानै चाहिन्न, स्थानीय निकायमा विकेन्द्रिकरण र राम्रो सोच भएको इमान्दार नेताको आवश्यकता छ। मलाई अहिले धनी बाहुनले शासन गरेकोमा पछि मेरै जातको धनीले शासन गर्दैमा मेरो आर्थिक अवस्थामा सुधार आइहाल्ने ग्यारेण्टी हुन्न। बरू जात-भात नभनी सबैले व्यक्तित्व विकासमा समान अवसर पाउनु पर्यो। हामीलाई यस्तो अवस्थाको खाँचो छ- जहाँ यादव र चौधरीका, हुम्लाका बाहुन, मुगुको भोटेका र भोजपुरका गुरुङ्का छोराले ज्योती, विनोद चौधरी, शाहहरुले एकै किसिमको शिक्षा पाओस् र समान रुपमा प्रतिस्पर्धामा उत्रिन पाओस्।
विकास विकास भनेर चिच्याएर मात्र विकास हुने होइन साथी हरु :/ विकास त हुन्छ , किन हुदैन ? तर गरे पो हुन्छ कराएर मात्र हुन्छ ? अरुको आङ्को जम्रो देख्ने आफ्नो आङ्को भैसी न देख्ने पाराले विकास हुन्छा ? सकारात्मक सोच ले मात्रै पुग्दैन सकारात्मक काम चाहियो / सकारात्मक सोच लिएको ६० बर्ष भइ सक्यो कामको नाम मा एउटा ढुंगो पनि बसेको छैन / जो देखि राख्नु भाको छ त्यो त विदेशीले आफ्नो बजार बनाएको मात्र हो ; हाम्रो विकास होइन बिदेशी संग मागेका पैसा र विदेश मा काम गरेका पैसाले बिदेशी कै समान किनेर रमाइलो गरेको मात्रै हो / यस्तालाई विकास भनिदैन — मेरा सम्माननीय पाठक मित्रहरु / बिदेशिएका नेपाली घर फर्कन को लागि देशमा बिकाश को वर्षा गराई रोजगार को बाडी ल्याउनु पर्छ /
योगेश जी,
“अमेरिकाको मौलिक र सनातन केहि छैन, भन्दा फरक पर्दैन”
यस्तो भ्रभ पालेर नबस्नु होला।
अमेरिका नेपाल भन्द धेरै कान्छो देश हो तर त्यहांको त्यही हिसाबको संस्कृति छ। नेपाललाई राम्रो भन्नलाई अरुदेशलाई नराम्रो देखाउन पर्दैन।
योगेश जी लेख राम्रो छ / मात्र एउटा कुरा , अब कसैले नेपालको झण्डा किन त्रिकोण आकारको छ भनेर प्रश्न गर्यो भने “नेपाललाई हिमालयको नामले पनि चिनिञ्छ ” भनेर भन्नु भन्दा महाभारत कालका चन्द्रबंशी र सुर्यबंशी राजाहरुको झन्डा लाई एकै ठाउमा मिलाएर अलिकति फेरबदल गरिएको हो भन्ने जवाफ दिए उत्तम /
केही बर्ष अगाडीको कुरो हो, म काठमाडौंको भोटहिटीस्थित बाणिज्य बैंकमा पुगेको थिएँ ।काउन्टरमा दुईजना कर्मचारी चिया चुस्की लिन्दै गफमा ब्यस्त थिए । काउन्टर बाहिर ग्राहकहरुको लाम लामै देखिन्थ्यो तै पनि ति दुई कर्मचारीले आफ्नो गफ नसकेसम्म ग्राहकको कुनै चासो राखेनन । जब सेवा शुरु भो तब त आफुले चिने का ग्राहक (आफन्त ? साथी ?) लाईनै लाईनको ग्राहक भन्दा बढी प्राथामिक्त दिए ।
केही घण्टा पछाडी म घुम्दैफिर्दै सुन्धारास्थित गोश्वरा हुलाकमा पुगें । लाईन लामै थियो । त्यहाँ पनि केही कर्मचारी काउन्टर पछाडी गफमा ब्यस्त देखिन्थे । बेला बखत कोही लाईनमा घुसेको देखिन्थ्यो त कोही एउटा टिकट मात्र किनिदिन अगाडीका कोही कसैलाई अनुरोध गरेको देखिन्थ्यो । यो देखेर सात समुन्द्र पारी रहेका आफन्तजनलाई पोस्ट-कार्ड पठाउन लाईनमा बसेका बिदेशी पर्यटकहरु एक-अर्कालाई हेर्दै ती सभ्य नेपाली मित्रहरुको खिल्ली उढाईरहेको हुन्थ्यो भने कोही त रिस ले फन्फनिदै सभ्यपन को पाठ सिकाउन लागीपरेको देखिन्थ्यो । त्यतिकैमा पछाढी बाट कसैले यो प्रतिकृय दिएको पनि सुनियो, “हामी नेपालीहरु सबैले कमसेकम लाईनमा बसेर आफ्नो पालो कुर्न जाने, अनि सरकारी कर्मचारीहरु पनि गफमा नलागेर सेवाग्राहीको सेवामा लागे त हुन्थ्यो । यिनीहरु जस्ताले त देश बिगारेका छन यहाँ… ।” प्रतिकृया यति सान्धर्भिक र घात लाग्दो सुनियो कि ति ब्यक्ती कस्ता रहेछन त भनी जान्न यसो पछाडी फर्केर हेरें । बडो अचम्म त त्यतिखेर महसुश गरियो कि जतिखेर मैले चिने, त्यो ब्यक्तीलाई । आखिर त्यो ब्यक्ती उही थिए जो वाणिज्य बैंक भोटाहिटी शाखामा ग्राहकको सेवामा भन्दा बढी आफ्ना ब्यक्तिगत गफमा ब्यस्त देखिएको थियो । …..!
यो लेख पोजिटिब खालको छ | येस्तो ब्लग मा यो लेख आउनु असाध्येइ राम्रो कुरा हो |
तर बास्तबिकता भन्दा चै अलि टाडा छ ( दुख को साथ् भन्नु पर्छ }
१) लोकतन्त्र आइसकेपछि १० बर्स मा त् लग्बग संबिधान बन्ला ? संकै छ |
२ ) सार्बजनिक जग्गा मिच्ने , बेचेर खाने परम्परा बसेको छ जुन हाल आएर मौलाउदै अरुको जग्गा समेत किर्ते गरेर बेच्ने सम्म कुरा पुगिसक्यो |
३) समानुपातिक सिट किनबेच को परम्परा बिकसित हुदै अब देसै कसरि क्वाप्लाक्क घिचने भनेर दक्षिण को अजिङ्गर घाटीको साइज नाप्दै छ | उसले देखिने गरि नेपाल मा चालेको ग्रयाण्ड डिजाइन
क ) जातिय बिद्वेस फैलाउने काम , जस्तो कि तराई एक मदेस एक प्रदेस पहाड चै टुक्रा टुक्रा
ख ) भारतीयलाई नेपाल को सत्ता को प्रमुख ,प्रमुख ठाउमा राख्ने
ग ) उसले लादेको तन्त्र पछि खै नदि बिबाद ? खै सिमाना बिबाद ? सिमाना मिचेको त् समाचार मा दिनु आइरहेछ त् ?
यता सिमाना मिचिनु , नेताहरु चुप बस्नु उता समनुपातिक सिट किन बेच हुनु
४) अपहरण , बेश्या वृति पेसाको रुप मा फ़स्ताउदै
५) यो खुलापन को डरलाग्दो परिणाम भनेको नेपाल बाट क्रमस नेपालि हराउदै ( नेपालि हरौदा नेपालि संस्कृति पनि सगै जाने हो ) अन्तत डोरीको एक छेउ चिनिया ,अर्को छेउ भारतीय रहनेछ |
तेसैले नेपाल छुटै देश भएकोले यहाको भिन्न सासन ब्यबस्ता , सिमाना बन्द र देश बिकास को लागि नेपालि लड्नु पर्छ |
केही साथीहरूको आक्रोस हेर्दा बाहुन क्षेत्रीले देश बिगारे भन्ने भ्रममा हुनुहुन्छ । यदि बाहुन क्षेत्रीकै कारणले देश बिग्रिने भए मध्यपूर्व, अफ्रिकाका अधिकाँस देश, बाङ्लादेश, माडागास्कर, कोष्टारिका जस्ता देशहरू सप्रिनु पर्ने हो किनभने त्यसमा बाहुन क्षेत्री छैनन् मात्र हैन त्यसको हावा पनि छैन । तर सबै गरिब छन् । उत्तर र दक्षिण कोरियालाई हेर्दा पनि जात उही हुन् दाजुभाइ उही हुन् एउटै आमाका सन्तान छुट्टीएको पिडामा बाँचेका परिवारलाई पुनःर्मिलनको साइत मिलाउँछन् दुई कोरिया । तर उत्तरमा भोकमरी छ दक्षिण भोकमरी पडित उत्तर कोरियाली र नेपालीलाई राहत दिने हैसियतमा दक्षिण छ । यी दुबै मध्ये बाहुन क्षेत्री दक्षिणमा होलान् तर कुटनीतिज्ञबाहेक उत्तर कोरियाममा बाहुन क्षेत्री छैनन् होला ।
विदेशी चलखेल, उनीहरूको क्रिडास्थल बनेका अफ्रिका, मध्यपूर्व कङ्गाल र एसियाका धेरै देश कंगाल छन् । प्राकृतिक श्रोतमा अथाहा सम्पत्ति रहेको नेपाल, माडागास्कर, कोष्टारीका र अफ्रिकी मुलुकहरू कंगाल छन् । नेपालको त बाहुन क्षेत्रीले बिगारे भन्ने आरोप लगाउन सकिएला तर बाँकी अरु देशहरू बिदेशी कृडाकाकारण भएका हुन् भन्ने यथार्थ नेपालमा पनि मान्न सक्नु पर्छ । अर्काको घर फुटाएर फाइदा लिने विदेशीजालको सिकार भएकोलाई हामीले बुझ्न सकेनौं र अपुगको बीचमा आफ्नो सहजरुपमा राज्यबाट लिन सकिने फाइदाकालागि हामी जातपातको अलाप अलापिरहेका छौँ । भोकको आगो बोकेर छिमेकी सल्काउने नाराले आफैँ पनि रागमा परिणत भइन्छ भन्ने सोच्न जरुरी छ । सबै जाति भोका छन् । अघाउनेहरू मध्येका पनि सबै जातिका छन् थोरै कम वा बढी केही हुन सक्ला । नेपाललाई हेर्ने हो भने सुदुर पश्चिम र मध्यपश्चिमका केही भूभाग चरम गरिबिमा लपेटीएका छन् । तर पूर्व धनी छ भन्ने होइन । पहाड झन पिडामा छ तराई पिडामा छैन भन्ने हैन । पिडा सबैलाई छ । पिडित सबै जातिका छन् । राज्य सञ्चालन गर्ने केही उपल्लोजात भनिएकाले फाइदा लिएका होलान् तर उपल्लो जाति पनि भोकमरीमा छ । जनजातिको बलले मात्र हुने भए अहिले जनजातिको उद्गम स्थल मंगोलिया संसारको धेरै समृद्ध राष्ट्र हुनु पर्थ्यो त्यो पनि हुन सकेको छैन नि किन त ?
त्यसैले योगेशजीले उठाउनु भएको चिन्तन सही र समय सापेक्ष छ । कुरा कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धीको मात्रै हो ।
तपाईमा महाभ्रम भएछ| आक्रोश विद्यमान वाहुनवाद प्रति हो| अरु जातमा पनि वाहुनवाद नभएको होइन| तर कुन जातमा बढ्ता हावी छ भोगेकाहरु र पीडितलाई मैले यँहा उल्लेख गरि रहन नपर्ला|
तपाईले उल्लेख गर्नु भएको देशको मौजुदा हालत र नेपालको हालत मेल खाँदैन| भारत संग सके अलि मेल खाला| यसैले ताई न तुई को उदाहरण काम लाग्दैन| एकचोटी हामी सबैले आफैलाई नियालेर हेरेर काम गरे बेस हुनेछ|
राम्रो लेख सकारात्मक सोचाई राख्नु धेरै नै राम्रो कुरा हो ! नेपाल को विकास गर्नु तेती धेरै गाह्रो काम होइन जस्तो लाग्छ मलाई पनि !तर पनि किन विकास हुन सकिरहेको छैन त , यो कुरामा सबैले ध्यान पुर्याउने बेला आएको छ ! नेताहरु लाई मात्र दोष देखाएर केहि होला जस्तो लाग्दैन ! हामी सबै जनाले पनि आफ्नो आफ्नो ठाउँ बाट सके योगदान नसके श्रमदान चाही गर्ने हो कि ?
सारै राम्रो लग्यो नेपाल को राम्रो कल्पना को लागि नै त हामी त हामी येति टाडा विदेश मा छौ अब आस गरौ चाडै सदै को लै नेपाल फर्कन पाऊ
जातीय हिशा को नया नमुना हरु हेर्ने हो भने नियमित बी बी सी, या त सी एन एन आदि समाचार च्यानेल हेर्नुस थाहा पाउनु हुनेछ /
१ साउथ सुडान जहाँ डीगा र नुर जतिबीचको शक्ति सघर्ष हुदा हाल गृह युद्ध फसेको छ / यो राष्ट्र सुडानको मुस्लिम तानाशाह ओमर ऑल बाषिरको पन्जा बाट उम्कन २०११ को जनमत सग्रह पछि स्योतन्त्र भयको राज्य हो / बाषिर ओमर अल बसिर आई सी सी को युद्ध अपरथि लिस्टमा नाम छ / यिनको नाममा गिरफ्तारीको वारेन्ट छ /
२ सेन्टर अफ्रिकन रिपब्लिक पनि मुस्लिम बिद्रोही समूह सिलेका अनि इसाई प्रतिरोधी समूह एन्टी बालाका समूह बीच को खिचातानीमा हालै हिम्सामा फसेको मुलक हो / हाल फ्रान्सले आफ्नो सेना पडाएर सान्ति कायम गर्ने प्रयास गरिरहेको छ /
३ सिरिया सिया मुस्लिम तानासाही बासर ऑल असद अनि त्यहाक सुन्नी मुस्लिम सम्प्रदाय बिचको विवादले युद्धको रुप लीई एक लाख भन्दा बादी मरियाका छन् / भने करोडौ छिमेकीराष्ट्र जोर्डन लेबनान टर्की इराकमा सरनार्थीको रुपमा पलायन हुनुपरेको छ /
तेस को अलाबा नाईजेरीयाको मुस्लिम बोकोहरम आतंकबादी समूह, अफगान तलेबन, तमिल टाईगर, आदि कुनै न कुनै रुपमा जातीय धार्मिक हिम्सा फैलाउने समुह हुन् /
यी सब जल्दो बल्दो उदहारण समाचारमा पदई सुन्दै अनि हेर्दै गर्दा हामी नेपाली जातीय कुरा गरेर किन युद्धलाई निम्ता दीरहेका छौ / ब्रामण छेत्त्रि, नेवार, तामाग. गुरुङ मगर थारु मदेसी पाहाडी शेर्पा दलित आदि भन्दै किन आफु आफु नेपाली नेपाली विवाद गरीरहेका छौ / नेपाल रहे हामी रहन्छौ / जातीय सोच भन्दा राष्ट्रिय सोच हुनुपर्यो / नेताको राजनीतक दलको देश फुटाउने जातीय नारामा मक्ख नपारौ / रास्ट्रीय सोच राखी सक्रीतिक बाहुल्यताको एक अर्कालाई संम्मान गरि रक्छा गरोउ/
आज म र मेरा सन्तति विदेश पलायन हुनुको कारण गरिबी मात्र नभएर जातपात, छुवाछुत, रुढिबादी संकीर्ण सामाजिक कु-संस्कार, धर्म, अवसरको कमि, व्यापक भ्रस्टचार,तुच्छ राजनीति सोच, सामाजिक सुरक्छ्या, बाच्न पाउनु पर्ने अधिकार जस्ता कुरा बाट बन्चित भए पछि अवसरको खोजि सबैले गर्छ तर देश प्रतिको माया सायदै कसैलाई नहोला.. देशमा भइ रहेको बिकृतिको थुप्रो कम भए एक दिन फर्केर आउने छु अवस्य …जय नेपाल
आदरणीय मित्रजन,
उपरोक्त लेख मैले कुनै जातिय बिद्धेषको कारक बनोस भन्ने अभिप्रायले लेखेको किञ्चित पनि होइन / राज्यको बिध्यमान कानूनले समान हक र अधिकार सुनिश्चित गरेको पृष्ठभूमिमा पुराना तुष र कलुष कोट्याएर सामाजिक समन्वय खलबल्याउनु कदापि राम्रो होइन / ~ सबैलाई मनैदेखि धन्यबाद !!
मान्छेहरु जब आर्थिक रुपमा सम्पन्न हुदै जान्छ तब छुद्र मानसिकता पनि घट्दै जान्छ, अहिलेको आबश्यकता भनेको जतिपनि नेपाली बिदेशमा छन् तिनीहरुलाई नेपाल फिर्ता गर्न सकियो र नेपाल को धन विदेश लैजान रोक्न मात्र सकियो भने नेपाल आर्थिक रुपमा सम्पन्न हुन अब धेरै वर्ष लाग्दैन !!
विदेश घर, गाडी किनेर बस्नु भन्दा नि नेपलक पैसा पठाउन पर्यो जान्ने बुझ्ने थालुहरु …..
राम्रो सोच र लेख. संसार अगाडी बढी रहनछ, नेपाल मात्र सधै पछि हुने कुरा प्रकृति बिपरित छ. त्यसमा पनि असंख्य सम्भावना बोकेको हाम्रो देश, तुलनात्मक रुपमा उत्कृष्ट मानब संसाधन र इमान्दार मानिसहरुको देश, अघि नबढ्ने त कुरै छैन. त्यसैले विदेश बसे पनि नेपाल नै फर्के र मैले सक्ने कम गर्दै छु. तपाई नि?
ारै राम्रो लेख मन पर्यो
“मैले देखेको नेपाल”
मुलकमा राजनीतिक दलहरु बौलाएको
दलहरु भित्र भ्रष्ट,डाँका,गुण्डा,दलालहरु मौलाएको
प्रजातान्त्रिक समाजबादमा एउटा मात्र समाजको उत्थान हुनु
सर्वहारा नेताहरु दुनियाँको छोरा छोरी मारेर करोडौं अरबौं हुनु ,
प्रजातन्त्र र लोकतन्त्रमा नागरिक अधिकार र मुलुकको बिकास जिरो
सेतोलाई कालो,कालोलाई सेतो बनाउने कुमाई नेता र कर्मचारी हिरो
ुर्बिय संस्कृति र संस्कार पश्चिमा भन्दा धनि छ, पश्चिम संग विकास छ हामी संग संस्कार छ……..कति मज्जा लाग्छ यी कुरा सुन्दा…….यी कुरा हरु मलाई घोकायिये सानै बाट तर जब जब मैले अखबार मा बोक्शि भनि महिला लै दुर्बेभार गरेको, छुवा छुत गरेको, अनि जता तत्तै भस्त्रचर, महिला हिम्सा पद्छु मेरो त्यो घोकाई काप्न थाल्छ……..मन को लड्डु घिउ संग खानु auta कुरा, बिकसित देस को नराम्रा कुरा कोत्त्यर आफु राम्रो भन्न खोज्ने हो भने बेक्ती र समाज कहिले सुध्र दैन….बास्तबिकता दिनहु हामी लाहुरे हुनु परेको छ, त्यो हाम्रो रहर थिएन….तेस्को दोषी हाम्रो समाज, संस्कार, तपाई हरु र म पनि हो……..हाम्रो देश भ्रस्ट्राचार म़ा आगाडी अनि मानबिय बिकाश अङ्क म़ा पछाडी किन छ……सोच्ने बेला आएको छ
धेरै समय पछि एस्तो लेख पढ्न पाउदा धेरै खुसि लाग्यो …
योगेश आदी जी को सकारात्मक अनि स्वोतन्त्र रूप मा ब्यक्त गरियको विचार लाइ मा स्यालुट गर्छु…
भबिस्य मा तापाई को लेख पढ्न फेरी पाइयोस …
सकारात्मक सोंच तथा मनन् योग्य लेख को लागि धन्याबद / सबैले १, १ लोटा दुध खन्याए एकदिन अबश्य दुध पोखरी बन्नेछ; अनि देश सानो भएको ले छिट्टै भरिनेछ/
नेपाल लाई कुनै पनि देश संग तुलना नगरौ
देशको बिकासको लागि यो जति र उ जति भन्ने नै हुदैन / जो संग खुबी र दक्षता छ उसैले नेतृत्व गर्न सक्छ / तसर्थ म यो जति उ त्यो जति फलानो उ जति भन्ने हो भने नेपाल कहिलै बिकसित मुलुक बन्न सक्दैन / कर्ण शाक्य ले भने जस्तै सबै मा सकारात्मक सोच को विकास हुने हो र मैले पनि देशको लागि केहि गर्नु पर्छ भन्ने सोच को विकास भयो भने नेपाल को आर्थिक विकास धेरै टाढा छैन / आशा गरौ सम्पूर्ण हामी जस्ता बिदेसिएका नेपाली हरु ले कुनै दिन स्वदेशमा नै आर्थिक उन्नतिको अवसर देखेर फर्किने दिन छिट्टै आवोस /
बिष्णु अधिकारी
आशा पुराण राम्रो छ!
तर दश बर्षमा देश बन्ने कुरालाई एकछिन अलि पर राखौ, दश बर्षमा संबिधान मात्र बन्दिय पनि उपलब्धि मान्न सकिन्थ्यो होला!
गर्न खोज्ने लाइ गर्न नदिने अनि देश बनेन भनि रहने,
नेपाललाई चिन र भारत बिचको गतिशील पुल बनाउनु पर्दछ भनेर केहि गर्न एउटा बिचार र योजना सहित द्रिन र तल्लिन लागि पर्ने ब्यक्तित्वो लाइ चिनेर मौका मद्दत र सहयोग का हात हरु अघि बढाउनु पर्यो!
तर खोइरो खन्न र भाजों हाल्ने घाडो बन्ने भन्दा अर्को कुरा नगर्ने अनि देश बन्नु पर्यो!
गुं पनि चलाउन नदिने, सुधार र निर्माण बिकाशका काम गर्ने सोच्यो मात्रै भनेपनि लौ देश बेच्न लायो भन्ने अनि देश चाहि अमेरिका र बेलायत जस्तो बनाउन पर्ने!
देश बिग्रेको वा बिकाश नहुनुमा धेरै कुरा ले अर्थ राखेको छ तर पनि तेस्मा मुख्यगरी खोक्रो र पाउदुरे रास्त्रबाद है अनाबस्यक तरिकाले हाबी हुनुले हो भन्ने लाग्छ!
अझै सबै भन्दा अबरोध त झन सर्बोच्च अदालत पो भाछ त घाडो!
सबैलाई यालले गर्ला यालले बनाउलाकि, यालले बनायो भने यो हाइ हाइ हुन्छ हामि पछाडी पर्छु भन्ने नै चिन्ता छ!
अब कि रास्त्रपतिलाइ पशुपतिको पुजारी बनाउने र पशुपतिको पुजारी लाइ रास्ट्रपति बनाउने अनि बन्छ देश!
सबै भन्दा मुख्य कुरा माल पायर छाल पाउनुपर्यो!
म नेपालबाट विदेश आएको झन्डै २२ बर्ष भयो! आफ्नो कामको आधारभूत आवस्यकता, सुबिधा र सुरक्षाको दृस्टीकोणले यहाको नागरिकता पनि लिए, तर मेरो मन, परिवार, पैत्रिक सम्पत्ति, साथी धेरै जसो नेपालमै छन्. मैले हरेक दिन नेपाली खाना पकाएर खान्छु, नेपालको समाचार पहिला पढ्छु, संस्कृतिको पालना गर्छु, नेपाली भाषा बोल्छु, नेपालको औधी माया गर्छु. म यहाको नागरिक भए पनि सबैलेले यहाँ म एसियन मुलको हु नेपाल भन्ने देशबाट आएको हु भन्ने सबैले चिन्छन. यतिसम्म कि जब हाइकिङ्ग, ट्रेक्किंग, नदिनाला, हिमालको कुरा आउछ, उनीहरु म तिर फर्केर मुस्काउछन! करिब ५०० जना को समाज ले मलाइ राम्रो संग नेपाली भनेर चिन्छ.
नेपालमा परिवर्तन आउदै छ, निकट भविस्यमा नेपाल पनि बिकसित देशमा गनिने छ. एकदिन पालो कसो नआउला र ! चीन, ब्राजिल इन्डियाको त पालो बल्ल आउदै छ भने, नेपालको पालो आउन अलि समय लाग्न सक्छ, तर एक दिन नेपाल सक्षम, आत्मनिर्भर, र बिकसित हुनेछ. मलाइ दृढ बिस्वास छ!
राम्रो लाग्यो यो लेख। मित्रहरु परिवर्तन गर्न सकिएला तर आफ्नो मातालाई परिवर्तन गर्न सकिदैन र कसैले गरिब हुँदैमा आफ्नो माताको पारीत्याग गर्दैन, न माताले आफ्नो सन्तानकोनै त्याग गर्छिन्। महाभारतमा बिदुर दासीपुत्र थिए र उनको अपुर्व बिद्द्व्ताको कारणले उनको माता जुन राज्यको दासी थीइन् सोही राज्यको प्रधानमन्त्री बिदुर थिए। तर बिदुर कहिल्यै आफ्नो पद र प्रतिष्ठालाई आफ्नो आमाको भन्दा ठुलो स्थान दिएनन्, किनकी उनमा यो कुराको राम्रो बोध थियो कि, ‘मेरो सम्पूर्ण आस्तित्व मेरो माताकै कारणले गर्दा छ’। जुन ठाउँले जब हामीसँग केही थिएन आस्रए दियो, जहाँको अन्नलेनै हाम्रो सरिरको हरेक कोशीकाको निर्माण भएको छ ,आज बिदेशमा केही ज्ञान र केही धन हुँदैमा, सोही मात्रिभुमिलाई सानो दृष्टिले हेर्नु गंभिर भुल र मुर्ख्याई हो। बिदेशीहरुले मेरो देशप्रती लाख उपहाँस गर्नुन्, लाखौ पटक घ्रिणित हुनुपरोस्, तथापी मलाई नेपाली हुनुमा गर्व छ, र म नेपालीनै रहिरहनेछु। नेपाल मेरो लागि त्यो ठाँउ हो जसले मसँग केही नहुँदा गास बास र कपास दियो र अब जब मसग कोही नहुँदा पनि दिईरहनेछ। जब हामी सबै नेपालीमा नेपालप्रती सम्मान र अपुर्व प्रेम जाग्छ, नेपालको बिकास त अवस्यंभावी छ। धर्मशास्त्र भन्छ आफ्नो कर्तब्यलाई भुली एस आराम र भोग बिलासको पछी लाग्नु मानव जिवनको ठुलो भुल हो, अरबौको संपती हुनेहरु पनि मर्दा खाली हातनै जाने हुन्, यसर्थ आफ्नो लोभ र अहंकारलाई आफ्नो कर्तव्य भन्दा ठुलो स्थान नदिउँ।
मलाई यो राम्रो संग थाहा छकि येदि देशले एक आधुनिक तानाशाह ( सत्ता र व्यक्तिगत स्वार्थ को लागि होइनकि १००% देश को लागि सोच्ने ) ले दुइ शासनकाल सरकार चलायो भने १० वर्ष मा देशले काचुली फेर्ने छ /
तर मलाई सधै एउटा कुराले छटपटी चल्छ , तेस्तो आधुनिक तानाशाह देशले कहिले पाउछ ? आज …..भोलि …..या ….????????????????????????
योगेशजी विविधतामा एकता अनि त्यसमा आफ्नै मौलिकता हाम्रो देश नेपालको भएजस्तै तपाइको यो आलेख पनि मौलिकतामा जडकिएको मैले पाए / नेपाल बाहिर बसेर नेपाल र नेपालीको बारेमा यस्तो विचार अब त पाउनै गार्हो भएको सम्प्रतिमा तपाइको यो लेखले नेपाल प्रतिको सोचाईमा अबश्य सहयोग पुर्याउने छ / विचार सार्है राम्रो हो / Thanks
देश बन्ने झिनो आसामा छाला रगड़ेको नेपालीको मर्म सम्झने हो भने यो सब बकबास जस्तो लाग्छ. सकारात्मक सोचजती कागजमा सबैले उतारेकै छन् तर काम गर्ने बेलामा तेरो र मेरो मै काटाकाट भैराको येतार्थ छ. देशलाई यो अबस्थामा पुराउने बिदेशी र बिदेशीका दलाल लै पहिचान गरि पाखा लगाउने र कानुनी राज्य को स्थापना गर्ने हो भने सम्भव छ नत्र दिवा सपना मात्र हो. “भिर भए धकेल्ने कुना पाए अतेर्ने” मानसिकताले ग्रस्त भएका हाम्रा राज्य संचालकहरु, जुठो खान पल्केका बयूरोकाट्स र आफ्नो दुनो सोज्यौन तलिन कार्येकर्ता भएसम्म मा चाही विश्वास गर्दिन … माफ गर्नुहोला .
राम्रो नेत्रितो भनेको जातीय गुन होइन, राम्रो नेता जुन जातिमा पनि जन्मिञ्छ … तेसरी नै चोर पनि कुनै जातीय गुन होइन …. कुनै जति ले देश लिदैमा देश बनछ भन्नु बनेको भ्रम हो ,,,,, एस्तो जनित्य सत्ता कारोबार modern संसार मा कहिँ भएको छैन …. बरु नया र राम्रो नेत्रोतो को प्रतिछा छ
नेपालको भ्रष्ट नेता र कर्मचारीले आर्जन गरेको छबि अझै पनि विश्वमानचित्रका हिमायतीहरु माझ धमिलिएको छैन । कसैले तिम्रो देश कुन हो ? भनेर प्रश्न गर्दा हामीले गर्व साथ; “नेपाल” भन्दा प्रश्नकर्ताको मुहारमा घृणाका रेसाहरु दौडिएको देख्न सक्छौं ।
xyz,
please tell me any 1 sentence that you wrote is positive about the country. When you can’t find any one positive thing then how can i expect you to contribute in any means to the country and society. Country becomes prosperous only when positive contribution is injected by number of parts. So tell what have you done positive to make the country develop otherwise i wouldn’t consider that you have a right to tell bad aspects too, sorry.
नेपाल “धनि संस्कृती भएको गरिब राष्ट्र हो भने अमेरिका गरिब संस्कृती भएको धनी राष्ट्र हो ।”
योगेश जी ,
आशाबादी लेख, तर म बेलायत मा बर्ष देखि छु, नेपाली भन्दा गर्व को बिषय भए जस्तो लागेन. बरु गोर्खा भन्दा चिने धेरै ले त्यो पनि सहानुभूति raakher
अरुले “अहा” भने भनेर गर्व गर्ने हैन कि, आफै गर्व गर्न सक्नु पर्छ. “नेपाल” (अझ कतिले त उनीहरुकै बोलीमा “नेफोल” “नेपारु” “नेबाल” भनेर चिनाउछन- छोडौ जुन उच्चारणमा भने पनि आखिर Nepal नै भन्या हो) भन्दा डटेर भन्यो भने ओहो कस्तो आत्मबिस्वास भएको मान्छे रहेछ भनेर नेपालको नाम नसुनेकाले पनि पछि घर गएर गूगल गरेर हेर्नेछन्. हार नमान्नुस! गोर्खा भनेर चिनाउनु पर्ने जरुरी छैन! नेपाली भनेर चिनाउन सकिन्छ ब्रिटेनमा!
नेपाल आजसम्म स्वतन्त्रत देस रहनुको कारण इनै बाहुन छेत्री को कारणले
हो. अरुको देसको बन्दुक समाउने अवसरलाई आफ्नो ठुलो सफलता ठान्ने कथित्
जनजाती को हातमा देस गए भने त देस नै नरहन सक्छ …जो संग दिमाग छ , सासन उसले गर्छ…जसको दिमागको ठाउँ अरु चिजले भरिएको छ …उनीहरुले देस चलाउन सक्दैन्न नि हजुर …
प्रितम जी तपाइको जुन किसिमको धारणा छ त्यो एकदम नै गलत छ बास्तबमा बाहुन, छेत्री धेरै चालक भयर नै अहिले एस्तो अवस्था आयको हो, देख्नु भयो होला क्यारे आफ्नो सम्पति विवरण सम्म नबुझाएका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मिले सभाषद्हरुको तलब,भत्ता,सेवासुविघा बढाएर एक लाख पुर्याएरे…. दिमाग को संग छैन ? तर यहाँ बदेत्ताले गर्दा हामी नेपालीहरु बिदेशिनु पर्ने भयका छन् ति नै नेता ज्यु हरुको देनले गर्दा जे होस् हामी जातिय पहिचानले लड्ने भन्दानी हामि नेपालीको पहिचान बाट लड्नु पर्छ जस्तो लाग्छ .म सन्तुस्टी मान्दिन म नेपाली हो तर जब म सन्तुस्टी मान्छु हामी नेपाली भन्दा खेरि जे होस् कुनै पनि कुरा लेख्नु वा बोल्नु अगि एक चोटी सोच्न जरुरि छ ! भनिन्छन् नि लाटो मान्छे एक भल्टयांग र बाठो मान्छे ३ भल्टयांग !
अबिसेख जी , मेरो धारणा धेरै मात्रामा गलत छ . Mr XYZ को कमेन्ट हेरेर खासमा तेस्को रेस्पोन्स मा पोस्ट गरेको हो …अहिले त बाहुन छेत्री जनजातिको गाली खाने जन्मेको जस्तो छ नेपालको केहि सहरको environment हेर्दा त. अति भएर ठोक्द्या मैले पनि…..तर यो कुरा चाही सहि हो… history हेर्दा हुञ्छ नेपाल बनाउन एकीकरण गर्न , बाहुन,छेत्रिकै योगदान धेरै छ नि ….
नेपाल आज सम्म भिखमंगा देश रहेको येही बाहुन र क्षेत्री को कारण ले गर्दा हो भन्ने पनि न भुलाउ !
सही कुरो| त्यसमा कुनै शङ्का छैन|
किन हुदैन थ्यो त क्षत्री बाहुनको धेरै योगदान, नेपाल एकीकरण लाइ होइन नेपाल लुट्न लाइ धेरै योगदान छ!
यस्तै हुन्छ यकिकरण?
अबसार र शक्ति अनि भाग जति सबै क्षत्री बाहुन हसुर्ने स्थानिय रैथाने जनजाति आदिबाशी सबलाई खेद्ने मार्ने लखेट्ने!
अनि एकीकरण भन्ने?
यहिहो एकीकरण?
अरुको भइ खै आयको इतिहाश नामेट पार्ने निमिट्यान्न पान्रे राज्य सत्ता लुट्ने अनि तेसलाई सबैको आखामा छारो हाल्ने एकीकरण भन्ने?
अनि एकीकरणमा हामीले धेरै योगदान गर्यौ भन्ने?
खुब जान्याछ यी काठा हरुले!
Gagan e जी
सारै गनगन गर्न थाल्नुभो त . अवसर र शक्ति पनि माग्ने चिज हो र भन्या …जो लायक छ उसले पाउने हो नि …हजुरहरुको बर्गको मान्छे लाई जनजाती को कोटामा Doctor , Engineer पढ्न मौका दिएकै छन् क्यारे …Rajya बनाएर सासन गर्ने रहर भए त.. आफ्नै भाई- बन्धु को टोल बनाउनुस..आफुले आफैलाई prime – minister / president के मन लाग्छा.. बन्नुस अब..
गगने जी मलाई त तपाइको कमेन्ट सारै मन पर्यो ! आलु रोपेर गाजा फाल्ने आशा देखाउने यी काठाहरु ले हामीलाई सारै पेलेको छ ,बोल्न पनि दियको छैन !
प्रितमजी, मलाई सबै भन्दा अप्रिय र भित्रि आत्मा देखि नै मन नलाग्ने कुरा भनेको जातीयताबादी कुरा र आफ्नो नामले भन्दा पनि जातबाट चिनिन खोज्ने तथाकथित संस्कृतिसम्बर्धकहरुको लस्करहरु हो| तर पनि कुरो उठाई हाल्नु भयो त्यसैले सोध्न मन लाग्यो यहाँ तगाधारी पर्नु भयो कि मतवाली? (म आदिबाशी, जनजाति र पछि आएका आप्रबाशि आदिले नेपाली समाज बनेको हो भन्ने Krishna भट्टचन आदिको सिद्ध्यान्तमाथि बिश्वाश गर्दिन)| कम्तिमा मेरो बुझाई के रही आएको थियो भने तपाइको जस्तो अति विचार मतवालीहरुमा मात्र पाईएको छ| तपाई तागाधारी हुनुहुन्छ भने मेरो बुझाइलाई गलत साबित गरि दिनु भयो | देश स्वतन्त्र रहनुमा सबै नेपालीको देन छ किन भन्न सक्नु हुन्न ? जहाँ सम्म अरुको बन्दुक समाउने कुरा छ, अलिकति आफ्नो बुझाई सुधार्ने हो कि ? भारतीय फौजमा शुरुका दिनदेखिनै र बेलायती फौजमा पछिल्लो समयमा बन्दुक समाउनलाई जात चाहिदैन |
नमस्कार !
नेपाली जी,नेपालमा बिभिन्न थर भएको जात जातिहरु छन्,तर पनि धेरैले थर नलेखेर जात मात्र लेख्ने गर्छन भने पौड्याल,दाहाल,खनाल,कोइराला,भट्टराइ,लम्साल,भेटवाल,रेग्मी,आचार्य,दीक्षित,शर्मा,तिवारी,आदि इत्यादिले ब्राह्मण र थापा,कार्की,खडकाहरुले क्षेत्री मात्र भनेर पनि लेख्न सक्थ्यो नि थर मात्र लेख्नु पर्यो!क्षेत्री जात भित्र बिभिन्न थर हुन्छ ब्राह्मण जा भित्र बिभिन्न थर हुन्छ भन्ने त सबैलाई थाहा भएकै कुरो हो नी तर लेख्न नसक्नुको कारण केहि छ!
प्रितम जी
देश नेपाल , सबै जाति नेपालि हुने तिर देश ३० कि मि प्रति घण्टा ले दौडी रहेको आजको परिबेस्मा येस्ताकुराको बिबाद मा अल्झिनु को कुनै तुक छैन |
आजकाल अन्तरजातीय बिबाह सामान्य भएको छ | दसैँ तिहार ,लोह्सार ,छठ ,क्रिसमस , इद सबैले मनाउने परम्परा बसी सक्यो |
धेरै राम्रो लेख ..दैनिक १५०० मान्छे विदेशिए पनि हामी यहाँ बस्ने ले देश लै योगदान गर्नु पर्छ..देश अवस्य बन्छ…
Presents a very sanguine picture of Nepal, worth reading but the fact is current Nepal is so much divided. The basic reason: the state is dominated by a couple of shrewd bahuns and chhetris. These people are bringing the country to the ruins. They have pervaded almost all sectors of the Nepali economy and society – politics, bureaucracy, security apparatus, diplomacy, business and even in donor community. Janajatis’ call that let they govern for ten years and if they cannot improve the situation of the country, the bahuns and chhetris can take it over from them – I suppose there is logic in their claim.
sorry mr. xyz janajati, but Bahuns and Cheetris will naturally lead because they are the largest population, if they have larger population obviously large number of educated, capable bahuns and chettris will show up everywhere.
I don’t think anyone on being janajati has been barred from having higher education, obtaining job and going abroad in Nepal.
Actually one has to be capable to lead, not only 10 but 100 years also will not make any difference unless we change our attitude.
Look what happened with Maoist, they didn’t had a single capable educated person to lead their mission and so their cheap slogans and dogmas didn’t work. The same here with janajati slogan, few educated, clever janajati leader trying to fool rest of uneducated, dumb janajatis, selling their name!
If you want to change then first change yourself !
Xyz जी कस्तो खालको नाम हो, नेपाली होइन होला ! हो जो जो माथिल्लो तह मा पुगे उनीहरुले देस बिगारे , दुर्भाग्य बस् उनीहरु पढेका बाहुन छेत्री परे, नपढेका बाहुन छेत्री अनि जनजाती आज पनि गरिब नै छन् ! तेसैले नया नेपालको लागि पढाई र नैतिकता लाइ प्राथमिकता दिउ, बेकारको जातीयताको बहस होइन
Mr xyz
तपाई कालो चस्मा लगाएर संसार अँध्यारो छ भन्ने हरुको बीच को पर्नु भएछ, त्येस मा खेद छ. तपाई ले राम्ररी अध्ययन गर्नु भएको भए बुझुन भएकै हुनुपर्ने नेपाल जातीय उत्पीडन, अर्थात् एक जातिले अर्को जाती माथि सस्थागत तरिकाले उत्पीडन र दमन गर्ने देश, श्री लंका जस्तो जहाँ सिंहाली ले तमिल माथि गरेका छन होइन. तर नेपाल जातीय असमानता भएको देश भने अबस्य हो नै. अहिले का जातीय आन्दोलन नेपाल मा पिछडिएका जतिको तो उत्थान र अवसर दिलाउने भन्दा केहि जान्ने सुन्ने ले राजनीतिक भाग छोप्ने दाउ हो. ठाउँ पाउँदा बाहुन छेत्री, राई, लिम्बु, मधेसी या थारु सबैले दमन गरेकै हुन् र गर्छन. पद्म सुन्दर लावती वा फत्ते सिंह थारु, हेम बहादुर मल्ल वा हिरामान बिस्वकर्मा आदि आदि ले देश को सक्ति साली पदमा एक छत्र राज गर्न पाउँदा बाहुन छेत्री नभए पनि देश लाई लुटेकै हुन्, के तिनले कहिलै आफूले प्रतिनिधित्व गर्ने जातीय उत्थान को लागि सिन्को भाँचे? अहिले का जाती बादी नेता भनौंदा हरु पनि छोटो बाटो बाट आफ्नो उत्थान खोज्दैञ्छन, माओबादी बाट परिचालित भएर, अब माओबादीले जातीय नारा बाट सत्ता हतत्यौने बाटो सफल नभए पछि अर्को कुन तिकडम अपनाउने हो त्यो त हेर्न बाँकि नै छ, तर जातीय सद्भाव र समता मुलक समाज नभए सम्म देश उन्नति हुन सक्दैन.
येति धेरै विसंगति बिच मा योगेस जी को आशा बाद काल्पनिक जस्तै लागे पनि, विश्वास गर्न मन लाग्छ. आलू रोपेर मकै फल्ने आस गर्न नसकिए जस्तै, अहिलेकै अवस्था मा धेरै ठुलो आशा गर्ने ठाउँ भने छैन. उल्टो बाटो मा हिंडेर जती बिजुली निकाले पनि, जति बाटो बनाए पनि केहि हुन्दैन. तैपनि सबै खानु हरेश नखानु भने झैँ आशा भने नगुमाऊ.
सत्य संधै तीतो हुन्छ.
औषधि र अर्ति पनि कहिल्यै मीठो भएन – यी पूर्वाग्रह ग्रस्त जमात लाई !
तर मन र मस्तिष्क स्वस्थ तुल्याउन सत्य तथ्य रुपी दबाई नखाई सुख हुने छैन .
र, नेपाल आमा लाइ साँचै सुखी बनाउने हो भने सबै नेपालीको तन मन रोग मुक्त हुने पर्छ.
होइन कस्तो जातीय मानसिकता बॉकेको मान्छे ह तपैत ??? काम कुरो एकातिर कुम्लो बोकी थिमी तिर भन्या जस्तो.
बाहुन-छेत्री मात्र होईन साथी, यहाँ दोष सबै ठालुवादीहरूको छ। जबसम्म अहिलेका यी “ठालु”हरू शक्तिमा रहन्छन्, देश झन् झन् कमजोर हुँदै जान्छ। तराइमा भएको बिकास (पार्टीहरूको) तपाईंले देखिहाल्नुभो; पहाडको बिकास पनि देखिहाल्नुभो! देशको सांच्चिकै बिकास गर्ने हो भने तपाईंले भनेका यी बाहुन्-छेत्री र जनजातिका नयाँ र इमान्दार अनुहार आउनु जरुरी छ!
ल हेर्नोस ताल| xyz मित्रले के सही र मुनासिब कुरा राखेका थिए आई हाल्यो झटारो|
हाम्रो देशलाई खत्तम बनाएकै बाहुनले हो| छेत्रीमा चाइने सबैलाई दोष दिन मिल्दैन|
सुगौली सन्धि गराउन सुराउने देखि लिएर महेंद्रे, बीरे र ज्ञानेलाई कुसल्लाह दिने सबै बाहुनै हुन्|
आदिवासी जनजाति पाखुरे हुन् भन्ने को हुन् र त्यस्तालाई मन्त्रि मन्डलमा राख्न हुन्न भनेर हेपेर लेख्ने को हुन्? | खोइ कसले खोजेको छ राममणि आदि हेपाई| जदौरे र जय होस् संस्कार नेपालमा दीगो राख्ने को हुन्? ख्वामितको गोडा मोलेर अरुलाई पर राख्ने को हुन्?
अमेरिकामा कम से कम आदिवासी जनजाति इन्डियनलाई पूर्ण मान्यता दिएर समान अवसर प्रदान गरेका छन| राज्य र ठाउँहरुकै नाउँ नै आदिवासीको नाउँमा छन् जस्तै ओहायो, आइओवा, कनेकटीकट, इत्यादि|
हाम्रो नेपालमा सर्बोच्च शिखरको नाउँ कति सुन्दर र प्यारो “चोमोलुङ्ग्मा” हुँदा हुँदै जबर्सस्ति संस्कृतकरण गरेर सगरमाथा बनाइयो|
हेर्नोस, बाहुनलाई गाली गरेको होइन तर बाहुनवादलाई| मै मात्र खाउँ, मै मात्र खाउँ अरु भांडमा जाए भन्ने प्रबित्तिलाई| डोरबहादुर बिष्टले पनि यस्तै वाहुनवादलाई नकारेका छन्|
हाम्रो देशको डाडु पन्यु (राजनैतिक अनि प्रशासनिक दुवै) बाहुनहरुको हातमा हुँदा हुँदै पनि देश खत्तम भैरहेको छ| यति सुन्दर देश खत्तम पार्ने वाहुनवादले गर्दा हो|
आज देशले सुशासन पाएको भए यो मुद्दा उठ्ने नै थिएन| शिक्षित वाहुनहरु छन् बुझेका छन् तर पनि मौन रहन्छन| एउटा संग्रौला र अभि सुवेदी बेला बेलामा बोलेका छन् तर सुन्दिएको भए त् के र?
I never get nepali people. I wonder how they manipulate things on their favor. If xyz has made some ethnic remarks, same thing pritam has done just above. But why do you only see xyz?? Can you answer me wise people??
धन जी,
मेरो कमेन्ट को लागि म
माफी चाहन्छु. XYZ को कमेन्ट को रेस्पोन्स मा लेखेको हो.
आखिर..चेत्त्रि/ बाहुन समुदाएको मान्छे मात्र समझदार र cool भैरख्न सक्दैनन् नि..
.