Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

९० करोडको मल किन्ने हुति कसैको भएन

Posted on January 30, 2014January 30, 2014 by Salokya

माइसंसारका पुराना पाठक हुनुहुन्छ भने पक्कै याद हुनुपर्छ तपाईँलाई, दुई वर्षअघि पुतलिसडकको व्यापारिक भवन स्टार मल लिलामीमा राखिएको बारे ब्लग। एक अर्बभन्दा बढी मूल्याङ्कन गरिएको यो भव्य मल किन्ने हुति अहिलेसम्म कुनै धनवान व्यक्ति वा समूहको भएनछ। लिलामको बोलपत्र हाल्न मिल्ने म्याद थपाथप गर्दागर्दै दुई वर्षपछि आज फेरि बेच्नु पर्‍यो, लौ न किन्न आऊ भन्दै विज्ञापन पत्रिकामा छापिएको छ।


starmall
आज पत्रिकामा छापिएको विज्ञापन। यसमा मूल्य तोकिएको छैन। मनासिब मूल्य आए बेच्ने भनिएको छ।

३५ करोड ऋण तिर्न नसक्दा…
आजभोलि काठमाडौँमा ‘मल’हरु बनाउने होडबाजी छ। तर गतिलो व्यवस्थापन गर्न नसके कस्तो स्थिति निम्तिन सक्छ, यो भवनको नियतिले देखाउँछ। यो भवनको नाम स्टार मल हो। मालिक स्टार होल्डिङ्ग्स कम्पनी। कम्पनीका अध्यक्ष योगेन्द्र श्रेष्ठ। यो भवन बनाउन योगेन्द्र श्रेष्ठले ग्लोबल बैंक र सिद्धार्थ बैंकबाट ऋण लिएका थिए। यी दुई बैंकलाई गरी ३५ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ।

योगेन्द्र नेपाल शेयर मार्केट्स (एनएसएम) फाइनान्स लिमिटेडका पनि कार्यकारी अध्यक्ष हुन्। उनी अहिले थुनामा छन्। ठूलै आर्थिक मुद्दा लागेको छ उनीमाथि।

नेपाल राष्ट्र बैंकले गरेको बित्तीय अनुगमनमा उनले आफ्नो फाइनान्समा पैसा जम्मा गर्ने संस्थापक निक्षेपकर्ताको रकम खातामा नदेखाई व्यक्तिगतरुपमा लगानी गरेको भेटिएको थियो। त्यसपछि राष्ट्र बैँकले उनलाई पक्राउ गर्न प्रहरीलाई भन्यो। तर उनी फरार भए। वैशाखमा फरार उनी असोजमा बल्ल धनगढीमा पक्राउ परे। १ अर्ब ९९ करोड रुपैयाँ अपचलन गरेको आरोप छ उनीमाथि। सीआइबी र नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्फरमेसन युनिटको अनुसन्धानमा उनले स्टार मल, स्टार हाउजिङ, नेको इन्स्योरेन्स, स्टार सहकारी, हिमाल हाइड्रो र नारायणी नेसनल फाइनान्समा लगानी गरेको देखिएको छ।


एक वर्षअघि म्याद थपको सूचना पत्रिकामा।

करोड उठाउन अर्बको लिलामी?
यो भवन बनाउन ग्लोबल र सिद्धार्थ गरी दुई बैँकको सांवा ३२ करोड ७५ लाख तथा व्याज वापत २ करोड ६३ लाख गरी जम्मा ३५ करोड ३८ लाख रुपियाँ तिर्न बाँकी थियो। यो पैसा उठाउन ती दुई बैँकले धितोको रुपमा रहेको यही भवन लिलाम गर्ने सूचना पत्रिकामा छपायो। यसले अर्को विवाद ल्यायो।
photo.jpg
पुतलिसडक जस्तो व्यस्त ठाउँको ३ रोपनी भन्दा बढी जग्गा ओगटेको एक अर्बभन्दा बढी मूल्य पर्ने भवन ३५ करोड असुली गर्न लिलाम गर्ने ? लिलाम गर्दा कम पैसा उठ्ला बरु म आफैले बेच्न पाए धेरै पैसा आउँथ्यो भनेर नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडले अनुरोध गर्‍यो। राष्ट्र बैँकले हस्तक्षेप गर्‍यो। नेपाल राष्ट्र बैंकको रोहबरमा सम्झौता भयो। सम्झौता अनुसार सेयर मार्केटसले यो भवन आफै बढी मूल्यमा बेची त्यसको पैसाले ती बैँकको ऋण पनि तिर्ने अनि सेयर मार्केट्स फाइनान्समा पैसा जम्मा गर्ने अरुको पैसा पनि भुक्तानी गर्ने भयो। सम्झौतामा गत वर्षको पुस मसान्तभित्र यो भवन बेची ती बैँकहरुको बाँकी सांवा तथा व्याज भुक्तानी दिने मन्जुरी थियो।

कति हो मूल्य ?
नेपाल राष्ट्र बैँकले यसको मूल्याङ्कन १ अर्ब ३० करोड गरेको छ। त्यत्रो अर्ब रकम त कसले तिर्ने ? त्यसैले कम्पनीले ९० करोड रुपियाँमात्रै आए पनि बेच्न तयार देखिएको थियो। नागरिक लगानी कोषले यो मल किन्ने रुचि देखाएको थियो। तर ऊ पनि त्यति धेरै रकम खर्चन तयार छैन। ९० करोड मूल्य राखेको यत्रो समय भइसक्दा पनि कसैले किन्न नआएकोले अब त्योभन्दा कम मूल्यमा दिने अनुमान गर्न सकिन्छ। विज्ञापनमा मनासिब मूल्य मात्रै भनिएको छ।

तर किन्ने कसले ?
दुई वर्ष भइसक्यो बेच्न खोजेको, किन्ने ग्राहक भेटिएको छैन। अहिले यसै पनि घरजग्गाको कारोबारमा सुख्खा लागेको छ। त्यसैले मल किन्ने साहस कसैले देखाउन सकेका छैनन्। कुमारी हलतिर जाने बाटोबाहिर पुतलिसडक मेनरोडमा रहेको यो भव्य मल नयाँ मालिकको खोजीमा त्यसरी नै कुरिरहेको छ, जसरी प्रधानमन्त्री कार्यालयको कुर्सीले नयाँ प्रधानमन्त्री खोजिरहेको छ। देशमा बरु दुई जना प्रधानमन्त्री फेरिइसके, यसको मालिक फेर्न सकिएको छैन।

photo.jpg

27 thoughts on “९० करोडको मल किन्ने हुति कसैको भएन”

  1. Bindi t says:
    February 5, 2014 at 3:44 am

    ९० करोड भाको भय बरु ९० /१०० वोटा कल कारखाना ोल्नु बेस ..

    Reply
  2. Pragyan Rimal says:
    February 4, 2014 at 11:09 pm

    एसो म किन्नु पर्ला जस्तो छ…loan लिएर….

    Reply
  3. rabi says:
    February 1, 2014 at 12:42 pm

    कमिसन कति आउछ मेरो ओंबामा अङ्कल लाइ किन्न लगाउछु

    Reply
  4. हरिहर says:
    February 1, 2014 at 11:50 am

    योगेन्द्रले जबरजस्ती नगर पालिकाको बिल्डिंग कोड मिचेर जग्गानै नछोडी काठमाडौँ नगर पालिकाका भ्रस्ट कर्मचारी को मिलिमतोमा यो भुत बंगला बनाएको हो | अहिले पनि स्टार मल बेचेर मात्र उसको घर लिलामी गर्ने भन्ने सर्त तिनै बैंक र Nepal Share Market and Financeले गरेर लगानी कर्ता लै झुलाउने बहाना मात्र गरिरको हो | नेपाल शर मार्केटका श्याम श्रेष्ठले भनेका थिए “We have not thought about re-inviting bids immediately.” एसको मतलब के हो ?

    शुरुमा त यो घरको नक्सानै नगर पालिकाले आफुले नै बनाएको र साधारण जनताको टाउकोमा झुन्दौने बिल्डिंग कोड अन्तर्गत छ छैन जांच गर्नु पर्छ | तर यो कल्ले गर्ने ? तेइ नेपाल शर मार्केटकै रोहबरमा गर्न पो दिने हो कि कसो ? आफै बोक्सी ; आफै धामी |

    Reply
  5. Indrajit says:
    February 1, 2014 at 8:33 am

    हाम्रा शेष घले ज्यु लाही थाहा भएन कि क्या हो / उनि त ऑस्ट्रलियन कमर्सियल रियल एस्तते
    का ब्यापारी हुन् /

    Reply
  6. Gaurab Nepali "Oodaaseen" says:
    February 1, 2014 at 3:03 am

    कालो धन ले किने मात्र हो सेतोले त खोइ खोइ खोइ , प्रतिफलको हिसाब पनि त जोड्नु पर्यो नि ! गत बर्सिक आम्दानी त्यो मल ले कति गरेको थियो होला??? ब्यापारमा कि नाफा कि घाटा ! घाटा खाएर बेच्दा हुन्छ !

    Reply
  7. dipak says:
    January 31, 2014 at 9:51 pm

    महान गौरबसाली पार्टीका गौरबसाली नेताज्यू ले अजय सुमार्गी through BREAK THROUGH गर्दा कसो होला ?अरु संग त तेत्रो पैसा कहाबाट आउछ र ??BREAK THROUGH गर्न लाई????

    Reply
  8. Jeevan Thapa says:
    January 31, 2014 at 6:33 pm

    पछाडी बाट दुइ ओटा सुन्य हटाउने हो भने मैले भोलि किनिदिन्थे हाहा अब त्यो सुन्य हट्दैन के गर्नु र !!!

    Reply
  9. Shankar says:
    January 31, 2014 at 6:21 pm

    ब्यापारी हरु पनि सकुन ,अपसकुन मा बिस्वास गर्छन | कोइ कोइ याक्सिदेन्त मा परेको गाडी किन्दैन , घाटको ब्यापार किन्दैन , आर्काले काम कुरा छिनेको राम्री नै तरुनी भए पनि बिहे गर्दैन | के भन्ने कोइ कोइ लाइ ?
    नाफा मात्र हेर्दैनन कोइ कोइ , बोलेको गर्दैनन कोइ कोइ :
    युगै परिबर्तन गरे भन्ने कमरेड प्रचण्ड ले भैसी पुजा गर्नु भो , रुडी बादी ,धर्म संस्कार न मान्ने प्रगतिसिल कमरेड माधब , मनमोहन ले बालुवा टार् छिर्दा बोकाको टाउको गीडनु भो, उता खादा पनि खान्न , बिहे पनि गर्दिन भन्ने झुसे सुशील दा लाइ प्रधान मन्त्रि पद खाए पनि खा न खाए पनि घिच जस्तो गरि आइलाग्यो , यता माधब, ओली , झलनाथ प्रधानमन्त्री खान न पाए पछि रास्ट्रपति माथि जाइ लाग्यो |

    Reply
  10. dharmendra says:
    January 31, 2014 at 6:18 pm

    मेरो सानो परिवारलाई यत्रो mall के काम ? पहिलो कुरा यो mall किन्न मन त थियो माल छैन /

    Reply
  11. kusan sharma says:
    January 31, 2014 at 5:43 pm

    हाम्लाई त यो मल फोकटमै दिए पनि काम छैन,

    न त गुइठो बनाउन मिल्छ न गोठनै l

    काठमाडौँ यसै त फोहोर छ,अझ यस्ता मलहरु थुप्रिने क्रम घटेको छैन l

    Reply
  12. surendra subedi says:
    January 31, 2014 at 4:03 pm

    अब सभासद हरु ले किन्लान है हाम्रो त् हुति नै छैन किन्न लाई/

    Reply
  13. sabin guragain says:
    January 31, 2014 at 10:53 am

    गाऊ मा गर बा लाई गाई गोरु बच्नु भन्नु परो बा ल माने भने त कसो न पुग्ला र !

    Reply
  14. Tenzing Gaba says:
    January 31, 2014 at 8:56 am

    १ अरब ३० करोड मूल्य पर्ने ९० करोडमा दिदा पनि किनेनन ?
    रातारात ४० करोड खुत्रुक्क आउदा पनि कसैले पनि नकिनेको होला ?
    ———————————————————————
    यसलाई भनिन्छ “property bubble ”
    दलालहरुले तात्तो न भुत्लोमा घर-जग्गाको मूल्य बढाएर यस्तो भएको हो/

    # त्यो भवनको मुल्यांकन १ अरब ३० करोड कसरी भयो ?

    # १ अरब ३० करोड लगानी गर्दा बार्षिक कति प्रतिफल आउछ ?

    # १ अरब ३० करोड लगानी गर्न जान्नेले कति प्रतिफल प्राप्त गर्न सक्छ त्येता तिर अहिले नजाउ, नजान्ने साधारण मानिसले नै त्यति नगद नेपाली बैंकमा राख्यो भने बार्षिक ८% मात्र ब्याज दियो भने पनि बार्षिक १० करोड भन्दा बढी प्रतिफल प्राप्त हुन्छ /

    # के त्यो भवनले बार्षिक १० करोड प्रतिफल दिन सक्छ ?

    # के त्यो भवनको मुल्याङ्ग्कन आगामी दिनमा बढ्छ नै भन्ने ग्यारेन्टी छ वा घट्दैन भन्ने ग्यारेन्टी छ ?

    हो त्येही भएर कसैले नकिनेको
    ५० को सामानलाई १३ भने पछि मलाइ त् किन्नु नै मन लागेन बाबै !!!
    …………………………….. जदौ !!!

    Reply
    1. कृष्ण भरद्वाज, सिडनी ऑस्ट्रेलिया says:
      February 1, 2014 at 8:18 am

      खाली ब्याज लगाएर धनि भन्ने कुरा नगर्नुस न, अहिले 60% भन्दा बढी नेपालीको धरान एस्तै छ अनि कहाँ बाट हिन्छ देश बिकाश ?
      मलाई त एस्त महल बनेको सारै राम्रो लागेको छ, महल बाला पनि धनि बनुन, सबैको भलो होस् !

      Reply
  15. neeraj says:
    January 31, 2014 at 8:52 am

    म संग पैसा भएको भए अस्ति किन्थे के गर्नु पैसा मोरु …………..

    Reply
  16. योगेश आदी says:
    January 31, 2014 at 7:28 am

    “आँटौं कि क्या हो उमेशजी ? मिलाएर भन्या कति हो ? नत्र यसो दुई-चार जना मिलेर झ्याप्प पार्नु पर्ला जस्तो छ । ५ वर्षमा त कसो लगानी नउठ्ला र !”- भनेर साँच्ची कै लेख्न पाए कति मज्जा आँउथ्यो होला !!

    Reply
    1. Tenzing Gaba says:
      January 31, 2014 at 10:41 am

      २५० जना माइ-संसारको पाठकहरु मिलेर जनही २० लाख उठाएर झ्याप्प ५० करोड दियो भने काम बन्ने छाट-काट देख्दै छु म त् /
      ————————————————————————
      “STAR MALL” भन्ने नाम चाही फेरेर MM ( MySansar Mall ) नाम राख्दा कसो होला /
      ————————————————————————
      आफ्नै घिउ, आफ्नै लड्डु, आफ्नै मन, ………….सित्तिमा मैले त् टन्न खाए !!!

      Reply
  17. Daya says:
    January 31, 2014 at 7:08 am

    ९० हजार सम्म भए त किन्न हुन्थ्यो, ९० करोड रहेछ, अलिकति पैसो पुगेन।

    Reply
  18. दिप श्रेष्ठ says:
    January 31, 2014 at 6:20 am

    मन र धन को साथ् आवश्यक छ।

    Reply
  19. Bishal shrestha pandit says:
    January 31, 2014 at 6:12 am

    ७० करोड़ मा पाए म किन्छु ल । कोही छ मिलाइदिने ????

    Reply
    1. Subhash Neupane says:
      January 31, 2014 at 12:21 pm

      त्यो घरमा मालिक तेही तल बसीराको हुनु पर्छ !

      Reply
    2. Jewan says:
      January 31, 2014 at 7:27 pm

      Try Submitting OFFER… the Bank has only 35 crore interest… 70 seems reasonable 🙂

      Reply
  20. sabin says:
    January 31, 2014 at 5:42 am

    आटू कि क्या हो ? कोही छ साथ दिने ? येस लाई पुब्लिक fund बनाउन पर्छ जस्तो छ . शेयर चै मा पनि हाल्छु है !!!!

    Reply
  21. raj Maharshi ( राज महर्षी ) says:
    January 31, 2014 at 1:36 am

    सित्तिमा दिय पनि भो पर्दैन मलाई त्यो पापको पर्वत !!!

    Reply
  22. sudarshan says:
    January 31, 2014 at 1:27 am

    ८० करोड हो भने म किन्छु ल ..

    Reply
  23. सुगतश्री शरण says:
    January 30, 2014 at 11:25 pm

    यो सुनेर कुनै कथा याद आयो –
    होचा पुड्क