Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ब्यान्ड बाजाले हिन्दी गीत हैन, पञ्चे बाजाले ‘मलाई अमेरिका यही, जापान पनि यही’ बजाउने गर्छ पोखरामा

Posted on January 30, 2014January 30, 2014 by Salokya

baja पोखरा एउटा गजबको ठाउँ हो।

पर्यटकीय नगरी भएकोले यहाँका बासिन्दा आधुनिकतासँग नजिकिनु अनौठो हैन। तर उनीहरुले आफ्नो परम्परा पनि गजबले जोगाइराखेका छन्। पोखरा उपत्यकामात्र हैन, उपमहानगरपालिकाभित्रै पनि त्यो देख्न सकिन्छ। एउटा उदाहरणमात्रै यहाँ प्रस्तुत गर्न लाग्दैछु।

अहिले माघ। बिहेको सिजन। काठमाडौँमा देखिने धेरै बिहेमा ब्यान्ड बाजा घन्कन्छन्। गीत पनि हिन्दी फिल्मका बढी रुचाइन्छन्। तर पोखरामा हुने बिहेमा भने परम्परागत पञ्चे बाजा, मगर बाजाको आवाज सुनिन्छ। पोखराका केही विवाह समारोहमा सहभागी हुँदा यो पक्षले मलाई सँधै आकर्षित गरायो।