-निर्मल अर्याल-
डा भरतप्रसाद भट्टलाई चिन्नुहुन्छ ?
अधिकांशको जवाफ नकारात्मक हुनसक्छ। किनभने नेपाली विद्धान डाक्टर भट्टले बहसमा ल्याएको विषय अन्तर्राष्ट्रिय चासोको विषय बन्न सफल त भयो तर उनी चाहिँ स्वदेशमै ओझेलमा छन्।
अन्तर्राष्ट्रिय संचार माध्यमहरुले यी विद्धानको लेखलाई उच्च प्राथमिकता दिए पनि आफनै देशमा भने यिनी अहिलेसम्म बिरानै छन्। केही नेपाली संचार माध्यमहरुले यिनले बहसमा ल्याएको विषयलाई स्थान त दिए, तर यिनको समग्र परिचय भने गुमनाम पारियो। अन्तर्राष्ट्रिय मिडियाले पनि यिनलाई नेपाली हैन, नर्वेली अर्थविद्का रुपमा चिनाएको थियो।
व्यक्तिको तौलको आधारमा हवाइजहाजमा भाडा तोकिनुपर्छ भन्ने डाक्टर भट्टको तर्कयुक्त लेख अन्तर्राष्ट्रिय संचार माध्यमहरुले प्रकाशन तथा प्रसारण गर्न थालेसँगै उनी बाह्य संसारमा चर्चाको शिखरमा पुगेका हुन्। हफिङटन पोस्टदेखि सिएनएनसम्म डाक्टर भट्टको विचारको विषयमा हजारौँले प्रतिक्रिया जनाइसकेका छन्, यो क्रम अझै पनि चलिरहेको छ। यातायात अर्थतन्त्र सम्बन्धी पत्रपत्रिका तथा म्यागेजिनहरुमा उनको लेखको व्यापक माग रहेको छ। अधिकांशले उनको लेखमा सकारात्मक प्रतिक्रिया जनाएका छन्। सबै खाले प्रतिक्रिया आफना लागि अझ गुणस्तरीय लेख लेख्नका लागि उर्जा भएको डाक्टर भट्ट बताउँछन्।
व्यक्तिको तौलको आधारमा हवाइजहाजमा भाडा तोकिनुपर्छ भन्ने अनुसन्धानत्मक लेखमा निकै दम भएको भन्दै डेनमार्क, स्विडेन, लगायतका देशका विश्वविख्यात विश्वविद्यालयहरुमा अध्यापनमा संलग्न प्राध्यापकहरुले आफनो लेखको मुक्तकण्ठले प्रशंसा गरेको डाक्टर भट्ट बताउँछन्।
तौलको आधारमा हवाइजहाजमा भाडा तोकिएमा औसत यात्रुहरुले केही सस्तोमा यात्रा गर्न पाउने र हवाइ कम्पनीहरुको पनि इन्धनको बचत हुने भएकाले यसबाट सबैलाई फाइदा पुग्ने देखिन्छ। त्यस्तै कम वजन भएका व्यक्तिले कम शुल्क तिर्ने प्रणाली लागु भएमा मोटोपना भएका व्यक्तिहरुपनि छिटो छरितो शरीर बनाउन लागिपर्ने भएकाले मानव स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने भन्दै चिकित्सकहरुले पनि डाक्टर भट्टको अध्ययनको खुलेर समर्थन गरेका छन्।
ढिलै भएपनि आफूले पाएको ज्ञानलाई स्वदेशमै उपयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने डाक्टर भट्ट अहिले नेपालमा छन्। सपरिवार नेपालमा रहेका उनले नेपाली अर्थतन्त्रलाई टेवा पुग्ने गरी अनुसन्धनात्मक लेखहरु त्यसलाई अन्तर्राष्ट्रियकरण गर्ने सोच बनाएका छन्। त्यस्तै पिएचडीको तयारीमा रहेका नेपालीहरुलाई पनि अन्तर्राष्ट्रिय स्तरको कार्यपत्र निर्माणमा सघाउन तयार छन् – डाक्टर भट्ट। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर भट्टसँग नेपालको धितोपत्र बोर्ड र भौतिक योजना मन्त्रालयमा काम गरेको अनुभव पनि छ।
थप अध्ययनका लागि उनी नर्वे हानिए। नर्वेका प्रतिष्ठित विश्वविद्यालयहरुबाट उनले स्नातकोत्तर तथा पिएचडीको उपाधि हासिल गरे। विकास तथा स्रोत अर्थतन्त्रमा उनले फेरि स्नातकोत्तर गरे भने यातायात अर्थतन्त्रमा पिएचडी। त्यसपछि उनले नर्वेकै चर्चित विश्वविद्यालयहरुमा पढाउन थाले। तर स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राख्ने भट्टलाई युरोपको भौतिक सुखसयलले रिझाउन सकेन। अतः उनी अहिले स्वदेश फर्किएका छन्।
धादिङमा जन्मिएर नर्वेबाट उच्च शिक्षा हासिल गरेका ४३ वर्षीय डाक्टर भट्ट एउटा प्रतिनिधि पात्र मात्र हुन्। अन्तर्राष्ट्रिय समुदाय माझ हाइहाइ कमाए पनि आफनै मुलुकमा गुमनाम भएका भट्ट जस्ता धेरै पात्रहरु अरु पनि छन्। तपाईँले पनि त्यस्ता केही प्रतिभा देख्नुभएको भए हामीलाई पठाउनुस् विस्तृत विवरणसहित यहाँ क्लिक गरेर।
सम्बन्धित लिङ्कहरु
डा भट्टको मूल लेख Pay-as-you-weigh pricing of an air ticket
Airline ‘fat tax’: Should heavy passengers pay more? (CNN Travel)
Flight Fat Tax: Heavier Air Passengers ‘Should Pay More’, Says Academic Dr Bharat P Bhatta
Obese airline passengers should pay extra, economist says
Academic calls for pay as you weigh flight fares
Airline ‘Fat Tax’? Economist Suggests ‘Pay-As-You-Weigh’ Model
भट्टजी ले निर्मल जी को माध्यमबाट सस्तो लोकप्रियता खोजेको भान भो | गूगल स्कलरमा खोज्दा खासै प्रकासित कुरा भेट्टीयेन भट्टजी को . चर्चा कता भयो कुन्नि ..सर्च गर्दा केहि भेत्तियेन ..
मुल कुरा भट्टजी को यो आइडिया पनि एक प्रकारको बिधेद हो | जाति, रंग , रुप , उमेर, लिङ्ग वा शारीरिक अवस्थाले कसै माथी बिधेद गर्न नपाइने धेरै बिकशित मुलुकमा कानुन नै छ . के उल्टो कुरा लिएर हिडेका छन भट्ट सर. मोटो मान्छेलाइ बडी भाडा तिराउनु एक प्रकारको अन्याय हो ..त्यो भनेको हिजो गोरा हरुले काला बिरुद्ध गरेको रंग भेद र हाम्रो समाजमा माथिल्लो जातीले सानो जातीलाइ गरेको जाती भेद समान हो. लाज लाग्दो लेख लेखेर उल्टा सम्मान खोज्ने ..
Here is the link to prove.
http://www.examiner.com/article/pay-as-you-weigh-new-concept-for-pricing-airline-tickets-fly-by-the-pound
लेख नै छैन भनेको होइन नि मित्र ..निर्मलजी ले भने झैँ ‘बिस्वब्यापी’ चर्चा भएको कुरा होइन यो ..एउटा बिबादास्पद कुरा उठाएर २-४ अखबारमा नाम आएको कुरा हो .
यो मूल लेख को २ साइटेशन रहेछ ..त्यो पनि एउटा भट्ट जी को आफ्नै .. भट्टजी को h -index नि खासै छैन ..कसरी चर्चित सोध भन्नु नि ??
मित्र,
अनि मोटेहरुलाई हवाई ट्याक्स बढाउनुपर्छ भन्ने विद्वान महासय!
मोटेहरुलाई हवाई यात्रामा थप ट्याक्स लगाउनु पर्छ, मतलब हवाई भाडा महँगो बनाउनु पर्छ भन्नु भयछ तर उहाले दुब्लोलाइ ट्याक्स फ्री गर्नुपर्छ वा भाडा सस्तो गर्नुपर्छ भनेर चाहि भन्नु भयोकि भयन?
नत्र त यो मोतेसनग दुश्मनी साध्या जस्तो भयन र?
सत्ता र भत्ता घिचेर मोतायाका हरुलाई जति ट्याक्स लगायानी के भो र?
अनि जनता लुटेका धनि धनाड्या विरासतमा बधायाका भुडी हरुलाई पनि त्यो जाबो ट्याक्स बडायर के खुल्किन्थ्यो र बरु झन तिनीहरुको फुर्ति पो बढ्ला हो!
तिनीहरु बाहेक कसैकसैलाई रोगको कारण मोटाउनु बाध्य होला, नचाहदा नचाहदानि मोटायर हैरान होलान अनि तिनीहरुलाई हवाई यात्रा श्राप जस्तो बनाउने?
त्यो भन्दा बरु ट्याक्स किलोको वा स्टोन को हिसाबले तय गरिनु पर्छ भन्दाखेरि उचित होला न त मोटेसंग दुश्मनी मोलिने उता दुब्लाहरुलाइ पनि हिसाबकिताब मिल्ने!
हैन यो डाक्टरले बिचरो मोटेहरुलाई सामान ठान्यो कि क्याहो गाठे तौलको ट्याक्स लिने!
The cause he brought up is ridiculous. Its sad that he got some attention that he did not deserve. I am an adult weighing 53 kg, which means I fall under skinny category but I am disgusted by the idea of imposing extra tax on the plane tickets of fat people. It is scary what direction we are going as human beings. Isn’t the humiliation they are going trough in the society as overweight people enough that we are pushing for a system that humiliates them more? Dr Bharat Prasad is a super idiot no matter how many years of education he has.
मोटो हुनु कसैको रहर नभएर रोग र अन्य कारण नै बढी हुन्छ | यस्ता पीडित ब्यक्तिमाथी थप हवाई शुल्क लगाएर थप पिडा र हिनता लाद्नु सरासर अन्याय र मानवीय अपराध नै ठहरिन्छ | अन्तर रास्ट्रीय जगत् मा चर्चा पायो भन्दैमा यो बिचार सहि हो भनेर ताली पड्काउनु भनेको मानबिय संबेदनाको खिल्ली उदाउनु बाहेक अरु केहि पनि हैन | यस्तो विचारले प्रश्रय पाउनु भनेको हिँसालाई प्रश्रय दिनु हो | डाक्टर साहेबले नर्बे पढे राम्रो | उहाको शिक्षाले मानव जगतमा आपसी मेलमिलाप र आर्थिक सम्रिधि ल्याउने खालका होस् | मोटा र छारिताका बिचमा वैमनस्यता ल्याउने खालका यस्ता बिचारले बिमान कम्पनीलाई फाइदा भए पनि मानव जगतमा सदभावको ठूलो खाडल खन्ने कुरा निश्चित छ |
आफ्नो खुट्टामा आफैले बन्चरो हानेको जस्तो भएनर ?
बिकसित मुलुकका जनताहरु सन्तुलित भोजन खाने र पर्याप्त ब्यायाम गर्ने हुँदा कम तौल भएका जिउडाल हुने भए तर गरिब राष्ट्रका जनता जसले सन्तुलित भोजन गर्न र ब्यायाम गर्न सक्दैनन् बढी तौल भएका भुड़े हुने भए l तौल अनुसार हवाई शुल्क तिर्नु पर्ने भए घाटा कसलाई पर्यो त ? 🙂
पुनश्च: अति गरिब जनता जो पर्याप्त भोजन गर्ने नपाई कम तौलका हुन्छन, उनीहरुले त कल्पनामा पनि हवाईजहाज चढ़दैनन् क्यार l
कुरो अलि मिलेन, जानकारी को लागि प्राय मोटो व्यक्ति अमेरिका मा छन् ,
साथिले बिदेशी भुदेहरु देखेकै रहेनछन, कसले bhanya छरितो फुर्तिलो हुन्छन भनेर? TV मा देखिने खेलाडी, कलाकार देखेर हुन्छा?? Bideshma आधा भन्दा बादी मान्छे ओवर weight छन् साथि/ सब junk food तथा ब्यायाम को कमीले/
गरिब हरु भुड़े रे ? उनिहरु त सुइखुट्टे पो हुन्छन खान नपाएर | अनि देश विदेश घुम्न प्लेनमा चढ्ने पैसा नि कहाँ बाट होस् ?
This is called ‘स्वदेसे पुज्यते राजा विद्वान सर्बत्र पुज्यते ‘
आज काल अमेरिका बाट पियाच गर्ने धेरै भैसके , पहिले जस्तो अबस्था रहेन |
ठुला ठुला रिसर्च गरेका , त्यहिँ अमेरिका मा बिभिन्न बिसयमा प्रोफेसर भएर बसेका
,ठुला ठुला जर्नल मा दर्जनौ लेख प्रकासित गर्नेहरु पनि धेरै नै भैसके |
ज्ञानी र बुद्दिजिबिहरु को काम नै उनीहरुको ज्योति पुञ्ज हो | उनीहरु तेसै बाट चिनी ने हुन् |आफ्नो प्रसस्ती मा लेख लेखाएर , अलि तरिका नमिले र बिरोध गर्नेलाई जथाभाबी
बिरोध गरेर त् यो ह्रिसि धमला मार्काको टापटिपे बुद्दिजिबि भएँ न र भन्या ?
हो उहाले धादिङ्ग बाट उठेर केहि पढ्नु भएछ एसको मतलब एस्तो बहुचर्चित ब्लग मा प्रसंसाको पुल नै बाधेर कोइ कोइ धुपौरे उफ्रेको देख्दा अचम्म लाग्छ |
” —? डा चपाएर अद्रख चपाए भन्नु पनि भ्रम नै हो |
शङ्कर जी अलि positive विचार पनि रखौन. एक जना नेपाली विदेश मा गयर राम्रो गरेछन त्यो जान्न पाएर हामि नेपाली भएको कारण ले खुसि हुनु पर्ने हैन? तपाई ले भने जस्तै अरु ले पनि राम्रो काम गरेका छन् भने त्यो कुरा प्रकाश मा ल्यौनुस्न हामी पढ़ौला, नया कुरा थाहा पाउला. एस्तो कुरा मा तपाई ले चित्त किन दूखाको. Ki तपाई लै वाक्क लाग्ने नेता, प्रशासक , कलाकार हरु क थाङ्ग्ने कुरा मात्र पढ्न सुन्न मन लाग्छा? Bhatta जी ले गरेको काम तुच्छ लाग्छा भने तपाई को प्रगति पनि सुनौ न त. ोबेल पुरस्कार त पाई सक्नु हो को अरु लै मान्छे नदेख्ने.
प्रभात जी
नेपालि भएकै नाताले त् फट्याई न गरौ , पटाकालाई बम न भनौ भन्न खोजेको नि ?
बिदेसी भएको भएत के मतलब ? जे सुकै गरुन |
अब तपाइले भनेकै मैले गर्नु पर्ने , नोबेल पुरस्कार न पाएका हरु त् फट्याई को बिरोध नै गर्नु हुन्न भन्ने लाघुताबास बाट बाहिर निस्कनुस |
चित्त न बुझे मन्त्रि , प्रधान मन्त्रि , राजाकै बिरोध गरिन्छ भन्दा खेरि मन्त्रि , प्रधान मन्त्रि राजै हुन्जेल बिरोधको लागि पर्खन पर्ने भन्ने खालको यहाको सोच लाइ के भन्ने ?
I have just gone through this article. And checked in google scholar How many other articles have cited this mentioned article. It looks just 2 people have cited this artilce and out of two one is by Dr. Bhatta itself.
From this, I have conclusion that, The mentioned article does not have scientific importance.
And I think it is normal that MR Bhatta did his PhD and Worked there, and returned back to his own contry, It is not big issue.
But I think, If Mr Bhatta has high potential to contribute in management or economics in general Nepal is not the proper place for him to thrive.
हे गोबरहरि, के राम्रो ब्यबस्थापक र अर्थविद हरुलाई नेपालमा काम र थाम छैन भन्छौ?
तेस्तालाइ त झन नेपालमै छन्, आफ्नो देशलाई उकास्न सक्छन सफल बनाउन सक्छन धनि बनाउन सक्छन!
राम्रा हरुलाई बरु अन्त उचित छैन किनकि सबै गरि सकेको र बनाइ सकेको स्थानमा उनीहरुले के गर्ने?
तेस्तो नचाइदो कुरा सोच्न सम्म पनि हुदैनथ्यो तिमीले कसरि गर्यौ?
धिक्कार छ तिमीलाई!
उहालाई गोबर भन्दा उहाले पक्कै तपाइलाइ गु भन्न सक्छ बिचार गर्नु भएको छ ?
अनि यो पनि बिचार गर्नुस उहा तपाइको कान्छो भाइ पक्कै हैन कसरि ‘तिमि’ ?
आफुलाई ठुलो ठान्ने ?
mysansar मा प्रकाशित लेखहरु प्रति कमेंट्स पढ्न औधि रमाइलो लाग्छ। पाठक वर्गहरुमा म के अनुरोध गर्न चाहन्छु भने डा. भट्टको लेख अन्तराष्ट्रिय स्तरको भएकोमा उहालाई किन दोसल्ला ओडाउने, किन सम्मान दिने भनेर रिस पोख्नु भन्दा “नेपालीहरुले अवसर पाएको खण्डमा कस्तो सम्मको प्रभाव पार्न सक्छ” भन्ने कुरामा विचार गर्नु उचित होला।
नर्वेको त्यति राम्रो विश्व-विद्यालयबाट Ph.D. गर्नु र देशको लागि केहि गर्छु भन्ने मानसिकता बोकेर स्वदेश फर्कनु लाई आदर गर्न हामीले सिक्न पर्छ। सरकारले पनि डा. भट्ट जस्ता विद्वानहरुलाई नेपालमै फर्कने उचित व्यवस्था मिलाउन पर्छ। देशको नाम चिनाउन अन्तराष्ट्रिय अवार्ड नै जित्न पर्ने तुक त अवस्य छैन होला? आंग्रिता शेर्पाले हिमाल चढेर चिनाए, अनुराधा कोइराला/पुष्पा बस्नेतले समाजसेवाले नेपाललाई चिनाए जस्तै डा. भट्टले पनि आफ्नो research बाट चिनाए। हामी नेपालीको बानी चाही प्रोत्साहन गर्नु भन्दा पनि बेतुकको टिका टिप्पणी गर्नुमा हुन्छ। यसर्थ आफ्नो तर्फ़बाट समाज अथवा देशलाई योगदान दिनेहरुको नाम कुनै न कुनै रुपमा समाजमा प्रेषित हुनै पर्छ।
हैन, यो मोटेहरुलाई बिमान चद्नलाइ थप Tax लगाउनुपर्च भन्नेकुरा अन्तरास्ट्रिय जगतमा बहसको बिषय बन्यो भनेर हामि नेपालीले यो Doctor दोषल्ला वोदायर अभिबादन गर्नुपर्छ भन्ने किन लाग्यो महासयलाइ?
यो कस्तो बिचार हो? यो बहसले मानब जीवनको उत्पत्ति बिकाश र ब्याबस्थापनामा कहानेर कुन उर्जाको काम गर्दछ?
मेरो बिचारमा यो त सिर्फ बिकशित मुलुक जहा हवाई यात्रा बढी हुन्छ तेहाका ब्याबसाय कर्तालाई भन्दा अरुलाई केहि फाइदा र महत्वो राख्दछ भनेर मान्ने कठिन भाछ!
अब त्यो यसले स्वास्थमा महत्वो राख्छ मान्छेहरुको वोजन घटाउन सुरुगर्छ तेस्ले पृथ्वीको वोजन को सुरक्षा गर्छ भन्ने लम्बे चौड़े कुरा भनेको मेरो बिचारमा बेकार को चुइगम तन्काइ हो!
उहा नेपाल फर्किनु भयछ तेस्को लागि बधाई धन्यबाद अब नेपालको लाइ महत्वो राख्ने कुनै नयाकुरा गरोस वा पत्ता लगाओस अनि तेतिबेला सम्मान दिन परेमा दिउला!
अब नेपालमा बस् र ्याक्सीमा यात्रा गर्नेलाई किलोको हिसाबले Tikets काट्न लगाउने त?
हामीले यी र यस्तालाई भन्दा हाम्रै देश भित्र गरियका प्रयासलाई बढी महत्वो दिनुपर्छ! कसैले अन्तरास्ट्रिय चर्चा र पुरस्कार पायो भनेर तेसलाई बडो देशको गौरब ानिरहनु पनि आबस्यक छैन त्यो परिस्थिति र बिषय अनुशार सम्बन्धित हुन्छ यदि सो कुराले देशलाई प्रत्यक्ष र सकारात्मक असर राख्दछ भने कुरा अर्कै!
अब हेरौ उहाले देशको लागि के गर्नुहुन्छ!
ुkuरा त्येस्तो होइन साथि, ऊनी एउटा आर्थ सशत्री Hun, उनको आध्यान बाट भेटिएको महत्वो पूर्ण उपलब्धि ऊनले आगाडी राख्दा बिदेशमा त्येसको चर्चा भयो,यो उनको सफलता हो, एउटा नेपालीको सफलता हो, त्येस्लै राम्रो भन्दा क बिग्रियो र tapainko? नि आर्को Kura , जहाज र मोटर गाडीमा धेरै फरक छ साथि, जहाजमा सिमित तौल मात्र बोक्न मिल्छ, example – एक जहाजले १०० kg मात्र बोक्न सक्छ, येदि ८० kg को मान्छे भयो भने,२० kg समान पनि राख्न पैयीयो , तर १०० kg को मान्छे नै भए पछि उसको सामानको लागि आर्को विकल्प चाहियो/ अनि ऊसले ८० kg को मान्छेले जति bhanda Tierra हुन्छा?? आनि जहाज आकाशमा उद्छ , त्येसैले yesma तौलको कुरा बढी महत्वो पूर्ण हुन्छा, सानो गल्तीले Thulo दुर्घटना हुन सक्छ, rescue गर्न पराए आसम्भव हुन्छा,सडकमा गुड्ने गाडी जस्तो २ Jana बढी कोचिहलौ भनेर जहाजमा हुदैन , त्येसैले यो कुरा महत्वोपूर्ण भएको हो, साथै जहाज भाडा महँगो पनि छ, सुबिधा दिदा पैसा तिरे आनुसर्को दिनु पर्यो, त्येसैले पनि यो कुरा महत्वोपुर्न छ/
Tall मान्छे को weight त्यसै पनि बढी हुन्छ | त्यसको मतलब उसको वजन बढी भो भनेर बढी भाडा लिनु अन्यायपूर्ण हुन्छ | त्यसै गरि thyroid को प्रोब्लेम भाको कति मान्छे को weight त्यसै बढी हुन्छ | मलाई लाग्दैन एस्तो system कहिले पनि लागु होला भनेर |
म लै पक्का चाही भएन तर अमेरिका मा, united airlines ले यो नियेम लागु गरिसक्यो क्यारे.
खुसीको कुरा हो हामि नेपालीहरुमा, गर्ब गर्नु पर्छ,जहिले पनि राजनैतिकले ग्रस्त, यो दल , त्यो दल ,जहाँ एस्तो पनि छ,एक सभासद् जसलाई राष्ट्रपतिको नामसमेत थाहा छैन! यी नै कपुरे क, नेताहरुको देनले गर्दा, चम्किन खोजेको तारालाई अर्काको बालि देखि डाहा लाग्ने पहाड आयर छेकिदियक छन् !कुनै पनि कुरा अरुले गरेको अथवा अरुले सिकायर सिक्नु भन्दा नि, डा भरतप्रसाद भट्ट ले झैँ आफैले खोज अनुसन्धान गर्दा भाबी पिडित हरुले सिक्ने एउटा थलो हुने छ, भन्ने मलाई लग्छ !भन्दै बधाई छ डा भरतप्रसाद भट्ट जी र यो लेख लेख्नु भयको लेखक – निर्मल अर्याल जी लाई पनि धेरै धेरै धन्नेबात , माइ संसारको राम्रो लेख मध्ये यो पनि पर्छ ! महान बेक्तिहरु आमाको गर्ब बाट हैन, वर्ग र सङ्घर्ष को भट्टी बाट जन्मियको हुन्छ !
के हो हिस्टेरिया जस्तो? तौल अनुसार को भाडा निर्देशित हुनु पर्छ भन्ने कुरा नया हो? कुनै अर्थ तन्त्र मा नया प्रयोग आयो भनेको त तौल बढी हुने ले बढी भाडा तिर्नु पर्छ रे! मह जोडी को लाल पुर्जा हेर्नु, मुस्ताङ्ग मा कोदो को झोल ले चल्ने ट्याक्सी ले ” मदन कृष्ण भन्दा हरि बंश गरुङ्गो भएको ले बढी भाडा लाग्ने” कुरा गरेको छ. के तेती भन्न लाइ अर्थविद नै हुन् पर्छ? बढी तौल हुने ले बढी भाडा तिर्नु, होटल मा धेरै खाने ले धेरै पैसा तिर्नु, जस्ता अत्यन्त साधारण कुरा लाइ पनि के के न हो जस्तो गर्ने?
हे मन्द बुद्दि. मुख ले फ्याट्ट भन्नु र data सहित को analysis गर्नु मा धेरै फरक छ नि. ुनै पनि बिसय मा गहिरो अनुसन्धान गर्नु र चिया पसल मा गफ लाउनु एउतै हैन होला. नेपाली ले अलि राम्रो कम गर्यो को खुट्टा तान्ने परविर्ति त्याग्ने कि.
हे घमण्डी
चित्त बुझ्नेलाई त् निस्कर्स डाटा केलाएको जस्तो लाग्ला , चित्त न बुझ्नेलाई ”? ठा”
केलाएको जस्तो लाग्नु अस्वाभाविक हो ?
गहिरो भन्नाले चै कति गहिरो नि एक चम्चा पानि गहिरो कि ? नारायणी नदि जति गहिरो ? कति गहिरो रिसर्च गरेको ?
चिया पसल मा गफ दिन पनि कला चाहिन्छ ?
नेपालि ले राम्रो काम गरेर खुट्टा तानेको हैन उहाले , खुट्टामा नक्कली पांग्रा राखेर न दौडिम लड्ला भनेर सचेत गराएको |
यी श्याम भन्ने भट्ट जी नै परे कि उनको प्रायोजित खेताला?
मलाई माई सन्सार को कम्मेन्ट पढ्न सारै रमाइलो लाग्छ ………………पढेर like र unlike गरि रहन्छु ….. श्याम जी र शंखरजी क कोमेन्ट पद्न मजा आयो र लाग्यो दुइ जना साथीहरु हुन् र सल्लाह गरि गरि कोमेन्ट गर्नु भएछ / कमेन्ट गर्नु राम्रो हो तर कृपया अरुलाई होच्याउने काम गर्नु भएन …………..बाकी तपैहरु म भन्दा जान्ने हुनुहुन्छ आफै बुझ्नु होला…………मन नपरे unlike गर्नु होला…………..
कुनै एकजना नेपालीले लेखेको एउटा आर्टिकल अन्तरास्ट्रिय चासोको बिषय बन्यो भन्दैमा त्यो व्यक्तिलाई ठुलो सम्मान दिइनु पर्ने आबस्यक हुदैन| यसैगरी राम्रा राम्रा कुराहरु गर्दै गए वहाले सम्मान अबस्यनै पाउनुहुन्छ र् आफैले माग्दै हिड्नु पनि आबस्यक पर्दैन|
Let’s appreciate Dr Bhatta
Good job you found a job In Nepal
Hope you will help Nepalese graduated with their pHD so they don’t have to go abroad !!!
Nepalese brain remains writhing the country =new ideas =new innovations =new job opportunity=prosperous Nepal
हाम्रो देसमा नेताको र छोटो कपडा अनि ठुलो स्तन हुने कलाकारको भन्दा अरु को समाचार सुन्न र पढ्न बिरलै पाइन्छ (खेलकुद बाहेको को कुरा गर्दा). कतिसम्म भन्दाखेरि एउट-दुइटा फिल्ममा खेलेको नायिकालाई कुन फोन मन पर्छ भन्ने कुरा को समाचार नि लेखिन्छ तर देश विदेशमा रहेर बिज्ञान तथा अन्य क्षेत्रमा राम्रो अनुसन्धान गरिराखेका मान्छे को बारेमा बिरलै लेखेको पाइन्छ. रेखा थापा सुसू गर्न गाको कुरा पनि लेख्ने हाम्रो मेडियाले हार्वर्ड मेडिकलमा अध्यापन गराउने शिव गौतम को बारेमा एक सब्द खर्चेको छैन.(http://www.poafoundation.org/people/shiva_gautam.html). I am not saying they shouldn’t write about politicians and actress but there should be a limit. They should also consider writing about Nepali researchers who are doing great works in their own field of research. If they do so then the young students will get some inspiration and motivation to study and succeed.
These days it looks like the goal of SLC pass student is to be Mr./Miss SLC and those who pass +2 to be Mr./Miss college. They freaking cover about these beauty pageant that happen every week and some TV even broadcast them live but they have no time to show a good science documentary.
एकदम ठिक !!राम्रो कमेन्ट !!!
“बन्दर क्या जाने अदरकका स्वाद” भने झैँ “scientific research” को महत्व अरु प्रतक्ष्य देखिने सामाजिक कार्यको तुलनामा केहि पनि हैन भन्ने निष्कर्ष निकाल्नु भएछ, महोदयले | चाइनिज सरकारले एउटा आर्टिकल प्रतिष्ठित जर्नलमा छापे त्यो बैज्ञानिकलाइ ३०,००० अमेरिकी डलर पुरस्कार दिने चलन ल्याउनु र नेपालमा जाबो आर्टिकल छापेर के हुञ्छ भन्नुले हामी बिज्ञान र अनुसन्धानको बिषयमा कति दरिद्र रहेछौ भन्ने छर्लंग हुन्छ |
तेही भन्या , नेपाली मा हावी ##दाहारे अनि आरिसे ##आफुले नि केहि गर्न नसक्ने अरुलाई नि गर्न नदिने येदि कसैले केहि गरिहाले मा तेस को डाहा, रिस , अनि नकारात्मक कमेन्ट गर्ने ###
###“बन्दर क्या जाने अदरकका स्वाद” ### यो भन्दा उपयुक्त बाक्य सायदै !!!!!
भिनाजु ले दिनुभएको पापा मिठो , भिनाजु ले लेख्नु भएको लेख राम्रो , भिनाजु ले लगाएको लुगा राम्रो ,राम्रो जति सबै हाम्रो | अनि हामीलाई जस्तो लाग्छ अरुलाई पनि तेस्तै लाग्नु पर्छ बिरोध गरे ”बाँदर क्या जाने अद्रख का स्वाद ” ? गजब छ बा |
शङ्कर जी ,
छदम नाम राखेर नकारात्मक कमेन्ट गरि टोपल्नु भन्दा आफ्नो आङ्ग को भैसी हेर्नु पर्यो , बादर ले आफ्नो घर पनि बनौदैना , अरुलाई नि बनौन दिदैन भनेको येही हो !!!!
राम्रो कार्य को प्रसंसा गर्न कन्जुस्याई गर्ने मान्छे हरु धेरै छन् यो संसार मा ,
धादिंग कि सुजि जी
शङ्कर छद्म होलाकी सुजि ?
ह्रिसि धमलाको छिमेकी भएर हो कि , मेरी जिउ को पुछार समेत देख्नु भएछ ल बधाई छ |
बिरोध प्रवृत्तिको हो | व्यक्तिगत हैन | पर्दा पछाडी फुस्स पाद्यो पर्दा अगाडिका लाइ ये तैले बम पड्केको सुनिस भन्ने , खुर्सानी डाडा मा बसेर म मुन बाट बोल्दैछु भन्ने प्रबृत्ति देखाउनु भएँन भनेको |
फट्याई न गरौ , इमानदार बनौ |
धादिंग अरे !!!!नेपाल को राजधानी धादिंग कहिले देखि भएछ नि हो !!!
शङ्कर जी अलि धेरै फुर्सद मा हुनुहुदो रहेछ हालसाल खूब धेरै कमेन्ट माथि कमेन्ट गर्दै हुनुहुन्छ नि !!!!लौ बधाई छ !!
धमला को छिमेकी रे ???? शङ्कर जी जस्तो आफु उस्तै च्यापु !!!
P :S : कुरोमा कुरो शङ्कर(दाइ ) भन्ने लेखक लै मा पनि चिन्छु अब तपाई मैतीदेवी मा IELTS (2002) मा भोज सर् संग हुनुहुन्थ्यो कि ????
पी यच डि सम्म पढेको मान्छे नेपाल मा बस्यो भन्दैमा नेपाल सरकार ले दोसल्ला ओडाई हाल्नु पर्यो भन्ने हैन | नेपाल मा बसेर उसले के गर्यो र गर्दैछ त्यो हेर्नु पर्छ |
अनुराधा कोइराला , पुष्पा , दिलसोभा, महाबिर पुन हरु देशलाई चाहिएको छ |
यो लेख लेख्यो ,त्यो लेख लेख्यो , येस्मा निस्क्यो , येस्मा सनाताकोत्तर गर्यो , तेस्मा पी यच डि गर्यो अनि पड दा पड दै बौलायो | देस ले के पायो ?
अझै ४ वोटा जति बिसयमा भट्ट जी ले स्नातकोतर गर्नु पर्यो भन्दिनु होला र गिनिज मा
नाउ निकाले कसो होला ?