“बिग डाटा”- अहिलेको विकसित देशहरुले तिव्र रुपमा तछाड-मछाड गर्दै नयाँ रिसर्चको रुपमा अगाडी बढाइरहेको बिषय हो यो। गुगल, बिंग तथा अनेकन कम्पनीहरुका सुचना सेन्टरहरु आदि इत्यादि सबै “बिग डाटा” हुन्। इन्टरनेट भित्र रहेका विभिन्न तरहका डाटाहरुलाई विभिन्न अप्लिकेसनहरुको माध्यम बाट एकत्रित गरि कुनै पनि समस्याहरुको समाधानमा प्रयोग गरिनु “बिग डाटा” को उद्देश्य हो। यो “बिग डाटा” को प्रयोगले अनेकन विधाहरुमा नयाँ क्रान्ति आउने सम्भावना बढ्दै गएको छ। लगभग सुचना सम्बन्धि सबै क्षेत्रहरुमा यसको प्रयोग अबको केहि बर्ष भित्रमा नै व्यापक रुपमा हुने आंकलन छ। भुकम्प अथवा अन्य दैवी प्रकोप सम्बन्धि अध्ययन, अनुसन्धान तथा रियल टाइम मै सुचना आदानप्रदान गर्न सकिने अनेकन सम्भावनाहरु भएकोले यस तर्फ सरकार, स्वास्थ्य क्षेत्र, पर्यटन क्षेत्र, व्यवसाय क्षेत्र अथवा भुकम्प सम्बन्धि अध्ययन अनुसन्धानकर्ताहरुको ध्यान मोडीन थालेको छ। “बिग डाटा” को एउटा साधारण प्रयोग (अहिलेको अवस्थामा) भनेको “नेभिगेसन सिस्टम” हो, जुन अत्यधिक रुपमा बैदेशिक शहरहरुमा सडक सम्बन्धि सूचनाहरुको लागि प्रयोग गरिएको हुन्छ। रियल टाइम सुचनाहरुका लागि केहि देशहरुले सामाजिक संजाल लाइ समेत प्रयोग गर्ने गरेका छन् (फेसबुक ट्वीटर आदि इत्यादि), कुनै कुनै देशहरुको आफ्नै छुट्टै सामाजिक संजाल समेत छ। सामाजिक संजालहरु प्राय: जसो नितान्त व्यक्तिगत हुने भएकोले सहि र गलत सुचनाको निगरानी गर्ने, गराउने र त्यसबाट आधिकारिक सुचना प्रसारण गर्ने काम देशका अतिनै संबेदनशील निकायहरुले मात्र गर्ने गरेका छन्।
भुकम्प अथवा अरु नै केहि दैवी प्रकोप बाट हुनसक्ने जोखिमको बेलैमा व्यबस्थापन गर्नसके एकातिर हजारौं परिवार सदस्य विहिन हुनबाट जोगिन सक्छ भने अनेकन कम्पनीहरु प्रकोप पश्चात कसरि आफ्नो सेवा सुचारु गर्ने तर्फ केन्द्रित हुनसक्छन। जुन महाभूकम्प अथवा प्रकोप पश्चात पुनर्निर्माण एबम आर्थिक समृद्धि गर्नेतर्फ लम्कने ठुलो कडी पनि हो। भूकम्पीय प्रकोपको जोखिमहरुको बारेमा कुरा गर्नुपर्दा: घर बनाउँदा ध्यान दिनुपर्ने न्युनतम मापदण्डहरु, सुरक्षित स्थानहरुको बारेमा सामाजिक एबम पारिवारिक छलफल तथा पुर्व तयारीको अलावा अर्को सबैभन्दा महत्वपुर्ण पक्ष भनेको विपद्को बेला चाहिने अत्यावश्यक सामाग्रीहरु खानेकुरा, पानि तथा प्राथमिक उपचार कहाँ के-कस्तो अवस्थामा छन् भन्ने “सरकार” मार्फत रियल टाइममा सुचना आदान-प्रदान गर्नु हो।
प्रकोप ठुलो जोखिम भन्दा पनि प्रकोप पश्चातको अवस्था ठुलो जोखिम हो किनभने एउटा “ध्रुव सत्य” कुरा के हो भन्दा दैवी-प्रकोपको बखत कुनैपनि व्यक्ति पहिला आफु र आफ्नो परिवार अनि उक्त पश्चात आफ्नो निकटतम नातेदारहरुको नै रक्षार्थमा नै लागिरहन्छ। सुरक्षित स्थानमै बसेपनि पानि, खानेकुराको अभाव, बन्दोबस्तीको अभाव आदि इत्यादिको समस्या आउन सक्छ। एकै समयमा विभिन्न प्रकारका रोगहरु फैलिन सक्छन, प्रकोप बखत घाइते भएकाहरु समयमै अस्पताल पुगेपनि, डाक्टरको अभाव, रगतको अभाव अथवा औषधिको अभाव आदि विभिन्न कारणले प्रकोपको बखत ज्यान जोगिएपनि उक्त पश्चात कुनै पनि व्यक्ति मृत्युको शिकार बन्न सक्छ। प्राकृतिक प्रकोपको बेलामा “अभाव र तनाव” मात्र हुनेहुँदा त्यसको उच्च स्तरको “रियल टाइम” ब्यबस्थापन र निगरानीमा “बिग डाटा” र यसबाट प्रकोप व्यबस्थापन सम्बन्धि अप्लिकेसनहरु विकास गरिएमा अत्यन्त उपयोगी ठहरिन सक्छ। अर्कोतिर महाभुकम्प तथा प्रकोपको बखत विभिन्न अफवाहहरू फैलन सक्छन, सामाजिक संजाल मार्फत अनेकन हौवाहरु फैलाइन सक्छन (त्यो स्वदेशीले मात्र नभएर विभिन्न बैदेशिक मुलुकका व्यक्तिहरुले पनि निश्चित फाइदाको लागि गर्न सक्छन) जसमार्फत एउटा सिङ्गो समुदाय अफवाहको बलमा “आक्रान्त” बन्न सक्छ। यी यस्ता सम्भावित घटनाहरुको उचित व्यबस्थापन “बिग डाटा” मार्फत गर्न सकिन्छ। जस्तो कि इन्डोनेसियाले भुकम्प बखत सुचना आदान-प्रदान गर्नको लागि आफ्नो छुट्टै सामाजिक संजाल निर्माण गरेको छ। जसको सम्पूर्ण आधिकारिक व्यवस्थापन र निगरानी सरकार आँफैले गर्ने गर्छ।
विकसित देशहरुतिर भूकम्पको कम्पन आएको केहि सेकेन्डभित्र हरेकको मोबाइलमा सावधानी मेसेज पठाउने अप्लिकेसनहरु विकसित भएका छन् र प्राकृतिक प्रकोप पश्चातको व्यवस्थापनको लागि कसरि “बिग डाटा” लाइ प्रयोग गर्ने सकिन्छ भन्नेमा अनुसन्धानरत छन्। एक अध्ययन अनुसार जापानमा केहि बर्ष पहिला गएको विनासकारी भुकम्प र त्यसको कारणले आएको सुनामिमा अधिकांश व्यक्तिहरु आफ्नो गाडी मार्फत भाग्ने प्रयत्न गरेका थिए तर दुर्भाग्यबश सबैले गाडी प्रयोग गरेकाले सुरक्षित स्थानमा पुग्नु अगावै ट्राफिक जामको कारण उम्कन नसकी ज्यान गुमाउन पुगेका थिए। यसबखत उक्त ट्राफिकजामको बारेमा “रियल टाइम” सुचना भएको भए गाडी मार्फत भाग्ने र भाग्दै गरेकाहरुको ज्यान जोगिन सक्ने अवस्था थियो भन्ने विभिन्न अध्ययनहरु मार्फत आइरहेका छन्। हाम्रै देशको सन्दर्भमा कुरा गर्ने हो भने पनि कहाँ, कतिखेर कतिसमय देखि, कुन कारणले ट्राफिक जाम हो थाहा पाउन नसकिएर गन्तव्यस्थल तर्फ लम्कन्दै गरेका इमर्जेन्सी एम्बुलेन्सहरु जामको चपेटामा परि बिरामीको मृत्यु हुने गरेको छ।
त्यस्तैगरी बिकट जिल्लाहरुमा अज्ञानताबश सरुवा रोगहरुको महामारी फैलने गरेको छ र अकालमा सयौं नेपालीहरुले ज्यान गुमाइरहेका छन्। यी सबैको सबैभन्दा सजिलो समाधान भनेकै “बिग डाटा मार्फत तैयार हुने रियल टाइम अप्लिकेसन” हुनसक्छ।
र अन्त्यमा “बिग डाटा” मा अनेकन व्यक्तिगत सुचनाहरु हुने भएकोले यसको कसरि प्रयोग गर्ने भन्ने बारे विश्व अझै स्पस्ट हुन सकेको छैन। मानवाधिकार देखिका कुराहरु लिएर अनेकन कठिनताहरु यसमा नभएका होइनन, जापानकै सवालमा कुरा गर्ने हो भने “व्यक्तिगत सुचना” प्रयोग सम्बन्धि हक अधिकार र मापदण्डको लागि ब्यापक छलफल भैरहेको छ। हाम्रो जस्तो मुलुकले विकसित मुलुकहरुमा जस्तो “रियल टाइम” सूचना प्रविधि तत्कालै बिकाश गर्न नसके पनि नयाँ अन्य केहि प्रणालीहरु तैयार पारेर सरकारले “बिग डाटा” मार्फत अनेकन “दैवी-प्रकोप व्यबस्थापन” एबम “प्रकोप व्यवस्थापन” सम्बन्धि प्रविधिहरु विकास गर्नुपर्ने टड्कारो देखिन्छ। कम्तिमा पनि देशभर (हरेक गा.वि.स.मा कम्तिमा २ जना “सुचना संकलक” राखेर) त्यसलाई सकेसम्म छीटो विभिन्न मोबाइल अप्लिकेसनहरु, रडियो अथवा टि.भी मार्फत जनमानसमा पुर्याउन सकेमा प्रकोप ब्यबस्थापनमा नयाँपन आउने छ भन्नुमा अतिशयोक्ति नहोला। अथवा विभिन्न मिडियाहरुका साथै स्थानीय सम्वाददाता, स्थानीय एफ.एम रडियो आदि इत्यादि सुचना केन्द्रहरु समेत समेटेर एउटा बलियो “राष्ट्रिय सूचना केन्द्र” निर्माण गरि प्रकोप व्यबस्थापन गर्नु हाम्रो देश नेपालको लागि प्रत्युत्पादक हुनसक्छ जसको न्युनतम मापदण्ड भनेको अतिनै विश्वसनीय, आधिकारिक एबम छिटो छरितो सूचना हुनुपर्नेछ।
हो म मान्छु लेख अलिक सिधा र सरल छैन! बिषयबस्तु हाम्रो परिबेशमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने उधाहरणहरुको उचित छनौट भएन होला, तर समग्रमा यो लेखले संसारमा के भईरहेको छ भन्ने तिर इंगित गर्न सफल भएको छ| त्यसको लागी धन्यबाद लेखकलाई|
Big Data भनेको जहाँ पनि काम लाग्न सक्छ| महाबीर पुनले गर्नु भएको Network मा पनि यो प्रयोग हुनसक्छ| जहाँ पनि! Google को डाटाबेस पनि Big Data भन्दा हुन्छ| र त्यहा रोगबीधि, केहि गर्ने तौर-तरिका जस्तै खेतीपाती, भेडा खौरिने तरिका, अंगुरलाई मल लगाउने, छाट्ने तरिका ईत्यादि information खोजेमा प्रयोग गर्न नसकिने होइन! कतिले गरि पनि राख्याछन्|
मुनि साथीहरुले भनेका कुराहरु चाहि, ठुला company, enterprise र business हरुको लागी यो Big Data लाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर Marketing गरिएका लेख बाट साभार गरिए जस्तो लाग्यो|
Big Data को आकार ठुलो हुन्छ, tera-byte, peta-byte को र अझै बढी रहने! डाटाको प्रकार, age, जे पनि हुनसक्छ| यसलाई प्रशोधन गरि कसरी सदुपयोग गर्न सकिन्छ, त्यसैले उब्जाएको नया बिधी हो यो| त्यसलाई प्रशोधन गर्ने Software Tools हरु बन्दैछन बनाउदैछन्! यसको परिचय हुन् र राख्नु नराम्रो होइन| PhD गर्नेहरुले पछि-पछि यस्तै tools प्रयोग गर्दै पढ्ने बेला आउछ|
http://www.isgtw.org/feature/reducing-earthquake-impact-big-data-and-global-collaboration
Great topic…Hats off to the writer ! I have also recently written an article on BigData….just waiting for it to be published.
Big Data सम्बन्धि यो लेख पढेर केहि कुरा टिप्पणी गर्न मन लाग्यो | लेखकज्युले यो बिषयलाइ अलि नबुझिने ढङ्गले प्रस्तुत गर्नु भयो | मैले बुझे अनुसार Big Data भनेको कुनै नया प्रबिधि होइन, जसको प्रयोगबाट भुकम्प वा अरु दैबी प्रोकोपहरुको पूर्व-अनुमान गर्न सकियोस | यो त मात्र इन्टरनेटमा भएको करोडौ tera-bytes को data हो, जुन हरेक सेकेन्ड बढी नै रहेको हुन्छ | जस्तो हामीले हरेक दिन फेसबुकको status update गर्छौ, फोटो upload गर्छौ , कुनै blog पोस्ट गर्छौ , कुनै समान online किन्छौ, हामीले data generate गरि रहेको हुन्छौ | तर जब सम्म यो data हरुबाट कुनै सूचना निकाल्न सकिदैन, यो फोहोरको थुप्रो मात्र हो | अनि कुरा आउछ, कसरि data बाट सूचना (information/knowledge) निकाल्ने ? तेस्को लागि data को multi-dimensional splitting/ slicing गर्नु पर्छ, डाटा सुद्धिकरण गर्नु पर्छ, र analysis का tools प्रयोग गरेर कुनै एउटा common pattern /knowledge निकाल्न प्रयास गरिन्छ, जुन सधै सफल हुदैन | यो मुख्य रुपमा data को गुणस्तरमा भर् पर्छ |
Dr. साबले बिकट जिल्लाहरुमा अज्ञानताबश सरुवा रोगहरुको महामारी फैलने कारण big data बाट पत्त लगाउन सकिने कुरा गर्नु भएको छ | यो निकै हासो उठ्दो लाग्यो मलाई त | कसरि ? तेस्को लागि त पहिले त धेरै भन्दा धेरै बिरामीहरुको data चहियो नि हैन र ? कि अमेरिका वा युरोपको डाटा लगेर analysis गर्ने ? नेपालको कुन चै अस्पताल वा मन्त्रालयसंग त्यो data छ ? नेपालको सयौ अस्पतालमा एउटा कम्प्युटर त छैन, अनि के को बिग data ? २-४ वटा excel file हेरेर ‘ल यो रोग भनेको फलानो हो’ भने मात्र हो |
Exactly. Solving mortality issues without actually having the data sounded really funny to me. I don’t think the writer is a computer guy.
This is too much Bishal. He could at least work on IT hopefully but it is sure he has not understood the Big Data.
In simple term Big Data is “Big data” such a huge collection of data which is difficult to process using traditional database technique.
In Nepal, even the details about whole population can not make big data forget the district data.
नया बिसय बस्तुको जानकारी भयो,लेखक लाइ धन्नेबाद छ
The term ‘BigData’ is nothing more than a phrase for the recently developed ability to analyse and gather useful information and intelligence from existing source of large amounts of data gathered by businesses and governments. In the case of Nepal, such large amount of digitised data-set first needs to be collected before BigData analytics can be run.
Just to add to the above mentioned comment,
The human collected data is not considered as big data because if it can be collected by human then it is not as big, it should be produced in real time, probably by sensors and digital medias. So In Nepal there is not scenario of big data production anywhere, so this is irrelevant. It is sufficient to effectively use the traditional databases for Nepal.
Dear researcher,
“अथवा विभिन्न मिडियाहरुका साथै स्थानीय सम्वाददाता, स्थानीय एफ.एम रडियो आदि इत्यादि सुचना केन्द्रहरु समेत समेटेर एउटा बलियो “राष्ट्रिय सूचना केन्द्र” निर्माण गरि प्रकोप व्यबस्थापन गर्नु हाम्रो देश नेपालको लागि प्रत्युत्पादक हुनसक्छ जसको न्युनतम मापदण्ड भनेको अतिनै विश्वसनीय, आधिकारिक एबम छिटो छरितो सूचना हुनुपर्नेछ।”
Counterproductive ?
Please justify,
And provide the appropriate methodology.
कुरा त एकदम ठिक हो | येता हाम्रो तिर पनि “एम्बर अलेर्ट” अनि “तोर्नेदो अलेर्ट” हरु फोन मा आफै आउने गर्छ| खर्च पन खासै नलाग्नु पर्ने हो एसको लागि र प्रक्रिया पनि सिधानै छ | तर नेपाल जस्तो ठाउँ मा जहाँ मान्छेले खान नपाएर चामल दान दिनु पर्छ अनि सरकार चलाउने हरु चै रास्ट्रपति माथि कि मन्त्रिपरिषदको अधक्ष्य माथि, अनि एकल जातिय बहु जातिय, जस्ता जस्ता “theoritical बिसयमा गन्थन गर्ने ब्येस्ता छन् | तेसैले ऐलेलाइ यो गारै छ | ुनत प्रिवाते कम्पनी हरु ले पनि बिग दाता प्रयोग गरेर आफ्नो बजारको अवस्था बुज्ने अनि भबिष्यमा हुने बजारको माग र interest प्रक्श्यपन गर्ने जस्ता काम गर्नु पर्ने हो | तर भन्नु पर्दा ओ चलन पश्चिम मा पनि भर्खरै सुरु भाको चलन भो भनेपछि नेपालमा बित्रिन तेस्तै १०-२० वर्ष लाग्छ होला |
Dr. Krishna Kumar Bhetwal जी ले विदेशतिर निकै पोपुलर
भइसकेको तर नेपालमा धेरै कमले नाम मात्र सुनेको “Bigdata” को
बारेर दिनुभएको जानकारी निकै ज्ञानमुलक छ l
प्रत्यक गा.बि.स.पहिला computerized हुनु पर्यो l
कम्प्युटर education mouse चलाउन सिकाउनमानै सिमित भएको
अवस्था छ,त्यसलाई पहिला सुधार गर्नु पर्छ,अनि अगाडिको बाटो खुल्छ l
बिग डाटाको बारे मा लेख्ने व्यक्ति ले त्यति राम्रो अनुसन्धान गरे जस्तो लागेन
Big Data सम्बन्धि यो लेख पढेर केहि कुरा टिप्पणी गर्न मन लाग्यो | लेखकज्युले यो बिषयलाइ अलि नबुझिने ढङ्गले प्रस्तुत गर्नु भयो | मैले बुझे अनुसार Big Data भनेको कुनै नया प्रबिधि होइन, जसको प्रयोगबाट भुकम्प वा अरु दैबी प्रोकोपहरुको पूर्व-अनुमान गर्न सकियोस | यो त मात्र इन्टरनेटमा भएको करोडौ tera-bytes को data हो, जुन हरेक सेकेन्ड बढी नै रहेको हुन्छ | जस्तो हामीले हरेक दिन फेसबुकको status update गर्छौ, फोटो upload गर्छौ , कुनै blog पोस्ट गर्छौ , कुनै समान online किन्छौ, हामीले data generate गरि रहेको हुन्छौ | तर जब सम्म यो data हरुबाट कुनै सूचना निकाल्न सकिदैन, यो फोहोरको थुप्रो मात्र हो | अनि कुरा आउछ, कसरि data बाट सूचना (information/knowledge) निकाल्ने ? तेस्को लागि data को multi-dimensional splitting/ slicing गर्नु पर्छ, डाटा सुद्धिकरण गर्नु पर्छ, र analysis का tools प्रयोग गरेर कुनै एउटा common pattern /knowledge निकाल्न प्रयास गरिन्छ, जुन सधै सफल हुदैन | यो मुख्य रुपमा data को गुणस्तरमा भर् पर्छ |
Dr. साबले बिकट जिल्लाहरुमा अज्ञानताबश सरुवा रोगहरुको महामारी फैलने कारण big data बाट पत्त लगाउन सकिने कुरा गर्नु भएको छ | यो निकै हासो उठ्दो लाग्यो मलाई त | कसरि ? तेस्को लागि त पहिले त धेरै भन्दा धेरै बिरामीहरुको data चहियो नि हैन र ? कि अमेरिका वा युरोपको डाटा लगेर analysis गर्ने ? नेपालको कुन चै अस्पताल वा मन्त्रालयसंग त्यो data छ ? नेपालको सयौ अस्पतालमा एउटा कम्प्युटर त छैन, अनि के को बिग data ? २-४ वटा excel file हेरेर ‘ल यो रोग भनेको फलानो हो’ भने मात्र हो |
हेल्लो डाक्टर साब, यो कुन चाहि सेमिनारमा प्रस्तुत गरेको रिपोर्ट यहाँ हामी अधिकांश पाठकहरुलाई बोर बनाउनु ल्याउनु भो ? अलिकति पढ्दै दिक्क लाग्यो ; माइ सन्सारले पनि बडे बडे लेखकहरुको एन जी ओ दस्तावेजहरु काम लाग्ने मात्र राख्नु पर्यो, पाठकको रुचि पनि हुनु पर्यो नि ; यस्तै हो भने कुन दिन देखि यु एनको, इसिमोडको, सबै खाले डलर झार्ने रिपोर्ट हरुले हामीलाई माइसंसारमा वाक्क लाउने छ | हामी त जल्दा बल्दा स्थानीय विषय हरु, राजनीति देखि भ्रष्टाचार, कालो करतूत, समाजमा विद्यमान कुरीति, कुसंस्कारहरु, घत लाग्दा समाचारहरु, आदि पढ्न चाहान्छौं | जे होस्, त्यो बिग दाताको लागि तयार पारिएको बिग डाटा जबर्जस्ति पस्किदिनु भो, धन्यवाद दिने पर्यो ….
बिग डाटा भनेको के हो र कसरि बिग डाटालाई प्रयोग गर्न सकिन्छ भ्नन्ने कुरा लेखमा उल्लेख गरि दिनु भएको भए अझ राम्रो हुने थियो , माईसंन्सारका पाठकहरुलाई
Big data is really a hot topic these days. Being a computer professional and student of computer science I am also doing research on big data. No doubt big data will be top most technology in near future.
त्यस्तैगरी बिकट जिल्लाहरुमा अज्ञानताबश सरुवा रोगहरुको महामारी फैलने गरेको छ र अकालमा सयौं नेपालीहरुले ज्यान गुमाइरहेका छन्। यी सबैको सबैभन्दा सजिलो समाधान भनेकै “बिग डाटा मार्फत तैयार हुने रियल टाइम अप्लिकेसन” हुनसक्छ ?
सामान्य आधारभूत सुबिधा नभाको बिकट ठाउँ, जहाँ साक्छर मान्छे भेट्न गारो हुन्छ, त्यहाँको मान्छे लाइ बिजुली, खाद्यान्न, पानि जस्तो आधारभूत कुरा पुराउनु उपयुक्त होला कि बिग डाटा एप ? अनि हुदै नभाको डाटा चै कहाँ बाट ल्याउने ? अनि प्रोसेसिङ्ग चै कहाँ गर्ने ? बिग डाटा भन्ने बित्तिकै बिग मनि पनि हुन्छ भन्ने कुरा बिर्सिनु भएन | बरु बिकट जिल्लामा सस्तो सुलव बीजुली कसरि निकाल्ने भन्ने प्रसङ्ग यो भन्दा उपयुक्त होला | म आफै बिग डाटामा काम गर्ने व्यक्ति भकोले नेपालको बिकट जिल्लाहरुमा यो बिग डाटा मार्फत तैयार हुने रियल टाइम अप्लिकेसन ऐले नै लागु गरम भन्ने कुरा बस्तुपुरक लागेन !
बिग डेटा को कुरा तब निस्किन्छ जब भैराखेको database technologies हरुले, अत्यधिक मात्र मा उद्पादन हुने डेटालाइ धान्न सक्धैन र तेस्मा भएको सूचनालाइ प्रशोदन गर्न सक्दैन |
के नेपालमा तेस्तो अत्यधिक मात्रमा (terabyte र माथिको ) डेटा उद्पादन हुन्छ र ?
“हरेक गा.वि.स.मा कम्तिमा २ जना “सुचना संकलक” राखेर” — के येसरी मान्छेले संकलन गरेको डेटा लै बिग डेटा भनिन्छ र ??
कृष्ण कुमार भेटवाल जी ले बिग डेटाको बारेमा तेती सारो बुजे जस्तो लागेन |
बिग डेटात धेरै परको कुरा हो जस्तो लाग्छ नेपालको लागि, बिग डेटा भनेको सूचना प्रभिदिको उच्च बिकाश भाको ठाउँ, जहाँ प्राय जसो सबैकामहरु सूचना प्रभिदिको मार्फत गरिन्छ र डेटा संकलन गर्न सकिन्छ र सेवा पनि फेरी सूचना प्रभिदिको मर्फ़तै देलिवर गरिन्छ तेस्तो ठाउँको लागि कारगर हुन्छ |
नेपालको समस्या अझै पनि गाश,बाश र कपशको छ |
बिधुतिय सङ्कट छ जहाँ, घन्टौ लॉद-शेद्दिङ्ग हुन्छ बर्सभरि, कम्पुटर literacy कति छ नेपालमा ? कम्प्युटर र स्मार्ट devices (smartphones , tablets , sensor networks) प्रग्योग गर्ने मानिसहरु र संस्था हरु कति छ ? इन्टरनेट स्पीड र नेटवर्क connectivity कस्तो छ ? बिग डेटा analyst हरु र data -engineer को जनसक्ति छ नेपाल मा ? बिग डट प्रोसेस गर्न सक्ने कम्प्युटर किन्न र राख्न सक्छ नेपाल ले ? आदि आदि अनेक आधारभूत समस्या छन् नेपालमा | अझै पनि सरकारी office हरुले वा कुनै अरु ठाउँमा राम्रो updated website त देखेको छैन मैले, भने बिग डेटा application त धेरै पर छ नेपालको लागि |