Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देहब्यापार किन गैरकानुनी ?

Posted on January 19, 2014 by mysansar

-शाक्षात सुशिल-

मेरो नाम संगिता (नाम परिवर्तन) हो । बुवाले रक्सी खाएर दिन दिनै आमा पिट्ने । अनि बस्नै नसकेर काठमाडौं आएको केही काम पाएन अनि एउटा दाईले यस्तो काममा लगाइदिएको ।

मेरो नाम सिता (नाम परिवर्तन) हो । धेरै जना भाई बहिनी; कमाउने बुवा मात्र । बुवा पनि बिरामी भएर थला परेपछि कमाउने कोहि भएन । राम्रो काम खोजेको कतै पाइएन । अनि यस्तो पेशा थालेको ।

यस्ता किसिमका परिवर्तित नाम तर समान ब्यथा बोकेका समाचार आज सम्म कैयौ पटक पढिसक्यौ । प्राय जसो सस्ता गेष्ट हाउस र लजमा प्रहरीद्वारा छापा मारेको भोलिपल्ट देखि सुरु हुन्छन् यस्ता समाचारका लर्को । प्रहरीले समात्छन, अनि पत्रिकाले आपत्तिजनक, नग्न अवस्था, देहब्यापार, बेश्याब्रिती जस्ता आकर्षक शिर्षक दिएर छाप्छन । केही समयपछी छुट्छन । समाचार सेलाउछ । फेरि अर्को गेष्ट हाउसमा छापा मारिन्छ । फेरि आपत्तिजनक, रङेहात, नग्नअवस्था, देहब्यापार, बेश्याब्रिती दोहोरिन्छन । तर ती युवतीहरू जसको घरमा एक बुजो गाँस, एकसरो कपास नभएर यो पेशामा लागेकी हुन्छिन तिनलाई पत्रिकाको अर्को प्रति आएलगतै बिर्सिन्छौ ।

बिरामी बाउ उपचार गर्न, भाई बहिनि पढाउन , ॠणले डुबेको घर उकास्न उनले आफ्नो शरीर अरुलाई सुम्पिन वाध्य भएको ब्यथा सभ्य समाजका कमै सदस्यले सुन्छन किनभने उनी तथाकथित बेश्या हुन ।
बेलाबखतमा देहब्यापारलाई निश्चित क्षेत्र छुट्याएर कानुनी मान्यता दिनुपर्छ भन्ने मलिनो आवाज सुनिन्छ तर सुनुवाई भएको छैन । नेपाल एक अत्यन्त गरिब देश हो, यो मैले भनेको हैन अधिकांस बिदेशी आयोग, नियोग, संघसङठनका तथ्यांकले भनेको । एक तिहाइ जनता निरपेक्ष गरिबीको रेखामुनी बाँच्न वाध्य छन् । बेरोजगारीको बिकराल समस्या बुझ्न दैनिक श्रम स्वीकृति लिने २ हजार युवायुवतीको लाइन हेरे पुग्छ । बिदेशी दान दक्षिणामा चलेको अब्यवहारिक शिक्षा नितीले न देश मै रोजगारप्राप्त गर्न सम्भव छ न त स्वरोजगारको नीम्ति सबैसँग यथेष्ट पुँजी छ । यस्तो हबिगतमा एक गरीब युवतीको नीम्ति दुई वटा बिकल्प हुने नै भए । या त बिदेशी दलाल साथ लागेर खाडी मुलुक पस या स्वदेश मै देह ब्यापारमा लाग ।

अशिक्षित र सीपबिहिन महिलाले खाडी मुलुकमा पाउने काम भनेकै घरेलु काम हो । स्वदेशमा देहब्यापारमा नलागी खाडी मुलुकमा घरेलु कामदारको रुपमा गएका महिलाले भोगेको यौन शोषण र हिंसाको चर्को रुप; पीडा सहदा सहदै मानसिक सन्तुलन गुमाएर फर्किएका महिलालाई हेरेर थाहा पाईन्छ । लैंगिक समानता र सशक्तीकरणका लागि राष्ट्रसंघीय निकाय युएन वुमनले गत वर्ष गरेको एक अध्ययन अनुसार, अहिले १११ नेपाली महिला कुबेत, साउदी अरब, यमन र लेबनानका कारागारमा छन्। ८२ जनाले उतै आत्महत्या गरेका छन् भने ३१ बेपत्ता छन्। उद्धार गरेर नेपाल फर्काइएका २८२० मध्ये ४१५ मानसिक सन्तुलन गुमाएका, ८६ अनिच्छित गर्भ बोकेका र ३२ बालबच्चासहित आएका छन्। यस्तो असुरक्षित अवस्था देख्दा देख्दै पनि अझै कतिपय महिलाहरू बिदेशिने क्रम रोकिएको छैन । स्वदेश मै रोजगारी मिल्दो हो त किन जान्थे पीडित हुन ?

खाडी मुलुकका डरलाग्दो वातावरण देखेर स्वदेश मै केही गरौ – काम छैन । हातमा सीप छैन । पुँजी छैन । तर पेटले धेरै दिन कुर्न सक्दैन । वाध्य भएर देहब्यापारमा लागेर बिरामी बुवा, भोका भाई बहिनीको उद्दार गर्न खोज्दा प्रहरी बीचमा आइपुग्छ । र सभ्य समाज सामु सिधै ‘बेश्या’ बाट सम्बोधित हुनपुगिन्छ ।

पेट पाल्न यो पनि नगर्ने हो भने उनीसँग के बिकल्प रह्यो ? आत्महत्या ? त्यसो त गरिबीको कारण आत्महत्या गरेका घटना पनि नभएका होइनन । एक गरीब नेपाली नागरिकलाई गरिबी कै कारण आत्महत्या गर्न वाध्य पार्नुराम्रो हो ?

विकिपेडियामा खोजी हेर्दा नेपालमा देहब्यापार कानुनी पनि हैन गैरकानुनी पनि हैन भनेर लेखेको छ । यसको अर्थ प्रहरीसँग टाकटुक कुरा मिलाउन सके कानुनी नत्र गैरकानुनी हुन्छ भन्ने खोजेको हो की ? नभए तारे होटेलहरूमा छापा मारेर आपत्तिजनक अवस्थामा पक्राउ परेको समाचार त कहिले आउदैन । महिनाको २९ दिन चुपचाप । एकदिन एकाध बाग्बजार, सुन्धारा, बालाजुका सस्ता गेष्टहाउसमा छापा मारेको सुनिन्छ । कारण के हो ? तारे होटेलमा आपत्तिजनक क्रियाकलाप हुनैसक्दैन भन्ने पूर्वअनुमान हो की सस्तालाई ठटाएर महँगो तारेबाट ‘सुरक्षा अथवा हप्ता’ को नाममा मोटो रकम असुल्न? बिचरा त्यहाँ पनि गरीबलाई नै सास्ती ।

केही इन्जिनियर, पत्रकार, वकिल, अध्यापक, बिद्यार्थी र ब्यवसायी मित्रसँग अनौपचारिक कुराकानी गरे । निश्चित क्षेत्र छुट्याएर कानुनी मान्यता दिए हुने तर नेपाली समाजले देहब्यापार पचाउन नसक्ने कुरा गरे उनीहरू । हाम्रो समाज बुझ्नै नसकिने किसिमको छ । बालिग युवायुवती भावनाको कारण, आकर्षणको कारण अथवा शारीरिक आवश्यकताको कारण बिवाह नै नगरी संगै बस्न ‘लिभ इन रिलेसनसिप’ कानुनी रुप मै पाईन्छ । यो कानुन देख्दा नेपालको सामाजिक उदारता बेलायत र फ्रान्सको हाराहारीमा देखिन्छ । अझै समलिङी विवाह अर्थात पुरुष पुरुषसँग, महिला महिलासँग बिवाह गर्न कानुनले नै मान्यता दिएपछी त नेपालको सामाजिक र कानुनी उदारता बेलायत र फ्रान्स भन्दा माथी पुगेको देखिन्छ किन भने फ्रान्समा समलिङी बिवाहको बिरोधमा डेढ लाख जनाले प्रदर्शन गरेका थिए । बेलायतमा बल्ल २०१४ को मार्च देखि यो कानुन लागु हुँदैछ, नेपालले ५ बर्ष अघि नै बनाईसक्यो त्यो पनि रत्नपार्कमा एउटा पनि टायर नबलिकन । इजिप्टमा श्रीमतीको मृत्‍यु भएको ६ घण्टासम्म श्रीमानले यौन सम्पर्क गर्न पाउने कानुन बन्न लागेको अनावश्यक हल्ला चलिरहदा, नेपालमा श्रीमतीको इच्छा बिना हुने यौन सम्बन्धलाई बलात्कारको दर्जा दिने कानुन बनिसकेको थियो । प्रत्यक्ष यौनसँग सरोकार राख्ने यी बिषयलाई नेपाली समाजले बिना टायर बालि पचाइरहेको छ तर एक गरीब युवतीले त्यहि यौनसँग सरोकार राखेर पेट भर्न खोज्दा समाज बाधक बनिदिन्छ । अघिसम्म सोचाइको स्तर बेलायत र फ्रान्सलाई भन्दा अघि बढेको नेपाली समाज जब देहब्यापार गरेर पेट भर्ने कुरा आउछ, अफगानिस्तान, इराक, साउदी अरबियाको हाराहारीमा पुगिदिन्छ ।

मेरो उमेर पत्रिकामा लेखिएका शब्दहरू बल्ल बल्ल बुझ्ने हुँदा देखि यो समस्या पढ्दै आएको हो । आज त्यहि पत्रिकामा लेख्ने उमेर हुँदा सम्म समस्या झनझनै बढेको छ । तारे होटेलमा बैठक गरेर महिला हकहित र सशक्तीकरणको नाममा करोडौ सकियो होला, एनजिओ, आइएनजीओले कति डलरको खोलो बगाए होलान तर उपलब्धी खै त ? सायद महिला हकहितका अभियन्ताहरू मध्येका एक समूह नै भन्दा हुन देहब्यापार नैतिक कार्य होईन भनेर । प्रचण्डका शब्दका ‘सुकिला मुकिला’ले तारे होटेलमा वाइनको चुस्की लगाउदै निर्माण गरेको नैतिकताको परिभाषा भोको पेट दिनभरी रत्नपार्कमा ग्राह्क कुर्दै उभिएकी महिलालाई लागु हुन्छ होला ? तैपनि नैतिकता के लाई भन्ने ? हजामले हातले कपाल काटेर सेवा दिन्छ । रिक्सावालाले खुट्टाले पेलेर । गायकले घाँटीको सहारामा पैसा कमाउछ । मोडलले सुन्दर शरीर देखाएर । एक बालिग र स्वतन्त्र नागरिक भएको हैसियतले भन्नुपर्दा मेरो पेट पाल्न शरीरको कुन अङ्गको प्रयोग गर्ने भनेर निर्णय गर्ने अधिकार मलाई हुनुपर्छ , सरकारलाई होईन ।

देहब्यापारको नीम्ति निश्चित क्षेत्रलाई छुट्याएर कानुनको दायरामा ल्याउने हो भने शैक्षिक, आर्थिक र सामाजिक परिवर्तनमा योगदान दिलाउन सकिन्छ । जस्तै :

देहब्यापार संचालानको नीम्ति अनुमतिपत्र दिन मोटो रकम राजस्वको रुपमा उठाउन सकियो। जसलाई शिक्षा र सिपमुलक तालिम बितरणको नीम्ति खर्च गर्न सकिन्छ।

छरिएर र लुकेर रहेका देहब्यापारीहरू कानुनी मान्यता पाएपछि सङठित हुनेछन । त्यसो त एड्सको प्रकोप नेपालमा पहिले जस्तो रहेन तैपनि सङठित अवस्थामा एड्स र यौनरोग सम्बन्धी रोकथाम र अनुगमन गर्न सजिलो र कम खर्चिलो हुनेछ ।

कानुनको दायरामा आएपछि देहब्यापारमा लागेकाहरूलाई बार्षिक शरीर जाँच गराउनुपर्ने नियम राख्न सकियो जसले स्वास्थ्यचौकी लगायतमा रोजगारी सिर्जना हुनेछ, आर्थिक क्रियाकलाप बढ्नेछ ।

स्पष्ट कानुन बनाएपछि त्यसको उल्लंघन गर्नेलाई देह ब्यापारी, संचालक, सेवाग्राहीलाई कारवाही स्वरुप जरिवानाको ब्यवस्था गर्न सकियो । जसले राजस्व बढाउन मद्दत गर्छ । अहिले त छापा नमारिएको कैयौ गेष्ट हाउस र लजले गैरकानुनी पैसा कमाइरहेका छन ।
देहब्यापारीहरू आफैलाई थाहा की छ उनीहरू गैरकानुनी धन्दा गर्दैछन । यस्तो अवस्थामा उनीहरू माथि हुने ब्ल्याक मेलिङ, यौन शोषण र अन्य अपराधको बारेमा उजुरी गर्न सक्दैनन । किनभने कानुनको नजरमा उनीहरू पहिला दोषी हुन । पीडितको मानवअधिकारको रक्षा हुन जान्छ ।

देहब्यापार कानुनी बने पनि बाबुआमाले सन्तानलाई डाक्टर, ईन्जिनियर, पाइलट, बैज्ञानिक नै बन्ने सल्लाह दिन्छन, सन्तान पनि त्यहि चाहन्छन । र बन्नु पनि पर्छ । तर एकपटक आफूलाई देहब्यापारीको स्थानमा राखेर हेरौ त । सिप छैन, शिक्षा छैन, ब्यवसाय गर्न पुँजी छैन, रोजगारी कहि पाइंदैन । बिदेश जाँदा मानसिक सन्तुलन बिग्रिने गरि दु:ख पाईन्छ । अनि के गर्ने ? करिब ९ प्रतिशत बेरोजगार भएको फ्रान्स र बेलायतमा देहब्यापारलाई कानुनले मान्यता दिएको छ तर ४६ प्रतिशत बेरोजगार भएको हाम्रो देशमा किन नदिने ? की एकै पटक शतप्रतिशतलाई रोजगार दिने गोप्य योजना बन्दै छ ?

91 thoughts on “देहब्यापार किन गैरकानुनी ?”

  1. Jyoti Shrestha says:
    January 24, 2014 at 1:13 pm

    लेखक महोद्य! तपाईंकै परिवारका कुनै सदस्य यस्तो पेशामा लाग्यो भने तपाईं के भन्नुहुन्छ ? ठिकै गर्‍यो भनेर समर्थन गर्नुहुन्छ ? गर्व गरेर माई संसारमा यस्तै लेख लेखेर बांकी अरु सदस्यलाई पनि प्रोत्साहित गर्नुहुन्छ ?
    यदी त्यस्तो हिम्मत राख्न सक्नुहुन्छ भने तव तपाईको लेखाईमा केहि दम छ भनेर सोच्नुपर्ने हुन्छ । तपाईको घरमा कुनै महिला सद्स्यले मेरो अंगको प्रयोग गर्ने अधिकार मेरो हो भनेर लोकलाजको पर्वाह नगरि जथाभावी गर्दै हिड्यो भने’स्याबास ! ठिक गरिस ।’ भनेर उनले आफ्नो अधिकार प्रयोग गर्न जानेको मा दंग पर्नु हुन्छ ?(यो मेरो जिज्ञासा मात्र हो । किनकी यो विषयमा मेरो धारणा अलि फरक भएकोले जान्न खोजेको मात्र हो । धन्यबाद्!)

    Reply
  2. Sanu Nepali says:
    January 24, 2014 at 12:32 pm

    माथि सबै को कमेन्ट हेर्दा खेरि यहाँ सबै लाइ Redlight Area को चाहना भएको जस्तो लाग्छ . मलाई त मन परेन .

    Reply
  3. devendra says:
    January 23, 2014 at 3:17 pm

    …यदि रेड लाइट एरिया खोलियो भने समस्यै समस्याले सताउने छ सबैलाई, विभिन्न खाले रोग, आफ्नै मान्छेहरु पनि पर्न सक्ने, अनुसासन नहुने, धेरै सजिलो तर घिन लाक्दो जागिर हुने मा २ मत नहोला…..

    Reply
  4. Limbu HarataraH says:
    January 23, 2014 at 2:24 pm

    समय सान्दर्भिक लेख I विचारका सफल खेति I कमेन्टहरुका भेल पनि उत्तिकै ताति I बेश्यावृति कानून बमोजिम भएन भने सिम्पल छन् – नकारात्मक प्रतिफल देखिने, सुनिने, भोगिने हुनाले समाजमा निश्चित ठाउँमा आजै बनाई हाले हामी नेपालीको अर्को विकास हुने हो I अर्को कुरा – प्राकृतिक कुराको आबश्यकतालाई आधुनिक युगका पढन्तेहरुले जति रोक्न खोज्छन उति समाजमा बिकृति फैलने कुरा सबैलाई अवगत छ नि, होइन र ?

    Reply
  5. Nabraj Khanal says:
    January 23, 2014 at 11:44 am

    लेखक जी, तपाई आफ्ना चेली लै राम्रो सिक्षा दिन तत्पर हुनुहुन्छ कि देहव्यपार मा लगाउन? आम नेपाली दिदि बहिनि पनि तपाई का चेली जस्तै हुन् तेसै ले देहव्यपारलै कानुनी मान्यता दिनी भन्दा पनि राम्रो सिक्षा दिने कुरा को पहल गर्नुस l

    अनि अर्को कुरा नेपाली चेलीहरु बद्यता ले हैन रहर र धेरै पैसा कमाउने चाहना ले गर्दा यो पेसा मा लागेका हुन्छन l नत्र त देस मा येत्रो भौतिक निर्माण को कामहरु भैरहे का छन् तह गयर भारी बोक्ने, बलुआ चल्ने कम गरे भैहालोनि l रोजगारी भन्दै मा राम्रो लुगा लायर ओफ़्फ़िचे नै जना पर्चा र l यहाँ लै यो कुरा चित्त बुज्दैन भने ठमेल तिर भेटने वेश्याहरु लै हर्नुस तिनी हरु को हर मा कति मूल्य पर्ने मोबिले छ ? के रहर ले गरको भय तेत्ति महँगो gadget बोक्न सक्थे ?

    Reply
    1. bikash shrestha says:
      January 24, 2014 at 5:01 pm

      नबराज जी को कुरा १००% सहि हो . एकजना बिदेशी लाइ एकजना बेश्या लाइ बिहा गरेर लान कर गर्यो तर बेश्या ले पटकै मानेन . यो कुरा दुइ महिना अगाडी को हो . मा आफैले देखेको . यदी बाध्यता ले भए त्यो बेश्या किन माने ?

      Reply
  6. दिनेश says:
    January 23, 2014 at 7:37 am

    तपाइको लेख साच्चैनै समय सान्दर्भिक अनि ब्यवहारिक लाग्यो ।

    Reply
  7. prem lama dallu says:
    January 22, 2014 at 9:47 pm

    आलु बेच ,प्याज बेच तर सरिर नबेच

    Reply
  8. bikash shrestha says:
    January 22, 2014 at 2:51 pm

    ज्यामी कम गर्ने ले बिहान १० बजे देखि बेलुका ५ बजे सम्म काम गरेर ५०० कमाउछ . तर काम गर्न अल्छी मान्छे ले एकै चोटी धेरै पैसा कमौन पनि यो पेसा अपनाएको मैले खूद देखेको छु . यस्ता मान्छे ले एक घण्टा मै ३, ४ हजार कमाउछ . अब कुन बाटो अपनाए राम्रो होला?

    Reply
  9. madan bajracharya says:
    January 22, 2014 at 3:19 am

    नेपालको मात्रै होइन बिस्व को कुनै पनि मुलुकले व्यक्तिलाई आत्मरछ्याको अधिकार दियको छ/ कसै बा कुनै बात कुनै व्यक्तिको जिउ ज्यान माथि नै खतरा भयमा व्यक्तिलाई आफ्नो जिउ ज्यान बचाउन केहि पनि गर्ने अधिकार नेपालको संबिधान र कानुनले नेपालीलाई दियको छ/ कसैको जिउ ज्यान माथि खतरा मात्र हतियार बोकेका अपराधिक व्यक्ति बात हुँदैन आफुले शिर्जना नगरेको प्रतिकुल अबस्था बात पनि व्यक्तिको जिउ ज्यान माथि खतरा हुन् सक्छ/ अभाव बेकारी बिमारी पनि तेस्तै अबस्था हो/ व्यक्ति योग्य भयता पनि बिग्रंदै गयको सामाज र राजनैतिक कारणले काम पाउन नसक्ने भयको छ/ सक्नेले त् घर खेत बेचेर बिदेशियो पनि तर नसक्नेले के गर्ने? भोकै मर्ने भोकै मर्न दिने आफ्नो परिवारलाई? उपचार हुन् सक्ने तर उपचार गर्न खर्च कुनै पनि हालतमा जोहो गर्न नसकेको अबस्थामा के मर्ने तद्पिन्दै?

    नेपालको कयौं नारीहरु यस्तै अबस्था बात गुज्रिरहेको छ/ मदत गर्ने कोहि छैन मात्र नारीले यो गर्न हुँदैन त्यो गर्न हुँदैन भन्ने आफुले पाय जे पनि गर्ने पुरुष प्रधान समाज र सरकार छ/ त् के गर्ने तेस्तो नारीले आत्म हत्या गरूँ भने त्यो पनि कानुन अनुशार अपराध हो/ निसाहय भयको नारीलाई परिबार बा समाजले जिम्मेवारी नालीय सरकारले लिनु पर्ने थियो/ तर सरकार कस्तो छन् नेपालमा यो भन्न पनि जरुरि छैन/ यस्तो अबस्थामा नारीले अरुको सेवा र संतुस्तिको निमित आफ्नो शरीर को उपयोग गरेर अरु कसैले नपाल्ने आफ्नो र आफ्नो परिवारलाई पाल्छन भने यसलाई देह ब्यापार बा बेस्या ब्रिटि जस्तो सब्द प्रयोग गर्न मिल्ला?

    बिबस नारीलाई यौन पेसा गक़्र्नै नदिने हो भने तिनीहरुको जिमावारी लिन सक्नु पर्छ यौन पेसा अपराध हो भन्ने सरकार र समाजले/ नभय यौन पेसालाई नारीको आफु र आफुमा आश्रित परिबार बाच्ने अधिकारको रुपमा लियर स्वस्थ तरिकाले गर्न दिन कानुनले ब्यबस्था गर्नु पर्छ/

    Reply
  10. sujan says:
    January 22, 2014 at 1:19 am

    अरु कुनै पेसा/काम छैन, एस्तो काम त जवानी मा नखरमौलि हरुले मात्र गर्छन !!! केटा हरु पनि उस्तै !!! केटि हरुको फाइदा लिन खुब जानेका छन् !!! सरकार ले कुनै एउटा निकाय खोलेर काम नपाएर एस्तो काम मा लागेका र लग्न लागेका हरुलाई राम्रो सिप मुलक कार्य मा लगाउनु पर्छ !!! ता कि अब देखि चेलीहरु कुनै बहाना मा पनि एस्तो नर्क तुल्य पेसा अंगाल्न नपरोस !!!

    Reply
  11. shiva hari says:
    January 22, 2014 at 12:05 am

    भीरबाट लड्ने गाइलाइ रामराम भन्न सकिञ्छ काधहाल्न सकिन्न म र मजस्तै विचार राख्नेहरु लाइ [सहमत छैन ]……..बिनाकरकाप स्वोइछ्याले जान्छन भने ….उचित कानुन बनाएकै राम्रो त्योपनि रोक्न नसकियकै अबस्ता छ sex पैसा तिरेर र लिएर गर्नेगरौने हुदा सिर्मान सिर्मतिको सम्बन्द बिग्रनसक्ने सम्भाबना ……दुनियाको घरबिग्रन सक्ने कुरालाई पनि मध्हेनजर गरेर कानुन बनॊस बनेमापनि ……यी जतिपनि बल्गर मित्रहरुले हुन्छ भनेपनि …….आफ्ना परिवार [छोरा,छोरी ,सिर्मति दिदीबहिनी सम्पूर्ण नातेदार ] त्यो ठाउमा राखेर हेरु मनमनै …र अर्कोकुरा मोटोरकम लिनेहरुले ऐलेहुञ्छ र पछि हुन्न प्क्यै भन्छन किनकि यो नियमबन्यो भने ऐलेका तल्लोस्तर वा सस्ता[थोरै पैसालीने ] सुनिञ्छ १ ग्लास रक्सि ,चिया २० /३० /१००/३०० /२५०० हुदै ५०००/५००००/ र सो भन्दा माथिपनि ……..तेसैले निकैठुलै बहसहोस् ….अरु बहुमत को कदर गर्नेछु सबैलाई नमस्कर

    Reply
  12. Hari says:
    January 21, 2014 at 11:05 pm

    सबैको तर्क आ-आफनो तर्फबाट राम्रो छ | तर मेरो मनमा उठेको प्रश्न, येदि देहव्यापारमा लागेका हरुलाई अरु रोजगार र देहव्यापारमा एउटा चुज गर्नु पर्यो भने कुन चुज गर्ला ? मेरो भन्नु को तात्पर्य, धेरै जसो बाध्यताले यो व्यवसायमा लागेका हुन् | बरु यो प्रोब्लेम को रुट मा पुगेर तेस्लाई पो solve गर्ने हो कि?

    Reply
  13. Ram says:
    January 21, 2014 at 7:55 pm

    देह बेपार लाई मान्यता भन्दा पनि
    उमेर पुगेका युवा युवतीले , आफ्नो राजी- खुसिमा सम्बन्ध राख्न पाउनु पर्चा
    यहाँ त आफ्नै GF लाई लियर होटल गयो भने , police ले , बेस्याबेर्ती गरेको भनेर पनि समात्छ, जुन गलत हो

    Reply
  14. suzee says:
    January 21, 2014 at 4:34 pm

    नेपाल मा कानुन को न्यायोचित परिपालन नहुनु , अपराधी लै कारवाही नहुने , दण्डहीनता को बिगबिगी हुने हुदा , जुनसुकै कुरो मा पनि ###हात्ती र हात्तीछाप चप्पल —कुरो उस्तै उस्तै हो नानु ###भन्या जस्तै हुने हो …
    तर पनि स्मरण रहोस ##गर्वपतन ले कानुनी मान्यता पाउनु अघि कति बिकराल रुप मा सेतो एप्रोन धारीहरुले कालो धन्धा गर्ने गर्थे ###

    Reply
  15. भगवान राई says:
    January 21, 2014 at 3:18 pm

    हैन मित्र हरु बिषय बस्तु अलिक हल्का गरि लिएर कमेन्ट गर्नु भन्दा बरु एअकै छिन सोच्नु शायद ठिक होला, माथि थुप्रै मित्रहरुले पश्चिमी मुलुकहरुको नाम लिएको देखे बास्तबमा ति उल्लेखित देशहरु खुल्ला देहव्यापार छैनन्, युरोपमा नाम लिनु पर्दा नेदर्ल्यंड र जर्मनी हो अर्को लिनु पर्दा थाईल्याण्ड हो , जर्मनीमा हाम्रो नेपालको चिया पसल जस्तै जतातै छन् भने पनि हुन्छ कुनै फरक परेको छैन त्यहाको समाजलाई,
    देहव्यपार खासै राम्रो ब्यबसाय हो भन्न त मिल्दैन हाम्रो समाजको लागि तर भोको पेट भइ मर्नु भन्दा तेस्तै ब्यबसाय अपनाए पनि पेट त पलियो नि
    उक्खनै छ नि मर्नु भन्दा बहुलाउनु निको
    यदि कसैले देहव्यपार गर्छिन भने उनले त्यो देहव्यपार बाट हुने फाइदा बेफैदाको हेक्का राख्ने तपाई हामि ले हैन उनको हो एच आइ भी लागे पनि ठुलो नगद मुठ्याए पनि, रिस्क बेगरको बिजिनेश अहिले साम बनेकै छैन क्यारे
    बिषय यो हो कि यो कमेन्ट गर्ने मित्र हरुको होइन जो नेपालमा अहिले ब्यबसाय गरेर हिडेका छन् उनि हरुको हो, त्यो हिसाबमा देहव्यपारले मान्यता दिए खासै फक पर्दैन जस्तो लाग्छ

    Reply
  16. हरि हर शर्मा says:
    January 21, 2014 at 3:11 pm

    मिलेर गरे जसले गे गरोस, करकाप मा पर्नु भएन /

    Reply
  17. Saroj Bista says:
    January 21, 2014 at 2:22 pm

    “एक बालिग र स्वतन्त्र नागरिक भएको हैसियतले भन्नुपर्दा मेरो पेट पाल्न शरीरको कुन अङ्गको प्रयोग गर्ने भनेर निर्णय गर्ने अधिकार मलाई हुनुपर्छ , सरकारलाई होईन ।”. That is a very good analysis. I fully agree to it. Nice Article.

    Reply
  18. balakji says:
    January 21, 2014 at 2:21 pm

    भारतमा देहब्यापार गर्ने भयर त्यहाँ नै नेपालमा भन्दा बढी बलात्कारका घटना सुन्न पाईनछ /
    त्यसैले देह ब्यापारले यौन आपराध घट्दैन /
    यौन को सोभाब जति उपयोग गर्यो उति चाहना बढ्दै जाने हो / लुतो कनाय जस्तो /
    यौन अङ्ग को काम पर्जनन को लागि हो / मनोरन्जनको साधन सम्झनेहरु हिंसक हुन्
    यौनमा अन्नन्द किन आउछ कसै लै थाहा छ ?

    Reply
  19. अधर says:
    January 21, 2014 at 2:20 pm

    मानिस सामाजिक प्राणी भएकोले गर्न हुने र नहुने कुराहरु लगभग निश्चित छन् | मानवमामात्र नैतिकता, कर्तब्य र इज्यतको अर्थ छ, जनावरमा छैन | खाने कुराको अभाब भयो भन्दैमा गुहु वा मान्छेको मासु खानु हुन्न, जवानी थाम्न नसकिने भए पनि परिवार भित्र सरिरिक सम्पर्क हुन सक्दैन | त्यस्तै अन्य कुरा पनि छन् |
    त्यसैले जस्तै परिस्थिति परे पने यस्तो पेशा अपनाउनु हुन्न,, भोग गर्नेले आफ्नै दीदी बहिनी सम्झी त्यस्तो अनैतिक कार्य गर्नु हुँदैन | खोजे बिकल्प निस्कन्छ | यो समाजको कलंक हो | त्यसैले अनुमति दिनु हुँदैन | यस्तो पेसामा लाग्नेहरु बाध्यतामा भन्दा पनि छिटै पैसा र धेरै पैसा कमाउने आसमा यस्तो बिकराल भएको हो |

    Reply
  20. rosikc says:
    January 21, 2014 at 1:52 pm

    मेरो प्रस्ताब अलि आर्कै छ . यसलाई legal बनाउने तर काम गर्ने pros चै बिदेशी ल्याउने .अनि ेपाली हरु लै पनि मस्ती , पर्यटक हरु पनि आउछन .

    Reply
  21. पुष्प says:
    January 21, 2014 at 6:56 am

    कानुनले मान्यता दिएकै व्यापार-व्यवसायमा कालोबजारी, मिसावट, छलकपट हुन्छ; रेडलाइट एरिया बनाएर तपाईंले प्रस्तुत गर्नुभएको समस्या समाधान हुन्छ ? अनि मूल समस्या अव्यवस्था हो कि हाम्रा चेलीको इज्जत हो ? रेडलाइट एरिया चाहिन्छ वा चाहिँदैन भन्ने कुरा इन्जिनियर, पत्रकार, वकिल, अध्यापक, बिद्यार्थी, ब्यवसायी वा ग्राहकलाई सोध्ने हो कि ती चेलीहरूलाई ? अनि वास्तवमा ती चेलीहरू के चाहन्छन् भन्ने कुराको खोजी हुनुपर्छ कि पर्दैन ? एक अध्ययनले देखाएअनुसार ९० प्रतिशत चेलीहरू पुनर्स्थापित हुन चाहन्छन् । १० प्रतिशतलाई रेडलाइट चाहिँदैन; भए पनि काम छैन ।

    Reply
  22. bidrohi says:
    January 21, 2014 at 6:43 am

    लेखक ज्यु तपाई को दिदीबहिनीले रोजगार पाएन भने पनि देह व्यापारमा लाग्ने सल्लाह दिनुहुन्छ??

    Reply
    1. raj says:
      January 22, 2014 at 9:48 am

      तपाइको दिदि बहिनी तपाइको सहमति बिना देह ब्यापारमा लागि सकेको छन भने, के तपाई उनीहरुको सोसित भएको देखन चाहनु हुन्छ? कानुन भयो भने धेरै घटनाहरु हुन बाट बचाउन सकिन्छ/

      Reply
  23. chatur rai says:
    January 21, 2014 at 6:31 am

    केहि मित्रहरुलाई मेरो यो सुझाब छ , स्वातन्त्रताको अर्थ राम्रोगरी पहिलो बुझौ ..अनि मात्र कमेन्ट गरौ ,तपाईहरुले खोज्नु भएको यो स्वातन्त्रता….स्वातन्त्रता भित्र पर्दैन यसलाई जंगली पन भनिन्छ |
    अर्को कुरा देहव्यापारले कुनै देशलाई अर्थतन्त्रमा टेवा दिएको छैन, अफ्रिकी मुलुक काला जातिहरुमा हेर्नुहोस त्यहाँको सेक्स ,अनि रोग र भोग यी तीन कुरा नै यहाँ काफी छ |
    देहव्यापारको विकल्पहरु धेरै छन , तर यहाँ जो,एउटा सिन्को भाँच्ने शाहस राख्दैन त्यसैले देहव्यापारको वकालत गरिरहेको हुन्छ ,यदि सत्य तपाईहरुले देशको लागि सोच्नु भएको छ भने , दक्षिणी युरोपीय मुलुकहरुमा भएको यस्तो बिकृति होईन बिकाशको कुरा लिएर आउनुहोस |

    Reply
  24. Shankar says:
    January 21, 2014 at 4:20 am

    पार्किङ्ग सुरु के भएथ्यो गुण्डा को नियन्त्रण मा गयो र ब्यापक बिकृति छायो |
    काठमान्डू को बालुवा खानि मा पनि तेस्तै रह्यो |
    ठुलो आम्दानि को स्रोत हुने यो सेक्स उद्द्योग को कुरा गर्ने हो भने अन्तत एसको आम्दानि को सम्भाव्यता देखेर यो उद्द्यो को नियन्त्रण पनि माडे ले गर्ने छ
    या ने कि फेरी उनै चौधरी ,खेतान , धारिवाल , तिबड़े वाल , जजोदिया , बाबु झुन झुन वाला
    |
    अर्थात् सरिर नेपालि चेलीको , खल्ती गरम हुने माडेको |
    तेस्पछि टापटिपे गुण्डा ले गर्ने सोसन छदै छ |

    रेडलाइट एरिया समय को माग हो तर त्यो भन्दा पहिले देश कानुनि राज हुनु पर्छ |
    अनिमात्र बेलायत , अम्रिका को उदाहरण यहा सुहाउछ |
    न भए तेती सानो देश पुरै बेश्या कोठी हुन् बेर छैन , प्रोस कन्ट्री बनेर संसार मा बद्नाम हुन् बेर छैन |

    Reply
  25. binita sharma says:
    January 21, 2014 at 3:09 am

    अमेरिका मा देह ब्यापार प्रतिबन्धित छ; पुलिस ले भेटाए ग्राहक र वेश्या दुबैलाई हत्कडी लगाउछ

    Reply
    1. Basant says:
      January 21, 2014 at 12:06 pm

      खोइ मैले त देखिन त बेलायत हंगकंगमा तेस्तो रेड लाइट एरिया …अनि नेपालमा कानुन ले मान्यता दिने बित्तिकै सबै भन्दा पहिला गाउघर बाट छोरी चेलीहरु हराउने छ तेस्पछि यौन रोग को महामारीले सिङ्गो राष्ट्र ग्रसित हुनेछ तेसैले एसको अन्य बिकल्प को बारेमा बहस गरौ एस्ता फजुल कुरामा समय बर्बाद नगरौ

      Reply
  26. रैथाने says:
    January 21, 2014 at 12:58 am

    देह ब्यापार लाइ कानुनि मान्यता दिनु जरुरि छ!
    यसले समाज,देश र मानबियता को ब्याबस्थापन र मानाशिकता आदिमा सकारात्मक अनि दुरगामी ब्यबस्थित असर राख्दछ!
    झट्ट सुन्दा यो तुच्छ र घटिया देखिय सुनिय पनि यो मानब समाजको अन्दरुनि र गोप्य तरिकाले महत्वो राख्ने अनि असर गर्ने कुरालाई ब्याबस्थित गर्दा छ!
    सबैभन्दा मुख्य त यसले अपराध न्युन गर्न निकै भूमिका खेल्दछ!
    – चेलीबेटी बेच बिखन अनि यौनको लागि अपराधिक र जवर्दस्ति हाम्रा चेलीलाई बिदेशी भूमिमा बेचिन जानपर्ने बाध्यात्मक अबस्थालाई कम गर्दछ!
    – यौन जन्य हिंशा र अपराध कम गर्दछ!
    – कुनै महिला अन्य उपाय नहुदा बाध्य भयर आत्महत्या गर्ने परिस्थिति आउदैन!
    कसैले ब्यबस्थित र कानुनि तरिकाले अरुलाई कुनै जवर्दस्ति र व्यक्तिगत असर नराख्ने गरि आफ्नो स्वो इच्छाले यो पेशा गर्छु भन्दा किन ाउको दुखाइ,
    जसलाई यस्तो पेशा गर्न मन छैन यो बाटो तिर हिड्न र ध्यान दिन मन छैन तिनीहरु आफ्नो चारधाम धाय भैगोनि!
    कानुनि मान्यता नदिदा झन भित्रभित्र भयाबह स्थितिले अब्यबस्थित तरिकाले चलेको यो व्यवसायले झनै ुलो नकारात्मक असर दियको तिर कसैको किन ध्यान जादैन!
    तेसैले देह ब्यापार लाइ कानुनि मान्यता दियर यसलाई राम्ररि ब्याबस्थित गरि सभ्य र ब्याबस्थित समाजको परिचय दिनु parch!

    Reply
  27. Abhinav says:
    January 21, 2014 at 12:02 am

    पानि र बानि ओरालो मात्रै लाग्ने हुन् कहिलै उकालो लाग्दैनन्

    जुन देशका बहुसंख्यक जनता रोजगारका लागि विदेश मा पाखुरा बजार्छन त्यो देशमा
    देह ब्यापार खुल्ला गर्नु भनेको…… राम राम राम
    शिक्क्ष्या र रोजगारको देशमा समुचित प्रबन्ध गरेर बिदेशिएका युवा हरुलाई घर फर्काउ
    अनि कुरा गर खुल्ला देह ब्यापारको

    “आधा युवा युवती विदेशमा बचेका युवा कोठीमाअनि हुन्छ देशको देशको बिकाश ”

    स्मरण राखौं कसैले पनि देह ब्यापार रहर ले गर्दैन

    Reply
  28. prabal sharma says:
    January 20, 2014 at 10:48 pm

    अहिले देहव्यापार गैरकानूनी हुँदा त, कति युवतीहरुलाई, देहव्यापारमा लाग्न बाध्य पारिन्छ, युबतीहरु बेचिएका छन् . सरकार त्यस्ता दलाल हरुलाई कानुनको कठघरामा उभ्याउन असफल भैरहेको छ .

    अमेरिका कै उधाहरण लिनुहोस् . यहाँ केहि नगन्य काउन्टी छाडेर, अरु ठाउँ मा prostitution गैरकानूनी छ . त्यति हुँदा त, अमेरिका जस्तो मुलुकले human trafficking रोक्न सकेको छैन. तपाइलाई के लाग्छ, तपाइको जस्तो सोच यहाका legislator हरुलाई नआएको होला ??

    नेपालमा देहव्यापारलाई कानुनी मान्यता दियो भने स्थिति के होला ? कतिले आफ्नो धन्दा नै गाउँका सोझा-साझा युवतीहरुलाई बलजफ्ती योन-पेशा मा लगाउने बनाउने छन् . गाउँका मात्र किन शहरका युवतीलाई नि विभिन्न प्रलोभन देखाएर योन-पेशामा लगाउनेछन . अनि के, नेपाल सरकार त्यस्तो अपराधलाई रोक्ने क्षमता राख्ला ? थाइल्याण्ड बैंककक कै उदाहरण लिनु होस् . त्यहाँ के के समस्या देखिन सुरु गरेको छ, राम्ररि अध्ययन गर्नु होला ??

    तपाइको तर्क त आदर्शवादी समाजको, जहा कसैले कसैको कुभलो चिताउदैन, कसैले कसैलाई कुनै कुरा गर्न वाध्य तुल्याउदैन, लागी मात्र ठिक छ . नेपाल जस्तो देश, जहाको समाज अनुशासनहिनता तिर अगाडी बढ्दै छ, जहा दण्डहीनता मौलाउदै छ, जहाका युवा युवतीहरुलाइ easy money चाहिएको छ, त्यहा देह-ब्यापारलाई कानुनि मान्यता दियो भने समाजमा कस्तो अवस्था आउला राम्ररि विचार गर्न अनुरोध गर्दछु .

    Reply
  29. सुगतश्री शरण says:
    January 20, 2014 at 10:05 pm

    देशको वर्तमान र भविष्यलाई पनि हेर्ने हो भने यो सेवा लाइ अन्य झैं कानूनी मान्यता सम्मान सहित दिनु जरूरी देखिन्छ. ..धर्म र देउता को नाम मा देउकी प्रथा कायम रहेको मुलुकमा यौन व्यवसायलाइ अपराध मान्नु आडम्वर मात्र ठहरिन्छ…अर्को शब्दमा – श ठ ता !
    यहाँका विधिवेत्ता को दिमागमा थोरै बुद्धि छ भने देशी -विदेशी मद्य र धुम्रपान लाइ गैर-कानूनी घोषित गरियोस ; स्वास्थ्यलाइ त्यति खराब नगर्ने ‘शिव-बुटी’ (गाँजा) लाइ पनि मान्यता देओस…किनकी यसको सेवनले कुनै किसिमको खराबी गर्छ भन्ने आज सम्म पाइएको छैन.

    Reply
  30. gordan says:
    January 20, 2014 at 8:07 pm

    मोडलले सुन्दर शरीर देखाएर । एक बालिग र स्वतन्त्र नागरिक भएको हैसियतले भन्नुपर्दा मेरो पेट पाल्न शरीरको कुन अङ्गको प्रयोग गर्ने भनेर निर्णय गर्ने अधिकार मलाई हुनुपर्छ , सरकारलाई होईन ।

    Reply
    1. bikash shrestha says:
      January 22, 2014 at 3:07 pm

      मेरो पेट पालन शरीर को कुन अङ्ग प्रोयोग गर्ने भनेर निर्णय गर्ने अधिकार मलाई हुनु पर्छ , सरकारलाइ होइन रे . एसो भए मैले कुनै ब्यक्ति लाइ ज्यान बचाउन मेरो मुटु किड्नी सितै मा दिउला . सरकार ले मलाई अपराधि नबनाओस . तर होइन एस्तो काम लाइ सरकाले अपराध ठान्छ . बेश्या बनेर आफु मात्रै बाच्ने लाइ होइन . नेपाल को कानुन ले परिवार ले बाहेक अरुले कसैले आफ्नो अङ्ग दान दिन बन्देज लगाएको छ. अङ्ग दान जिबन मा एक चोटी मात्रै गर्न सकिन्छ . आफ्नो अङ्ग प्रोयोग गरे धेरै पैसा कमाउन बारम्बार सकिन्छ .

      Reply
  31. Tikendra says:
    January 20, 2014 at 6:59 pm

    तपैले यो देह व्यापार बाहेक अरु विकल्प देख्नु भएन मित्र ? सरकारलाई कल कारखाना खोलेर रोजगारी दिने तिर फोर्स गर्नुस देह ब्यबर तिर हैन डिएर … तपाइको परिवारलाई तेस्मा राखेर हेर्नुस त अनि कस्तो लाग्छ तपाइलाई ? तेसैले सरकारले यसलाई कानुनी रुपमा स्वीकृत नगरेको हो …………….. दुइ पटक सोच्नुस अनि बल्ल लेख्नुभयो वने राम्रो हुन्छ …. तेसो त धेरै देसहरुमा देस हरुमा एउतै आमाको पेट बाट जन्मिएका बच्चा हरुको बिहे गरिदिन्छन मात्र आमा को दुध को साइनो लाई हेर्छन के अब हाम्रो सरकाले पनि तेही गर्ने त ? हरेक कुरा को आफ्नो आफ्नो राष्ट्रिय नीति हुन्छ सरकार कुरा बुझी दिनुस

    Reply
  32. सात गुरुङ says:
    January 20, 2014 at 3:56 pm

    इजरेल के फ्रान्स बस्ने नेपाली भाडा माझेको माथिको कुखराको कोठा अर्काको समेत ब्लैक नेपाली लै बहाल दिन्छ / कर नतिर्न नेपाली लै कोठा बहाल दिन्छ lबहाल बस्ने नेपाली बहाल नतिरेर कोठा बिगारेर उल्टै ब्लैक बहाल राखेको नेपाली घरपति बिरुद्ध उजुरी दिएको झगडा परेको कुरा सुन्दा इजरेलको नेपाली भन्दा खतम रहेछ फ्रान्सको नेपाली l
    धेरै बर्ष देखि दुताबास पदाकारी नेपाली खैरेको तत्ति सफा गर्न इनिहरु लै कुकुरको खाना दिनु पर्छ सुनेको देखेको ठिय l दामंता खरेलले लेखे अनुसार संग्लाले हगेको कुखराको फ्याकेको पखेटा र सस्तो रक्सि खान पाएपछि नेपाली दुताबासको चम्चा गर्छ l सत्य हो l नेपाली दुतासको सनग्ला खान नेपाली कार्यक्रम कुकुर बान्ने जत्री सुनको सिक्री नाइतो देख्ने सारी देखाउन पाए नाच्दै छोरा छोरी वास्ता नगरेका कारण ९५ प्रतिसत फ्रान्स बस्ने नेपालीवाट जन्मेका छोरा छोरी घर न घात l
    नत नेपाल नत फ्रान्स भिजन सके l पढाई राम्रो गर्न नसकेका कारण इनका सन्तानहरु लण्डनको रेस्तौरंत्न्त बाउ आमा सरह भाडा माझी राखेको छ भने कोहि अस्ट्रलिया क्यानाडा पागल भड्कि राखेको छ l कोहि ३० बर्ष उमेर पुगी सकेका आमा बुबा संग बेरोजगारी अपाङ्ग भता खाएर बसेका छन् l

    Reply
  33. xyz says:
    January 20, 2014 at 3:25 pm

    Whoever this writer may be, my honest suggestion to you is: you need further deep study of this issue before suggesting that it is time appropriate for Nepal to have “red light areas”. Your arguments like (1) any way these people have been exploited, (2) extreme poverty and lack of job opportunities, (3) reduction in health hazards or (4) even contribution to government revenue are totally absurd. Please do some serious research and then write something rather than be swayed by desperation of Nepali chelis.

    Reply
  34. nabraj Thapa says:
    January 20, 2014 at 3:09 pm

    यो हाम्रो देश मा लागु हुने कुरा कहिले पनि हुदैन. बिदेसी दलाल को हात बाट बेस्या हुनु भन्दा आफ्नै देश मा देहब्यापार कानुनी रूप मा गर्नु किन नपाउने

    Reply
  35. Ramsharan says:
    January 20, 2014 at 1:38 pm

    एकदमै समय सान्दर्विक कुरा गर्नुभयो सुशील जी ! यो समस्या को समाधान जरुरि छ !
    ……………….
    हजामले हातले कपाल काटेर सेवा दिन्छ । रिक्सावालाले खुट्टाले पेलेर । गायकले घाँटीको सहारामा पैसा कमाउछ । मोडलले सुन्दर शरीर देखाएर । एक बालिग र स्वतन्त्र नागरिक भएको हैसियतले भन्नुपर्दा मेरो पेट पाल्न शरीरको कुन अङ्गको प्रयोग गर्ने भनेर निर्णय गर्ने अधिकार मलाई हुनुपर्छ , सरकारलाई होईन ।

    Reply
    1. sam says:
      January 21, 2014 at 12:05 am

      सहि कुरा हो | आफुलाई जे आउछ अथवा जे गर्न सकिञ्छ त्यो गर्न पाउनै पर्छ | हजाम ले कपाल काट्न पाउनु पर्छ…गायक ले गीत…………अङ्ग सङ्ग के के हो आफ्नो आफैले प्रयोग गर्न पाउनु पर्छ…….मलाई मार्न आउछ, म हत्यारा हु, मैले अरुको हत्या गर्ने पेशा गर्न पाउनै पर्छ……..बकम्फुसे हरु………

      Reply
  36. Kish Subedi says:
    January 20, 2014 at 1:23 pm

    तर ४६ प्रतिशत बेरोजगार भएको हाम्रो देशमा किन नदिने ? की एकै पटक शतप्रतिशतलाई रोजगार दिने गोप्य योजना बन्दै छ ?

    Reply
  37. Kalyan Acharya says:
    January 20, 2014 at 1:02 pm

    न त् नेपालमा ३३ प्रतिशत गरिबी छ न ४६ प्रतिशत बेरोजगारी . छ त केबल २५.२ प्रतिशत गरिबी र ३० प्रतिशत बेरोजगारी त्यही पनि अर्धबेरोजगारी, अपर्याप्त कमाइ र सीप नमिल्दो काम जोड्दा . अरु ठीक कुरा लेख्दा तथ्याङ्कलाई पनि ध्यान दिऊँ .

    Reply
  38. आले माईला says:
    January 20, 2014 at 12:42 pm

    हो नि, तावाबाट हामफालेर बिचराहरु झन भुम्रोमा परेको कस्ले देख्ने? केही नभए नि मानवताको नाताले पनि जीवन धान्न त पाउनु पर्‍यो नि? होइन, खराब काम नगर भन्ने हो भने राज्यले वा सम्बन्धित निकायले राम्रो काम गर्ने अवसर दिनु पर्‍यो। छापा मारेकै भरमा कसरी नियन्त्रण हुन्छ हौ, यस्तो समस्या?

    सिङ्गापुरमा यहाँले भन्नु भए जस्तै कानुनी रुप मै देहब्यापार गर्न पाउछन् जहाँ रोजगारीको प्रतिशत हेर्ने हो भने ९८% को हाराहारीमा छ। बेरोजगारी कै कारणले मात्र मान्छेले देह ब्यापार रोज्ने होइन भन्ने कुरा यसैले देखाउछ र यसर्थमा देहब्यापारलाई एउटा ब्यवसायको रुपमा सजिलोसँग स्विकारिएको देखिन्छ। सरकारले बकाईदा प्रमाणपत्र दिएर ब्यापार गर्ने अनुमती दिन्छ, त्यो पनि कुनै विशेष क्षेत्र नै भन्ने छैन। यसबाट उब्जने सकारात्मक र नकारात्मक पक्षहरुको बारेमा त लम्बेतान बहस गर्न सकिएला तर सिधा कुरा चाँही के हो भने मान्छेले आफ्नो स्व:विवेकले ब्यबसाय रोज्न पाउछ। थाईल्यान्डको त देह ब्यापारबाट आउने आम्दानीले राजस्वको झन्डै ६०% हिस्सा टुरिजम र देहब्यापारले ओगटेको छ। मलेशिया जस्तो कट्टर मुस्लिम देशमा पनि देहब्यापार असाध्यै मागको कारण एउटा आँखा बन्द गरी चलाऊन दिएको देखिन्छ, जस्लाई हाम्रा दाजु-भाईहरुले कान्छी बजार देखी ससुराली गाउँ पनि भन्ने गर्दछन्।

    यहाँले भन्नु भए झै कुनै एउटा विशेष क्षेत्रलाई छुट्याएर ब्यबस्थित तरिकाले ब्यबसाय गर्न दिए, इच्छित समुहलाई फाईदै हुने थियो। अड्को पड्को तर्नेथ्यो। सबै भन्दा ठुलो कुरा त हाम्रा समाजका कती महिला तथा बालिकाहरु बलात्कार जस्तो जघन्य अपराधको सिकारी हुनबाट बच्ने थिए।

    Reply
  39. Arzun Dhakal says:
    January 20, 2014 at 12:40 pm

    होइन हौ साक्षत् सुशील जी, खान या आधारभूत आवश्यकता या अन्य आवश्यकता पूरा गर्नको लागि के देहव्यापार नै गर्नुपर्छ र ? गर्ने हो भने काम कति पाइन्छ पाइन्छ । काम गर्ने जाँगर नभएर मात्रै केटीहरु देहव्यापारमा लाग्ने हो । कसैले कसैलाई देहव्यापारमा लाग्न बाध्य गराउँदैन । मजासँग काम गरेर आफ्नो जीवन चलाउने केटीहरु पनि थुप्रै छन् यही काठमाडौंमा । देहव्यापारमा लाग्ने केटीहरु खाली छोटो समयमा धेरै पैसा कमाउन यो बाटोमा लाग्ने हो । एउटा यौनकर्मी केटी एकरात कसैसँग गएवापत कम्तीमा उसले २५०० रुपैयाँ लिन्छे । कम्तीमा । यो ग्राहक हेरेर दसौं हजारसम्म पनि पुग्छ । त्यही न्यूनतम २५०० रुपैंया सामान्य मान्छेले कमाउन एक हप्ता मरेर काम गर्नुपर्छ । त्यसैले हप्ताभरि मरिमेटेर काम गर्नुभन्दा एक रात सुत्दिँदा त्यति वा त्यसको दोब्बर पैसा कमाइन्छ भने किन काम गर्ने दुःख गर्ने ?

    Reply
  40. केसी says:
    January 20, 2014 at 12:00 pm

    तपाईले माथि उठाउनु भएको समस्या भन्दा ठुलो समस्या अरु नै छ/
    त्यो हो हाम्रो देश sex Tourismको गनतब्य बन्लाकी भन्ने/
    देश बिकाशको एउटा प्रमुख आधारको रुपमा हामि जहिले पर्यटनलाई लिन्छौ,
    देहब्यापार खुल्ला गरियो भने sex Tourist हरुको ओइरो लाग्ने पक्का छ/
    उमेर पुगेका मनमिल्ने जोडीले यौन सम्बन्ध राख्नु अब ठुलोकुराको रुपमा नलिनुपर्ने हो/
    तर जहासम्म देहब्यापार कानुनि बनाउने कुराछ त्यो चाही गर्न हुदैनजस्तो लाग्छ/

    Reply
  41. cRIS says:
    January 20, 2014 at 11:59 am

    एकदम समसामयिक लेख! धन्यबाद लेखकलाई| यो एक सभ्य र स्वास्थ्य समाजको आवस्यकता नै हो| हाम्रा प्राय: जसो युवाहरु यौन कुण्ठित (मनोबैज्ञानिक असर) नै छन|

    Reply
  42. माधव मोरङे् says:
    January 20, 2014 at 11:49 am

    राजश्व बढ्छ भन्दैमा यौन क्रियाकलाप गरेर पैसा कमाउनु ठीक होइन । किनभने यसका फाइदा भन्दा बेफाइदा नै वढी छन् । बरु कमजोर आर्थिक स्थिती भएका विपन्न परिवारलाइ रोजगारमुलक काम दिन सरकारले पहल गरोस् । राम्रै काम गरेर पैसा कमाउने र आर्थिक स्थिति सुधार गर्ने कार्यक्रम ल्याउन सरकारले आवश्यक योजना ल्याओस् । यस विषयमा कुरा गर्दा एक जना प्रसिद्ध भारतीय पत्रकार अरुण जेट्टीले भनेका कुरा याद आयो
    अनैतिक यौन सम्पर्कबाट माहात्मा गान्धीको जन्म हुन्छ भने पनि त्यो मान्य हुँदैन । भन्ने धारणा राखेका थिए । ठीक त्यस्तै अनैंतिक कामबाट राम्रो धन आर्जन गरे पनि त्यो त्यति राम्रो कुरा होइन ।

    Reply
  43. बादशाह says:
    January 20, 2014 at 10:05 am

    यो ब्यब्यबसाय लाई ब्यबस्थित गरी चलाएमा यो सबै बर्गको लागी एकदमै राम्रो ब्यवसाय हो। हाम्रो जस्तो धेरै प्रतीसत युवा र युबती भयको देशमा यो ब्यवसाय लाई कानुनी मान्यता दीएमा लाखौं जनताले रोज़गारी पाउछन ।

    Reply
  44. मन्जु says:
    January 20, 2014 at 10:00 am

    “हजामले हातले कपाल काटेर सेवा दिन्छ । रिक्सावालाले खुट्टाले पेलेर । गायकले घाँटीको सहारामा पैसा कमाउछ । मोडलले सुन्दर शरीर देखाएर । एक बालिग र स्वतन्त्र नागरिक भएको हैसियतले भन्नुपर्दा मेरो पेट पाल्न शरीरको कुन अङ्गको प्रयोग गर्ने भनेर निर्णय गर्ने अधिकार मलाई हुनुपर्छ , सरकारलाई होईन।” कुरा एकदम सही हो।

    Reply
  45. Krishna Neupane says:
    January 20, 2014 at 9:36 am

    Legalization of prostitution is quite a controversial topic. From individual freedom perspectives, there is no harm on legalization provided it is fully safeguarded, especially from women’s perspectives and without fear of persecution both from state and pimps. It should be rather decriminalized than legalized.

    In this topic toward the end the author has quoted there is 46% unemployment. I do not think Central Bureau of Statistics corroborates that figure. Would the author have source for that quotation. I hope its not DC based Heritage Foundation’s report.

    Reply
  46. Gunjan says:
    January 20, 2014 at 9:33 am

    It potraits fairness to the reality and situations! I agree you! We need to release ourselves from pre-occupied orthodoxs’! Chaos! Shakshat shiail

    Reply
  47. सागर says:
    January 20, 2014 at 8:52 am

    यो सम्बन्ध मा पहिला रेड लाइट एरिया को बारेमा आवाज उठाइएको हो ! सुरक्षित र कानुनि उपचार खोजिएको थियो ! तत्कालिन ग्रिह मन्त्रि बामदेव गौतम ले रेड लाइ एरिया खोज्ने हरुले आफ्नै दिदि बैनी हरु लाइ अगाडी ल्याए दिने भनेर जवाफ दिएका थिए ! एक अध्यान मा काठमाडौँ मा मात्रै “पटके यौन कर्मी र ब्यबसायिक यौन कर्मी अनि उच्च – मध्यम र तल्लो गरि ८५ हजार् भन्दा धेरै यौन कर्मी छन् ! रेड लाइट एरिया संचालन गर्दा सबै भन्दा राम्रो पक्ष यौन कर्मी का साथै सेवा ग्राही को लागि सुरक्ष्या को बाताबरण हुन्छ जहा बाट असुरक्षित यौन सम्पर्क को न्यूनीकरण हुन्छ अनि एड्स – लगायत अन्य यौन रोग हरु को फ़ैलाब कम हुन्छ ! जसले सरकार को स्वस्थ मा गरिने अतिरिक्त खर्च जोगिन्छ ! सरकार लाइ राजस्व प्राप्त हुन्छ ! पेसा कर्मी हरु को पेसा र स्वास्थ्य सुरक्षित हुन्छ ! कानुन को उलंघन हुदैन !
    बाम देब र बामदेब जस्ता हरु यो देश मा जब सम्म हुन्छन तब सम्म हाम्रो देश मा केहि हुने वाला छैन ! भारत ले सिमाना मिच्यो भनेर झण्डा लिएर सिमाना मा जाने तर कुटनीतिक आवाज कहिले नउठाउने बेवकुफ हरु ले भरिएको देश मा येस्ता आवाज उठाउनु समय को बर्बाद गर्नु मात्रै हो !

    Reply
  48. Bishnu Adhikari says:
    January 20, 2014 at 8:20 am

    देह व्यापार लाई कानुनी मान्यता दिने होइन कि रोजगार तिर उन्मुख गराउने प्रयाश गरौ / साथै महिला लाई बेश्याको नजरले होइन कि साक्षात देबी को रुपले हेर्ने भावना को विकास ह्गरौ /
    बिष्णु अधिकारी

    Reply
  49. पुष्प says:
    January 20, 2014 at 7:19 am

    पुनर्स्थापना गाह्रो छ भन्दैमा के ती चेलीहरूलाई झन् बढी भड्खालोमा जाक्ने ?

    यस्ता विषयलाई नजीकबाट बुझ्नुभएको एकजना समाजसेवीको अन्तर्वार्ताको केही अंश पढौं :

    —————————————————-
    तपाईंलाई थाहा छ, हजारौं महिला यौन व्यवसाय गरिरहेका छन्, नेपालमा कानुन नभएका कारण विभिन्न नाममा यस्ता व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता छ, अब रेडलाइट एरियाको आवश्यकता महसुस भएको छैन ?

    केही समयअघि काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले पनि यस्तो समस्या उठाउनुभएको थियो । मेरो भनाइ के हो भने महिला बिना रेडलाइट एरिया चल्दैन । जसका कारण यो व्यवसाय चल्छ, उनीहरू रेडलाइट एरिया चाहन्छन् कि चाहँदैनन् ? यो कुरा उनीहरूसँग सोध्नुपर्छ कि पर्दैन ? प्रशासनले वा कुनै ग्राहकले यो कुरा उठाएर हुन्छ ?

    —————————————————-
    तपाईं त उनीहरूको संगतमा हुनुहुन्छ, के भन्छन् उनीहरू ?

    ९० प्र्रतिशत दिदी-बहिनी बाध्यताले यो पेसा अपनाइरहेका छन् । उनीहरूलाई विकल्प दिने हो भने तुरुन्तै यो पेसा छाड्छन् । सरकारले उनीहरूलाई विकल्प दिने कि रेडलाइट एरिया खोल्ने ? बाँकी रह्यो, १० प्रतिशत महिलाको कुरा, उनीहरूका लागि छुट्टै रेडलाइट एरिया छुट्याउनुपर्छ भन्ने छैन ।

    —————————————————-
    वीर अस्पतालदेखि ठमेलसम्म राति जुन बजार लाग्छ, त्यसलाई त्यसै छाडिदिने ?

    उनीहरू रत्नपार्कसम्म कसरी पुग्छन्, त्यो पनि अध्ययन गर्नुपर्छ । जुन युवती १४ वर्षको उमेरमा मसाज छिर्छे, ऊ २० वर्ष नहुँदै त्यस्ता स्थानमा ग्राहकलाई खुसी पार्न नसक्ने हुन्छे । त्यसपछि उसको विकल्प सडक हुन पुग्छ । उसले सडकबाटै ग्राहक आकषिर्त गर्नुपर्ने बाध्यता हुन्छ । किनभने उसका एक-दुई बिना बुवाका सन्तान पनि भैसक्छन् । यदि उनीहरूलाई पुनस्र्थापना गर्ने हो भने यो समस्या स्वतः समाधान हुन्छ ।

    —————————————————-
    यौन व्यवसायबाट जति आम्दानी हुन्छ, त्यो पुनस्र्थापनामा सम्भव छैन । उनीहरूले शरीर बेचेरै भए पनि सन्तानलाई महँगो स्कुलमा पढाइरहेका छन् । उनीहरूको जीवनशैली पनि उच्च छ । यस्तो अवस्थामा पुनस्र्थापनाबाट यो समस्या समाधान होला ?

    १० प्रतिशतलाई मात्र पैसाको नशा लागेको छ, किनभने उनीहरू रक्सीजन्य पदार्थका कारण पनि यो पेसाबाट विमुख हुन चाहँदैनन्, तर धेरै जसो र्फकन्छन् । सबै मिले भने यो सम्भव छ ।

    साभार : कान्तिपुर

    Reply
  50. sam sundar says:
    January 20, 2014 at 7:19 am

    सुशील जी साह्रै संबेदनशील बिषय मा लेख्नु भयो – आज को एउटा जल्दो बल्दो समस्या हो यो तर एस्लाई सम्बोधन गर्न या ब्यबथपन गर्न कसैले चाहदैन – प्रहरी र नेता हरुको हफ्ता हराउने – नागरिक अगुआ र महिला सम्बन्धि NGO हरुको दाता हरु संग मागी खाने भाडो हराउने अनि सरकार लै एस पेशा लै बैध बनाउदा बेश्या वृत्ति प्रोत्शाहन गरेको आरोप लाग्ने अनि कसले येश बारे अवाज उठाउने ? लाखौ डलर एस पेसा मा लागेका को उद्धार को लागि भनि खर्च गरिञ्छ तर नतिजा खोइ ? सबै रकम जान्ने सुन्ने हरुको बैंक बलन्स हुने त हो – अब समय आइ सकेको छ कि त देशमा बिपन्न अदछ महिला हरुलाई स्थाई रोजगार को व्यवस्था गर्न सक्नु पर्यो या त रेड लाइट एरिया तोकेर नियम परिधि मा स्व ईच्छा पेसा चलाउन दिनु पर्यो | केहि महिना आघि भएको अकुपै बालुवाटार को अभियन्ता हरुले यो समस्या मा पनि ससक्त अवाज उठाइदिने हो कि ??

    Reply
  51. punya hawaii says:
    January 20, 2014 at 6:04 am

    पेट पाल्नकै लागि यो ब्यबसाय गर्नेहरुका लागि रेडलाइट एरियाको ब्यबस्था र कानुनि मान्यता नै यसको स्थायि समाधान हुन सक्छ।नत्र यो अन्तहिन लुकामारि हुन्छ।

    Reply
  52. roshan(Dhading) says:
    January 20, 2014 at 5:10 am

    देहव्यापार लाइ कानुनि मान्यता दिनु भन्दा पहिला धेरै कुरा को अध्यन गर्नु पर्ने हुन्छ . हाम्रो जस्तो सानो मुलुक जहाँ प्रकृतिले सबै कुरा दियको छ तेस्तो देश मा पहिला बेरोजगार लाइ कसरि छिटो रोजगार दिन सकिन्छ तेस मा ध्यान दिन पर्ने हुन्छ येदि रोजगार सजिलै पाउने हो भने घरेलु महिला हिँसा र बिदेसुनु पर्ने कुरा मा निकै कमि आउछ महिला ले पनि आफ्नो काम गर्ने भय पछि पुरुष को आश्रय मा हेपियर बस्न पर्ने बाध्यता हुदैन र पेट पालना यौन को ब्यापार गर्न पनि आवसेक हुदैन रोजगार को लागि पहिला कुरा सुरक्छ्या बेवास्ता र कानुन को कडा कार्बनयन हुन आवसेक छ तेस पछि नेपाल जस्तो सस्तो ज्याला भयको देश मा सामान उत्पादन गर्न जुन सुकै देश ले पनि लगानी गर्छ यहाँ बुज्न पर्ने कुरा के छ भने उत्पादन भन्ना ले ठुलो ware house ma हजारौ मान्छे ले काम पाउने छन् र उत्पादन भयको सामान उक्त उद्योग ले बिस्वो को कुनै पनि ठाममा लगेर बेच्न सक्छन यो सबै कुरा को लागि पहिला देशमा राजनीतिक स्थिरता को आवसेक छ र नेपाल जस्तो धेरै धर्म जात जति सस्कृति प्रकृति लर धनि देश मा बेस्यालय खोल्न भन्दा अगाडी हामीले देश विकास स्थिरता रोजगार सिछ्या स्वास्थ्या को बरेमे सोच्न पर्ने हुन्छ बिकसित देश मा जनता लै धेरै सुबिधा हुदा हुदै पनि रोजगारको उपलब्धता हुदा हुदै पनि रन्डी पेसा अंगालेको छ यो पेसा मान्छे ले बाध्यता ले मात्र हैन रहर ले पनि र छिटो पैसा कामौने उदेस्य ले अंगालेको हुन्छ नेपाल मा पनि पैसा कसरि छिट्टो कामाउने भन्ने होड ले गर्दा गैरकानुनी काम हरु बढ्दै गेरको छ सबिलै चेतना भया ……………………

    Reply
  53. Shailendra Dhakal (म्याउ ) says:
    January 20, 2014 at 4:47 am

    कुरो ठिकै हो तर तेती सजिलै नहोला पनि . येस्पालि टाएर बल्न पनि सक्छ अनि जुलुस पनि निस्कन सक्छ. येसैको बिरोध गरेर कतिले आफुलाई महान प्रमाणित गर्न पनि लागि पर्लान. अहिलेको लागि रेड लाइट एरिया खोल्नु भन्दा पनि आफ्नो सरिरको अधिकार आफै माथि हुन पाउने अधिकारको जरुरत छ जस्तो लाग्छ. कोहि कसै संग सुत्न पाउनु उसको अधिकारको कुरा बन्न पाउनु पर्छ. बरु छापा मारेर डिस्टर्ब गर्दा चाही कानुन लाग्ने बनाउन सकिए बेश्याकै विल्ला भिरेर जीवन भर् बाच्नु पर्दैन थियो कि ?. गोपनियेताको साथ अफ़्नोकाम गर्ने अवसर दिए निश्चित आबस्यकता पुरा भएसी फेरी सामान्य जीबनमा फर्कन चाहने लाई मौका बाकी नै रहनेछ नि होइन र?
    कि येसो गर्दा कसो होला?
    – सररकार द्वारा बालिग ( मेरो विचारमा कम्तिमा २० वर्षको उमेर ) भइ सकेपछि आफ्नो सरिरको हक स्वयेत रहने कानुन बनाउने.
    – नाबालिकलाई कुनै पनि सर्तमा पनि यो कम गर्न र गराउन नदिने
    – सरकार द्वारा कुनै प्रकारले यो पेसामा रहेकालाई प्रोत्साहन समर्थन नगर्ने. ऐक्षिक रुपमा पुनरुथान कार्यक्रम र तालिम सरसफाई अनि स्वास्थ्य सुरक्षा बारेमा सिक्षाहरुको बेबस्थ चाही गर्ने.
    – देह व्यापारलाई गर्ने लाई गोप्य रुपमा प्परिचय पत्रको व्यबस्थ गर्ने.

    लेखक ज्युलाई पनि राम्रो कुराको उठानको लागि धन्यबाद अनि mysansar le राम्रो लेखको लागि ठाउँ दिएकोमा धन्यबाद

    Reply
  54. Sunitamaya says:
    January 20, 2014 at 4:34 am

    मानिस को लागि प्रकृत ले नै आवस्यक देखिएको – आहार ; निन्द्रा ; र मैथुन यी कुरा हरुलाई गैर कानुनी भन्ने अधिकार कसैलाई पनि छैन / यी सबै पाखण्डी हरुले बनाएको शोषण गर्न को लागि बनेका कुरा हरु मात्र हुन् / भोक लागेपछि 7 दिन को बासी होस् कि किरा परेर कुहेको किन नहोस आखा चिम्लेर होटेल मा खान कसैले रोक्दैन / रात परेपछि गनाउने बिस्तारामा जम्रा र उडुस ले भरिएका ठाउमा सुत्न कसैले रोक्दैन / तेतिकै आवस्यक पर्ने मैथुन तारे होटल मा भए कानुनी हुन्छ किनकि त्यहाँ त धन र पदले मातेका हरु जान्छन अनि सानातिना लज हरुमा जहाँ गरिब गुरुवा हरु मात्र जान्छन त्यहाँ भने गैर कानुनी ? यी सब बिकृति हरुको जिम्मेवार पाखण्डी नेता भनाउदा डाँका हरुकै हो / केटा हरु लाई मात्र होइन केटि हरुलाई पनि मैथुन चाहिन्छ / केटीहरुले आफ्ना मन परेका केटा हरु लिएर जाने ठाउँ पनि त होटल नै होनी / कि पैसा लिएर गरेको मैथुन गैर कानुनी ; पैसा नलिकन गरेको चाहिँ कानुनी हुने होकी कसो हे भात मारा कानुन बनाउने हरु ?

    Reply
  55. krishna says:
    January 20, 2014 at 4:31 am

    thanks for the post. prostitution legalization is a good way to solve a lot of employment ailments and if it is properly institutionalized including safety of sex workers.btw, if you are quoting heritage foundation’s unemployment stat- that might be grossly misrepresentation of our labor market. i do not think there is 46% unemployment.please advise!

    Reply
  56. chandra says:
    January 20, 2014 at 4:31 am

    गरिबी, अभाव र करकाप को कारण ले देह व्यापारमा लाग्नु पर्ने बाध्यता देश र समाजको असक्छ्यमता र लाज को बिसय हो! राजी खुसिले यो पेशा गर्ने हरुको कुरा बेग्लै हो! पहिलो लाइ, – सरकार र समाज मिलेर रोजगारी, अवसर, शिक्षा दिएर सभ्यता र सक्ष्यमता देखाउनु पर्छ! दोस्रोलाइ, बिकसित मुलुकमा जस्तै लुकाउनु र छैन भनेर ढाट्ने होइन कि “ब्यबस्थापन” (management ) गर्नु पर्छ!

    Reply
  57. Abhyankar says:
    January 20, 2014 at 3:42 am

    १००% सहमत, यो समय को परिवर्तन संगै आत्मसात गर्नु पर्ने व्यवहार व्यवस्था मा पर्छ , आत्महत्याको बाटो रोज्नुपर्ने लाई बच्न कति गाह्रो छ थाहा हुन्छ, हामि कम्प्युटर र ipad , वा mobile फोन चलाउनेले त्यो परिस्थिति बाट सायेदै गुज्रन पर्छ | विदेशमा( विशेस अरब रास्त्रहरु) गएर पाउने पिडा, श्रम शोसन, यौन शोसन, मानसिक र शारीरिक पिडा खप्न नसकेर मानसिक सन्तुलननै गुम्ने, झुन्डेर मर्न पर्नेगरी पिडा छटपटी कस्तो निस्सासिदो अवस्था हो त्यो??!! उफ्फ़
    Staar होटेलहरुमा सुरक्छ्या निकायका प्रमुखहरु र तिनको पनि बाउ हाकिमहरु र राजनैतिक पहुच भएका रन-डोन हरु, पैसा टन्न भएका धनाड्य हरु (र ति संग जाने/ उनीहरुले उपयोग गर्ने) त पत्रिका वा प्रहरी छापा भन्दा माथि पर्ने सर्वविदित छ, भने बरु सबै आर्थिक स्थितिभएका जनतालाई बराबर कानुन लगाउनपनि कानुनी मन्यातानै किन नदिने?

    Reply
  58. jitu says:
    January 20, 2014 at 3:25 am

    देह ब्यापारलाई कानुनको दायरामा ल्याउनु राम्रो कुरा हो | हामी नै तिनै चेलीहरुलाई देह ब्यापारमा धकेल्ने, हाम्रा ठुला बडा भनौंदाहरुले यौन शोषण गर्ने , सबै तिर सेटिङ्ग मिलायर धन्दा चलाउने गर्नु भन्दा यसलाई बैध बनायर नागरिक हकको सुनिस्चित गर्नु बुद्दिमानी हुनेछ |

    Reply
  59. Meghmala Rai says:
    January 20, 2014 at 3:19 am

    मेरो विचारमा एक निश्चित स्थान तोकेर देह व्यापार सम्बन्धि कानुन बनाएर यौन ब्यबशयलाई कानुनी दायरामा ल्याउन सकिञ्छ/ यसो नगर्दा पनि त आखिर यो धन्दा चलि नै रहेको छ / कमसेकम यसो गर्ने हो भने ति ब्यबसायीहरु प्रहरी प्रसासनको कमाई खाने भाड़ो त बन्ने थिएन कि / हुन त धेरै पहिले पनि mysansar मा कमेन्ट गर्दा यस्तै आसयको कुरा लेखेको थिए . तेसबेला केहि मित्रहरुले मेरो कमेन्ट उपर ” तिम्रै घर को चेली बाट सुरु गर्दा कसो होला ” भनेर कमेन्ट गरेका थिए./ आज पनि तेस्तै कमेन्ट आउन सक्छ / तर यहिँ ठिक हो कि देह व्यापार लाई कानुनी दायरामा ल्याउने हो भने ऐच्छिक रुपमा यो पेशा अपनाउने हरु बढी सुरक्षित हुनेछन /

    Reply
  60. suzee says:
    January 20, 2014 at 3:13 am

    यो बिषय मा सबै जना ## तै चुप मै चुप ###भन्ने विचार लिएर बसेको जस्तो लाग्यो .
    खै त 2,874 views हुदासम्म एक पनि कमेन्ट देखिन् मैले त .

    यहाँ यूरोपि हरु मा एक उखान छ , धरासायी बिषय मा discuss नगरेकै बेश भनेर (धर्म को कुरो मा ), हाम्रो सन्दर्भ मा भने यौन अनि तेस संग सम्बन्धित सबै, उदाहरण को रुप मा बेश्यब्रिति कै कुरो गरम,

    मेरो व्यक्तिगत विचार मा चाही , सबै मानव अधिकार को कुरो हो, मयार्दा मा रहेर कसैलाई हानी नहुने हो भने सबै मानव जाति लै आफ्नो शरीर को अङ्ग आफ्नो इक्ष्या अनुसार सदुपयोग अथवा दुरुप्रयोग गर्ने अधिकार छ, अनि सदुपयोग अथवा दुरुप्रयोग गरुन आ-आफ्नो मर्जी को कुरो !!!!!!

    यूरोप मा चाही बेश्यब्रिति सबभन्दा पुरानो ब्यबसाय भनेर भन्ने गरेको सुनेको छु , कसैले तेही बिषय लिएर सम्बन्धित ब्यबसायी लै धेरै नै हेपेको सुनेको छैन हो !!!!

    Reply
  61. विजय ज्ञवाली says:
    January 20, 2014 at 2:46 am

    सुशिल जी तपाई ले उठाउनु भएको बिसय निकै संबेदनशिल भएता पनि तपाई को तर्क सित मेरो सहमति छ / देहब्यापारलाई कानुनले मान्यता दिनु मात्र भन्दा नि यसको ब्यबस्थापन कसरि गर्ने भन्ने कुरा महत्वोपूर्ण हुन आउछ / यसको कानुनी मान्यतासंगै यसको दुरुपयोग को सम्भावना पनि रहन्छ / तसर्थ ति पक्ष मा उचित गृह कार्य हुनु जरुरि छ / राजी खुसि ले यो क्षेत्र मा आउनु , बाध्यता ले आउनु र जबर्जस्ति बाध्य पारिएर आउनु यी तिनै पक्ष लाई फरक फरक प्रकार ले हेर्न सकिन्छ / कोहि गरिबी वा अरु कुनै बाध्यता ले यो क्षेत्र मा आउ६ भने त्यो राज्य को लागि ठुलो चुनौती हो तर कोहि राजीखुसी यसलाई मनोरंजन व्यापार को रुपमा आउछन् भने उनि हरु लाई निश्चित मापदण्ड जस्तै नियमित स्वास्थ्य जाच ,सम्मानजनक सामाजिक पहिचान जस्ता पक्ष ध्यान दिएर लाईसेन्स को व्यवस्था सरकार ले गर्न सक्छ / अन्त मा तपाई को लेखन सैली को मा प्रसंसा गर्न चाहन्छु /

    Reply
  62. Bishwaraj says:
    January 20, 2014 at 1:08 am

    देहब्यापार गैर कानुनी हैन- यो सीद्राको को पनी ब्यापार पशुपतीको पनी दर्शन हो-

    Reply
  63. Lohani Indra says:
    January 20, 2014 at 12:15 am

    महिला हिँसा र बलात्कार सम्बन्धि कानुन, देह व्यापारलाई कानूनी मान्यता दिने विषय अनि दोहोरो नागरिकताको व्यवस्था यी आदि बिषयहरु मन्त्रि, नेता र सभासद्को तलब र भत्ता बढाउने कुरासंग सम्बन्धि परेनन् सक्ष्यात ज्यु ! नत्र त चांडै नै कानूनी मान्यता पाउँथ्यो होला .

    Reply
  64. ramesh gautam says:
    January 19, 2014 at 11:15 pm

    लेख अति नै राम्रो लागो, लेख मा भयका word हरु लाई राम्रो संग मनन् गरि एस को लिगल तरिका ले सिस्टम मा हिदाउन सक्ने हो भने नेपाली हरु सबै को लागि राम्रो हुनिथियो.

    Reply
  65. shanky says:
    January 19, 2014 at 10:47 pm

    जिन्दगि मा पहिलो पल्ट सार्थक अनि ज्वलन्त समस्या को बारेमा ब्लग पढ्न पाउदा
    खुसि लग्यो अनि यहाँ एउटा थप कुरा के भने चेली बेटी बेच भिखन पनि रोकिन्छ कि भन्ने लाग्छ , अनि हाम्रो गरिब देश मा नारी को उत्थानको लागि यो एउटा उपाय हुन सक्छ कि ?

    Reply
  66. neerose says:
    January 19, 2014 at 10:22 pm

    धेरै राम्रो लेख!
    तपाइको कुराको मा समर्थन र सह्राहना गर्दछु!
    यो समाज र मानबिय ब्याबस्थापन भित्र पर्ने कुरा हुन् यसतर्फ़ हरेक सचेत नागरिक र समाज अनि देश संचालन गर्ने नीति बनाउने हरुले निसन्देह सोचेर छिटो भन्दा छिटो यस कुराको सम्बोधन गर्नु पर्दछ!
    मेरो धारणा पनि नितान्त यस्तै थियो र छ!
    धन्यबाद लेख र प्रस्तुतिको लागि!
    सम्बन्धित सबैको दृस्टी र ध्यान पुगोस यो लेखमा!

    Reply
  67. kanchha thapa says:
    January 19, 2014 at 10:21 pm

    देहब्यापार कानुनी बने पनि बाबुआमाले सन्तानलाई डाक्टर, ईन्जिनियर, पाइलट, बैज्ञानिक नै बन्ने सल्लाह दिन्छन, सन्तान पनि त्यहि चाहन्छन । र बन्नु पनि पर्छ । तर एकपटक आफूलाई देहब्यापारीको स्थानमा राखेर हेरौ त । सिप छैन, शिक्षा छैन, ब्यवसाय गर्न पुँजी छैन, रोजगारी कहि पाइंदैन । बिदेश जाँदा मानसिक सन्तुलन बिग्रिने गरि दु:ख पाईन्छ । अनि के गर्ने ? करिब ९ प्रतिशत बेरोजगार भएको फ्रान्स र बेलायतमा देहब्यापारलाई कानुनले मान्यता दिएको छ तर ४६ प्रतिशत बेरोजगार भएको हाम्रो देशमा किन नदिने ? की एकै पटक शतप्रतिशतलाई रोजगार दिने गोप्य योजना बन्दै छ ?

    Reply
  68. shree ram raya says:
    January 19, 2014 at 10:15 pm

    नेपाल मा सुन को त राजस्व पर्दैन यिनी त देह व्यापार को राजस्व उठाउने कुरो गर्छन ,आखिर तिनीहरु पनि कसैको छोरि ,दिदीबहिनी ,श्रीमती ,बुहारी पो हुन् त ,राम्रो सिक्ष्या दिने सिप सिकाउने कुरो गरेको पो देसको भलो हुन्छ…………….

    Reply
  69. मनोज says:
    January 19, 2014 at 9:30 pm

    कुरो सही छ , जबर्जस्ती पो गर्न पाईन्न । कोई खुलेरै पेशा गर्न चाहन्छ भने रोक्न पनी हुन्न ।

    Reply
  70. Fugyaljen says:
    January 19, 2014 at 9:21 pm

    बिचरा काम नपाएर,शिक्षाको साथै आथिॅक आवस्था कामजोरको कारणले देह ब्यापारमा लाग्नेलाई बेश्या भन्ने र साथै समाजमा नरामरो दृष्टिले हेनेॅ हामाे् पराम्परा रहेको छ। तर यता अकोॅतिर फिल्ममा दिन दहाडै बिभिन्न किसिमको यौन कि्डा गनेॅहरुलाई हीरोइन भनेर मान्ने अकोॅ मानसिकता छ। यथार्थमा भन्नु पदाॅ यो समान्तवाद समाजको सोच नै पुरा ग़लत छ। यदि बेश्या गनेॅले पनि धेरै पैसा कमाउने भए सायद यस्तो हुदैन होला।

    Reply
  71. dharmendra says:
    January 19, 2014 at 8:42 pm

    छिटफुट फेसन ,विलासी उपकरण ,तामझामका समान किन्न गरिने बाहेक बेश्यबृति एक बाध्यताको उपज हो तेस्मा कुनै शंका छैन / भगवान , मानब ,दानाब सबैले शोसर्ण गर्ने भनेको असाहेय, गरिब , र बेश्या हरुलाई नै हो तेस्मा पनि कुनै शंका छैन / मेरो बिचारमा बेश्यबृति लाई कानुनी मान्यता दिनु भन्दापनि रोजगारीको तालिम र रोजगारीको व्यवस्था गर्नुनै उपयुक्त बाटो हो /
    मित्रहरु म नेता , ngo ingo को हाकिम हैन र बेश्यबृति लाई कानुनी मान्यता दिनु हुन्न भन्ने वाला मध्येको पनि होइन / मलाई घृणा त सिर्फ असह्यपन , गरिबी र बेश्यबृति प्रति छ तर असह्य , गरिब र बेश्या हरु प्रति सधै सहनभुति छ /

    Reply
  72. Subhash Neupane says:
    January 19, 2014 at 8:34 pm

    पहिलाको एउटा माइसंसारको पोष्टमा पुष्प जी ले कम्मेन्ट गरे जस्तै, आफ्नो छोरी चेलीलाई देह व्यापारमा संलग्न भएको हेर्न नसक्नेले बेस्यबृति बैध हुनु पर्छ भन्नुको तुक छैन !
    बालुवा बोकेर आफ्नो र बच्चाको ज्यान पालेका महिला हरुलाई देख्दा थाहा हुन्छ कि बेस्यब्रितीमा लाग्नु महिलाहरुको बाध्यता होइन, मिहिनेत नगरिकन झकीझकाउ जीवन जिउने चाहना मात्र हो !

    Reply
  73. eklavya says:
    January 19, 2014 at 8:30 pm

    देह व्यापार के हो र येस्बात राज्य समाजलाई के कति फाइदा वा नोक्सान पुर्याउछ भन्ने कुराको जल्दोबल्दो उदाहरण हो थाइलेडं ..यो त्यो देश हो जसको लगभग २५% राजस्व देह ब्यापारबाट उठाउने गर्दछ र त्यहा जाने ६०% पर्यटक तेही ब्यापारले आकर्सन गर्ने गर्दछ …भनेपछि नेपाल किन जायज कुरा हरुमा सधै अरुभन्दा पछि नै पर्ने गर्छ …जुन अरु देशमा बिरोध हुन्छ नाजायज भनिन्छ ति कुरा हरु भने दुइ हात फिजाएर आलिङ्ग्गन गर्न तत्पर रहन्छ ..यी कानुन बनाउने हरुको उल्टो हेर्ने दृष्टिकोण कहिले सोझिन्छ खै….

    Reply
    1. Raj says:
      January 21, 2014 at 10:28 am

      भने पछि राजस्व मात्रै सबै ठोक हो ? ंसार भर् ले थाई महिला हरु लाई कसरि stereotyping गरेको छ त्यो पनि साथी लाई थाह होला नि ….हाम्रा आफ्नै चेलीबेटी लाई पनि कुनै बिदेशी ले सोध्न के बेर जाने भनेर? ाइलेडं मा जस्तै ……

      Reply
  74. santosh says:
    January 19, 2014 at 8:28 pm

    समय सन्दर्विक लग्यो.अलिक सस्तो पनि हुन्थ्यो कि तेसो गर्दा.

    Reply
  75. januka says:
    January 19, 2014 at 7:20 pm

    सबै भन्दा राम्रो उपाए सरकारले यस्ता समस्या समाधान गर्न रोजगारीको समस्या समाधान गर्नु आवस्यक छ / रोजगारी कै अभावमा दैनिक गुजारा चलाउनको लागि नचाहदा नचाहदै देहव्यापारमा लाग्न वाध्य नबनाईयोस / तर पनि हाम्रो देशमा यो समस्या नरहेको हैन / आफ्नो लगाएत आफ्नो परिवारको पेट पाल्न अपनाउनु पर्ने देहव्यापार जस्ता बाटाहरुको मध्यम बाट ति पिडित लाई सार्वजनिक गरिनु पनि साएद राम्रो हैन / कि सबैलाई गाँस , बास र कपास सुनिस्चित गरिनु पर्छ कि आफ्नो इच्छा अनुसार बच्न पाउने अधिकार खोसिनु हुदैन बरु त्यसलाई व्यवस्थित गर्न सकिन्छ / व्यबहारमा चाही हुनु हुने अनि कानुन मा हुनु नहुने हाम्रो जस्तो देशमा उठाउनु भएको यो आवाजमा लेखक संग म पनि सहमत छु / लेखकले भने जस्तै देहव्यापार लाई व्यवस्थित तरिकाले कानुनी मान्यता दिने हो भने त्यसले भद्रगोल को स्थिति श्रीजना गर्दैन / जस्तै: देहव्यापारको लागि निश्चित क्षेत्र छुट्याउने, यस व्यवसायमा संलग्न व्यक्तिहरुलाई अनुमतिपत्र वा लाइसेन्स को व्यवस्था गर्ने, निरन्तर स्वास्थ्य परिक्षण अनिवार्य गर्ने, अनि उक्त व्यावसाही संग जानेहरुलाई पहिले स्वास्थ्य परिक्षण को रिपोर्ट हेरेर सतर्कता अपनाउने, जसले HIV/AIDS जस्ता भयानक रोग लाग्न बाट जोगाउछ /

    Reply
  76. Abhi, Belgium says:
    January 19, 2014 at 7:07 pm

    कुतर्क , हेल्लो सुशील; तिम्रो छोरि अनुमति प्राप्त देह ब्यापारी बनाउन सक्छौ ; पक्कै सक्दैनौ ; तसर्थ छोरी लै शिप र सिक्षा दिन तिर सोचौ एस्तो उल्टो तिर दिमाग घुमौन छोडौ ;

    फ्रान्स र बेलायत मा देह व्यापार कानुनी छैन , भयको नेदर्लैंड मा मात्रै हो रेड लाइट एरिया भयको ; त्यहाँ पनि पुर्बी युरोप बाट केटि हरु ‘Smuggling’ हुन् थालेका ले बन्द गर्न आवाज उठिरहेको छ;

    येति कम्जोर कानुन र पुलिस भाको ठाउमा देह व्यापार लै कानुनी बनाउने हो भने अहिले सम्म त इंडिया पुर्याएर बेच्छन भोलि घर घर बाट उमेर नपुगेका केटि बेच्छन .

    शिप र सिक्षा मा बल दिउ चाहे छोरा चाहे छोरी नत्र येस्ता कुरा रोकी दैन ;

    Reply
  77. krishna says:
    January 19, 2014 at 7:04 pm

    सर्ब प्रथम प्रहरी प्रसाशन यस बिषयको बाधक बन्ने छन् किनकि गतिलो भेटी गुम्ने छ !!!!

    Reply
  78. nabraj says:
    January 19, 2014 at 6:28 pm

    यो हाम्रो देश मा लागु हुने कुरा कहिले पनि हुदैन. बिदेसी दलाल को हात बाट बेस्या हुनु भन्दा आफ्नै देश मा देहब्यापार कानुनी रूप मा गर्नु किन नपाउने ??

    Reply
  79. moon gurung says:
    January 19, 2014 at 6:19 pm

    नेपालमा redlight area बनाउनु पर्यो,मान्यता दिनु पर्यो……..

    Reply
  80. खेम राज says:
    January 19, 2014 at 5:49 pm

    यथार्थ त यहि नै हो !! तर मोहि खाने ढुँग्रो लुकाउने , सुकिलामुकिला ले हो कानुन बनाउने ,,

    Reply
  81. डिल्ली says:
    January 19, 2014 at 5:36 pm

    ईतिहासको सबै भन्दा पुरानो पेशा न त रोक्न खोजेर रोकिन्छ न त थप्न खोजेर थपिन्छ । जनसंख्या र आर्थिक अनुपातमा यो चलिरहन्छ । शुशिलजीले भनेजस्तो वेश्यावृत्ति भोकसँग गाँसिएकोलाई मात्र ठान्न मिल्दैन किनभने सजिलै रोजगारी पाउन सक्ने विकसित मुलुकमा समेत यो पेशा चल्दै छ र कालन्तरमा पनि चलिरहला । हाम्रो देशमा पनि गरिविकै कारण खान नपुगेकै कारण हुनेगरेको भन्ने पटक्कै होइन । शुशिल जीलाई आत्महत्या सम्बन्धि अर्को वास्तविकता पनि बताइहालौँ जो निर्धनले भन्दा धनाड्य वा मध्यमबर्गीयले बढि गर्छन् भन्ने अध्ययनले नै पुष्टी गरेको छ । त्यसै गरी वेश्यावृत्ति पनि गरिवीले मात्र हुँदैन विलासिताले पनि भैरहेकोलाई नकार्न सकिन्न ।

    नशा सेवन गर्न पैसा नपुगेर वेश्यावृत्ति गर्ने धनाड्य वा मध्यमबर्गीय बाबुआमाका सन्तान धेरै छन् । मेरो बुझाइमा यसरी समाज परिवर्तन हुनु भनेको गरिवीको भन्दा असफल राज्य सञ्चालनले मूल भूमिका निर्वाह गरेको छ । डकैति र लुटपाटलाई हेर्न सकिन्छ धनाड्य समेत सामेल छन् । बेरोजगारी यौटा हुन सक्ला । अल्छि पन पनि कम दोषी भने छैन । यो यस्तो ब्यवसाय हो जसमा क्रेता र विक्रेता दुबैले आनन्द लिन सक्छन् । सजिलो पनि छ साथै कम समय पनि र पसल गर्नेलाई लगानी पनि लाग्दैन स्थान अभाब मात्रले सताउने हो । अर्को कुरा बन्द कोठामा हुने भएकोले गोपनीयता सुरक्षित रहन्छ । यदाकदाको धरपकडले असहज पार्ने मात्र हो ।

    दोष अर्को तिर थोपरेर आफू चोखो बन्ने नेपाली आम परम्परा नै हो । यस्तो पेशामा लाग्ने युवाले सही कुरा भनेका छन् भन्ने पनि हुँदैन किनकि यो क्रस भेरिफाइ गरिरहनु पर्ने पनि भएन ।

    नेपाली समाज सजिलो र धेरै आम्दानीको उपाय खोजि रहेको छ । देखासिखीमा व्यवसाय गर्नेहरू धेरै छन् । लगानी नडुब्ने सुनिश्चित कुन होला त्यही हेरेर नेपाली लगानी गर्छन् । एकताका मम पसल घरै पिच्छे थिए । त्यसै गरि बोर्डिङ स्कूल बने घर घरै । अहिले मसाज केन्द्र, कटेज वा फ्ल्याट वेश्यालय घर घरै बनेकाछन् । पहिले युवा युवति नेपालमै हुन्थे । अहिले हेर्ने हो भने युवक भन्दा युवति बढी नेपालमा छन् । यस्तो अवस्थामा युवतिको अभाव नहुनु पर्ने हो र वेश्यावृत्ति घट्नु पर्ने हो । तर बढिरहेको छ ।

    गरिविको सन्दर्भमा पनि प्रतिव्यक्ति आय बढिरहेको छ चाहे रेमिट्यान्सले गर्दा नै किन नहोस् । क्रय शक्ति बढेसँगै वेश्यावृत्ति पनि बढिरहेको भन्न सकिने अवस्था छ । जस्ले शुशिलजिले भन्नु भएको सन्दर्भलाई समर्थन गर्दैन । आफ्नो शरीर कसरी उपभोग र उपयोग गर्ने व्यक्तिमा निहीत भएकोले यौन पेशाकर्मी बन्न चाहनेलाई भने राज्यले कानुनी दायरामा रहने गरी निश्चित स्थान तोकिदिनु पर्छ किनभने अब राज्यले रोकेर रोक्न नसक्ने गरि भयावह बनिसकेको छ नेपाली समाज । अरु व्यवसाय सरह यसलाई पनि राज्यकोषमा आर्थिक दायित्व बहन गराउनु पर्छ वा भनौँ कर प्रणाली समेत सोही मुताविक विकास गर्नु पर्छ । व्यापार गर्न चाहनेले ट्याक्स तिर्नु पर्छ हैन ट्याक्स नतिर्ने हो भने विहे गरे भै हाल्यो नि !

    Reply
  82. dil says:
    January 19, 2014 at 5:25 pm

    म २००० तिर disco मा काम गर्दा खेरि को कुरा हो illegal को नाममा prostitute हरु लै van मा राखेर rape गर्ने अनि पैसा पनि लूटने घटना हरु धेरै हुन्थियो..सबै ठुलो पोस्ट को police हरु ले नै सुरु गर्ने थियो / prostitute हरु को exploitation सधै हुन्छ / red light zone बनाएर उनि हरु संग tax ल लिने system बनायो भने कतै सबै लै राम्रो हुन्थियो कि / इल्लेगल बनाउनु पर्चा भन्ने हरुनै धेरै prostitute खोज्दै हिद्च / किन भने उनि हरु ले नै उनि हरु लै धेरै exploit गर्छ / illegal छ भन्दै मा prostitution नै छैन भनेर समाज ले हेर्ने कुरा हुदैन /

    Reply
  83. रविन says:
    January 19, 2014 at 4:58 pm

    एकदमै ब्यबहारिक सान्दर्विक लेख साक्षात शुशिल जी.
    अरु राष्ट्र मा गैर यौन हिंशाको पिडित हुनु भन्दा बरु आफ्नै देशमा बैधानिक र सुक्षित तरिकाले ब्यबसाय गर्न पाउनु राम्रो.
    जसले जस्ती सुकै आदर्शमा कुरा गरे पनि हरेक व्यक्तिले कुनै न कुनै बेला यौनको बारेमा सोचेकै हुन्छ. जसलाई उपलब्ध छ उसले गर्छ आफ्नो यौन तृप्ति मेताउञ्छ, सहज र सहि तरिकाले नपाउनेले क्षणिक तृप्तिको लागि जगन्य अपराध गर्न पुग्छ र त्यसबाट पनि महिला र बालिका पिडित हुन् पुछन.

    हामि कहाँ त कसैसंग सहमति भइ कुनै रिसोर्ट या लज तिर बसियो भने पनि नानाथरी दुख र झमेलामा परिन्छ र यसै न्युंमा कतिले ज्यान फालेका छन् र परिवार सखाप भएका पनि छन्.

    तेसैले प्राकृतिक कुरो हो एउटा बैधानिक र सुरक्षित तवरले आफुले रुचायको व्यक्ति संग सहमतिमा गर्न पाउने व्यवस्था गर्नु अहिलेको नेपालको परिपेक्षमा अति जरुरि भैसकेको छ

    Reply
    1. रैथाने says:
      January 21, 2014 at 1:05 am

      एउटा स्वोस्थ र बयस्क मान्छेले सबैभन्दा बढी सोच्ने र चाहने कुरा नै यौन को कुरा हो!
      जसले यौनको कुरा सोच्दैन या यौन मन नपर्ने नचाहिने भन्दछ या त त्यो बिमारी (शारीरिक या मानशिक) हुनुपर्छ या तेस्ले ढोंग गरेको हुनुपर्छ!
      ‘खान्न खन्न लोकाचार, खान लाग्यो मानाचार’ भन्नेकुरा सात प्रतिशत लागुहुने कुरा नै यौन हो!
      मा त भन्छु यसलाई कानुनि मान्यता दियर ब्याबस्थित गरिनु पर्छ, छिटोभन्दा छिटो!
      यसो नहुदा यसको अब्याबस्थित र दुरुपयोग भयको छ भने समाजलाई नै नकारात्मक प्रभाब र हानि गरेको छ, आर्थिक अनि सामाजीक पारिवारिक आदि सबै कुराले!

      Reply
  84. बिक्रम says:
    January 19, 2014 at 4:18 pm

    साह्रै राम्रो अनि समसामयीक बिषयबस्तु माथी उत्कृष्ट गरीका ले लेखिएको लेख हो, सम्बन्धित निकाय मा धन्यान जानु आबश्यक देखिन्छ, धेरै कुराहरु को उजागर गरेको छ यो लेख ले, लेखक लाई धन्यबाद

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme