प्राय हामी सबैलाई खानेकुरामा चाहे बिहान होस् या बेलुका? अलि अलि चिल्लो, पिरो खादा खेरि “जिभ्रो मै झुन्डिने” मसलादार तरकारी र अचार नभई खाना रुच्दैन । अझै भन्नु पर्दा तराईबाट फोहर ल्याएको जस्तो झिंगा भन्कने गरि ट्रकमा हालेर ल्याएको(चपाउन पनि मेसिन चाहिने) जस्तो भैसीको मासु होस् या बर्ड फ्लु लागेको कुखुराको मासु प्राय अनिबार्य हामी नेपालीको दैनिक तरकारी जस्तै भैसकेको छ । त्यति मात्र कहाँ हो र ? तरकारीमा माछा, मासु छ भने हामीलाई भात संग मुछेर खानलाई अरु केहि पनि चाहिदैन यो हामी सबैको यथार्थ हो ।
यसैगरी हाम्रो समाजमा अझै पनि बिहान – बेलुका छोरी, बुहारी भान्सामा खाना पकाउन सुरु गर्नासाथ “साग पकाउन भन्दा अलि बढी तेल, खुर्सानी, मसलाहरु हालेर पकाउ है नत्र खल्लो होला” भनेर निर्देशित गरिन्छ अनि कसरी स्वस्थ, स्फुर्त भएर लामो समय बाच्न सकिन्छ र ? बिश्वमै लामो आयु भएको जापानीहरु जस्तो ।
तर, अहिले भने कमसेकम खाना कस्तो खाने, के के खाने ? कस्तो खानाले स्वस्थमा असर गर्छ? भन्ने कुराहरुमा अलिकति राम्रो चेतना जाग्दै आएको छ । त्यसैले आजका भान्साहरुमा पहिले जस्तो दिनहु, चिल्लो पिरो मासु लगायतका मसलादार तरकारीमात्र पाक्न कम हुदैछ । बिहान मासु खाए बेलुका साग, भोलिपल्ट माछा पाक्न थालेको छ । यधपी खुर्सानी, तेल, नुन मसला (खै के के मिसावट भएको) को मात्रा भने कम हुन सकेको छैन जस्तो लाग्छ मलाई । त्यसैले हामीले पनि, आफ्नो स्वस्थमा ख्याल गर्दै, स्वस्थमा हानी गर्ने खानेकुरा कुराहरु घटाउदै हल्का तेल, मसला मात्र प्रयोग गरेको खानेकुरा र सन्तुलित भोजन लिने बानि बसाल्न थाल्यौं भने पक्कै पनि नेपाल पनि कुनै दिन संसारको लामो आयु भएको देश भनेर चिनिने छ ।
अब प्रसंग बदलौं, जापानीजहरु किन संसारमै लामो समय बाच्न सक्छन भनेर ? हो, जापान संसारमै मानिसको औसत आयु लामो भएको देश भनेर चिनिन्छ । WHO को २०१२ मा गरिएको सर्वेक्षणले जापान बिश्व भरिमा महिलाको औसत आयु ८६ वर्ष र पुरुषको ८० बर्ष रहेको छ । भने हाम्रो देश नेपाल को औसत आयु पुरुष ६७ वर्ष र महिला ६९ मात्र रहेको छ यस्तो फरक किन त ? जापानिज हरु धेरै लामो समय बाच्नु अनि नेपालीहरु धेरै बाच्न नसक्नु, यसका धेरै कारणहरु छन् ।
१ खानामा सन्तुलन:
जापानीहरुले पनि प्राय तीन चोटी नै खान्छन हामीले जस्तै । बिहान हल्का खाना, १२ बजेतिर बिहानको खाना अनि बेलुकाको खाना । तर फरक यत्ति हो हामीले खाने खाना संग प्राय दाल, तरकारी र अचार मात्र हुन्छ भने यिनीहरु खाने खानामा सन्तुलन मिलाइएको हुन्छ । जापानीहरुको खानामा बनाउन जतिसुकै अल्छी लागेपनि ,थोरै खाना, (तेल मसला कम प्रयोग गरिएको अथवा उसिनेको )माछा, सुप, गेडागुडी, सीफुड, काँचो माछा (मुटु रोग बाट बचाऊछ) , तोउफु उसिनेको तरकारी, अर्गानिक चिया (क्यान्सर बाट बचाऊछ) आदि हुने गर्दछन । यसै गरि यिनीहरु खानामा चिल्लो, पिरो मसलादार फ्याटयुक्त खानेकुरा प्रयोग गर्ने गर्दैनन गरे पनि थोरै मात्रामा । त्यसैले यस्ता खानेकुरामा शरीरको लागि आवश्यक पर्ने कर्बोहैद्रेट, प्रोटिन लगायत अन्य भिटामिनहरुको सन्तुलन मिलेको हुन्छ, र यस्ता खाने कुराले शरीरका कुनैपनि अंग लाई खराब गर्ने गर्दैनन भनेर डाक्टर हरु बताउँछन्।
२ वातावरण, सरसफाई अनि दैनिक स्नान गर्ने चलन:
जापान यति धेरै बिकसित भएपनि, खानेपानी, वातावरण सधै सफा राख्नको लागि जापानीहरु प्राय सधै आफ्नो घर होस् या शहर सफा राख्ने गर्दछन् । चेतनशील जापानिजहरु बाटो, शहरबजार कहिपनि जथाभावी फोहर फाल्ने काम गर्दैनन, त्यसैले शहर बजार सधै सफा हुने गर्दछ। साथसाथै जापानी सरकारले आफ्नो अति आधुनिक विकास संगसंगै वातावरण प्रदुषण हुनबाट जोगाउन को लागि धेरै मेहनत र पहल गरिरहेको देखिन्छ त्यसैले त हाम्रो छिमेकी मुलुक चिन जस्तो प्रदुषित हुन बाट जोगिएको छ जापान । अति ब्यस्त शहर टोकियो मा पनि फोहर, सवारीसाधन, कारखानाहरुबाट निस्कने धुलो धुवाँ कहीं पनि देखिदैन । यति सम्म कि, लगाएको जुत्ता एक महिना सम्म पनि धुलो लागेको हुँदैन ।
यसैगरी, जापानीहरु आफ्नो व्यक्तिगत सरसफाइमा पनि ख्याल राख्ने गर्दछन । जतिसुकै काममा थकित र ब्यस्त रहे पनि बिहान एकचोटी नुहाएरै बाहिर जाने गर्दछन, अनि बेलुका फर्केपछी पनि आधि घण्टा जति तातोपानी ओफुरो बसेर नुहाउने गर्दछन । साथै जापानको पहिचान जस्तै बनिसकेको ज्वालामुखी बाट बनेका तातोपानी कुण्ड(ओनसेन) मा बच्चा देखि बृद्ध सम्म पनि गएर क्यल्सिएम, सल्फर, तामायुक्त तातो पानीमा डुबेर रिल्याक्स लिने गर्दछन समय समयमा । जसले शरीरको थकान मेटाउने, रुगा लाग्नबाट बचाउने, स्ट्रेस घटाउने लगायत छालालाई चुस्त राख्ने काम गर्ने गर्दछ ।
३ स्वस्थ सेवा प्रणाली, बृद्ध अबस्थामा पनि काम गर्नु
जापानमा अनिवार्य स्वास्थ बिमा गर्नुपर्छ, जसले गर्दा जापानीहरु बर्षमा कम्तिमा पनि १२ पटक भन्दा बढी आफ्नो नियमित चेकअप गर्ने गर्दछन । परिणामस्वरुप, आफ्नो स्वास्थमा हुने परिबर्तन,गडबडी सम्बन्धि सबै जानकार रहने हुनाले सितिमित्ति ठूला रोग लाग्न बाट सजिलै सचेत रहने गर्छ ।
यसै गरी जापानिजहरु प्राय काम गर्दा अल्छी नलागोस अनि शारीरिक व्यायाम होस् भनेर उभिएरै काम गर्ने गर्दछन। यिनीहरु नियमित काममा जादा होस् या ? कतै जानु पर्यो भने अन्य देशहरुमा जस्तो सौखिन तरिकाले बाइक, कारको प्रयोग गर्ने गर्दैनन, प्रयोग त गर्छन तर धेरै काम मात्रामा । धेरैजसो जापानिजहरू काममा जादाखेरि आफु बसेको ठाउँबाट ट्रेन स्टेसन सम्म पैदल हिडेर जान्छन अनि बल्ल त्यहाबाट ट्रेनको प्रयोग गर्ने गर्दछन । अझ अनौठो कुरो, बृद्ध अवस्था सम्म पनि स्फुर्त र स्वास्थ रहनको लागि यहाँ ६०-७० बर्ष सम्म पनि मानिसहरु काम गर्ने गर्दछन ।
४. उपचार गर्ने प्रणाली
उसै त जापान प्रविधिमा बिश्वमै अघाडी रहेको सर्बबिदितै छ । यहाको आधुनिक उपचार पद्दतिले नै गर्दा जापानको बालमृत्युदर एकदमै न्यून रही आएकोछ । यसै गरी जति सुकै ठुलो बिरामी भए पनि आधुनिक प्रविधि को उपचारले गर्दा मर्नलागेकाहरुले पनि लामो समय सम्म जिउन सकेका छन् ।
त्यसैले, हामीहरुले पनि सम्भंब भए सम्म जापानिजहरुले गर्नेगरेका कुराहरुको सिको गर्न सक्यौं भने केहि लामो समय स्वस्थ, स्फुर्त भएर बाच्ने थियौं होला । जसको लागि तपाई हामी सबै आजै बाट लाग्न जरूरी छ ।
तर, हाम्रो देश नेपाल पनि जापान भन्दा कम छैन, हामीसंग अथाह हरियाली जंगल छ स्वोच्छ हावा बहने । हामी संग कलकल बग्ने खोलानाला छन् खानको लागि । सागपात, गेडागुडी फल्ने खेतबारी छन् । यति मात्र हो कि, हामीले सधै “जिभ्रोमै झुन्डिने” मिठो खानेकुरा मात्र खान खोज्नु भएन, टन्न तेल अनि मसला राखेर दिनदिनै मासु भात मात्र खानु भएन । हरियो खुर्सानी टोक्नु भएन । सौखिन्ताले ग्रस्त भएर पुतलीसडकबाट रत्नपार्क जान ट्याक्सी खोज्नु भएन । बस् यति गरे पुग्छ लामो समय बाच्नको लागि ।
अन्तमा, माइसंसारका पाठकहरुले यो लेख जापानको बारेमा तारिफ गरेर लेख्यो भन्नु होला, मेरो अघिल्लो लेख “पसले बिनाको पसलमा” जस्तै, तर त्यो लेख जस्तै यो लेख पनि मैले जापानको तारिफ गरेरनै लेखेको ठान्नु भए हुन्छ । किनकि राम्रो कुराको तारिफ गर्नु सायदै नाजायज हुन्न जस्तो लाग्छ मलाई ।
अनि, यस्तै यस्तै स्वस्थ रहेर लामो समय बाच्ने तरिका छ भने कमेन्टमा लेख्नु होला।
[यो ब्लग माइसंसारका पाठकले पठाएका हुन्। तपाईँ पनि विविध विषयमा आफ्नो भोगाइ यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]
कृष्ण जी ले ७ बर्ष सम्म जापान बसेर पनि सामान्य कुराको जानकारी समेत नपाए जस्तो लाग्यो ! हो माथि कुन्दन जी र सुनिल जी ले भनेझै जापानीहरु बिहान कहिल्यै नुहाउदैनन(अपवाद बाहेक) ! ७ बर्ष जापान बसेर समेत जापानको बारेमा एस्तो कुरा लेख्ने मान्छेले लेखेका कुरा पढेर आँखा चिम्लेर उहाको कुराको पछाडी नलागौ(यति सामान्य कुरा त उहालाई थाहा छैन भने उहाले लेखेका अरु कुरा मा कसरि भर पर्नु ?) भन्न खोज्या हो अन्यथा नलिनु होला फेरी “गाली” गर्या चाही हैन नि !
अंग्रेजी मा यौटा उखान प्रचलित छ कृष्ण जी ” Little knowledge is a dangerous thing” !
कृष्ण के श्रेष्ठ ज्यु,
तपाईंको लेखमा तथ्य कुरा भन्दा जापानको भजन गाउने कुरा बढी छन् | आजको जमानामा जापानको बारेमा तपाइंले भनेर थाहा पाउने भन्दा आफै अध्ययन गरेर पनि थाहा हुन्छ | जापानीहरु तपाइंले चित्रमा देखाए झैं यो यो खान स्वस्थबर्धक छ भनेर खान शुरु गरेका होइनन त्यो खाना त परापुर्ब देखि नै चलि आएको हो नेपालको दाल भात झैं | त्यस्तो खाना खाएर स्वस्थ भएका हुन् भन्नु गलत हो | थुप्रै कुरा छन् | खै त २०१३ मा संसारमा सबभन्दा बढी बाच्नेमा जापानी पर्दैननन त, सुशी नखाने अन्य देशका नागरिक पर्छन (कुन देश खोजि गर्नुहोस)
अर्को कुरा कमेन्ट जस्तो पनि हुन सक्छ, तपाईं बढी भएर हरेकको किन खण्डन गर्नु पर्यो !!! तपाइंको लेख पढेर मैले ६ जना जापानिजलाइ बिहान नुहाउनुहुन्छ भनि सोधेको बिहान कहिले पनि नुहाउन्दैनौ तर बेलुको सधै तातो पानीमा दुब्छौँ भने |
कृष्ण भाइको लेख अचेल माईसंसारमा पढ्न पाईने रेछ। खुशी लाग्यो। जहाँ सुकैबाट साभार गरेर लेखिएको होस् प्रयास राम्रो छ। अपत्यारिला र काल्पनिक लाग्ने यथार्थपरक लेखको लागि भाइलाइ बधाई एवम् शुभकामना। तर भाइले योकोहामामा खोलेको ‘कृष्नाज किचन’ इण्डो-नेपाली रेष्टुरेण्ट जापनिजलाई मसलेदार करी खुवाएर आयु नेपालीको जतिकै बनाईदिने ग्र्याण्ड डिजाईन हो कि? नाई नाई एउटा कुरा नि :पी
कृष्ण जी को लेख निकै सचेतना जगाउने खालको छ स्वास्थ्य को सम्बन्धमा . तर व्यक्तिको आयु मापन को जुन कुरा छ, जनता को औषत आयु गणना गर्दा बालक देखि ब्रिद्द सबै व्यक्तिहरुलाई समेटेर गणना हुने हुँदा बल मृत्य, तथा दुर्घटनामा मृत्यु दर ज्यादा हुने देशको जनता को औषत आयु पनि कम हुन्छ. नेपाल पनि उच बल मृतु दर एवम उच्च दुर्घटना दर भएको देश मध्ये एउटा पर्छ . अन्यथा ८० बर्ष भन्दा बढी बाच्ने नेपाली हरु पनि निकै बढी प्रतिशत छन्. र चिल्लो पीरो अमिलो कम गरेर खाने हो भने नेपाली खाना पनि जापानी खाना भन्दा कम स्वस्थ बर्धक छैन.
लेखक ज्युले जापानको बखान गर्या हैन नि फेरी भनेर अन्तिम मा आफै लेख्नु भो ! यो एउटा सामान्य जानकारी मात्र हो ! यो भन्दा अघि मानिस बिनाको पसल को बारेमा पनि केहि चित्त नबुझेका कुराहरु राखेको थिए , फेरी पनि केहि कुरा राख्दै छु यो मेरो जापान बस्दाको अनुभव हो ! जापानीहरु बिहान नुहाएर निस्कने गर्छन भन्नु भो त्यो सतप्रतिसत गलत हो , राति घर फर्के पछि तातो पानीको tub (ओफ़ुरो) मा पसेर नुहाउने कुरा साचो हो, बिहान नुहायो भनेर हामी नेपाली लाई मुर्ख भन्ने जापानीहरु प्रशस्त थिए त्यहाँ ! उनीहरुको भनाइमा दिन भरि धुलो, धुवा वा पसिना आने ठाउमा काम गरेर घर फर्के पछी राति नुहाएर सफा भएर सुत्दा राम्रो हुन्छ रे , त्यो कुरा मलाई पनि ठिक लाग्यो !
अर्को कुरा तेल,मसला, खुर्सानी प्रशस्त खाएर पनि मान्छे लामो समय बाचेका छन् ! येही बेलायतमा मा रुघा, खोकी र फ्लु भएमा इन्डियन curry खानु भनेर यहाका गोरा डाक्टर ले नै भन्ने गर्छन ! लण्डन सहर भित्र मात्र ३५०० भन्दा बढी इन्डियन रेस्टुरेन्ट रहेका छन् र त्यहाका मुख्य ग्राहक भनेको गोरा हरु नै हुन् , उनीहरु पनि के खानु हुन्छ र के खानु हुन्न भन्ने कुरा जापानी भन्दा कम बुझ्दैनन् होला ! आखिर दुनियालाई विकास गर्न सिकाउने त येही गोरा हरु नै हुन् नि !
हरेक कुराको अपवाद हुन्छ, जिन्दगि भर सुपारी समेत नखाको मान्छे लाइ “घाँटी को क्यान्सर” भा मैले नै देख्या छु !दिनको सिङ्गै एक बोतल whisky ,दुइ बट्टा चुरोट र ८ कप कफी खाने मान्छे ९७ बर्ष बाच्या पनि येही आखाले देख्या छु ! तेसैले एस्ता लेख लेखेर केहि लछारपाटो लाग्ने देख्दिन म त ! तपाई लाई जापान ले धेरै नै Impress गर्या जस्तो लाग्यो , अर्को जापान सम्बन्धि लेख लेख्दा जापान मा कति प्रतिशत मान्छेले धुम्रपान गर्छन र कतिको रक्सि धोक्छन त्यो पनि खुलस्त गरिदिए जापान नपुगेका हरुलाई पनि जापानको बारेमा बुझ्न सजिलो हुन्थ्यो कि ? तेस्तो बुद्धिमान जापानीहरुलाई रक्सि र चुरोट कम गर्ने सल्लाह तपाई जस्तो विद्वान्ले दिनु पर्यो नि !
सुनिल जी धन्यवाद सायद japan ko बारेमा सकारात्मक अनि बास्तबिकता लेख्दा धेरैलाई लग्ग्सक्छ मैले मसला को बिरोध गरेँ भनेर Tara त्यसो hoin I हो जापानमा pani नकारात्मक कुराहरु धेरै छन् तपैले भने जस्तै I तर ति कुराहरु लेखेर सिको गराउनु chhain I यदि मैले लेखि हालें भनेपनि यो लेखमा जस्तै Kati नकारात्मक सोच rakhnu hunchh भनेर गाली गर्नु हुनेछ सुनिल जी
मेरो लेख को एउतै उद्दश्य सकारात्मक थियो न कि मसला खान छाड्नोस भन्ने कदापी हैन I मिसावट नभाको मसला अनि तेल कम राखेर खाए केहि असर गर्दैन यत्ति भन्न खोजेको मात्र होI
क्रिश्नजिको लेखमा सत्येत छ. हामी नेपालीको खाना एकदम शारीरिक थकान हुने कम गर्ने को लागि एकदम ठिक छ तर दिनमा एकपटक मात्र. तिन छाकै उस्तै खायो भने के के हुन्छा भन्न सकिदैन. मा अहिले घुम्नको लागि ापान आएको छु.नेपाल मा छउन जेल बायुले दुख दिएर उल्का हुन्थ्यो तर येहा आएर जापानी खाना नै प्राय खादै छु. पेट एकदम ठिक छ र बायु को समस्या त पटक्कै छैन भने पनि हुन्छा.
ओहो सर्,
लास्टमा “जापानको खोक्यो भन्ला” भनेर चिप्लिदिने 😉 😛
मिलाएर खानुस, नुन र चिल्लो साबिक भन्दा कुम गर्नुस तपाई आफै जापानिज झैँ दिर्घायु रहनुहुने छ !
इन्डियन इस्पायिस र हरियो खुर्सानी ले त तपाइलाई झन दिर्घायु र छरितो बनौच होइन र ! कति मात्रामा खाने भन्ने मात्र मूल कुरा हो ! तपाई को स्वस्थ सम्बन्धि जनचेतना को म कदर गर्दछु तर याद रहोस “Little knowledge is really a dangerous thing !!” 😛
म सानो छदा, करिब २०-२२ वर्ष अगाडीको कुरा हो,
तराईका जन मजदूरहरुले खेत मा बिहान देखि टन्टलापुर घाममा कोदालो खनेर दिउसो खान खादा के खान्थे,
२-४ वोटा सुक्खा आटाको रोटि, १-२ प्याज को पोटि, १-२ हरियो खोर्सानी र अलिकति नून र तोरीको तेल को अलिकति बास्ना, येही थियो उनीहरुको खोराक|
तेस्तै पहाडमा चामलको भात खानु भनेको जिम्दारले त्यो पनि घरमुलीले मात्र, त्यो पनि बर्सभरि कहाँ हो र ५-६ महिना अरु सबैले मकैको भात या ढिडो, त्यो पनि पाउनेले, मासु खान त दशैँ नै कुर्नु पर्ने |
मलाई थाहा छैन २०७० सालमा कस्तो ६ तराई को र पहाडको इस्थिती, तर देशको अवस्त ले तेसका मनिषको खानपान निर्धारण गर्छ, सबैलाई राम्रो लाउन र मिठो खान मन हुन्छ |
माथि देखाको चित्रमा पनि थालमा भातको मात्रा धेरै छ, साग, सब्जी, माशु, माछा त पाएको बेला त्योपनि पैसा छ भने किन्ने हो नेपालीले, हाम्रो उदेश्य त पेट भेरने हो तेसैले माथिको थालमा भात को मात्रा धेरै छ, सब्जी त खाली भात पेटमा हाल्दा मुखमा स्वाद होस् भनेर मात्रा हो सक्दो प्रयाश पेट भातले भर्ने हो ताकि अर्को छाक खानु नपरोश किन भने भरेको छाकको भरोसा छैन, पाइन पनि सकिन्छ नपाइन पनि |
येही हो गरिबीको रेखा मुनि बच्ने हामी नेपाली को आहार, …
यदी सन्तुलन मिलाएर खाने हो भने जापानी मात्र होइन सबै खान राम्रो छ. हाम्रै खानामा प्रयोग हुने विभिन्न मसलाहरुको आ-आफ्नै बिशेषता छन्. हामीले खाना बनाउदा मसला र चिल्लो कम राखेर बनाउने गर्नु पर्छ. माथिको तस्बिरमा जस्तै हामी भात बढी र तरकारी कम खान्छौं. त्यसको ठिक बिपरित हुनु पर्छ. मासुको मात्रा पनि कम भए पुग्छ.
तर मलाई लाग्छ आजकल जापान मै पनि धेरै मान्छेले junk food खान थालेका छन् होला.
म हंग कंग बसेको ११ वर्ष भयो ! जापानिज खाना खल्लो हुना ले खासै खान मन लाग्दैन ! तर जापानिज खाना भनोउ या जापानिज भासा सबै कुरा हरु चाइनिज प्रभावित छ जसरि हाम्रो मा भारतीय ! यो अहिले ५० – ६० वर्ष देखि होइन ३००० – ३५०० वर्ष अगाडी देखि नै हो ! जापानिज लिपि हरु पनि चाइनिज भाषा बाटै आएको हो ! जापान मा कति प्रकार को खाना छ र कति सन्तुलित छ मलाइ थाहा भएन तर खाना को अध्यान गर्दा समग्र चिन मा ६ लाख भन्दा बढी प्रकार को खाना उपलब्ध छ ! खैर यो त खाना को कुरा भयो ! एक पटक हंगकंग मा सार्स र बर्ड फ्लु ले साह्रै दुख दियो ! धेरै चिनिया – बिदेशी मूल का जापानिज – प्यासिफिक रिजन का मान्छे हरु लाइ रोग लाग्यो ! तर नेपालि – इन्डियन लाइ केहि भएन ! भनोउ यो रोग बाट एक जना नेपाली पनि बिरामी भएन ! यो तथ्यांक कसरि उपलब्ध भयो भने -“यहा प्राय सबै को हंग कंग आइडी छ ! प्राइभेट मा उपचार महँगो छ तर सरकारी मा केवल १०० हंग कंग डलर मा सबै भन्दा भर् पर्दो र राम्रो सारीरिक चेक अप – भर्ना सुल्क अनि भर्ना भयेपक्षि आराम दाई कोठा सहित को सुबिधा पाइन्छ ! सो कारण नेपाली या अन्य कमै मात्र प्राइभेट मा जान्छन ! ” पक्षि नेपाली या इन्डियन कसैलाई यो रोग ले नछुनु को कारण खोजियो ! जसमा नेपाली र इन्डियन ले विभिन्न मर मसला हालेको करी(खास गरि बेसार, खुर्सानी, अदुवा, मरिच, ल्वांग, सुकमेल , जिरा, धनिया, तेजपत्ता,प्याज, आदि) – एन्टीबायोटिक्स को काम गर्ने र रोग प्रतिरोधक क्षमता बलियो बनाउने देखेर चिनिया हरु लाइ समेत डाक्टर हरुले करी खान सल्लाह दिए ! यदापि अझैपनि रुघा लाग्दा र चिसो मौसम मा करी को सेवन गर्न सल्लाह दिन्छन !
खाना कुनै पनि नराम्रो होइन ! सबै खाना उत्तिकै राम्रो हो बढी बाच्नु खाना भन्दा नि त्येहा को स्वास्थ्य नीति र सरकारी स्वास्थ्य सेवाको कत्तिको बिस्वस्नियता छ – जनता को सिक्ष्या र आम्दानि को हैसियत के छ ? राज्य ले प्रतिव्यक्ति स्वास्थ्य बिमा गरेको छ या छैन? देश को स्थिति के छ ? अन्तरिक सान्ति र बाह्य दवाब के छ ? सामाजिक सौहार्दता के छ ?यी सबै कुरा हरु ले जनता को लामो आयु को निर्धारण गर्दछन ! जस्तो सोमालिया मा पनि १०५ – १०७ वर्ष सम्म बच्ने व्यक्ति पनि छन् तर तिन को अनुपात मा बाल म्र्त्युदर धेरै छ ! लडाई – बिस्फोट मा परेर अल्पायु मै ज्यान गुमाउने को संख्या ठुलो छ ! रोग र भोकमरी ले समय भन्दा अगावै अकाल मृतु हुन्छ ! तसर्थ राज्य को उपस्थिति र नीति नै लामो आयु को रहस्य हो !! केवल खाना मात्रै होइन !!
नेपालमा खाने भोजन मा कुनै पनि कमि र खोट छैन | मुख्य कुरा सबैलाई समयमा मा उपलब्ध र सर्वसुलभ नहुनु नै समस्या हो | आर्थिक विकाश र क्रय शक्ति को वृद्धि संगै हाम्रो खानको पनि प्रसंसकहरुको वृद्धि हुनेछ |
नेपाली खाना पनि सन्तुलित खाना हो l भातमा कर्ब्रोहैद्रेड ,दालमा प्रोटिन ,तरकारीमा भिटामिन तेस्तै दूधमा क्याल्सियम अनि फलफुल पनि मौसम आनुसा खाइञ्छ हैनर
धन्यवाद सबै माईसंसार साथिहरुमा.. अनि धन्यवाद कमेन्टको लागि । कमेन्ट कुनै सकारात्मक आए भने कुनै नकरात्मक आए …।
मैले यो लेख जापानमा ७ बर्ष बसेर देखे, भोगेको अनुभब, जापानीहरु संगको प्रत्यक्ष्य अप्रत्यक्ष कुराकानी अनि इन्टरनेट मार्फत भएका तथ्य हरुलाई आधार मानेर लेखेको कुरा जानकारी गराउन चाहन्छु । न कि कुनै आधार बिना लेखिएको लेख हो यो । यदि मेरो मात्र बिश्वास नलागेको भए WHO तथ्यांक हरु हेर्नुभए पनि हुन्छ ।
मैले यस लेख मार्फत कुनै पनि हालतमा हाम्रो नेपालीको पहिचान दाल भात तरकारीको बिरोध पनि गर्न चाहेको छैन जस्तो लाग्छ, मात्र यति भन्न खोजेको थिए कि , हामीले खाने दाल भात तरकारीमा प्रयोग गरिने तेल, पिठो हो या अर्थोक मिसिएको मसलाको मात्रा मात्र अलि घटाएर खानामा सन्तुलन मिलाएर खाने गर्यौं भने स्वास्थमा नकारात्मक असर गर्दैन थियो । यो कुरा तपाई हामी आफैले प्रयोग गरि हेर्न सक्छौ । एक दिन बेलुकाको खानासंग खाने तरकारीमा सधै भन्दा थोरैमात्र तेल र मसला मात्र राखेर खाएर सुतौं अनि भोलि पल्ट बिहान उठ्दा पेटमा कस्तो फिल हुन्छ विचार गरौँ । साथै दिशा गर्दा कतिको गारो हुन्छ हुन्न हेर्नु होला । अनि तपाइले थाहा पाउनुहुनेछ कि धेरै मात्रामा तेल, मसला खानु ले र नखानु मा कतिको फरक छ भनेर ।
अनि धेरै साथीहरुको बिमत्ति हरियो खुर्सानीमा रहेको पाए मैले । सहि हो तपाई हरुको यो बिमत्ति , किनकि हरियो खुर्सानी खानाले हामीलाई भिटामिन ए र सी दिने गर्दछ यो सबैलाई थाहा नै छ । तर मैले हरियो खुर्सानी पटक्कै नखानु भनेर भनेको भने होइन यो लेखमा , यति भन्न चाहेको हो कि हामीले एकै छाकमा हामी सबैले खाए जस्तो ५-६ ओटा हरियो खुर्सानी खानु भएन । यसको पनि परिक्षण गरि हेर्नुहोला एकदिन बेलुका खान संग ५-६ ओटा खुर्सानी खाएर सुत्नोस । अनि भोलि तपाइको हालत कस्तो हुन्छ पेटमा । त्यसपछि आफै सोच्नु होला कि खुर्सानी धेरै खानु हुन्छ हुन्न र असर गर्छ या गर्दैन रहेछ भनेर ।
साथै यो लेख मैले काठमाडौँमा रहनेहरुलाई मात्र लछित गरेर मात्र नलेखी, गाउँ घर, बिदेशमा रहनुभएका नेपालीहरु सबैजनाको लागि भनेर एकमुस्टमा समेटेर लेखेको कारणले तपाई हरुमा हामीले कहाँ धेरै खुर्सानी अनि मसला खान्छौं भनेर लागेको होला । यदि यस्तो बुझ्नु भएको भए क्षमा चाहन्छु ।
यसै गरि स्वस्थ रहनको लागि मैले लेखमा शारीरिक ब्यायाम आबस्यक छ भन्ने कुरा “३ स्वस्थ सेवा प्रणाली, बृद्ध अबस्थामा पनि काम गर्नु” भन्ने टपिकमा लेखेको थिए बिस्तृत मा फेरी हेर्नु होला ।
अन्तमा, यो लेख एउटा जापानको बास्तबिकता लाई उतारेर , नेपालमा हामीले पनि यस्तै गरि धेरै चिल्लो पिरो खाने बानि बिस्तारै कम गर्दै जाउ भन्ने उद्दश्यले लेखिएको हो न कि नेपाली खाना, मसला हरु नराम्रो छ भन्ने । यसलाई यसरि लिनुभाए हुन्छ पाठक मित्र हरुले…
“अन्तमा, माइसंसारका पाठकहरुले यो लेख जापानको बारेमा तारिफ गरेर लेख्यो भन्नु होला, मेरो अघिल्लो लेख “पसले बिनाको पसलमा” जस्तै, तर त्यो लेख जस्तै यो लेख पनि मैले जापानको तारिफ गरेरनै लेखेको ठान्नु भए हुन्छ । किनकि राम्रो कुराको तारिफ गर्नु सायदै नाजायज हुन्न जस्तो लाग्छ मलाई ।
अनि, यस्तै यस्तै स्वस्थ रहेर लामो समय बाच्ने तरिका छ भने कमेन्टमा लेख्नु होला।”
मेरो भन्नु केहि छैन किन कि हामी आरिसे नेपाली को जात ले राम्रो लाई अनुशरण गर्न जानेकै छैन बरु इन्डियन सिनेमा को नक्कल गर्न हामी लाई तिनी हरु ले क्लास दिनु पर्दैन/ बाकी कमेन्ट गर्ने साथी हरु को जय होस्/
हजुर को थर नै हंगकंग हो कि – हंग कंग बस्छु भन्ने परिचय हो ? आज सम्म करिब करिब २-३ हजार् हंगकंगे चिनिया हरु संग परिचय भयो तर कसैको नाम या थर हंगकंग देखेको या सुने को छैन ! म नि हंगकंग मा बस्छु ! थरै हंगकंग भएको एउै नेपाली भेटेको छैन !
“फरक यत्ति हो हामीले खाने खाना संग प्राय दाल, तरकारी र अचार
मात्र हुन्छ भने यिनीहरु खाने खानामा सन्तुलन मिलाइएको हुन्छ ।”
यो सन्तुलन भन्ने जिनीस काँ पाईन्छ नेपालाँ अनी कती पर्छ एक पाउको, था पाए किन्न हुन्थो :p
अनी अर्को कुरा सँसारका हरेक मान्छेहरूले आफ्नो परिबेशमा जे जे सुलभ तरिकाले पाउँछन्, भान्छामा तेई पकाउँछन् ।जिवनशैलि लाईपनि बाताबरणले प्रभाबित गर्छ ।
-जापानिले काँचो माछा खाए भन्देमा हाम्ले तेस्को सिको गर्नु जररी छैन ।
-हामी नेपालीले पनी दैनीक स्वादिलो मासुभात खाने रहर मात्र गर्छौँ , देनिक जिब्रोमै झुन्डिने मसलेदार खाना खाने आर्थीक अवस्था छैन हाम्रो । थकालिभान्छाघर बाहेक नियमित मासुभात पाक्ने भान्छा कमै होला ।:p
-जुन देशको राजधानिमा चर्पी पखाल्ने पानि छैन, त्याहाँ दैनिक नुहाउने कुरा गर्नु भद्दा मजाक हो
-हामिमाँ पनी सुधार गर्नु पर्ने धेरै कुरा होला, तर खानेकुरामा भन्दा बानिमा सुधार गर्नु पर्ने हो , बिशेष गरि हाम्रो अशन्तोषी बानिमा
-लेखक महोदय हरियो खुर्सानीप्रती बढिनै पुर्बाग्रहि हुनुभए जस्तो लाग्यो । चिनि धेरै खाए सुगर हुन्छ भने जस्ता तर्क पेश गरिए
खाना नेपाली खाए पनि जापनीज खाए पनी कसरत गर्यो भनि स्वास्थ्यकर भईन्छ
हेर्नो कृष्ण जी येदि येहा नेपालमा जापान को जस्तो बिकाश,पुर्बाधार ,डाक्टर को संख्या अस्पताल को पर्याप्तता येदि हुदो हो त हामी पनि तपाई ले भने जस्तै गर्थेउ ,सद्दे अस्पताल गको मान्छे लास भयर फिर्ता हुने यो देश मा ….अनि तातो पनि को कुरा कि नेपालमा पनि तातो पनि को मुहान नभाको त होइन तर काठमाडौँ को मान्छे लै गयर आउनै २ दिन लाग्छ येहा सडक को अवस्था राम्रो छैन …….येहा पनि बुडा बुडा मान्छे ले सबै भन्दा गारो काम भारी बोक्ने ,रिक्सा चलाउने ,मजदूरी गर्ने गर्छन
Dear Krishna ji, Thanks for your suggestion, Dear friends sorry, I can’t type in nepali and my English is not good but it’s the matter of Health, so I can’t wait for long. So, can you make me a permission to add a small suggestion in your artical. When we are going to discuss about our health, don’t forget about our natural life style (it’s not mean to go back). Dear krishna, there is a photo of doing exercise in your artical, but I don’t see a single latter about exercise in your artical. So, Try to understand to be a healthy in your life, there are three things,
1. Activity: always spend active life, by doing something work or Job (Job means what you have, if you don’t any job do your traditional job or any social job ) and psychical exercise, as (Yoga, or any other laborious and systemic psychical exercise or Jim exercise, Labor work (that make you tired like a course of exercise.)
2. Food: Always try to take a simple course of food like krishna ji suggest us, others: more vegetable and fruit(not a expensive things, but our local things), less grain, meat and fat means less protein. It is not a comp-lane to on Krishna ji artical.
2. Your satisfaction: Do that work in which you satisfy, but wise fully, don’t make a friend of bad habit.
Its my simple suggestion to make our life happier.
यस्तै स्वास्थ्य खाना Thai फूड पनि हुँन्छ भन्ने मलाई लाग्थ्छ उनीहरूको चुल्तुरल खानामा पनि चिल्ल्लो प्रयोग नगण्य मात्रामा हुँन्छ तर जापानी खाना त ! त्यो भन्दा पनि बिशिष्ट पो ! लाग्यो ।
अत : अझ गहिरो अध्ययन गरेर दुईछाक टम्म खान नपुग्ने गरीबीको रेखा मुनीका नेपाली जंनताले पनि खान सक्ने खानाको खोजी गरी त्यसको प्रचार प्रशार राष्ट्रीय अभियानैै बन्न सके राम्रो ।
जापानी खाना उच्च र मध्यम बर्गलाई निसंदेह अति उत्तम छ । आउँदा दिनमा संपूर्ण नेपालीको पहुँचमा यस्तो खाना र स्वस्थको सुबिधा कसरी पुर्याउँने भन्ने बारे राज्य गंभिर बनोस भनि कामना गर्दछु । जय होस !
दिनहुँ नुहाउने, सफासुग्घर रहन त्यसैअनुरुप पूर्वाधार पनि हुनुपर्यो । हिजो एकछिन बाटोमा हिँड्दा एकजना बुढा भरिया बाले सडक किनारमा जमेको अत्यन्त फोहोर पानीले हात धोएको देखेको थिएँ, दिनभरि झल्झली आइरह्यो त्यो दृश्य । त्यसैले उच्चस्तरको भन्दा सामान्य सरसफाइको महत्व बढी छ देखिन्छ अहिलेसम्म पनि । अहिले पनि दिशापिसाब गरेर साबुन पानीले हात नधुने जनसंख्या अाधाभन्दा बढी नै होला ।
खान्कीको कुरा गर्दा मरमसलाप्रति नकारात्मक हुनु एकदमै गलत हो; धेरै त केही पनि प्रयोग गर्नुहुँदैन । होइन भने मरमसला आफैंमा औषधी हुन् । हाम्रो खान्कीमा मरमसला नहुने हो भने हाम्रो स्वास्थ्य कल्पनायोग्य पनि हुने छैन । दिनमा तीनपटक खाने भएकोले खानाको मात्रा अलि बढी भएको पक्कै । हाम्रा खान्की अस्वस्थ छन् भन्दा पनि खान्कीको स्रोत अस्वस्थ छन् – विषादी तरकारी, मिसावटी खाद्य तथा मरमसला आदि ।
काचो माछा स्वास्थ्य को लागि हानिकारक हो; जापान को शुशी भन्दा हाम्रो मम धेरै राम्रो; काँचो माछा मा पानी बाट आएका अनेकौ किटाणु, फोहोर र् रोग हरु हुन्छन, पकाये पछी मात्रा ति किटाणु हरु मर्ने हुँदा त्यस्तो शुशी खायो भने सोझै toilet हानिएको हानियै गर्नु पर्ने हुन सक्छ तर हाम्रो मम मा चाँही बोरु मासु नराम्रो नै किन नहोस्, राम्रो सग बाफ मा पकाइने हुनाले किटाणु हरु सबै मर्दछन र किटाणु हरु सन्क्रमण हुन पाउदैन !
हैन हो, आफ्नो कुरो पनि राम्रो भन्न सिकौ न ! खाली त्यो बिदेश कै कती चाकडी गर्ने ! तिनी हरुले चै जे गरे पनि जस्तो कल्चर भये पनि राम्रो भनेर शिर निहुर्याउनै पर्ने ?
तपाई को कुरा सहि हो भने नेपाली भन्दा japanese किन बढी बाचेको होला त ?
लेखक महोदय ले लेख्न छुट्टाउनु भएको कुरा यहा लाई जनकारी गराउ , यो काचो माछा समुन्द्र बाट पक्डेर तुरुन्त थाल मा राखेर खाने होईन कि , यस्लाई तोकिऐको समय सम्म किटाणु नष्ट गराउन डिप र्फिज् मा राखिन्छ अनि बल्ल खान योग्य हुन्छ , तर जति स्बस्थ नै किन नहोस काचो माछा मेरो घाटी मा चही छिर्दैन
ह्या तात्तो न छारो को लेख, कसलाई था छैन र बोसो धेरै नखाने, चिल्लो पिरो नखानु राम्रो हो! तेइ फोटो हेर्दा नै आफुलाई, नेपाली खान देख्दा मुख भरि पनि आयो, जापानी खान देख्दा केइ केइ! जति बाचे नि बचियोस, आफु त जिभ्रो मै झुन्डिने नेपाली खान दनकाइनछ !
खानकै कुरो गर्नु भयो, येदि अर्गानिक र मिसावोट रहित हुन्छ भने दाल भात तरकारी जतिको स्वस्थकर खाना संसारमै होला. फ्राई गरिएको खाना अलि पच्न गारो हुन्छ तर तेल खानै नहुने चिज पनि होइन. छालालाई चिल्लो राख्न र कतिपय पोषण तत्वोलाई अब्शोसन गर्नको लागि चिल्लो नभई हुन्न. ट्याक्सी चढेर नेपाली रोगि भाको पक्का होइन होला अनि सरदार आयु कम हुनुमा बाल मृत्युदर अर्को कारण हो भने उपचार को अभाब को कारण झाडा पखाला बाट पनि मर्नेहरु नेपालमा छन्. म त दाल भात तरकारी अचार अनि एउटा खुर्सानी पनि खान्छु तर पनि स्वस्थ छु. लेखकले राम्रै कुरा उठान गर्नु भाको हो तर मेरो दाल भात पछाडी परेको सहनै सकिन . जापानी खाना भाड मे जावो
Too much appreciation about Japanese and their culture, but please don’t forget they are the most cruel humans in terms of killing dolphin fish. Every year Japanese people kill hundreds of dolphin and whales and they believe that such fish are good for their health. But they forget about the ocean’s ecology.
१५-२० वर्ष अघि एकजना जापानिज student साथीले काठमाडौँमै कसैको घरमा गएर आएपछि अचम्म मान्दै भनेको थियो – “यहाका मान्छेहरुको घर भित्र त निकै गज्जब सफा राख्दा रैछन मत छक्क परे? ” मैले आल टाल जवाफ त दिए तेतिखेर तर त्यो थप्पडको गुन्ज अहिलेसम्म गुञ्जिराको छ मेरो कानमा. Tyasभन्दा अघि मैले घरबाहिर साथीहरु संग हुदा वा अलि सानो छंदा फोहर गरेको थिए होला तर तेस्दिन पछि आजसम्म एकटुक्रा कागज वा सुन्तलाको बोक्रा समेत बरु आफनै खल्तीमा हालेर फोहोर फ्याक्ने ठाउमा लगेर मात्र फ्याक्ने गर्छु, ठुलो काम तहैन तर बानी सुधारे
Its a nice content to read and go through. But I think the writer is not aware of the derivation of this culture. Japanese tradition is originally from our newari culture which carries a long history. From nepal this tradition was brought to Myanmar from where eventually it was passed on to Japanese.
So this are some facts:
Traditional newari dining ( serving done according to age; eldest person served firsr); in Japanese host directs who to सर्वे
Sashimi : choyela ( seafood is not easily available in nepal)
Sake : रक्सि
Hot sake: in newari tradition they serve in some mud थिङ्ग
Edammame : usibeko भटमास
Kushiyaki : सेकुवा
And lot. Please go through the history.
And definitely if we were close to sea; even newar would be doing choyela (kancho masu) made out of salmon.
कुरो त ठिकै गर्नु भएको हो, हाम्रो देशमा बाल मृत्यु दर धेरै भएकोले औशत मा हामि नेपालि को आयु त्यति देखिन आएको हो, तर त्यसलाई जापान अमेरिका जस्तै लेभलमा ल्याउने हो भने हाम्रो आयु पनि ७५-८० जति आइ पुग्छ जस्तो लाग्छ मलाइ. कुरो आयो खाने कुराको, केहि हद सम्म जापान को खानेकुरा राम्रो मनिञ्छ, तर अहिले भइ रहेको वातावरणको रसायन ले गर्दा कुनै खानेकुरा कुनै पनि देशमा त्यहिँ स्थिति छ. जापान का नागरिक मा पनि हामीमा जस्तै रोग लागेको हुन्छ, त्यहाँ त झन पेटको क्यान्सर धेरै छ. धेरै सोयु खाने भएकोले होला. मुटुका रोगि पनि त्यत्तिकै भेटिन्छन, मानसिक रोग र अक्लोपन धेरै छ. तर हामीले राम्रो राम्रो कुरा मात्र सिकेर नराम्रो कुरा लै बिर्सी दिने बानु बसाल्नु पर्छ.
मेरो भनाइ: टन्न पखालेर तरकारी खानु, फलफुल खानु, बोसो कम भएको मासु खानु, माछा खानु, दिनको एक गिलास धुध पिउनु, दिन मा टिन घण्टा जति घाममा निसिकिनु, सफा पानि पिउनु, धेरै हास्नु, थोरै चिन्ता गर्नु, नियमित तरिकाले फोक्सो भरि गरेर स्वास लिनु, आयु त्यसै बढ्छ.
सबै भन्दा पहिलो कुरो त्, नेपालका स्वस्थ निरिक्ष्य्क हरुलाई शक्ति बढी दिएर रासायेनिक प्रदुषण मुक्त खाने कुरो उपलब्ध गरौनुनै ठुलो कुरा होला
I also have little experience about japan . It is good country but it does not match our interest . In my view ; culture is the most important to our life . If you go to Europe or USA you will not miss your country but it does in japan.
Relating to above argument ; Japanese (most of them ) are
Honest
Selfish
Like machine
Well trained
Love their country
about taking shower
Evening hot bath 100%
But morning not a 100%
के हो काल जी खाली इन्टरनेट ,इन्टरनेट कति भनेका हौ ?अनि तपाई ले यो लेख मा कत्ति जापान मोह प्रकट गर्नु भो त ,तपाई नेपाली होइन…. ,जापानी “ज” को agent हो कि के ?
कुरो पढ्दा त राम्रै लाग्छ , तर , नखाई नखाई मर्न त सकिदैन बा !!
लेख ठीक छ ! तर नेपालमा कहाँबाट पाउने तोफु र सि फूड, अनि माछा सँधै रोटेसन मिलाएर ???
कृष्ण जी काग कराउदै गर्छ पिना सुक्दै गर्छ राम्रो देखेको सुनेको कुरा लेख्दै जानु होस् हामी पढ़छौ सके अनुसरण गरौला नसके राम्रो कुरा पढ़ौला .
सचेतनामुलक लेख लेख्नुभयकोमा कृष्णजीलाई धन्यवाद |
चिल्लो, पिरो र मसलाले भन्दा पनि हाम्रो नेपालीले चै धेरै खानाले हामी नेपालीहरुको पेट लाग्ने समस्या र परिणाम सवरूप, रक्तचाप, मधुमेय, र हृदय रोग आदि समस्या ले पिरलेकोहो |
म पनि युरोपमा बस्दै आयको छु, नेपाल जादा म हाम्रो खाना र युरोपको खानाको दाजो गर्छु, र नेपाली खाना एकदम पोसिलो र सबै कुरा मिलेको लाग्छ, जस्तो कि नेपाली खानामा पनि भात (carbohydrate), दाल(Protein), हरियो साग र मौसम अनुसारको तरकारी र अचार(salad), दहि, दुध, प्रसस्तमात्रमा हुन्छ | तर युरोपमा बस्ता कैले पिज्जा, कैले sandwich , पास्ता, आदि नै प्रमुख खाना हुन्छ जुनम़ा प्रायजसो मासुको मात्र ज्यादा र सागसब्जी एकदम कम हुन्छ जसले गर्दा balanced diet पुग्दैनकि भनेर मलाई चिन्ता लागिराकछ | तर यहाँका मानिसहरु थोरै खान्चन, जस्तो कि यहाँ येऔत पिज्जा ले lunch वा dinner हुन्छ तर नेपाल मा पिज्जा त खाजा मात्र हुन्छ , भात नखाए सम्म चित्त बुज्दैन, भर्कर बजार बाट २ प्लेट मोमो बजाको छ भने पनी घरको एक थाल भात न खाई चित्त बुज्दैन | तेसैले नेपाली को समस्या धेरै भात खानु हो |
जस्तोकि जापानको ओकिनावा भन्ने टापूको मानिसहरु बिस्वम़ा सबैभन्दा धेरै लामो आयु भाको मध्येका पर्छन, एक अनुसन्धानले के देखायो भने ओकिनावाका बासिन्दाहरुले आफ्नो भागको ८०% मात्र खादा रहेछन, एसको मतलब टन्न पेट फ़ुतुञ्जेल, कोची-कोची, थपि-थपि, थालका-थाल भात नेपालीले जस्तो खानु आस्वस्तकर हो र अलि पेट खाली हुदा र अलि खाऊ-खाऊ लाग्दा नै उठ्नु पर्छ |
हामी नेपालीको खाना त राजशी टाठ-बाठको छ, दिनको ४-५ पल्ट टन्न पेट भरि भरि खानु, खाजाम़ा पनि चाम्रे, मम, चौमीन, हलुवा अनि तेस्माथि २ थाल भात, ए बाबा ठाकुरे हो !!
त्यै त यत्रो असि प्रतिशत खायर उठ्ने!
थालमा भयको स्वात्तसुत माखा चिप्लिने गरि भ्यायसि अझै एक पटक कट्टु तानेर सालीको हात बाटी र अर्कोपटक बेल्टको घर सारेर सासुको हात बाटी थपेर हसुरि भुडी भित्र छेउ छाउमा भयको हावा अचेतिएर घाती फुलाउदै मुख बायर ध्याउऊऊ गर्दै बाहिर सुन्नेको कान् र सुघ्नेको नाकामा छेड नहाने सम्म न ज्वाइको उठ्ने ध्याउन्न हुन्छ न ससुरो उठ्न दिन्छ गाठे!
अनि यत्रो असि प्रतिसत मात्र खाने, संविधानले नै नदिएको कुरा गर्छ यार!
सबै कुरा राम्रो छ, अन्तिम तिर आएर “हरियो खुर्सानी टोक्नु भएन” भनेर किन भन्नुभा’को हो बुझिएन, मैले जानेसम्म हरियो खुर्सानी स्वस्थकर नै हो, तेस्को बेफाइदाको बारे अहिलेसम्म सुनेको छैन / सुकेको खुर्सानीको धुलो बरु हानिकारक हुनसक्छ (मिसावटको कारणले).
शाकाहारी हुनु पनि अर्को उपाय हो स्वस्थ रहनको लागि: यसले बातावरण प्रदुषण पनि कम गर्छ, कसरी? एक किलो कुखुराको मासु तयार गर्न कति दाना, पानी अन्न अनि श्रम लाग्छ बिचार गरौ, अनि त्यो कुखुराको भुत्ला देखि अन्य फ्याक्नुपर्ने कुराले कति फोहोर गर्छ? बर्डफ्लु र अन्य रोगहरु त छदैछन/ यसैलाई आलुसंग तुलना गरौ: एक दुइ किलो आलु फलाउन कति संसाधन चाहिएला?
धन्यवाद सिर्जन जी, हरियो खुर्सानी को बारेमा एकचोटी गुगलमा हेर्नु होला कतिको असर गर्छ अनि कतिको फाइदा गर्छ हरियो खुर्सनिले
हो ,थोरै खादा फाइदा गर्छ तर हामीले खाने जस्तो खादा पेटमा अल्सर , अनि कोलोनी क्यान्सर समेत गराउन सक्छ
कृष्ण जी,
तपाइले भनेझै गूगलमा खोजि गरे, तर एउटा अपुष्ट समाचार (Yale University)बाहेक केहि भेटिएन / भरपर्दो स्रोत छ भने लौ न भन्नुस / म त हरियो खुर्सानी टोक्ने मान्छे परे, कुरोको चुरो पत्तो लाउनै पर्यो लौ ….
होइन, येदि अल्सर छैन भने त् हरियो खुर्शनि ले त फाइदा नै गर्छ क्यारे!!!
गुरु हरियो खुर्सानिले क्यान्सर को सेल हरु मार्दछ!
आखा तेजिलो पार्दछ!
श्रबण शक्ति ब्रिद्दि गर्दछ!
यो मैले भन्या हो ल लेखेर राख्नुस!
अब पेटमा पहिलेनै अल्सर छ भने तेसलाई चाहि पिरोले अलि चर्को बनाइदिन सक्छ!
तर तेसो भनेर भेट्टायो भने एककिलो एकै पटक झ्वाम चाहि नापार्नुस नि फेरी!
http://news.bbc.co.uk/2/hi/6244715.stm
ापान जस्तो राम्रो भए पनि कुनै पनि नेपाली लाई जापान न आउन सल्लाह दिन्छु म किनकि कुल्ली काम गर्न जापान आउनु भन्दा नेपाल मा नै बस्नु बेश …. ापानमा नेपालीको दुख बाहिर समाचार मा मात्र नआएको हो तर धेरै नै गारो छ नेपाली को लागि जापान मा…
रबिन जी, जसले मिहेनत गर्छ तिनीहरुले राम्रै गरेका छन् जापानमा जस्तो लाग्छ
सबै भन्दा पहिले त् भाषा राम्रो हुनु पर्छ राम्रो हुनको लागि जापानमा, जसले राम्रो बोल्न जान्दैनन्, अनि जसले उही नेपाली पारा ले नै काम गर्न खोज्छन भने पनि तिनीहरुको लागि राम्रो छैन
तपाइले भनेकै जस्तो हो भने, यहाँ लाखौं बिदेशीहरु नहुनु पर्ने हो नि हैन र?
पहिले आफुले आफैलाई मुल्यांकन गरौ आफु कति सम्मको सछ्यम छु भनेर
कुल्ली काम गर्ने त मैले कोहि नेपाली देखेको छैन हो।
तर दुःख पाउने पनि पक्कै नभएको होइन।त्यो पनि प्राय नेपालीले नै धोखा दिएर हो।
डेस्क वर्क गर्ने पनि धेरै छन् मित्र नेपाली। टोकियोमा मैले चिनेकै १०औ जना छन् हो।
अफिसर लेभलका व्यक्ति पनि भेटेको छु।
कुरा के बुझ्न पर्यो भने जापानी भाषा चाहिं चाहियो टप लेभलको अनि मात्र हुन्छ स्ट्टयाटस
कि अंग्रेजीमा हुनु पर्यो फ्लुयन्ट।
रोबिन थापा,
येदि मैले चिनेको थापा काजी तिमिनै हो भए तिमि स्वार्थी मान्छे हौ .
आफु चै आएको तीनमहिना आफ्नै बिद्यालय को मिसलाई बिहे गरेर घर्झम गर्ने अनि अरुलाई चै जापानमा नाउ भन्ने….. how it come? हो जापान मा आएर आएर दुख पाउने हरु धेरै छन् त्यो सबै नेपाली दलाल (मानब तस्कर ) कै कारण ले गर्दा हो…. यहाँ मिहिनेत गरेर Japanese and multi national कम्पनी राम्रो कम गर्ने हरु धेरै छन् ..जसले मिहिनेत गर्छ उसले परिश्रम को फल पाउछ नै …
अनि लेखक ज्यू, हो हद सम्म तपाइको लेख मा सत्यता छ तर जापानिज हरु पनि धेरै चिल्लो खाना खान्छन् ( तेन्पुरा(てんぷら), कारगे (から揚げ) etc … अनि ओसाके (रक्शि) चै कति खान्छन् त्यो चै शुक्रबार को बेलुका ८ बजे देखि १२ बजे को यामनोते line मा ट्रेन चद्नुस अनि थाहा पाउनु हुन्छ …
हाम्रो नेपाली खाना पनि balance मिलाएर खाएमा हानिकारक छैनन ..
कुरो सहि होl खाना मात्र नभई दैनिकीले पनि मानिसको आयूमा केहि प्रभाव पार्दछ र बातावरण पनि मुख्य कुरा होl जापान मात्र नभई द.कोरियाको पनि यस्तै देख्न सकिन्छl
धेरै धनि भए ब्लड प्रेसर र चिन्ता ले मान्छे को आयु घटाउछ, धेरै गरिब लाइ प्रोटिन न पुगेरै कुरा गडबड हुन्छ |
नेपाल मा धनि धेरै धनि बा दिनहु झन धनि हुने , गरिब झन गरिब हुदै उठी बास हुने आर्थात अर्थतन्त्र क्रयश भएको मुलुक हो |
हाल आएर मध्यम बर्ग को अलि बिकास ले कुरामा सन्तुलन ल्याउन खोज्दै छ |
यद्द्यपि लेख सुचना मुलक , राम्रो छ तैपनि कसरि खानेकुरा खाने भन्दा पनि के खाने नेपालको मूल समस्या हो | केहि उपाय छन् |
१)
तपाइको लेख ले भान्सामा तेल नुन रेडी , फ्रिज मा काउली , मासु ,माछा , तोफु ,घ्यु , फलफुल ,साग रेडी भएको बर्ग लाइ यो खाने कि त्यो खाने सिकाउछ |
दिनहु सिस्नु को साग मात्र खान बाध्य , मासु खान दसैँ पर्खन पर्ने नेपालि ले के गर्ने ?
हाल आएर थारुको मागे महोत्सब हेरेर केहि कुरा मन मा आयो | सबै जात ,जाति ,जनजातिको को फुड महोत्सब देश भर् गर्नु पर्यो सर्ब सुलभ प्रोटिन ( मुसा, घुङ्गि लागायत ) करेसामा खेर गएका बिभिन्न झार पात जसलाई सागको रुप मा प्रयोग गर्न सकिन्छ अन्वेसन गर्नु पर्यो | आज नेपालि सन्सार को कुना कुना पुगेर धेरै जानेको अबस्था छ तेसैले येस्ता महोत्सब धेरै जानकारी मुलक हुन् सक्छ |
सन्तुलित खान पाए आयु त् तेसै बढ्ने नै छ |
२)
मन को शान्ति स्वास्थ को लागि धेरै आवस्यक कुरा हो | देश मा संबिधान बने ,सिस्टम बसे , बिकाश भए आम नेपालि को भान्सामा मा गतिलो खाना पुग्छ |
पहिले पहिले तालु खुइले कांग्रेस हरु झोला बोकेर बि पी को सपना को कथा सुनाउने गर्थे
” हरेक नेपालि को सानो घर होस् , घर पछाडी गोठ होस् , गोठ मा दुध दिने गाइहोस रे ”|
दुध त् आफुहरुले नै खाए २,४ चोटी सत्तामा पुगेर कमसे कम तेत्ति कुरा पुगेको भए पनि नेपालि को औसत आयु अलि बढन सक्थ्यो | आजकाल रेडियो ,टि बि धेरै भएर होला सपना हरु पनि होल सेल मा आउँन थाले |
के पी ले हात मा ब्रान्डी को बोतल लिदै बोल्यो देस सिंगापुर ब्नाइदिञ्छु |
त्यो देखि रहेको देश को देश को मुसा हरु बाबुराम ,प्रचण्ड दुलो बाट निस्कदै खोके
हैन हामि त् स्वित्जर्ल्यान्द नै बनाइदिञ्छु | यथार्थ मा
समानुपातिक सीट किन बेच हुदै जादा देश ? ? बन्ला सहजै आकलन गर्न सकिन्छ |
तारा पुर् स्टेसन मा विकिरण चुइयेर प्रदुसित पानि मा पालेर इन्डिया मा न खाइयेका माछा हरु , इन्जेक्सन ठुसेर पकाइयेका हाजिपुर का केरा हरु , अर्जिमोना मेक्सिकाना मिसाइयेका तेल , अमेरिका र युरोप मा बनेर प्रयोग का लागि नेपाल मा भित्रिएका एन्टी भाइरस ,सुइ हरु ( समरण रहोस केहि परिबार नियोजन को औसधि अमेरिका ले नेपालि जनता मै पहिले प्रयोग गरेको हो, खैरेले ,धोतीले नेपाल सरकार लाइ तेसै पैसा दिन्न धर्म प्रचार गर्न देउ , इन्डियन लाइ आरक्ष्याँन देउ अनि पैसा दिन्छ , तेसैले सित्तैमा दिएको लिनु पनि हुन्न अब कल्पना गरु सित्तै मा पैसा , नेताको अनुहार ! के यो सम्भब छ ? )
?? मिसाइएको गुदपाक हरु को प्रकोप बाट नेपालि लाइ पहिले मुक्ति गर्न पर्यो |
मैले सुने अनसार मर्ने बेलामा हरियो काक्रो खायो भने राम्रो हुन्छ !! सारै राम्रो लेख को लागि धन्नेबाद
” हरियो खुर्सानी टोक्नु भएन ” खुर्सानीमा जत्तिको भिटामिन ए त केहि मा पनि पाइदैन ; संसार मा धेरै जसो जसले जे फ़लौछ तेही खान्छ ; युरोप मा स्थानीय मसला को नाम मा मरिच मात्रै खान्छन किन कि त्यो येह को हो अरु त फले पो खानु ; अरु सबै इम्पोर्ट गर्न पर्नी भएका ले अलि अलि खान्छन ;
French cuisine हो संसार मै प्रख्यात तेस्मा नि अलि अलि मसला मिसौछन अलि कति तेल नि हल्छन मासु त मुख्य कुरै हो ; बरु खाने कुरा सुद्ध हुन् पर्यो यो र त्यो नखाने भन्ने हुन्न ; येस्ता बकम्फुसे गफ दिने :
अभि जी, एकचोटी गुगल मा हेर्नु होला कतिको असर गर्छ अनि कतिको फाइदा गर्छ हरियो खुर्सनिले
हो थोरै खादा फाइदा गर्छ तर हामीले खाने जस्तो खादा पेटमा अल्सर , अनि कोलोनी क्यान्सर समेत गरौन सक्छ
अभि जी,
मैले सुनेको त हरियो खुर्सानीमा भिटामिन ‘सी’ पो धेरै हुन्छ रे त / तेइ भएर धेरै खुर्सानी चपाएपछि मान्छेहरु सी सी गर्न थाल्छन 🙂 यो चै भयो ठट्टा, तर साच्चिनै खुर्सानीमा भिटामिन ए र भिटामिन सी धेरै हुन्छ, भिडे खुर्सानीमा पनि हुन्छ तर पिरो को भन्दा अलि कम / तर भिडे खुर्सानी धेरै खान सकिने भएकोले धेरै भिटामिन भिडे खुर्सानीबाट प्राप्त होला, हैन? बिशेष गरि रातो जातको (काचोमै रातो हुने) भिडे खुर्सानी, यहाँ तल हेर्नुस –
Vitamins in bell peppers (DV = Daily Value)
Nutrient Green Red Yellow
Vitamin A 12% DV 105% DV 3.6% DV
Vitamin C 137% DV 292% DV 282% DV
Beta Carotene 340 mcg 841 mcg 110 mcg
हरियो तरकारी जसलाई भिटामिनको श्रोत मानिन्छ तर नेपालका शहरी भेगमा भने यिनै हरियो तरेकारीको माध्यम हुदै सिधै भान्सा सम्म बिषादी पुगेको हुन्छ / चाहेर पनि स्वस्थ खाना खान पाइदैन / नेपालको बजार व्यस्थापन हेर्ने हो भने हेल्थ मेन्टेनको कुरा त प्राय असम्भव नै छ / खुट्टामा लगाउने जुत्ता एसी भयको पसलमा बेचिन्छ भने तरकारी फलफुल फ़ुतपातमा धुलो र धुवाको बिचमा झिंगा लाइ सुरक्षा नै प्रदान गर्न दिय जस्तो गरी बच्ने गरिन्छ / धन्यवाद यहालाई जापानिज स्वस्थ जीवन शैली हाम्रो माझ राख्नु भयो /
Raw Fish khayo bhane chherpatti lagchha
DANGERS OF RAW FISH
According to the United States Food and Drug Administration (FDA), seafood should be cooked thoroughly to minimize the risk of foodborne illness. Possible health complications you may face if you ingest a parasite found inside the raw fish you’re eating include:
Nausea
Vomiting
Diarrhea
Tapeworm (roundworm, flatworm, etc.)
Symptoms of food poisoning
Parasites, like roundworms, can burrow in your stomach lining and cause further discomfort, pain and inflammation. If you experience severe symptoms after eating raw fish, like sushi, you should seek medical assistance immediately.
“पिरो मसलादार” खाना खाएर नराम्रो हुन्छ भनेर संसार को कुनै पनि research द्वारा पत्ता लागेको छैन . यो सरसर नपढेको मान्छे लै मुर्ख बनाउने काम हो
लामो आयु बाच्नु भन्दा पनि जति बाचिन्छ सकेसम्म शारीरिक र मानसिक रुपमा संतुष्ट भइ बाच्न सक्नु ठुलो कुरा जस्तो लाग्छ| यद्दपि सोको लागि अध्यात्मिक चेतना साथ् साथ् तपाइंले भन्नुभएको जस्तो जीवनशैली परिवर्तनले मद्दत भने पक्कै गर्छ|
अँ, अनि, त्यो दोश्रो अन्तिम (सेकन्द लास्ट ) प्याराग्राफको ” हरियो खुर्सानी टोक्न भएन” भन्ने सुझाव चाही अलि चित्त बुझेन| हरियो खुर्सानी को बेफाइदा आफ्नो ठाउँमा होला तर कति रिसर्च हरुले हरियो( वा रातो तर नसुकेको) खुर्सानी विभिन्न रोगको लागि फाइदाजनक रहेको पनि देखाका छन् है| बरु धुलो र सुकेको खुर्सानी चाही नखानु भनेको धेरै पत्र पत्रिकाहरुमा पढेको छु |
जापानिजहरु आधुनिक जीवन शैली र सन्तुलित भोजनको कारण स्वस्थ र लामो समय सम्म बाच्छन् भन्नु भो, तर त्यहि आधुनिकता को कारण जापान संसारकै सबै भन्दा उच्च आत्महत्याको दर भएको देशहरु मध्येमा पर्ने यथार्थ पनि (http://en.wikipedia.org/wiki/Suicide_in_Japan) भन्न खोज्नु को मतलब लामो आयु बाचेर पनि ज्यादा जापानिजहरु खुसि र सुखी छन् कि छैनन ? हामी कम बाचेर पनि खुसि छौ कि छैनौ, त्यता तिर पनि अलिकति घोत्लिने हो कि ?
आत्महत्याको बारेमा कुनैदिन विश्लेषण गर्नेछु
हुन त राम्रै लेख हो —तेइपनि हाम्रो स्थिति एस्तो छ कि .. हामी संग कलकल बग्ने खोलानाला छन् खानको लागि—बाग्मती,विष्णुमति,टुकुचा,धोबीखोला …..अनि २४ सै घण्टा पानी आउने धारा छ….दिन मा दुइ पटक नुहाउन को लागि …. हामीले खाने खाना संग प्राय दाल, तरकारी र अचार मात्र हुन्छ भने यिनीहरु खाने खानामा सन्तुलन मिलाइएको हुन्छ—-तेती मात्रै पानी खान पाए भाग्य हो ….!!!
निरोगिता र दीर्घायु को निमित्त –
जोड दिनै पर्ने केहि कुरा यी हुन्-
प्राकृतिक खानपान र रहनसहन ;कुनै पनि अतिबाट बच्ने ,
कृत्रिम तरिकाले आकर्षक बनाइएको खाद्य र पेय लाइ सके सम्म ग्रहण नगर्ने;
खास गरी साना बच्चाहरुलाइ ‘तयारी र सजिलो’ टिफिन बाट अलग्ग राख्ने;
जैविक प्रोटिन को सत्ता मा अन्य उत्तम स्रोत हरुलाई प्राथमिकता दिने ,
जस्तो – सोयाबिन बाट बनेका विविध खाद्य र सुकेका फलहरु (Dry Fruits) ;
चारखुत्तेको मासुको ठाउँ मा पखेते र जलचरको प्रयोग गर्ने.
प्राय कुरा झुट | लेखक जापानमा नया जस्तो छ | बाहिर राम्रो देखाउने भित्र कुहेको हुन्छ जापानीहरु, बुझ्न समय लाग्छ | म १० बर्ष देखि जापानमा बस्छु |
१. जापानीहरु कसैले कहिले पनि बिहान नुहाउंदैनन् | दांत समेत काममा गएरमात्र |
२. मरमसला नपाएर हो, नेपाली इन्डियन रेस्टुरेन्टमा मसलेदार खाना कहिले काहीं खाए भने क्या मिठो भनि तारिफ गर्छन | मसला किनेर लैजान्छन |
३. बिमारी हुँदा मात्र क्लिनिक वा अस्पताल जान्छन | जापानको स्वस्थ सेवा क्यानाडा युरोपको भन्दा धेरै तल पर्छ |
४. गाडी नहुनेमात्र रेल चढ्छन् | सफा भने सफा छ |
५. जापानमा ५ जनामा १ जना कुनै न कुनै प्रकारको क्यान्सर पीडित छन् | क्यान्सरले सब भन्दा बढी मान्छे मर्ने जापान मा हो |
दिनेश कडेल जी, मा पनि भर्खरै आएको हो जापान, ७ बर्ष जति भएछ
तर एकचोटी जापानको बारेमा इन्टरनेट मा खोजेर हेर्नु भए, मैले लेखेका कुरा हरु कति सहि छन् या गलत छन् त्यहाँ बाट प्रमाणित हुन्छ
१ जापानीहरु दैनिक नुहाउने गर्छन , एक चोटी ध्यान दिएर हेर्नोस भोलि कतै जादा
२ मरमसला को बारेमा, जापानीहरु हो खान खोज्छन तर , भारतको बिश्वास मा मसालमा के मिसिएको छ भन्ने कुरा अहिले सम्म खोजेका छैन यदि थाहा पाए भने भोलिपल्ट देखि खान छोड्नेछन्
३ अलि बृद्ध ब्रिद्दा लाई एकचोटी गएर एकचोटी सोध्नु होला
४ गाडी हुनेले नै हो ट्रेन छाड्ने दिनेश जी, त्यसो भए टोकियो काम गर्न जाने सबैले गाडी मा जानु पर्ने हैन र ? अनि किन ट्रेन बिहान रस आओर मा त्यति कोचाकोच भएको होला है ?
५ कुनै तथ्यहीन भनाइ ….
कतिकुरा इन्टरनेट मा भरपर्नु हुन्छ कृष्णजी
तपाइका आधि कुरामा सत्य छन् बाकि कुरा नेटमा हेरेर लेख्नु भए जस्तो लाग्यो .सबै कुराको प्रमाण नेटमा खोज्नु कतिको ब्यबाहरिक्ता छ त्यो पनि सोच्नु होला
जापानका बाकि कुरा बुझ्न तपाइलाइ अझै समय लग्छ तर उनीहरुका अनुसरण गर्नु पर्ने राम्रा कुरा पनि छन् राम्रा कुरा अनुसरण गरौ नराम्रा कुरा खोतल्न तिर नलाग्दा नै बेस होला . कुनै मानिस कुनै समाज सबै कुरामा पर्फेक्ट हुदैन . पर्फेक्ट कुरालाई लिदा राम्रो होला
योगेश जी को कुरा मलाई चित्त बुझ्यो! पाँच लाइक हान्द्या छु है! हुन् पनि हो, किनभने सबै समाज, सबै मान्छे, सधै पूर्ण हुँदैन! राम्रा कुरा अरु बाट, सिकौ तर आफ्ना राम्रा कुरा पनि नहुर्याउ है! …………………जदौ,
जे पनि इन्टरनेट र इन्टरनेटबाट हेरेर लेखेको जस्तो छ| तुलना गर्न ठिकै छ तर आफ्नो व्यवहारिक ज्ञानको आधारमा अलि रिसर्च गरेर लेखेको भए राम्रो हुने थियो|
खोइ हरियो खुर्सानीले हानी गर्छ भनेर कुन वेबसाईटमा छ? उल्लेख गर्नुभए हुन्थ्यो| खालि एका दुक्काले लेखेको आधारमै भनिदिने| इन्टरनेटमा कसैले कफी बिष हो पनि भनेका छन, त्यसै मानिदिने?
लेखको सार राम्रो छ, धेरै जे खाए पनि राम्रो होइन, सन्तुलन मिलाएर खानपर्छ|
कँडेल जि मसला नपाएर खाना आएका होईनन् कहिले काही नौलो आनुभव को लागी, नेपाली हरु जस्तो रेष्टुरेन्ट बाट काम सकिने बितीकै सिधै जिउ मा तरकारी को बास आउने गरि टेर्ेन चडेको देखेको छैन बरु आस्पताल मा स्वास्थ जाच गर्ने को भिड देखेको छु, शहरी छेत्र मा पार्किङ एरिया को अभाव ले गाडी नकिन्ने धेरै छन् साईकल् चड्ने धेरै छन स्वास्थ को लागि हामी जस्तो रिन गरेर भए पनि गाडी होईन सान को लागी
कंडेलजी,
फुलको आंखामा फुलै संसार, कांडाको आंखामा कांडै संसार…….१० बर्षसम्म तपाईको संगत राम्रो जापानीसंग भएन जस्तो लाग्छ। मैले थाहा पाएसम्म बर्षमा कम्तिमा २ पल्ट केही नहुंदा नि पुरै स्वस्थ्य परिक्षण गर्छन जापानीहरुले। अनि, जापानमा गाडी किन्नु उनीहरुको आम्दानीको हिसाबले धेरै ठुलो कुरो होईन भन्ने पनि थाहा नभएको जस्तो लाग्यो।
दिनेस जी
म र तपाईं सँगै जापान आएका रहेछै १० वर्ष अगाडिं तर तपाईंलाई भाग्यले ठगेछ,
गलत जापानीसंग गलत वातावरण मा बस्न वाध्य हुनु भएछ। मिल्छ भने साथी अनि वातावरण फेर्ने कोशिश गर्नुहोला।