-कविन्द्र पान्डे/फ्लोरिडा-
एक हप्ताअघि फेसबुकमा एक जना साथीले नेपालको एउटा भिडियो पोस्ट गरेका थिए। कहाँको हो, प्रष्ट थिएन। तर सहरनजिकैको गाउँको दृश्य जस्तो लाग्छ। झगडाको दृश्य थियो त्यसमा। एक हुलले दुई तीन जनालाई लौरोले बेस्कन लखेटी लखेटी चुट्दै थिए। पुलिसमात्र हैन, गाउँलेहरु पनि मूकदर्शक थिए। तमासे बनेका थिए। (भिडियो भित्र छ, हेर्नुस्) भिडियो देखेर म निकै विचलित भएँ। अनि जंगल राज भएको देश भन्दै नेतादेखि जनतासम्म सबलाई ठोकेर लामै कमेन्ट लेख्न पुगेछु। मनको भडास पोखेर कमेन्ट लेखेर सुत्न त सुतेँ। भोलिपल्ट उठ्दा दर्जनभन्दा बढी रिप्लाइसहितका नोटिफिकेसन रहेछ। त्यो पढ्दै पारो तात्दै जाँदा झण्डै काममा जान ढिला भयो। ‘अमेरिका चाहिँ खुब सुरक्षित छ भन्ने ठानेको?’, ‘अमेरिकामा भए गोली ठोक्थे गोली’, ‘तिमेरुको अम्रिकामा चाहिँ स्कूल कलेजमा नरसंहार भएको छैन?’ आदि इत्यादि प्रश्नले भरिएका थिए। आज म बसेकै देशमा भएको एउटा घटनाले उनीहरुका अगाडि म फेरि कमजोर साबित भएँ। आज यहाँ फिल्म हलभित्र मोबाइल चलाउँदाको झगडालाई लिएर गोली चल्दा एक जनाको मृत्यु भयो।
भएको के रहेछ भने वेस्ली च्यापलको टाम्पा सबर्बमा रहेको एउटा हलमा रबर्ट रेडफोर्डको फिल्म लोन सर्भाइभर चलिरहेको रहेछ। भूपू प्रहरी कर्टिस रिभ्स आफ्नी श्रीमतीका साथ फिल्म हेर्न हलमा पुगेका रहेछन्। उनको अगाडि चाड उल्सन र उनकी श्रीमती रहेछन्।
उल्सनले हलमा फिल्म चलिरहेको बेला मोबाइल फोन चलाएछन्। फोन पनि फेरि छोरीलाई एसएमएस गर्नलाई मात्रै निकालेका रहेछन्। ओए फिल्म चलिराबेला मोबाइल नचला त भनेर थर्काएछन् उनले। सवालजवाफ भएछ। तँलाई पख्लास् भन्दै रिभ्स हलवालालाई कम्प्लेन गर्न पुगेछन्।
कम्प्लेन गरेर फर्किएका बेला उल्सनले म त मेरी सानी छोरीलाई मेसेज पठाइरहेको थिएँ, तैँले कम्प्लेन गर्न गइस् भनेछन्। फेरि चर्काचर्की भएछ र उल्सनले रिभ्सलाई पपकर्नको ब्यागले हानेछन्। त्यसपछि रिभ्सलाई सहिनसक्नु भएछ र अटोमेटिक ह्यान्डगन निकालेर ठोक्देछन् ड्याङ्ग ड्याङ्ग। उल्सनकी पत्नी निकोलको पनि हातमा गोली लागेको छ।
२५ जना थिए हलमा। सबै परिवारका साथ आएका। सब आतंकित भए।
मलाई याद छ नेपालमा हलमा फिल्म हेर्न जाँदा मलाई मेरो ब्यागमा भएको बिस्कुटको एउटा प्याकेट समेत निकाल्न लगाइएको थियो। तर यहाँ त बन्दूकै बोकेर हलभित्र छिर्दा पनि कसैलाई थाहा नहुने रैछ। अझ सामान्य विवादमा गोली हानी मान्छे समेत मारिदिने रहेछन्।
आजै फेरि अर्को घटना पनि भयो। न्युमेक्सिकोको एउटा स्कूलमा गोली चल्दा तीन जना घाइते भए। घाइते मध्ये दुई जना स्कूले विद्यार्थी रहेछन्।
घटना सुन्ने बित्तिकै मलाई लाग्यो, यो कस्तो अमेरिका हो धत् !
यस्ता घटनालाई अपवाद भनेर पन्छिन बिल्कुल मिल्दैन। किनभने अमेरिकामा व्यक्तिगत सुरक्षाका लागि बन्दूक राख्न दिइन्छ। बन्दूक तरकारी किने झैँ पसलमा किन्न मिल्छ।
माथिको घटनामा त एक जनाको ज्यान गयो। तर सनकको भरमा गोली हानेर धेरैको ज्यान लिने घटना धेरै भएका छन् अमेरिकामा। यस्ता घटना घट्दै हैन तीन गुणाले बढ्दै छन्। सन् २००६ यता हरेक दुई हप्तामा एउटा यस्ता घटना हुने युएसए टुडेले जनाएको छ। यहाँ हेर्न सक्नुहुन्छ विस्तृत बन्दूक नियन्त्रण गर्न कुरा उठेपछि यहाँका सांसदलाई धम्क्याइन्छ, फकाइन्छ। बन्दूक नियन्त्रणको पक्षमा लेख्ने पत्रिकालाई गालीगलौज गरिन्छ।
व्यक्तिगत सुरक्षाको ग्यारेन्टी गर्दा यहाँ झन् व्यक्ति असुरक्षित छन्। भिडभाडमा कुन चाहिँ सनकीले गोली हानेर सबलाई भुटिदिने हो, थाहा छैन।
नेपालमा पनि गोली चल्ने घटना नभएका हैनन्, तर अपवादका रुपमा भएका छन्। एकै जना सनकीले गोली चलाएर धेरैको ज्यान लिएको घटना चाहिँ राजदरबार हत्याकान्डपछि खासै सुनिएको छैन।
जन्मभूमिभन्दा कर्मभूमि अमेरिकालाई माया गर्ने धेरैलाई मैले यस्तो लेखेको देखेपछि पारो तात्यो होला। उनीहरु आफू संसारकै सबैभन्दा सुरक्षित देशमा छौँ भनी साथीहरुलाई गफ दिन नपाइएला भनेर डराएका होलान्। तर म त्यो भ्रमबाट मुक्त भइसकेँ। सुरक्षा असुरक्षा सापेक्षिक रुपमा हेर्नुपर्छ। नेपालका धेरै सहर र गाउँ सुरक्षाका हिसाबले अमेरिकाका धेरै सहरभन्दा शान्त छन्। अमेरिकाको जस्तो बन्दूके आतंकबाट नेपाल सुरक्षित नै छ।
तरै पनि विदेशमा बसेर नेपाललाई नै गाली गर्न चाहनेहरुले यो भिडियो हेरे हुन्छ, जुन भिडियो हेरेर मैले एक हप्तामात्रै अगाडि नेपालका साथीहरुलाई लक्षित गर्दै खुब गाली गरेको थिएँ।
[यो ब्लग अमेरिकाबाट माइसंसारका पाठकले पठाएका हुन्। तपाईँ पनि विविध विषयमा आफ्नो भोगाइ यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]
अमेरिका को मूल समस्या भनेको मानसिक रोग हो | ४ करोड भन्दा बढी मानिस लाई विभिन्न किसिमको मानसिक समस्या छ | डिप्रेशन, अनिन्द्रा र अन्य मानशिक रोगले ग्रस्त छन् | त्यसकै नतिजा हो सनकी घटना हरु | Nepal मा हुने समस्या शारीरिक आवस्यकता को छ अमेरिकाको मानसिक स्तर को | नेपालको मान्छेलाई जति समस्या भए पनि सुत्नलाई क्याप्सुल खानु पर्ने अवस्था छैन | मान्छेमा मिठो हाँसो अहिले पनि देखिन्छ | त्यसैले Nepal बाट America जानु भन्या एउटा समस्या बाट अर्को समस्या मा छिर्नु हो |http://www.cdc.gov/features/dsdepression/
पोहोर साल बराक ओबामाको (Democratic) पार्टीले माथिल्लो सदन, सेनेटमा उठाएको गन कन्ट्रोल बिल पास हुन् सकेन,National Rifle Association (NRA) को पैसा/strong lobby र रिपब्लिकन पार्टीको असहयोगको कारण! So bad!
त्यो तेस्तो हुदैमा एस्तो लेख्न भएँन नि , तेत्रो मानिस बसेको देशमा एस्तो एकाध घटना हुनु नौलो हैन | तेस्तो घटना इन्डिया मा कति त् बाहिर नै आउदैन , नेपाल मा अकाल मा भिर बाट खसेर , अपहरण ,हत्या आदिबाट कतिको मृत्यु हुन्छ ?
स्वतन्त्रता र समानता चरम सीमामा फ़र्फ़राएको देश अमेरिका हो|
सबै अर्थमा विधिको शासन भएको देश हो|
जाति, भाषा, धर्म इत्यादिको आधारमा कसैले हेप्न पाइंदैन|
अमेरिकालाई बेस्कन घोक्रो फुलाई फुलाई गालि गर्नेहरु पनि मौका पायो भने अमेरिकामा बस्न चाहन्छन वा त्यही स्तरको स्वतन्त्रताको चाहना गर्छन|
हिलारी क्लिन्टन फस्ट लेडी भएका समयमा पर्यटन उदेश्यले छोरीसंग नेपाल भ्रमणमा आएकी थिईन| चितवनमा केही दिन बिताए| सो भीआईपी भ्रमणलाई प्रयोग गरेर अझ पर्यटन प्रबर्धन गर्न छैन, पुँजीवादी मुर्दावाद के के भन्ने? उबेला माकुने परराष्ट्र मन्त्रि थिए, भारतमोहन अर्थ मन्त्रि | बामदेव पनि थिए| उनी आउँदा दुनिया भरिको पुँजीवादी देश भन्दै गालि गरेर प्लेकार्ड लिएका पुरुष र महिला एमाले कार्यकर्ताहरुको लाम लस्कर एअरपोर्ट देखि एभरेस्ट होटलका बाटोमा देख्ने गरेर उभ्याइएका थिए| त्यो व्यक्तिलाई थियो कि देशलाई? ल हेर्नोस अहिले तिनै दही चिउरे नेताहरुको अमेरिका मोह को ताल! भनेर भनि नसक्नु छ| माथिल्लो तह भनिने नेताका भनाई र गराईमा धुमधाम बेरुझु| आफुलाई कम्य्निस्ट भनेपछि कम्युनिस्ट प्रिन्सिपल नै फलो गरेको भए आज एमाले झाले माले अवस्थामा हुने थिएन होला| के चुनाव जित्नु मात्र यसको उदेश्य हो?
अमेरिकामा केहि विकृतिहरु पनि छन् जुन अति स्वतन्त्रता र समयले पैदा गरेका हुन्|
बन्दुक सहज रुपमा उपलब्ध पनि यस्तै एक हो| तर बन्दुकसंग अमेरिकी स्वन्तन्त्रता संग्राम, भौगोलिक बनौट र व्यक्तिगत सुरक्षा र स्वतन्त्रताको गहिरो सम्बन्ध छ| एउटा मुद्दा बन्दुक उपलब्धिको नभएर सहज उपलब्धि र गन कन्ट्रोलको हो| अर्को मुद्दा हो कस्तो खाले बन्दुक? के आफ्नो सुरक्षाको लागि सेमी वा अटोमेटिक एसल्ट बन्दुक नै चाहिन्छ?
आफ्नै घर नजिकको कुरा हेरौ| नारायणहिटी हत्याकाण्डमा एउटा सामान्य बन्दुक वा पिस्तोल मात्र उपलब्ध भएको भए त्यति ठुलो नर संहार हुन्थ्यो होला?
जे होस् ती बिकृतिहरुमा अमेरिकामा जोडतोडले बहस चल्दै रहन्छ, जब बन्दुक पडकिएर कुनै सनकी र मानसिक सन्तुलन बिग्रेकाले उत्पात मचाउछ तब यो बहस अझ अघि बढ्छ तर बिस्तारै सेलाएर जान्छ| व्यक्तिगत स्वतन्त्रताका पैरवी दिने बाहेक अर्को मूल कारण बन्दुक नियन्त्रण हुन् नसकेको अमेरिकामा बन्दुकको बिशाल रकममा बिक्रि| एन आर ए भन्ने बन्दुक पक्षको एउटा संस्था छ, जसमा बेनहर फिल्म जस्ता हलिवुडका ख्यातिप्राप्त नायक चार्लटन हेस्टनले एकताका नेतृत्व गरेका थिए|
साधारणत रिपब्लिकनहरु बन्दुक स्वतन्त्रताको पक्षमा छन् भने डेमोक्राटहरु नियन्त्रनको पक्षमा| एन आर एन ले बिधायकहरुलाई आफ्नो हातमा पार्ने लबिङ्ग भइनै रहन्छ|
कुनै दिन अति भए पछि बन्दुक नियन्त्रण हुनेछ|
….”कुनै दिन अति भए पछि बन्दुक नियन्त्रण हुनेछ|”…
tamang jee,
Its already too much! Columbine High School shooting, Verginia Tech University shooting, New Heaven Elementary School shooting, Movie theatre shooting,Shopping mall shooting, Shooting to the Rep Gabrielle Geppert….! What more do they need!?
By the way it’s not New heaven elementary Babu ram jee,it’s New town elementary school and not gabrielle Geppert ,it’s Gabrielle Giffords.When you explain the reasons and exhibit examples, at least do some research thoroughly so that the people would know the facts..
Thank you, Vijay jee for correcting me.
The bottom line of the comment is that the shooting spree has victimised/killed people from every aspect of American life: Elementry school through Universaties, ordinary people to representatives.
सन्सार मा कुनै देश एस्तो छैन जहाँ हिंसा नभएको होस्, कुनै देश एस्तो पनि छैन जहाँ मानवता नहोस. जतासुकै छ यी चिजहरु, फरक येत्ति हो कहिँ कहिँ सामान्य जस्तै बनेको छ.
कुन देश धेरै सुरक्षित छ भन्नु भन्दा पनि म सुरक्षित छ कि छैन भन्ने कुरा बढी महत्वपुर्ण हुन्छ. बन्दुक राखेर सधै सुरक्षित हुन्छ भन्ने gurantee त छैन तर नराखे भने चाहिं असुरक्षित हुने confirm छ अमेरिकामा…
कुरो सहि हो तर दुइटा कुरा (१) अमेरिका मा त्यो गोलि हान्ने मान्छे कि त मृतु दण्ड पाउछ कि जिन्दगि भर् जेल मा बस्छ तर नेपाल मा त्यो नेता बन्छ र संसद बन्छ (२) अर्को अमेरिका मा 3D Printer (जसले प्लास्टिक, सिमेन्ट, मिटेल बाट समान बनाउछ ) घर घर मा पुग्न थाली सक्यो | जति कडा कानुन बनाए पनि अब अमेरिकन ले घर मै बन्दुक र गोलि बनाउन सक्ने भइ सके एसले झन असुरछित बन्दै गएको छ | तर तही बन्दुक को कारण ले आपरादी हरु डराउने भएकोले धेरै अपराद पनि कम भेयेका छन् | ो यो अमेरिका को आज को गम्बिर बिसय हो |
प्रकाश् महोदय कुनै कुराको राम्रो ज्ञान छैन भने नबोले कै राम्रो लाइसेन्स नदिने देश यु ये इ नभएर साउदी अरब हो बोल्न पायो भनेर जे नि नबोल्ने हो कि????
ायद म गलत पनि हुनसकछु ,तर मेरो अनुभवमा होङ्ग्कोङ्ग जति सुरक्षित देश संसारमा Kahin पनि छैन .पुलिस प्रशाशन स्वच्छ छ ,
अमेरिका नेपाल भन्दा कहिओउ गुना ठुलो छ र सबै ठाउँ अशुरछित छैन भन्न मिल्दैन ,कुनै शहरमा मान्छे घरमा कहिलै चुकुल लगाऊदैनन् तर हिंसा त के चोरी पनि हुदैन मतलब अमेरिका संसारका सबै खाले मान्छे अटाउने ठाउँ हो खाली कस्तो इज्जत छ र त्यो अनुसार कत्ति धरै सम्पति छ तेश्मा भर् पर्छ ,तेया राम्रो अशल छेमिकीको ठाउमा वा धनीमानी बस्ने इलाका मा बस्ने होड हुन्छ जुन हामी migrate नेपालीको लागि धेरै पहुच बाहिरको कुरा हुन्छ ,येस्तहै हो संसार 🙂
होइन I हौ, चारैतिर राम्रै राम्रो खोजे पछि मान्छेले कसरी चेत्ने? चेतना बढाउनकै लागी पनि समाजमा नराम्रो त हुनै पर्छ I मलाई नेपालीहरुको सबै भन्दा मन नपर्ने चरित्र भनेकै अरुको देशमा गएर त्यही देशलाई नराम्रो देख्नु हो I हामी नेपालीहरु आफुलाई ज्यादै महान ठान्छौ, तर हामी कति महान छौ भन्ने कुरा विदेशमा आफ्नो देशमा देख्न सक्नु पर्छ I
असल र खराब को युद्द संसार भरि हुन्छ नेपाल मा समाज नै खराब छ अमेरिका मा एउटा दुइटा मान्छे खराब, दुख पर्दा मद