नेपाल राष्ट्र बैंकले नेपालका धेरै नाफा कमाउने संस्थाहरुमध्येमा पर्ने नबिल बैंक र एनसेललाई नाफावापतको लाभांश रकम विदेश लैजान रोक लगाएको छ। नबिल बैंकमा विदेशी कम्पनी एनबी इन्टरनेशनल र मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा मुख्य प्रवर्ध्नक युरोपेली कम्पनी टेलियासोनेरा रहेको छ। आखिर किन रोक्यो त राष्ट्र बैंकले ती कम्पनीलाई नाफा लैजान ?
राष्ट्र बैंक उच्च स्रोतले दिएको जानकारी अनुसार कानूनी विषय बाझिएको हुनाले लाभांश वितरणमा रोक लगाइएको हो। त्यो भनेको के हो त ?
नबिल बैंकमा चौधरीको लगानी
नबिल बैंकमा विदेशी कम्पनी एनबी इन्टरनेशनलको नाममा उद्योगी विनोद चौधरीको लगानी छ। चौधरीले गत वर्ष सार्वजनिक गरेको आत्मकथामा नबिल बैंकमा एनबी इन्टरनेशनलको नाममा लगानी गरेको स्वीकार गरेका छन्।
नबिल बैंकले गत वर्ष दुई अर्ब २२ करोड रूपैयाँ खुद नाफा गरेको थियो। राष्ट्रब्यांकले पहिलो पटक एनबी इन्टरनेशनको बारेमा चासो दिएको हो। उद्योगी चौधरीले आत्मकथामा नेपालमा कानूनले लगानी गर्न रोकेको हुनाले घुमाउरो पारामा नबिलमा लगानी गर्न सफल भएको बताएका थिए।
नेपालका बैंकहरुमध्ये नबिलले सबैभन्दा बढी मुनाफा गरेको थियो। नबिलले गत आर्थिक वर्ष २०६९/७० को नाफाबाट सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश तथा २५ प्रतिशत बोनस सेयर दिने निर्णय वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ।
सो अनुरुप अन्य सेयरधनीलाई लाभांश बाँड्न नरोके पनि विदेशी कम्पनी एनबी इन्टरनेशनललाई मात्र लाभांश बाँड्न राष्ट्र बैंकले रोक लगाएको हो।
किन त ?
एनबी इन्टरनेशनलको नाममा कसको सेयर रहेको त्यो प्रष्ट नभएको कारण लाभांश वितरणमा रोक लगाइएको राष्ट्र बैंकका उच्च अधिकारीले बताए।
‘विदेशमा लगानी गर्नका लागि नेपालको कानूनले रोकेको अवस्था छ,’ ती अधिकारीले भने,’ किताबमा घुमाउरो पाराले विदेशमा लगानी गरेको उल्लेख भएपछि लाभांश बाँड्न रोक लगाएको हो।’
नबिल बैंकमा चौधरीको एनबी इन्टरनेशनलबाहेक पनि उनको परिवारको नाममा पाँच प्रतिशत सेयर छ।
नेपाली लगानीकर्ताले बैंक तथा वित्तीय संस्थामा १५ प्रतिशतमात्र लगानी गर्न पाउने कानूनी व्यवस्था छ। तर, नबिलमा उद्योगी चौधरीको ५० प्रतिशतभन्दा बढी लगानी छ। ‘नबिलमा एक व्यक्तिको कानूनले तोकेको भन्दा बढी लगानी छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘कानूनी रूपमा एनबी इन्टरनेशनलका लगानीकर्ताको बारेमा स्पष्ट नपार्दासम्म लाभाशं वितरणको लागि स्विकृति दिन मिल्दैन।’
नबिल बैंकमा चौधरीले एनबी इन्टरनेशनलको नाममा ६० करोड रूपैयाँ लाभांश पाउने थिए।
राष्ट्र बैंकले क्रसहोल्डिङ (एउटा कम्पनीले सोही प्रकृतिको अन्य संस्थामा गरेको लगानी लगानी) रहेको भन्दै वाणिज्य बैंकलाई पनि नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश लिन रोक लगाएको थियो। इन्भेष्टमेन्टमा वाणिज्यको १५ प्रतिशत सेयर छ। अहिले वाणिज्यले अन्य बैंक तथा वित्तीय संस्थामा रहेको क्रसहोल्डिङ सेयर बेच्ने तयारी गरेको छ।
यस्तै राष्ट्रब्यांकले निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई पनि लाभांश वापतको रकम विदेश लैजानको लागि रोक लगाएको छ।
कानूनी प्रक्रिया नपुगेको हुनाले एनसेललाई लाभांश लैजान स्विकृति नदिएको राष्ट्रब्यांक स्रोतले जानकारी दियो।
विदेशी कम्पनीले वैदेशिक मुद्रामा लाभांश लैजाने भएको हुनाले लाभांश लैजानको लागि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ।
के छ आत्मकथामा ?
तत्कालिन नेपाल अरब बैंकका सल्लाहकार जिसी श्रीवास्तवको सहयोगमा सेयर खरिद गरेको चौधरीले पुस्तकमा उल्लेख गरेका छन्। बिक्री गर्न लागिएको ५० मध्ये ३० प्रतिशत सेयर किन्नका लागि राष्ट्र बैंकबाट स्वीकृति पाइसकेपछि तेर्सिएको कानुनी प्रावधानका कारण विदेशी कम्पनीमार्फत सेयर खरिद गरिएको चौधरीको पुस्तकमा छ।‘बैंकको प्रबन्धपत्र र नियमावलीमा कुनै पनि नेपालीले बैंकको आधा प्रतिशतभन्दा वढी सेयर किन्न नपाउने प्रावधान थियो। साधारणसभाबाट नियमावली शंसोधन गर्न खोज्दा साधारण सेयरधनीले विरोध गरे। प्रावधान हटायो भने बैंक एउटा विजिनेस हाउसको हातमा जान्छ भन्ने उनीहरुको तर्क थियो। त्यही पनि सञ्चालक समितिले सेयर विक्री सम्झौता कार्यान्वय गर्न प्रबन्धपत्र नियमावली सशोधनको निर्णय गर्यो। यस विरुद्ध सञ्चालक शम्भु पौडेलले सर्वोच्चमा रिट हालेका थिए। सर्वोच्चले अन्तरिम आदेश दियो। सर्वोच्चले तत्काल सेयर विक्रीमा रोक लगाएपछि बैंक व्यवस्थापनले अन्य समूहसँग सेयर विक्री गर्न छलफल गर्न थाल्यो। त्यही बेला दिल्लीमा भएको वर्ल्ड इकोनोमिक फोरमको वैठकमा चौधरीको भेट नेसनल बैंक बंगलादेशका अध्यक्ष महवुव रहमानसँग भयो। त्यही बैंकका अर्का सञ्चालक अब्दुल अवाल मिन्टुसँग पनि उनको सम्बन्ध बन्यो।
‘म नेपाली नागरिक भएकाले सेयर किन्न सक्दिन। तर तिमी नेसनल बैंकको तर्फबाट किन्न सक्छौं। जुन दिन नियम संशोधन हुन्छ मेरो अंश मलाई दिनु,’ रहमानसँग भएको कुराकानी बारे चौधरीले उल्लेख गरेका छन्, ‘उनीहरु मेरो प्रस्तावमा सहमत भए।’उनले सेयर खरिदको सैद्धान्ति सहमतिपछि नेसनल बैंकले राष्ट्र बैंकसँग सजिलै स्विकृति पाएको थियो। चौधरीले स्वीकृति लिँदा गभर्नरमा सत्येन्द्रप्यारा श्रेष्ठ थिए, जो गभर्नरबाट अवकासपछि सोझै नबिल बैंकको अध्यक्ष भएका थिए।
‘एउटा विदेशी बैंकले आफ्नो नामको सेयर अर्को विदेशी बैंकमा बेच्न कुनै कानुनले रोक्दैन,’ चौधरीले उल्लेख गरेका छन्, ‘कानुनी अड्चन सल्टिएपछि सेयर फिर्ता लिन्छु भनेर रहमान र मिन्टुसँग मैले गरेको भद्र सहमतिको कुनै कानुनी आधार थिएन।’
सेयर खरिद गरेको केही वर्षमा नेसनल बैंकका साझेदारबीच मतभेद सुरु भएको थियो। नेसनल बैंकले अरब बैंकबाट हात झिक्ने भयो। ‘रहमान र मिन्टुले अरब बैंकको ५० प्रतिशत सेयर एनबी इन्टरनेसनलको नाममा सारे,’ आत्मकथामा छ, ‘एनबीको प्रवेसपछि अरब बैंक विधिवत रुपमा नबिल बैंकमा परिणत भयो।’
आत्मकथामा थप लेखिएको छ- नबिल बैंकसँग हाम्रो सम्बन्धको अर्को पाटो म र
मेरो परिवारको नाममा रहेको सार्वजनिक सेयरको अंश हो, जुन लगभग ५ प्रतिशत छ। यसले पब्लिक डाइरेक्टरको निर्वाचनमा समेत महइभ्वपूर्ण भूमिका खेल्छ। रहमान र मिन्टुको लगानी मेरै आग्रह र विश्वासमा गरिएकाले उनीहरू ममाथि भर पर्नु स्वाभाविक
थियो। बैंकको सम्बर्द्धन गर्नु मेरो नैतिक जिम्मेवारी पनि भयो। अर्कातिर सर्वोच्चको लडाइँ जारी थियो। म मुद्दा फर्छ्यौटको प्रतीक्षामा थिएँ।आज नबिल बैंकको बहुसंख्यक सेयर एनबी इन्टरनेसनलकै स्वामित्वमा छ। रहमान र मिन्टुसँग मेरो जुन खालको भद्र सहमति भयो, हामी त्यसैलाई पछ्याइरहेका छौं।
त्यतिखेर अरब बैंकको सेयर किन्न ‘घुमाउरो बाटो प्रयोग गर्यो’ भनेर विरोधीहरूले लगाएको आरोप शत्प्रतिशत गलत थिएन। मलाई घुमाउरो बाटो हिँड्न बाध्य पारेको यहाँको ‘सिस्टम’ ले नै हो ।
“पाप धुरी बाट त कराएकै हो” तर दुर्भाग्य के भने नेपाल चै पापी हरुले नै चलाएका छन्|
ाष्ट्र बेंक का गघर्नर बाट लिएर प्रधान मन्त्रि सम्म सब बिनोद का साथी अथवा खल्तीका खुदुरा पैसा हुन् तेसैल्ले बिनोदे ले कुएको वाई वाई र बैंक बाट लुटेको पैसा को संरक्षण पनि पाई हाल्छ र हामी हेरेका हेरेइ हुने छौं|
बाइ बाइ वाई वाई !
साठी करोर झ्वाम जाबो एक पन्ना को फुर्ति ले!!!!!
यो आत्मा कथा कि दाहा ?
जे भय पनि राष्ट्र बैंक को कदम प्रशम्षा लायक छ!
कुरो मिलाई हाल्छन नी l
उपाय पनि राष्ट्र बैंककै उच्च कर्मचारीबाट पाउछन चौधरीले l
एउटा अनिवार्य रुपमा हुनपर्ने कुरो के जस्तो लाग्छ भने, हुन् त् लेखे पनि भो, नलेखे पनि भो, आखिर हुने केही होइन|
त्यो के भने राष्ट्र बैंकका अधिकृत देखि गभर्नर सम्मले जागिर छाडेर प्राइभेट बैंकमा वैतनिक वा अवैतनिक कुनै पनि पदमा रहन संधैलाई बन्देज त नभनौ तर एउटा निश्चित अवधिको ग्याप वा cooling off period अनिवार्य रुपमा हुनपर्छ| जस्तो जागिर छाडेपछि दुई बर्षको अन्तर|
त्यस्तै गरेर कुनै पनि सरकारी जागिर खानेले एनजीओ वा बिदेशी संस्थामा जागिर खान पनि cooling off period लागु हुन् अनिवार्य छ|
आज राष्ट्र बैंक गभर्नर र भोलि नीजी बैंकको चेयरम्यान वा वैतनिक वा अवैतनिक सल्लाहकार, आज नेपाल सरकारको सचिव र अधिकृत भोलि एउटा दात्रि संस्थाले चलाएको एनजीओको हाकिम कारिन्दा, आज सरकारको कर्मचारी, निजामति, परराष्ट्र, सेना वा प्रहरी अनि भोलि बिदेशी राजदुतावासको अधिकृत कारिन्दा…, आज कानुनको पालना गराउने प्रहरी अधिकृत र भोलि फलानो क्यासिनो जुवाघरको हाकिम…
अहिले यस्तै भईरहेको छ र हुन् भएन|
मेरा एकजना पीडित मित्रले सँधै भन्ने गर्थे “भन्सार, अध्यागमन र मालको कर्मचारी र हाकिमलाई देख्यो कि भुत्ल्याउन जोश चल्छ, तिनीहरु भ्रस्टचार पाल्नेहरु हुन्”|
खोइ ती मित्रका इच्छा पुरा हुने हो किन होइन थाहा छैन तर भन्सार, अध्यागमन, माल सडक बिभाग, बिजुली अड्डा आदिका हाकिम कर्मचारीहरु लोकमान सिंह कार्कीलाई भ्रस्टचारको गह्रौ पोको थमाएर सिधै स्वर्ग जाने चाहि निश्चित देखिन्छ|
पाप धुरी बाट कराउछ भन्थे खै रहेछ क्यारे… नियम कानुन ले गर्न मिल्दैन भन्ने कुरा पैसा छ भन्दैमा गरिदिने…
आफु बाठो भएको कुरा स्वीकारेको साहस लै म सम्मान गर्छु, बाकी कुरा नीति नियेम मा बसी कसैले फाइदा लिञ्छ भने त्येस्लै नराम्रो कसरि भन्ने, यो त नीति नियेम बनाउने हरुले आफ्नो लुप-होल कहा छ, भन्ने पट्टा लगाई टाल्ने काम गर्नु पर्छ. तर नीति नियेम को गल्ति को कारणले अरुलाई दुख पाउनु हुन्दैन.
मानिसको लोभी बानी भन्दा अर्को ठुलो दोष कुनै रहेनछ – लाओ जी (ताओ ते चिङ्ग)
खाने मुख लाइ जुँगा ले नछेक्ने कुरा पुन प्रूव गरे.
काग धेर बाठो भयो खै के खान्छ भन्छन नि ? अरु घोडा चढे, रुख चढे भनेर आफु धुरी नै त चढ्नु हुँदैन थियो नि हौ | के के न लेखे जस्तै गरेर बेला न कुबेला ताई न तूईको अम्बानी बनिएर आत्म कथा लेखेर जान्ने पल्टिदा पछारिने भनेको येसरिनै हो | लुट्न छल्न र ठग्न जान्नेले जान्ने पल्टेर बाटो बिराउँदा येसरी नै ४ बल्ड्याङ्ग खाइन्छ साथि, होस् गरौँ है सबैले |
धेरै खोके TV को लक्छेन पनि हुन सक्छ , खोकी मात्र होइन | अब भोगोस वाई वाई ले …