-राजेन्द्र-
झन्डै सात बर्ष भो बेलायत आको र यी सात बर्षमा मैले भोगेका देखेका कुराहरु यहाँ हरु समक्ष बाँड्न मन लागेको छ।
सुरुका दिनको दु:खको बारेमा कुरा गर्नुपर्दा जो विदेश जाने धेरै जनाले भोगेको हुनु पर्छ, त्यो सम्झिँदा अहिले सपना हो कि जस्तो लाग्छ। आएको भोलिपल्टै नेपाली दाजुले कोठा छोड्न भनेको (उहाँको ससुरा आउने भएर ?), आफ्नो नेपालको मिल्ने साथीले TC खाइदेको, साथी कोठाको भाडा नतिरेर भागेर आफुलाई अलपत्र पारिदेको, काम पाएर साथी भन्दा धेरै कमाउला भनेर काम खोज्नमा असहयोग गरेको, नेपाली रेस्टुरेन्टमा बल्ल भाँडा माझ्ने काम पाउदा नेपालीहरुकै श्रम शोषणको सिकार हुनु परेको।
सुरुका दिनहरुमा भाडा माझ्ने काम देखी लिएर leaflet बाड्ने काम सम्म गरे तर कहिले पनि मैले आफ्नो नैतिकता, आफ्नो देश, आफ्नो भाषा र संस्कार बिर्सिन। हरेक बर्ष नेपाल जाने कोशीश गर्छु र गएको पनि छु। नेपाल मै आएर विवाह पनि गरे अहिले २ सन्तानको बाबु पनि भएँ। आफ्नो बच्चाहरुसँग म नेपाली मै कुरा गर्छु। र उनीहरुलाई पनि नेपाल को बारेमा थाहा दिन बर्ष म कम्तीमा पनि एक चोटि नेपाल लग्ने प्रयास गर्छु र केही हदसम्म सफल पनि भएको छु ।
जे होस दु:ख गर्दै अनुभव बटुल्दै एउटा ठुलो कम्पनीमा अफिस सपोर्टको काम पाएँ र साथसाथै नेपाली हस्तकलाको ब्यापार पनि सुरु गरेँ। मैले काम गर्ने अफिसमा एक दिन cleaner contract परिवर्तन भयो र नयाँ cleaners हरु ल्याइए । तिनीहरु मध्य दुई जना छोटो कद भएका केटा र केटी मान्छे थिए। हेर्ने बित्तिकै मलाई थाहा भइहाल्यो कि तिनीहरु नेपाली हुन्। नेपाली भएकै नाताले उनिहरु सँग मेरो घनिस्थता बढ्यो जुन स्वाभाबिक नै हो र उनीहरुले पनि आफ्न कुरा मसँग राख्न थाले । तिनीहरु दुबै जना एउटै गाउँका हुन् र सँगै आएका थिए। मैले उनीहरुलाई भाइ र बहिनी भनेर बोलाउथे | दुबै जना अती मिहेनती र मिलनसार थिए । ती भाइ र बहिनीले आफ्नो सम्बन्ध कैले दाजु बहिनी त कैले साथी भनेर बताए। तर समय बित्दै जाँदा उनीहरुको घुम्न गएको फोटोहरु हेर्दा उनीहरु ‘विशेष’ साथी हो भनेर बुझ्न धेरै समय लागेन ।
दुबै जना विद्यार्थी भिसा मा करीब २ बर्ष अघि आएका हुन र अब केही महिना मै भिसाको म्याद सकिनेछ। उनीहरुको कलेज पनि निलम्बनमा परेको छ र एक हिसाबले उनीहरु अहिले गैरकानूनी भइसके । अब पर्यो भिसा बढाउने समस्या । UK ले अध्यागमन अहिले अति नै कडा गरेको हुनाले पहिले जस्तो work permit भिसा निकाल्नु लगभग असम्भवनै छ । र अहिले यहाँको स्थानीय बासिन्दालाई विवाह गर्ने र कागजपत्र मिलाउने चलन बढेको छ । सके सम्म ब्रीटिश नसके अरु यूरोपियन बासिन्दा (स्मरण रहोस् ब्रिटेन यूरोपेली संघ मा आबद्द भको ले अरु यूरोपियन संघ आबद्द मुलुक को बासिन्दाले ब्रिटिश सरह नै सुविधा पाउछन ।) कसैले पैसा दिएर विवाह दर्ता गर्छन् त कसैले प्रेम जालमा फास्छन ।
हाम्रो भाइले पनि तेही प्रकृया अपनाए। आफु एक्काईस बर्ष को भए पनि ४० बर्ष को पुर्बी यूरोपेली आईमाई लाई प्रेम जाल मा पारे। त्यो आईमाई को १६ बर्से छोरो छ तर एक्ली छिन्। ति आईमाईले भाइलाई उपहारहरु किनिदेको र अरु आत्मिय कुरा हरु को आधार मा यो अनुमान लगाउन सकिन्छ कि ती आईमाईले भाइलाई हृदय देखी नै मन परएकी हुन। मैले भाइलाई सम्झाये तिम्रो उमेर भर्खर को छ ५,६ बर्षा पढाई अथवा कुनै सिपमा लगानी गर्यो भने पनि तिमी सँग धेरै समय छ। अहिले हतारमा कुनै निर्णय लिनु हुन्न। र फेरि नेपाल नै फर्केर कुनै काम गरे पनि अबेर भको छैन। र म पनि २/३ बर्षमा नेपाल मै स्थाई बसोबस गर्ने पनि सुनाए। भाइले ‘ कहाँ दाइ, कागज नबनाई नेपाल फर्के भने त कुकुरले पनि हेप्छ ‘ भन्दा म तीन दङ परे । तेस पछी मैले उस्को प्रेमिका को बारेमा कुरा निकाले र म चार दङ तब परे जब भाइले भन्यो ‘ प्रेमिका लाई सब थाहा छ उस्लाई केही आपत्ति छैन बरु मैले उस्लाई पनि गोरा केटा खोज अनि कागज बनेपछी डिभोर्स गरेर हामी दुई फेरि सँगै बस्ने भनेको छु’
हे राम के युग हो यो । के ब्रिटिश पासपोर्टनै संसार को सबै भन्दा ठुलो कुरो हो जो एती सम्मा कदम उठाउन मान्छे तयार हुन्छ । नैतीकता भन्ने चीज कत गयो ? युवा हरुको एस्तो सोचले यो देश लाई भोलि कता पुरयाउला ।
नेपालमा बस्नेहरुले पनि बिदेश बाट खाली हात फर्केका लाई होच्याउन भएन। त्यो उस्लाई मात्र थाहा छ कि बिदेश मा उस्ले कत्रो लडाईं गरेर आको छ। हौसला र सहयोग दिउ ताकी उस्ले बुझोस् यो संसार मा बिदेशी पासपोर्ट भन्दा पनि धेरै महत्वपूर्ण कुरा हरु आफ्नै देशमा छन।
र अन्त्यमा ती भाइको विवाह यही मार्च मा रहेछ तर कसैलाई धोखा दिने स्वार्थमा बन्न लागेको नयाँ सम्बन्धमा सहभागी हुन यो नेपाली स्वावलम्बी रगतमा आट नआएर यदी निम्तो आई हालेको खन्डमा नजाने निधो गरे।
[यो ब्लग बेलायतबाट माइसंसारका पाठकले पठाएका हुन्। तपाईँ पनि विविध विषयमा आफ्नो भोगाइ यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]
राजेन्द्र जी !
निक्कै मेहेनत गरेर के के न लेखे जस्तो लागेको थियो होला है तपाईंलाई यो लेख माईसंसारमा पठाउदासम्म । देखी हाल्नुभयो, कस्ता कस्ता प्रतिकृयाहरु आए । मैले बुझे सम्म त तपाईंको पक्षमा कमै आए होलान । तपाईंको त खण्डन पनि गर्न सक्ने स्थिती रहेन ।
तपाईंको कुरा सबै गलत थिएनन । तर तपाईंले संबेदना देखाई टोपले जस्तो गरेका ति दुई भाई बहिनी प्रती कत्ती पनि संबेदना देखिएन । त्यो त एक मजाक गरे सरहा थियो । एक पटक आफ्नो अन्तरआत्मालाई सोध्नुस, ति दुई भाई बहिनिले लगभ ग सम्पुर्ण बाकी भाई बहिनिलाई प्रतिनिधित्व गरिरहेछन ।
२००९ मा UK ले जब Tier 4 ले सुरु गरेर विद्यार्थी भिसालाई सजिलो बनायो यसको फल्स्वरुप संसारभरीबाट विद्यार्थीहरु आए । विद्यार्थीरुपी म्यानपावरको ठुलो मात्रामा सप्लाई हुनपुज्ञो । ति सबैले तत्काल काम पाउन सक्ने स्थिती थिएन । समय लाग्ने पक्का थियो तर सबै जना त्यो अनिश्चित समय कुर्न सक्ने पक्कै थिएनन । त्यसबेला सम्झौता गर्नै नजान्नेले पनि बाध्यबस आलु प्याजसँग सम्झौता गर्नु पर्यो ।
भनिन्छ नि रुनु कमजोरी होईन, मन लागेको बेला रुन नसक्नु चाही कमजोरी हो । त्यसबेला केहिले नैतिकताको हद नाघेरा केहि कार्य गरे होलान। तर यो सामान्य प्रकृया हो । बाच्नलाई संघर्ष आवाश्यक छ । तपाई बिद्द्वान हुनुहुन्छ, चार्ल्स डार्बिनलाई त चिन्नुहुन्छ होला नै है ।
धेरै कमले मात्र आत्मालोचना गर्न सक्छन, यो एक कठिन कार्य हो, सक्नु हुन्छ भने एक टिप्पनी लेख्नुहोस न है आटै गरेर ।
तपाईंले केहि नलेखी यो लेख अधुरो लाग्ने जस्तो छ । मानबिय संबेदना घटेको होकी जस्तो लाग्ने भ्रमलाई यो लेखको कमेन्टहरुले अलि कम गरिदियो । यसको लागी तपाई पनि धन्यादको पात्र हुनुहुन्छ ।
आफु पनि बिदेस भएको र कति पय बिदेशका अनुभव आफु संग पनि भएकोले केहि लेख्न मन लाग्यो |
लेखमा भएको यो अंशले मेरो ध्यान आकर्षण गर्यो , “हे राम के युग हो यो । के ब्रिटिश पासपोर्टनै संसार को सबै भन्दा ठुलो कुरो हो जो एती सम्मा कदम उठाउन मान्छे तयार हुन्छ । नैतीकता भन्ने चीज कत गयो ? युवा हरुको एस्तो सोचले यो देश लाई भोलि कता पुरयाउला ।”
नेपालको जनसंख्या करिब तिन करोड होला , बिदेशमा भएका सम्पूर्ण नेपालीको संख्या ३० लाख होला ल मानि लिउ ४० लाख नै होला अरे , येसरी कु कृत्य गर्ने केटा केटीहरुको संख्या कति होला ? ल मानि लिउ ५० हजार,
देशका सबै जनता १००% पर्फेक्ट हुन्छन र हुनु पर्छ भन्ने मान्यता पनि अलि धेरै आश गरेको जस्तो भयो कि ?
येसरी देश विदेशमा जाने भएसी कोइ राम्रा होलान कोइ न राम्रा होलान कसैले कस्तो गर्लान कसैले कस्तो , यो सामान्य प्रक्रिया हो भनेर स्विकार्नु नै आजको आवस्यकता हो कि ?
नेपाल मा बाचुन्जेल फाल्ने मरे पक्षि पाल्ने सिस्टम भएर नै विदेश मन पर्छ मलाइ कमसे कम बाचुन्जेल आफु खुसि जिउन त पाइन्छ ! मरे पक्षि डुमै राजा !!
आज कल किन होला धेरै मानिस हरु आफ्ना सन्तान को नागरिकता बिदेशी होस् भन्ने चाहन्छन . नेपाल मा प्रेग्नेन्त भएर विदेश मा गएर बाचा जन्माउन जान्छन . के उनि हरु को सन्तान बिदेशी होस् भन्ने चाहना हो त . नेपाली हुन किन हिच्किचौञ्छन . मेरो आफ्नै प्रेमी जसलाई बर्सौ देखि मन टन दिएर राखे को थिए . होंग कंग को ID वाला ले के आखा लगाएको थियॉ तुरुन्तै मलाई र मेरो नेपाल , नेपालीपन लाइ दोखा दिएर होंग कोङ्ग फरार भयो
आफ्नो श्री मतिलाइ अमेरिकामा नक्कली गर्न दिन काथ्मान्दुमै रहेको श्रीमानलेनै नक्कली डिभोर्स पत्र पठाउँछ/ भयको घटना यस्तो छ:
विदेशमा घुम्न मात्रै आयकि जवान भैसकेको दुई छोराहरुको आमा नेपालमा धनि परिवारकै; राम्रै पतिको पत्नी र राजा ज्ञानेन्द्र बात गोर्खा दछिन बाहु तक्मा समेत पायकिले अमेरिकाको भिसा लिन के गरिन भनेर/
कुरो लगभग ३/४ बर्ष पहिलाको हो/ आइन उनि टेक्सासमा/ भाइको घरमा बासिन/ भाइ चाहिले उनीलाई टेक्सासको आई दि लिन लगाइन/ तेतिबेला घुम्न आयकाले पनि टेक्सासमा आइ दि लिन पाइन्थ्यो; अहिले सायद पाइन्दैन/आइदि दिलाई दिसके पछि उनिको भाइ र उनीले तेही आइदि देखायर संगै ल्यायको १५ बर्से छोरोलाई अर्भिन को कोपेल स्कुलमा भर्ना गरिन/ भर्ना गर्दा अभिबाहक तथा सम्रछ्यक नाउमा चाहि भाइ चाहिंले आफ्नो नाम राखेनन् तेक्ससमै बस्ने आफ्नो दिदीको १९ बर्षको छोराको नाम राखे/ यस्तो किन गरे तिनीहरुले? उतार सहज छ/ त्यो महिला तथा त्यो महिलाको भाइलाई राम्रै थाह छ अमेरिकाको कानुन छलेर कुनै विदेशीलाई अमेरिकामा गैर कानुनि तरिकाले अमेरिकामा अबैधानिक तरिकाले बसोबास गर्न खोज्नेलाई सघाउनु ठुलो अपराध हो/ यो कुरा खुलेको भय उनिको दिदीको छोरा जेल समेत जानु पर्ने हुन्थ्यो /
पछि उनि आफ्नो भाइको घर छोडेर तिनै दिदीको घरमा बस्न थालिन/ उनीले मुखले कहिले पनि आफु अमेरिका बात नफर्कने भनिन/ काठमाण्डौ मा ब्यबस्थित परिबार राम्रो श्रीमान र प्रतिष्ठित नै मान्नु पर्ने परिबारकि बाँसबारी र बुधानिल कण्ठ तिर दुइटा घर र ४/५ रोपनी जग्गा समेत भयको र यउटा ट्राभेल यजेन्त समेत भयकि गोर्खा दछिं बाहु पायकि महिला उनि गैर कानुनि तरिकाले अमेरिका बस्ने प्रयास गर्ला भनेर बिस्वास नगर्ने भुल उनिको दिदि भिनाजुले गरे/
उनि कोपेल स्कुलमा भर्ना गरेको आफ्नो छोरालाई बिद्यार्थी भिसा दिलाउन प्रयत्न गर्नुको सट्टा गुप् चुप आफै कसरि अमेरिका बात नफर्कने कुरा मिलाउन पट्टि लागिन/ दिदि भिनालाई चाहि नेपालको अमेरिकी राजदुत चिनेको कांग्रेसको नेता पूर्ण बहादुर खडा सिट गहिरो सम्भन्द भयकोले उनीले चाहेमा काठमान्डू मिलाउन सक्ने फुर्ति गर्दै गरे/ तर भित्र भित्रै उनीले नक्कली बिबाह गर्ने प्रयत्न गर्न थाले/
उनिको पर्यटकि भिसाको म्याद सकिने लागेको थियो/ उनि नक्कली बिबाह गर्न लागेको कुरा थाह नपायको उनिको दिदि भिनाले उनिको कोपेल्मा भर्ना गरेको छोराको चिन्ता थियो/ उनिको नातेदारले त्यो चिन्ता लिनु स्वाभाविक थियो/ कारण उनि र उनिको भाइले उनिको छोरालाई कोपेल स्कुलमा भर्ना गर्दा आफ्नो उमेर नपुगेको छोरालाई अभिबाहक बनायको कुरा को जानकारीनै थियन; यो कुरा त्यो नातेदारले पछि मात्रै थाह पायको थियो/ ई सबै कुरालाई ध्यानमा राखेर उनिको भिनाजुले उनीलाई भिसा नसकिंदै उनिको छोराको पर्यटकि भिसाको म्याद थप्ने कानुनि प्रक्रिया सुरु गरेर छोरालो कोपेल स्कुलमै राखेर नेपाल फर्केर तुरन्तै अमेरिका आउन सलाह दियो/ तेसो गरेको भय उनीले ६ महिनाको नया भिसा पाउने र उनिको छोराको लागि केहि ब्यबस्था गर्न समय पाउन्थे/ उनीले आफ्नो ट्राभेल यजेन्त चलाई रहेको श्रीमान सिट नेपाल फर्कने टिकटको बारेमा कुरा गरे जस्तो नाटक देखाइन र भित्र भित्रै कतै कोहि सिट सम्पर्क गर्दै गरिन/
यक दिन उनीले सम्पर्क गर्दै गरेको व्यक्तिको फोन उनि नभयको बेला आयो/ त्यो व्यक्ति उनिको भिनाजुले उठायो/अनि त्यो व्यक्तिलेनै उनीको भिसाको कुरा उठायो/ त्यो व्यक्तिलाई लौ तपाईं त् नेपाल देखि चिनेको मान्छे अमेरिकामा लामो बसेको; कृपया उनिको छोराको बिद्यार्थी भिसा कसरि लिन सकिन्छ भनेर सहयोग गरि दिनुस भने/ त्यो व्यक्तिले प्रयास हुँदै छ भने / त्यो व्यक्ति सिटको फोन बार्ता यतिमै तुङ्गियको थियो/ उनि तथा त्यो व्यक्तिले “नक्कली बिबाह ” को प्रक्रिया चलायको कुराको संकेत समेत दियको थियन/ तर तेही दिनको साँझ उनिको भिनाजुको काममा जाने समयमा दिदीलाई बाहिरै राखेर कोठाको धोका समेत बन्द गरेर बडो निर्लज्ज र अशभ्य तरिकाले उनि भिनाजु सिट झगडा गर्न थालिन/ हैन तिम्रो मान्छे सिट मैले मात्र तिमीलाई सहयोग गर्न अनुरोध मात्रै गरेको नापत्याय त्यो व्यक्ति सिट सोध्नु भन्दा पनि मानिन/ उनि उन्मादिद भयर भिनाजुलाई काममा जान समेत रोकेर झगडा गर्दै गरे/ कुरा हद भन्दा बढी नै भय पछि भिनाजुले उनीलाई यसरि नभयको कुरामा झगडा गरेर संगै कसरि बस्ने भने / उनि तत्कालै तेरो घरमा बस्नु छैन भनेर आइडी लिई दिने भाइकै कोपेलको घरमा गय/ तर अर्को दिनको बेलुकी आस्चर्य लाग्ने किसिमले उनीले फोनमा तेही भिनाजुलाई फोनमा फेरी भिनाजुकै घरमा फर्कन दिन भने/ भिनाजुले हुन्छ भने/
उनि भिनाजुकै घरमा फर्किन / तर फर्केकी दिन भिनाजुलाई “मेरो भिसाको बारेमा यक सब्द नसोच्नुस नबोल्नुस पनि भने/ भिनाजु जिल्लिय के गर्ने आउ बस् भन्ने गल्ति भइ नै सक्यो/ उनीले गुपचुप सिट नक्कली बिबाह गर्न लागेको गाइगुई चल्न थाल्यो/ भिनाजुले ‘छोरालाई अमेरिकाको स्कुलमा पढाउन गलत कामनै गर्नु नपर्ने कुनै निजि प्रतिष्ठित स्कुलमा भर्ना गरेर बिद्यार्थी भिसा पनि मिलाउन सकिन्छ भने/ “मेरो श्रीमान लाइ मेरो नक्कली बिबाहमा आपति छैन भने तपाईं को हो यो कुरामा बिरोध गर्ने” उनीले उनको भिनाजुलाई दियको जवाफ यहिँ थियो/
पछि उनिको श्रीमानले कथ्मान्दु नगर पालिकाको जन्म मृत्यु बिबाह दर्ता कार्यालयमा नक्कली डिभोर्सको कागज बनाउने प्रयास गरेको र त्यो सफल नभय पछि १७ वडाअफिस कार्यालय बात नक्कली दिभोस कागज बनाउन वडा कार्यालयको लेटर हेद प्याद बात केहि खालि पन्ना चोराउन खोजेको कुराको जानकारी उनिको दिदीलाई ई मेल बात जानकारी दियीयो पनि/ तर दिदि भिनाजु चुप नै बस्ने बाहेक अरु केहि गर्न सक्ने अबस्थामै थियन/
उनीले गुपचुप ५५ बर्से अमेरिकन सिट नक्कली बिबाह गरिन/ बिबाह पछि तेही नक्कली श्रीमान् को नाममा बुक गरेको अपार्तमेंत्मा बस्न थालिन/ दिदि भिनाजुले दुख दियको, उनि अमेरिकामा बसला भनेर डाह गरेको आदि हल्ला फ़ैलाईन/ आफै दिदि भिना सिट ठस्केर बासिन/ यक दिन उनिको अर्को बहिनि दि भी परेर अमेरिका आइन/ दुई दिन यता दिदि भिना सिट र दुई दिन उनि सिट बासिन/ तेही बेला उनि नेपाल ज्ञान लागेकी रहेछ/ बहिनीले दिदि भिनलाइ भेटेर जान कर गरिन/ उनि दिदीलाई भेट्न गयीं/ दिदीले नेपाल जाने भय केहि दिन पहिलानै भनेको भय नेपालको परिवारलाई केहि पठाउन सकिने थियो भनेर गुनासो गरिन/ जवाफ बडो असभ्य तरिकाले दिय उनीले/ तेही कुरामा दुई दीदि बहिनि बीच बाद विवाद भयो / दिदिले ढोकैमा बसेर किन झगडा गर्ने कोठा भित्र आइज भनेर तानिन / “य मलाइ हाल्ने तलाई पुलिस केस गर्छु ” भन्न थालिन अमेरिकन बनेकी बहिनीले / तव भिनाजुलाइ रिस उठ्यो कोठा भित्रै बाट तेस्तिलाइ किन कोठा भित्र बोलाउने गेट आउट नै भन्दे भने/ बहिनि चाहिले अनाप सनाप बक्न थालिन / पुलिसको धम्कि दिन थालिन / तव भिनाजु कोठा बात बाहिर आयर तैले पुलिस बोलाउने होइन मैले बोलाउनुछु भनेर मोबाइल बात पुलिसको नम्बर डायल नै गरे/ उनि भागेर गईन र कोठा बात सुटकेश उठायर बिमान स्थल तिर लागिन / तेही दिन उनि नेपाल जाने रहेछ/ अहिले उनि अमेरिकामै छिन /
तुन्तुरि ढाक्न सुरु नगर्दै देखि साथि भाइको हुलमा बसेर सुन्दै आयको परिको कथा होस् वा सुत्ने बेलामा आमा बाउले सुनाएको सात समुद्र पारीको अप्सरा जस्ती सुदरि सुनकेस्रि मैयाको कथा, सुन्दै निदाउदा देखि सपनामा झुल्किन आउने अनि बेपत्ता हुने र धुइ पत्ताल लायर खोजि गर्दा बल्लतल्ल टाडा कतै हुस्सु भित्र मधुर र धुर्मैलो देखापर्ने अप्सरा स्वोर्गकी परि सुनकेस्रि मैयालाइ भेटाउन सबकुरा सहित ज्यान छाडी पछ्याउदा मुतेर वोच्च्यान ढाप हुदापनी न त बिउझने न होसनै खुल्ने तै पनि सपना भरि पछ्याउदा, होस् खुल्न खाटमा सुत्याभय खाट बाट भुइमा पर्ने भुइमा भय ढाडमा बाउको लात बजारिनु पर्ने। यति हुदादेखीको सपनामा होस् या कल्पनामा घरिघरी उछिल्ली रहने सुनकेस्रा मैया लाई कसरी हुन्छ सात समुन्दर पारी पुगेर भनेपनि भेटी जीवन् उसैलाई सुम्पेर उसकै आलिङनमा चुर्लुममा डुब्न नपाम्जेल सपना पूरा हुन्छ भनेर नमान्ने र उसलाइ एक पटक नपाम्जेल सपना पूरा भयको नठान्ने हाम्रो घरेलु मानशिकता ले डोहोर्यायको परिस्थिती हो यो, यसमा धेरै थोरै अरु कुराहरूले पनि साथ् र सहभागिता थपेको छ!
जे गरेर हुन्छ जसो गरेर होस् यो कल्पनाको सहरमा आयर सपनाको सुनकेस्री मैया खोज्न थालेसी यस्ता नाथे टुक्राटाक्रे कुराले के महत्वो रख्छ र कत्रा कत्रा हन्डर खान र सहन वाध्य हुन्छन् मान्छे! जसरी कसरी कत्रो खर्चेर कत्रो पर्खेर बल्लतल्ल भेट्टायको यी सुनकेस्री मैया त्यो सपनामा तेतिबेला आफू बच्चैमा हुँदाखेरी देख्या जस्ती त के खायर होस्, आफ्नो पनि त उमेर् ढल्किने गरि बाढ्य छनी त। यो त श्रिस्ट्रीको रित नै होनि अब यिनिमात्रै किन तेही बालकथामै जसरी सोह्र सत्र बर्शकी कल्कलाउदी होस त? फेरि जिउडाल त उस्तै त छ उमेर् मात्रै अलिकति बढ्याको त होनि, त्यो त आफ्नो पनि बढेकै छ त। तेस्तै रुप तेस्तै रंग तेतिबेला सुन्दा तिनकेस्रा कपाल मात्र सुनौला अहिले भेट्दा त के तीन केस्रा टाउकै भारी सुनौला कपालले भरियको यो सपनाको सुनकेसरी राजकुमारी बल्ल तल्ल भेटेकी छेड्ने कुरा पनि त भयन। आखिर दुनियाँ सपनाकै पछाडी त दौड्याहो र दौडी रहेछ्। तपाइपनी तेही सपनाको पछाडि पछाडि दौडेर ह्या आइपुगी यत्ति लेख्ने र भन्ने अनि अर्कोलाई ह्या र त्या भन्ने भाको हो त। यी अरु त्यै सपना पछि लागेर आइ उनिहरुको सपना पूरा हुन लाग्दा चाँही के को रास्त्रबाद र देश् भक्ति खोकल्नु पर्यो हो!
अब यी सुनकेस्री परि भेटाउन साथ् र सहयोग दिने अर्की आफ्नै उबेला देखिको फुतुरी लाई त हेरौलानी यो सुनकेस्री मैयाको कपाल को सुन पायपछी! यीनले सुनकेसरी कपाल भन्दा पनि महँगो र आबस्यक सुनौलो पासपोर्ट कोरल्छिन अनि त जे जे पाइन्छ त्यो सबै यै फुतुरी सङ भागबन्डा त हो नी पछि यी सुनकेसरी त त्यो कोरले पछि आफ्नो स्वोर्गतिर गै हाल्छिन नी सपना पूरा भयपछी त्यो सपनाको कुरा पनि सधैं रहि रहन्छ र? तेस्तै त हो सपनाकी सुनकेसरी मैयाको खोजी गर्दै पछि लाग्दै आयको तीनलाई भेटेपछी तीनको तिनवोटा सुनको केस्रा र तिन्ले कोरलेको सुनौलो पासपोर्ट लिने सपना पूरा हुन्छ ती सुनकेसरी परि आफ्नै स्वोर्ग जान्छिन अनि ख्याउटे राजकुमार पनि आफ्नो फ्यातुरी सँग बाँकी जिन्दगी आनन्दले रहे!
सुन्या कथानी यै हो अहिले देखि आयको यथार्थ् नी यै हो
अरु सब बेकारको हल्ला हो!
धन सम्पत्ति को रास उठाउन पाइन्छ रे नि युरोप अमेरिकामा, म पनि पो जाने विचार गर्दै छु त,
चोरले Daankaalaai मन नपराई नानाभाती भन्या जस्तो भो क्या!
आफुले गर्या िक अर्को चाहि खत्तम!
तरिका गलत हो तर लोभ,लालच, इर्श्या,सपना र परिस्थितिले ले कसैकसैलाई यसो गर्नुपर्ने बाध्यता सिर्जना गर्दछ तेसैको अबस्था हो यो!
घर घडेरी बन्दकी राखेर, आमाको धुङ्ग्रि र फुली बेचेर नेपालि र तेहाको अबस्था बात आजित भइ विदेश गै जीवन सुधार्छु भन्ने सपनाले ोहोर्यायाको हुन्छ! नेपालमा हुँदा यहा आउने जाने र यतै बस्नेले भाडा माज्दछु चर्पी सफा गर्दछु दरभानको काम गर्छु भनेर कसैले भंदेनन सबै बेलायत अमेरिका अनि सबै बिल क्लिन्टन र रिचर्ड ब्रान्सोन पल्तिञ्छन नेपाल पुग्दा अनि सपना त देख्नेनै भयो नि!
यहा आयासी अब कसरि हुन्छ बेलायति पासपोर्ट लिउ अनि यतै को भयर बसौ यसले प्रदान गरेको सुबिधा लियर केहि हलुका भैं भासु भन्ने हुन्छ !
तपाइँ राजेन्द्र जी लाइ पनि तेही भयर नै यहा झुलिराख्नु भाको त होलानी!
बिचरो के गरोस त, उपाय दिनुस्न त (तर अर्ति चाहि नदिनु होला)
के भन्ने के नभन्ने खै,
आफु पनि परिस्थिति रहर र बाध्यताले यस्तै गरि झुलियो अब अहिले त ब्रिटिश प्रासपोर्त लिन्न भनेर बस्दा बस्दा लिने पर्ने भयो त गाठे!
मान्छे जहा बस्छ त्यो ाउ को पासपोर्ट लिनु पर्ने रहेछ अनि जुन ाउमा बस्छ त्यो ाउलाइ माया गर्नु पर्ने रहेछ!
ब्रिटिश पासपोर्ट लिन्न नेपालि छोड्नुपर्छ भनेर टिन चार बर्ष नलिकन बस्दा भोगेको विभिन्न दुखले अब त लिने बिचारमा पुगेको छु!
यता उता त के कुरा भो र नेपाल मै जादानी नेपाली पासपोर्ट ले बढी दुख पाइदो रहेछ गाठे!
विदेश छिरेसि दलदलमा फस्या जस्तो भैन्दो रैछ बिस्तारै यतै ुब्ने! तेसो त कुनै कुनै १% लक्की हरु मात्र उम्केर आफ्नो घर फ़िर्लान अर्को ५% बाध्यताले फ़िर्लान तर अरु त तेस्तै हो जसरि हुन्छ एती धसी!
तेसैले बनायो यीनि हरुलाई ब्रिटिस पासपोर्ट लिने बाध्यता!
राजेन्द्रजी तपाई सायद उमेर अदभैसे, वा धेरै पढेनलेखेकोले, तपाइको भुद्धिले भ्यये सम्म परस्थितिको बिस्लेशन गर्नु भयो तर तपैले विदेशको चाला माला ७ वर्ष बस्दा सम्म बुझ्नु भाको रैनछ, ल सुन्नुस,
१) पैलेत बिकाससिल(वा गरिब) मुलुकका मान्छेले विदेशमा लिगल हुन गर्ने एऔता छोटो उपाय मध्ये यो उपाय, दसकौ देखि, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, आदि-आदि मुलुकका बासिन्दाले गर्ने गरेको उपाय हो र बिचरा विश्वकै गरिब मध्येको मुलुक नेपालको टेठोले गर्यो त के नौलो भयो ? गर्न दिनुष, बरु सुवकामाना दिनुस !
२) दोश्रो तपाइलाई विदेशमा सम्बन्ध कसरि बन्छ भन्ने थाहा रैनछ, त्यो ४० बर्से आइमाईले पनि नाबुजेको होइन, र साचो पीरती पनि लगाको छैन | ४० बर्सेले २१ बर्से कसिलो ज्यान र रसिलो डाठ पाए पछि कसले छोड्छ, यहाँ फाइदा त उसलाई भाको छ, उसले रसिलो उखुको पानी चुसे पछि खोस्टा फ़ाक्ने छे |येस्ता आफु भन्दा कलिला केटा खेलाउने आइमाईलै विदेशमा “cougar , भन्दछन्, र यिनीहरुको संख्या दिनानु दिन बढ्दै छ |
३) तेस्रो, तेसै पनी ४० बर्सेले २१ बर्से संघ सम्बन्ध गस्नु कतिको मुनाशिब हो ? तेस्तो माया पेरती गर्नेले त आफ्नो उमेर सुहाउने कोज्छ| र अर्को कुरा तपैले पुर्बी यूरोपान भन्नु भाको छ, जसको मतलब त्यो आइमाईको धन्दा पनी हुन सक्छ, थाहा भयकै कुरा हो, पुर्बी यूरोपान हरु पनी कामको खोजिमा पश्चिम युरोप छिरेका हुन्छन |
हो ति २१ बर्से नेपालीले एस्तो गरेर आफ्नो समय बिताउनु भन्दा बरु नेपाल फर्केर पढाई लेखी गरेर, सानो तिनो जागिर वा बब्यसाया गरेको भए जीवन सुखयमय बनाउथे होला, तर विदेशमा बोटबाट पैसा टिप्न पाइन्छ र आफ्नो देश चै बस्ने नसकिने नर्क सरि हो भन्ने जो बित्रिस्ना र छोटो समिजिक परिवेश र सोचाईले गर्दा आज हजारौ नेपाली युवा हरु बिदेशी मुलुकमा २१ सताब्दीको दश भएर बच्न बाध्य छन्, तपाई पनी त राजेन्द्रजी दाश भएर जिन्दगित बिदेशी भुमिमा गयो त ??
बोका कालो र कालो बोका म केहि फरक छैन, किन भने एक ले अर्कको खिल्ली उदाएको जस्तो मात्रै लाग्यो, जस्ले जे भन्नु भएको भए पनि लेख र प्रतिकृय दुबै म सकरत्मक र नकरत्मक पक्छे नहुने त कुरै भएन, बरु जस्ले जे गरे पनि, स्वदेश व बिदेश म बशी अ आफ्नै जीवन्मा गरेका सँगर्स को अनुभाव हरु शेर गर्नु भएको भए सबै पाठक हरुको लागि पनि केहि शिक्छ्य मुलक हुने थ्यो कि ? ? ?
पाए सम्म ब्रिटिश पास्स्पोर्त नै लिने नि, कता को भोकमरी देश नेपाल कता को संसार को सम्ब्रिद्द देश बेलायत,कता संसार मा जुनसुकै देश मा पनि शिर ठाडो गरेर हिडन पाइने बेलायती पासपोर्ट, कता जहाँ को इमिग्रेसन मा पनि नाङ्गिएर जाचिनु पर्ने नेपाली पासपोर्ट!
भारती लगायत अन्य देशकाले त झन एउतै बुढी संग नातीलाई समेत भिडाई पेपर बनाएर बस्छन…पेपर बने पछि बेपार गर्दै युरो कमाउदै घर भेज्छन अनि २-४ बर्समै स्ताब्लिस भइ अच्छा केटि बिहे गरि ल्याउछन/
एक हिसाबले हामी सबैको नियत तस्तै त्यस्तै हो .. फुर्ती कसैले नलगाए हुञ्छ! एक रुपया चोर्नेनि चोर करोड चोर्नेनि चोर बाकि सबै चोर ..सानो चोर ठुलो चोर को कुरा हो/ मान्छेहरु एक रुपयात होनी भन्दै उम्कन खोज्नेहरु लेखक जस्तै संसारमा धेरै छन् ……
a uk अनि Aaru कुनै देश को passport लिएको भयेपोछि त्यो मान्छे कसरि नेपाली भो .Pahile passport ले के बुझौदछ भनि बुझ्नु पर्यो..अरु देश को passport लिएर बडा Nepal को Maya र देशभक्त को कुरा गर्दो रैछ .मा कतार मा बसेको ६ साल भयो म संग Nepal को निलो passport छ मैले कमाएर Nepal मा पठाउछु देश को remittance ले देश आधा चलेको छ ..मलाई गर्भ छ जहाँ बसेनि म नेपाली हु बरु धिकार छ आफ्नो स्वार्थ को लागि आफ्नो पहिचान परिबर्तन गर्ने …कुनै हक छैन देश प्रेम देखौन …जसले आफ्नो सन्तान लै नेपाली. Huna बाट बन्चित बनायो…काम जस्तो सानो Thulo गर आफै अरुको passport लिएर बेइज्जत गर्ने Ajhai नेपाली को बेइजत भयो रे..तिमि हरु जस्तो ले हो Nepal को Nam फाल्ने …अफ़ुत माछापुछ्रे को फेद मा घर छ ..मलाई के को डर छ ….सपना Thulo देख्ने ले बिचरा हाम्रो देश Nepal सानै लग्छ ….सानो सपना देख्ने को अगाडी हाम्रो देश बिशाल छ …किन बेच्नु पर्यो आफ्नो ुने वाला बुडी ..अनि बुडा छ्य पुछी सत्य कुरा छोरा छोरी ले थाहा पायो भने क होला ..रातो सधै खतरा निलो ान्ति को ्रतिक मलाई नेपाली हुनु मा गर्भ छ…अरु नपाएर होइन ..jai Nepal
रातो passport लाई धेरैनै महत्व दिए जस्तो लाग्यो ! रातो passport हुना साथ सरकारले घर घर मा हरेक महिना Cheque पठाउने हैन , मिहिनेत नगरी खान पाइदैन यहाँ !
अब कसले के गर्छ र कसले के गर्दैन त्यो मान्छे पिच्छे फरक पर्छ ! त्यो भाइलाई एस्तो काम गर्नु सहि लाग्यो होला, गर्यो ! हाम्रो लेखक ज्यु लाई नराम्रो लाग्यो , तेस्तो काम गर्ने हुदैन भन्नु भो ! सबै आफ्नो ठाउँ मा सहि छन् !
रातो Passport को मैले एउटा मात्र फाइदा देखे युरोप, अमेरिका, अस्ट्रेलिया ,जापान घुम्न मन लागे Visa लिईरहने झन्झट परेन ! हामी जस्ता सामान्य मान्छे ले रातो Passport लिए नि Security , हरियो भएनी Security नै हो !!!!!!
हरेक व्यक्तिको आफ्नो परिवेश र कथा हुन्छ। वांच्नकोलागी कुनैपनि काम गर्नु अपराध होईन। १% ले राम्रो काम पाएपनि ठुलोकुरा हो। सवैभाग्यमानी हुन्छन् भन्ने छैन। हाल नेपालमा १० लाख विदेशीले काम गर्छन््। नेपाली विदेशजानुका धेरै कारणहरु छन्। देश र देशवाशीलाई फाईदाहुन्छ भने विदेशजानु ग़लत होईन। हामी अध्यारो युगवाट निस्केको धेरै भएको छैन तेसैले पनि हामी संसार हेर्न चाहन्छौं। चाखलाग्दो सवालचाही के हो भने अस्थिरताले नेपाली समाजलाई ह्वात्तै ५० वर्ष अगाडी धकेली दियो, वार्षिक ३०० अर्व रकम भित्र्याएको छ। सवभन्दा महत्वपूर्ण कुरा नयां पुस्ताले दुख नगरी सुख हुदोरहेनछ, मिहेनत नगरी पाएको फल को अर्थ नहुने सत्यलाई वुझ्न सके र आज देश फर्कनेको स्वभाव, वानी र विचार माँ कती ऊरवरता आएकोछ त्यसवाट पनि स्पस्ट हुन्छ।संसार संग interaction वढेकोले दुनीयांलाई चिन्ने र आफूलाई चिनाऊने अवसर प्राप्त भएकोछ। यि कुराहरु नराम्रा होईनन्। जहासम्म विदेशी र स्वदेशीको कुरा हो “आफ्नै त पराई हुन्छन्, पराई कहिले आफ्नो हुन्छ र?
यस्तै छ यहाँ को चलन| एक जना मित्रले आफ्नो बुढीलाइ एउटा मर्ने आटेको बुढो खैरे संग लव पारेर क्यानाडा पठाईवरी उताको कागजको साथसाथै बुढो मर्ने बित्तिकै बुढोको सम्पति सहित् आफ्नो नाममा गरेको यहिँ आखाले देखेको छ| खोइ के भन्ने कलियुगमा बाच्न पर्दोरैछ जे नि देखिदोरैछ| तर विदेश बस्ने सब नेपाली यस्तो घटिया दलाल/माल हुन्छ भन्ने चाही होइन| 🙂
केहि वर्ष पहिले नक्कली बिहे गरेर (कसै कसै ले त नाता ले दाजु बहिनि पर्ने पनि) विदेश पसेको कति देखियो कति |हिन्दु संस्कृति अनुसार यो त अछाम्य पाप हो, कसैले केहि भने?
लेखक जी ले भन्न खोज्नु भएको कुरो सत्य हो, तर तेस्मा लाज लाग्नु पर्ने की छैन जस्तो लाग्छ मलाइ |
सबै मान्छे को आफ्नो लक्ष्य हुन्छा, लक्ष्य प्राप्त गर्ने बाटो मात्रै फरक होला | मलाइ के अचम्म लग्यो भने लेखक जी ७ वर्ष भइ सकेछ UK आएको, पक्कै पनि तपाई higher education को लागि आउनुभएको थियो होला वा Skilled visa मा | अनि तपाइ भाडा माझी माझी बसेको के को लागि? अझै पनि कुनै office मा सहायेक को काम मा हुनुहुदो रहेछ (याने कि पिउन), तपाइलाइ ग्लानी हुदैन आफ्नो छ्यमता भन्दा तल्लो स्तरको काम गर्न? handicraft को दोकान राखेर अनि घरमा बच्चा हरु संग नेपाली मा कुरो गरेर तपैले रास्ट्रा भक्त छु भन्न खोज्नु भएको हो भने, नेपाल किन फर्कनु हुन्न? मलाइ थाहा छ तपाइको उत्तर के हुन्छा भनेर, सबैले तेही भन्छन, केटा केटि को भबिस्य को लागि भनेर | के नेपाल का सबै केटा केटि बिग्रेका छन् त? येदि तपाई मा हिम्मत छ भने र साच्चै को राष्ट्र प्रेम छ भने, नेपाल फ़र्कनुस | अरुको खेदो खन्नु मा तुक देखिन मैले त |
माथिको लेख पढ्दा तथा प्प्रतिकृया पढ्दा केही असान्दर्भिक कुराहरु उठएर एक अर्को लाई गाली गरेको वा एक ले अर्को लाई सानो देखयौने प्रयास गरिएको पाइयो । एस्तो कुरामा टाईम खेर फाल्नु भन्दा बरु लेखका सकरात्मक कुराहरु तर्फ ध्यान दिने कि ?
त्यता मात्रै होइन , सबै तिर यस्तै चलिरहेको छ. यता Germany तिर त पनि paperko बुडी को अर्को boyfriend . आफ्नो sanchaeko बुडी ( नेपाली परम्परा अनुसार बिहे गरेको) पनि अर्को paperma ओफ़्फ़िचिअल बुदो, किन भन्दा एउटाको नभए अर्को तिर बाट पस्स्पोर्त बन्नला नि त !! यस्तै हो. jai होस्!
मेरो झन कुन गति भएको छ \
पैसा तिरेर एउटा Agent मार्फत विवाह गर्ने केटि भेटियो र नक्कली विवाह पनि गरियो.
police एस मा संका गर्यो मपनि नक्कली विवाह पछि मेरो श्रीमती लाई भुलेछु
र काम मा busy.
२ महिना पछि police कहाँ आउनु भेन्ने चिठ्ठी आयो , म टिन केटीलाई मेरो अगाढी
राखेर police सोध्यो, तिम्रो श्रीमती कुन हो, मत मेरो श्रीमती चिनैसकिन.
तेस्पछि police ले त्यो देश नै छोडने आदेश दियो, अहिले सामाखुशी म पसल्गरेर
खुसीले वचेको छु, वास्तव मा police ठेकै गरेछ
Even you don’t look like patriotic and want to acquire British passport. You have already lived 7 years with ups and downs in life, and want to live 2/3 more years to process for indefinite leave. But the article describes 100% true scenario of Britain and slave mind of Nepalese youth, which is not only due to personal wish but also because of political turmoil, lack of leadership vision, poverty and unemployment in our own country.
We became foreign’s slaves as our ancestors couldn’t work out to make country better. We, however, must stop being too political, be civilized , develop future vision for economic revolution, stay in our own country and work with collective efforts as Nepalse rather than boycotting fellow country man as congress, communist, mandale etc. we must never irrespect other’s equal rights and viewpoints, develop habit of praising good for good and carry out national development favor projects irrespective to any party’s agenda.
These days news of family hatred and betryal due to abroad wife/husband have overwhlmed our daily newspapers. Mother Teresa has said-“If you want world peace, go home and love your family”. We must be united wherever we are in the world, returning back home , loving and caring even only our family will definitely bring positive attitude and culture in the contemporary slave mind and culture of Nepalse”.
HSMP Highly Skilled Migrant Programme मा आउने ९९% ले Security को कम अर्थात् ढोके चौकीदारी गर्दै छन् यहाँ UK मा अनि तिनले बढ्ता Dhaank देखौञ्छन. १% ले मात्र professional जोब गरेका छन्. Engineer ले पनि security नै हो.
Tara मैन प्रोब्लेम भनेको यह्को वास्तविक कुरा नभन्ने अनि बधाई चदाइ नेपाल मा गाफ दिने. नपत्याउनुस यी फटाहा को कुरा.
Durga
Durga ji
तपाइंले चाही के नै ठुलो काम गर्नु भाको छ र ? खाली अर्का को मात्र नराम्रो किन सोच्ने ? अरुले जे सुकै गरुन, तपाईलाई के मतलब ? तपाइले राम्रो काम पाएन भनेर सबैलाई त्येस्तै सोच्ने ? HSMP मा कति जना आएका थिय भन्ने data तपाई संग छ र १% ले मात्र professional काम मा छन् भन्नु भाको ? नया ठाउ मा struggle त सबैले गर्नु पर्ने हुन्छा तर HSMP forum UK को record अनुसार ७०% ले आफ्नो सानो तिनो business तिर लागिरहेका छन् र केहि ले कुनै न कुनै रुप मा second काम पनि गरिरहेका छन्. अनि security मा पनि धेरै नेपाली हरु ले हिजो आज security supervisor , security manager को post मा पनि छन्. तपाइको लागि security (तपाइको भाषा मा ढोके जब ) पाउन त धेरै टाढा को कुरा होला तर तपाइंले जब पाएन भनेर अरुको काम लै खिल्ली उडाउने तपाइको परम्परा लाई बिर्सनु भय राम्रो हुने थियो. म आफु पनि स्टुडेन्ट मा आएर ५ years पछि नेपाल फर्किन लागेको हुनाले र अर्काको काम को respect गर्ने हुनाले मैले मेरो view मात्र दिएको हो.
कुरा गरे कुरै को दु:ख, भने झैँ यस्ता बिषयमा जति कुरा गरे पनि संसार मा जसले जति कुरा काटे पनि सबै को आफ्नो जीवन हो र त्यहाँ कसैको धखलन्दाजी कसैलाई मन पर्दैन / लेखक महोदय ज्युले भन्नु भएको तात्पर्य ठिकै छ तर समय र अवस्था लै विश्लेषण गरेर कसलाई सहि मार्ग दर्शन गर्नु भयो त्यहाँ सम्म सहि छ तर ति भइ बहिन को अवस्था के छ र बाकी नेपाली हरु को के छ अवस्था नबुझी आफ्नो बिबेचना राख्नु उपयुक्त नहोला / याद राखौ कसैको खराब समय लाइ आफ्नो भाखामा शब्दका माध्यमले आलोचित गर्न सहज हुन्छ तर त्यहिँ व्यक्तिका जीवन मा घटित घटनालाइ स्वयं जिउनु पर्दा कतिको कस्ट र स्वाभिमान लाइ नै धक्का पर्न जान्छ त्यसको स्वाद नथाहा पाई ब्याख्या गर्नु अनुचित होला / जहासम्म रहह्यो कुरा देश, देशको स्वाधीनता र बिकाशको, त्यसको लागि देशमा सहि किसिमको श्रोत साधन जुतिदिने भए यस्ता किसिमका आलोचकहरुको जन्म नै हुने थिएन होला /
So Please Do not try to analyse consequences of others without knowing everything. And be 100 % by yourself and suggest others. (To Rajendra)
लेखक ज्यु, एउटा रिकुटे अफिसर भएपछी आफुले भोगेको कर्तुत सबै बिर्सनछ रे ! शायद तपाइंको पनि कुन हालतले त्यहाँको पासपोर्ट बनेको थ्यो ? अरुको खिल्ली उदाउँदा आफ्नो पनि पोल खुल्यो होलाकी ? आफु चाहिं पानि माथिको ओभानो बन्न खोज्नुको तुक छैन
I don’t think the author has generalised all Nepalese rather writing his experience. However, it is a good reminder for who are confused with the purpose of life. Once people turn to self centred, selfish and lack of self esteem and too much focus into short term gain they lose the purpose of their lives.
Once we lose the “trust and character purpose of living lost”
पहिले भन्नुभयो : “झन्डै सात बर्ष भो बेलायत आको” । अनि पछी भन्नुभयो : “हे राम के युग हो यो । के ब्रिटिश पासपोर्टनै संसार को सबै भन्दा ठुलो कुरो हो जो एती सम्मा कदम उठाउन मान्छे तयार हुन्छ । नैतीकता भन्ने चीज कत गयो ? युवा हरुको एस्तो सोचले यो देश लाई भोलि कता पुरयाउला ।”
धेरै नमिठो गरी त तपाईलाई नभनौं, तर तपाईको कुरो मेरो ट्वाँक तान्दाको कथाजस्तो पाराको छ ।
म जुनबेला एक थोपो ट्वाँक् लाउँदैन थिएँ तेतिबेला कहिले कहिँ थोरै चाख्नेहरुलाई समेत भन्ने गर्थें : “साला ट्वाँकेहरु ! ट्वाँक्नै संसारको सबैभन्दा ठूलो जस्तो गर्छन । नैतिकता भन्ने त वास्तै छैन । युवाहरुको यो तालले देश कहाँ पुग्ला ?”
पछी आफै कहिले कहिँ लगाउन थालियो र भन्न थालियो : “कहिले कहिँ एस्सो त ठिकै हो, साला दिन दिनै धोक्नेहरु !” बिस्तारै बेलुकी-बेलुकी प्रायजसो लगाउन पनि सुरु गरियो र भनियो : ” खाएर लड्नु पो भएन, सरप्प खाने चरप्प सुत्ने त ठिकै हो नि ।” हिँजोआज कहिले कहिँ सडकमै पनि लडिन्छ, मुख पनि छाडिन्छ र भनिन्छ : “साला लड्नेगरी नखानेहरुलाई के थाहा जिन्दगीको मजा कहाँ छ !”
सही र गलत मान्छेले आफु भर्खर उभिएको धर्तीमा टेकेर र आफुले तत्काल हातमा बोकेको तराजुले जोखेर छुट्टयाउँछ हजुर ! जो तपाई गर्दै हुनुहुन्छ ! नैतिकता जोख्ने पनि सर्वमान्य तुलो छैन । भोको पेट लिई मर्नु भन्दा बेश्यावृद्धि र गुण्डागर्दी गरी बाँच्नेहरु छन् यहाँ, पासपोर्ट र बिहेको कुरो तेत्रो ठूलो होइन !
आत्मारामजी तपाइलाइ मेरो भन्नु यति मात्रै छ कि, नेपालमा गएर ‘कुकुरहरू’बाट सम्मान पाउनको लागि ती भाइले आफुलाइ हृदयदेखि माया गर्ने ती पुर्वी युरोपेली मायालुलाइ झुटो माया देखाएर लास्टमा धोका दिनु हुँदैन ।
राजेन्द्रजी उनको त्यो झुटो विहेमा नजाने तपाइको निर्णय स्वागतयोग्य छ ।
अंगुर अमिलो रहेछ, आफुले भोग गर्न नसकेको चिज लाई घृणा गर्ने मानिसको पुरानो बानी हो।
्य सस्ता मानिसहरु …..बुद्दि हीन, मतिहिन हरु कागज बनाउनु को सत्ता पैसा saving गरि Nepal मा नै क्यहि business गरे त भिहल्छ नि …..म Australia बसेको ४.५ वर्ष भो क्यहि हुनेवाला जस्तो लागेन समयमा बुद्दि लगाए बचत गरे…..feb १ मा नेपाल जादैछु सदै को लागि ….यहाँ PR पाएरनी काम नगरी कहाँ बस्न पाउछ र / आफु त सुवभिमनि देश मै गरिन्छ जे गर्नु छ …..
“बरफ आफ्नै पानीमा पग्लेर जाने बस्तु हो ” याद गर |
यदि तपाई साचीनै मन देखि नेपाल फर्कनु भएको हो या PR नभए पछि ठुला ठुला गफ गर्नु भएको हो l यदि सबै नियम संग पढ्नु भएको छ भने र अस्ट्रेलियाको skilled demand लिस्ट मा तपाईको occupation छ भने त कागज बनौन के नै खर्च लाग्छ र ???
एउटा भनाइ छ “नपाए पछि येस्तै भन्ने त हो ” तपाईको पनि येही कहानी होला ….
कागज नबनाई नेपाल फर्के भने त कुकुरले पनि हेप्छ…………. राजेन्द्र जि तपाईको पनि पेपर नभएको भए त्यही हाल हुन्थ्यो जसले जति ठुलो कुरा गरे पनि युरोपमा बसेर पेपर नबनाई नेपाल फर्कनेको त्यही हाल हुन्छ नेपाली समाज अनि सस्कार नै त्यही छ नेपाल फर्केर डिप्रेसनको सिकार हुनु भन्दा यो नै राम्रो उपाय जस्तो लाग्छ आफुले जे दुख भोगे पनि कमसेकम समाजको नजरमा त गिर्नु पर्दैन हामी नेपाली आफ्नो भन्दा पनि परिवार र समाजको लागी जिउनु पर्छ त्यही भएर नै यस्तो हालत भाको हो।
जिबन जिउन को लागि हो जहाँ जे गर्दा सहज हुन्छ तेही गर्ने हो. बर्षे पिच्छे बच्चा लाइ नेपाल घुमाएर, नेपाली बोलेर देश भक्त बनेको स्वाँग गर्ने महोदय लाइ नेपाल नै फर्कन चाहि के ले रोक्यो? बेलायत को नागरिक भन्नु भनेको संसार को जुनसुकै देश मा जाने ढोका खुल्नु हो तर नेपाल को? सरकारी उच्च कर्मचारी, मन्त्रि, आदि ले पनि भिसा नपाउने देश हो.
भाईले लेखेको कुरा केही हदसम्म ठिकै हो ; यु.के.मा सरकारी दमन परे पछि पढ्न होइन कमाउन हिडेका नेपाली विद्यार्थीहरु जे जसरी भित्रै बस्न सकिन्छ सबै युक्ति अप्नाउन पछि पर्दैनन् | तर भाई, तपाईं पनि यु.के. छिर्नु भएको ७ वर्ष भएछ, कुन भिसामा छिर्नु भो ? हाइली स्किल्डमा त होइन होला (नत्र अफिस सपोर्ट मात्र नहुनु पर्ने); विद्यार्थी भिसामा जानु भएको हो भने ७ वर्षसम्म त मास्टर डिग्री पनि सकेर टियर २ भिसा लिएको हुनु पर्ने, कि त डिग्री लिए पछि नेपाल फर्केर गइसक्नु पर्ने किनकि तपाइमा स्वदेश प्रेम धेरै रहेछ, होइन भने वर्षे पिच्छे स्टुडेन्ट भिसा तन्काएर बस्नु पनि ती दुइजना भाई बहिनीहरु भन्दा केही फरक भएन | त्यो पनि एउटा हथकण्डा नै हो | अब ती दुइजनाको कुरामा किन मन अमिलो पार्नु, उनीहरु दुइ तीन वर्षदेखि संगै सुतेर वाक्क भैसके; पार्टनर फेर्ने बेला भैसकेको रैछ; रातो पासपोर्टको खोजी शायद जायज नै होला | यु.के.को सरकार पनि के कम निर्दयी छ र ? मान्यता प्राप्त मास्टर डिग्री निजी विश्वविद्यालयबाट पढेमा वर्क परमिट न दिने, सरकारी वा अनुदानप्राप्त विश्वविद्यालयबाट कम्तीमा १२ हजार् पाउण्ड तिरेर पढेको देखेमा मात्र वर्क परमिट दिने, यस्ता विसंगति उसैले भित्र्याएको त हो नि | जे जति बुद्धि लगाउन सकिन्छ, सबैले लगाएकै रहेछन, सबैको प्रगति होस्, भलो होस्, भाईको पनि अब १० वर्ष पुग्न लागेछ यु.के बसाइ, अब रातो पासपोर्ट तिरै त होला नि नज़र त | ल बधाई छ है …..अग्रिम |
मेरो विचार मा बिदेशी भुमिमा रहेका ९०% नेपालीहरुको अबिलाशा यो लेखले represent गर्छ /
यो संसारमा बिदेशी पासपोर्ट भन्दा पनि धेरै महत्वपूर्ण कुराहरु आफ्नै देशमा छन…?
आजकाल कसैले देश भक्ति को कुरा गरे पनि जोक जस्तो लाग्छ |
हिजो मेची महाकाली परेड गर्ने ,खुर्दालोतन , कालापानी को कुरा गर्ने , सुरुङ्ग युद्द गर्छु भन्ने हरु आजकाल समानुपातिक सिट माडेलाई बेच्दै गर्दा , आउ हाम्रो एयरपोर्ट मा बस ,
भन्दै गर्दा १९५० को सन्धि भुलेको देख्दा माछो न पाउदा सम्म बकुल्ला ले तपस्या गरेको हो कि भने जस्तो |
आफ्नो भएपछी कट्टुको त् माया लाग्छ , देश को माया न लाग्ने कुरै भएँन तर देश ले कुराको माया हैन काम को मागिरहेछ |
नेपाल मा बस्दै मा चै जति धादली ,घोटाला गरेपनि , धमिराले जस्तो देश भित्र भित्र खोक्रो बनाएपनि देश भक्त भइने , बाहिर बाट देश मा जति क्याश पठाएपनि निस्तुरी भइने , देशलाई माया न गर्ने भइने गजब छ बा |
यो ठूलो कुरा जस्तो लागेन मलाई त. नेपाली मात्र होइन चाईनिज, फिलिपिनो, अरु एशिया का धेरैले यस्तो गर्छन बिदेशमा बसोबासको लागि.
यो त् पैसाको लागि आफ्नी आमा लाई लिलामीमा बेचेको सरह हो ! बेलायेत र अमेरिका को passport मा आफ्नो जिन्दगि बन्दगी राख्ने नेपालीहरु देख्दा टिठ लागेर आउछ/
बलराम जी,
उसोभए तपाइंलाई –
# १) आफ्नो सानो/ ठुलो व्यक्तिगत स्वार्थ पुरा गराउन नेताको भरौटे भएर कुनै राजनैतिक संगठनमा आबद्ध भएको चाही इमान बेचे जस्तो लग्छ कि लाग्दैन?
#२) जसको कारणले गर्दा लाखौँ युवाहरुलाई आफ्नो देशमा बस्न मन नलाग्ने वा नमिल्ने स्थिति आएको छ , तिनीहरुकै लागि आफु आफु विभाजित हुनेहरु देखि टिठ लाग्छ कि लाग्दैन?
मलाइ सोध्नुहुन्छ भने बलराम जी, स्वदेशमा बस्ने तर नेताको कुकुर भएर आफु पनि बिग्रेर अरुलाई ( विद्यालय, क्याम्पस, कार्यालय, अस्पताल) पनि बिगार्दै हिड्ने युवा हरु भन्दा बरु विदेश बसेर खुरापाती दिमाग लाएर भएपनि मिहेनत गरेर आफ्नो गुजारा चलाउने युवा १०००० गुना ठिक लाग्छ!!!
बल राम जी अंगुर अमिलो छ हगी ?
यो कथा अहिलेको एउटा यथार्थ कथा हो| तर अन्य धेरै यथार्थ कथाहरु पनि घट्छन यो संसारमा ति मध्ये कुनै तपाइलाई मन पर्न सक्छ कुनै मन नपर्न सक्छ| तर बिदेशमा बस्ने नेपालीका सुख, दुख, संघर्स, भोगाइका कथाहरु एकैनासका भने हुदैनन्| नैतिकताको पाठ पढाउन सजिलो होला तर संसार हामीले जति चाहे पनि नैतिकतामा भन्दा पनि आवस्यकतामा चल्दो रहेछ| जतिसुकै भबिस्यको बारेमा सोचे पनि बर्तमानको आवस्यकता पुरा गर्नु नै पहि प्राथमिकता हुन्छ| तपाइको कथाको भाइलाई पनि भबिस्य भन्दा पनि बर्तमानकै आवस्यकताले बढी पोल्यो| यसमा उ जति नै उसको परिस्थिति जिम्मेवार छ| के राम्रो के नराम्रो आफैले मुल्यांकन गर्ने कुरा हो, एउटाको राम्रो अर्काको नराम्रो पनि हुन सक्छ| संसार यस्तै रहेछ, सबैले आ-आफ्नै किसिमले जिउनुपर्ने|
म पनि हालसाल बिदेशमै बस्छु| धेरै संघर्स गरियो यो कथाको भन्दा बेग्लै किसिमको र धेरै हदसम्म आफुलाई सफल नै भएजस्तो पनि लाग्छ| तर म संगै त्यहि यात्रा सुरु गरेका कति साथीहरु आ-आफ्ना आवस्यकता पुरा गर्दै जाने क्रममा बिचमै छोडिए, बाटो परिबर्तन गरे| तर पनि कोहि हारेका छैनन्, आफ्नै किसिमले जिउदैछन| कसलाई राम्रो, कसलाई नराम्रो भन्नु, मलाई त सबै राम्रै लाग्छ|
सबै नेपाली ले यही उपाय अपनाएका हुँदैनन् ,तर केहि नेपालि हरु केहि पाउनको लागि अति नै तल सम्म झर्न सक्छन यो तितो सत्य नै हो !!!
अमेरिकामा पनि धेरै छन् होउ गोरी र काली को पोइहरु
नेपालको “राम्री-राम्री केटी” हरुले कोरिया तिर कस्तो “झारे-पत्रु पोइ” पाउछन त्यो त् यसै ब्लगमा अस्ति भर्खर पढियो /
नेपाल कै ….. केटाहरुले कस्ता कस्ता “गोरी-काली जोइ” पाएका होलान अनुमान लगाउदा मात्र पनि आंग जिरिङ्ग गर्यो /
So so true. I have seen loads of these things in Sydney too. The worst, i have seen is Nepalese guys marrying with Australian guys as a gay couple and staying together just to get Permanent residency and i know those people are not guy. Come on, Guys, you can do better than that.. I know they are going for the easiest and quickest way but …………………………..
राम ! राम !! राम !!!
“छोरो र ज्वाइ” को फोटो देखेर तिनका माता-पिताले के सोच्दा हुन् ?
चिट्टिक परेको बुहारी लिएर आउला भनेर आशा गरि राखेको बा-आमाले जुँगामुठ्ठे ज्वाईको थोपडा देख्दा के हुन्छ होला ?
बुहारी भन्ने कि ज्वाईं भन्ने दोधार पर्छ होला !
जे भनेनी भयो नि… येदि स्वीकार गर्छ भने |
हैन हरि जी, अब बुहारी हो भने तिमि भनेर सम्बोधन गर्नु पर्यो अनि ज्वाई भयो भने कि तपाइँ कि हजुर आइस्योस गैस्योस ( ठकुरी वा मोडर्न व्राम्हण छेत्री, सन्यासी परिवार को हकमा! ) भन्नु पर्यो नि….तेइ भएर दोधार पर्छ भनेको के! सेम सेक्स म्यारिजको ब्यङ्ग गर्न खोजेको जस्तो तपाइंलाई लाग्यो भने क्षमाप्रार्थी छु 😐
Where do you draw a line Kieran?
Someone applies as the same sex couple.. Someone lies in their work experience to accumulate enough points. Many work in cash without paying taxes.
I think we should stop judging others.
Kieran ज्यु हावा गफ तै नगरौ न हौ ? Australia मा अझै सम्म गे म्यारिज legal भएको छैन ?
गुरुजी बनेर प्रबचन दिन जति सजिलो छ, जिन्दगि जिउन तेतिनै गारो छ, लेखक ज्यु आफै बिदेशी पस्स्पोर्ट को रनभुल्लमा परेर बर्षमा एक पटक नेपाल जाने प्रयास गर्नु हुँदो रैछ !! त्यो त तपाई होम सिक भएर जानु भाको !!!
यो धर्तिमा सबै मान्छे स्वार्थी छ, जो कोहि पनि पहिले आफ्नो बारेमा सोच्छ अनि पछि अरुको बारेमा,
बिदेशी पासपोर्टमा जुन तागत छ नेपाली पासपोर्टमा नि तेती तागत हुन्थ्यो भने नेपालीहरु विदेश घुमघामको लागि भन्दा अरुको लागि जाने थिएन !!
भनिन्छ नि फल नभयको बोटमा चरा पनि बस्दैन, दुर्भ्ग्य भनु नेपालको हालत तेही भएको हो !!
अन्त्यमा बिदेशी पासपोर्ट जसरि लिय पनि, जिन्दगि भर उतै बसे पनि, नेपाल र नेपालीको इज्जत राख्ने कोसिस गरौ !!!
I went through this article at some point this is the reality but not for all as the article pointing to. We all know why we want to go abroad. There are many reasons for leaving own motherland but life does not run by itself. You have to be a fighter to become a fighter you need many things. First is food, shelter, clothes to cover bodies. Can we all have them available for us in our country? I doubt we all have. Some people they have luxurious life some of them do not have anything. Okay people in the middle class could go abroad or better place where even they work for 18hrs they do not mind because they have a responsibility looking after their families daily needs which is not possible to acquire until and unless you have money or other resources which you could to convert it into money. Life is not easy. Theoretically, any one can say he is a loser if they see someone working as a cleaner in abroad like the writer of this article. He is not stealing the money. He has used his sound health to execute the work. What’s wrong? Work is work. We think a lot before doing anything in our own country. We hesitate to work like cleaning, healthcare jobs etc. And the money we get is as little as not even enough for tea for few people.
I think the writer is having full ego and trying dominate other peoples sentiment which is strongly against the natural laws. Hold on a second and think okay you have a degree. Imagine that you have not found a job for few months and you have not got money to pay for rent, food, and other bills that are required to pay on time if you don’t pay then you will be brought to court. what you would be doing in this situation? Wise decision I would take any job available in front of me and look for the better one in parallel. But the writer has not understood the reality of why people doing cleaning job. when you sell your goods wont you add profit on it on the price you put on it. Thats the cheating its the same thing someone is trying use his/her mind to be able to get permanent stay in abroad where they see their brighter future. I would say stop barking about other fellow citizens rather help them to get out of the mess if you could.
Also, we should realize that not all of the people (Nepalese) leaving outside Nepal have the same mentality. Everyone is unique and everyone has his/her own nature. We should not generalized everyone on the same categories. I have seen many people who just want PR, Greencard and they actually lack the purpose of their life. And also, I have seen many people who don’t care about PR, Greencard. they care about what they are doing and what they want to do. Ultimately, there is always a demand of good and skilled people and they know, it might take time but it will be in their favor. We can simply see the difference between the view of writer and the person he has mentioned in this article. Just think, one person doesn’t represent all the population, एउटा नेपाली अमेरिका मा बैज्ञानिक छ भन्दैमा सबै नेपाली बैज्ञानिक हुदैनन्, एउटा नेपालीले चोरि गर्यो भन्दै मा सबै नेपाली चोर हुदैनन्. Anyways article is good but we should not just generalize everyone in same manner.
“एउटा नेपाली अमेरिका मा बैज्ञानिक छ भन्दैमा सबै नेपाली बैज्ञानिक हुदैनन्, एउटा नेपालीले चोरि गर्यो भन्दै मा सबै नेपाली चोर हुदैनन्”.
यो पुरै सत्य पनि हैन, राम्रो कुरो छरिन धेरै समय लाग्छ भने नराम्रो कुरो छरिन एक छिन पनि लाग्दैन. एउटा नेपालीले चोरेर सबै नेपाली चोर हुन्नन् क्यारे भनेर चोर्न तिर नलागौं, राम्रो गरौँ त्यसको राम्रो फल पाऔ !
अति सत्य कुरा! यो युकेको वास्तविक यथार्त हो.