भित्रपट्टी जाली अनि सिसा, बलियो फलामे ग्रिल/बलियो सटरले बारेर बनेको पक्की पसल होस् या घरमा जतिनै ताल्चा मारेर गार्ड राखे पनि दिनदहाडै चोरी हुने हाम्रो देश नेपालमा पसले बिनाको पसलको कल्पनासम्म पनि गर्न सकिँदैन। जतिसुकै बलियो चाबी लगाए पनि फोरेरै छाड्छन चोरहरुले। त्यसैले देउताको मूर्तिसमेत फलामे बारले छेकेर ताल्चा ठोकेको देखिन्छ।
तर अति विकसित जापानमा यस्ता पसले बिनाका पसलहरु अझै पनि थुप्रै ठाउँमा देख्न पाइन्छ। सुन्दा अचम्म लाग्ला, तर यहाँ शहरबाट ५-१० मिनेट जति भित्री बस्तीहरुमा पैदल हिँड्ने हो भने पनि मान्छे हिँड्ने बाटोहरुमा, आलु, गोलभेडा, फलफूल लगायत धेरै तरकारी, लुगा, विद्युतीय सामान आदि इत्यादी सामानहरु बिक्रीका लागि राखिएका हुन्छन्। यस्ता पसलमा न कुनै सटर हुन्छ, न कोही पसले नै। मात्र किनेर लानेहरुको लागि प्लास्टिकका झोला अनि पैसा राख्ने खुत्रुके राखिएको हुन्छ।
यी माथिका दुईवटा फोटो म कलेज जाने बाटोमा राखिएका मैले सँधै देखिरहने पसलहरु हुन्। यी पसलमा कुनै पसले छैनन्, न त यहाँ कुनै भोटे ताल्चा नै लगाइएका छन्। मात्र मिलाएर सामानहरु राखिएका छन् बेबारिसे तरिकाले। तर अचम्मको कुरा, न कसैले चोरेर लान्छन्, न त पसले छैन भनेर पैसा कम राखेर लान्छन्।
पहिलो फोटोमा एउटा छाताको मुनि सुन्तला बेच्न राख्न राखिएको छ। छेउमा एउटा पैसा राख्ने बाकस छ। यहाँ बाटोमा हिँड्ने मान्छेहरूले किन्न मन लागे झोलामा राखिएको सुन्तला लिएर, तोकिएको पैसा राखेर जान्छन्।
त्यसैले यो पसलमा पसले भन्नु नै विश्वास हो र विश्वास कै कारोबार भएको मलाई लाग्छ।
यस्तै दोस्रो फोटोमा सुन्तला, मुला, आलू जस्ता फलफूल अनि तरकारी र त्यसको भाउ लेखेर टालिएको छ।
यहाँ पनि कुनै पसले छैन, आउने ग्राहकले आफैले सामान लिएर तोकिएको रकम टिनको बट्टामा हालेर किन्ने गर्छन्।
नेपालमा पनि यस्तै विश्वास गर्ने वातावरण भैदिएको भए ? यस्तो अनौठो पसलको कल्पना हामीहरुले आफ्नै बानी व्यवहार नसुधारी हुँदैन जस्तो लाग्छ। तर पनि आशा गरौँ, नेपालमा पनि यस्तो पसले बिनाको पसल छिट्टै राख्न सकौं। के यो सम्भव छ ? आ-आफ्नो विचार राख्नुहोला तल कमेन्टमा।
त्यसपछि त देउताहरुलाई पनि यसरी थुनेर राख्नु पर्दैन थियो होला
कीर्तिपुरमा थुनेर राखिएको गणेशको मूर्ति। थप पढ्नुस्- अरेस्टिङ गणेश इन काठमान्डू
[यो ब्लग जापानको योकोहामाबाट माइसंसारका पाठकले पठाएका हुन्। तपाईँ पनि विविध विषयमा आफ्नो भोगाइ यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]
अब नेपालमा मा यस्तो पसल राखेर हेर्छु नेपाली कत्ति को इमान्दार छ भन्ने कुरा प्रमाणित गर्छु
के तपाई हामी ले यो गर्न सकिएला त्यई माथि नि हामी नेपाली आफ्नो जात त जनै हाल्छ नि
ल धेरै भयो विदेश का कुरा, तेस्ता फलफुल त बाटो मा जता बेचे पनि हुन्छ नि, सक्छ भने महँगो सामान राखोस अनि मान्छु
टोक्यो कै हिगासी आकिरुनो , फुस्सा तिर यस्तो पसल देखेको थिए , तर पैसा चही चानचुने हुनु पर्छ , खुत्रुको बक्स बाट फिर्ता लिन मिल्दैन
हे दादै माथि राखे को सि सि टिवी केमरा ले बिताइ हाल्छ नि हौ केही उत्पट्यङ् गर्यो भने
जापान देखि युरोप अमेरिका सम्मका कुरापनि सुने अलिअलि त्यहाको अनुभब पनि छ / सबैजसो कुरा सत्य हो / अझै सत्य कुरा त यो पनि होइन र ? बुद्ध नेपालमा जन्मेकाहुन भनेर घाटी सुकाई सुकाई खोक्नु भन्दा बुद्धले सिकाएका कुरा सिकिदिएको मात्रै भए सायद यी कुरा हाम्रै देश बाट सुरु हुन्थ्यो कि ? चोर्नु गरिबीको कारण नभई नियति को कारण हो / के ठुला धनि व्यक्तिले चोरेका छैनन् ? के कर छल्नु भ्रष्टाचार गर्नु चोरि होइन ? नेपाली समाज मा चोरीको सस्कार सम्पन्न र धनाड्य बर्ग बाटनै सुरु भएको हो / गरिब को चोर्ने आँट नै हुदैन विचरा चोरि हाल्यो भने खुर्सानी चोर्ने हो / जुन ठाउमा धनि बर्ग र शिक्षित बर्ग नै चोर छन् ;त्यो ठाउँ मा के सुधार गर्ने कसले सुधार गर्ने
जर्मनीमा पनि येस्तै देखेको थिए मैले . जर्मनीको त चलन नै थियो. र अहिले पनि कता कति यस्तै छ .
माथि शेखर ढुंगेल दाई को लेख भन्दा कैयौ गुना लामो कमेन्ट पढे ! जापानी हरुको अनुशाशन को बारेमा लेखेका कुरा ठिकै लग्यो साथै इमान्दारिता पनि !
अब जापानीहरु सहयोगी र दयालु हुन्छन भन्ने कुरा , त्यो चाही १०० प्रतिशत गलत हो ! येदि तपाई जापानी भाषा बुझ्नु हुन्न भने त ठिकै हो उनीहरुको नम्रता र बिस्तारै बोल्ने बानीले प्रभावित नभई रहन सक्नु हुन्न ! तर जब यो बुझ्न थाल्नु हुन्छ कि उनीहरु के कुरा गर्दैछन तब तपाई आफैलाई धिक्कार्न थाल्नु हुन्छ ! कसै लाई सहयोग गर्ने कुरा बिर्सिनुहोस, बाटो सोध्यो भने चाही राम्ररी बताई दिन्छन ! तर अरु सहयोग माग्नासाथ “सोरे वा अनाता नो मोंदाई” (That is your problem ) भनेर सुन्न पाउनुहुन्छ !
यिनीहरु अरुको गल्ति खोज्न मा आफ्नो बढी भन्दा बढी समय बिताउछन , कसैले अन्जानमा गल्ति गर्यो भने उसको बेइज्जत गर्नु पहिला कमसेकम ५-६ जना मानिस जम्मा गर्छन र अनि मात्र बेइज्जत गर्छन !
नेपालमा कुरा गर्ने को अखडा “पँधेरो” लाई भनिन्थ्यो तर जहाँ ४ जना जापानी जम्मा हुन्छन उनीहरुले त्यो ठाउलाई “पँधेरो” बनाई दिन्छन !
“खाइस्या” (काम गर्ने कम्पनी) मा मालिकलाई(साच्यो) जसले सबैको कुरा लगाउछ त्यो मालिक को प्यारो हुन्छ, तेसैले उनीहरु कसले के गर्यो भनेर जुन बेला पनि Watch गरेर बस्छन र मालिक लाई कुरा लगाई हाल्छन , जस्तै आज को कति पटक Toilet गयो कसले कम काम गर्यो , को २ मिनेट ढिलो आयो को २ मिनेट चाडो गयो इत्यादी ! म पनि १९८९ देखिनै जापान जाने आउने गरेको हु र लामो समय जापानमा बिताएको छु यो मेरो आफ्नो अनुभव हो कसैको कुरा सुनेर कमेन्ट गरेको हैन ! तर अर्को सत्य चाही के पनि हो भने जापान बिकसित , सफा र सुविधाजनक चाही छ !
कुरा जापान को मात्र हैन , नेपाल मै केहि बर्स पहिले को स्थिति र सायद अझै गाउघर मा
कसले चै भोटे ताल्चा घर मा लगाइयेर हिड्छ ?
दैलो खुलाई हुन्छ , रुख ,मा ,बारीमा फलफुल लटरम्म हुन्छ , न कुनै सुरक्ष्या गार्ड न रखवाली ?
बचा हराउने , केटि हराउने , मान्छे हराउने अनि त्यो हराएको बस्तु ( मान्छे लाइ बस्तु बनाइएको छ ) कहा खपत हुन्छ ? सबैलाई थाह छ त्यो इन्डिया जान्छ |
ठुला ठुला ठगि काण्ड , क्रेडिट कार्ड फ्रद , कम्प्युटर मा भाइ रस पठाएर कप्प्यूटर क्र्यास गराउने काम कहा बाट भएको छ ? त्यो पनि अनुमान गर्नु नै भो होला |
भनेपछि न चाहेरै पनि हामीले ले छिमेकी को देन यहा सम्झनु पर्ने हुन्छ |
जेब्रा क्रसिंगमा मान्छे क्रस गर्न लागेको देख्दा देख्दै पैदल यात्रुले नै बाटो छोडोस भनेर बाइक वा गाडी कुदाउने; केटिले चलाको स्कुटिलाइ साइड नछोड्ने; ब्लु बुक नबोकेर वा मापसे गरेर चलाउदा ट्राफिक प्रहरीले नपक्रिए आफ्नो पुरुषार्थ सम्झिने; आफ्नो हजारौं पर्ने मोबाइल भए पनि माइक्रोमा सामान्य मोबाइल छुटेको देखे हत्त न पत्त अफ गरेर गोजीमा राख्ने; पढाइ छोडेको र जागिर खान थालेको दशक हुनलाग्दा पनि जाबो सामान्य छूटको लोभमा नक्कली परिचय पत्र बनाउने; दस फिट पर रहेको डस्ट्बिनसम्म पुग्न अल्छी लागेर बाटोमै बोक्रा फाल्ने वा थुक्ने बानि जति सबै छिमेकी को देन मात्र हैन शंकर जी| जबसम्म सभ्यता भित्रबाटै आउँदैन सभ्य समाजको कल्पना कल्पनामा मात्र सिमित हुन जान्छ|
उही भ्रस्ट शिक्ष्या , चालचलन ,संस्कार हरु खुला सिमाना बाट छिरेको छ बाकि के भन्ने ?
समस्या मात्र न हेर्नुस न समस्याको जड हेर्नुस , जरा को कुरा गर्नुस |
तपाइले धन्न रक्सोल , र सिमानाको सहर हरुमा जस्तो काठ्मान्दुमा दिउसै , सडक को छेउ मा थ्यास लुगी सारेर लगु संका गरेको देख्नु परेको छैन |
यहा त् तपाइले घर स्वच्छ राख्ने , पवित्र राख्ने छिमेकी ले फोहोर गर्ने काम भएर घर भित्र को मान्छे आजित भएको परिस्थिति छ |
न भए हेर्नुस सडक कै कुरा गर्नु सडक देखिने अधिकांस जस्तो माग्ने बिहारी छ के भन्नु हुन्छ बिबेक जी ?
नेपालि त् हिजो पनि इमान्दार थ्यो , अजै पनि सप्बाद बाहेक अधिकांस बरु मेहेनत गर्छ ,
भारि बोक्छ तर ठगेर , चोरेर र मागेर बिरलै खान्छ |
आलु र सुन्तला को ठाउमा स्मार्ट फोन अनि ल्याप्टोप हरु राख्न थालेछन भने चै येसो खबर पाम , बेलौते कि आमा लाइ लिएर जापान घुम्न जना पर्ला.
मित्रहरुले अलि बढी नै जापानिज को तारिफ गर्नु भो, खास कुरो चाहिं कानूनको
पालना हो, बिकशित देशमा १-२ Dollar हिनामिना गर्नु पनि चोरी, ठगि काण्डमा जेलमा पर्न सक्छ ( नेपालमा सुनको हात्ती नै चोरे पनि, Setting मिलाए, चोर भलाद्मिमा गनिन्छ) त्यहाँ पनि चोर नभाक होइनन japanese कानून ले सबै अपराधीलाई कठघरामा तान्न सक्छ तर हाम्रा कानूनले ख्याउटे, निर्धो, गरिब, पिडितलाई मात्र तान्न सक्छ, नेपाल मा crime र cash Exchange गर्न मिल्छ त्यहाँ मिल्दैन, तर निराशा नहोउं, हाम्रै देशमा पनि केहि बर्षमै राति १-२ बजे ipad, महँगो घडी, गरगहना शिशाको झ्याल मा देख्ने दिन आउँछ, सानो आशा विश्वास मा परिणत हुँदै छ, मेरा ठेक्कापट्टा गर्ने मित्र गुनाशो, गर्दै थियो, पहिलाको जस्तो लप्पनछप्पन गर्न मिल्दैन, अर्को सरकारी कर्मचारी मित्र पनि, खल्ती भर्ना भनेको जस्तो सजिलो छैन भन्दै थियो, खुद्र ब्यापारी मित्र पनि, हिजो आज उपोभोक्ता हरु लाटा छैनन भन्दै थियो, सुसान, पारदर्शिता, ढिलै भएपनि लागु हुँदै छ, तपाइँ हामी पनि पारदर्शी भएर काम गरे, कर तिरेता हामी पनि japanese को लेबल पुग्न धेरै बेर लाग्दैन हो.
कुरोमा दम छ दिवस जी! हाम्रो देश पनि बिस्तारै बन्दै छ.
जापानको तारिफ होइन वास्तबिकताहो|
अस्ट्रेलियामा पनि कतै कतै यो चलन अझै छ I केहि बर्ष अघि Tasmania मा जाँदा येस्तै फलफूल र तरकारी बेच्न राखेको पसल देख्ने मौका पायौं जहाँ फलफूल र तरकारीको भाउ, जोख्ने तराजु र पैसा हाल्ने खुत्रुके मात्र हैन फिर्ता पैसाको लागि चानचुन पैसाको पनि व्यवस्था र जोड घटाउ नै नजान्नेहरुका लागि क्यालकुलेटरको समेत व्यवस्था I अनि खुत्रुकेमा लेखिएको हुन्थ्यो ‘Honesty Box ‘I तेस्तै अर्को उदाहरण पश्चिम अस्ट्रेलियाका केहि ग्रामिण भेगमा अझै देख्न पाइञ्छ I
समाचारमा उल्लेख गरे अनुसारको अवस्था आउन नेपाल र नेपालीको लागि एकादेशको कथा जस्तै हो !
भ्रम नपरोस, मित्रहरु, यो पसले बिनाको पसल होइन यो ! यो इमान्दारिताको बिस्कुन हो !
म इन्डियामा पढ्दा गाउँमा हाम्रो घरमा ताला लाउदैन भन्दा शहरीया साथीहरु जिल
खान्थे | अहिले गाउँमा ताल्चा मात्र होइन, ग्रिल पनि लाउन थालेको देखियो|
टीभी भए पछि, फेरीवाल, खालि शिशी वाल आदि आएर त् झन् युरोपमा आप्रवासी आएर परिवर्तन भएको जस्तै भैसकेको छ|
लेख राम्रो लाग्यो| यस्ता लेख गाउँ घर परिवार लाई पनि पढेर सुनाउन लायक छ|
हाम्रो देश मा नि थ्यो साथी पहिले सत्य युग त्रेता युग द्वापर युग मा जस्तो समान जता राखे नि केहि नगर्ने सत्य को बाटो अंगाल्ने दुख चोरी गर्नु हुन्न भन्थे तर आज कलि युग लग्यो ,,मलाई लाग्छ जापान अझै हामी भन्दा माथि को युग मा छ जस्तो ….हामी मिलेर फेरी तेस्तै युग बनाउने कोसिश गरौ जय Nepal….सत्य कुरा के हो भने भगवान लै मान्नु पर्यो सत्य समाज hunechha……..
हाम्रो यस ‘नेपाल मण्डल’ को तीनै वटा शहर मा पनि मल्ल काल मा यस्तै वातावरण थियो.
कसैको घरको ढोका वा पसल मा कुनै प्रकारको ताला लगाउनु पर्दैनथे …. यस उपत्यकामा , मुसलमान लुटेरा शम्सुद्दीन ,शंकराचार्य र शाह वंशको क्रमिक अतिक्रमण / आगमन पछि विविध सुरक्षा का उपाय नगरी नहुने भयो…हाल जंगलबाट माओवादी छिरे पछी मन्दिरका देउतालाई नै बन्दी बनाउनु पर्ने अवस्था आइलाग्यो…
खाएर पैसा नतिरी हिड्ने, सके ठेला र चटपटे वालाहरुको लुटेरै खाने, घरमा ह्यान्डल लक् गरेर राखेको बाइक पर्खालबाट चोरेर लाने, थोत्रो हेल्मेट संग अरुको नया हेल्मेट साट्ने जनता बस्ने देशमा तत्कालको लागि एस्तो पसलको कल्पना सम्म नगरे हुन्छ . धनि गरिब भन्दा पनि जनता बिबेकसिल नभैन जेल यो अलि सम्भब छैन ..
छन् हौ सर जी नेपाल मा नि छन् पहाड का गाउ हरु मा प्रसस्त छन् पसल खुल्लै हुन्छ घर धन्दा वा बारी का पाटा तिर ग’का पसले लाई ‘लौ है पैसो यहाँ छ फलानो समान लगे’ भनेर लाने चलन थुप्रै छ तेहा पनि स्थानीय टोल मा मात्र हो भिडभाड हुने बजार मा सम्भब छैन यहाँ नि तेही हो ….
शहरीकरण भएपछि बिग्रने हो नेपालमा पनि जस्तो लाग्छ मलाई। केही बर्ष अघि धनकुटा जाँदा बाटामा बाइक बिग्रियो। बाइक ठेल्दै अलि टाढाको वर्कसपसम्मा लानु पर्ने भएपछि, हामीले बोकेका गह्रुँगा झोला त्यही कतै छोड्नु पर्ने भो। नजिकै कुनै घरमा छोडौ कि भनेर बारीमा काम गर्दै गरेका एक वृद्धलाई सोधेको- ‘सडक छेउमै छोडे हुन्छ नानी, काठमाडौं होइन नि हराउनलाई’ भनेका थिए। डेढ घण्टा पछि आउँदा पनि दुबै झोला सहि-सलामत थिए। साँच्ची शहरतिर भएको भए के रहन्थ्यो र?
नेपाली को आर्थिक विकास को मात्र खाचो छ छिटै भैहाले हाम्रो देस मा येस्तै कारोबार हुन्छ भन्ने कुरा मा म बिस्वस्त छु l
उच्च बिबेक भएको राज्य र नागरिक को नमुना हो जापान
सभ्य शान्त र समुन्नत देश निर्माण गर्न जती राज्य को जिम्मेवारी हुन्छ त्यतिनै नागरिक को पनि जिम्मेवारी हुन्छ .आखिर राज्य भनेको त् नागरिक ले नै बनाउने एउटा अमुर्त अस्थायी र बिधि वाट परिचालित हुने एउटा साधन मात्र त् हो जसलाई राम्रो वा न् राम्रो बनाउने नागरिक को नै हात मा छ .बिबेकसिल नागरिक ले बिबेक सिल नेतृत्व को चयन गर्दछन अनि मात्र नागरिकले राज्य वाट अपेक्षित प्रतिफल देख्न वा पाउन सक्छन .राज्य लाइ भ्रष्ट बनाउने अनियमितता गर्न लगाउने वा बिधि सम्मत निर्णय गर्न प्रभाब पार्ने को हुन्छ हामि नागरिक नै होइनौ ?राज्य लाइ स्वच्छ र पारदर्शी बनाउन पहिलो हात वा सहयोग नागरिक को हुन्छ .पहिले नागरिक इमान्दार र बिबेकसिल हुनु पर्छ. नागरिक ले नै हमेसा राज्य लाइ बिधि सम्मत मात्र चल्न काम गर्न वा निर्णय गर्न दबाब दिन सक्छ .राज्यले राष्ट्र र नागरिक हितमा निर्धारण गरेको निर्माण गरेको सकारात्मक बिधि बिधान नियम कानुन लाइ पूर्ण रूपमा पालन गर्नु राष्ट्र प्रति जिम्मेवार नागरिकको पहिलो कर्तब्य हो भने सो नीति नियम र बिधि लाइ निष्पक्ष र पारदर्शी तरिकाले कार्यान्वयन गर्नु गराउनु राज्य को धर्म हो .
नागरिक को उदाहरण
उच्च बिबेक भएको राज्य र नागरिक हरु को केहि काम र व्यवहार को केहि उदाहरण हेरौ .सबै उदाहरण जापान र त्यहाँ का नागरिक सित सम्बन्धित छन् .जापानिज नागरिक हरु बिस्व मै अति अनुशासित सहयोगी भावना र मिलन सार हुन्छन त्यति मात्र होइन उनि हरु को मन (किमोची )अति नै दयालु र स्नेही हुन्छ .ऋष उठ्दा रुने तर आवेग मा आएर अरु सित झगडा नगर्ने अर्थात क्षमासिल मन हुन्छ .सुन्दा र देख्दा अचम्म लाग्छ जापान पनि यहि धर्ति को एउटा मानब बस्ति को देश हो जुन हाम्रो देस वाट पनि नजिक छ तर जापान का बिद्यार्थी भनु वा युवा र नेपाल को बिद्यार्थी मा किन अकल्पनीय फरक ?के हामि ले हाम्रो सन्तान लाइ गलत शिक्षा दिएका छौ ?वा हामी नै सन्तान लाइ कसरि सुशिक्षित पार्नु पर्छ भन्ने मा अनभिज्ञ छौ . के नेपाल का हाम्रा शिक्षक किताब को खोक्रो पाठ मात्र घोकाउने गर्नु हुन्छ ?विद्यार्थी लाइ अनुसाशन भनेको के हो अनुशासन को महत्व के हो अनुसाशन को सुन्दर पक्ष के हो भनेर आज सम्म बुझाउन किन सकी रहेका छैनौ ?आउनुस जापानको कलेज स्तर का बिद्यार्थी को अनुसाशन को एउटा सानो नमुना हेरौ .म काम बिशेष ले एक दिन चिबा स्थित एउटा ठुलो कलेज मा पुगेको थिए .मेरो त्यहाँ को प्रमुख प्राध्यापक सित भेट को समय तय भएको थियो .समय मा नै पुगेर रिसेप्सन मा खबर गरे .त्यहाँ को एक महिला कर्मचारी ले टालो तल को भित्रि कक्ष सम्म अगुवाई गरिन र लिफ्ट मा पुग्नु अगावै माफ पाउ है यहाँ लाइ अप्ठ्यारो हुन् भने हाम्रो कलेज को नियम छ बाहिरी जुत्ता लगाएर कक्ष मा जाने गर्दैनौ भन्दै जुत्ता फुकाल्न आग्रह गरिन मैले जुत्ता फुकालेको के थिए उनले आफ्नो हात ले मेरो जुत्ता त्यहाँ रहेको (व्यवस्था गरेको )र्याक मा राखिन र अर्को हलुका कपडाको जुत्ता लगाउन अनुरोध गरिन .त्यो कलेज मा ३ हज्जार भन्दा बढी बिद्यार्थी अध्ययन् गर्ने सो कलेज भित्र पस्दा कोइ मानिस छन् कि छैनन् भन्ने भान हुन्थ्यो .बाताबरण त्यति शान्त थियो .कर्मचारी प्राध्यापक बिद्यार्थी सबैले अनुसाशित भएर आफ्नो जुत्ता त्यहाँ राख्ने र त्यहाँ भएको हलुका जुत्ता लगाएर कक्षा मा जाने गर्दछन .नीति नियम को पालना गर्नु र अनुसाशन मा बस्नु त् बिद्यार्थी मात्र होइन सबै नागरिक को गहना नै हो तर हामि ..?
उच्च बिबेकसिल नागरिक (जापानिज )को अर्को उदाहरण कुरो १९९६ तिरको हो .म जापान मा काम गर्दै थिए .अंग्रेजीमा प्रकाशित हुने दैनिक पत्रिका आसाही सिम्बुन म नियमित पढ्ने गर्दथे .एक दिन यस्तो समाचार देखे जुन म वा कोइ अर्को नेपाली ले कल्पना गर्ने सकारात्मक सोच हुदै होइन .भएको के रहेछ भने टोक्यो शहर को केन्द्र मध्य एक सिबुया नजिकै को सार्बजनिक टेलिफोन बुथ मा एक व्यापारीले आफ्नो ब्याग बिर्सेर हिडेछन् .२५ बर्षीय मियाता नाम कि महिला त्यो बुथ मा पस्दा ब्याग देखिन बुथ बाहिर निस्केर कराई छिन यो कसको ब्याग हो भनेर कसैले मेरो भनेनन .त्यस पछी उनले त्यो ब्याग त्यहि खोलेर हेर्छिन त् पैसा नै पैसा अनि उनि सरासर प्रहरी चौकी मा पुगिन र त्यो झोला बुझाइन .प्रहरी पनि आश्चर्य परेछन .हुन् त् जपना मा त्यस्तो घटना नया होइन सधैँ भैं नै रहन्छ तर प्रहरी को आश्चर्य के मा भने धेरै पैसा भएको ब्याग फिर्ता हुनुले थियो .प्रहरी ले उनको जानकारी लियो .घर पठाई दियो .प्रहरी ले सो ब्याग को कुल रकम (३ हज्जार मान )सहित ब्याग को रंग साइज अनि भेटिएको ठाउ समेत खुलाएर धेरै समाचार पत्र हरु मा कसको पैसा हो लिन आउनु भनेर सूचना गर्यो .तत् पस्चात सो पैसा को मालिक प्रहरी पोष्ट मा आए उनले प्रहरी लाइ बताए कि त्यो पैसा उनले कर्मचारी को तलब दिन बैंक वाट लेराएक थिए हत्तार मा बुथमै छोडेछु .उनले पिस अभेत्तेर प्रहरी लाइ बुझाउने सित भेट्न खोजे .प्रहरी ले उनलाई बोलायो अनि मालिक ले उनलाई आधा पैसा नै दिन चाहे तर उनले एक पैसा पनि लिन मानिनन .पैसा बुझाउने बेलामा प्रहरीले उनि र पत्रकार लाइ समेत बोलाएको थियो .अनि पत्रकार ले सोधे तपाइले यो पैसा घर लिएर गएको भए कसले के भन्थ्यो र किन लैजानु भएन र फिर्ता गर्नु भयो .तब मियाता ले भनिन मलाइ एकदम चिन्ता लग्यो यो पैसा हराउने मानिस को हालत के होला ?कस्तो हालत मा होला ?आफ्नो पैसा भए पनि उसको घर परिवार मा कस्तो दुख आइ पर्ला अफिस को भए पनि उसको जागिर जान सक्छ उ धेरै ऋण मा डुब्न सक्छ उ माथि को अफिस को बिस्वास गुमेर उसको जागिर गयो भने यसलाई कति मानसिक तनाव होला ? मलाइ मेरो साधारण जागिर (मासिक २८ मान जापानिज येन)ले आनन्द सित पुगेकै छ .मैले यो पैसा राखेको भए म सधैँ पैसा वाला को चिन्ता मा हुने थिए .त्यसैले फिर्ता गरि दिएको हु .गलत र बिना परिश्रम वाट आएको पैसा ले सधैँ पोल्छ भनेर मलाइ मेरो बाबा र आमा ले भन्नु हुन्छ .मैले भेट्टाएको पैसा प्रहरी लाइ बुझाएर आए भन्दा मेरो बा र आमा ले स्याबास भन्दै माया गर्नु भयो .यदि त्यो पैसा मैले लिएर गएको भए वा लुकाएर खर्च गरेको भए मलाइ वहा हरु प्रति सधैँ डर हुन्थ्यो वा वहा हरुले थाहा पाएको दिन मैले भेट्टाएको भने पनि विश्वास हुने थिएन र म वहा हरु को नजर मा गिर्ने थिए र वहा हरु लाइ पनि चिन्ता हुन्थ्यो के खराब वा गलत काम गरि छोरीले भनेर मलाइ ढाँटनु पर्दा ग्लानि हुन्थ्यो जुन मेरो सस्कार नै होइन .उनको फोटो सहित छापिएको यो समाचार ले मलाइ पनि धेरै नै सोच्न बाध्य बनायो ..सायद बिबेकसिल वा बुद्धत्व भनेको यहि त् हो .
हामी मानिस हौ अर्थात सृष्टि को सबै भन्दा उच्चतम प्राणि जसलाई सृष्टि कर्ता ले धेरै उपल्लो सोच राख्ने र ब्यबहार गर्ने मन मस्तिष्क दिएको छ .जसको उदाहरण बनेका छन् जापानिज नागरिक हरु सामान्य भन्दा पनि सामान्य अवस्था र स्थितिमा आफ्नो बिबेकको १०० %सदुपयोग गर्छन .हेल्चेक्र्याई वा जबर्जस्ति गर्ने सोच जापानिज हरु मा हुन्न .एउटा उदाहरण हेर्नुस त् १९९७ को कुरो हो म र एक जना जापानिज साथी काम बिशेष ले पैदल हिड्दै थियौ जुन ठाउँमा(ओगावा टोक्यो ) खेति पतिका फार्म् हरु थिए .हिड्दै गर्दा मेरो आँखा एउटा फार्म् को प्रवेश ढोका मा पुग्यो जहाँ थरि थरि का उत्पादन(सागसब्जी ,काँक्रोलगायतका) लाइ स्तरीय प्याकिंग गरि टेबुल माथि राखिएको थियो र टेबुल को एउटा कुना मा पैसा खसाल्ने बाकसमा थियो .आफ्नो भागको जग्गा छुट्याउने छुट्याउने साधारण तार बार रहेको त्यो फार्म् को वरिपरी कोइ मानिस नदेखे पछी मलाइ खुल्दुली लाग्यो .वरिपरी कोइ मानिस छैन यस्तो अबस्थामा यो सब्जी अनि पैसा क बकस को सुरक्षा कसले गर्ला ?मौका पायो कि चोरी हाल्ने छली हाल्ने हाम्रो समाज को मानसिकता देखेको भोगेको मैले आश्चर्य मान्दै साथी हायाकावा लाइ सोधे होइन यत्रो खेति पति अनि उत्पादन त्यतिकै छ अनि पैसा को बाकस पनि छ कसैले चोरेर लाग्दैन भन्या ?हायाकावा मुस्सुक्क हास्यो र भन्यो के भनेको त्यस्तो ?कसरि हुन्छ त्यस्तो अपराध कसले गर्छ ?मेरो मुख रातो भयो .उनले थपे को त्यस्तो मानिस होला यो संसार मा एउटा किसान ले दुख गरेर हाम्रो लागि उत्पादन गरेको सब्जी चोरेर लैजाने ?को त्यस्तो मानिस होला त्यो खेति गर्न कति खर्च लाग्छ कति समय लाग्छ उसको घर परिवार आफ्ना बाल बच्चा छोडेर समाज को लागि भनि दुख गर्ने किसन को मेहिनत उसको परिश्रम र पसिना लाइ सित्तै खानु पाप हो भनेर नबुझ्ने मानिस यो संसार मा छन र ?हेर त् हामी लाइ कति सुबिधा छ जुन् बेला आऊ ताजा सब्जी पाइन्छ सस्तो मा पाइन्छ . किसान को यस्तो दुख नबुझेर उसको मेहिनत को फल सित्तै खानु वा चोरेर लैजाने त्यस्तो संबेदनहिन बिबेकहिन मानिस हाम्रो समाज मा छैन .मलाइ झन खसखस लग्यो र फेरी सोधे यदि कसैले चोर्यो भने ?हायाकावा ले भने यदि त्यस्तो भयो भने स्पस्ट छ कोइ बिदेशी(गाइजिन ) ले चोर्यो भन्ने बुझिन्छ .हामि जापानिज अरुको दुख बुझ्छौं अरुको मेहनत को कदर गर्छौ र चोर्ने काम गर्दैनौ .म मा अरु प्रश्न गर्ने हिम्मत भएन किनकी मैले मन मनै सोचे कतै उसले मलाइ नै चोर न् सम्झियोस .तर म सोच्न बाध्य भए आखिर म पनि त् यहि धर्ति को मानिस हु किन म मा चोर्ने वा मौका को फाइदा उठाउने जस्तो अविवेकी सोच ?अनि मैले लाजै नमानी भनि दिए के गर्ने हाम्रो देश मा त् यस्तो हुन्छ उस्तो हुन्छ .
जापान त्यस्तो देश हो जहाँ प्रयोग भएको समान कसैले किन्दैन र प्राय मर्मत गर्ने पसल पनि छैन .use and throw हुन्छ विद्युतीय उपकरण वा नया सामान त्यसको मतलब चोरी जापानिज को नजर मा ठुलो अपराध हो .जापान त्यस्तो देश हो जुन बिस्व मै शान्त र कम अपराध हुने देश हो .जहाँ शहर होस् कि गाउँ जहाँ पनि बाहिर भेंडीन् मेसिन मा रक्सि चुरोट लगायत ,बयस्कको लागि भिडियो ,किताब कफी चिया पानि सोडा चिप्स चकलेट जे पनि किन पाइन्छ .रक्सि र चुरोट को लागि रात मा तोकिएको समय पछी त्यो मेसिन आफै बन्द हुन्छ भने बाँकि २४ घण्टा चली रहन्छ . सडक मा त्यस्तो सुबिधा बिस्व को अर्को ठाउमा कहिँ छैन .उच्च बिबेकसिल नागरिक को अर्थ अरु लाइ दुख नदिनु अरुको नोक्सानी नगर्नु र अरु प्रति हमेसा प्रेम स्नेह सदभाब राख्नु हो जुन जापानिज नागरिक मा छ .हाम्रो देश मा वा हामि नागरिक किन उनि हरु भन्दा उच्च बिबेकसिल छौ भनेर देखाउन सक्दैनौ ?
अर्को बहु प्रचारित र लामो समय संग निर्णय हुन् नसकेको हालै सत्यतथ्य बाहिर आएको घटना र त्यस घटना मा एउटा बिबेकसिल नागरिक वा मानिस को सोच र अविवेकी मानिस को सोच को भिन्नता लाइ मैले धेरै नजिक वाट अनुभब गर्न सकेको थिए .प्रसंग हो १५ बर्ष को काराबास पस्चात निर्दोष साबित भैं देश फर्केका नेपाली नागरिक गोबिन्द मैनाली जसलाई एक जापानिज महिला को हत्या अभियोग मा टोक्यो प्रहरीले मुद्धा चलाएर काराबास पठाएको थियो .घटना को समय मा म पनि टोक्यो मा नै थिए .त्यहाँ को पत्र पत्रिका टिभी ले एक नेपाली गोबिन्द मैनाली ले जापानिज महिला को हत्या गरे भनेर प्राथमिकता का साथ समाचार प्रसारण गरे .जापान मा हत्या त्यो पनि बिदेशी अभियुक्त ?जापानिज समाज मा यस्तो घटना (बिदेशीले जापानिज नागरिक को हत्या ) सुन्न कमै पाइन्छ .समाचार आउने बित्तिकै त्यहाँ भएका नेपाली हरुमा कोलाहल मच्चियो लौ यसले नेपाल को बेइज्जत गर्यो नेपाली को बेइज्जत गर्यो यसले गर्दा हामी सबै नेपाली लाइ समातेर लैजाने भयो भन्दै एक कान दुइ कान नेपाल सम्म खबर त् आइ नै हाल्यो .धेरै नेपाली जो अबैध रुपमा काम गर्दर्थे उनि हरु कति त् काम मा पनि गएनन .अरु त् के कुरो स्वयम मैनाली कि दिदि जो केहि दिन अगाडी मात्र नेपाल पुगेर फर्किएकी थिइन .उनि म काम गर्ने ठाउमा आइन र भनिन सर के गर्ने होला म त् नेपाल फर्क्यु कि क्याहो बदनाम नै गर्यो मेरो पनि ..मैले भने हेर्नुस यो देश नेपाल जस्तो होइन यो देश मा त् जसले बिराउछ त्यसले मात्र सजाय पाउछ .अरुले डराउनु पर्ने जरुरि छैन काम मा जानु सक्नु हुन्छ .त्यहि बेला मैले काम गर्ने ठाउको संचालक जापानिज आइ पुगे .उनको हात मा पनि सो घटना बारे लेखिएको पत्रिका थियो अर्थात घटना बारे जानकार थिए .हामीले उनको अगाडी उही हाम्रो मानसिकता अनुसार मैनाली लाइ दोष दिदै आफ्नो आफ्नो चिन्ता को कुरो गर्यौं . तब ति जापानिज ले भने तिमि हरु कस्तो कुरो गर्छौ ?तिमि हरु को हौ उनलाई दोषी देख्ने र भन्ने ?कोइ प्रतक्ष्य देख्ने साक्षी छ ?हामि चुपचाप भयौ .उनले फेरी थपे हेर यो त् घटना घटेको समाचार मात्र हो र प्रहरीले अनुसन्धानको लागि नियन्त्रण मा लिएको छ .जब सम्म प्रहरी ले आफ्नो अनुसन्धान सकेर अदालत मा मुद्दा बुझाउदैन र अदालत ले प्राप्त प्रमाणको आधार मा आफ्नो निर्णय सुनाउदैन तब सम्म उनलाई दोष दिनु ठिक हुन्न .त्यस बेला देखि मैले मस्तिष्क मा हाम्रो अबिबेकिपन को मापन को पाठ सिकेको छु .मेरो वा हाम्रो कुरै न् बुझी क्रिया प्रतिक्रिया दिने नकारात्मक सोच र बितण्डाकारी व्यवहार देखि म लज्जित हुने गरेको छु भएको छु .हेर्नुस त् सो घटना मा ति बिदेशी नागरिक (जापानिज )देखाएको प्रतिक्रिया वा सदासयता र बिबेकसिलता ?अनि हाम्रो मानसिकता ?आखिर १५ बर्ष पछी गोबिन्द मैनाली निर्दोष साबित भए .त्यसबेला उनलाई दोषी देखेर गालि दिने नेपाली हरु आज लज्जित भएको हुनु पर्छ र आफ्नो अबिबेकपूर्ण प्रतिक्रिया सम्झेर सायद आफु लाइ मुल्यांकन गरेको हुनु पर्छ .
बिबेकसिल राज्य का प्रतिनिधि (कर्मचारी )
अब हेरौ राज्य का प्रतिनिधि ले आफ्ना सेवाग्रही वा नागरिक सित गर्ने उच्च बिबेकसिल व्यवहार जुन मैले प्रतक्ष्य अनुभब गरेको छु .म र मेरो जापानिज साथी कारमा क्योटो वाट टोक्यो फर्कदै थियौ .बाटोमा अगाडी ट्राफिक प्रहरीले सवारी चेक गर्दै छ कृपया आफ्नो गति सुस्त पार्नु होला भन्ने विद्युतीय बोर्डमा सूचना देखियो .अलि अगाडी ट्राफिक प्रहरी को अगाडी हाम्रो कार रोकियो .ट्राफिक प्रहरी ढोका मा आए र सेलुट गरे अनि असुबिधा को लागि क्षमा पाउ आज हामी सवारी साधन को नियमित चेक गर्दै छौ यहाँ को सहयोग को अपेक्षा गरेका छौ .कृपया यहाँ को कार क कागज पत्र देखाएर हाम्रो काम मा सहयोग ग्स्र्ण सक्नु हुन्छ कि ?साथीले धन्यवाद राम्रो काम भन्दै आफ्नो कागज पत्र दिए ट्राफिक ले सेलुट गरे कागज लिए .केहि मिनेट पछी यहाँ को सबै कागज पत्र ठिक छन् .यहाँ लाइ असुबिधा भएको मा माफ पाउ भन्दै दुइ वटा स्याउ र दुइ केरा को पोको समेत थमाई दिए .सहयोग को लागि धन्यवाद भन्दै बिस्तारै जानुस भन्दै अगाडी बढ्ने संकेत गरे .म त् तिन छक्क यस्तो पनि देश छ यो धर्ति मा ?म त् त्यस्तो देश मा हुर्के बढे र स्वयम प्रहरी पनि बने जुन देश मा प्रहरी शेना वा प्रशासक हरु आफु लाइ राष्ट्र को सेवक होइन नागरिक को मालिक हु जस्तो व्यवहार गर्ने गर्दछन .अझ सेवाग्रही नागरिक लाइ हप्काउने दप्काउने समेत गर्छौ .जसले तिरको कर वाट हामी तलब खान्छौं .आफ्ना बाल बच्चा को शिक्षा को लागि सुल्क तिर्छौं .श्रीमती को इज्जत धान्ने कपडा किन्छौ तर त्यहि कर प्रदायक लाइ दुर्ब्यबहार गर्छौ .उसकै काम ढिला सुस्ती गर्छौ उसकै काम गर्न भनेर कसम खाएर भर्ना भएका छौ उसैसित घुष माग्ने गर्छौ धिक्कार छ कस्तो हाम्रो सोच खोइ हाम्रो बिबेक ?हामि नेपाली यति धेरै निर्क्रिष्ट र अविवेकी अनि भ्रस्ट कसरि बन्यौ ?म आफै सोच्दै छु .
बिबेकसिल राज्य को प्रतिनिधि को अर्को उदाहरण पनि हेरौ १९९४ को कुरो हो म त्यस बेला पनि जापान मा थिए .सुरु मा केहि समय गुन्माकेन भन्ने ठाउमा थिए .त्यहाँ वाट अर्को शहर मा सर्ने क्रम मा कलेज का पुरानो मित्र बि बि थापा (गीतकार )सित काम बिशेष ले ७ मान येन (७० हज्जार येन )सापट लिएको थिए .केहि हफ्ता पछी मैले उनको पैसा हुलाक मार्फत फिर्ता पठाई दिए .मैले पैसा पोस्ट गरेको खबर फोन वाट दिए .सामान्यतया २४ देखि ४८ घण्टा भित्र जापान को एक कुना बाट अर्को कुना सम्म चिठ्ठीपत्र पुगी सक्छ .सात दिन भयो १० दिन भयो १५ दिन भयो पुगेको छैन भन्ने खबर आउछ .जापान मा त्यसरी नेपाल को झैँ चिठ्ठीपत्र हराउने पनि कम नै हुन्छ .यस बिच मा म लाइ नै चिन्ता लागि सक्यो कतै थापा जी ले मैले पठाउदै न् पठाई गफ दियो वा झुठो बोल्यो भनेर सोच्ने हुन् कि भन्ने ..के गर्ने त् अब मैले जापानिज साथी सित सोधे के गर्ने मैले पठाएको खाम हरायो .उनले भने तिमि आफुले खाम खसालेको पोस्ट अफिस मा सोध उनले उनको नजिक को पोस्ट अफिस सोधुन् पत्त लागि हाल्छ न् इके भएको हो .मैले त्यसै गरे .पोस्ट अफिस को मानिस ले सोधे साधारण खाम थियो कि रजिस्टर गरेको ?मैले भने साधारण खाम मा पठाएको थिए .पोस्ट अफिस को कर्मचारी ले भने ढिला भएको मा हामी लाइ दुख लागेको छ हामि अनुसन्धान गरेर खबर गर्नेछौं तपाइँ को ठेगाना र फोन नम्बर दिनुस हामि फेरी सम्पर्क गर्ने छौ . .खाम हराएको जानकारी दिएर हामि फर्कियौ .त्यसको ठिक तेस्रो दिन म काम वाट फर्किदा कोठा को ढोका मा एउटा खाम च्यापिएको पाए .खोलेर हेरे त्यस मा लेखिएको थियो हामीले तपाइँ को फोन मा सम्पर्क गर्न प्रयास गरेका थियौ सफल हुन् सकेनौ र हामि टोक्यो केन्द्रिय हुलाक कार्यालय वाट आएको थियौ भेट हुन् सकेन .यहाँ लाइ असुबिधा हुन्न भने यो मिति र समय मा केन्द्रिय हुलाक कार्यालय टोक्यो मा आएर फलानो अफिसर लाइ भेट्नु होला वा उपस्थित हुन् असुबिधा हुन्छ भने फोन गर्नु होला हामि यहाँ को सुबिधा को समय मा यहि आउने छौ .मैले चिठ्ठी साथी लाइ देखाए उनले भने ठिक छ भनेको समय मा नै उही जौ किन दुख दिनु? उनि हरु सार्है व्यस्त हुन्छन हाम्रो काम हो हामीले नै जानु पर्दछ .फोन गरेर तोकिएको समय मा आइ पुग्ने खबर गर्यौं .
भोलि पल्ट जब म र साथी हुलाक कार्यालय पुग्यौ हामि आएको खबर पाउने बित्तिकै हुलाक का अधिकारी आएर हामी लाइ उनको कार्यकक्ष तिर लिएर गए .त्यो दौरान मा उनले असुबिधा पुग्न गएको मा माफ पाउ आइ सहयोग गरेको मा धन्यवाद भन्दै यति पटक गल्ति भयो भन्दै माफ मागे कि लाग्दथ्यो म कतै ठुलो न्यायाधिष हु र उनि ठुलो सजाय भोग्ने अभियुक्त खास कुरो न् भन्दै नै उनले यस्तो गल्तो भएको क्षमा पाउ भन्दै कार्यकक्ष मा पुर्याए पछी चिया कफी के पिउने भनि सोधे .सामान्यतया त्यहाँ को कार्यालय भित्र जो सुकै वा जस्तो सुकै ठुलो पद को मानिस ले पनि आफै चिया कफी बनाएर खान्छन .तर उनले कति चम्चा चिनी हालौ कति कडा कफी बनाऊँ सोद्धै आफैले कफी बनाइ हामी लाइ दिए म मात्र होइन जापानिज साथी पनि आश्चर्य मा परे जस्तो लाग्यो .चिया दिए पछी उनले मेरो परिचय मागे मैले राहदानी दिए .काम सोधे अनि कति पैसा कस्तो नोट कस्तो खाम थियो भनेर सोधे त्यो सब बताई दिए .पछी उनले जे कुरो बताए बारम्बार माफ माग्दै कि जीवन मा नेपाली मानसिकता ले सोच्न पनि सक्दैनथ्यो .उनले बताए त्यो खाम त्यहि अर्थात केन्द्रिय हुलाक टोक्यो मै आइ पुगेको रहेछ .त्यो दिन रात को डिउटी गर्ने एक जन कर्मचारी ले त्यो खाम च्यातेर पैसा निकालेको पत्ता लगाई सकेको रहेछन .)स्मरण रहोस जापान मा केन्द्रिय र क्षेत्रीय हुलाक कार्यालय मा २४ घण्टा काम हुन्छ र कर्मचारी ब्यारेक सिस्टममा झैँ बस्ने गर्दछन . )उनले भने हामि लाइ साह्रै दुख लागेको छ हाम्रो कर्मचारी वाट यस्तो अकल्पनीय गल्ति भयो .म उनको तर्फ वाट माफी माग्दछु .हाम्रो कानुन अनुसार उनलाई बर्खास्त गरि थुना मा राखेर कार्यबाही हुँदैन छ .हामी लाइ हाम्रो गल्ति को लागि माफ गरि दिनु हुन्छ भन्ने मलाइ विश्वास छ .म त् थप आश्चर्य भए बिना उजुरी अनुसन्ध गरि कर्यनाही समेत भैं सके छ .अनि उनले भने हाम्रो अहिले को सम्पूर्ण काम सकियो .आएर सहयोग गर्नु भएको मा धन्यवाद .केहि कागज पत्र हरु को औपचारिकता पुरा गर्नु छ म यहाँ हरु को समय लिन चाहन्न .यहाँ को पैसा दुइ दिन भित्रमा पोस्ट अफिस मार्फत पठाई दिनेछु भन्दै उनले हामी लाइ ढोका सम्म पुर्याउन आए .न् भन्दै पर्सि पल्ट चिठ्ठी आइ पुग्यो खाम मा मेरो ७ मान अर्थात ७० हज्जार येन अनि त्यो खाम मा टासेको टिकट को बदलामा अर्को टिकेट समेत राखेर पठाई दिएको रहेछ .भगवान हामीले पनि खोजेको राज्य वा प्रशासन यस्तो हो यसै लाइ भन्दछन सुशासन र जिम्मेवार बिबेकसिल राज्य होइन र ?.
म पनि केहि बर्ष जापानमा बस्ने मौका पाएको थिए. तपाइले लेखे जस्तै भएको महसुस गरे! केहि सिके पनि .
जापान: अति सुन्दर देश र इमान्दार जनता !
यो सकारात्मक पाटो हो तर यसका नकारात्मक पाटोको बारेमा पनि मैले धेरै सुनेको छु|
१. जस्तो कि जापानमा बिदेशी (गोरी) महिलालाई सार्बजनिक ठाउमा यौन दुर्ब्यबहार गरेका घटनाहरु धेरै हुन्छन तर प्रहरीकोमा गएर रिपोर्ट गर्यो भने “विदेशीले तेस्तो गरेको हो?” भनेर सोध्छ रे| हैन जापानीले हो भन्यो भने “वाहियात तेस्तो हुने सक्दैन जापानीले पनि कहिँ तेस्तो गर्छ” भनेर रिपोर्ट नै नलेखी पठाईदिन्छ रे| अझै भएन भने “त आफैले ग्राहक खोज्दै हिडिस होला” भनेर उल्टै अपमान गरेर पठाइदिन्छ रे|
२. तेस्तै चोरि, लुटपाट, तथा अन्य अपराधको बारेमा रिपोर्ट गर्यो भने रिपोर्ट लेखाउन मान्दैनन रे| रिपोर्टमा अपराधको संख्या बढ्छ भनेर| त्यसो भएपछी त कम अपराध हुने मुलुक भैहाल्यो|
३. यदि केहि गरि कसैलाई प्रहरीले पक्ड्यो अथवा कसैलाई कुनै अपराधको मुद्दा लाग्यो भने निर्दोस नै भए पनि तेसबाट मुक्त हुनु भनेको असम्भव जस्तै हुन्छ रे| प्रहरीले निर्दोसलाइ समात्दैन भन्ने देखाउनको लागि भए पनि समातिसकेकालाइ जसरि हुन्छ अपराधि प्रमाणित गरेरै छोड्छ रे| त्यस्तै प्रहरी वा राज्यको अरु कुनै निकायले कसै बिरुद्द मुद्दा लगायो भने निर्दोस नै भएपनि त्यसलाई उल्टाउन असम्भब जस्तै हुन्छ रे| यसको ज्वलन्त उदाहरण त हाम्रै देशका मैनाली थरका मान्छे निर्दोस छादछादै १५ वर्ष सम्म जेलमा बस्न पुगे|
यस्तै अरु पनि विभिन्न उदाहरण छन् मैले सुने, जानेका पत्र-पत्रिकामा पढेका| जापान बिस्वका धेरै देशभन्दा सभ्य र थोरै अपराध हुने देशका रुपमा चिनिन्छ जुन धेरै हदसम्म सहि पनि हो| तर त्यति धेरै मानिस भएको ठाउमा निस्चय पनि केहि फटाहाहरु हुन्छन नै जुन जापानमा पनि छन्| तर जापानमा अपराध नै हुदैन, जापानीले अपराध नै गर्दैन, अपराधि बिदेशी (जापानी देखि अरु) मात्र हुन्छन, अथवा बिदेशीहरु सबैले अपराध गर्छन, अथवा जापानी पुलिसले निर्दोसलाइ कहिले समात्दैन, जापानी सरकारले निर्दोस बिरुद्ध कहिले मुद्दा हाल्दैन आदि इत्यादी भ्रम (हठ) क कारण जापानमा निर्दोसले कानुनि न्याय पाउन चाहि गारो छ| मेरो जापानप्रति कुनै नकारात्मक सोच छैन, हरेक कुराको दुइवटा पाटा हुन्छन दोस्रो पाटोको उल्लेख मात्र गरेको|
कस्तो राम्रो कमेन्ट !!!
हो बास्तवमा नै जापानीहरु अनुकरणीय छन्,
उनीहरुको अनुशासन, परिश्रम, इमान्दारिता, मिजासिलोपन बेजोड छन्
तर बिडम्बना
मैले धेरै (अधिकांस) नेपाली मित्रहरु भेटेको छु जो २-४ जापान बर्ष बसेर आउने + जापानीहरु संग हिमचिम भएकाहरु जो जापानीहरुलाई “लाटो भोटे” भनेर सोच्ने-भन्ने गर्दछन !!!
मैले जमानामा एउटा कुरा सुनेको थिएँ जसमा कत्तिको वास्तविकता छ मलाइ थाहा त भएन तर यदि त्यो जोक नै भए पनि हाम्रो ( विशेष: दक्षिण एसियाली देशको) प्रतिनिधित्व गर्छ:
केहि बर्ष अघिसम्म एउट विकशित यूरोपेली मुलुकको सरकारी युनिभर्सिटिको क्यान्टिनमा खाजा खाना निशुल्क थियो रे| विद्यार्थीहरुले खाजाको लागि कुपन काट्नु पर्दैन थियो रे तर माथि पैसा राख्ने बाकस भन्या जस्तै एउटा प्लेट राखिएको हुन्थ्यो रे जसमा विद्यार्थीहरु भोजनपस्चात आफ्नो गच्छे र इच्छा अनुसार पैसा राखेर जान्थे रे| तर केहि वर्षा पछि यो व्यवस्था खारेज भएछ रे | कारण — नेपाली, भारतीय, बंगलादेशी आदि विद्यार्थीहरुको वृद्दि अनि नया “ट्रेण्ड” को सुरुवात : यी विद्यार्थीहरु खाइसकेपछि त्यो प्लेटमा पैसा राख्नु त परै जाओस, अरुले राखेको पैसा पनि उठाएर जान्थे रे|
फेरी पनि, माथि को कथामा कतिको वास्तविकता छ थाहा छैन तर त्यसमा हामि दक्षिण एसियालीको बानीको प्रतिनिधित्व भने पक्कै छ …….. आशा गरम, नेपालिहरु चाहिं चांडै यस्तो हुलबाट अलग्गिउन !!!
बिबेकजीले भन्नु भएको जस्तो परिस्थितिको अनुभब गर्ने मौका मैले पनि पाएको छु
हाम्रो कार्यालयमा पनि एउटा ठुलो फ्रिज थियो र भित्र टन्न खाल-खालका पेय पदार्थ राखिएको हुन्थ्यो अनि एउटा टोकरी पनि, जसले जे जे इच्छा लाग्छ निकालेर पिउनु मिल्ने अनि टोकरीमा जति पैसो हालिदिनु मन लाग्छ हालिदिए हुने, प्राय सबैले अलिक धेरै नै हाली दिने गर्दथे । कहिले कहिँ चानचुन नभए पैसो नै नहाल्दा पनि हुने तर अर्को पटक सम्झेर अलिक धेरै हाली दिदा हुने । यसरि बेला बेलामा पैसो बढी भएर लोकल च्यारिटीलाइ समेत दिने गर्दथे,,,,,,,,,,,,,,,,,,,,,,,,,,, त्यसै बेला बिस्वास र इमान्दारिता सारै गुणिलो हुने रहेछ भन्ने स्वाद पाए को सम्झना आयो। …. जदौ
डेनमार्कमा पनि पहिले येस्ता पसलहरु थुप्रै थिए रे ! अहिले पनि गाउँ गाउँमा हुन सक्छन्। मैले एक दुइ त देखेको हो बाटोमा। तर पुर्बी युरोपका कामदार र अन्य देसका सरणार्थीहरुलाई बसोबास गराउन लागे पछि त्यो संस्कृतीले निरन्तरता दिन गार्हो पर्न थाल्यो रे । कारण पसलका समान सहित पैसा पनि हराउन थाल्यो। जापान अन्य मुलकको तुलनामा बिदेसी सार्है कम भएको देसमा पर्छ जसले गर्दा उनिहरुको आफ्नै खालको रुचि, संस्कृति कायम नै छ। यसको आफ्नै खालको समस्या र फाइदा नि छ 😀
These shops are like farmers market. They sell local products like fruits and vegetables. As it is economically not feasible to put person to sell these cheap products so they leave it as self pay.
I have seen such trend in north america too where you can pick up firewood for camping putting some money in the box. But of course they will do this in shops with high value goods like electronics and clothing stores. The article is misleading.
त्यहि बिस्वासको अनिकालले गर्दा नै देशको यो हाल भएको हो । देश बिग्रिनुको मुख्य गाँठी कुरो नै यहि हो | येही हेर्नुस न, येहा कमेन्ट गर्ने ४-५ जनामै एउटा बेइमान निस्की हालेछ जसले अरुलाई पनि आफु जस्तै बेइमान ठान्छ | अब यता मान्छे समाजमा भए पछि साचो त लगाउने पर्यो , के गर्ने |
संसारमा जहाँ गए पनि अर्थासस्त्र्को demand and supply को सिधान्त लागु हुन्छ / त्
ठाउंअनुसार र परिस्थिति अनुसारको फरक फरक चोरहरु भेतिन्चन /
अमेरिका जापानमा एरपोर्टमा समान त्यतिकै छोडेको पाइएमा संकास्पद बस्तु ठानी आबस्यक प्रक्रिया गरिन्छ, नेपाल र india मा भए आखा चिम्लिने (हुन् त आखा अगाडी बतॆ पनि हुन्छ ) बित्तिकै आफ्नो समान गायब हुन्छ / तर अमेरिकाको seattle, पोर्त्लंद, कोलोराडोमा पनि अलि राम्रो साइकल त्यतिकै छोड्ने हो भने हराउन त्यति टाइम लाग्दैन,, ipad,…आदिको त कुरै नगरौं/
अनि अर्को कुरा सम्पन्न ठाउहरुमा सानो तिनो कुरामा झमेला गर्ने फुर्सद प्राय मान्छेमा हुन्दैन / गर्ने परेमा ठुलै माछा मार्ने दाउमा हुन्छन प्राय ,,जस्तो कि wall street का धनाड्यहरु जसले आफ्नो आजको बोनसकोलागि भोलिको नसोची ठुला ठुला कम्पनीलाइ डुबाउने गर्छन / नेपालमा पनि राजेन्द्र खेतानजस्ता मान्छे छन् , जसले बाटोको पसलबाट त केहि नाचोर्ला, तर सरकारको खल्तीमा कसरि प्वाल परेको छ सबैलाई थाहै छ/
Watch breaking bad and be happy..Humans are humans, no matter where. त्यै खुसिमा यौटा सम्बन्धित प्रसङ्ग तल छ :
During a robbery in Guangzhou, China, the bank robber shouted to everyone in the bank: “Don’t move. The money belongs to the State. Your life belongs to you.
“Everyone in the bank laid down quietly. This is called “Mind Changing Concept” Changing the conventional way of thinking.
When a lady lay on the table provocatively, the robber shouted at her: “Please be civilized! This is a robbery and not a rape!
“This is called “Being Professional” Focus only on what you are trained to do!
When the bank robbers returned home, the younger robber (MBA-trained) told the older robber (who has only completed Year 6 in primary school): “Big brother, let’s count how much we got.
“The older robber rebutted and said: “You are very stupid. There is so much money it will take us a long time to count. Tonight, the TV news will tell us how much we robbed from the bank!
“This is called “Experience.” Nowadays, experience is more important than paper qualifications!
After the robbers had left, the bank manager told the bank supervisor to call the police quickly. But the supervisor said to him: “Wait! Let us take out $10 million from the bank for ourselves and add it to the $70 million that we have previously embezzled from the bank”.
This is called “Swim with the tide.” Converting an unfavorable situation to your advantage!
The supervisor says: “It will be good if there is a robbery every month.”
This is called “Killing Boredom.” Personal Happiness is more important than your job.
The next day, the TV news reported that $100 million was taken from the bank. The robbers counted and counted and counted, but they could only count $20 million. The robbers were very angry and complained: “We risked our lives and only took $20 million. The bank manager took $80 million with a snap of his fingers. It looks like it is better to be educated than to be a thief!”
This is called “Knowledge is worth as much as gold!”
The bank manager was smiling and happy because his losses in the share market are now covered by this robbery.
This is called “Seizing the opportunity.” Daring to take risks!
So who are the real robbers here?
Ha ha.. like your post. एस्ता “Honesty Box” वाला पसल हरु Australia र New Zealand मा ठाउँ ठौमा पाईन्छन। र “Breaking Bad” एक् चोटि सबैले हेर्नै पर्ने serial.
मा त यसलाई इमान्दारी पसल भन्ने गरेको छु . कहिलेकाही मुला काक्रो किन्छु मा पनि
एत्तीको सद्बुद्धि त हाम्रो भाग्गेमा लेखेको भएपो, हाम्रा पनातिले पनी देख्न पाउदैनन यो दिन | बरु सके भने जापान पसेका नेपालीले नै नेपाल बनाइदिन बेर लाउदैनन जापान लाई
विकास र सभ्यता सुन्नमा झन्डै उस्तै लागे पनि नितान्त भिन्न तत्वहरु हुन् भन्ने कुरा एकातिर जापान र अर्को तिर अमेरिका, युरोप आदिको उदाहरण नै काफि छ| जापानको बारेमा एकै वाक्यमा भन्नु पर्दा “सभ्यताको अति रहरलाग्दो पराकाष्ठ” |
यो सरकार उस्तो, पुलिस उस्तो, सबै मान्छे चोर भनेर सोच्नु भन्दा नि म कस्तो छु चै हु भन्ने बिषय हो | तिमी पहिले आफुलाई सुधार गर , अरु आफै सुध्रिने छन् | चोर औलो अरु लै देखाउदा चार औला आफु तिर फर्केका हुन्छन भन्ने नभूलौ
नेपाल मा पनि तेस्तो पसल छ नि, पैसा को पसल | कार्ड छिराउनुस, पैसा लिएर जानुस | ए टी एम मेसिन क्या |
(रमाइलो मात्रै गरेको है )
यै ब्रुस्सेल्स मा कहिले पकेटमार ले पैसा चोर्यो; कहिले ऐरपोर्ट को लबीमा छुटेको laptop पनि फिर्ता पाइयो ; कुन ठाउँ भन्दा नि कस्तो मान्छे ले भेट्यो तेस मा भर पर्ने जस्तो लग्यो मलाई त ;
नेपाल मा राजा महाराजा ले नै मुर्ति चोरेर बेच्थे भनेर सुन्दै हुर्केको; तेती हुदा नि चोर्न चाही मन तेती जान्न ;
फेरि खुसुक्क चोरम भने नि कता कता क्यामेरा ; ढोका मा कुइक कुइक कराउने राख्या हुन्छन ; सो एस्तो तिर नलागि आराम ले काम गरो खायो ;
म बस्ने पेन्सलभानिया राज्यको ल्यान्कास्टर काउन्टी र अन्य काउन्टीको वरपर( मुख्य शहर भन्दा अलि पर) को स्थानमा यस्ता मानिस बिनाका पसलहरु धेरै संख्यामा देख्न सकिन्छ जहाँ सामान किनेपछि पैसा खुत्रुकेमा खसाल्ने गरिन्छ |
ग्राहकको ईमान्दारिता भरपर्ने यस्ता पसलहरु अमेरिकाको अन्य धेरै राज्यमा (देलावर,न्युयोर्क,क्यालिफोर्निया,ओहायो, मेरिल्याण्ड आदि ) मैले देखेको छु र आफुले सामान किनेको पनि छु |
जापानमा अहिले सम्म यो चलन कायम रहनुको मुख्य कारण हो आप्रवासी हरुको कमि हुनु ! त्यहाँ अन्य यूरोपिय मुलुक वा अमेरिकामा जस्तो आप्रवासीको घुइचो छैन ! यूरोपिय मुलुक नर्वे मा पनि एस्तो चलन केहि बर्ष अघिसम्म थियो तर अब बिस्तारै लोप हुनथाल्यो, कारण त्यहाँ पाकिस्तानीहरुको प्रवेश ! नेपाल र भारतमा त यो कुरोको कल्पना नै नगरे हुन्छ ! UK मा पनि कति जना लाई यो कुरा बताउदा एस्तो पनि हुन्छ र भनेर बिश्वास गरेनन !
म पढ्ने नर्वेको कलेजको क्यान्टिनमा पनि पहिले येस्तै थियो रे, खाना लिने, लेखेको रेट तिर्ने हिड्ने. पछी बिदेशी बिद्यार्थीको पर्बेश संगै त्यो संस्कार सकियेछा. तेस्तै तेस्तै भएर येताका दछिनपंथी हरुले बिदेशीलाइ तेत्ति मन परौदैनन.
पढ्दा अनौठो लाग्यो| वास्तविक मानिस भएको ठाउमा यस्तै हुनु पर्ने हो तर हाम्रो देशमा त कानुन बनाउने नेता चोर पालना गर्ने पुलिश चोर राष्ट्र सेवक नामको कर्मचारी भ्रस्ट अनि कसरि हामी कहाँ कल्पना गरौ?
यहाँ आदर्स छाड्ने कुरो गर्दिन म चै ! नेपाल म तेसरी राख्नु भने म चै टिपेर हिड्थे पैसा नहाली 😀 ! यहाँ प्राय कमेन्ट गर्ने हरु पनि तेसै गर्थे !
हैन तपाइले त कमेन्ट गर्नेलाइ समेत चोर नै देख्नु भो त साथी ?
पोल खोल्देको थिए रातो मा टन्नै Click हानेछन् बजिया हरु ले 😀
मलाई पनि पहिला अचम्म लाग्थ्यो, तर सबै साथीहरु खुरुखुरु पैसा हालेर किन्न थाले। यो ठाउँनै त्यस्तो हो जस्तो छ मित्र। हामी धेरै नेपाली साथीहरु हुँदा पनि कसैले बेईमान गरेको न मैले देखें नै न सुनें।
टोकियो बाट।
यो सबै संस्कार हो | असल चरित्र हामी धेरै नेपालीमा छ (Nagen जस्ता परजीवी छाडेर) मात्र बिहारीको संगत ले बिग्रिएको हो |
नेपालमा मात्र होइन बिस्वोको महासक्ति अति बिकसित अमेरिकामा झन चोरीको ठुलो बिग बिगी छ / पसलमा मान्छे हुँदा हुँदै पनि कति कति चोरी हुन्छ / कति पसलमा पसलेलाई नै धमकायर गोलि देखायर पैसा लुटीनछ / पैसा दिन पसलेले नमाने ज्यान नै लीदिन्छ्न / तेसैले बिकसित राष्ट्र भन्दा पनि मानिसको सोचाई, बेबहार,इमान्दारी पना र बिस्वास्मा परिबर्तन हुन अबसेक छ /
नेपाल मा पनि एस किसिम को पसल भएको जानकारी गर्दछु गाउँ घर तिर अझै येस्तै छ अनि ६-७ वर्ष अघि जोमसोम मा गाडी चल्नु अघि पसल मा जादा कोइ पसले थियन पछि एक ठाउँ मा घन्टी राखेको रहिछ समान किन्नु परे घन्टी बजाउने पर्ने कस्तो विश्वास को भर मा छोडेको ??? येसैले सबै कुरा विश्वास नै हो