Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘मनकामना’ वर्षको टप टेन फिल्मको सूचीमा

Posted on December 27, 2013December 28, 2013 by mysansar

01-01-54-07
मनकामना केबल कारको यात्रा तपाईँहरुमध्ये धेरैले गरिसक्नुभएको होला। त्यही केबल कारभित्रैका यात्रुहरुलाई पात्र बनाएर बनाइएको एउटा फिल्म बीबीसीका टम ब्रुकको यो वर्षकै उत्कृष्ट १० फिल्मको सूचीमा परेको छ। Stephanie Spray र Pacho Velez को निर्देशनमा बनेको यो फिल्म नेपाली र अङ्ग्रेजी भाषामा छ। ११८ मिनेटको यो फिल्म आजभोलि डिजिटलको जमाना चलिरहेको भए पनि १६ एमएममा खिचिएको हो। फिल्मका कलाकारहरु पनि कुनै परिचित कलाकार छैनन्। सूची नै हेर्नुस्- छविलाल गन्धर्व, अनिष गन्धर्व, बिन्दू गायक, नारायण गायक, गोपिका गायक, खिमकुमारी गायक, चेतकुमारी गायक, होमकुमारी गायक, सिमेन परियार, अनिल पाइजा, सरोज गन्धर्व, मिठु गायक, विष्णुमाया गायक, धर्मराज गायक, रामबहादुर गायक…! कसैलाई चिन्नुभो ? गाउँलेहरुलाई नै कलाकार बनाएको हुनाले कुनै परिचित कलाकार छैनन्।

01-01-54-07

02-16-28-15

MANA-dcp-grab-out_0008

MANA-dcp-grab-out_0021

फिल्मकी निर्देशक Stephanie Spray सन् १९९९ देखि नेपालमा बसेर काम गरिरहेकी हुन्। सन् २००६ देखि उनले फिल्म बनाउन थालेकी रहिछिन्।

१६ एमएमको फिल्मको एउटा ४००’ को म्यागेजिन केबल कार तलबाट माथि जाँदा सकिने रहेछ। त्यही भएर पनि उनीहरुले डिजिटलको साटो १६ एमएम प्रयोग गरेका रहेछन्। अर्थात् केबल कारको पूरै यात्रामा यात्रुको मनस्थिति हाउभाउ कस्तो रह्यो त्यो फिल्मको विषय बनाइएको रहेछ।

फिल्ममा २० मिनेटपछि बल्ल डाइलग आउँछ। क्यामेरा पटक्कै हल्लँदैन। केबल कार उही हुन्छ, त्यसमा बस्ने यात्रुहरुमात्र फरक हुन्छन्।

फिल्मको ट्रेलर हेर्नुस्-

न्युयोर्क फिल्म फेस्टिभलमा प्रिमियर हुँदा रेड कार्पेटमा निर्देशकहरुले दिएको जानकारी

फिल्मबारे निर्देशकहरुले न्युयोर्क फिल्म फेस्टिभलमा गरेको कुराकानी हेर्नुस‌्-

बीबीसी टप १० फिल्म

6 thoughts on “‘मनकामना’ वर्षको टप टेन फिल्मको सूचीमा”

  1. Udeep says:
    December 29, 2013 at 2:33 am

    साथीहरुले बडो हासो उठ्दो कमेन्ट गर्नु भो | यौटा मित्र ले modern art जस्तै नबुझिने अर्कोले हरिया डाडा पहाड र मान्छेहरु मात्रै देखे | कतिलाई राजेश हमाल नभएको कारणले मन खिन्न नि लागेको होला 😀 |

    नेपाली किलास मा सप्रसङ्ग ब्याख्या लेख्दा कबि तथा साहित्यकार को मन को भाव नबुझेर जे मनमा आयो तेही लेख्दा टिचरलै नि जवाफ modern art जस्तै लाग्दो हो, हाहा|

    कुरा यहाँ राम्रो scene र मान्छेहरु को बारेमा होइन, मनोविज्ञान को हो | फेरी एकपटक हेर्नुस र ति मान्छेहरुको reaction हर्नुस, त्यहाँ भित्र भएका कुराकानी सुन्नुस, नयापुस्ता को जता नि pos दिएर फोटो खिचिहाल्ने चालामाला हेर्नुस, जनावरहरु लै भित्र राखेर लग्दा तिनीहरुको आँखा मा भाको डर हेर्नुस | अर्कै मज्जा छ | सबै फिलिम मा राजेश हमाल, रेखा थापा र सुनिल थापा, गण बजन नखोज्नुस, तपाइलाई अवस्य मन पर्ने छ |

    मनकामना को फ्यान भए म त !

    Reply
  2. neerose says:
    December 28, 2013 at 7:16 pm

    बिदेशी हरुको लागि हो!
    हाम्लाई के को ट्याक ट्याक!
    बन जंगल अनि ठाडो उकालो डाडामा केवलकार, हरिया दादा पाखा पखेरा अर्गानिक र न्याचुरल अनि तेस्तै स्थानिय रैथाने आदिबासी निस्कलंक निस्छल मान्छेहरु देख्दा तिनीहरुले स्वोर्ग र देवता देख्या जस्तो हुन्छ अनि वाह्ह भन्छन र बिस्व्होको टप टेन भित्र राख्दिन्छन! अब यो हामीलाई नजिक तिर्थ हेला! बेलुका खानेकुरा खोज्न पर्ने अबस्थाको मान्छे हामीलाई केको वाह!
    जे होस् राम्रो लाग्यो फिल्म त कुन्नि तर आफ्नो ठाउ र आफ्नो मान्छे देख्न पाउदा मन आनन्द भयो तेसको लागि यो सम्भावना दिलाउने सबैलाई धन्यबाद!

    Reply
  3. सागर says:
    December 28, 2013 at 9:09 am

    मोर्डन आर्ट जस्तो होला केहि बुझे त मरीजानु ! हेर्ने र जसले जसरि सोच्ने हो सोच्ने !!

    Reply
  4. Yam says:
    December 28, 2013 at 6:32 am

    Amazing

    Reply
  5. jitu says:
    December 28, 2013 at 4:37 am

    नेपाल र नेपाली को बारेमा movie बनायाकोमा Stephanie Spray र Pacho Velez लाई धेरै धन्यवाद | हाम्रा नेपाली निर्देशक/निर्माता हरुले पनि यस्तो कार्य सिकुन |

    Reply
  6. Udeep says:
    December 28, 2013 at 3:42 am

    no . 1 हो मेरो लागि त!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme