Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोन्सान्टो किन ?

Posted on December 17, 2013December 17, 2013 by mysansar

-सास्चा फुलर-

Monsanto-Logo2 दुई वर्ष अघि अमेरिकी सहयोग निकाय युएसएडले नेपालको कृषि तथा सहकारी मन्त्रालय र मोन्सान्टोसँग साझेदारीमा एउटा पाइलट मकै उत्पादन परियोजनाको घोषणा गर्दा उही वाक्कलाग्दा तर्कहरु हामीले सुनेका थियौँ- थप पोषणदायी खाद्यान्न, खाद्य सुरक्षा हुने र कम रसायनको आवश्यकता।

अरु ठाउँमा जस्तै, हाइब्रिड बीउ र जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म्स (जिएमओ) लाई पहिलो पटक प्रयोग गर्दा बचाउका लागि गरिने तर्कहरु हुन् यी। तर विश्वभरीका प्रमाण हेर्दा भने वास्तविकता ठ्याक्कै उल्टो देखिन्छ।

उदाहरणका लागि क्यानाडा र अमेरिकामा मोन्सान्टो बीउ प्रयोग थालेको दुई वर्षपछि उत्पादन १० देखि १५ प्रतिशतले घट्न सुरु गर्‍यो। रसायनहरुको प्रयोग झन् बढ्यो जसका कारण सुपर वीड्सको सिर्जना गर्नुपर्‍यो अर्थात् अझै विषालु सुपर रसायनहरु, कुनैमा त एजेन्ट अरेन्जसमेत चाहिने।

क्यानाडेली अभियानकर्ताहरुका अनुसार त्यहाँ मोन्सान्टोको बीउ प्रयोग गरेको मात्र चार वर्षमा क्यानोला र भटमासका एउटै शुद्ध बीउ बाँकी रहेनन्।

चितवन, नवलपरासी र काभ्रे जस्ता मकै उत्पादनका लागि स्थापित भइसकेका जिल्लाहरुमा युएसएडले खाद्य सुरक्षाको नाममा मोन्सान्टो प्रयोग गर्न खोज्नु डरलाग्दो छ।

बीउ आपूर्तिलाई नियन्त्रण गर्न मोन्सान्टोले ग्रामीण समुदायको सामाजिक प्रचलनलाई नियतवशै तोड्ने गर्छ। यो महत्त्वपूर्ण विषय हो। मोन्सान्टोले एक किसानको आफ्नै बीउ प्रयोग गर्ने अधिकार र क्षमता खोस्छ। उनीहरुले बीउ र रसायन सँधै मोन्सान्टोबाटै किन्नु पर्ने हुन्छ।

हाइब्रिड बीउहरुलाई रासायनिक मल चाहिन्छ। अहिले यदि किसानहरुले हरेक वर्ष रासायनिक मलको प्रयोग बढाएनन् भने उनीहरुको बाली बढ्दैन। नयाँ घाँसहरु, रोग र किराहरु पनि आइसकेका हुन्छन्। रैथाने घाँसहरु बिग्रिसकेका हुन्छन् र माटो बिग्रिसकेको हुन्छ। गरीब किसानलाई यसको सामना गर्न झन् बढी पैसा र समय लाग्छ।

रसायन प्रयोग गर्दागर्दा खप्पिस भइसकेको नयाँ माटोमा रैथाने बीउहरु राम्रोसँग उम्रँदैन। त्यसैले किसानहरु अब कृषि विकास कार्यालयमा बढी भर पर्नुपर्ने हुन्छ जहाँबाट उनीहरु हाइब्रिड बीउ र रासायनिक मल किन्नुपर्छ। यो सबले उनीहरुको मासिक खर्च झन् बढाउँछ जसलाई व्यहोर्न गाह्रो हुन्छ।

बीउ आपूर्तिमा नियन्त्रण गर्न र भविष्यमा जिएमओ प्रयोग गर्न युएसएडले मोन्सान्टोसँग साझेदारी गरेको हुनुपर्छ नभए नेपालमा पहिले नै हाइब्रिड बीउ प्रयोग गरिसकिएको छ, ती जिल्लाका किसानहरुलाई पहिले नै कृषि विकास कार्यालयहरुबाट प्रशिक्षण दिइसकिएको छ र नेपालमा पहिले नै कृषि व्यवसाय गर्ने स्थापित कम्पनीहरु छँदैछन्।
युएसएड र मोन्सान्टो यो कार्यक्रम नेपालको विकास र जनताको भलाइका लागि गर्न लागेका हैनन्। यसले यी दुईलाई मात्र फाइदा हुनेछ। अमेरिकी सरकार र मोन्सान्टोको सम्बन्ध त विकिलिक्सले पहिले नै खुलासा गरिसकेको छ।

नेपाल सरकारका केही सानो स‍ंख्यामा रहेका ठूला मान्छेहरुलाई फाइदा हुनेछ तर नेपाली किसानहरु झन् गरीब हुनेछन्। नेपाली माटो बिग्रनेछ। मोन्सान्टोको हाइब्रिड र जिएमओ बीउका खाद्यान्नहरु आयात गर्न धेरै देशले अस्वीकार गर्ने हुँदा निर्यात सम्भावना पनि कम हुन्छ।

युएसएड- मोन्सान्टो साझेदारी नेपालको भ्रष्ट र अस्थिर सरकारको दोहन हो। नेपालमा मोन्सान्टोको उपस्थिति फर्काउन गाह्रो हुन्छ र यसले जिएमओको परिचय गराउनेछ जसले किसानहरुलाई उनीहरुको जमिन र खाद्यान्न उत्पादनबाट झनै टाढा बनाउनेछ र यसका परिणाम घातक हुनेछन्।

नेपालका अधिकांश जनताको स्थिति राम्रो हुनेछैन बरु उनीहरुको जीवन र जीविका झन् गाह्रो हुनेछ।

[Sascha Fuller नेपालमा अनुसन्धान गरिरहेकी University of Sydney, Australia मा environmental anthropology मा पिएचडी गरिरहेकी विद्यार्थी हुन्। उनको यो लेख नेपालीटाइम्समा त्यतिबेला छापिएको हो ]

अहिले परिस्थिति बेग्लै
चौतर्फी विरोधपछि नेपालको कृषि मन्त्रालयले युएसएड र मोन्सान्टोसँग कुनै समझदारी नभएको बताएको थियो। फलतः यो परियोजना यत्तिकै तुहिएको थियो। यसको विरोधमा नेपालका मूलधारे मिडियामा समेत लेख र समाचारहरु छापिएका थिए।

मोन्सान्टोको यो प्रयास असफल भएपछि अहिले उसले बेग्लै बाटो समातेको छ। नेपालका एक मात्र डलर अर्बपतिको चौधरी समूह अन्तर्गत रहेको सिजी सिड्सले मोन्सान्टोको बीउ भित्र्याउने भएको छ।

अघिल्लो पटक मूलधारे मिडियाले लेखेको भए पनि यस पटक चौधरी ग्रुप संलग्न भएकोले सबैले लाजै पचाई यसबारे केही लेख्न सकेका छैनन्। सामाजिक सञ्जालहरुमा विरोधमा आवाज चर्कँदै गर्दा मूलधारे मिडिया भने चुपचाप छन्। विश्वको सबैभन्दा अनैतिक कम्पनीका रुपमा बद्नाम मोन्सान्टोलाई नेपाल भित्रनबाट रोक्न अब तपाईँहरुले नै आफ्नोतर्फबाट आवाज उठाउन जरुरी छ। किनभने आवाजविहीनका आवाज भनिने सञ्चार माध्यमले यसबारे केही बोल्नेवाला छैन।

यो पनि हेर्नुस्-
विवादित कम्पनी मोन्सान्टोको बीऊ चौधरी ग्रुपले बेच्ने
‘हाइब्रिड’को नाममा चौधरी ग्रुपले मोन्सान्टो भित्र्याउने पुष्टि

14 thoughts on “मोन्सान्टो किन ?”

  1. जनकमान डंगोल says:
    December 19, 2013 at 6:26 am

    घामे कामरेड भन्दा पनी पहिला यस्ता जन्तामारा लाइ आश्रय दिने पार्टि लाइ पो पेला ओखति गर्नु पर्छ !

    Reply
  2. Sagar says:
    December 18, 2013 at 1:34 pm

    चौधरी को हण्डी खाईराका ठुला पत्रिकाहरुले जनतालाई सूचनाबाट बिमुख गराउनु भनेको गरिब निमुखा जनताहरुको रगत चुस्नु पनि हो | नैतिकता छ भने जनतालाई सूचना दिने हिम्मत गर |

    Reply
  3. तारे मगर says:
    December 18, 2013 at 11:26 am

    बिउ ल्याए पनि सबै किसानहरुले प्रायोग नगरे भैगो नि ! सुकेर जाओस…. चिलिम ट्वाट चौधरी !

    Reply
  4. Shreeshesh says:
    December 18, 2013 at 9:00 am

    Monsanto should not be allowed to enter Nepali land. They will destroy our agriculture system forever. Look up about Monsanto in YouTube google. They have destroyed lives of many farmers around the world. Nepal cannot afford to loose farmers. Wake up government. Stop foreign corporation from entering Nepal. They main motive is to squeeze out money from poor people and destroy economic system.

    Reply
  5. sam sundar says:
    December 18, 2013 at 6:59 am

    चौधरी ग्रुप ‘CG ‘ को सबै उत्पादन बिशेष त एसको वाई वाई लै पूर्णतया सामुहिक बहिस्कार गर्यौ भने बल्ल एसले सबक पौने थियो कि – भ्याट काण्ड मा बदनाम हुदा हुदै फेरि मोंसंटो जस्तो जग बदनाम कम्पनी लै नेपाल भित्र्युना उद्धत यो फोर्ब्स करोडपति को कम्पनि नेपाल का यसै त गरिब किसान हरु लै भारत मा झैँ आत्महत्या गर्न बाध्य गराउने प्रपन्चा गरिरहेको छ |पैसा को लागि कृषक को हत्या नै गर्ने उधोग गर्न छुट कदापी दिनु हुन्न | नेपाल का सबै मुलधार का मिडिया हरु तै चुप मै चुप हुनु ले यी सबै बिदेशी हरुको गुलाम ले गरिब नेपाली को लागि न पहिले न अहिले आवाज उठउने रहेछन भनी फेरि प्रमाणित भएको छ | अरुबेला नाना थरि गरि हिड्ने नागरिक अगुवा हरु लै पनि त साएद नेता हरु जस्तै चौधरी ले मुख मा नोट को बुझो लगाई सके जस्तो छ |

    Reply
  6. ekraj says:
    December 18, 2013 at 5:52 am

    विश्वमै सबै भन्दा घृणित कम्पनी मोंसंतो र नेपालको सबै भन्दा भ्रस्ट र निच चौधरी ग्रुप को, मिलो मतो सन्जोग मात्र होइन|
    यस्ता अन्त्ररस्त्रिया अपराधी हरुको बेबसाहिक सम्रक्ष्याँ नेपाल जस्तो भ्रस्ट सरकार भएको देश मा मात्र सम्बभ हुन्थ्यो|
    अहिले को जमाना मा जना चेतनाले यस्ता घृणित कम्पनि को चलखेल लाई पूर्ण बहिस्कार गर्नु नै हामी सबैको भलाई हुन्छा|
    चौधरी ग्रोउप ले पैसा कमाउने ठाउं देख्यो भने उसको आमाको बलि चाडै दिन्छा| यो ग्रुप पनि नेपाल को सबै भन्दा घृणित कम्पनि नै हो भनेर हामीले सिद्ध गर्नु पर्दछ| तेश पछि मात्र किसान ले यो बिउ किन्दैनन|

    Reply
  7. शिब says:
    December 18, 2013 at 1:51 am

    मोन्सान्टो र बिदेशी धर्म नेपाली माटोका लागी उस्तै उस्तै हुन् जस्तो छ ।

    Reply
  8. kedar says:
    December 17, 2013 at 7:52 pm

    १. Monsanto का १० वोटा झुटहरु:
    http://www.theorganicprepper.ca/the10-gmo-myths-that-monsanto-wants-you-to-believe-07202013

    २. Monsanto ले सोचेको संसार The world according to Monasnto: दोचुमेंत्री
    http://topdocumentaryfilms.com/the-world-according-to-monsanto/

    ३. धेरैलाई थाहा नभएको Monsanto का ५ वोटा तथ्यहरु:
    http://www.fool.com/investing/general/2013/10/13/5-things-you-probably-dont-know-about-monsanto.aspx

    ४. Monsanto एउटा राक्षसी ब्यबसाई:
    http://www.jeffreyhollender.com/?p=208

    ५. किन Monsanto र पेप्सी मानिसहरु आफ्नो खानेकुराको बारेमा नजानुन भन्ने चाहाना राख्छन:
    http://www.care2.com/causes/what-monsanto-and-pepsi-dont-want-you-to-know-about-your-food.html

    ६.संसारभरिका नीतिनिर्मातालाइ हाता लिने Monsanto को चलाखी:
    http://rt.com/op-edge/monsanto-gmo-ecology-profit-411/

    ७. GMO मकैका कारण क्यान्सरका ट्युमर बढाउने खतरा बैज्ञानिक अनुसन्धानले देखाएका छन्:
    http://io9.com/5945232/controversial-study-linking-gm-corn-to-cancer-under-attack-by-scientists

    ८. विश्वमै सबै भन्दा घृणित कम्पनी Monsanto:
    http://www.dailyfinance.com/2013/06/08/why-is-monsanto-the-most-hated-company-in-the-worl/

    ९. २०१३ को सबै सबैभन्दा घृणित कम्पनि भनेर भोटिंग गरिएको कम्पनी:
    http://www.ibtimes.com/monsanto-named-2013s-most-evil-corporation-new-poll-1300217

    १०. मे २४, २०१४ मा संसारभरी Monsanto को बिरोधमा जुलुस सभाको आयोजना गरौँ:
    https://www.facebook.com/MarchAgainstMonstanto

    Reply
  9. गणेश कार्की says:
    December 17, 2013 at 7:22 pm

    चुप लागेर बसे माटो बिग्रिन्छ, भविष्य बिग्रिन्छ । भोली खानका लागि अमेरिकी प्लेन पर्खेर बस्ने दिन नआओस् । चुप लागेर बस्न नहुने कारणहरु यस्ता छन्

    १. छिमेकी भारतमा ३ लाख कृषकहरुले यही मोनसान्टो मकैको कारण आत्महत्या गर्न बाध्य भए ।, कारण : यो मकैको बिउलाई भिटामिन र मल अत्याधिक चाहिन्छ । खर्च गरेर रोप्यो, गफ दिए जति कुनै हालतमा फल्दैन । अर्को बर्ष पनि यही मकैको बिउ किनेरै लगाउँनै पर्छ । रिन बढ्दै जान्छ, प्रतिफल घट्दै जान्छ ।

    २. नेपाली किसानको पैसा विदेशीको खल्तिमा पुग्छ ।, कारण : एकपटक सो बिउ प्रयोग गरेपछि उम्कनै नसक्ने सम्झौताको जालोमा पुग्छन् नेपाली किसानहरु । आफुले यसको बिउ राख्न पाइदैन । राखेमा हजारौ डलर क्षतिपूर्ति तिर्नु पर्छ । तपाईले अर्को बर्ष बिउ नकिने तपाईको घरमै आइपुग्छन् चेक गर्न । एक पटक मोन्सान्टोको बिउ प्रयोग गरेपछि लोकल जातको मकै सोही ठाउँमा रोपे घोगै लाग्दैन । यसका लागि अमेरिका, क्यानडा र भारत लगायत निकै अफ्रिकी मुलुकको उदाहरण हेरे पुग्छ ।

    ३. यो मकै खान अयोग्य हुन्छ ।, कारण : यो जनवारको दानाका लागि फलाइन्छ । मानिसले खाएमा क्यान्सर, बाँझोपन लगायतका १०० भन्दा बढी रोगको शिकार हुने अधिक सम्भावना हुन्छ ।

    ४. यो मोनसान्टो भन्ने मकैको बिउ युरोपमा पुरै प्रतिबन्धित हो । यो पृथ्वीको कुनै पनि स्थानका लागि उपयुक्त छैन ।, कारण : यसले स्थानिय जातको बालीलाई फल नलाग्ने बनाउँछ । तपाईको छिमेकीले यो रोपेको छ र तपाईको बारीमा स्थानिय जातको मकै छ भने यसको परागकणले तपाईको बारीको मकैलाई पनि आक्रमण गर्छ ।

    ५. भ्रममा नपरौं, मोनसान्टो मकैको बिउ हाइब्रिड हैन । जेनेटिकल्ली मोडिफाइड हो ।

    ६. जसले नेपालमा यो बिउ ल्याउँनको लागि हस्ताक्षर गर्दैछ त्यो मान्छेको रगत चुस्ने पिचास बराबर हो ।

    फेरि भन्दैछु, चुप लागेर नबसौं । मोनसान्टो सहित सबै जेनेटिकल्ली मोडिफाइड बिउहरुलाई नेपालमा प्रतिबन्ध लगाउँ । भोली खानका लागि अमेरिकी प्लेन पर्खेर बस्ने दिन नआओस् ।

    यो पोस्टलाई तपाई कपी पेस्ट गर्नुहोस् । अथवा फेसबुकमा देखे सेयर गर्नुहोस् । सक्नुहुन्छ अझ सरल भाषामा सबैले बुझ्ने गरि परिमार्जित गर्नुहोस् । तर कृपया चुप लागेर पढेर नछोड्नुहोस् । माटोको सवाल हो, भविष्यको सवाल हो

    Reply
  10. kedar says:
    December 17, 2013 at 6:54 pm

    अमेरिकामै Monsanto बिरुद्ध ७१ सिनेटर ….. हाम्रोमा चैं चौधरी ग्रुपको सपोर्टमा सबै मुल्धारे कुलंघारहरु / लु हेर्नुस :
    …………………………………………………………………………
    http://www.organicconsumers.org/monsanto/

    Reply
  11. suzee says:
    December 17, 2013 at 3:36 pm

    हैन हाम्रो देश मा मकै को कति न खपत हुन्छ र ? यसरि मोनसान्तो लै भित्र्याउनु पर्ने ,

    ब्यापारिक घराना धेरै छन् तर चौधरी हरु जस्ता सिर्फ़ पैसा को लालची कोहि छैनन, जति बाहिरी बोक्रो नेपालीपन देखाएपनि !!!!

    Reply
  12. Milan Rai says:
    December 17, 2013 at 2:32 pm

    तल को लिंक — अर्जेन्टिना को इस्सु समसामयिक हुन सक्छ
    http://www.avaaz.org/en/stop_the_monsanto_frankenseed_factory_c/?bYGOKeb&v=32574

    Reply
  13. jitesh says:
    December 17, 2013 at 1:40 pm

    http://www.youtube.com/watch?v=f69TUDbPdLs This is 1:33:55 minute video. They show reality of monsanto after 1:00:00 Monsanto is parasite and chaudhary group is helping. http://www.youtube.com/watch?v=eUd9rRSLY4A
    look this video too. We are not fool now.

    Reply
  14. ekraj says:
    December 17, 2013 at 1:11 pm

    यो जन चेतना जगाउने बहस चालिने राख्नु पर्दछ| अब चुनाब को प्रचार जस्तै जता ततै यो मोसंतो हाम्रो खेतीको अपुताली पर्ने रोग हो भनेर, यसको निवारण को लागि ठुलै कदम चल्न पर्ने बेला आयो|
    चौधरी जस्ता द्रब्य पिसाच को बेपार भांड जयोश हामीलाई केको मतलब| यी द्रकुला हरुको रगत चुस्ने बनि हतौना केहि त गर्ने पर्दछ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme