Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँमा पनि सिङ्कहोल

Posted on December 13, 2013December 13, 2013 by mysansar

-सरोज डंगोल-
पोखरा उपत्यकामा रहेको अर्मला गाविसको सिङ्कहोलबारे अहिले खुबै चर्चा छ। पोखरामा मात्र हैन, काठमाडौँका विभिन्न ठाउँमा पनि सिङ्कहोल बनेको छ। हेर्नुस्-
Saroj

Saroj2

Saroj1
यी फोटो काठमाडौँको चमतिको हो। स्वयम्भू, नयाँबजार र शोभा भगवतीको बीचमा पर्ने ठाउँको नाम हो चमति।

गत अगस्तमा करिब ४० फिट गहिरो खाल्डो बन्दा कुनै भयानक दुर्घटना भने भएन। दुई वर्षमा बन्नुपर्ने यहाँको टाउन प्लानिङ १० वर्ष कटिसक्दा पनि केही भएको छैन। तँ काम गरे जस्तो गर, म पैसा सिद्धिए जस्तो गरौँला भनेर गरे जस्तो लाग्छ। (फोटोः Chamati, द स्याबजि गा:)

काठमाडौँको भूबनौट, जमिनमुनिको पानीको अत्यधिक प्रयोग र ठूल्ठूला भवनहरु बन्दै गर्दा यहाँको जमिन पनि भासिने संभावना अध्ययनकर्ताहरुले औँल्याएका छन्।

यो पनि हेर्नुस्-
पोखरामा के देखियो यस्तो अचम्म !
लौ आफ्नै आँखाले हेरेर पत्याउनुस्, पोखराका जमिन कसरी प्वाल परिरहेको छ [भिडियोहरु]
[अर्मला अन्धविश्वास] नागले मान्छेको भाषामा भनेछ- बाउलाई मारेर बिचल्लीमा पारेकोले तिमीहरुलाई नि बिचल्लीमा पार्छु, छोड्दै छोड्दिनँ

10 thoughts on “काठमाडौँमा पनि सिङ्कहोल”

  1. Bimal says:
    December 14, 2013 at 11:25 am

    यस्तै हो ..सतिले सरापेको देश …..!!!

    Reply
  2. मन says:
    December 13, 2013 at 11:19 pm

    म पनि राजधानी अर्को ठाउँमा सारने पक्षमा छु| काठमान्डौको वातावरण र सांस्कृतिक धरोहर सम्पदालाई जोगाउनु हो भने दीर्घ्कालिन रुपमा योजना निर्माण गरेर राजधानी सारनै पर्छ| वाग्मती नदी बग्ने काठमान्डौलाई सफा,स्वच्छ र प्रदुषण रहित सांस्कृतिक राजधानी बनाओउ|

    अर्को सायद अल्पकालीन रुपमा विकल्प र शुरुआत चाहि के भने — काठमान्डौका कुटनैतिक नियोगहरु, राजदुतावासहरु र यु एन का अफिसहरुलाई पहिले व्यवस्थित गराएर शहरदेखि टाडोमा (सिन्धुपाल्चोक, काभ्रे, धादिङ्ग र नुवाकोटका आसपासमा) नियोजित ढंगमा सारिन आवश्यक छ|
    काठमान्डौका सडकमा उभिएर हेर्नुस, कतिवटा बढे बढे गाडीहरु फ्वांक र बेफ्वांकमा गुडिरहेका हुन्छन जुन कुटनैतिक नियोग एम्बेसी र युएन अनि दात्रि संस्थाका हुन्| यु एन र कुटनैतिक नियोग को नीति त् झन् कस्तो रहेछ भने सवारी साधन तन्नम भएपछी लिलाममा बाहिर बेचिदो रहेछ| अझ प्रदुषण बढाउने कायदा| गाई बुढी भएपछि बिहार र बंगलादेशमा बेचिएको जस्तो|
    भनेछी यु एन र कुटनैतिक नियोगहरु र दात्रि संस्थाहरुको काम काठमान्डौमा ट्राफिक जाम र प्रदुषण फैलाउने हो? कि जेनेरेटर र इन्भर्टर लाएर उर्जा खत्तम र प्रदुषण गराउने काम हो?
    राजधानी तत्कालै सार्न नमिले पनि व्यवस्थित रुपमा कुटनैतिक नियोगहरु, यु एन का अफिसहरू र दात्रि संस्थाका अफिसहरुलाई उपत्यका देखि बाहिर सार्नु पर्यो तुरन्तै| स्कुल, यातायात, बाटो, बिजुली र खानेपानीको व्यवस्था हुँदै जान्छ|
    हिज राजधानी सारौ भन्ने कुरो उठायो कि राजाको मान हानी सम्झनेहरु आज ज्युँदै होलान|

    Reply
  3. Shankar says:
    December 13, 2013 at 9:48 pm

    गफै त् साइला | गफ गर्दा गर्दै अलि पर पुगीयोकी ?
    पोखरा को भूबनोट , चुन पानि ,गाडी गुदाउदा तल बाट प्रतिध्वनि आउने आदिले गर्दा प्रकृतिले नै पोखरा लाइ सिंक होल को लागि पुर्ब संकेत दिएको थ्यो |
    काठमान्डू को माटो फरक आदि धेरै कुराले गर्दा उस्तै समस्या त् यो पक्क्कै हैन |

    यो जनसंख्या बृद्दी , जमिन माथिको तिब्र भार ले केहि समस्या ळेऊणे कुरा मा चै दुइमत छैन |

    Reply
  4. Damodar Kuinkel says:
    December 13, 2013 at 6:52 pm

    राजधानी भएकै कारणले गर्दा जनसंख्या बढी भएको हो | त्यसैले राजधानी फेर्न पाए के होला ?

    Reply
    1. गगने says:
      December 13, 2013 at 9:48 pm

      यहि कुरालाई ब्याबस्थित गर्दै देशको इतिहाश संरक्षण गरि बिकाश र सम्ब्रिड्डी तर्फ देशलाई अघि बढाउन हामीले पहिचान सहितको संघियता को कुरा गरेका हौ!
      एकात्मक राज्य को कारण सबै सुबिधा र बिकाश काठमनडौ मा थुप्रिदा काठमान्डौ ले थाम्न नसक्ने भार बोकिरहेको छ कुनै पनि बेला काठमनडौ पुरा भासिने छ यस्ता थुप्रै सिंक होल सहित!

      Reply
    2. Mk says:
      December 13, 2013 at 10:06 pm

      धन्यवाद, सहि कुरा सहि बेलामा निकाल्नु भएकोमा / बरु , नया नेपालको , नया राजधानी खोज्ने काम सुभस्य सिघ्रम होस्, मेरो तर्फ बाट सक्दो योगदान पुर्याउने छु /

      Reply
  5. Tuyoo Bhaju Udas says:
    December 13, 2013 at 3:05 pm

    यो ठट्टा को विषय बनाउनु हुँदैन –
    भौतिक पूर्वाधार भन्दा ८ गुणाले बढी जनसंख्या बढेको यो सानो शहर काठमाडौँ ..
    का.उ.खा.लि. ले मांग अनुरुप पनि आपूर्ति गर्न असम्भव भएको अवस्था …
    असीमित र अनियन्त्रित रूपले जमिन मुनिको पनि निकालेर व्यापारीको ढुकुटी भरिने … नामै मात्रको सरकारी निकायहरु सबै थाहा पाएर पनि मुखमा दही ,घांटीमा बहि झुन्ड्याउने !

    Reply
  6. Sujan Maharjan says:
    December 13, 2013 at 11:28 am

    यो हाम्रै ठाउँ तिरको हो, मैले नि देखेको थिए तर एसको सत्य तथ्य थाहा पाउन सकिएन कि यता कसरि प्वाल पर्न गयो भनेर | यता धेरै घरहरु तिब्र रुपमा बन्दै छ र पानी पनि कम औन थालेको छ, मान्छे हरु ले धेरै बोरिङ्ग गरेको कारणले हुन सक्छ| बेलैमा ध्यान पुरौन जरुरि छ |

    Reply
  7. pratik says:
    December 13, 2013 at 11:27 am

    यो पक्कै मावोबादीले चुनाब धादली भयो भनेर बिरोध गरेको हुन पर्छ!! हतियार छैन, पटका बैधे बा ले सखाप पर्दिए,, अब कोदाली बोक्यो जमिन फोर्यो !!

    Reply
  8. bijay says:
    December 13, 2013 at 11:16 am

    चमतिमा काम्ने आइमाइ आउने भइ “मेरो बाउलाई चोट लागेको भए माफी मागेर मान्ने थिएँ। मेरो बाउलाई मारेर फाल्यो। मैले पनि माफी माग्दै माग्दैन। मैले ध्वस्त गरेँ गरेँ।” भन्नलाई!!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme