विनोदकुमार अमेरिकामा रहेका प्रवासी नेपालीका बारेमा तीखो टिप्पणी गर्छन्। र त, सोसल मिडियामा आफ्नो विचार राख्दा उनलाई अमेरिकाको मन्टगमरी काउन्टी मेरिल्यान्ड सर्किट कोर्टमा मानहानीको मुद्दा लगाइयो। तर गत २९ अक्टोबरमा अदालतले उनीविरुद्धको मुद्दा खारेज गरिदियो। मुद्दा खारेज भएपछि उनले माइसंसारलाई भने, ‘लेखैका आधारमा विरोधीले दिएको तीन वर्षदेखिको तनावबाट अहिले उन्मुक्ति पाएको छु। मेरो गल्ती केही थिएन र अदालतले मुद्दा खारेज गरिदियो।’ उनले आफूलाई लगाइएको मुद्दा र अमेरिकामा बसेका नेपालीहरूको झन्डै तीन दशक पुरानो साझा संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को बारेमा ब्लग लेखेका छन्। अमेरिकावासी नेपालीहरुका लागि चासोको यो विषय उनको व्यक्तिगत विचार हो।
विवादमा एएनए अन्तरिम अध्यक्ष र नेपाली दूतको हात
-विनोदकुमार नेपाल-
सञ्चार क्षेत्रको सीमा फराकिँदो छ। अहिले ‘मेन स्ट्रिम’लाई नै चुनौति दिने गरी वैकल्पिक सञ्चारमाध्यम बढ्दैछन्। प्रविधिको विकाससँगै सहज र शुलभ बनेका अनलाइन, ब्लग, फेसबुक टुइटर आदिको प्रयोगले सूचनामा व्यक्तिको पहुँच ह्वात्तै बढाएको छ। यस प्रकारका सञ्चारमाध्यममा राखिएका कतिपय मत तथा विचार कुनै दैनिक पत्रिकामा छापिएका मुख्य समाचारभन्दा कम ओजपूर्ण हुँदैनन्। आजकल हरेक व्यक्ति केही न केही लेखिरहेकै हुन्छ। विद्यूतीय भित्ताहरूमा माया, करुणा राय, सुझाव, आक्रोश अभिव्यक्त गरिरहेकै हुन्छ। यसबाट के प्रष्ट हुन्छ भने अभिव्यक्ति स्वतन्त्रता अब अन्नपानी झै अपरिहार्य भइसकेको छ। यसमाथि सम्झौता हुनैसक्दैन। स्वतन्त्रता र विचारमाथिको दमन धेरै दिन टिक्दैन। जति लुकाए पनि सत्य आखिर प्रकट भएरै छाड्छ। सूर्यलाई हत्तकेलाले छेक्ने घृष्टता व्यक्ति स्वयंका लागि प्रत्युत्पादक हुन्छ। केवल पर्खनुपर्छ केही समय।
प्रसँग यसैको सेरोफेरोमा छ। म पनि केही न केही लेखिरहन्छु। एक समय लेख्नु मेरो पेशा थियो। अहिले म रहर र बाध्यताले लेख्दैछु। अनौठो संयोग छ, रहर र बाध्यताको। बाङिगएको सोझ्यानुलाई म सञ्चारकर्मको धर्म मान्दछु। समाजमा हाबी भएका विकृति–बिसंगतिलाई पाखा लगाउने मेरो सत्प्रयास हुन्छ। सञ्चारकर्मीले समाजभित्रको होचो अर्घेलो देख्दैन वा देखेर पनि मौनता साँच्छ भने त्यो अस्तित्वविहीन निष्प्राण सिवाय केही हुनसक्दैन। यसको म जहिले पनि उछितो काढ्छु। हो, म फेरि एक पटक उछितो काढ्दैछु तिनै गैरजिम्मेवारहरूको।
अमेरिकामा नेपाली समुदायमाझ एकता, भाइचारा र सहायताको सेतु थियो एउटा संस्था। त्यो आवश्यकताले जन्मिएको थियो र सबैको संरक्षणमा बाँचिरहेको थियो। हरेक दुई वर्षमा महाधिवेशन हुन्थ्यो। नेपालीजन त्यसलाई ‘कम्भुमेला’ सम्झेर सकेसम्म सहभागी हुन्थे। त्यहाँ विगतको समीक्षा र आगतको खाका कोरिन्थ्यो। सदस्यहरूको समर्थन वा मत विभाजनबाट ताजा कार्यकारिणी छानिन्थ्यो। सबै हिसाबले त्यो सह्रानिय र उदाहरणीय थियो। तर, दुर्भाग्य, अमेरिकामा बसेका नेपालीहरूको झन्डै तीन दशक पुरानो यो साझा संस्था अर्थात् एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) माथि केही मुठ्ठीभर मानिसले कब्जा जमाए। अहिलेसम्म त्यसलाई ‘कोमा’ मा राखिएको छ। घिटिकघिटिकको अवस्थामा केवल त्यो नाम मात्रका लागि बाँचिरहेको छ। कोमाबाहिर निकाल्ने धेरै प्रयास नभएका होइनन्। यद्दपि तिनै निरंकुश हस्तक्षेपकारी र उनका मतियारहरूको दमनका कारण ती प्रयास निर्णायक हुन सकिरहेको छैन।
एसोसिएसन अफ नेपलिज इन अमेरिकाज(एएनए) को बिबाद अदालतको मानहानी सम्बन्धी मुद्दा र केही ब्यक्तीहरुको नाउमा थोपरिएका कानूनी झमेलाका कारण अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामा र अमेरिकाका लागि नेपालका दूत शंकर शर्मा यतिखेर बिबादको शिखरमा छ्न। उनिहरु दुबै जना एएनए प्रकरण सल्टाउन बिगतमा अग्रसर र अदालतका ट्रस्टीसहितको सहमतीका साक्षी हुन।
सन २०१० को एएनएको २८ औ बोस्टन सम्मेलनमा ८४ हजार ३ सय सतहत्तर डलर घाटा भएको बिनोद कुमारको ब्लग मार्फत मिडियामा खुलासा भए पछी एएनए भित्र तिब्र बिबाद सुरु भएको थियो। तत्कालिन एएनए अध्यक्ष सिमोन ढुंगानाले बोस्टन कन्भेन्सन फिनान्सिएल इन्भेस्टिगेसन कमिटी निर्माण गरेर घाटा सम्बन्धी प्रतिबेदन तयार गर्न एएनएका लेखापरिक्षक हरी शर्माको नेत्रित्वमा ३ जनालाई कार्यभार दिएको थियो। जस्ले प्रतिबेदन बुझाउदै घाटाका कारण र श्रोत खुलाएको थियो। त्यसपछी बढ्दो बिबाद चुलिन थाल्यो र ढुंगानाको नेत्रित्व माथि सबै कोणबाट दबाब सिर्जना भयो। दबाब बढ्दै गै सन २०११ मा एएनएको २९ सम्मेलन अघी नै एएनए भित्र आपसी बिबाद छताछुल्ल भयो। यस अघी नै एएनए बोर्डले गठन गरेको निर्वाचन समितीले निर्बाचित बोर्डको सुचना प्रकाशित गरे पछी पूर्व अध्यक्षले त्यसलाई इन्कार गरे। यसबाट बिबाद झन चुलियो र निर्बाचित पक्ष र पूर्व अध्यक्ष पक्ष बिच कडा टकराव उत्पन्न हुन गएको थियो।
पछी एउटा सहमतीमा दुबै पक्ष छेवाङ सेर्पा लामालाई बिबाद समाधानमा नेत्रित्व गरीदिन राजी भएका थिए। बिबाद सल्टाउन अग्रसर सेर्पा लामा दुबै पक्षको सहमतीमा काम गर्नु पर्नेमा पूर्व अध्यक्ष ढुंगानालाई साथ लिएर एक्कासी एएनएको अन्तरिम अध्यक्ष बनेको पूर्व अध्यक्षले घोषणा गरे, जुन एएनएको बाइलजमा नै थिएन। यो कुरो एएनएका पूर्व अध्यक्ष मन्डल, आजिबन सदस्यहरु र संस्थापकहरु मध्य अधिकाम्सले बाइलज बिपरितको कदम भनेर अन्तरिम अध्यक्ष बिरुद्द मेरिल्यान्डस्थित एउटा अदालतमा मुद्दा दायर गरे। जसको नेत्रित्व २९ औ सम्मेलन अघी निर्बाचित भनिएका प्रह्लाद केसीले गरेका थिए। नेपाली-नेपाली बिच मुद्दाका कारण नेपाली समुदाय बिभाजित र एक आपसमा कटुता बढ्दै गएकामा नेपाली दूत शंकर शर्मा माथि समेत बिबाद समाधानमा सघाउन दबाब बढ्न् थाल्यो। मुद्दा अदालतमै बिचाराधिन रहेकै अवस्थामा दुबै पक्षलाई मिलाएर अघी बढ्न अदालतले अनुज सुदलाई ट्रस्टी नियुक्त गर्यो भने त्यही ट्रस्टी र नेपाली दूत शर्माको उपस्थितीमा एएनए सन्चालन सम्बन्धी तीन बुंदे सम्झौता भएको थियो।
यसै बिच अदालतको आदेश भन्दै बिपक्षीलाई केही थाहा नदिएर बोस्टन सम्मेलनका सहयोगी र तत्कालिन एएनएका पदाधिकारीहरुलाई घाटाको एक पक्षिय जिम्मेवार ठहर्याउदै एएनएका तत्कालिन उपाध्यक्ष मेदिनी अधिकारी लगाएत कोसाध्यक्ष उत्सब गुरुङ र ग्रेटर बोस्टन नेपाली समाजलाई बिपक्षी बनाई बिगो सहित मानहानीको मुद्दा एएनएको तर्फबाट अन्तरिम अध्यक्ष शेर्पा लामा र उनको समुहले अदालतमा दर्ता गरायो। खासमा अधिकारी लगाएतलाई यसरी मुद्दा दायर गर्नु पर्ने कुनै कारण थिएन। सामाजिक संस्थामा काम गर्दा भएका आर्थिक कमजोरिका उनिहरु मात्र दोशी थिएनन, तत्कालिन अध्यक्ष ढुंगानाको बचाउ गर्दै अन्य पदाधिकारी मास्ने षड्यन्त्रले अधिकारी लगाएतका माथि मुद्दा हालिएको कुरा सामाजिक सन्जालमार्फत बिरोध भएको थियो भने अन्तरिम अध्यक्ष शेर्पा लामाले अदालतको आदेश भन्दै मनपरी गरेका प्रती डरले अमेरिकाका नेपाली मिडियाले गलत कामको बिरोध गर्ने आट गर्न सकेनन, सबै चुप बसे तर पत्रकार बिनोद कुमारले उसको ब्लग र सामाजिक सन्जाल मार्फत अन्तरिम अध्यक्ष शेर्पा लामा र निबर्तमान अध्यक्ष ढुंगानाका गलत गतिबिधीको बिरोध गर्नु परेको थियो। यसै बिरोधका कारण एएनए ट्रस्ट समुहको निर्देशनमा निबर्तमान अध्यक्ष ढुंगानाले पत्रकार बिनोद कुमारका बिरुद्द मेरिल्यान्डको एउटा अदालतमा बिगो सहीतको मानहानीको मुद्दा दायर गरे। जुन मुद्दा गत अक्टोबरमा अदालतले अदालतले मागेको कागजपत्र दाखिला गर्न नसकेका कारण खारेज गरी दियो। मेदिनी अधिकारी भने मुद्दाको अझै सामना गरीरहेकै छ्न। उता उत्सब गुरुङ र उनको ग्रेटर बोस्टन नेपाली समाजलाई बाध्यताबस अदालत बाहिर बिगो तिराई मुद्दा फिर्ता लिइएको थियो।
एएनए बिबादकै बिच मेरिल्यान्डका नेपाली समाजसेवी एचबी भण्डारीले उनका केही सहपाठीहरुको समुह तयार पारेर अर्को एएनए नाउको संस्था दर्ता गरेको खबर मिडियामा देखा पर्यो। त्यो समुहका ९ जनालाई पनि एउटै मानहानी र बिगो सहितको मुद्दा एएनए अन्तरिम अध्यक्षको समुहले मेरिल्यान्डकै अर्को अदालतमा दर्ता गर्यो। जुन मुद्दाको पनि अदालत बाहिर नै मिलान गरी बिगो भराई मुद्दा फिर्ता लिईएको थियो। जसका प्रमुख हस्ती समाजसेबी एचबी भण्डारी र पत्रकार राम प्रशाद खनाल थिए। मुद्दाले पारीबारिक र अस्तित्व माथि नै समस्या सिर्जना गर्न सक्ने चुनौती थोपरिएकाले यो समस्याको निदान खोज्न भण्डारी समुह नेपाली दूत शंकर शर्माको सहयोग खोज्दै नेपाली दूताबास वासिङ्टन डिसी पनि धायो, नेपाली दूतसँग भेटेरै समस्याको सान्तीपूर्ण बाटो खोजिदिन आग्रह पनि गर्यो तर नेपालीहरुको अभिभावक ठानेर दूताबास पुगेका निर्दोश नेपालीहरु अमिलो अनुहार लगाउदै दूताबासबाट फर्किनु परे पछी शेर्पा लामाकै सर्तमा अदालत बाहिर मुद्दा टुङ्याउन बाद्य बनाइएका थिए र बिगो भर्न वाध्य बनाईएका थिए।
अमेरिकाका सचेत नेपालीहरु सबैलाई अदालत पुर्याउदै, बिगो भराउदै चुप लगाउने सुत्रले अन्तरिम अध्यक्ष शेर्पा लामा र उनको समुह अमेरिकामा सबै नेपाली समाजभित्र हाली मुहाली गर्न सक्षम भयो। अमेरिका नेपाल पत्रकार संघ (नेजा) का पत्रकारहरु एक जनाले मुख बाउन सकेनन, घरै पिच्छे जस्तो रहेका मिडिया चुप रहे भने सामाजिक सन्जाल फेस बुकमा समेत एएनए सम्बन्धी समाचार लेख्न अहिलेसम्म कोही अग्रसर छैन। तर बिनोद कुमारले एएनए सम्बन्धी समाचार एक महिनादेखी दैनिक जसो फेसबुक मार्फत जानकारी गराएकै छ। एएनए अन्तरिम अध्यक्ष शेर्पा लामासँग बिनोद कुमार झुक्दै झुकेन भने मेदिनी अधिकारी पछाडि हट्दै हटेन। यि दुईको कारण र आफ्नै अनेकानेक गल्ती कमजोरीका कारण अन्तरिम अध्यक्ष शेर्पा लामाका बिरुद्द एएनएका तत्कालिन निर्बाचित मध्यका रजर अधिकारी समुहले अदालतको मानहानी सम्बन्धी मुद्दा मेरिल्यान्डको एउटा अदालतमा दर्ता गरेका छ्न।
अदालतको मानहानी सम्बन्धी मुद्दा चर्चामा आए यता अन्तरिम अध्यक्ष शेर्पा लामाले एएनएको वेब साइट बन्द गरेका छ्न भने आफु गुपचुप बसेका छ्न। उनिसँग एएनएको बर्तमान अवस्थाका बारे जानकारी लिन खोजी भईरहेको छ तर उनी संपर्कमा आउन चाहिरहेका छैनन। अमेरिकाको नेपाली समाजमा अन्तरिम अध्यक्ष शेर्पा लामाले गरेका हरेक सम्मेलनहरुमा नेपाली दूत शर्मा अतिथी बनेर सहभागी हुने गरेका छ्न, एएनएको एउटा ३१ औ सम्मेलनले नेपाली दूतलाई एएनए हिरो समेत घोषणा गरेको छ तर यही बसोबास गर्ने नेपालीहरु दूतकओ सहयोग खोज्न जाँदा रित्तो हात फर्किनु पर्ने बाध्यता रहीआएको छ। एएनए सन्चालन र बिबाद समाधानका एक पक्ष नेपाली दूतको एएनए अन्तरिम अध्यक्ष शेर्पा लामासँगको सम्बन्ध के हो? अहिले नेपालीहरुले अमेरिकामा त्यसको जबाफ खोजी रहेछ्न। अध्यक्ष शेर्पा लामासँगको सम्बन्ध वा नेपालीहरु प्रतीको अनुदारताको जबाफ नेपाली दूत शंकर शर्माले अहिलेसम्म स्पस्ट पारेका छैनन, न त उनले एएनएको अदालती प्रकृयामा उपस्थित भएर गरिएका सम्झौता पालना भएनभएको अनुगमन गरेका छ्न। अहिले पूर्व निर्बाचित पदाधिकारीहरु र अन्तरिम अध्यक्षको बिबादित मुद्दाबाट नेपाली दूतले हात झिक्नु पर्ने र नेपाल सरकारको अमेरिकाको प्रतिनिधिमुलक संस्थाले त्यो प्रकरणबाट छुट्टीनु पर्ने आबाज दिनहु उठिरहेछ तर नेपाली दूतले त्यसलाई सम्बोधन गरीरहेका छैनन।
नेपाली दूत अमेरिकामा भएका सबै नेपालीहरुका समान अभिभाबक हुन। उनले कसैलाई लाखापाखा गर्न पाउदैनन, त्यो उनको अतिरिक्त हैसिएतले पनि दिदैन। उनी नेपालको सम्सदमा सुनुवाई भएर आएका दूत हुन, कुनै एउटा ब्यक्ती र समुहको पक्ष लिन उनलाई निसेध छ तर उनले जे भूमिका निर्बाह गर्नु पर्ने हो, एएनए बिबाद र समाधानमा निर्बाहा गरेका छैनन भने अदालतका ट्रस्टी र नेपाली दूतका सामुन्ने सम्झौता गरेका अन्तरिम अध्यक्ष शेर्पा लामाले बिपक्षीहरुको सम्मान त के अदालतकै मानहानी गरेको छ।
धन्य हो नेपालीको जात, जहाँ गए पनि नेपालकै नेता जस्तै भाँड र अरुको खुट्टा तान्नु पर्ने|
कहिले छोड्ने हुन् फोहरी राजनीति गर्न र मान्छे हुन|
Dipson जी
नेपालमै बस्नेको जस्तो नभनौ हो । त्यसमा त सबै नेपाली पर्छ नि हो । नेपालको नेताहरु जस्तो भने कसो होला । हे हे हे ..
अमेरिकाको यो सँस्था जति विवदित छ त्यति नै विनोद कुमार पनि अमेरिकाको नेपाली समाजमा त्यति नै वदनाम छ।ज्यादै तल्लो स्तरको भाषा प्रयोग गर्ने,पूर्वाग्रहले कलम चलाउँने अनि कसैलाई एक दिन उचाल्ने, एक दिन पछार्ने (आफ्नो स्वार्थ अनुसार)यस्तै ‘कलमवीर छु’ भन्दै सडकको साँढें जस्तै हिड्ने विनोद कुमारका विशेषता हुन्।
“…अन्तरिम अध्यक्ष शेर्पा लामाले बिपक्षीहरुको सम्मान त के अदालतकै मानहानी गरेको छ।…”
त्यसो हो भने हजुर जस्ता जान्ने बुझ्ने र आफुलाई पीडक ठान्नेले किन अदालतमा खुरुक्क उजुरी दिनुहुन्न? हामी कंहा जस्तो अदालतले आफ्नो मान्छे र नाता गोता हेरेर अन्य कारणले प्रभावित भएर निर्णय दिने होइन होला| कि त्यही कारणले उजुरी नदिएको हो?
खै मलाई त इ बिदेशमा बस्ने दुवै लामा र विनोदकुमार एक अर्काको खुट्टा तान्ने हाम्रै नेपाली नेता जस्तो लाग्यो | प्रवासीको आप्रबासी बानि कहिलेइ नछुट्ने भनेको येही हो |
अम्रिका आएको म पनि एक दशक हुन लागेछ| ए एन ए भन्ने संस्था छ भनेको सुन्दै आएको छु| सामाजिक काममा चासो राख्ने व्यक्तिमा म पनि पर्छु| अम्रिकी नेपाली र नेपालको नेपालीको लागी यस संस्थाले सिन्को भाँचेको छैन र यसले गर्ने बार्षिक भेलाहरु कुम्भ मेला हो, भट्टी भेला हो र अम्रिकामा रहेका केहि टाठा बाठा र झेलीहरुको नेतागिरी गर्ने ठाउँ हो भनेर धेरैले भनेर ल्याएको हुँदा त्यस्तो भेलामा जाने जाँगर नै मर्यो| त्यसमाथि न्युयोर्कमा भएका बग्रेल्ती संगठनमा जान भ्याई नभ्याई छ| बिदेशमा आएर असल कुरो र राम्रो शिप सिक्न छोडेर कसैको लागी पनि सुको काम नलाग्ने संगठन खोलेर पान्गदुरे नेतागिरी गरेर आत्मरति लिनुमा कुनै तुक छ र ? अम्रिकामा भएका कुनैपनि संगठनहरुको जनाधार छ भनेर यदी कसैले डिङ्ग हाँकछ भने त्यसले झेली कुरो गरिरहेको छ भनेर बुझ्दा हुन्छ|
केही दिन अघी संविधानसभाको चुनाव सम्बन्धी अन्तर्वार्तामा संविधान बनाउने बारे नेपालका राजनैतिक पार्टी हरुलाई इंगित गर्दै डा. सुरेन्द्र के. सी. ले भनेका थिए, “हामी नेपाली हरु परपीडक छौं”| डा. के. सी. को भनाई शतप्रतिशत सत्य मान्न सकिन्छ| मानिस विशेष गरी नेपालीहरु परपीडक हुनुको मुख्य कारक मुलत अशिक्षा, अहंकार र हैकमवादी चरित्र नै हो| अमेरिका जस्तो विकशित मुलुकमा बसोबास भएर के भो त आखिर नानी देखी लागेको बानी, कुकुरको पुच्छर १२ वर्ष सम्म ढुङ्ग्रोमा राखेपनी बांगो को बाङ्गै|
सबैको हैसियत देखीसकेको हुनाले मलाई यस्ता एक राते संस्थाहरुसंग कुनै सरोकार छैन| केवल छ त एउटै चाहना, त्यो के भने सबै नेपाली मिलेर झगडा नगरी गरीखाउँन, नेपालमा जस्तो दिनरातको जातपात नभनी अमेरिकामा विभेद रहीत प्रोन्नति गरुन| त्यसै अभिप्रायले यो कमेन्ट गर्न अग्रसर भएको छु|
विनोद्जीले भन्नुभए जस्तो जसले पोख्न सक्यो घरै पछि मेडिया|
एउटा ए. एन. एस. भन्ने संस्था छ| जसलाई कसैले फुर्सदीहरुको गफ गर्ने थलो पनि भन्ने गरेका छन् त कसैले डाइनोसोर| यसलाई चिनाउँदा यही संस्थाका केही पदाधिकारीहरु र भुतपुर्बहरुले लाजै नमानी अमेरिकाको सबै भन्दा पुरानो भनेर चिनाउछन| तर पुरानो भएर पनि सबै भन्दा गए गुज्रेको अवस्थामा पुगेको बारे चाहि केही बोल्दैनन, शरम मान्दैनन| केही बर्ष अघि अध्यक्षको चुनाव हुँदा प्रजातान्त्रिक पद्दति त्यागेर, चुनाव नै नगरीकन नालायकीपनको हद अपनाउदै बच्छी बच्छी गरेर बाँडे| जस्तो यो संकटा र आरसीटीको म्याच हो| दुवैले अध्यक्ष पदको अघि अनिर्वाचित भनेर पनि लेख्नपर्ने थियो| यो बेला आफुलाई झुक्दै नझुक्ने भन्ने पत्रकार बिनोद नेपाल जी कंहा थिए? अमेरिका नेपाल सोसाइटी नाउँ राख्ने अनि संस्था चै झम्सीखेल, बल्खु र मन्दिकाटारको जस्तो गर्ने? बरु पेरिस डांडा मै सारेको भए हुन्थ्यो| ए. एन. एस. को कुनै पनि जमघटमा जानुस, जस्तो यो अमेरिकामा होइन तर त्यो झम्सीखेल, सानेपा, बल्खु वा पेरिस डांडाको भेला जस्तो लाग्छ| भाषणभक्त र शब्द रंजित मंच र माईकप्रिय हरु देखिन्छन|
अब कुरो आयो ए. एन. ए. को| बिनोद्जीले सन् २००९ को बस्टन कुम्भमेलामा भएको घाटा र घोटाला सही रुपमा ओउल्याएका हुन्| लाखौ डलर उठेर पनि ८४ हजार अझ घाटा किन भयो भन्ने पनि सो घोटालाको परिक्षण गर्नेले डिटेलमा ओउल्याएका छन| नेपालमा सबै सरकारी खर्च,दान अनुदान र चन्दाको संस्कारमा पोषिएका र पालिएकाहरुले सो अधिवेशनमा पनि आफ्नो बाबुको जाने होइन भन्ने गैर जिम्मेवारी हिसाबले वाहियाती फजुल खर्च गरेको र आफुलाई लाभान्वित गर्न खोजेको प्रष्ट देखियो|जसले जिम्मा लिएका छन् त्यो घाटा उनीहरुले नै ब्योहोर्न पर्ने हो| मेदिनी अधिकारीज्युले आफु भाग्न अघि सो कसरि भयो प्रष्ट पार्नु पर्ने होइन र? जश चै लिने अनि अपजस र घाटा चै नमान्ने? जलले घाटा पारेका हुन् उनीहरुले तिर्न पर्यो सो घाटा| वस कुरो त्यति हो|
त्यति नगरे फेरि सुधरिने ताल देखिदैन|
नत्र भने दायित्व भन्ने चिज के नेपालमै छाडेर आएका थिए? हरेक अधिवेशनमा कार्यक्रम गर्ने भनेर हजारौ डलरका सामान जसले पायो र जसलाई चाहियो खरिद गर्छन र ती समानहरु कसका घर जान्छन? एउटा inventory को व्यवस्था गरेको खोइ? त्यसभन्दा अघि सान फ्रान्सिस्को मेलामा पनि हजारौ डलरको सामान किनेका थिए जुन अर्को अधिवेशनमा प्रयोग गर्न सकिने थियो तर त्यस्तो भएन| सांस्कृतिक कार्यक्रमलाई भन्दै बेश भुषा आदि र संगीत सामग्री किनेर चलाई सके पछि संस्थालाई फिर्ता नदिएर वा पैसा नतिरेर चुपचाप घर लाने संस्कार कस्तो हो? नेपाल बाट ल्याएको भन्दै बील भुक्तान गर्ने अनि खोइ ती सामान? जनताको पैसाले किनेको सामान सुटुक्क घर लैजाने र प्रयोग गर्ने संस्कार भने चोर संस्कार हो| अलिकति पनि गिल्टी फिलिंग नहुँदो रहेछ अमेरिका बसेर धेरै जसो पुगीसरी आएकाहरुलाई पनि| झुट बोल्ने र संस्थाको पैसाले किनेको सामान पटक पटकको अधिवेशनमा घर लैजानेहरु चोरको खुट्टा काट भन्दा खुट्टा उठाई रहेका होलान यो पढेर| जति नै सभ्य ठाउँमा बसे पनि बुद्धि आचरण त्यही पुरानो नै रहेछ|नेपालको राजनैतिक पार्टीहरुको आशिर्वाद ग्रहण गर्दै आएकाहरुले जुनै संस्था चलाए पनि नचाहिदा विवादमा ल्याएका छन्|
अन्तमा, विनोदजीले उक्त लेखमा बेफ्वांकमा आफ्नो भरुवा बन्दुक लत्रंग परेको तुनाको फेरमा अड्काएर सेर्पा लामा र राजदुत प्रति तेर्साएको जस्तो लाग्यो| त्यसो गर्नुको कुनै तुक, तर्क र आधार देख्दिन| विगतमा बिनोद्जीले राजदुतको भोज भत्तेरमा मात्र जाने अरु केही काम छैन भनेर गरिएको आलोचना धेरै हद सम्म आफ्नो ठाउँमा ठिक होला तर ए एन ए विवादमा समस्या सुल्झाउन गरिएको प्रयासलाई दुरुह दृष्टिले चित्रण गरिएको सही छैन|
पूर्वाग्रह नलिई हेर्ने हो भने सेर्पा लामा द्वारा जुन नेतृत्व र अग्रसरता यो अन्तरिम कालमा दिएको छ त्यो उदाहरणीय छ| कलही पार्टीहरुलाई मत्थर पार्ने हिसाबले होइन तर नेपाली नेपाली बीच जनसमक्ष कटकटीएको कत्ले लुगा धुने स्थिति पैदा नहोस अनि आपसी द्वन्द बढेर सम्पूर्ण समुदायलाई हानी नोक्सानी नपुर्याऊन भनेर महामहिम राजदुतले शान्ति ल्याउने र चल्दो संस्थालाई निरन्तरता दिन खेलेको भुमुकालाई सकारात्मक रुपले
लिनपर्छ| सेर्पा लामा दिनहु पत्रिका र घरै पिछेको मेडियामा छाई नरहनु लाई पनि सकारात्मक नै लिएको छु| जब काम पर्छ तब बोल्ने, यो पनि ठिक लाग्यो| लेख्न र बोल्न जानेको छु भन्दैमा अनि मेडिया र पार्टीमा आफ्नो चिनजान छ भन्दैमा जे पायो तेही बोलेर आगो अझ सल्काउन भन्दा नबोल्नै जाती|
यो पंक्तिकारलाई एउटा ठुलो आशा के भने अमेरिकामा हुर्की बढी पढेका नेपाली सन्तानले भोलिका दिनहरुमा यस्ता संस्थाहरु चलाउदा नेपालबाट संगै ल्याएको जातपात प्रदुषित सोच, रुढीवादी व्यवहार र पुर्वाग्रह नलीइ स्वस्थ नेपाली सांस्कृतिक संस्कार, समानताको दृष्टिले सबैलाई हेर्ने र अमेरिकी लोकतान्त्रिक परम्परा अनुसार अनुसार चलाउनेछन्|
हामी नेपाली केही बर्ष यता हदै झगडालू भएका छौं यही सत्य हो
Trust me, you don’t need any of these people in united states!!! So, don’t run after organization. These organizations are for the people who doesn’t have anywork!!!
seriously, I did not ANA had such a rife. I am glad I do not go their conventions after living in the states nearly for eight years. Good Luck with everything!
खै हाम्ले इनिहरु कसैलाई पनि चिनिदैन! अस्ति एकदिन राजदूत आका थिए, ठुल्ठुला कुरा गर्दै थिए त, आज एस्तो समाचार आको छ! मैले धेरै कुरा बुझेको छैन! तर नेपाल र नेपाली को लागि भनेर “नेपाल” जोडेर बनेका संस्था अनगिन्ती छन्! कसैले सौथ, कसैले नोर्थ , वेस्ट, इस्ट भनेर नाम राखेका छन्! इनिहरु को येहा का लोकल कमुनिती संग खासै सम्बन्ध हुदैन! २५-२६ जना को कमिटि बनौछां अनि नेपाल का ठुला पत्रिका मा छपुअछन! नेपाल का मिडिया ले पनि ठुलो महत्वो दिन्छन इनिहरुलाई! मैले यो कुरा चाहि कैले बुझ्न सकिन!
तेस्पछि सुरु हुन्छा येहा चन्दा उठाउन! १-२ महिना अघि येस्तै ठुलो सम्मेलन भाथ्यो, ठुलै झगडा गरेछन आफु आफु मा! नेपाल हुने पार्टी को राजनीति को ठ्याक्कै अनुसरण गरेका छन्!
तेसैले, इनिहरु ले नेपाली को नराम्रो नगरुन! राम्रो कसैले आश गरेको छैन!
अमेरिका जने हरु खुबै सभ्य भयौ भन्छन, अर्कै दुनियाँका हौ जस्तो गर्ने हरुको बनी पनि नेपालमै बस्नेको जस्तो हुदो रहेछ हौ ।
म त हाँस्दा हाँस्दै मर्ने भय हौ ।