-विजय मल्ल-
म विगत पाँच वर्षदेखि स्विट्जरल्यान्डमा बस्दै आएको छु। स्विस ब्याङ्किङ सिस्टमबाट म निकै प्रभावित छु। त्यसैले त यहाँको ब्याङ्किङ सेवा विश्वमै उदाहरणीय मानिन्छ।
हालै मैले स्विट्जरल्यान्डको युबीएस ब्याङ्कबाटबाट नेपालको स्टायन्डर्ड चार्टर्ड ब्याङ्कको कुमारीपाटी शाखास्थित मेरो खातामा पैसा पठाएको थिएँ। पैसा इ ब्याङ्किङबाट अक्टोबर २८ मा पठाएको थिएँ। आशा थियो २/३ दिनमा त्यो नेपाल पुग्नेछ। तर अहँ। स्टायन्डर्ड चार्टर्ड ब्याङ्कमा मेरा आफन्तहरुले निकै पटक फोन गरेपछि ब्याङ्कले पैसा नआएको जानकारी दियो। पैसा पठाएको दुई हप्ता भइसकेको थियो।
नोभेम्बर १० तारिखमा आएर बल्ल ब्याङ्कले पैसा आइपुगेको तर पाउने (beneficiary) को नाम इ ब्याङ्क स्टेटमेन्टमा गलत रहेको स्वीकार गर्यो।
मैले मेरो आफन्तलाई मेरो खाता प्रयोग गर्ने र रकम निकाल्ने सम्पूर्ण अधिकार दिएको थिएँ। त्यसैले मैले beneficiary नाम लेख्दा मेरो साटो उसको नाम लेख्न पुगेको थिएँ। तर ब्याङ्कले यो रकम मेरो नेपालको खातामा जम्मा गर्न अस्वीकार गर्यो जसका कारण आफन्तले मैले पठाएको रकम झिक्न पाएनन्।
नोभेम्बर १० मा स्टायन्डर्ड चार्टर्ड ब्याङ्कका अधिकारीहरुलाई मेरो आफन्तले स्विट्जरल्यान्डको युबीएस ब्याङ्कबाट beneficiary को नाममा गल्ती भएको बारे र रकम झिक्न अनुमति दिन आवश्यक कागजात उपलब्ध गराउन सक्ने जानकारी दिए।
तर उनीहरुले त्यस्तो कागजातले केही गर्न नमिल्ने भन्दै त्यही दिन अर्थात् नोभेम्बर १० कै दिन रकम स्विट्जरल्यान्ड फिर्ता पठाउने बताए।
तर स्टायन्डर्ड चार्टर्डले त्यसो भनेको ७ दिनसम्म अर्थात् नोभेम्बर १७ सम्म पनि रकम फिर्ता पठाएन। मेरो आफन्त फेरि स्टायन्डर्ड चार्टर्डमा ताकेता गर्न गए। त्यतिबेला लाजै पचाई ब्याङ्कका अधिकारीहरुले रकम नोभेम्बर २१ मा मात्रै पठाउने बताए।
यसको अर्थ यो रकम स्टायन्डर्ड चार्टर्ड ब्याङ्कमा झण्डै तीन हप्तासम्म बस्ने भयो। खासमा त्यो रकम ग्राहकलाई २/३ दिनभित्र दिनुपर्ने वा तुरुन्तै स्विट्जरल्यान्डमा फर्काउनु पर्ने थियो। किन यस्तो गरियो ? म ब्याङ्क अधिकारीहरुलाई निम्न प्रश्नको जवाफ दिन सार्वजनिक आह्वान गर्छु-
१) ब्याङ्कले किन समयमै मलाई वा स्विट्जरल्यान्डको युबीएस ब्याङ्कलाई beneficiary को नाम गल्ती भएको जानकारी नगराएको ? समयमैको अर्थ स्विट्जरल्यान्डबाट २/३ दिनमा रकम स्टायन्डर्ड चार्टर्डमा आइपुगेलगत्तै।
२) ब्याङ्क अधिकारीहरुले किन निश्चित दिनमा रकम फिर्ता पठाउँछु भनेको तर नपठाई यत्तिकै राखेको ?
३) युरो मुद्रामा ब्याङ्कमा झण्डै एक महिना रकम रहेवापत् के मलाई स्टायन्डर्ड चार्टर्डले ब्याज दिन्छ ?
यसले गुणस्तरीय सेवा उपलब्ध गराउने दावी गर्ने स्टायन्डर्ड चार्टर्ड ब्याङ्कको लापरवाही र अक्षमता प्रष्ट्याउँछ। ब्याङ्कले मलाई यी सबै प्रश्नको जवाफ दिएर तार्किक हिसाबमा मलाई विश्वस्त गराए म खुसी हुने थिएँ।
मलाई लाग्छ यो ब्याङ्कका अरु ग्राहकहरुले पनि यस्तै किसिमका समस्या भोग्नुपरेको हुनसक्छ। विदेशमा बस्ने लाखौँ नेपालीले आफ्नो रकम रेमिट्यान्सबाट देशमा पठाउँछन्। उहाँहरुले पनि यस्ता समस्या भोग्नुभएको भए हामी सबैसित बाँड्न हुन अनुरोध गर्छु। हाम्रो उद्देश्य उनीहरुलाई जिम्मेवार बनाउन सघाउने हो।
[मल्लले यो ब्लग नोभेम्बर मै पठाएको भए पनि त्यतिबेला ब्लग चुनावमय भएका कारण ढिलो प्रकाशन हुन पुगेको हो। विषयको सान्दर्भिकता भने पुरानो नभए झैँ लाग्छ। उनले अङ्ग्रेजीमा लेखेको गुनासोको पूर्ण अंश यहाँ छ]
मैले बेलायतको BARCLAYS बेंकबाट SWITZERLAND को CREDIT SUISSE बेंकमा पठाउदा पनि त्यस्तै घटना भएको थियो र यसमा मलाई पुरै १ महिना झुलायियो , म के भन्न चाहन्छु भने पैसा पठाउदा लापरबाही गरी गलत विवरण नदिने हो भने अवस्य पनि समयमै पैसा पुग्छ, पुगेन भने बेंकले क्षतिपूर्ति दिने पनि रैछ अलि-अलि
मैले एकपटक अस्ट्रेलिया बाट SCB मा पैसा पठाएको तपाइको जस्तै भयो . अब त आरामसंग हुण्डी गर्ने गरेको छु .
बैंकहरु volunteer service गर्न पक्कै खुलेका होइन हरेक कारोबारहरु फाइदासंग जोडियाका हुन्छन तसर्थ तेसो हुनुमा कुनै नौलो कुरो पक्कै होइन होला …….!!!!
मित्र, सेवा प्रदान गरेर फायदा लिने हो| ग्राहकलाई तेसै लुट्न पसल खोलेका होइनन केरे|
यस्तै सोचाइले त हामी नेपालीले गम खान्छौ| यतिका दिन मल्लजीको पैसा राख्दा कसलाई फायदा र कसलाई नोक्सान पुग्यो भन्ने सोच्न सक्ने क्षमता नभएको कोही नहोला|
मल्ल जी यो बैंक को लागि यो कुनै नया कुरा होइन. येस्तै समस्या को कारण यो बैंक बाट खाता नेपाल बैङ्क मा सरेर ढुक्क संग कारोबार गर्दै छु. so my suggestion forget foreign bank and use Nepal local bank they will pray your business… the charges in Standard Charterd bank is like hell.
अंग्रेजी फ़र्राट संग बोल्ने सुकिला मुकिला र खाइस्योस लाईस्योस भन्नेहरुलाई राखेर के को कस्टमर सर्भिस? उनीहरुले त छानी छानी सुकिला मुकिलालाई मात्र सेवा प्रदान गर्ने भए| सके सम्म अंग्रेजी मिक्स गरेर नेपाली बोल्न पर्छ तब मात्र धेरथोर सर्भिस पाईन्छ| झन् ब्रिटिश गोर्खाकालाई र खाडीमा काम गर्नेहरुलाई र उनका परिवार लाई देख्यो भने बैंकका कर्मचारीले उल्टो उनीहरुको पैसा माङ्ग्न आएको जस्तो व्यवहार गर्छ| गार्डले पनि हप्काउछ|
यही हो मेरो अनुभव अक्सर जस्तो|
दुखको कुरो के भने एउटा बैंकले दुख दिएर अर्को कुन बैंकमा जाने? नीजी क्षेत्रका सबै बैंक उस्तै हुन्| त्यहा आफ्ना चिनाजाना छैन भने जे मा पनि कुर्न पर्ने हुन्छ|
नेपाल बैंक लिमिटेड र नेपाल हावा सेवा निगमले कस्टमर सर्भिस कुन चरीको नाउँ हो थाहा छैन|
आखिर हुण्डी जिन्दावाद!
-कमल स्याङ्गदन
मैले कतिपल्ट बिदेशी मुद्राको अन्तर-बैंक पठाएको छु| Barclays, HSBC, Bank of China बाट नेपाल, चिन, आयर्लैंड, अस्ट्रेलिया, अमेरिका पठाएको छु तर आज सम्म यस्तो भएको केहि छैन| HSBC बाट त मिनेट भरमा पैसाहरु ट्रान्सफर भाको छ| एकपल्ट SCB बाट विचार गर्न खोजेको थिए क मन लगेर गरिन, यो ब्लग पढे पछि सायद कहिल्यै गर्दिन होला SCB बाट!
मल्लजी, SCB को हेड अफिस लण्डनमा कम्प्लेन गर्नु बेश होला|
विदेशबाट खासगरी युरो, पाउन्ड वा डलरमा नेपाल स्थीत बैंकहरुमा पैसा पठाउँदा यी मुद्राहरुको विनिमय डर बढ्दो छ भने बैंकहरुले २-३ हप्तासम्म hold गरेर बल्ल आफन्तलाई दिने हो या खातामा चढाउने गर्छन . यदि यी मुद्राहरुको विनिमय दर घट्दो छ भने पैसा पठाएको ३ दिनमै आफन्तले पाउने या खातामा चढाई हाल्ने गर्छन मैले पनि धेरै पटक फिनल्याण्डबाट नेपाल स्थीत हिमालयन बैंकमा मेरो आफन्तलाई पैसा पठाउँदा यस्तै दुर्दशा भोगेको छु .
It is to read the story and to tell you the truth, it shows how slow our system is. Hopefully, Standard Chartered back, being a multi national bank, will change the ongoing systems. Best thing to do is to complain to the main authority of standard chartered bank. May be you can try and send the complaint regarding this to the global headquaters of standard chartered bank Global headquarters
Standard Chartered Bank
1 Basinghall Avenue
London, EC2V 5DD
United Kingdom
+44 (0)20 7885 8888
+44 (0)20 7885 9999
May be they can direct the standard chartered bank nepal to maintain the standards or they might even take action against them.
And to the replier BSP,
May be what you are trying to explain has logic in it. But i dont really see any problems with UBS Bank.
For BSP to understand the situation better,
Father gives money to his daughter to pass it to the Mother. But Daughter neither passes the amount to Mother nor Informs Father about the status of payment.
In this case i think Father has done the part, so he won’t be doing anything unless the daughter lets him know.
thank you!!!
Reply to Prakass,
Most possibly such disputes (your account has been debited but you didn’t receive the cash) occur due to two reasons:
1. Technical error happened with the ATM right on the time that your command on ATM being processed. Generally, such errors may be Note Jam due to its roughness and mutilation, Power failure and Non-responding of PC attached with the ATM.
2. Restriction imposed by your bank (card provider) on the daily or monthly (or any periodic) cash withdrawal limit from your card.
On both cases, you should claim the disputed amount with you bank (card provider) regardless whichever bank’s ATM you’d used. As I know, the bank whose ATM you used won’t entertain you claim because of the some dollars charge that the bank has to pay if it processes you claim first. Usually, the bank whose ATM you used should transfer the disputed balance to your bank and you’ll have the balance back but sometimes the disputed amount remains unsettled in your bank’s parking account. Whatever, in almost all cases you will be refunded if you really don’t receive cash.
Jwalanta,
I did claimed to my Bank but they said the cash has been withdrawn. Even my statement showed that the amount was withdrawn on that date. I didn’t talk to any ATM service providers or Banks in Kathmandu since i know it would kill my time in Nepal . I better went to lots of places and yeah! the only thing i wanted was the withdrawal fee of Rs.400 as it was charged without giving me cash. I forgot everything, yet its Nepal and i always wish and pray that one day my country will be best place in the world. Whatever happens, i still love my country.
विजय मल्ल जी,
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गर्ने यो धुर्त्यायी र लुट विदेशमा बस्ने नेपालीहरुले पठाएको रेमिटान्स रकममा मात्र होईन, अवकाश प्राप्त बेलायती गोर्खा भूतपूर्व सैनिक हरुको महिनावारी आउने पेन्सनमा पनी गर्दै आएको छ|
नेपाल स्थित गोर्खा पेन्सन कार्यालयले बैंकिंग पेन्सॆनरहरुको पेन्सन प्रत्येक महिनाको अन्तिम कार्यालयको दिनमा सो महिनाको पेन्सन खातामा पठाउने गर्छ| सो रकम पेनसनरको खातामा ढिलोमा २ दिनमा देखिनु पर्ने हो| यथार्थमा तेसो हुदैन| सो रकम १२ -१५ दिन पछि मात्र पेनसनरको खातामा देखाईन्छ| आखीर कहाँ जान्छ त यो अवधीमा रकम?
तपाई कुनै पनी बैंकमा गएर रकम फिर्ता गर्दा रकम नपुग भएर आज पैसा सकियो भोलि आउनोस भनेर फिर्ता पठाउदैन! रकम फिर्ता गर्ने जती सुकै भिड भए पनि पैसा सुलभ नै हुन्छ!
रेमिटान्स र गोर्खा हरुको पेन्सन रकम झण्डै २ हप्ता हराउनुको कारण हो उच्च ब्याज दरमा अन्तर बैंक सापटी! सुनिन्छा यसरी उच्च ब्याजदरमा अन्तर बैंक सापटी दिनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक अग्रिम सथानमा छ! तपाई को रेमिटान्सको रकममा भएको ढिला सुस्ती यहि घोटालाको कारण हो की?
भनिन्छ, प्रत्येक महिना २० अर्ब रुपियाँ ब्रिटिश गोर्खा भूतपूर्व सैनिक हरुको पेन्सनका निमित्त नेपाल भित्रन्छ! यस मध्धय ७०% जती रकम स्ट्याण्डर्ड चार्टर्ड बैंकले ह्यान्डल गर्छ! यसरी हेर्दा यो बैंकको नाफा कती होला?
म आफु पनि अमेरिकाको एउटा बैंकमा काम गर्छु. कसैले पनि रकम नेपाल पठाउदा सोहि दिन पुग्नु पर्छ. अहिले सम्म मैले थुप्रै नेपालीहरुको पैसा पठाइसके मैले केहि गुनासो सुन्न परेको छैन. मलाइ जहासम्म थाहा छ कि उक्त रकम प्रोसेस गरेको १५ मिनेट देखि ४५ मिनेट भित्र पुग्नु पर्ने हो. यहाँ standard चार्टर्ड बैंक कै बदमासी देखिन्छ.
आलुको थुप्रोमा एउटा दुइटा कुहिएका भए न राम्रा चैं छानौं है भन्नु, राश नै कुहिएको छ रास्ट्र बैंक देखि सहकारी सम्म / स्ट्यान्डर्ड चार्टर्ड जस्ता मैं हुँ भन्ने बैंकहरु त झन् महिना दिन सम्म न नुहाउने तर बाहिर बाहिर सुट बुट र परफ्युम छर्केर सफा देखिने खालका मात्रै हुन /
SCB Nepal has to inform to sending bank with “Beneficiary Name not Matched” unable to apply/credit fund to beneficiary, upon receive this message from SCB, UBS should be informed to you that fund is rejected due to name not matching, and they should advice you either to return money or to fill up another form with correct name by FORM199/999 by swift message. I can see here both the bank did not perform their standard service.
The UBS will inform only if SCB notices the UBS bank about “Beneficiary name” mismatch. In this case, it seems that the SCB bank has not informed (for at least 2 weeks) UBS bank about it.
I want to share similar story Standard Chartered Bank Nepal.
I used to deposit Google Adsense Checks with the bank. initially it used to take 3 – 4 weeks to cash those USD checks. So I started depositing more and more checks with them. Suddenly now it is taking 2 months for one USD check to get processed. What kind of filthy game is Standard Chartered Bank playing.
Upon asking the Bank, first they said they have changed their intermediary bank from JP Morgan to Bank of America so now instead of 4 weeks it will now take 5 weeks. I waited. Then later they replied they have not yet received any acknowledgement. Few days later another person said they had already received acknowledgement just next day after i deposited the check, i.e. 5 weeks ago.
Next week they made another excuse saying now it might take 6-7 weeks. Finally after 2 full months when dollar rate dropped from 100 – 97 they deposited the money.
Think how frustrated can a man get when your deposited money doesn’t arrive in time. They dont care their own customers who deposit such dollar checks and bring in foreign income where they take huge commission.
The frustrating thing is they smile at you and say you are lucky that you finally got money.
Are you kidding ?
Standard Chartered Bank Nepal, Baneshwor for me is the WORST BANK ever I have seen in Nepal for depositing any kind of dollar checks.
येस्तै येस्तै केश मेरो पनि KIST Bank (Bagar Branch, Pokhara) संग को experience छ. सबै नेपाली बैंक चोर हो..
मेरो पनि एक बर्ष पहिले ठ्याकै येही भएको मेरो मतलब ठ्याकै | चोर ब्यांक हरु | कस्तो लाज नलाग्ने होला है अंतरात्रिया ब्यन्किंग कै बैजत गर्ने
नेपालको बैंकहरु सबै चोर र फटाहाहरुले भरिएको बैंक छ .अनि किन यस्तो नहोस. Don’t expect better costumer service in Nepalese Bank. They gave me receipt only when i tried to withdraw some cash from ATM in Kathmandu. The receipt showed that the money has been withdrawn but i ATM didn’t gave me any cash and i was like WT#. I’m never gonna withdraw money from the ATM when i visit Nepal again.I shared the story with my friends here and they were like, “Bro im never going there”!
Dude sorry that standard bank messed with you but i guess you can still claim with your Swiss bank saying your money was never reached there so they could help you do at least something.
Jai Nepal , F**** those corrupt workers
Prakass Kshetri
CA