-सुबिक कार्की-
माथि फोटोमा देखिएको मोटरसाइकल कुन अञ्चलमा दर्ता भएका होलान्? अनि त्यो जीप? निजी होला कि सरकारी? यसको मालिक को होला? कसले भन्न सक्छ? एउटा त सरकारको होला भन्न सकिन्छ, किनकि “नेपाल प्रहरी” लेखेकै छ अनि अरु चाँहि? अनौठो लागेन तपाईँलाई? कि अब सवारी साधन बिना दर्ता नम्बर मनलागी लेखेर चलाउन पाइने भएको हो? यी फोटोहरु झापा जिल्लाको कुनै विकट ठाउँमा नभई चल्तीको पूर्वपश्चिम राजमार्गमा खिचिएका हुन्।
यो फोटो ३० जेठ २०७० का दिन राजमार्गको झिलझिले इलाकामा दुई प्रहरी कर्मचारीहरु सयर गर्दैगर्दाको हो।