संविधान सभाको दोस्रो निर्वाचनमा एमाओवादीको ठूलो पराजयको कारण धाँधलीमात्रै पक्कै हैन। एमाओवादीकै नेता तथा कार्यकर्ताको व्यवहार र त्यसबाट उत्पन्न निराशा, जनता उनीहरुको आश र त्रासबाट मुक्त हुनुलगायत अनेक कारणहरु छन्। ती कुराहरुमा ध्यान नदिई एकोहोरो धाँधलीको मात्रै आरोप लगाउनुले हरुवा गोरुको छेरुवा दाउ भन्ने उखानमात्रै सम्झाउँछ। तर यो नेपालमा चुनाव धाँधलीरहित हुँदैनन्। स्वयं माओवादीले अत्यधिक सिट जितेको अघिल्लो चुनावसमेत धाँधलीरहित थिएन। माओवादीकै नेताहरु आफूहरु खुम्चिने थाहा भएको तर यति विधि खुम्चिनुको कारण भने धाँधली नै भएको ठोकुवा गर्छन्। धाँधलीको आरोपमा एमाओवादी लगायतका १३ दलले समानुपातिक उम्मेदवारको सूचिसमेत नपठाउने भएका छन्। आखिर के आधारमा उनीहरु धाँधलीको आरोप लगाउँदैछन् त ? एमाओवादीले गठन गरेको पार्टीगत छानबिन कार्यदलले यस पटक तीन किसिमको धाँधली भएको प्रतिवेदन सार्वजनिक गरेको छ।
तीन किसिमका धाँधलीमा नीतिगत धाँधली र षड्यन्त्र, संस्थागत/संरचनागत धाँधली र षड्यन्त्र अनि प्रक्रियागत धाँधली र षड्यन्त्र उल्लेख गरिएको छ।
नीतिगत धाँधली र षड्यन्त्रमा विशेष गरी निर्वाचन आयोगका पदाधिकारीहरुको दोष देखाइएको छ भने दोस्रो र तेस्रो किसिमको धाँधलीमा सेना र प्रहरीको समेत दोष देखाइएको छ।
बुधबार सार्वजनिक गरिएको १७ एमबीको प्रतिवेदनमा लेखिएका केही अंश-
नीतिगत धाँधली र षड्यन्त्र
(क)मतदान समाप्त भई मतगणना समेत प्रारम्भ भइसकेको अवधिमा निर्वाचन आयोगबाट १० बुँदे सर्कुलर जारी भयो।उक्त १० बुँदे सर्कुलरको पहिलो बुँदामा भनिएको छ :
“पहिलो हुने निर्वाचीत हुने र समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गराउनका लागि आयोगबाट भएको निर्देशन बमोजिम प्रयोग भएको सानो तथा ठूलो मतपेटिका प्रयोग गर्ने क्रममा सानो तथा ठूलो मतपेटिकाहरु स्थानीयस्तरमा उपलव्ध भए अनुसार गरिएको मतपेटिकाको प्रयोगलाई समर्थन गर्ने।”
उक्त बुँदा के कति प्रयोजनको लागि र के कस्तो वाधा अड्काउ आइपरेको कारणले जारी गर्नु परेको हो? उक्त परिवर्तित व्यवस्थावारे दलका प्रतिनिधिको पूर्व सहमति आवश्यक पर्ने वा नपर्ने? यो व्यवस्था आफैमा के कति पारदर्शी भयो वा भएन? निर्वाचन आयोगले स्पष्ट जवाफ दिनु पर्ने र यस्तो परिवर्तन के कति मतदान केन्द्रमा गरियो?
यसैगरी उक्त सर्कुलरको बूँदा नं. ३ मा भनिएको छ : –
“मतपत्रमा मतदान अधिकृतबाट हस्ताक्षर गर्दा कालो मसीले हस्ताक्षर गर्नु पर्ने भनी तोकिएको भए तापनि अलग रंगको मसी प्रयोग भएको अवस्थामा समेत उक्त मतपत्रलाई मान्यता दिई मतगणना गर्ने ”
संविधान सभा सदस्य निर्वाचन निर्देशिका बमोजिम कालो मसीले सहीगर्ने भनी प्रष्ट गरेको अवस्थामा र सवै निर्वाचन अधिकृतलाई सोही बमोजिमको सर्कुलर र निर्देशन दिइसके पछि के कति कारणले मतगणना प्रारम्भ भइसके पछि उक्त सर्कुलर जारी भयो। साथै, सोही निर्देशिकाले दस्तखतको छाप लगाउन हुदैन भनेको अवस्थामा पनि के कति कारणले दस्तखतको छाप लगाइएको मतपत्रलाई पनि मान्यता प्रदान गरिएको हो? यसले प्रष्ट रुपमा नीतिगत धाँधली र षड्यन्त्र भएको तथ्य स्थापित हुन जान्छ।
सोही सर्कुलरको बूँदां नं. ४ मा“……..मतपत्र मतदातालाई दिंदा भुलवस अर्धकट्टीसमेत मतदातालाई दिई उक्त अर्धकट्टी सहितको मतपत्र मतपेटिकामा रहन गएको अवस्थामा पनि त्यस्ता अर्धकट्टीलाई छोपी अलग राखी सो मतपत्रलाई मान्यता दिई मतगणना गर्ने ”
माथि अन्य बूँदामा उल्लिखित तर्कको अतिरिक्त प्रस्तुत बूँदाको हकमा यस्ता मतपत्र के कति संख्यामा रहे? कुन कुन दलका के कति संख्यामा थिए? भन्ने विवरण निर्वाचन आयोगले सार्वजनिक गर्नु पर्ने।
१० बूँदे सर्कुलरको बुँदा नं. ८ मा भनिएको छ : –
“प्रतिनिधि सहित सवुत अवस्थामा प्राप्त भएको मतपेटिकामा लगाइएको सील टुटफुट भएको अवस्थामा कसैको कर्तव्यबाट नभई ढुवानी तथा भण्डारणको क्रममा सील टुटफुट वा घटीवढी भएको अवस्थामा पनि त्यस्ता मतपेटिकालाई सील सावुतै भएको मानी मतगणना गर्ने”
दलका प्रतिनिधिलाई एकातिर ढुवानी र भण्डारण गर्ने ठाउंमा निषेध गरिन्छ र अर्को तर्फ प्रतिनिधि सहित सावुत अवस्थामा मानिन्छ भने यो विरोधाभाषपूर्ण सर्कुलरको नियत माथि गम्भीर षड्यन्त्र र धाँधलीको शंका रहेको छ।
यसैगरी १० बूँदे सर्कुलरको अन्तिम बूँदामा भनिएको छ : –
“मतपेटिका लगायत निर्वाचन कार्यमा प्रयोग भएका सवै सामग्रीहरु सावुत अवस्थामा निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सहित बुझाउन ल्याएको फारम नं. ५८ को ढांचामा विवरण भरी नबुझाएको अवस्थामा पनि उक्त मतपेटिका तथा मतदान सामग्रीहरु दुरुस्त भएको मानी मतगणना गर्ने।”
यो बूँदा पूर्ण रुपेण दुराशाययुक्त छ। संविधान सभा सदस्य निर्वाचन निर्देशिकाको दफा ११९ र १२० को उक्त प्रावधान अनिवार्य सर्त हो। निर्देशिकाको यस्तो अनिवार्य सर्तलाई आयोगवाट जारी भएको सर्कुलरले अन्यथा गर्न मिल्दैन। निर्देशिकाको दफा १४० को वाधा अड्काउ फुकाउने प्रावधानको मनसाय निर्देशिकाको मर्म र भावना जसले निर्वाचनको निष्पक्षता, पारदर्शिता र स्वतन्त्रमा नै आँच पुर्याउने हुन सक्दैन। निर्देशिकाको स्पष्ट प्रावधानका विपरित त्यस्ता विषयमा सर्कुलर वा आदेश जारी गरी फुकाउनुको एकमात्र उद्देश्य धाँधली र षड्यन्त्रलाई प्रश्रय दिने मनसाय प्रमाणित हुन जान्छ।
(ख) संस्थागत /संरचनागत धाँधली र षड्यन्त्र :
राजनैतिक दलहरुको सहमति नेपाल सरकारको निर्णय अनुसार करिव ६१,००० नेपाली सेना निर्वाचन सुरक्षाको लागि परिचालन गरियो। नेपाली सेना मतदान केन्द्रको तेस्रो घेरामा मात्र र त्यो पनि निर्वाचनको बेला मुलुकलाई प्रदान गरिनु पर्ने विशेष संवेदनसील आम सुरक्षाको प्रयोजनको लागि मात्र खटाउने सहमतिभएको थियो।
गृह मन्त्रालयले निर्वाचन प्रयोजनको लागि जारी गरेको एकीकृत सुरक्षा योजना २०७० अनुसार नेपाली सेना परिचालन गर्ने निर्णय भएको थियो।
उक्त एकीकृत सुरक्षा योजना अनुसार करिव ५४,००० नेपाल प्रहरीले निर्वाचन सुरक्षाको प्रमुख जिम्मेवारी निभाउने र नेपाल प्रहरीलाई सहयोग पुर्याउन करिव २०,००० सशस्त्र प्रहरी तथा ४०,००० को संख्यामा म्यादी प्रहरीको पनि व्यवस्था गरिएको थियो।
निर्वाचन प्रयोजनको लागि १६ जिल्लालाई उच्च सतर्कतामा राखिएको थियो। यी जिल्लाहरु रुपन्देही, रोल्पा, प्यूठान, ताप्लेजु‹, कालिकोट, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नवलपरासी, सर्लाही,रौतहट, दाङ्ग, वारा, पर्सा र कपिलवस्तु रहेका छन्।
नेपाली सेनालाई वाहिरी घेरामा राखी हवाई गस्ती लगायत बम निष्कृय पार्ने कार्यमा लगाउनेउद्देश्य एकीकृत सुरक्षा योजनाको थियो। राष्ट्रिय सुरक्षा परिषद्ले पनि नेपाल सेनालाई उपर्युक्त कार्यमा मात्र सीमित राख्ने गरी कार्यक्षेत्र निर्धारण गरेको थियो।
उपर्युक्त सन्दर्भ र परिवेशलाई दृष्टिगत गर्दा निर्वाचनको क्रममा देहाय अनुसारका संस्थागत र संरचनागत धाँधली र षड्यन्त्रका रुपहरु देखा परे।
(१) मतदान केन्द्रबाट मतपेटिका भण्डारण स्थलसम्म ढुवानी गर्दा र भण्डारण गर्दा अधिकांशमतदान केन्द्रमा राजनैतिक दल वा उम्मेदवारका प्रतिनिधिलाई निषेध गरियो।
(२) अधिकांश मतदान केन्द्रबाट भण्डारण स्थलसम्म मतपेटिका ढुवानी गर्ने जिम्मेवारी तेस्रो घेराको सुरक्षा निकायको जिम्मामा दिइयो।
(३)अधिकांश मतदान केन्द्रमा नेपाली सेनाको व्यारेकलाई मतपेटिका भण्डारण गर्ने स्थलको रुपमा प्रयोग गरियो।
(४)मतपेटिका भण्डारण स्थलवाट जिल्ला निवार्चन कार्यालय(जहाँ मतगणना गरिन्छ)सम्म ढुवानी गर्दा अस्वाभाविक रुपमा घुमाउरो बाटो प्रयोग गरियो। र लामो समय सम्म मतपेटिका मतगणना केन्द्रमा ल्याइएन।
(ग) प्रक्रियागत धाँधली र षड्यन्त्र
विभिन्न जिल्ला निर्वाचन कार्यालय र मतदान केन्द्रमा भएका धाँधली र षड्यन्त्र मुलरुपमा माथि उल्लेख गरिएका नीतिगत र प्राविधिकपक्षका विकसित, परिवर्तित र परिष्कृत रुपमा देखा परेका छन्। यसमा विभिन्न निर्वाचन कार्यालय र उम्मेदवारहरुले दिएका विवरणको फेहरिस्त प्रस्तुत गरिएको छ।
के के प्रमाण कार्यदलसँग छ त ?
• सर्लाही क्षेत्र नं. २ बाट आधा जलेकेा मतपेटिका कार्यदलको सम्पर्कमा रहेको छ।
• रसुवाबाट मतपेटिकाको फुटेको विर्को १ थान, ११ थान हरियो र १ थान पहेलो सिल, लाहा छाप लगाएको च्यातिएको कपडा थान १
• धनुषाको ननुपट्टि र यदुकुवा गाविस वीचमा पर्ने सडक छेउमा फ्याकिएको अवस्थामा पहेलो रङ्गको सिल थान २
• तनहुँ क्षेत्र नं. १ बाट प्रत्यक्ष र समानुपातिकको मतपत्रका अर्धकट्टिको चाङ
• कैलालीबाट १६ थान हरियो सिल र ८ थान पहेलो सिल, लाहा १ थान, मसी १ थान , स्ट्याम्प प्याड २ थान, स्वस्तिक छाप २ वटा
• भक्तपुर जिल्ला प्रशासन कार्यालय पछाडी २ थान सिल।
• झापा जिल्लाबाट प्रत्यक्ष तर्फको ४ थान र समानुपातिक तर्फको ३ थान मतपत्र मतदान अधिकृतको हस्ताक्षर सहितको प्राप्त भएको।
कार्यदलले दिएको सुझाव तथा निश्कर्ष के के छ ?
११. सुझाव तथा निष्कर्ष
११.१ माथि विभिन्न प्रकरणमा उल्लिखित तथ्य र आधारहरुलाई विश्लेषण गर्दा संविधानसभा निर्वाचन २०७०मा राज्यका विभिन्न निकायबाट अदृश्य धाँधली र षडयन्त्रका प्रपञ्चहरु अपनाई परिवर्तनकामी शक्तिहरुलाई परास्त गरी यथास्थितिवादलाई प्रश्रय दिने कार्य भएको प्रष्ट छ। सामान्य जनमानस तथा वौद्धिक समुदाय र स्वदेशी एवं विदेशी पर्यवेक्षकहरुले समेत औल्याउन नसक्ने गरी बडो सुसुप्त (Subtle Level)रुपका धाँधाली र षडयन्त्र गरिएको छ।
११.२ दृश्य पक्षका निर्वाचनका आयामहरु, उदाहरणहरुको लागि सामान्यतया मतदान गर्ने कार्य, शान्ति सुरक्षा आदिमा निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरण श्रृजना गरियो। मतदान कार्यको समाप्ति पछिका कार्यहरु उदाहरणको लागि मतपेटिका ढुवानी गर्ने क्रममा दल वा उम्मेदवारका प्रतिनिधिलाई निषेध गरी निशाचरहरुको सक्रियतामा धाँधली र षडयन्त्र गरियो।
११.३ ख्याति प्राप्त, मान्यता प्राप्त र अनुभवीपर्यवेक्षकहरु समेत निशाचरहरुका क्रियाकलाप अन्दाज लगाउन सकेनन्। पर्यवेक्षकहरुलाई ढुवानी, भण्डारण केन्द्र र मतगणना केन्द्रको पर्यवेक्षण गर्ने म्याण्डेट भए तापनि उनीहरुले उक्त अवधिको घटना क्रमको पर्यवेक्षण गरेको पाइएन। यसर्थ, पर्यवेक्षकहरुको पर्यवेक्षण अपूर्ण रहेको छ भन्ने कार्यदलको ठम्याई रहेको छ।निर्वाचनको पर्यवेक्षण गरेका विभिन्न समुहरुको निर्वाचनको अवधिको वाहेक मतपेटिका ओसार पसार भण्डारण र गणनास्थलको पर्यवेक्षण गर्ने कुनै योजना पनि नभएको र कुनै पनि संस्थाले सो को पर्यवेक्षण समेत नगरेकाले पर्यवेक्षणवाट वाहिरको पार्टमा धाधली र षडयन्त्र गर्ने पुर्वयोजना समेत हुन सक्ने आशंक गर्न सकिन्छ। जे होस जुन पक्षमा पर्यवेक्षण भएकै छैन त्यही पक्षमा धाधली गरेर निर्वाचनको परिणाम घोषणा गरिएको छ त्यसैले यो पाटोमा गंभिर अनुसन्धानको खाचो रहेको छ।
११.४ वहुचर्चित दश वुँदे निर्देशिका नीतिगत धाधलीको आधार स्तम्भ र संरचनागत एवं प्रकृयागत धाधलीकानिम्ति मार्गनिर्देशनका रुपमा रहेको स्पष्ट हुन्छ।
११.५ निर्वाचन नीतिगत रुपमा, संरचनागत रुपमा र प्रकृयागत रुपमा नै धाधली भएको देखिन्छ।
११.६ धाधली रोक्न भनी फोटो सहितको म्ातदाता नामावलीको संकलन गरिएको भएतापनि परिचय–पत्र मतदानका दिनको अघिल्लो दिनमात्र वितरण गर्ने कतिपय ठाउमा परिचयपत्र नपाएकै कारणले पनि मतदान गर्न वाट वंचित भएको पाईयो।
११.७ कतिपय व्यक्तिहरुको दोहोरो परिचयपत्र पनि प्राप्त भयो। यसरी परिचयपत्र तयार गर्दा र वितरण गर्दा दुवै तहमा धाधली भएको पाइएको छ।
११.८ सुरक्षाको व्यवस्थापनमा तेश्रो घेरामा सुरक्षाको जिम्मा लिने नेपाली सेनालाई मतपेटिका संकलन भण्डारण र गणनास्थलमा पहिलो घेरामा राख्ने काम भएकोले निर्वाचनको स्वतन्त्रता निष्पक्षता र पारदर्शितामा गंभिर प्रश्न उठेको छ।
११.९ कर्मचारीहरुको खटनपटनमा टे्रड युनियन आवद्ध कर्मचारीहरुलाई निर्वाचनको निष्पक्षताकालागि निर्वाचनमा नखटाउने भन्ने निर्णयका विपरित एनेकपा (माओवादी) सम्वद्ध टे्रडयुनियनका हकमा मात्रै लागु गरिएको र खास गरी नेपाली कांग्रेस र एमाले आवद्ध कर्मचारीहरु सवै नै निर्वाचनमा खटिएको पाईयो।
११.१०अनुगमनका निम्ति खटिएका कतिपय सचिव तथा सहसचिवहरु निर्वाचनको अनुगमन हैन माओवादीलाई कसरी हराउन सकिन्छ भन्ने वारेमा योजना वनाउन तल्लिन रहेका रिपोर्टहरु प्राप्त भएका छन्।
११.११ सुरक्षा निकायको प्रयोग कतिपय मतदान केन्द्रमा मतपत्रमा छाप लगाउने टेवलमै वसी छाप लगाउन अह्राएको दृश्यहरु सार्वजनिक भएका छन् जसले निर्वाचनको निष्पक्षतामा गंभिर प्रश्न उठाएको छ।
११.१२कतिपय मतदान केन्द्रमा खसेको मत भन्दा बढी संख्यामा मतपत्र खसेको पाइएको छ। यसैगरी मतपत्रहरु विभिन्न ठाँउमा छरिएको रुपमा भेटीनुले पनि निर्वाचनको विश्वसनियता माथि गंभीर आशंका उत्पन्न भएको छ।
११.१३ दल तथा उम्मेदवारका प्रतिनिधिहरुलाई मतपेटिकाका साथमा आउन, वस्न र कुर्न नदिएको र कतिपय स्थानमा मतगणनास्थलमा समेत उम्मेदवारका प्रतिनिधिलाई प्रवेश नदिएको पाइयो।
११.१४ मतदानमा प्रयोग भएका मतपत्र, मतपेटिका शिल छाप जस्ता अति संवेदनशिल र महत्वका सामाग्रीहरु यत्रतत्र वेवारिसे अवस्थामा भेटिएकाछन् जसले निर्वाचनको विश्वसनीयतामा गंभिर प्रश्न उठाएको छ।
११.१५ निर्वाचनमा भाग लिएका १५ भन्दा वढी राजनैतिक दलहरुले निर्वाचन धाधली र षडयन्त्रपुर्ण तरिकाले भएको भनेर आपत्ति जनाउदै निष्पक्ष स्वतन्त्र छानविन आयोग गठन गरी सत्य तथ्य वाहिर ल्याउन माग गरिरहेका छन् भने सो मागको संवोधन नहुदासम्म संविधानसभावाट अलग हुने वताउने कुरा निकै गंभिर भएको छ।
११.१६ कार्यदलले प्रस्तुत गरेको सत्य–तथ्यको आधिकारिकता र प्रामाणिकताको पुष्टी गर्ने एक मात्र सशक्त उपाय भनेको स्वतन्त्र एवं निश्पक्ष आयोग गठन गरी सो आयोगले गर्ने छानवीन नै हो। संविधान सभा अदालतले कुनै उम्मेदवार विशेष वा कुनै मतदान विशेषमा भएको दावी उजुरीका वरेमा निर्णय गर्दछ। एनेकपा (माओवादी) निर्वाचन आयोगको समग्र निष्पक्षता माथि नै प्रश्न गरिरहेको सन्दर्भमा संविधान सभा अदालतको माध्यमबाट राजनैतिक प्रकृतिको छानवीन सम्भव नहुने भएकाले कार्यदल एक उच्चस्तरीय निष्पक्ष एवं स्वतन्त्र छानवीन आयोग गठन गर्न समेत सिफारिस गर्दछ।
११.१७ यो कार्यदलले आफ्नो कार्य सम्पन्न गर्दा सूचनाको हकबाट वञ्चित गराइएको ठान्दछ। कार्यदलले निर्वाचन आयोगलाई पत्र पठाई १० बुँदे सर्कुलर लगायत निर्वाचन र मतगणनाका आधार र आँकडाबारे प्रश्न गरेकेा थियो। तर, निर्वाचन आयोगले सूचनाको हकबाट कार्यदललाई बञ्चित गरेको छ। यदि मनसाय प्रष्ट भएको भए कार्यदललाई सूचना अपारदर्शी बनाई सूचना प्राप्त गर्ने हकबाट निषेध गरिनु पर्ने कारण नहुनु पर्ने हो।
११.१८ कार्यदलले आफ्नो कार्यसम्पन्न गर्दा पश्चात्दर्शी कार्यविधि अपनाउनु परेको छ। जीवन्त प्रक्रिया सम्पन्न भईसकेपछि सीमित सूचना र घटनाक्रमहरुको सङ्कलन र विश्लेषण गरी प्रतिवेदन तयार गर्नुपरेको सीमितताको कारणले कतिपय विवरणहरुको प्रमाण जुटाउन सकिएको छैन। तसर्थ, यस्ता विवरणहरुके सत्य–तथ्य स्वतन्त्र आयोग गठन गरी सोही आयोगबाट निरुपण गरीनु पर्ने सिफारिस गरिन्छ।
११.१९ कार्यदलको कार्यावधि मात्र ७ दिनको भएकाले प्रमाण र आधारहरु आउने क्रम जारी नै रहेका छन्। तसर्थ, कार्यदल प्रस्तुत प्रतिवेदनलाई गतिशिल दस्तावेजको रुपमा राखी कार्यदलको समयावधि पश्चात पनि प्राप्त हुने विवरण, प्रतिवेदन र प्रमाणहरुल्ााई पछि उपयुक्त समयमा पुरक प्रतिवेदनको रुपमा प्रस्तुत गरिने छ।
प्रतिवेदनको पूर्ण अंश यहाँ क्लिक गरी डाउनलोड गर्नुस्
[तपाईँलाई के लाग्छ, माओवादीको कार्यदलले उल्लेख गरे जस्तै धाँधली र षड्यन्त्र भएको होला? माओवादीले माग गरे जस्तो उच्चस्तरीय छानबिन आयोग बनाउनु उचित होला? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोस्]
पहिले को चुनाव मा मरेका मान्छे को नाममा पनि भोट खसेकोले धादली भएन यसपाली ज्युंडा मान्छेको मात्र भोट खसाले पछि धादली हुनेनै भयो . ज्युंडा मान्छेको मात्र भोटर लिस्ट मा नाम हुनानै संथागत धन्दाली हो. भन्ने चाही छुतेछ छानबिन प्रतिबेदन मा.
षड्यन्त्रकारी रक्त पिपाशुहरु जंगलमा बसि निदोष जनताको रगत पिउन पल्केकाहरुलाई जनताले एक पटक के सत्तामा पुर्याएका थिए त्यहि धङधङगीले अझै छोडेको छैन । सर्बहारा वर्गको पार्टी भन्ने अनि आलिसान महलमा बसेर महँगा बिदेशी रक्सि सँगै मोज गर्न पल्केकाहरुलाई जनताहरुले रामै न्याय गरेछन् । र जनताले खोजेको पनि यहि हो ।
चुनाव मा धाधली त भएको हो तर यो निर्णायक होइन, माओबादी धेरै ठाम मा निकटम प्रतिद्दन्ति पनि भएन. म माओबादी को शुभचिन्तक हो र माओबादी ले जितोस भनेर भोट दिए तर कार्यकर्ता बाहेक धेरै कम जनता ले माओबादी लाइ भोट दिए. कारण:
१) बाबुराम को अर्थमन्त्री को काल बाहेक माओबादी को २ सरकार को कुनै पनि काम आशलाग्दो नहुनु(जसरि मनमोहन को छोटो कार्यकाल ले नेपाली जनता मा उत्साह र उमंग ल्याएको थियो).
२) भ्रस्टचार मा माओबादी को कार्यकर्ता समेत ले नामुद भ्रस्टचारी लाइ उछिन्नु,इमान्दारिता मा, नाताबाद कृपाबाद मा , रास्त्रियाता को सवाल मा , र देश निर्माण को भिजन दिने कुरा मा कांग्रेस एमाले जस्तै हुनु र तिनी हरु भन्दा बढी श्रेस्स्त्ता देखाउन नसक्नु.
३) प्रचण्ड र हिसिला पैसा बटुल्न र प्रचंडे को छोरा श्रीमती बटुल्न मा व्यस्त हुनु.
४) प्रचण्ड को जीवनशैली अत्यन्त भ्रस्ट प्रकृति हो हुनु( श्रीमती साधाहरण बिरामी हुदा स्वस्थ परिक्षण को लागी बैंकक जानु).
“एक दिन मा एक जुग एक चोटी आउछ, त्यो दिन लाइ समात्न सक्नु पर्दछ”.
माओबादी ले मौका पाएको थियो त्यो आफ्नै अकर्मन्यता ले गुमायो.
माओवादी को प्रतिवेदन खई घाँस ?
गाई ले खायो.. खई गाई?
खोला ले बगायो.. खई खोला?
सुक्यो…..
सबै भन्दा धादली को भ्रम नेपाली जनताले गर्दा पर्न गयको जस्तो लग्दछ / किन भने जुन पार्टीका मान्छे भोट मग्न गयपनी १ भोट तपाइको पार्टी लाई दिन्छु भन्ने पछि सबै जना भर्म मा पर्दैन्नन त / हिमालमा गयर मदेसी दल ले भोट मागेको भयपनी १ भोट तपाइलाई १ भोट पुरानै ठाउमा दिन्छु भंदिय पछी सबैले २४० सिट कै सपना देखने भय / त्यसपछि हार्नेले त धादली भन्ने नै भयो , बुझनेले कुरा नबुझेपछि यो मन त्यसै मर्नेनै भयो …………….. / ए माओबादी लाई परार पनि सबैले भोट दिन्छु भनेका थिय उ ठुलो पार्टी भयो / यसपाली पनि सबैले भोट दिन्छु भनेका थिय यस पाली तेस्रो भयो / भोटर हरुलाई सोधन जानेहो भने अहिले पनि मैले त तपाइलाई भोट दियको हु भन्छ / दिनेले दियको छु भन्छ बक्स मा गन्दा भोट छैन अब ति मत पत्र कहाँ हरायत ………. हारेको बेलामा , पैसा हरायको बेलमा सबै माथि संका लग्नु मानबिय स्वाभाविक गुण नै हो जस्तो लग्दछ मलाई त / बोरु भोकयाको बाघ जस्तो भयको माओबादि लाई कसले सम्झैदिने लौन ………
सब नाटक!!!
मलाई आश्चर्य लाग्ने छैन, यदि यो “सबै” “शान्ति प्रक्रिया”को निरन्तर आयाम हो भने!
माओबादीले दलित, मधेसी, महिला र जनजातीलाई एक सपना देखाएर लडाईमा होमेकै हो| अनि अब यसलाई बिसर्जन गर्ने तरिका (षडयन्त्र) चाहिएको थियो| “खोला तरियो, लाठी फाल्नु थियो!” त्यसैको लागी: माओबादी फुटेको बनाएर, ति सबै मुद्दाहरुलाई बेबारिसे बनाए| माओबादी फुटेका पनि यहि मुद्दालाई सेलाउन हो भन्ने छर्लंगै भो| ड्यास माओबादीलाई सायद चीनले यस्तै गर्ने सल्लाह दिएको थियो| ग्रान्ड डिजाईन अनुसार, ड्यास माओबादीले देशै भर बम पड्काए जस्तो गर्ने, तर खासै छाती नपुर्याउने! त्यसको निहुँमा ब्यारेकबाट सेना झिक्ने| सेनाले सबै तम्तयार गरेर “नतिजा” आफ्नो तिर पार्नेलाई सजिलो बनाईदिने| अनि यता क्यास माओबादी चाहि, एकदम नै जोसमा, गम्भीर तरिकाले चुनाव लडेर हारेको देखाउने, बनाएको|
वाह, वाह…छोरोको बाउले राम्रै नाच्यो! यसरी यो मुद्दालाई फेरी पनि थान्ग्नामा सुताए| तर यसले भोलि झन् भयङ्कर रुप लिनेछ भन्ने चै भुले जस्तो छ| यसरी धोका दिएर त दूरगामी दुष्परिणाम हुदैन भन्न सकिन्न| चेतना भया|
अलिसान महल मा बस्ने हरु हसिया र हतौडा चुनाब चिन्ह लियर उठ्न सुहाउने कुरा थियन. गरिब, बेरोजगार र पिछादियाका बर्गको रेप्रेसेंतेशन गर्न नसकेको कारण हो माओबादी ले. उनीहरु कै भाषा मा माओबादी स्खलित वयाको हो यो ३/४ वर्ष मा. चर्का नारा मात्र लगायर हाम्रो स्थिति सुधारिने हैन रछ भन्ने कुरा जनता ले बुज्नु नै ‘धादली’ हो. अजै पनि यस्तै केटाकेटी लोजिक ले ‘गौरबशाली महान पार्टी ‘ चल्दै गयो वने अर्को २/४ वर्ष मा माओबादी लै दिउसै ळाईट बालेरे खोज्नु पर्ने छ.
After reading the report one can easily figure out the level of intellect inside the Maoist Party. Here are the reasons why the report is so biased, sloppy and full of Maoists rhetoric like “adrishya dhandhali” or “invisible vote rigging”. It is interesting to know how and why the study team is able to see even the invisible rigging.
1. Instead of doing a random sampling of polling stations and concentrating the study and investigation into those sampled polling stations to generalize a picture for Nepal what the study team did was to collect only those facts, mostly collected from their cadres, that are in their favor and sought to generalize systematic, institutional vote rigging. Did you think with this kind of biased, unscientific results an ever watchful international community will take your side?
2. The lawyers are good at dissecting phrases and words. This is exactly what you get in the report. The ten-point circular seems to be butt of Maoists criticism and suspense. Among the five members, three of them (Pun, Devkota and Bidari) have backgrounds in law. Bidari is a man of double character. He used to ride a bicycle in Makawanpur – now, I am informed, he has new wife, new car and even a new house – thanks to Khaobadis.
3. The report is generated for the Maoists, by the Maoists with the help of Maoists. It is so true when a blogger commented, “there are three types of people in Nepal – good people, bad people and Maoist people.”
Maoists leader, Mr. Khag Raj Bhatta from Dhadheldura has lodged a complaint that he has, along with his vote, cast Rs 5 note in the ballot box. During vote count, the money is not there. He has produced this as a concrete piece of evidence for vote rigging. Has anyone seen that note? It is totally sickening to read such material in the Maoists so called high level committee formed to detect vote rigging. Maoists are the bunch of pagals. Imagine the situation inside the party, it must be full of cranks. Here are the reasons:
1. Is not it illegal to drop a Rs5 note in the ballot box?
2. Has he informed anybody of his personal experiment? Has he got the record of the number of the currency note?
3. Why he drop Rs 5 note and not Rs100 or even Rs1000 for that matter?
माओबादीले एस पालिको चुनाबमा धादली भयो भनेर निर्बाचन आयोगमा उजुरी गरेको ढेखेरा वा चुनाबमा हारे पछि येस्तै गर्छन भनेर खित्को छोडेर प्रचण्ड र बाबुराम माथि हास्ने मित्रहरु येदि तपाई बिदेसमा हुनुहुन्छ भने एक पटक चोच्नुहोस् किन तपाई बिदेसमा हुनुहुन्छ र येदि तपाई नेपालमा हुनुहुन्छ भने के तपाई खुसि हुन्हुहुन्छ?
येदि तपाई बिदेसमा हुन्हुहुन्छ भने तपाइले सुसंग लिएको ऋण नतिर्ने बिचारमा हुनहुन्छ र तपाइले आफ्नो बिगत र नेपाललाइ बिर्सिसक्नु भयो| येदि तपाई नेपालमा हुन्हुहुन्छ भने भोलि बिहान र सजको छाक टार्न आफ्नो अमबुवाले गरेको संघर्स सम्झनुहोस| पर्सि बाट त तपाइलाई पक्कै पनि साउमहाजनका ऋण लिन जानै पर्छ र मलेसिया, दुबई, साउदी अरब को टिकट पनि| मेरो सम्बन्द नेपाली काग्रेस र एमालेले बहुमत ल्यायो एमोबदिले ल्याएन संग सम्बद्ध छैन| मेरो बिचारमा देसबिकासको लागि राम्रो एजेन्डा बोकेको पार्टीले जित्नु पर्त्यो साएद तेसो हुन सकेन| नेपाली काग्रेसमा गगन थापा बाहेक अरु नेताहरु जसले नया विचार दिन सक्छ तेस्ता कोहि नेता तपाइको नजरमा छ भने मलाई देखाउनुहोस्| जसको दिमागमा कुनै नया सोच नै हुदैन भने तेस्ता नेताहरुबाट के देस बन्ला भनेर अपेक्षा गर्ने| एमालेका नेताहरु तेस्ता हुन् जसको विश्वास नै छैन आज एता हुन्छ भोलि उता हुनहुन्छ| दुइ ओटा चरित्र राख्छन उनीहरु|
तेसैले जुन साथीहरु माओबादीको हारमा भोज मनाउनु भएको छ, हास्नु भएको छ तपाइले आफु नेपाली भएकोमा गर्व गर्ने छोद्नुहोस किनकि एउटा नेपाली तेती खेर मात्र नेपाली हुनसक्छ जब अर्को नेपालीको मन जित्न सक्छ| एउटा नेपालीको दुखमा हासेर होइन रोएर नै दुख बाड्न सिक्नु तब तपाई नेपाली हो मेरो बुजाइमा…………………|येदि होइन भने तपाइको नेपाल पर्तीको माया र नेपाली पर्तिको माया नै रहेनछ भन्ने बुजिंछ| यथाएस्थितिबादीहरुबात देसको विकास खोज्नु मुर्खता बाहेक केहि होइन देसको विकास क्रान्तिबाट मात्र सम्भब हुन्छ र त्यो क्रान्ति ल्याउने देसमा एउटा मत्र पर्ती छ त्यो हो नेकपा माओबादी छाए त्यो बैदे होस् या प्रचण्ड या अरु क्रान्तिकारी पार्टीहरु नै किन नहोस………………!!!!!!!!!!!!!!!
अब सारा नेपालीलाई थाहा छकि प्रचण्डको यो धुर्ताता केवल आफ्नो पराजय लुकाउन र आफ्नो पार्टी पद बचाउन मात्र हो. अनि सरकारमा जना पनि होला. यो मान्छेले यो देशमा जे बोले र जे गरेपनि हुने? एसको कर्तुतहरु लाइ कसैले पनि रोक्न सक्दैन कि कसो?
मैले १७००० को ज्यान मारा मावोबादी लाइ भोट दिएन यस लाइ धादली भन्नुहुन्छ भने म स्विकार्छु बाकी बिचार तपाईंहरु को
यो चाहि मानशिक धाधली हो, किनकि जसले ति १७००० को मृत्युको एकोहोरो र एकांकी आरोप माओबादि माथि लगाउछ र तेस्मा माओबादि मात्र सम्बन्धित र माओबादिले मात्र गरेको भनेर देख्दछ साथै भन्दछ त्यो मानशिक धाधलिनै हो!
मानाशिकता ठिक नभयको मान्छेले जतासुकै भोट हालोस त्यो कसैको कुनै सरोकारको कुरा होइन! यहा मानाशिकता नै खराब र पागल अबस्थाको मान्छेले कहा भोट हाल्यो के धाधली गर्यो भन्ने बहस होइन बहस त ति हजारौ देश भक्त नेपालि हरु जो देशको समतामुलक परिवर्तन र बिकाश रोजेर भोट हालेका थिय ति भोट बदलियाको छ भनेर आभाष पाइन्छ तेस्को खोजि हो!
अरुलाई मानाशिकता ठिक नभयको मान्छे भन्नुले यो बुज्न सकिन्छ कि रैथाने जी माओबादीको रैथाने कार्यकर्ता नै हो भनेर!! हो अबस्य पनि युद्ध हुदा दुइ पक्ष्य बीच हुन्छ र दुवै पक्ष्य कै व्यक्तिको नै मृत्यु हुन्छ, यहाँ पनि तेही भएको छ!! तर १७००० नेपाली मारिनु को कारण एउटा नै हो र त्यो भनिरहनु नपर्ला…….
हत्या हिंसा चेतनसील प्राणी भएको नाताले मन नपार्नु स्वभाबीक कुरा हो र यस कुरालाई कसैले नकार्दैन । तर पनि आफ्नो स्वार्थ पुरा गर्नका निमीत यही चेतनसील भन्ने प्राणीहरुले बिभीन्न माध्यमहरुबाट स्वार्थ पुरा गर्ने कुरा हामी कसैले लुकाउन वा छिपाउन सक्दैन ।कुरा माओवादीको हत्या हिंसाको बारेमा भन्नु पर्दा, वास्तवमा त्यो दिन अती दु:खनीय र दर्दनाक स्थिती थियो । तर राष्ट्र र जनताहरुका परिवर्तनको निमीत भन्ने हो भने संसारकै ईतिहासमा यस्ता परिघटनाहरु थुप्रै-थुप्रै भएका थिए र क्रम जारी नै छ । मात्र यसले समय र परिस्थिती अनुरुप रुप/आकार ग्रहण/परिवर्तन गर्दै जाने कुरा निस्चीत छ । त्यो ईतिहास अहिंसावादीको वकालत गर्ने राष्ट्रहरुका बिगतका दिनहरुका ईतिहासलाई कोट्याएर हेर्यौ भने स्पष्ट रुपले बुझ्न सकिने छ ।
चिन ले महरा को फोन लिक भए देखि बिस्वास गर्न छोडेको, माउबादिको भबिस्य देख्न छोडे पछि निर्बाचन समर्थक पार्टी सिर्फ हिजडा एमाले देखे l एमाले पार्टी ले यूरोपि राजदुत चिया पान गरेर कुरा फुस्काएर चिनी दुताबास खबर पठाउदै आइ राखेको थियो l चिन ले माउबादी जिते प्रचण्ड बाबुराम भारती को खुटा धोकेर बस्ने निश्चित,कांग्रेसी भारतयूरोपअमेरिका को पुछर काम लागेन l अन्तत चिन ले एमाले पार्टी जिताउन नेता देखि भेष धारी मार्फत एमाले को प्रचार प्रसार गरेर १९ अरब खर्च गरेका कारण एमाले पार्टी दोस्रो स्थान पुग्यो l एमाले पार्टी का नेता हरु कति जिल्ला पुग्दा एक आना खर्च नगरी पहिले नै अरु ले नै प्रचार प्रसार खर्च पम्प्लेट आदि आदि देख्दा कसले खर्च गरियो अचम्म थियो lचिन ले एमाले पार्टी नेत्ता थाहा नै नदिएर गोप्य रुपले खर्च गरेर जिताएको हो
गाउमा खालि खुटा हिडेर मकै भटमास खाएर बसेका नेता हरु अहिले न्यु रॉद को जग्गा एक रोपनी एक अरब पर्छ १९ अरब ले काठमाडौँमा मल शोपिंग सेन्टर किन्न पुग्न l एमाले नेताको १०० अरब लोभी बसेका छन् चिन संग l
चिन बाधुयता फन्दा फसेका छन् l एमाले नेताले तिबेती धर्म शालाले नेपालीको भुमि मानसरोबर कैलाश पर्बत सम्म किराती लिछाबी मल्ल काल देखि भएको, त्यस स्थान बसोबास गर्ने नेपाली जातकै भएको, मल्ल कालमा भोटको नाम कर कार्यालय भएको बिदेशी पत्रकार भन्या देखि चिन नेपालको नेता मुठी राख्न जति युयान खर्च तयार भएको प्रस्ट देखियो l
यो चुनाबमा एकदम गहन भित्रि षडयन्त्र पुर्ण धाँधली भयको छ र त्यो मत पेटिका ओसार्ने समयमा नियोजित तरिकाले भयको छ!
यसको बिश्वास त म एमालेको मत बाट गर्दछु!
एमालेले यस तरिकाले कुनै हालतमा जित्ने नसक्ने थियो!
ल नेपालि कांग्रेस ले जित्यो पहिलो भयो त्यो सम्म मान्य!
एमाले एमाओबादिलाइ जितेर कुनै हालतमा दोश्रो स्थान मा पुग्ने छ भनेर स्वोयम एमालेका नेतालाई बिश्वाश थियन अरुको के कुरा!
अर्को पाटो एमाले ल दोश्रो भयो मानियो तर मत? एमाओबादि संग यत्रो अन्तरमा एमाले माथि रहेर जित्ने? धत् यो त सुनियोजित सडयन्त्रमा भन्दा अरु कुनै बेलामा हुने सक्दैन!
हामीले पनि देख्याछौ हो जनता कता बहेको छ! जनताले के सोचेको छ भने हामीले पनि सोन्याछौ!
हामि पनि जनतानै हौ हो!
षडयन्त्र पुर्ण सुनियोजित धाधलीको आखोदेखि र स्पस्ट प्रमाण हुदैन त्यो त बिरेन्द्रको हत्याकाण्ड अनि मदन आश्रितको हत्याकाण्ड र ड्राइबर अमर लामाको हत्या आदिलाई हेरी बुझ्न सकिन्न र?
ति हत्याकाण्ड र घटना को प्रमाण खै त?
यो सब एमाओबादिलाइ सफाया गर्ने र राजतन्त्र फर्काउने (सकेसम्म) योजना सहितको षडयन्त्र पुर्ण सुनियोजित धाधली हो!
एमालेले ल्यायको मत बाट यो सिधा भन्न सकिन्छ!
ए माओवादीहरु हो – मतपेटिकासाथ एजेण्ट नभएर तिमीहका सीट थोरै आए है
१. के तिमीहरुका मात्र एजेण्ट थिएनन् र ?
२. तिमीहरुले जितेको ठाउका सेना पनि फरक थिए कि क्या हो ?
३. अनि मत गणनामा बस्दा लाहछाप र मुचुल्का जाँच गर्ने काम तिमीहरुको हैन ?
४. यदि तिमीहरुको सिट २०६४ जस्तै आएको भए पनि धाँधली भएको हुन्थ्यो कि ?
५. चुनाव जितेको भोलिपल्ट साला हरुवाहरु भनेर सभ्यताको पराकाष्ट देखाउने तिमीहरु नै हैन
६. के गणतन्त्र र संघियता तिमीहरुका बाबुको विर्ता हो र युध्द जितेरै आएका हौ र ?
७. मरेर सकिन लागेपछि एमालेको वुइ लागेर शान्ति प्रकृयामा आएको हैन र ?
८. एमाले समाप्त गर्न काँग्रेसको वुइ चढेको हैन र ?
९. नाच्च नजान्ने आगन टेडो ।
वर्षमानले धाधली सम्बन्धि छानबिनको रिपोर्ट कति छिटो बाहिर ल्याए छन् / मान्नु पर्छ / तर माओबादी ले गरेको आर्थिक घोटालाको रिपोर्ट कहिले आउने हो ? पर्चंडे डेरा सर्ने कहिले हो ? त्यो पनि पत्रकार सम्मेलन गरि भन्नु पर्यो
थुँइक्क लाज नभएका नकचराहरु हो, छानबिन गरेर अलिकति गतिलो कुरा लिएर आउँछन कि भनेको गाउँघरमा केटाकेटीले खेल्ने पुलती र गुच्चा पो लिएर आएछन् । कमसेकम ति गुच्चा खेल्ने केटाकेटीले पत्याउने सम्मको कुरा र प्रमाण त ल्याउनु पर्छ नि । अनि खाओवादीमा अलिकति पनि कमन सेन्स भएका कार्यकर्ता कोही रहेनछन कि क्या हो…???????…….प्रचण्डले पार्टी अध्यक्षको पद जोगाउनका लागि गरेको यत्रो नाटक पनि पत्याउदै हिड्ने ??????? जनताले लात मारेर पातlलमा पुर्याएपछी पनि फेरी हाम्रो आजेन्डा ले जित्यो रे …हा… हा… हा.. हा….हा……हा…हा… कती हास्नु ???? १० बर्से आतंक औचित्यहीन प्रमाणित भैसकेकोले अब फेरी जनता कै नाममा लुट्ने योजना बनाउदै छन यि पागलहरु । मतपत्र पुलिस, आर्मीको सुरक्षामा नराखे पेरिस डाडामा प्रचन्ड र देखा थापाको सुरक्षामा राख्ने हो ???? लाज, घिन नभये पछी एस्तो हुदो रहेछ । तेही झुट बोलेर यो हबिगत भैसक्यो अझ कती झुट बोल्छौ ??? ब्वासाहरुहो तिमिहरुको आतंक र गुण्डागर्दीको प्रतिकार आम जनताले मतपत्र मार्फत गरिदिएका छन् ! अब त कुरा बुझ र आफुलाई सुधार ।
नेपालको चुनाबमा सधै धाधली भाको छ आस्पली पनि धाधली भयो
कमेन्टहरु पढ्दा कताकता पत्रपत्रिकामार्फत केही पत्रकार लेखक अनि राजनितिक चिन्तक अनि स्वयमं केहि नेताहरुको विचारहरु छरिएको जस्तो लाग्यो, प्रभावपरेको जस्तो।
यहाँनिर मेरो एउटा प्रश्न हामी नेपाली जनताले एनेकपा लगायत मधेसी दलहरुलाइ त पत्याएनौ तर कंग्रेस एमालेलाइ चैं कुन आधारमा त्यत्रो मत दियौ?
मेरो अनुमान त मिश्रित किसिमको परिणाम आउला भन्ने थियो। किनकि शहर देखि बाहिर अझै पनि माओबादिको कुरा सुन्ने जनमत ठिकठिकै अनुपातमा छ जस्तो लाग्छ।
चुनाबमा ३ होइन ४ किसिमको धाधली भएको छ,
चौथो महत्वपूर्ण धाधली जनताले गरे, माओबादीलाइ भोट नदिएर |
धादली भय पनि १-२ वा १०-१२ ठाउं मा पो हुनु पर्ने २४० छेत्र कै सबै मतदान केन्द्र मा कसरि धादली गर्न सकियो होला भनेर पत्त्यउने. अचम्म लाग्छ कसरि भन्न सके होलान ३ थरि का धाधली भय भनेर. आफुले जिते स्वॉच्च अरुले जिते धादली. अब अर्को चुनाव मा थाहा हुनेछ. २५ बाट ५ मा झर्दा.
यी गुरिल्लाहरु, पाखा पखेरा र कुना काप्चा तिर परालको त्यान्द्रोमा अल्झिएर २५ – २६ वटा सिट मात्रै भएपनि आएकोले चम्किएका मात्रै हुन् . अर्को चुनावसम्म त खरानी भएर सिध्दिन्छन . अनि त यी गुरिलाहरुको नाकमुख सम्म नि देखिदैन .
माओबादीका शिर्ष नेताहरुमा, अरु दलहरु को तुलनामा “केहि गरौँ ” भन्ने छ जस्तो मलाईपनि लागेको हो. भोट माओबादीलाइ नै दिने विचार मेरो पनि थियो. तर छाप लगाउदा बाटोमा घुम्ने माओबादीका “गुन्डा” जस्ता देखिने कार्यकर्ता, उनीहरुको बोल्ने तरिका, आफुहरुलाई बिशिस्ट मानेर कुर्लदै हिड्ने माओबादीहरु, यहासम्मकी, “माओबादी हुँ” भनेर भन्ने सर्बसाधारण पनि प्रचण्डकै सैली मा बोल्ने, केहि सोध्यो भने अर्थ न बर्थ का भारी शब्द प्रयोग गर्ने तर केहि ठोस कुरो गर्न नसक्ने मान्छेहरु याद आयो. छाप हसिया हतौडा मा लगाउनैसकिन. अनि बिगत को राजनीति सम्झेर रुखमा र सुर्य मा मेरो चै हातनै गएन. बरु जे सुकै होस् भनेर गाइमा ड्याम्म छाप लगाई दिएँ. पछि चेक गर्दा त जोडा गोरु मा पो परेछ. सायद अरु धेरैलाई मेरो जस्तो भएको हुनसक्छ यो चुनाबमा.
यस चुनावमा सबै कुरा माओवादीले भने जस्तो धाँधली भएको त पक्कै होइन तर एउटा कुरा पक्का के हो भने ‘एनेकपा माओवादी जनताको पैसा र घुमाउरो बाटो प्रयोग गरेर राज्यको ढुकुटी माथि अथाहा निर्लज्ज भएर मोज गरेकै हो र अहिले जनताले मतदान मार्फत प्रचण्डको पछाडिको भागमा तातो पनियोले डामि दिएकै हो’ ! अन्य दलको सधै सौताको रिसले पोइको काखमा मुत्ने बानि र छिमेकीले आफ्नो अनुकुलका व्यक्तिलाई सरकारमा पुर्याएर नेपालमा अस्थिरता लाइ संस्थागत गरेको इतिहासमा मौकामा चौका हान्दै दिर्घकालिन रुपमै नेपाल र नेपालीलाइ निस्कने नमिल्ने खाल्डोमा हाल्ने यो षड्यन्त्रमा हाम्रा उच्च पदस्थ र बिभिन्न दलका नेता मिलेका हुन् भने त तिनीहरुलाई जुनसुकै स्तरको अभद्र कारवाही गरे पनि कम नै हुने छ ! अब लैनचौरका भित्तामा भ्वाङ्ग पार्ने एउटा नेता चाहिएको हो देशलाई ! यहाँ यसै केहि भन्न सकिन्न केहि दिन अघि त एकजना आफुलाई मधेशीको मसिहा मान्ने नेताले भनेकै छ नि ‘मधेशी नेता भारतको हितमा राजनीति गर्छौं भनेर र यस्तो बोल्ने नेताले अब पनि यहि देशका जनताको खुन पसिनाको अंश रहेको कर बाट मोज गर्नेछ र उसलाई रक्सौल पुर्याएर उसका माइ बाप लाइ बुझाइदिने भू.पु. इरानी राष्ट्रपति जस्तो नेता चाहियो हामीलाई जसले १ नं. मा भारतीय चलखेल लाइ उखेलेर फालोस, हाम्रो करको पैसा खाएर दुष्ट भारतको लागि राजनीति गर्नेलाई टुंडिखेलमा ‘चिँउड़ोमा हुक’ लगाएर झुण्डाएर छाड़ोस अनि यी ठिंग्रे नेताको के औकात यो देशको कुभलो सोच्ने ???
माथिबाट तल झर्न गारो, तर धुलोमा नाक भासिएपछि होस् आउनुपर्ने हो सद्दे मान्छेलाइ ……
के गर्नु मंगले आफ्नै ढंगले भने जस्तो हो यो . पहिला नै ठुलो पार्टी भएको नाताले खुरुक्क परिवर्तनलाई व्यवस्थित गरेर संस्थागत गर्न खोज्नु कता हो कता . सत्ता कब्जाको ध्याउन्नमा रिसोर्स चहार्दै र घुन्गिको अचार खाँदै ठिक्क थियो . आफ्ना लडाकुले पाएको पैसामा पनि मोज गर्दै घाईते लडाकुहरुलाई तिरस्कार गरियो . १० वर्ष लडेर आएको माहान पार्टी २-३ वर्षमै टुक्रा हुन पुग्यो त हार नभई सधै जित भएर रहन्छ होला र कमरेड ? गिरिजा पछिको शान्तिको जिम्मेवारी काँधमा लिएको नेताको र परिवारको चुरिफुरि नै अर्कै थियो जस्तो कि राजा ज्ञानेंद्रले सुविधा कम भयो भनेर आफैले आफ्नो सुविधा घोषणा गरे जस्तो . अत धाँधलीको रटमात्रै लगाई राख्नु भन्दा पहिला प्रचण्डले अध्यक्ष्यपद बाट राजिनामा दिई हारको नैतिक जिम्मेवारी लिनु पर्छ . संसारमा धाँधली नहुने ठाउं कुन चाहिं त्यस्तो देश होला र ??!! कतै दाहालको यो प्रयास पनि अनिश्चितकालिन हर्ताल जस्तै तुहिएर जाने त हैन ? !!
प्रचन्ड धेरै नरोए हुन्छ्, तिम्रो आशु देखेर जनता को आखा मा आशु आउने छैन । तिम्रो आखा मा जती धेरै आशु आउछ जनता तेती नै बडी खुशी हुन्छन ।
त्यो सर्कुलर नया होइन. हरेक चुनाब मा यस्ता सर्कुलर हरु जारि हुन्छन. कतिपय अवस्थामा मतदान अधिकृत संग कालो मसि सकिएको हुन्छ, खोज्न जान सकिन्न, दल का नेता हरुको प्रेसर हुन्छ. मत पेटिका मा त ५ ओटा सील हुन्छा, एउटा वा दुइटा वा चार ओटै टुटे पनि पाचौ साबिक छ भने त्यो मतपेटिका को मत गन्नु पर्छ भन्नु स्वाभाविक हो. अर्को कुरा क हो भने माओबादी ले भन्या जस्तो कसैले पनि मतपेटिका ओसार्दा नदेखेको भन्ने होइन. पर्यबेख्सक हरु पुगेका ठाउँ मा उनीहरु ले अन्तिम सम्म साथ् छन् भने दल क एजेन्ट हरु पनि साथै छन्. त्यसैले यो रुवाबासी को अर्थ छैन. जलेका मत पेटिका त नाटक हो. पुराना मतपेटिका पुलिस संग मागेर आफै जलौदै नाटक का लागि पेस गर्नु त अझ लज्जास्पद छ.
धाधली हो कि झ्याली गर्या हो कि आफ्नु कार्यकर्ता लै हेटौडा मा दिएको ‘गफ’ लाई लागु गरेर खी.रा.रे.लाई पी.यम बनाको हैन?आफै ले संबिधान सभा भंग गरेर निर्बचन को घोषणा गरेको हैन?आफै ले सेना लगाउने कुरा राखेको हैन?यावत कुरा का बाबजुद सबभन्दा कम धाधली हुने पद्दति नै निर्बाचन हो भन्ने नि बुज्नु जरुरि छ र यो निर्बाचन नै नेपाल को अन्तिम निर्बाचन हैन…माओबादी ले बुझ्नु जरुरि छ / आएका मत लाई सम्मान गरि जन- चाहना के हो बुझी अगाडिका निर्बाचन को लागि जनमत तयार गर्न लागे माओबादी को अस्तित्व रहला नत्र ‘ह्राश कट्टी’ पछि जिरो भ्यालु भएका ‘मेसिनरी’ जस्ता हुन बेर छैन……
A total of 1,460 ex-combatants of the Maoist party formally joined the Nepali Army. Of them, 71 joined in officer ranks. As many as 15,610 combatants took voluntarily retirement after receiving state offered package of Rs 5 lakh to 8 lakh based on their career and rank in the Maoists’ People’s Liberation Army.
From Himalayan Times.
One question is hunting me.
Where those 1,460 ex-combatants were involved or know about election rigging and what were the rest 15,610 combatants doing during election with that amount of money at hand?
United Maiost leadership team has to accept their poor leadership and resign immediately.
यदि पहिलो सम्भिधान सभाको चुनाव मा माओबादीले गरेको कुकिर्तेको अगाडी त यो केहि पनि होइन जस्तो लाग्छ/ बुथ क्याप्चर, अरु दल र कार्यकर्ता मतदान गर्न नदियाको, भोटर लिस्ट भन्दा पनि भोट ल्यायको, अरुलै भोट दिय समाप्त पार्न भनेर भोट लुटेको आदि आदि / दोस्रो सम्बिन्धन सभामा आफ्नो कर्तुतको कारण ले हर्नाले यत्रो नाटक/ यहि नीति हुने हो भने अर्को चुनाव सम्म त पट्ट साफ नै हुन्छा/ अनि त्यसबेला नेपाली जनतालाई खामेरुज़ ले जस्तो काटेर कंकाल को थुप्रो बनाउदै जनै ??????????? कहिले चेतना आउने हो ?
चौथो किसिमको पनि धाँधली भएको छ – जनताले गरेको धाँधली। त्यत्रो महान्, गौरवशाली पार्टीलाई भोटै नदिई जनताले सबै भन्दा ठूलो धाँधली गरेका छन्।
ऊग्रवामपंथको आयू १० वर्ष मात्रै हुन्छ भन्थे के़ ़पी ़ले , हो रैछ िन ।
के के प्रमाण कार्यदलसँग छ त ?
• सर्लाही क्षेत्र नं. २ बाट आधा जलेकेा मतपेटिका कार्यदलको सम्पर्कमा रहेको छ।
…..लौ एस्तो बुदा पो देखियो त…..मा सर्लाही बाशी हु. सर्लाही २ मा आधा जलेको मत पेटिका भेटिएको छैन ….
यो त धाँधलीको पनि महाधाँधलीको हल्लाजस्तो हुने भयो । संविधानसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको, जनताले उत्साहजनक रूपमा सहभागिता जनाएकोमा धन्यवाद दिएका एमाओवादी अध्यक्ष प्रचण्डले त्यसको भोलिपल्ट मतपरिणाम आउन थालेपछि भने अचानक अर्को वक्तव्य दिएर निर्वाचनमा धाँधलीको प्रश्न उठाए । संविधानसभाको निर्वाचन आयोजना गर्न अन्य दल सहमत हुनै नमानेपछि आफ्नै दलको छँदाखाँदाको सरकारसमेत हटाउन र प्रधानन्यायाधीशको अध्यक्षतामा अन्तरिम सरकार गठन गर्न तयार भएका, सबैले विरोध गर्दा–गर्दै पनि रेग्मीको अन्तिमसम्म बचाउ गरेका, अनेक ओलचनाका बाबजुद माओवादी वैद्य समूहबाहेकै निर्वाचनमा जान तयार भएका, सेना परिचालनलाई समर्थन गरेका, देशभर दौडाहामा निस्केर निर्वाचनको माहोल बनाउन कस्सिएका र सबैभन्दा बढी त १२बुँदे समझदारी हुँदै शान्तिप्रक्रियामा प्रवेश गर्ने, जनसेना विघटन गर्ने र जनमतका माध्यमबाट आउने नतिजा स्विकार्दै लोकतान्त्रिक प्रक्रियालाई अपनाएका एमाओवादी अध्यक्ष तथा समकालीन नेपालका मुख्य नेता प्रचण्ड अचानक यसरी वक्तव्य दिन निस्केको पक्कै पनि पराजयको पीडाले मात्र हुनै सक्दैन । सुरुमा त धेरैले यसलाई त्यसरी नै लिए । पछि–पछि त उपेन्द्र यादवदेखि अशोक राईसम्मलाई लाग्न थाल्यो धाँधली त भएकै हो । तर, यसलाई पनि हरुवाहरूको कुराकै रूपमा लिइयो, यतिसम्म कि सरकार र निर्वाचन आयोग दुवैले यसलाई तिलको गेडाजति पनि महत्त्व दिएनन् । केवल कानुनी प्रश्नमा अल्झाएर हल्ला सेलाउन्जेल पर्खने विधि अख्तियार गरे । तर, धाँधलीसम्बन्धी हल्ला जो छ त्यो भने दिनदिनै बढ्दै गएको छ ।
एमाले नेता रघुवीर महासेठले त राष्ट्रपति रामवरण यादवपुत्र चन्द्रमोहनको पक्षमा राज्यसंयन्त्रले गरेको धाँधलीको फेहरिस्त नै पेस गरे । हुनत यी दुवै पराजित नै हुन् तर भुल्न नमिल्ने कुरा के छ भने जित्ने कुन मूर्ख होला जो धाँधलीको आरोप लगाउँदै हिँडोस् । यस्तो कुरा प्रमाण पुर्याएर या नपुर्याएरै पनि उठाउने भनेको त पराजितले नै हो । जे होस् जितुवा दलका हरुवा उम्मेदवारले धाँधलीको आरोप लिएर अडानै लिनु र प्रमाण पेस गर्नुले यसपटकको निर्वाचन बाहिर भनेजस्तो र सुरुमा देखिएजस्तो शान्तिपूर्ण र धाँधलीरहित थिएन भन्ने कुरालाई नै पुष्टि गर्छ ।
चुनाब गराउने प्रमुख निकाय भनेको निर्बाचन आयोग हो . त्यो आयोग मा के नेपाली काँग्रेस र एमाले का मान्छे हरु मात्र थियो र ? त्यस आयोग मा त दलीय भागबन्डा को हिसाब मा माओबादी हरु को पनि मान्छे हरु राखेको थियो त , येदि नीतिगत , संरचना गत एबम प्रक्रिया गत धादली भयको हो भने ति माओबादी एबम मधेश बादी आयोग का आयुक्त एबम अरु मान्छे हरु के लाटो ले केरा हेरको जस्तो चुप लागि बसेको नि .
अब धाधली भए पनि नभए पनि रोएर कराएर काम छैन ! अब फेरि पनि नेपाली जनताले सहने वाला छैनन् ! अब हामीलाइ मात्र संबिधान र दिगो शान्ति चाहिन्छ !
चुनाबमा शर्मनाक पराजय पछी प्रचन्डले यति नगरि उपाए थिएन, त्यहि भएर यो गरेका हुन | यति गरे पछी उनले :-
#१ नैतिकताको आधारमा राजिनामा गर्न पर्दैन | पद जोगियो |
#२ सरकार निर्माण, सबिधान निर्माण मा उनीहरुको भूमिकाको खोजीमा दलाली (bargain) को बाटो यहि बाट खुल्छ | त्यसका लागि उसले १२२ दल बाट हरुवा हरुको १०० भन्दा बढीको मोर्चा बनाइ उसको नेत्रित्वो गर्ने छ |
#३ तपसिल ………………………………
कार्यकर्ता केहिहद सम्म सक्रिय रहने छन | हरुवाहरु संग मोर्चाबन्दी गरेर आफ्नो भोलि संसदमा आकार अलि ठुलो हुने छ, हामी संग यति दल छन् भनेर कार्यकर्ता/ जनतालाई भ्रमित गर्न हुन्छ | मोर्चाका दललाई दिर्घकालिन रुपमा एकीकरण गर्न सहज हुन्छ | बैद्यहरु संग सम्बन्ध बनाउन र उपयोग गर्न सहज हुनेछ आदि |
~~~~~~~~~~~~~~~~~
आफु जित सबै ठिक आफु हरे सबै बेठिक / २०६४ मा भोट दिने सबै माओबादी थिए बन्नु सोंच नै गलत हो / त्यो समय को लहर हो जसले माओबादी मधेस बादी सबै ले जिते त्येस्लाई बचाई राख्न न सक्नु आफ्नो कमजोरी को मुल्यांकन गर्नु पर्छ हरेक पार्टी ले…………………
दुनिया हसाउने नाटक ! अब खुरुक्क संबिधान बनाउन सहयोग गर्नुस कमरेड हजुरलाई फेरी जिताउछन! एस्तो बकम्फुसे कुरा गरेर समय खेर नफाल्नुस! समय परिबर्तान्शील छ ! राम्रो गर्ने को राम्रै हुन्छ !
माओबादी ले धेरै गफ लगाउदा नै जनताको बिस्वाश गुमाएर चुनाब हरेको हो! एस्तो स्पस्ट तरिकाले हार्दा पनि स्विकार्न सक्दैनन् र अझै बढी घमण्डी गफ लगाउछन भने भने आर्को चुनाबमा झन् बिजोग !!
मावोबादी आफैको सल्लाह सुजब अनुसार गठन भएको निर्बचन आयोग र चुनाबी सरकारले चुनाब सम्पन्न गर्दा त येति सम्म भयो नत्र मावोबादी अझै पत्तासाफ हुने रहेछ अब केहि नभएर जनताले भोट नदिएर धाधली गरे भन्न बेर छैन /
Bishnu
आफैले बनाएको चुनाबी सरकार , खी रा रे को नियुक्ति हेटौडा महाधिवेसन बाट गरेको होइन ? सेना को परिचालन आफैले गरेको होइन ? निलकण्ठ जी लै मत्गदना अघि राम्रो निस्पक्स निर्वाचन गराउनु भो भनि बधाई दिने तपाई हरु नै होइन ? येदि येत्रो देशभरी नै धादली भएको हो भने किन बकसा खोल्नु अघि यी सब कुरा उठाएर बिरोध नगरेको ?
अहिले लज्जास्पद पराजय भए पछि अनेक अनेक बहाना (५ रुपिया को नोट पनि मत संगै हालेको हरायो अरे ) एउटा बच्चा ले आफुले भनेको नहुदा गर्ने तर्क यो भन्दा गतिलो हुंछा
होला |
नेत्रित्वो वर्ग मा कार्यकर्ता हरुले अब औला उठौछा – हार हुनका बास्तविक कारण – नेता हरुको गैर राजनैतिक व्यवहार – बिलासिता – परिवारवाद – चैते हरु को बिगबिगी – आदि कुरा बाहिर आउने डर ले पुष्प कमल जी ले गरेको यो धादली को नया प्रपन्चा नबुझ्ने को होला र ! बिनाश काले बिपरित बुद्धि भनेको यहि होला साएद !!!!
१. यसमा भने जस्तो देशै भरि धाँदली हुन सबै जिल्लाका CDO, DSP, निर्बाचन अधिकारी, पर्यबेक्षक, पुलिस, आर्मी, ससस्त्र प्रहरी, पत्रकार, अरु सबै दलका प्रतिनिधि आदि-आदि झन्डै १ देखि २ लाख मान्छे लाइ सेटिंग मिलाउनु पर्छ । तिन्मध्ये कोहि न कोहि त माओबादी समर्थक होलान नि? कसैले त देखेको होला नि? येदि छैन भने माओबादि ले आफ्नो जनाधार को धाक किन दिन्छ? आएको भोट पनि बढी पो भए जस्तो लग्यो मलाई त
२. भारतले एस्लाई पहिलो, त्येस्लाई दोस्रो , एस्लाई तेस्रो पहिल्येइ तयार गरेको थियो रे ! त्येसो भए त मधेसी दललाइ नै पहिलो बनौथ्यो नि । भारतको लागि मधेसी दल भन्दा कांग्रेस र एमाले कहिल्येइ नजिक हुन सक्दैन । त्येस्माठी भारतको राजदुत ले बिरगंजमा बोलेको कुरा लाइ लिएर कांग्रेस को सम्बन्ध बिग्रिएको त उनीहरु कै मुख बाट सुनेको हो हामिले. त्यो भन्दा त प्रचण्ड र बाबुराम नै भारतका बिस्वाश पत्र हुन् नि, किन हरयेछा प्रभुले येस्पाली? बिप्पा अलिकति कम भयो कि के हो?
३. बैध्य फुटेर जादा चोइटो पनि उक्कियेन भनेर हास्ने यिनीहरु ले अहिले सम्म त बुझिसकेको हुनु पर्ने हो कि चोइतो फुटेर उता गएको रहेछ कि यिनीहरु मात्र चोइतो बाकि रहेका रहेछन । बैध्यहरुले रोजी रोजी एमाले र कांग्रेस लाइ भोट हालेको हल्ला त बजार भरि छताछुल्ल छ नि ।
४. बिरोधि लाइ सिन्को जति पनि इज्जत नदिने, मैले बोले पछि कानुन बन्छ भन्ने घमण्ड, भनेजस्तो भएन भनि तोड-फोद-मार-काट गर्ने जंगली ब्यबहारले जनता वाक्क भएको खोइ देखेको? अनि सर्बहारा को नेता भएर प्लेन छाडेर चुनाब प्रचार गर्नु, दरबार किनेर बस्नु, छोरा लाइ नव-पारस बनाउनु, एसिया कै सबै भन्दा धनि पार्टी चलाउनु पनि ठिक तिमीहरुको लागि?
५. “बाहुन जति काटिन्छ, आलो रगत चाटिन्छ” भन्ने नेता तिमीहरुको बरिस्ट नेता । जाति र धर्मको नाम मा जनता भिडाउदा आनन्द आउने अनि देशलाई जातिय राज्य मा बाँड्ने पनि हारको कारण हो भन्ने अझै नबुझ्ने कि नबुझे जस्तो गर्ने?
कति आफ्नै कपाल चिथोरेर छाति पिटेर रुन्छौ ह? अब त जनमत (ए अँ , तिमीहरु को भाषा मा त जनादेश होइन त हगि, मतदेश पो त, कति शब्द मा खेल्छु अझै? निन्द्रा पुगेन? कहिले बिउझिने? ) नमान्ने? कि जनमत माने अद्क्ष्यबाट राजिनामा दिनु पर्छ भनेर हो यो नाटक? माकुने र शुशिल कोइराला ले गत चुनाब मा hare पछि राजिनामा दिएको बिर्सियो कि के हो?
आफ्नो नेतृत्व मा हारे पछि नैतिताकताको अधार मा राजिनामा दिने र माग्ने अधिकार सबै पार्टीमा हुन्च्छ. अरु त अरु माइओवादिले हेप्ने एमाले बाट माधव नेपाल ले पनि दिएको थियो. तर यस्तो श्रमनाक हार हुदा पनि प्रचंडे ले अहिले सम्म पार्टी प्रमुखबाट राजिनामा किन न दिएको होला. Ani पार्टी भित्र प्रचंदेको हनुमान बाहेक अरु काबिल नेता छैनन् पार्टी हेर्नलाई?
येहा बुज्नु पर्ने कुरा के हो भने एमवोबादी ले चुनाब हुदै गर्दा धादली भाको भनेको छैन चुनाब गर्दा गर्दै धादली भो भनेको भए साथी हरु ले भनेको जस्तो सेट्टिङ्ग मिलाउन थुप्रै जनसक्ति को आवासेकता पर्छ तर येहा उठाइएको कुरा मतदान पछि हो अनि १० बुदे सर्कुलर मतदान पछि के कारणले जारि भो तेस्को उत्तर त मावोबादी लाइ मात्त्र हैन म जस्तो सर्ब साधारण लाइ पनि जान्ने अधिकार छ त्यो सरकार र निर्बाचन आयोग ले स्पस्ट गर्ने पर्छ नत्र फेरी दोन्द को बिउ रोप्ने काम मात्र हुञ्छ .
२-४ बुथमा धाँधली हुनु कुनै नौलो कुरा होइन चाहे जुन सुकै दलले गरेको होस । तर करिव २ सय १५ क्षेत्रमा (जहाँ माओवादी र उसलाइ समर्थन गर्ने अशोक राइ जस्ताका पार्टि हारे) ति सबै स्थानमा धाँधली गर्न कत्तिको “सेटिङ्ग” मिलाउनु पर्ला ? तेती अड्कल समेत काट्न नसक्ने झुण्ड र तिनका नाइकेको के कुरा गर्नु ? अनि अर्को कुरा जहाँ जहाँ माओवादीले जित्यो त्यहाँ चै निष्पक्ष चुनाव भयो रे…………. हाँस्न पनि कति हाँस्नु हो यिनका कुरा सुनेर ।
निर्वाचन आयोगको १० बुंदे सर्कुलर, मतदान प्रतिशत बारेको फरक फरक समयमा फरक फरक तथ्यांक तथा प्रमुख आयुक्तको तत्बेलाको प्रतिक्रिया हेर्दा यसपटकको निर्वाचनमा निर्वाचन आयोगले तटस्थ भूमिका खेल्न नसकेको देखिन्छ | हुनसक्छ यी कारणले एमाओवादीका केहि नेताहरुले हार खानुपर्यो तर अहिलेको शर्मनाक हारको कारण निर्वाचन आयोग र सुरक्षा अंगको भूमिका मात्र होइन | विभिन्न पत्रकार , लेखक , तथा नेताहरुले भनेजस्तै एमाओवादिले आफ्नै निर्मम आत्मा समिक्षा गर्न अत्यन्त जरुरि छ यदि ऊ अझैपनि शोसित पिडित नेपाली जनताको मुक्तिको लागि लड्ने संगठन ठान्दछ भने |
एमाओवादीले भने जस्तै यदि आम जनताले उसलाई भोट दिएको तर ती मत साटेको हो भने जनताहरुले यो परिणाम विरुद्ध किन कहीं पनि आवाज उठाएको सुनिएको छैन हालसम्म |
गणतन्त्र स्थापना गर्न एमाओवादिको ठुलो योगदान छ तर त्यस बाहेक विगत ५ / ६ वर्षमा एमाओवदिले के चाँही फरक र जनतालाई राहत दिने काम गर्यो जसलेगर्दा नेपाली जनताले उसलाई मन पराएर भोट देओस | जबकि उसका नकाम ले गर्दा कतिपय उसका सुभचिन्तकहरु समेत उबाट टाढा हुन् पुगेको स्थिति हो |
प्रचण्डको नातावाद (यहि निर्वाचनमा छोरी , बुहारि एवं भाइलाई टिकट) र जीवनशैली, हिसिलाको नातावाद (दिदीहरु एवं दाइलाई विभिन्न पदमा नियुक्ति) तथा कमिशनको कुरा , सानो भन्दा सानो पदमा नियुक्ति , सरुवा वा वढुवा को लागि घुस खुवाउनुपर्ने जस्ता भ्रस्टचारी तथा अनैतिक क्रियाकलापले एमाओ वादी पनि अरु पार्टीहरु भन्दा फरक नदेखैको हो- नेपाली जनताले | त्यसमाथि एमाओवादिका कतिपय स्थानिया नेता तथा कार्यकर्ताहरुको जनतासंगको व्यवहारमा पनि विनम्रता पाइन्दैन | यस्तो अवस्थामा जनताबाट भोटको अपेक्षा पनि कसरि गर्न सकेको होला एमाओवदिले ?
नेकां र एमाले एमाओवादीले जनादेशको अपमान गरेको भन्दै हिँडेका छन् । जनादेशको अपमान त राज्यपक्षले जनताले दिएको मतलाई प्राविधिक रूपमा साटफेर गरेर गरेका छन् । वास्तवमा उल्टो परिणाम सार्वजनिक गर्नेहरूले नै जनादेशको नांगो रूपमा अपमान गरेका हुन् । धाँधली गरेको छानबिन गर्न दर्जनौँ राजनीतिक दलले उच्चस्तरीय आयोग निर्माण गर्न माग गरिहेका छन् । तर, निर्वाचन आयोग छानबिन गर्न अस्वीकार गरिरहेको छ । निर्वाचन आयोगले धाँधली नै गरेको छैन भने छानबिन गर्न किन अस्वीकार गर्नुपर्यो ? धाँधली गरेको आरोप आइसकेपछि आरोपबाट मुक्त हुन पनि छानबिन गर्न तयार हुनुपर्ने हो । कतै आफैँले गरेको धाँधलीको कुरा पुष्टि हुन्छ भनेर त त्यसो गरिएको छैन ? गम्भीर प्रश्न खडा भएका छन् ।
laxman G जनमत को अपमान विस्मयकारी हुन्छ नै !जहासम्म दुइ ठुला दल तथा राज्य पक्षबाट जनताले दिएको मतलाई प्राबिधिक रुपले साटफेर गरि उल्टो परिणाम सार्बजनिक भएको कुरा गर्नुभयो तपाइको गिदिले काम गर्न छोडेछ / र पराजित पार्टीहरुको झुण्ड बाट गठित छानबिन समितिको प्रतिबेदन ले आफ्नो अस्तित्व लाई जोगाउन सयौ झुठ को पुलिन्दा बाहिर ल्यईएको छ / स्मरण रहोस, गुरिल्ला लवज लाई परिमार्जन गर्नुहोस जनता कसैको दासी हुदैनन्/डर,त्रास,भए मुक्त समाज निर्माण गर्नुहोस जनताका हर कदम मा साथ दिई गिरेको साख लाई जोगाउने प्रयत्नमा लाग्नुहोस/अन्धभक्त मात्र नहुनुहोस आफ्ना नेत्तृत्वको गल्ति, कमजोरी लाई अझ पनि प्रशिक्षण मानी हिड्नुभयो भने तपाई हरुको अन्त अबश्यम्भावी छ /जनता परिबर्तनका सम्बाहक हुन् भन्ने कुरालाई आफ्नै तरिकाले बुझ्नु भयो र दह्रो झापड पाउनुभयो जनमत मार्फत-आफ्नै कार्यकर्ताले लात हानेको नदेख्नेले जनताको जनमत लाई कसरि बुझ्न सक्दछ?सार्बभौम संबिधानसभा भन्ने र प्रारम्भिक चुनाबी परिणाम ले आफ्नो हालत उजागर गरेपछि बहिस्कार का नाममा जनमत मान्दिन भन्ने सार्बभौम संबिधानसभा भन्दा ठुलो निकाय अरु के हुन् सक्छ छानबिन का लागि?संबैधानिक अंग का बिरुद्ध छानबिन गर्न सरकारले कस्तो आयोग गठन गर्न सक्छ?कानुनी कुरा भन्दा पनि तर्क युक्त कुरा पो उठान गर्नुपर्यो/संबिधानसभा मा उपस्थित भएर कस्तो आयोग बनाउनुपर्ने बनाए हुन्छ नि तागत छ भने/ हुनत हार्नेहरु का लागि जनमत को के अर्थ रह्यो र उनिहरुका लागी …..रगत को होलि खेलेका हरुलाई अब यो चेत बेलैमा आओस कि आबश्यक पर्दा जनता आफै रगत को होलि खेल्न पछि हट्ने छैनन् /सहनु को सिमा हुन्छा…बकम्फुसे कुराको अर्थ छैन “सु-सुप्त धाँधली अरे…आफ्नो पदको बचाव का लागि कार्यकर्तालाई गुल खिलाउन सिपालु हुनुहुदो रैछ कार्यकर्ता जनको घैटोमा बेलैमा घाम लागोस ….अस्तु..
जिते भनेर घमण्ड नगरौ साथी प्रिथिबी गोलो छ औटै चुनाब ले राजनीति सकिदैन तपाई मा तेत्त्रो बिस्वास रैछ धादली भाको छैन भन्ने आफ्नो विश्वास लाइ सत्य हो भनेर प्रमाणित गर्न के को आइतबार तेस्पछि त मावोबादी झन् बादी ननगिञ्छन तेस पछि तपाई ले समर्थन गरेको पार्टी लै फाइदा हैन र?
मित्र तपाइलाई भ्रम परेछ/मेरो आसय कसले जित्यो कस्ले हार्यो भन्ने किमार्थ पनि होइन र कसैको पनि जित कहिल्यै पनि चिर-स्थायी हुदैन भन्ने कुरा लाई यहाले पनि मनन गरेको हुनुपर्छ/एउटा बिधि र प्रक्रिया मा प्रवेश गरेपछि face -saving का लागि जुन हर्कत अपनाइयो त्यो पक्कै पनि हामी मतदाताहरुको अपमान गरेको तितो यथार्थ हो/ बिधि-प्रक्रिया बमोजिम धाँधली भएको छ भने सोहि अनुरुप जाँदा हुन्छ नि कानुनत:संबैधानिक निकायको छानविन का लागि सरकारले कुनै पनि आयोग बनाउन सक्दैन/संबैधानिक निकाय स्वतन्त्र हुन्छन भन्ने सम्म मलाई जानकारी छ/साच्चै तिनै निकाय हरुबाट धाँधली भएको हो भने तिनका पदाधिकारीहरुलाई महाभियोग लगाएर निरुपण गरे हुन्छ नि सामर्थवान हरुले /जहासम्म मैले समर्थन गरेको पार्टीलाई फाइदा हुने कुरा गर्नु भएको छ ज्ञात रहोस जनताहरुले समर्थन गर्ने वा मत दिने पार्टी हरु कहिल्यै स्थायी हुदैनन् अझ यसपटक त खराब मध्ये कम खराब पार्टीले अग्रता लिएका मात्रै हुन् जुन कुराको पुस्टि समानुपातिक तर्फको kathmandau को मतपरिणाम ले छर्लंगै परिदिएको छ /तसर्थ अनाबस्यक कसैको पक्षपाती भएको जस्तो गरेर टिका-टिप्पणी गर्नु भन्दा पनि धरतलिए यथार्थलाई आत्मसाथ गरौ भन्ने मात्र हो…जदौ
याँहा मायोबादीले लगाएका आरोप हरु सुल्झ्यौने बाटा केहि छन् भने तो काम मयोबदिलाई नै अनुसन्धान गर्न दिए हुञ्छ| किन भने तो अनुसन्धान जसले गरे पनि तेस्को बिस्वसनियता मा अझ बडी प्रस्न उठ्ने छन्| इनको बबन्धर्को पछि लायो भने सरकार नै बन्दैन|
यो मयोबदिको कित सरकार बन्न बाट रोक्ने दाउ हो होइन भने एक दुइटा भए पनि लुटेर खाने मन्त्रि पद पाइञ्छ भनि बार्गेन सिबाए केहि पनि होइन| लुटेर र अपराध गरेर खान पल्लेकाहरु अब पाखालागेको भएर डाँको छाडी रोएको हो| यी घाँटी सुके पछि आफै चुप लाग्दछन|
भित्ते बाट बढुवा भएर साच्चैको राष्ट्रपति हुने महत्वकांक्षा पुरा हुनु त कता हो कता भाकै अदक्ष पद पनी सुइकिने डरले यो सब भैराखेको हामीलाई लाइराखेको छ ! साच्चैको राष्ट्रपती नबनाउने देश र जनता जाए भांड मे भन्ने पनी हाम्लाई लाइराखेको छ ! प्रभुकै सरणमा फेरी ……
यो त जनतालाई आखामा छारो हाल्ने कम भयो प्रचण्ड कमरेड,
निष्चय नै “हरुवा गोरुको छेरुवा दाउ” भन्ने उखान यो सुगा रटाइले दिन्छ । पक्षपातपूर्ण र धाँधलीसहीत चुनाब गर्ने माओबादीकै चाहना थियो । तर यो खेलमा माओबादीलाई अरुदलले नै लोप्पा खुवाइदिए जस्तो छ । उसको हठले बुथ क्याप्चर र प्रोक्सी मत खसाएर गरिने धाँधली नियन्त्रण गर्न सकिने उपायलाई निष्तेज पारेको थियो ।
राष्ट्रिय परिचयपत्र समेतको महत्व राख्ने मतदाता परिचयपत्र अनिवार्य नगर्न माओबादी र मधेसबादी कै हठले रोकिएको हो । यसले प्रोक्सी मत खसाउने र बुथक्याप्चर गर्न सहज बनेको थियो ।
लोकेन्द्र विष्टको अन्तरबार्ता पढ्दा झन माओबादी बहुलाएको प्रष्टिन्छ । सिरहामा प्रचण्डलाई सड्यन्त्रपूर्वक जिताएको रे । अब निर्वाचन आयोगलाई के मा जस छ ? कीर्तिपुरमा प्रचण्डले हारे “धाँधली गरेर हराइयो” सिरहामा जिते “धाँधली गरेर सड्यन्त्रपूर्वक जिताइयो” । त्यसैले माओवादीको धाँधली रट नै बद्नियत पूर्ण छ । उसिन्नु पर्ने अण्डा फ्राई र फ्राई गर्नु पर्ने उसिनेछ कि क्याहो निर्वाचन आयोगले ?
तर यसो धाँधली नै भएन भन्न सक्ने अवस्था पनि छैन । अमेरिकामा त धाँधली हुन्छ भने नेपालको के कुरा भो र ! लेखमा बताइएको प्रमाण सही पनि हुन सक्छन् । यो पटक मतगणना नै धेरै ढीलो गरि शुरू गरेकोले धाँधलीलाई तयारी पनि रामै गरि भएको हुनसक्ने ठाँउँ छ । तर तिनीहरूका एजेन्ट चाहीँ के सुरा र सुन्दरीमै रमेर बसे त ?
नेताको काम जनतालाई खुसि दिनु हामी जनता येस्पालीको चुनाब बाट खुसि छौ भयोनि बस सिधियो!!!!!!!!!!!!!!!
निम्न कारणले माओवादी ले धादली भएको भनेको छ:
१. माओवादीले प्रतेक छेत्र मा कम्तिमा १ देखि ५ सम्म बुथ कब्जा गर्दा पनि अरु पार्टी को मत कसरि धेरै भयो? (के गर्ने आफैले बुथ कब्जा गरेको प्रमाण दिन मिल्दैन )
२. मतगणना YCL केम्प वा माओवादी पार्टी कार्यालयमा हुनुपर्च्छ भन्दा भन्दै पनि पुलिस र सेना लगाएर सदरमुकाम मा मतगणना गरियो.यसमा बिदेशी शक्तिको ठुलो हात छ
३. हामीले केहि मतपेटिका कब्जा गरेर जंगलमा लगेर मत हालेका थियोउ ति मतपेटिका गणना मा सामेल गराइयेन. यस्तो किन? अहिले पनि ति मतपेटिका जंगलमा छन्. यो भन्दा पहिलो चुनाब हामि ले जे भने तेही हुन्थ्यो यसपाली किन भएन?
४. यो आन्तरिक कारण हो. चुनाबमा धाँदली भएन भने पछि त यो हारको कारणले नैतिताकता को हिसाबले प्रचण्ड ले राजिनामा दिनु पर्ने हुन सक्च्छ तेअसैले यो आरोप प्रचण्डको कुटिल दिमाग को योजना हो
५. चार बर्षदेखि सत्ता बसेर हाली मुहाली गरेको बानि अहिले यो कार्ड फाल्यो भने पछि सत्ताको लागि बर्गेन गर्न पाइने हुनाले पार्टीका सत्ताधारीको योजनामा यो आरोप.
६. अन्तमा हामि हारेका होइनौ धाँदली भएको हो भनेर जनतालाई बेकुफ बनाउन.
यदि अरु प्रमाण चाहिए मा अझै प्रामाण हरु संकलन गर्ने भन्दै यी ६ प्रमाण पेश गरेका छौ.
माओवादी
जनता ले धादली गरेका हुन् (मन लागेका लै भोट दियर 😀 ) , अब को जमाना मा आफु मात्रै जान्नी छु भन्यो भने अझै धाधली भयर पीध मा पुराउछन
नाच्न नजान्ने आगन टेंडो………….
यस्तो रोदन र क्रन्दन गत चुनावहरुमा नउठेका हैनन् | तर के भयो त ? माओबादि आफैले बनाएको सरकार र निर्बाचन आयोग को इमान्दारितालाई छान बिन गर्ने आयोग कस्तो बन्ने हो बुझ्न गाह्रो भै ऱा छ |
माओबादी हरुको लागि पाप कार्यको हो, जनताले सहि समयमा बदला लिय अनि माओबादी को धरातल बताई दियको छन् !!!
हरेक निर्बाचनमा केहि न केहि रूपमा धाँधली भएको हुन्छ. त्यसलाई तुरुन्तै सतप्रतिसत निर्मुल गर्न सकिंदैन. त्यसको लागि समय र राम्रो योजना चाहिन्छ. यदि कसैले धाँधली भयो भनेर केहि प्रमाण जुटाएको छ भने त्यसको उचित छानबिन गरिनुपर्छ र यसबाट सबैले केहि सिकेर भविष्यमा हुने निर्बाचनहरुमा फेरी यस्तो नदोहोरियोस भनेर उपायहरु सोच्नु पर्छ. अगाडी बढ्ने सहि तरिका यहि हो.
देशका सबै मतदान केन्द्रहरुमा त धाँधली भएको होइन होला नि. त्यस्तै कुरा गर्ने भए त माओबादीले जितेका ठाउंहरुमा पनि उसले धाँधली गरेको हुनसक्छ. फेरी अरुलेपनि प्रमाण लिएर आयो भने पाएको सिट नि घट्ला. धाँधली भयो भनेर परिणाम नै नमान्ने र संबिधान सभामै नजाने भन्नु जनमतको घोर अपमान हो. यो सारा नेपालीको अपमान हो. उसलाई भोट दिने मतदाताहरुको पनि अपमान हो.
उदाहरणको लागि धेरै जसो फूटबल खेलमा रेफ्रीबाट केहि न केहि गलत डिसिजन भएको हुन्छ तर पनि हारेको टिमले त्यो परिणामलाई स्वीकारेर अघि बढ्छ. हरेक सिस्टममा कमजोरीहरु हुन्छन. त्यसलाई सुध्रिद गर्न सकिन्छ र तत्काललाई त्यसको परिणाम स्वीकार्नुको विकल्प छैन.
सत्य यहि हो कि माओबादीको हार भएकै हो. त्यसैले हार स्विकार, संबिधान बनाउ र बनाउन देउ!
देश र जनतको लागि राजनीति गर्ने भय पो सबै कुरा ठिक ठाक चल्छ सबै जना आफ्नो स्वास्नी छोरा छोरी नाता गोता गुट अनि पार्टी को लागि राजनीति गर्छन जसले सक्छ तेस्ले भ्याउछ . अनि अर्को कुरा मान्छे मारेर तर्सायर गरेको राजनीति दिर्गकालिन हुदैन नि खावोबादी हो /
सबै बकबास मात्रै हो/ सक्छौ भने प्रचण्डले जितेको क्षेत्रमा फेरी चुनब गराउ अनि दुध को दुध पानि को पानि भैहाल्छ/ काठमाडौँ मा हारिन्छ भन्ने थाहा पाएर उतातिर के के मात्रै गरेनन यिनीहरुले………..तै पनि जनता चुप छन्/
साम दाम दण्ड भेद’ जसरी भयपनी चुनाब भनेको जित्नु नै पर्छ् भन्ने महा संदेश को इज्जत राख्नै पर्यो नि, होइन र?
माथि उल्लेख गरेजस्तै हाम्रो जस्तो मुलुकमा निर्वाचन पुर्णतया स्वच्छ त हुँदैन, तर यहाँ प्रश्न के उठ्छ भने यदि साँच्चिकै त्यस्तो ठुलो संरचनागत धाँधली भएको थियो भने मङ्सिर-४ गते राति नै अथवा ५ गते बिहान सम्म पनि एमाओवादी के हेरेर बसेको थियो ? यदि यी कुराहरु मत गणना सुरु गर्नु भन्दा पहिले नै आएको भए बढि महत्व राख्ने थियो र उस्तै परे मतगणना नै रोकिन पनि सक्थ्यो | त्यतिबेला प्रचण्ड, बाबुराम हरुले ती कुरालाई महत्व नै दिएनन, र अझै सम्म पनि यस्ता सानातिना कुराले हाम्रो विजयलाई रोक्दैन भन्ने भ्रम पालेर बसिरहे | मतगणना सुरु हुने बेला सम्मैं पनि बाबुराम अबको केहि घण्टामा सबैलाई थाहा हुन्छा भन्दै फेसबुकमा संदेश पठाउँदै थिए | देशको प्रधानमन्त्री भैसकेका मान्छेहरुको कस्तो कमजोर मुल्यांकन शैली हो ? आखिर यसरि करारी हार हार्छौं भन्ने अनुमान मात्र भएको भए त यो वा त्यो बहानामा चुनाव भाँड्ने थिए होलान नि | अब धाँधलीकै कुरा गर्ने हो भने त बाबुरामको क्षेत्रमा कांग्रेश-एमालेले चुनाव कै दिन १५-१६ वटा बुथ कब्जा भएको भनेर उजुरी दिएका थिए | त्यस्तै सिराहाका एमाले उम्मेदवारले किटानी रुपमा भनेको बुथबाट प्रचण्डलाइ मात्र भोट परेको देखिन्छ, नत्र एकैछिन अघिसम्म १०-२० भोटको तलमाथि भएकोमा त्यहि २ बटा बाकसले प्रचण्डलाइ ९०० भन्दा बढि भोटको फरक कसरि दिलायो होला त ? कि आफ्ना पक्षकालाइ चाहिं प्रश्न गर्न मिल्दैन ? बास्तवमा, मार्क्सवाद पढेका हार्डकोर कम्युनिस्टहरु भेडा हुन्छन, अरुको कुरा नसुनि आत्मरतिमा मात्र रमाइरहेका हुन्छन भन्ने आरोप लाग्ने कुरा सहि नै रहेछ कि के हो ?
निर्वाचन आयोगले जारि गरेको सर्कुलर हेर्दा ‘दाल मे कुछ काला है’ भन्ने बुझियो / अनि निर्वाचन सामग्री र मतपेटिका समेत विभिन्न ठाउमा भेटिएकोले केहि गडबड छ भन्ने लाग्छ / छानबिन गर्नुपर्ने देखिन्छ / येसो गरेमा गुनासो गर्ने राजनीतिक दलहरुको चित्त पनि बुझ्छ अनि जनता जनार्दनलाइ सत्यतथ्य पनि थाहा हुन्छ /
आफु पराजित भएको कारण ढाकछोप गर्ने प्रयत्न मात्र हो . ..यति नगरे कार्यकता भाग्ने डर छ …..
प्रचण्ड आफैले बनाएको चुनाबी सरकार अनि आफैले बनाएको निर्बाचन अयोग र बैद्ग्य बा लाइ ठिक पार्न आफैले खटाएको सेना बाट धादली भयो भन्नु हार सुइकार गर्न नसक्ने मानसिकता हो जस्तो लग्छ |
उच्चस्तरीय छानबिन आयोग बनाउनु उचित छ | तर यहाँ मैले माओ सपोर्ट गरेर केहि लेख्यो भने .अनलाइक गर्ने हरु को भिड हुन्छा किनकि यहाँ सबै …………………………….भक्ति हरु मात्र छन् ||
बिना धाँधली त चुनाव हुनै नसक्ने.. भ्रष्टाचारको पराकाष्टा नाघिसकेको अवस्था हो यो. माओवादीले चुनाव हार्नुमा माथि लेखे झैं थुप्रै कारणहरु होला. तर मैले बुझ्न नसकेको कुरा चुनाव आयोगको सर्कुलर, आफ्नै निर्देशिकालाई उल्ट्याउन पर्ने गरि कस्तो वाधा अड्चन आयो होला र त्यस्तो सर्कुलर जारी गर्नु परेको?
हो महिले भन्न खोजेको पनि तेही हो बिनायेक मिश्र जी तर येहा त साथी हरु हावा तर्क गर्ने र चित्तोबुज्दो बहस गर्नु भन्दा खालि रातो मा किल्क गरेर तेरो कुरा इस भन्ने खालको बेवाहर गर्दै छन .