Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कूल मतदाताको ७७ प्रतिशत सदर मत गनिसक्दा पनि सकिएन समानुपातिक गणना

Posted on November 28, 2013November 28, 2013 by Salokya

निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन सकिएपछि औसत ७० प्रतिशत मत खसेको भन्दै यसलाई ऐतिहासिक सफलता भन्दै प्रचार गरेको थियो। त्यही बिहान बाँके ३ को केन्द्रमा मत खसाउने बित्तिकै कांग्रेस सभापति सुशील कोइरालाले यसपालि ७० प्रतिशत जति मतदान हुन्छ भनेर बाइट दिएको टेलिभिजनका फाइलहरुमा सुरक्षित नै होला। प्रत्यक्षतर्फको मतगणना सकिएको यत्रो दिन बित्दा पनि आयोगले ठ्याक्कै कति मत खसेको हो बताउन सकेको छैन। आयोगको वेबसाइटमा रहेको तथ्याङ्कलाई विश्लेषण गर्दा कूल मतदाता १ करोड २१ लाख ४७ हजार ८६५ भएकोमा प्रत्यक्षतर्फ कूल ९० लाख ४० हजार ४५१ मत खसेको छ जुन कूल मतदाताको ७४.४२ % हो। समानुपातिकमा भने प्रत्यक्षतर्फ मत खसाल्न नपाएका सेना, प्रहरी र निर्वाचनमा खटिएका कर्मचारीहरुले पनि मत खसाउन पाउने भएकोले त्योभन्दा बढी मत खस्नु स्वभाविक हो। तर आयोगले दिउँसो ३ बजे २३९ क्षेत्रको मतगणना भन्दै राखेको ९३ लाख ७७ हजार ५१९ मत भनेको सदर मतको संख्या मात्रै हो। यही मात्रै ७७.१९ प्रतिशत भइसक्यो। बदर मतको पनि हिसाब गर्ने हो भने ८० प्रतिशतको हाराहारी