Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पहिलो पटक क्रिकेट विश्वकपमा नेपाल

Posted on November 27, 2013November 28, 2013 by Salokya

t20 विश्वकपमा सँधै नेपालीहरु अरु टिमको समर्थन गरी हेर्नुपर्ने बाध्यता थियो। विश्वकप एउटा सपना जस्तो लाग्थ्यो हामीलाई। तर यस पटक ट्वान्टी २० क्रिकेटको विश्वकपमा नेपालले छिमेकी देशको हैन, आफ्नै चन्द्रसूर्य फहराएर आफ्नै देशको टिमलाई समर्थन गर्न पाउने छन्। हङकङसँग भएको रोमाञ्चक खेलको अन्तिम बलमा विजय लक्ष्य भेट्टाएर नेपाल विश्वकपका लागि छनौट भएको हो। 

नेपालले टस जितेर ब्याटिङ गर्न हङकङलाई आह्वान गरेपछि उसले आठ विकेटको क्षतिमा १४३ रन बनाएको थियो।

अन्तिम ओभरमा ६ बलमा १३ रन बनाए नेपाल विश्वकपका लागि छनौट हुन्थ्यो। यो ओभर नेपाली क्रिकेट इतिहासमा सदा स्मरणीय रहनेछ।

क्रिजमा थिए शरद भेषावकर र प्रदीप ऐरी। बलिङ गर्दै थिए हसिब अमजद।

मैदानमा उपस्थित नेपाल समर्थकहरुमात्र हैन एनटिभी प्लसमा लाइभ हेरिरहेका सारा नेपालीको मुटु ढुकढुक गरिरहेको थियो।

पहिलो बलमा शरद्ले छक्का हानिदिए।

अब ५ बलमा ७ रन बनाए विश्वकपमा छनौट।

दोस्रो बलमा पनि शरदले चौका हानिदिए। अब ४ बलमा ३ रन बाँकी।

तेस्रो बलमा शरद्ले एक रन लिए। अब ३ बलमा २ रन बाँकी।

चौथो बलमा ब्याटिङमा थिए प्रदीप ऐरी। अमजदले बल फ्याँके तर कुनै रन बनेन। अब २ बलमा २ रन बाँकी।

पाँचौँ बलमा प्रदीप ऐरीले एक रन लिए। स्कोर बराबर भयो। जितका लागि एक बलमा एक रन।

ब्याटिङमा थिए शरद्। फ्याँके अमजदले बल। हङकङका सबै खेलाडी एक रन जोगाउन घेरा हालेर बसेका थिए। शरदको ब्याटमा ठोक्किएको बललाई हङकङका खेलाडीले रोक्न खोजेका थिए तर बल मैदानमा गुड्दै गयो। हाम्रो आँखा त्यसैमा थियो। किनकि टिभीको क्यामेरा त्यतै। त्यतिञ्जेल एक रन बनिसकेको थियो। त्यसको मतलब नेपाल विश्वकपका लागि छनौट भइसकेको थियो। र यो ऐतिहासिक सफलता थियो नेपालका लागि।

हेर्नुस् यो रोमाञ्चक ओभर भिडियोमा

नेपालले यो सफलता राज्यले धेरै सुविधा दिएर, क्रिकेट स‌ंघले राम्रो व्यवस्था गरिदिएर पाएको हैन। खेलाडीहरुको कडा मेहनत अनि पारस जस्तो क्याप्टेन र पुबुदु दासानायके जस्तो कोचका कारण पाएको हो। सारा नेपालीको शीर ठाडो पार्ने सबै नेपाली खेलाडीलाई सलाम्। नेपाललाई ऐतिहासिक सफलता दिलाउने क्याप्टेन र कोचलाई धन्यवाद।

विश्वकप कहाँ र कहिले हुन्छ ?

नेपालले विश्वकप खेल्ने भयो। तर त्यसो भन्दैमा भारतीय वा पाकिस्तानी अथवा श्रीलंकाली स्टार क्रिकेटरहरुसँग नेपालले खेलेको तुरुन्तै हेर्न भने पाइने छैन। टेस्ट खेल्ने टप ८ देशसँग खेल्न नेपालले पहिला ग्रुप एमा आयोजक बंगलादेश वा ग्रुप बीमा जिम्बाब्वे रहेको चार देश सम्मलित समूहमा खेली ग्रुप टप भए बल्ल इङल्यान्ड न्युजिल्यान्ड साउथ अफ्रिका र श्रीलंका भएको समूह १ वा भारत पाकिस्तान अस्ट्रेलिया वेस्ट इन्डिज भएको समूह २ मा प्रवेश पाउँछ।

ट्वान्टी २० खेल हो के भन्न सकिन्छ र, विश्वकपमा पनि पहिलो चरण पार गरी टेस्ट खेल्ने राष्ट्रलाई हराइदियो भने ? किनकि हामी सपना देख्न थालेका छौँ। हामीलाई सपनामा विश्वास गर्न हाम्रो टिमले सिकाइसकेको छ। अब यो ऐतिहासिक सफलता पाइसकेपछि नेपाललाई गुमाउनु केही छैन। अब पाउनु मात्र छ।

विश्वकप सन् २०१४ को १६ मार्चदेखि हुनेछ। नेपालले पहिलो चरणमा तीन खेल खेल्नेछ। यी खेल १६ देखि २१ मार्चको बीचमा हुनेछ। यो चरण पार गरे बाँकी तीन खेल २४ मार्चदेखि १ अप्रिलको बीचमा हुनेछ।

19 thoughts on “पहिलो पटक क्रिकेट विश्वकपमा नेपाल”

  1. Shrestha Basanta (from Singapore) says:
    November 29, 2013 at 11:58 am

    ३ दिन भैसक्यो यो ऐतिहासिक सफलता नेपाल लाई प्राप्त भएको,
    तैपनि आज सम्मपनि जहाँ जहाँ नेपाली क्रिकेट टिमको समाचार देख्छु, नपढी र कमेन्ट नगरी चित्त नै बुझ्दैन / अनि हरेक चोटी बारम्बार तेही कुरा पढ्दा पनि हर्ष ले आँखा रसाउन छोडदैन …
    यो अबस्मरनिय मिठो पल को लागि नेपाली क्रिकेट टिमलाई मेरो Salute अनि हृदयदेखि मुरी मुरी धन्यबाद!!

    You made all of us Neaplese around the World feel PROUD ‘Neapli Cricket Team’.
    Go ahead to create another History, we will all be there to make the Loudest cheer for our Team!

    Reply
  2. Kishor Shrestha says:
    November 28, 2013 at 4:19 pm

    Congratulation Nepalese Team, Coach and Officials. Of course, it’s a big achievement in Nepalese sports history. We expect such wonderful results by our team in future matches also.

    Reply
  3. Basant says:
    November 28, 2013 at 4:14 pm

    खुशी ले येति भाबुक भए कि आफ्नो खुशी क्रिकेट को क पनि नजान्ने छोरी सित साटे

    Reply
  4. sam says:
    November 28, 2013 at 1:10 pm

    नेपालले यो सफलता राज्यले धेरै सुविधा दिएर, क्रिकेट स‌ंघले राम्रो व्यवस्था गरिदिएर पाएको हैन। एकदम राम्रो केहि नगर्दिये को मा नत्र आफ्नो मान्छे छिराएर कहिले जित्न दिनी थिएनन् नत्र तेस्ता धोति बंगाली भन्दा नेपाल क कम अब बरु केहि गर्ला आफ्नो मान्छे छिराएर पुरा line up नै बिगर्लान भन्नि त्राश पो छ तेस्तो हुनु भन्दा बरु हामी सब मिल्येरा my संसार लाई केहि आगाडी जोगाए जस्तरी जोगावउनु पर्छ……my संसार ले कल्याण कॊस खोल्नु पर्यो ताकी नेपाल मा आपत बिपात को बेला हामी सर्ब साधारण मान्छे को सहयोग my संसार कल्याण कॊस बाट दिन सकियोस सायद त्यो सहयोग पछि हामी आफै लाई नै खाचो पर्नी हो कि विदेश मा भएकाले हरेक हप्ता १ burger meal कम खाएर र नेपाल मा भएका ले कम मा महिना मा १ plate मो: मो कम खाएर त्यो पैसा कोस मा जम्मा गर्न सकियो भन्ये हाम्रै पैसाले कुनै ngo ingo भन्दा बलियो रुप मा सहयोग गर्न वा पाउन सकिन्छ यो मेरो my संसार लाई request मात्र होइन हामी लाई हाम्रै सहयोग को लागि गुहार हो येदि साथी हरु मेरो कुरा मा सहमात हुनु हुन्छ भन्ये कृपया my संसार लाई हरएक ब्लग मा येस्तै कमेन्ट को साथ् गुहारौ जय my संसार जय नेपाल जय हामी सबै असल देश भक्त नेपाली

    Reply
  5. sundip says:
    November 28, 2013 at 7:42 am

    ़यी माथिका हरफ हरु पढ्दा र मित्रहरुको कमेन्ट पढेर आँखा रसाए| बधाई छ हाम्रो टिम लाई! जय नेपाल! जय नेपाली आमाका सपुतहरु!

    Reply
  6. samrat~ says:
    November 28, 2013 at 7:33 am

    यो Commonwealth Sports मा भरसक नेपाल मात्र non Commonwealth देश हो जहा सम्म मैले थाहा पाए अनुसार..जाहा जाहा अंग्रेज साम्राज्बाद ले रुल गर्यो त्यो त्यो देश मा मात्र यो खेल को पोपुल्यारिटी पाइन्छ. आज भन्दा २०-२२ बर्स अगाडी सम्म क्रिकेट को क सुनिदैन थियो नेपाल मा. येति चाडो छलांग मार्न सफल भएको मा सबै रास्त्रिये खेलाडी हरु लाइ बधाई अनि ध्न्येबाद छ. अरु कुनै खेल मा अंतर्रास्त्रिये स्तर मा केहि गर्न न सकेता पनि क्रिकेट मा चाडो प्रगति गरेको मा हामि सारा नेपालि ले गर्ब महसुस गरेका छोउ.

    Reply
    1. Krishna (...) says:
      November 28, 2013 at 9:42 am

      the Netherlands is also a non Commonwealth nation

      Reply
    2. vishu says:
      November 28, 2013 at 1:32 pm

      अफगानस्थान पनि commonwealthma पर्दैन नि होएइन र ??

      Reply
    3. Sisir says:
      November 28, 2013 at 2:41 pm

      यो चाही अलि होइन कि “आज भन्दा २०-२२ बर्स अगाडी सम्म क्रिकेट को क सुनिदैन थियो नेपाल मा ”
      हो निस्चय पनि अहिलेको satellite Tv र इन्टरनेटको द्रुत सूचना संजालको जमानामा जस्तो पपुलर थिएन होला तर ३०-४० वर्ष अगि देखिनै तराई तिरका धेरै ठाउहरुमा क्रिकेटको राम्रै क्रेज थियो बिसेष त भारतमा पढेका र सिमाना जोडिएका ठाउमा यो पहिले देखिनै पपुलर थियो / त्यो बेला नै तराई तिर त अल इन्डिया रेडियो मार्फत क्रिकेटको live commentary सुन्ने पनि प्रसस्तै हुन्थिये / एसको प्रमाडको रुपमा १९९६ को नेपाली राष्ट्रिय टिमका लगभग सबै खेलाडी तराई तिरका हुनाले नै प्रमादित गर्छ र अहिले पनि बाहुल्यता तेतैका खेलाडी कै हुने गर्छ / काठमाडौँ मा त ५० वर्ष अगि पनि ठुला ठुला प्रतियोगिता हुन्थिये रे , बालुवाटार क्रकेट क्लबको इतिहास पनि निकै लामो छ / फरक के हो भने पहिले क्रिकेट हेर्न चौरमै जानु पर्थियो भने अहिले घरमै बसी बसी हेर्न सकिन्छ जसले क्रिकेट बडी पपुलर हुन मद्दत गरेको छ / छिमेक राष्ट्रको प्रभाव पनि प्रमुख कारण हो /
      जे भएता पनि यो जितले सारा नेपालीको सिर उचो र छाती चौडा बनाएको छ / म जस्ता नेपाली क्रिकेटका die-heart fan हरुलाई यो दिन सधै स्मरडिय रहने छ / यात्रा अझै धेरै कठिन र लामो छ / बधाई टिम नेपाललाई / जय नेपाल 🙂

      Reply
  7. kale krishna says:
    November 28, 2013 at 6:27 am

    (” विश्वकप एउटा सपना जस्तो लाग्थ्यो हामीलाई। तर यस पटक ट्वान्टी २० क्रिकेटको विश्वकपमा नेपालले छिमेकी देशको हैन, आफ्नै चन्द्रसूर्य फहराएर आफ्नै देशको टिमलाई समर्थन गर्न पाउने छन्।”) माथिको यी पंक्तिहरु पढ्दा मुटु धक्क भयो र आँखा हरु रसाए..
    यो जित Cricket Team को मात्रै नभई हामी सबै नेपालीहरुको हो! काममा हुँदा Live Video हेर्न नपाए पनि Score चै ५-५ Second मा Refresh गर्दै हेरिएको थियो र काम बाट फर्किदा ट्रेन र बाटोमा पनि!! अन्तिम बलमा जित हाम्रै भयो! साँची नै अब यो ऐतिहासिक सफलता पाइसकेपछि नेपाललाई गुमाउनु केही छैन र सफलता थप्दै जाने ठाउँ मात्रै छ!!
    जय नेपाली Cricket Team

    Reply
  8. डिल्ली says:
    November 28, 2013 at 5:32 am

    स्यावास नेपाली समग्र क्रिकेट टोलीलाई । कोच र खेलाडीको मेहनत । नेपाल सरकारले सुबिधा त के दियो होला र उनीहरूको खान्कीको ६०% कर्मचारीको खल्तीमै हरायो होला ।

    खेलाडीले खेलबाटै निश्चिन्त भएर बाँच्न सक्ने भए हरेको खेलाडीले यसरी नै देशको नाम राख्न सक्ने छन् । यो पक्का हो ।

    Reply
  9. Prashanta says:
    November 28, 2013 at 4:36 am

    पारस खड्का लगायत सम्पूर्ण नेपाली टोलीलाई हार्दिक बधाई ! देशका राजनैतिक खेलाडीहरुले राम्रो खेल खेल्न नसकेपनि हाम्रा क्रिकेट खेलाडीहरुले अत्यन्तै राम्रो खेल खेल्नु भएकोले हामी नेपालीले गर्व गर्ने मौका पाएकाछौ | आशा छ यो टोलीले विश्व कपमा समेत आफ्नो नाम उचो राख्नेछ | विश्व कप तयारीको लागि क्रिकेट संघ, खेलकुद परिषद तथा नेपाल सरकारले कुनै कसर बाँकि नराखोस | आवश्यक पर्यो भने नेपाली टोलीको लागि आफ्नो छाक कटाएर भएपनि सहयोग गर्न हामी तत्पर छौ |

    Reply
  10. Shyam says:
    November 28, 2013 at 4:28 am

    केहि दिनबाट नेपाल र सबै नेपालीहरुको लागि
    खुसीका कुराहरु आउदा धेरै गर्ब लागेको छ क्रिकेट टिमलाई
    हार्दिक बधाई अनि शुभकामना भाग्य र संयोग हुनुपर्छ
    एकै दिन नेपाल विश्व क्रिकेटमा छनौट र बुद्धको
    जन्मस्थलमा थप पुरातात्विक बस्तुहरु ले थप बैज्ञानिक
    प्रमनाहरुले नेपाललाई विश्व सामु चिनौना थप उर्जा
    मिलेको छ

    श्याम गिरी

    USA

    Reply
  11. नवराज, नेदरल्याण्ड says:
    November 28, 2013 at 2:41 am

    क्रिकेट को अलि बढी नै क्रेज भएर होला, जीवनमा आज जस्तो खुसि र उकुसमुकुस कहिले पनि महसुस भएको थिएन | मुटु भित्रै देखि धन्यबाद नेपाली क्रिकेट टोलिलाई यो खुसि को लागि अनि धेरै धेरै बधाई सम्पूर्ण क्रिकेटप्रेमी हरुलाई | यस्ता खुसि का पल हरु फेरी पनि महसुस गर्न पाइयोस भन्ने कामना |

    Reply
  12. eklavya says:
    November 28, 2013 at 1:54 am

    कति परिपक्व खेल तेस्तो दवाबमा पनि कति सहज देखिन्थे हाम्रा खेलाडीहरु साचै यिनीहरुलाई भगवान्ले हाम्रो देशको लागि खेल्न चुनेको जस्तो ….र कप्तान को त कुरै छोडौ उसले नेपालको सबैभन्दा प्रतिष्ठित पुरस्कार सम्मान र पदबाट सम्मानित हुनुपर्छ ..जय नेपाल र जय नेपाली खेलाडीहरु…..

    Reply
  13. kedar says:
    November 28, 2013 at 1:49 am

    नेता र राजनीतिले पचासौं वर्ष देखि निराश बनाएको हामी नेपालीलाई खुसि पनी छ यो दुनियाँमा भनेर चिनाउने सम्पूर्ण क्रिकेट खेलाडीहरुलाई हामी सम्पूर्ण नेपालीको कोटी कोटी महा कोटी धन्यबाद |

    Reply
  14. Shailesh says:
    November 28, 2013 at 1:03 am

    ” किनकि हामी सपना देख्न थालेका छौँ। हामीलाई सपनामा विश्वास गर्न हाम्रो टिमले सिकाइसकेको छ। अब यो ऐतिहासिक सफलता पाइसकेपछि नेपाललाई गुमाउनु केही छैन। अब पाउनु मात्र छ।”
    What a nice words …. I wish all of us have same attitude, not only in cricket but in the all aspects of our life .

    Reply
  15. gopi karki says:
    November 28, 2013 at 1:02 am

    सारा नेपालीको शीर ठाडो पार्ने सबै नेपाली खेलाडीलाई सलाम्

    Reply
  16. yogi says:
    November 28, 2013 at 12:51 am

    बधाई छ सबै जात जाति सम्मिलित नेपाली क्रिकेट टीम लाई…अब राजनीतिमा पनि सबै जात जाति मिलेर देश लाई बिस्व स्तर मा पुर्याउनु पर्छ….नया दिन को नया सुरुवात अब राजनीति मा पनि….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme