Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

[प्रोजेक्सन अपडेट बुधबार राति १० बजे] गणना सकिनैलाग्दा कांग्रेसको एमालेसितको अन्तर फराकिलो

Posted on November 27, 2013November 28, 2013 by Salokya

निर्वाचन आयोगले बुधबार राति ९ बजेर ५१ मिनेट जाँदा अपडेट गरेको तथ्याङ्क अनुसार समानुपातिकतर्फ ८४ लाख ४३ हजार ९५८ सदर मत गनिसकिएको छ। यो भन्नु झण्डै ९९ प्रतिशत हो। लगभग मतगणना सकिएको छ। समानुपातिकमा सुरुदेखि नै एमालेले अग्रता लिइरहेको भए पनि जसरी प्रत्यक्षतर्फ अन्तिममा कांग्रेसले बाजी मार्‍यो, त्यसरी नै समानुपातिकमा पनि अहिलेको गणनालाई अन्तिम मान्ने हो भने कांग्रेसले एमालेसँग समानुपातिक सिटमा ७ सिटको अग्रता कायम गर्नेछ। कांग्रेसले समानुपातिकतर्फ ९१, एमालेले ८४ र माओवादीले ५४ सिट पाउने देखिन्छ। त्यसैगरी राप्रपा नेपालले २३, फोरम लोकतान्त्रिक र राप्रपाले १०-१० सिट पाउने देखिन्छ। प्रत्यक्षसमेतको सिट जोड्दा कांग्रेस १९६, एमाले १७५ र माओवादी ८० हुने देखिन्छ। सहमतिको सरकार नबनेमा यो संरचनाबाट ३०१ को बहुमत पुर्‍याइ सरकार बनाउन कांग्रेस र एमालेबीच हानाथाप हुने देखिन्छ। प्रत्यक्ष र समानुपातिक दुवै गरी विजय गच्छदारको फोरम लोकतान्त्रिक सबैभन्दा ठूलो मधेसकेन्द्रित दल हुनेछ। योसित १४ सिट हुनेछ। उपेन्द्र यादवको फोरम नेपाल र महन्थ ठाकुरको तमलोपा प्रत्येकको १०/१० सिट हुनेछ। अहिलेसम्मको मतपरिणामबाट कसले कति सिट पाउला ? भित्र हेर्नुस्-

मतगणको अन्तिम परिणामसँगै दलहरुले पाएको मतका आधारमा यो संख्यामा सामान्य तलमाथि हुनसक्नेछ।

पार्टी नाम समानुपातिक प्रत्यक्ष सिट कूल सिट
नेपाली काँग्रेस

91

105

196

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)

84

91

175

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

54

26

80

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

23

0

23

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)

10

4

14

राष्ट्रिय प्रजातन्त्र पार्टी

10

3

13

मधेशी जनअधिकार फोरम, नेपाल

8

2

10

तराई–मधेश लोकतान्त्रिक पार्टी

6

4

10

सङ्घीय समाजवादी पार्टी, नेपाल

5

0

5

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)

5

0

5

सद्भावना पार्टी

4

1

5

नेपाल मजदुर किसान पार्टी

3

1

4

राष्ट्रिय जनमोर्चा

3

0

3

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

3

0

3

थरुहट तराई पार्टी नेपाल

3

0

3

राष्ट्रिय जनमुक्ति पार्टी

3

0

3

तराई मधेश सदभावना पार्टी नेपाल

2

1

3

राष्ट्रिय मधेश समाजवादी पार्टी

3

0

3

स्वतन्त्र

0

2

2

नेपाल परिवार दल

2

0

2

दलित जनजाति पार्टी

2

0

2

अखण्ड नेपाल पार्टी

1

0

1

जनजागरण पार्टी नेपाल

1

0

1

नेपाः राष्ट्रिय पार्टी

1

0

1

नेपाली जनता दल

1

0

1

समाजवादी जनता पार्टी

1

0

1

खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल

1

0

1

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)

1

0

1

संघीय सद्भावना पार्टी

1

0

1

मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)

1

0

1

संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल

1

0

1

मधेश समता पार्टी नेपाल

1

0

1

 

पुरानो अपडेटः
[प्रोजेक्सन अपडेट बुधबार दिउँसो ४ बजे] 
निर्वाचन आयोगले बुधबार दिउँसो ४ बजेर १ मिनेट जाँदा अपडेट गरेको तथ्याङ्क अनुसार समानुपातिकतर्फ ८१ लाख ८४ हजार ४४९ सदर मत गनिसकिएको छ। यो भन्नु झण्डै ९६ प्रतिशत हो। यति मत गन्दा कांग्रेसले समानुपातिकतर्फ ९१, एमालेले ८४ र माओवादीले ५४ सिट पाउने देखिन्छ। त्यसैगरी राप्रपा नेपालले २३, फोरम लोकतान्त्रिक र राप्रपाले १०-१० सिट पाउने देखिन्छ। प्रत्यक्षसमेतको सिट जोड्दा कांग्रेस १९६, एमाले १७५ र माओवादी ८० हुने देखिन्छ। सहमतिको सरकार नबनेमा यो संरचनाबाट ३०१ को बहुमत पुर्‍याइ सरकार बनाउन कांग्रेस र एमालेबीच हानाथाप हुने देखिन्छ। अहिलेसम्मको मतपरिणामबाट कसले कति सिट पाउला ? भित्र हेर्नुस्-

_________________________________________
पुरानो अपडेटः
[प्रोजेक्सन अपडेट बुधबार मध्याह्न] एमालेको एक सिट घट्यो, कांग्रेस-माओवादी-राप्रपानेपाल स्थिर

निर्वाचन आयोगले बुधबार मध्याह्न १२:१० दिएको तथ्याङ्क अनुसार हालसम्म करिब ८५ लाख भोट मध्ये ७० लाख ६७ हजार ७०७ सदर मतको गणना सकिएको छ। अघिल्लो अपडेटमा भन्दा यस पटकको गणनामा एमालेले कम मत पाएको छ। फलस्वरुप अघिल्लोमा ८८ समानुपातिक सिट पाउने भएको एमाले अहिले ८७ मा झरेको छ। कांग्रेसको पक्षमा भोट आउने क्रम जारी छ। जसले एमालेसँग समानुपातिकमा ५ सिटको अग्रता अर्थात् अघिल्लो अपडेटमा झैँ ९२ सिट कायम छ। माओवादीको ५४ सिट पनि कायमै छ। राप्रपा नेपाल पनि २३ सिटमा कायमै छ। काठमाडौँको मतगणनामा धेरै सिट पाउँदा यसको सिट बढेको हो। तर हाल गणना भइरहेका क्षेत्रहरुमा उल्लेख्य मत नपाएका कारण हिजोको अपडेटमा भन्दा सिट प्रगति भएको छैन।

हालसम्मको गणनाको आधारमा निर्वाचन आयोगले गर्ने गणना विधि अनुसार सिट बाँडफाँड गर्दा कुन दलले कति सिट पाउँछन् त, त्यसको पूर्ण प्रोजेक्सन भित्र। थप मतगणनासँगै दलहरुले पाएको मतका आधारमा यो संख्या केही तलमाथि हुनसक्नेछ।

समानुपातिक सिटको प्रोजेक्सन, जितेका प्रत्यक्ष सिट र अनुमानित कूल सिट संख्या हेर्नुस्-

3 thoughts on “[प्रोजेक्सन अपडेट बुधबार राति १० बजे] गणना सकिनैलाग्दा कांग्रेसको एमालेसितको अन्तर फराकिलो”

  1. shyam says:
    November 28, 2013 at 10:46 am

    संसदीय व्यबस्थाको विकृतिको शुरुआत ताका मुसा पार्टी भनेर कहलिएको राप्रपा चौथो ठुलो दल बनेर आयो| हिन्दु अतिवादीहरु नेपाललाई हिन्दुस्तान बनाउन लागि पर्नेछन| हेर्नुछ प्रचण्डले उनीहरुको साथ् दिन्छ कि कांग-मालेले?

    Reply
  2. ekraj says:
    November 28, 2013 at 10:01 am

    मायो बादीको पत्तासाफ फएको भए अझ राम्रो हुने थियो| तर देश बिकाश सम्बन्धि र जिम्मेबार सरकारहुने सम्भावना भने झनै नहुने कुरा लेखेरै ठोकुवा गरे पनि हुञ्छ|
    किनकि:
    १.पुराना मरेका स्याल, भ्रस्ट, कुयेका नपुंशक, गतिछाडा, निकम्बा, नैतिक पतन र हुतिहारा हरु मन्त्रि बन्ने सम्भावना बडी भयो|

    २. जसका चटक, नौटंकी, बजेट हिना बिना; अपराधीलाई बचाउने, र पैसा खाएर मन्त्रि बनाउने हरुलेइ नै सरकार मा प्रधान मन्त्रि बाट अरु मन्त्रि बन्ने कुरा मा विवाद नहोला|
    ३. इनका काम गराई, र न्याय पार्टीको उदासिनता पहिलेइ धेरै पटक देखि सकियो र अब के बाकी छ?
    ४. तेस्ता चिहान मा गाडी सकेका हरु जुर्मुरौदै उठ्दा कुन स्वबिमानी देश बाशीको मनमा उत्साह बढ्ला?
    ५. अब यस्ता चोर हरुलाई अर्को चुनाब नभइन्जेल उपचार गर्ने उपाए केहि छ?|
    ६. कसलाई चाहिएको छ, कुजता जस्ता बिबेक हिन, चरित्र हिन नेता?
    ७. कुन मर्यादा भएका पार्टीले यो र यो जस्ता अरुलाई घुमाई फिराई रुम्जाटार भने जस्तो गरेर ल्यौछां?

    Reply
  3. Aman says:
    November 28, 2013 at 1:58 am

    धेरै मुसा पार्टी हरु भए . संबिधान को जहाज दुबाउला की

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme