Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

[प्रोजेक्सन अपडेट राति ९:५२] अघिल्लो अपडेटमा भन्दा फोरम नेपाल, तमलोपा र सदभावनाको प्रगति

Posted on November 26, 2013November 26, 2013 by Salokya


निर्वाचन आयोगले राति ९:५२ मा दिएको तथ्याङ्क अनुसार हालसम्म करिब ८५ लाख भोट मध्ये ६३ लाख ९६ हजार ७५ सदर मतको गणना सकिएको छ। अघिल्लो अपडेटमा भन्दा यस पटकको गणनामा तराईकेन्द्रित दलहरु फोरम नेपाल र तमलोपा र सदभावनाको मत ह्वात्तै बढेको छ। त्यसैले कांग्रेस, एमाले र माओवादीको सिट घटेको छ भने यी दलको सिट बढेको छ। तर कांग्रेसले एमालेसित समानुपातिकमा चार सिटको अग्रता कायम राखेको छ। अघिल्लो अपडेटमा यो अग्रता ५ सिटको थियो। प्रत्यक्षमा झन् कांग्रेसले एमालेसित १४ सिटको अग्रता कायम गरेको छ। हालसम्मको गणनाको आधारमा निर्वाचन आयोगले गर्ने गणना विधि अनुसार सिट बाँडफाँड गर्दा कांग्रेस ९२ एमाले ८८ र माओवादीको पोल्टामा ५४ सिट पर्नेछ। चौथो स्थानमा रहेको राप्रपा नेपाल पनि तराईको मतगणनाको परिणाम आएपछि पछि परेको छ। उसको पनि अघिल्लो अपडेटमा भन्दा एक सिट घटेको छ। यसको मतलब उनीहरुले अरु दलको तुलनामा कम मत पाएका छन्। अघिल्लो अपडेटमा भन्दा द्रुत प्रगति उपेन्द्र यादवको पार्टी फोरम नेपालको देखिएको छ। यसको मतलब अहिले गणना भएका तराईका निर्वाचन क्षेत्रमा यो दलले प्रशस्त समानुपातिक मत पाएको छ। अघिल्लो अपडेटमा भन्दा दुई सिट बढाएर यसले समानुपातिक सिट ८ पुर्‍याएको छ। तमलोपाले पनि एक सिट प्रगति गरेको छ। संघीयताविरोधी चित्रबहादुर केसीले यस पटकको अपडेटमा कम भोट पाएर एक सिट गुमाएर ३ मा पुगेको छ। संघीयताकै मुद्दामा एमालेसँग टुक्रिएको संघीय समाजवादी भने अघिल्लो अपडेटसरह ५ सिटमा कायम छ। एक दर्जनभन्दा बढी दलले दुई वा एक सिट पाउने छन्। कुन दलले कति सिट पाउँछन्। त्यसको पूर्ण प्रोजेक्सन भित्र। थप मतगणनासँगै दलहरुले पाएको मतका आधारमा यो संख्या केही तलमाथि हुनसक्नेछ।

_________________________________
पुरानो अपडेटः

[प्रोजेक्सन अपडेट दिउँसो ३:३७] समानुपातिकमा कांग्रेसको ५ सिटको अग्रता, फोरम लोकतान्त्रिकको १० सिट
PR330
निर्वाचन आयोगले दिउँसो ३:३७ मा दिएको तथ्याङ्क अनुसार हालसम्म करिब ८५ लाख भोट मध्ये ५६ लाख ९५ हजार ६६४ सदर मतको गणना सकिएको छ। अघिल्लो अपडेटमा भन्दा कांग्रेसले अरु दलको तुलनामा धेरै नै मत पाएको छ। यही मतलाई अन्तिम मान्ने हो भने कांग्रेसले समानुपातिकमा एमालेसित ५ सिटले अग्रता लिनेछ। अघिल्लो अपडेटमा यो अग्रता मात्र १ सिटको थियो। प्रत्यक्षमा झन् कांग्रेसले एमालेसित १४ सिटको अग्रता कायम गरेको छ। हालसम्मको गणनाको आधारमा निर्वाचन आयोगले गर्ने गणना विधि अनुसार सिट बाँडफाँड गर्दा माओवादी समानुपातिकमा ५५ सिटमा सीमित हुनेछ भने प्रत्यक्षमा एउटै सिट नजित्ने र अघिल्लो पटक ४ सिटमा सीमित भएको राप्रपा नेपालले २४ सिट पाउनेछ। अघिल्लो अपडेटमा भन्दा माओवादी र राप्रपा नेपाल दुवैको सिट घटेको छ। यसको मतलब उनीहरुले अरु दलको तुलनामा कम मत पाएका छन्। अघिल्लो अपडेटमा भन्दा द्रुत प्रगति फोरम लोकतान्त्रिकको पनि देखिएको छ। यसको मतलब अहिले गणना भएका तराईका निर्वाचन क्षेत्रमा यो दलले प्रशस्त समानुपातिक सिट पाएको छ। फोरम लोकतान्त्रिक र राप्रपाको समान १० सिट छ। संघीयताविरोधी चित्रबहादुर केसीले प्रत्यक्षमा एक सिट नजिते पनि ४ सिट पाउनेछ। संघीयताकै मुद्दामा एमालेसँग टुक्रिएको संघीय समाजवादीले पनि प्रत्यक्षमा एक सिट नजिते पनि ५ सिट पाउनेछ। एक दर्जनभन्दा बढी दलले एक सिट पाउने छन्। कुन दलले कति सिट पाउँछन्। त्यसको पूर्ण प्रोजेक्सन भित्र। आधाभन्दा बढी मत गन्न बाँकी रहेकोले थप मतगणनासँगै दलहरुले पाएको मतका आधारमा यो संख्या केही तलमाथि हुनसक्नेछ।

_______________________________________________________________________
पुरानो अपडेट
[प्रोजेक्सन अपडेट बिहान १०:०२] समानुपातिकमा कांग्रेसको २ सिटको अग्रता
PR10am
निर्वाचन आयोगले हिजो साँझ ६ बजेदेखि नयाँ तथ्याङ्क उपलब्ध नगराए पनि आज बिहान १०:०२ मा दिएको तथ्याङ्क अनुसार हालसम्म करिब ८५ लाख भोट मध्ये ४० लाख ३७ हजार ७२१ सदर मतको गणना सकिएको छ। यसैलाई अन्तिम मान्ने हो भने कांग्रेसले समानुपातिकमा एमालेसित २ सिटले अग्रता लिनेछ। प्रत्यक्षमा झन् कांग्रेसले एमालेसित १४ सिटको अग्रता कायम गरेको छ। हालसम्मको गणनाको आधारमा निर्वाचन आयोगले गर्ने गणना विधि अनुसार सिट बाँडफाँड गर्दा माओवादी ५६ सिटमा सीमित हुनेछ भने प्रत्यक्षमा एउटै सिट नजित्ने र अघिल्लो पटक ४ सिटमा सीमित भएको राप्रपा नेपालले २६ सिट पाउनेछ। पाँचौँ दल राप्रपा हुनेछ ११ सिटका साथ। संघीयताविरोधी चित्रबहादुर केसीले प्रत्यक्षमा एक सिट नजिते पनि ४ सिट पाउनेछ। संघीयताकै मुद्दामा एमालेसँग टुक्रिएको संघीय समाजवादीले पनि प्रत्यक्षमा एक सिट नजिते पनि ६ सिट पाउनेछ। एक दर्जनभन्दा बढी दलले एक सिट पाउने छन्। कुन दलले कति सिट पाउँछन्। त्यसको पूर्ण प्रोजेक्सन भित्र। आधाभन्दा बढी मत गन्न बाँकी रहेकोले थप मतगणनासँगै दलहरुले पाएको मतका आधारमा यो संख्या केही तलमाथि हुनसक्नेछ।

11 thoughts on “[प्रोजेक्सन अपडेट राति ९:५२] अघिल्लो अपडेटमा भन्दा फोरम नेपाल, तमलोपा र सदभावनाको प्रगति”

  1. Shankar says:
    November 27, 2013 at 10:17 pm

    पहिले राजा महेन्द्र ले लेखेको नातिकाजीले गाएको यो गीत यु ट्युब मा सुनौ
    ” रहुला हामि नेपालि कहा , नेपाली न रहे ” कति मार्मिक छ ?
    हिजो मावोबादिले जुन शक्तिको आडमा सद्यान्त्र्पुर्बक राजतन्त्र लाइ हटाएको थ्यो आज त्यहि शक्ति ले उस्तै सड्यन्त्र पुर्बक मावोबादिलाई कुना पसाइदियेको छ | निश्चय पनि
    त्यो शक्ति नेपाल मा स्थिर सरकार बनेको , संबिधान बनेको हेर्न चाहन्न |
    सरकार को लागि सधै खिचातानी होस् , सत्ताको लाइ पार्टी फ़ुतुन
    ,एक माना सरकार न होस् , ताकि यहा को धर्म , सामाजिक संरचना , शान्ति सधै निरिह रहोस ,आक्रमण गर्न पाइयोस , सधै नेताहरु पी यम हुन् दिल्ली धाइ रहोस र चीन लाइ बिथ्योल्न पाइयोस यो सब राजाको नेतृत्त्व मा , बा नेता भएको पार्टीको आडमा सम्भब थिएँन |

    आगामी दिन मा देउबा , प्रचण्ड ,माकुने , सुसिल , के पी ओली , झलनाथ कति चोटी के बहाना मा दिल्ली जान्छ गन्न न भुल्नु होला |

    Reply
  2. Suman Sharma says:
    November 27, 2013 at 10:56 am

    यी बुढा गोरुहरुले बालि लगाउन सक्दैनन् भन्ने थाहा भएकै कुरा हो, त्यसैले बहर गोरुलाई पालो दिएको त्यो पनि साह्रै मैमत्ता भयो, अरुलाई देखि नसहने, घाँस मात्र धेरै खान खोज्ने लोभी, काम भने केहि नगर्ने | उसको बानि सुधार्नलाइ केहीबेर अलि थोरै घाँस खुवाएर राख्न खोजेको तर उसको बानि यति धेरै बिग्रिसकेछ कि, आत्महत्या नै गर्ला जस्तो गर्छ बा |

    Reply
  3. Ram Bdr Thapa says:
    November 27, 2013 at 7:35 am

    मन जी,

    किन गर्नुहुञ्छ माओबादी बिचार – आतंक गरेर, रोएर जसरि भए पनि सट्टामा जान पर्यो/ नेपाल लाइ एस्तो असुरछित कसले बनायो/ जात, भात, तराई मधेसी, पहाडे को लडाई कसले गरायो/ तपाई राइ अहिले धनुषा बसाइ सर्नु हुन्छा? Where ever you live you are a nepali. As a Rai you should have same right as a Newar in Kathmandu or a Madheshi in Janakpur.

    This election result is people verdict not like Maoist forced people to vote last time. We must live in peace not by fighting for single race right.

    Reply
  4. बशन्त राज says:
    November 26, 2013 at 8:40 pm

    यो सब हेरेसके पछि अबको प्रस्न के छ भने “अब को प्रधान मंत्री बन्छ?” अनि के कांग्रेस अनि एमाले मिलेर २/३ बहुमत को आधारमा सहमति गरेर नेपाल को संबिधान लेक्छन त ? प्रधान मंत्री को हुने ?
    १ सुसिल कोईराला
    २ रामचन्द्र पौडल
    ३ शेर बहादुर यदि यी तिनै मध्धे एक प्रधान मंत्री हुने भय यो निर्बाचन को नाटक किन ?
    यदि कांग्रेसले जनमत कदर गरेकैभय गगन थापा को नेत्रीत्योमा मात्री मण्डल गठन गरि एमाले संग सहकार्य गरि संबिधान जारी गर्न सक्नु पर्छ अनि मात्र जनमतको सहि सम्मान हुन्छ / कांग्रेसभित्र सुजाता कोइराला नाम को कुजात स्त्री छ / येस्तालाई क्यानसरलाई समयमानै काटेर फाल्न सक्नु पर्छ /
    एमालेमा पनि बडी बोल्ने नेता छन् / के पी ओली, माकुने आदि आदि यीनलाई पनि पद भन्दा सल्हाकार राख्दा ठिक हुन्छ / एमालेले २०५७ सालमा ५१ दिन संसद बन्द नेपाल बन्द हड्ताल गरेर कांग्रेस सरकारलाई अप्डारो परेको थियो / आशा छ त्यो पुन दोहोरीने छैन / यो त फिल्मको नाम मात्र हो / फिल्म कस्तो हुन्छ यो त निर्बाचन पूर्ण परिणाम अनि त्यस पछि को पात्र अनि तिनले खेलेको भूमिका बाट फिल्म हिट हुन्छ कि फ्लप हुन्छ थाहा हुन्छ / जय नेपाल कमरेड कसरि अगाडी बढ्ने हुन् समयले बताउछ /

    Reply
  5. ekraj says:
    November 26, 2013 at 7:35 pm

    मायोबादी को घमण्ड र इनिहरुको एतिचाड़ो फेरिएको अनुहारलाई जनताले अति राम्रो निर्णय दिएकोमा अति खुसिको महसुस भै राखेको छ| केहीमात्रामा उकुश मुकुश बाट बाहिर निस्केर सास त फेरिओ| तर यो भन्दा ठुलो बिडम्बना भने, अब ति जन्मेर हाल सम्म फटाहा गिरि, ठगि र गुन्डा पाल्ने, कहिल्लेइ केहि गर्न नसकेका हुतिहारा, अल्छी मद्धेको (माकुने, ओली, झल्लु, शेरे र झुशिले) कुन चाहिंले प्रधान मन्त्रि को कुर्सि हडपेर देश लुटेर देश मा कुनै पनि बिकाश काम हुन नदिने हो भन्ने जनतालाई अर्को कुराले चिन्ता पनि उत्तिकै हुन लागेको छ|
    किनकि इनिहरुको हुति सबै देखि सकेहो हो| हेरौं चिहान बाट उठेर आएको भुत ले अब के गर्दछन|

    Reply
  6. Man Limbu says:
    November 26, 2013 at 5:17 pm

    एमाले, कांग्रेस तथा राप्रपा नेपाल जस्तो घोर रास्ट्रघाती, घोर भ्रस्टचारी, घोर प्रतिगामी, घोर सामन्ती, घोर राजाबादीले चुनाब जिते पछि अब नया नेपाल नबन्ने भो, अग्रगमनकारी संबिधान नबन्ने भो, संघियता र गणतन्त्र संस्थागत नहुने भो
    अब नेपाल मा राजतन्त्र सहितको बहुदलिय प्रजातन्त्र आउने निश्चित छ

    अब हामी अग्रगामी तथा परिवर्तनकारी शक्ति फेरी एकजुट भई त्यस्ता जाली फटाह हरुको बिरोद्ध लड्न तयार हुनु पर्छ

    Reply
    1. Krishna Lamsal says:
      November 27, 2013 at 9:53 am

      लौन लिम्बु जी, अब कसरि राजतन्त्र को स्थापना हुने भयो, जान्न पाए आभारी हुने थिए. आफु त झन् यो चुनाब ले राजतन्त्र पुनर्स्थापना को सम्भावना झन्डै सुन्य मै पुगेको अनुमान गर्दै छु. हुन त म तपाइँ को ठिक उल्टो राजतन्त्र नेपाल मा चाहिन्छ भन्ने अल्प बुद्धि को मान्छे, तर अब माकुने/सिटौला मिलेर अरु सबै गर्लान राजतन्त्र आउन चाहि दिदैनन, कमले को त के कुरो भो र, भ्यागुता को धार्नी र बिसौली भने जस्तो भयो…बेक्कारै धेरै आश गरिएछ.

      Reply
    2. Sisir says:
      November 27, 2013 at 12:48 pm

      मित्र, अठारौ सताब्दी ताकाको जातिय राज्य अग्रगमन कदापी हुन सक्दैन l यो सरासर पश्चगमन हो / अहिलेको आवसेकता जातीय सहअस्तित्व र राष्ट्रिय एकताको हो /
      नेपाली जनता सहअस्तित्व र राष्ट्रिय एकताको पक्षमा छन् बिखन्डन र जातिय/क्षेत्रीय द्वन्दमा होइन l मदेश र पाहाडका “कबिलाका सरदारलाई” पनि जनताले लोप्पा खुवायिदिए नि होइन र ? अठारौ सताब्दी ताकाको जातिय पस्चगामी अतिबाद २१ सौ सताब्दीका नेपाली जनताले रुचाएनन /
      झन्डै ७५-८०% जनताले यो रुचाएनन , अब तपाई को को संग मात्र लड्ने हो ?

      Reply
    3. madan bajracharya says:
      November 27, 2013 at 8:44 pm

      मन लिम्बुज्यु

      नेपालको कुनै पनि कुनामा; कसैको घर चोक भित्र बाहेक सबै जातिका नेपालीहरुको बसोबास छ/ जो जुनसुकै जातको भय पनि नेपालको कुनै पनि भान्ग्मा भय पनि तिनीहरु नेपालको नागरिकहरु भय उनीहरुको नागरिक अधिकार र उनीहरुले पाउने अबशरमा कुनै फरक पर्नु हुँदैन; यो कुरा यकल जातीय राज्यको माग गर्नेहरु मान्न तयार छ बा छैन?

      राजनैतिक व्यबस्था बिकासको निमित परिबर्तन गरिन्छ/ बिकास गर्न प्राकृतिक र आर्थिक श्रोतको जरुरि हुन्छ/ तर बिशेस गरेर जनजातीय आदिबाशी नेपाली बहुसंख्यामा बसोबास गरिने गाउँ बा जिल्ला बिकास नहुनुको मूल कारण तेस्तो स्थानमा बिकाशको निमित अत्याबस्यक प्राकृतिक र आर्थिक श्रोत उपलब्ध नहुनु नै हो/ यो कुराको संदर्व्मा हामीले यो पनि भुल्नु हुँदैन कि नेपालको सबै जसो प्राकृतिक तथा आर्थिक श्रोतहरु नेपालकै आदिबाशी जनजाति बसोबास हुने पहाडी र हिमाली छेत्रहरुमा होइन मधेसीले मात्र मधेसीको बनाउन खोजेको तराइमा समेतियकोछ/ तराइको श्रोतको उपयोगको प्रतिफलको समानुपातिक वितरण बिना नेपालको कुनै राज्यले बिकाश गर्न सक्दैन/ यस्तो ब्यबस्था गर्नको निमित राज्यहरु जातियताको आधारमा होइन प्राकृतिक तथा आर्थिक श्रोतहरुको आधारमा बन्नु पर्ने देखिन्छ/ यो मान्नु हुन्छ कि हुन्?

      नेपालको सबै जसो प्राकृतिक र आथिक श्रोतहरु समेतियाको सम्पूर्ण तराइलाइ मात्र मधेसीको अग्राधिकार हुने; मधेसीले चाहेमा आत्म निर्णय समेत गर्न सकिने राज्य बन्नु पर्छ; नेपालको अन्य जातिको पनि जातीय राज्यहरु बन्नु पर्छ भनेर मावोबादिले जनयुद्ध गरेको थियन/ ई सबै मागहरु दिल्ली सम्झौता पछि उठईयाका मागहरु हुन्/ भारत तराइमा मधेसीको आत्म निर्णय गर्न सक्ने स्वायत मधेश राज्य बनुन भनेर चाहन्छ/ मधेसीलाई तराइको मालिक बनाउन दिनको निमित नै नेपालमा अरु जातिकालाई जातीय राज्य बनाउने कुरा अघि सारेको हो/

      Reply
    4. dharmendra says:
      November 27, 2013 at 8:49 pm

      लिम्बुजी
      मेरो सल्लाह यो छकि फेरी लड्न नजानुस तपाई एक्लै गएर केहि हुनेवाला छैन / तपैकै क्रान्तिकारी भनौदा नेताहरु पनि तिनीहरुको विलासी जिबन छोडेर कुनै हालतमा पनि फर्केर लड्न जाने छैनन् एति सम्झाउदा पनि क्रान्तिको द्यांग्रो ठोक्दै जनुहुन्छा भने जानुस तर जानुभन्दा पहिला गोरु छुटै खाने तयारी गरेर जानुस /

      Reply
  7. सुभाष सिद्धि उदास says:
    November 26, 2013 at 2:03 pm

    यो नतिजाले २६ भाग्यशालि अंक जस्तो देखायो ~
    * भाग नलिने वैद्यलाई प्रचण्डले २६ सिट दान देने भनेको थियो.
    * त्यही भएर हो कि किन ‘विशाल’ दल ले २६ सिट नै जित्न सफल भो.
    * अब समानुपातिक बाट पनि चार खुट्टे गाइ ले २६ सिट जति नै पाउने देखियो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme