Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रोजेक्सन अपडेट बिहान १ बजेः समानुपातिकमा एमालेको अग्रता कायमै, गाई सुस्तायो

Posted on November 24, 2013November 25, 2013 by Salokya

कस्तो बन्दैछ भावी संविधान सभाको स्वरुप?

सोमबार बिहान १ बजेसम्म गनिएका समानुपातिक मतलाई अन्तिम मान्ने हो भने समानुपातिक सिट यति हुनेछ। यसमा प्रत्यक्षको सिट जोडिएको छैन
सोमबार बिहान १ बजेसम्म गनिएका समानुपातिक मतलाई अन्तिम मान्ने हो भने समानुपातिक सिट यति हुनेछ। यसमा प्रत्यक्षको सिट जोडिएको छैन

हालसम्म गणना सकिएका जिल्लाः ९ जिल्लाको १७ वटा निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ। मतगणना सम्पन्न भएका निर्वाचन क्षेत्रहरूमा मनाङ, कास्की १, २, ३, ४, डोल्पा १, पाँचथर २, रसुवा १, धादिङ १, २, ३, डोटी १,२, धनकुटा १, २, गुल्मी १, तनहुँ २, बारा २ र म्याग्दी छन्। संखुवासभा क्षेत्र नम्बर १,ओखलढुंगा क्षेत्र नम्बर १ र २, सिरहा क्षेत्र नम्बर ५, महोत्तरी क्षेत्र नम्बर ४ र सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को मात्र मतगणना शुरु हुन बाँकी छ।
१०९ क्षेत्रका २२ लाख २८ हजार ५७५ समानुपातिक मत गनिसक्दा कूल मत अहिलेसम्म एमालेको धेरै देखिए पनि प्रत्यक्षतर्फ जितेको धेरै सिटसमेत जोडेर कांग्रेसले अग्रता लिनेछ। अहिलेसम्मको गणनाअनुसार कूल सिट संरचना यस्तो बन्ने देखिन्छ- कांग्रेस १९६, एमाले १८७। एमाओवादीले पाएका मतले उसलाई ८३ सिटमा पुर्‍याउनेछ। काठमाडौँको गणनामा सबैभन्दा द्रुततर प्रगति गरेको राप्रपा नेपालको गति सुस्ताएको छ। देशभर प्रत्यक्षमा एक सिट पनि जित्न नसकेको गाई पार्टीले देशका अरु भागमा समेत गरिएको मत परिणाम आउन थालेपछि गाईको प्रगति सुस्ताएको हो। हालको मत नै अन्तिम मान्ने हो भने यसले यति मतका आधारमा २८ सिट पाउँछ। देशभरका अन्य क्षेत्रका बाँकी मतगणनासँगै पार्टीले पाउने मतबाट समानुपातिकको यो संख्या घटबढ हुनसक्छ। अरु मिडियामा कुन पार्टीले कति मत पाए भन्नेमात्रै दिइएको छ, हामी भने निर्वाचन आयोगले गणना गर्ने विधि अनुसार नै त्यति भोटबाट आउने सिटको प्रोजेक्सन गर्दैछौँ। यो नै अन्तिम भने हैन। मतगणनासँगै पाइने मत अनुसार यो सिट संख्या घटबढ हुनसक्नेछ। अर्थात् कुनै क्षेत्रमा कांग्रेसले ह्वात्तै मत बढायो भने केही समयको लागि कांग्रेसको बढी सिट देखिन सक्छ। कतै एमालेले ह्वात्तै बढायो भने एमाले अघि देखिन सक्छ। प्रत्यक्षतर्फ २४० र समानुपातिकमा ३३५ सिट रहेका छन्। हालसम्मको तथ्याङ्क अनुसार समानुपातिकमा सहभागी १२२ पार्टीमध्ये कुन पार्टीले कति सिट ल्याउनेछ प्रोजेक्सनको पूर्ण विवरण

कृपया तलको चार्टमा क्लिक गरी समानुपातिकतर्फको सिट प्रोजेक्सन, कूल प्रत्यक्ष सिट विजयी हेर्नुस्-

गणना सहयोगका लागि समिर केसीलाई धन्यवाद। तपाईँलाई याद हुनुपर्छ अघिल्लो संविधान सभामा पनि उहाँकै सहयोगमा हामीले माइस‌ंसारमा प्रोजेक्सन र अन्तिम नतिजा सबैभन्दा अगाडि राख्न सफल भएका थियौँ।

2 thoughts on “प्रोजेक्सन अपडेट बिहान १ बजेः समानुपातिकमा एमालेको अग्रता कायमै, गाई सुस्तायो”

  1. Maheswor says:
    November 26, 2013 at 3:54 am

    होइन यो चुनाब के को लागि भएको थियो बहुमतको आधारमा संबिधान बनाउने भनेर पुन: चुनाब भएको होइन र यदि सहमतिको आधारमा नै संबिधान लेख्ने हो भने किन चुनाब को नाम मा जनतालाई सास्ती हुने गरि बन्द हडतालको सामना गर्नु पर्ने अनि केहीको ज्यान नै जाने गरि त्यत्रो १८ अर्ब रुपियाँ सिध्याउनु पर्ने थियो र ? अब सहमतिमा होइन जनताको इच्छा अनुसारको संबिधान छिटै बन्नु पर्यो

    Reply
  2. Kalyan says:
    November 25, 2013 at 8:26 pm

    २/३बाट होइन सहमति बाट सम्बिदान बनाउनु पर्यो रे येति धेरै भुरे टाकुरे पार्टी हुने सम्भिदान
    सभा मा २/३ पुर्यउनु त कठिन छ/ के सहमति हुन सम्भव छ ? के यो सम्बिदान नबनाउने चाल हो की ?

    Reply

Leave a Reply to Maheswor Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme