Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कांग्रेस पहिलो पार्टी बन्ने निश्चित, प्रत्यक्षमा कांग्रेसलाई ६८, एमालेलाई ५८ सिट फाइदा; एमाओवादीलाई ९५ सिट घाटा

Posted on November 23, 2013November 24, 2013 by Salokya

कस्तो बन्दैछ भावी संविधान सभाको स्वरुप?
FPTP`
निर्वाचन आयोगले आइतबार दिउँसो ४ बजेसम्म उपलब्ध गराएको तथ्याङ्क अनुसार अब प्रत्यक्षतर्फ एक क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ। नतिजा आएका २३९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १०५ सिट जितेको छ। यो अघिल्लो संविधान सभामा माओवादीले जितेको १२० सिटभन्दा १५ कम हो। अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसले ६८ सिट बढी जितेको छ। एमाले ९१ सिट जितेर दोस्रो छ। अघिल्लो पटकभन्दा यो पटक ५८ सिट फाइदा भएको छ उसलाई। माओवादी भने प्रत्यक्षतर्फ ९५ सिट घाटामा परेको छ। उसले अघिल्लो पटक जितेका अधिकांश सिटमा एमाले र कांग्रेसले कब्जा जमाएको छ। कांग्रेस र एमालेबीच प्रत्यक्षतर्फको अन्तर १४ सिट भएकोले समानुपातिकतर्फ कांग्रेसको भन्दा निकै धेरै नै सिट ल्याए मात्र एमाले पहिलो हुनसक्छ, जुन अहिलेको मतपरिणामको ट्रेन्ड हेर्दा संभव देखिन्न। समानुपातिकतर्फको के छ त स्थिति ?

दिउँसो ४ को प्रोजेक्सन अपडेट: कांग्रेस ठूलो पार्टी, माओवादी ८५ मा रोकियो, गाई सुस्त
१६ लाख ३२ हजार २६९ समानुपातिक मत गनिसक्दा भावी कूल सिट स‌ंरचनामा पनि कांग्रेस ठूलो पार्टी बन्ने देखिएको छ। समानुपातिकमा कूल मत अहिलेसम्म एमालेको धेरै देखिए पनि प्रत्यक्षतर्फ जितेको धेरै सिटसमेत जोडेर कांग्रेसले अग्रता लिएको हो। अहिलेसम्मको गणनाअनुसार कूल सिट संरचना यस्तो बन्ने देखिन्छ- कांग्रेस १९७, एमाले १८९। एमाओवादीले पाएका मतले उसलाई ८४ सिटमा कायम रहन मात्र सघाएको छ। अघिल्लो अपडेटमा सबैभन्दा द्रुततर प्रगति गरेको राप्रपा नेपालको गति सुस्ताएको छ। देशभर प्रत्यक्षमा एक सिट पनि जित्न नसकेको गाई पार्टीले काठमाडौँको गणनामा समानुपातिकमा धेरै मत ल्याएपछि उसको सिट बढ्ने देखिए पनि देशका अरु भागमा समेत गरिएको मत परिणाम आउन थालेपछि गाईको प्रगति सुस्ताएको हो। हालको मत नै अन्तिम मान्ने हो भने यसले यति मतका आधारमा २८ सिट पाउँछ। तर देशभरका अन्य क्षेत्रका बाँकी मतगणनासँगै पार्टीले पाउने मतबाट समानुपातिकको यो संख्या घटबढ हुनसक्छ। अरु मिडियामा कुन पार्टीले कति मत पाए भन्नेमात्रै दिइएको छ, हामी भने निर्वाचन आयोगले गणना गर्ने विधि अनुसार नै त्यति भोटबाट आउने सिटको प्रोजेक्सन गर्दैछौँ। यो नै अन्तिम भने हैन। मतगणनासँगै पाइने मत अनुसार यो सिट संख्या घटबढ हुनसक्नेछ। अर्थात् कुनै क्षेत्रमा कांग्रेसले ह्वात्तै मत बढायो भने केही समयको लागि कांग्रेसको बढी सिट देखिन सक्छ। कतै एमालेले ह्वात्तै बढायो भने एमाले अघि देखिन सक्छ। प्रत्यक्षतर्फ २४० र समानुपातिकमा ३३५ सिट रहेका छन्। हालसम्मको तथ्याङ्क अनुसार कुन पार्टीले कति सिट ल्याउनेछ प्रोजेक्सनको पूर्ण विवरण

कृपया तलको चार्टमा क्लिक गरी समानुपातिकतर्फको सिट प्रोजेक्सन, कूल प्रत्यक्ष सिट विजयी हेर्नुस्-

गणना सहयोगका लागि समिर केसीलाई धन्यवाद। तपाईँलाई याद हुनुपर्छ अघिल्लो संविधान सभामा पनि उहाँकै सहयोगमा हामीले माइस‌ंसारमा प्रोजेक्सन र अन्तिम नतिजा सबैभन्दा अगाडि राख्न सफल भएका थियौँ।

कसरी गरिन्छ समानुपातिक सिट गणना ?
संविधान सभा निर्वाचन अध्यादेश २०७० को अनुसूचि ३ अनुसार मत परिणाम विभाजक सूत्र यस्तो छ-

मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक राजनैतिक दलको लागि खसेको मतलाई भाग गर्ने पद्वतिले श्रृङ्गखलावद्ध रुपमा भाग गरिनेछ। यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ (उदाहरण : १.४, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ। भागफल प्राप्त भएपछि सीट संख्याहरु ठूलो भागफलबाट सानोलाई बाँडफाँड गर्दै सीट नसकिँदासम्म बाँडफाँड गरिनेछ। यसरी बाँडफाँड गर्दा कुनै राजनैतिक दलले जतिसुकै मत प्राप्त गरेको भएतापनि त्यस्तो राजनैतिक दलले सूचीमा सूचीकृत गरेको उम्मेदवार संख्यामा सीमित रही त्यस्तो राजनैतिक दलले प्राप्त गर्ने सीटको बाँडफाँड गरिनेछ।

51 thoughts on “कांग्रेस पहिलो पार्टी बन्ने निश्चित, प्रत्यक्षमा कांग्रेसलाई ६८, एमालेलाई ५८ सिट फाइदा; एमाओवादीलाई ९५ सिट घाटा”

  1. Yogen says:
    November 25, 2013 at 8:35 pm

    लौन साथी हो मलाइ जान्ने कुट कुटी लाग्यो एक सांसदको मोल कति पुग्यो होला ? देशको महंगी हेर्दा त पहिलाको भन्दा १०० गुना अर्थात् ५ करोड x १०० = ????? हिसाब गर्दै गरम है म त क्यालकुलेटर खोज्न गए /

    Reply
  2. Tenzing Gaba says:
    November 25, 2013 at 7:19 am

    “जात र धर्म” को नाममा राजनीति गर्नेहरुलाई नेपाली जनताले के गर्दा रहेछन भनेर “गाइ र छाता” बाट पाठ सिकुन ………..चेतना भया !!!

    Reply
  3. bijay says:
    November 24, 2013 at 9:48 pm

    समानुपातिकतर्फको मत परिणाम आउँदासम्म कांग्रेस र एमाले लगभग समानान्तर रेखामा हुनेछन् । कांग्रेसले जति सिटले प्रत्यक्षमा अग्रता लियो, समानुपातिकमा झण्डै त्यति नै सिटले एमालेले अग्रता लिनेछ । समग्रमा ३-४ सिटले कांग्रेसले एमालेलाई पछि पार्ने छ । केही दिनसम्म धाँधलीको प्रपोगण्डा चलाएपछि एमाओवादी ‘जनमतको कदर गर्दै’ लचिलो हुनेछ । अध्यक्ष प्रचण्डले सिराहाबाट जितेपछि एमाओवादीको लचकता सोचेभन्दा सहज बनिसकेको छ । यदी उनले दुवै ठाउबाट हारेको भए पार्टीलाई संविधानसभाबाट बाहिरै राखेर मोहन वैद्यसित मिल्न सक्थे । समानुपातिकतर्फ उल्लेख्य सिट -करिब ५०) आउने कारणले पनि एमाओवादीले संविधानसभालाई इन्कार गर्न सक्दैन ।

    Reply
  4. Paul Thapa says:
    November 24, 2013 at 9:40 pm

    गर्नु तर अती पनि नगर्नु ! अबिर, फुलमाला, तडक-भडकको बिजय जुलुश, अनी खुशीयाली को चर्को नारा देखेर अब बन्ने संबिधानसभा ले पनि खासै संबिधान बनाउछ जस्तो लागेन ! तर जे होस् नेपाली काँग्रेस अनी एमाले लाई धेरै नमचिन्न आग्रह गर्दै शुभकामना, माओवादीलाई पनि आफ्नो बिचार, कार्यनिती प्रती असहमत जनाउदै भोट नदिने जनता लाई देशी-बिदेशी दलाल को सज्ञा दिनु को सट्टा जनता को माझ् मा ब्यवहाँरिक भएर जान आग्रह !

    Reply
  5. Raj Panta says:
    November 24, 2013 at 9:25 pm

    साधारण गणितको नियमहरु नेपालको वर्तमान राजनीतिमा प्रयोग:
    १) १ – १ = 0 (हत्या हिम्सा गरेर अरुलाई सखाप गर्न खोज्दा आफै सकिन्छ)
    २) १ / १ = १ (अरुको तेजोबध गर्न खोज्दा आफ्नो पनि उन्नति हुदैन)
    ३) १ x १ = १ (अरुलाई कमजोर ठानेर एक्लै दौड्दा आफ्नो पनि प्रगती हुदैन)
    ४) १ + १ = २ (यथार्थतालाई आत्मसात गर्दै हातेमालो गरेमा अवस्य नै अगाडी बढिन्छ)

    राज पन्त

    Reply
  6. mohan says:
    November 24, 2013 at 8:18 pm

    कांग्रेस र एमाले लाई हामी जनजातिहरुले जति आशा गरेर चुनावमा पहिलो र दोस्रो पार्टी बनायौ , फेरि पनि यो दुइ पार्टीले ललिपोप खुवाउने भयो जनजाति हरुलाई , जनजाति उत्थानको सवाल मा यो दुइ पार्टी उदार छैनन् , पहिले संबिधानमा पनि पहिचान को सवाल मा यो दुइ पार्टी ले गर्दा नै नमिलेको हो र संबिधान मिर्त्यु भयो… //// माकुने ले त भनि सक्यो २०४७ को संबिधान राम्रो भनेर….

    Reply
  7. bhakta says:
    November 24, 2013 at 7:24 pm

    मतदाता भन्छन- ज्यानमारा भन्दा चोर ठिक लागेर जितायेउ / चोर भन्दा फटाहा ठिक हुन्थ्यो होला भेटेनौ !!!!

    Reply
  8. Bharat says:
    November 24, 2013 at 7:15 pm

    धन्न नेपाली जनता जातिय राज्य हुन बाट जोगायौ | मदेश टुक्रा पार्ने हरुवा हरु पाखा लाए |
    अब UML र काँग्रेस ले मिलायारे जनता को चाहना अनुसार संबिधान बनौन पर्छ| jai नेपाल , लाल सलाम

    Reply
  9. Sunil, London says:
    November 24, 2013 at 4:07 pm

    माओबादी पार्टी भित्र नै संबिधान सभामा जाने कि नजाने भनेर दुइ मत देखियो रे !!!! अब पार्टी फुट्ने पो हो कि भन्ने हल्ला पनि सुनियो ! पार्टी फुटे घाटा कसलाई त ? जनता लाई नै हो !! जति धेरै कुकुर तेती धेरै भुकाई, अब माओबादी फुटेर तिन वटा होला रे, एक मात्र पार्टी हुदा महिना मा एक पटक नेपाल बन्द गर्थे होलान अब तिन वटा समुहले नेपाल बन्द गर्दा महिना मा तिन पटक नेपाल बन्द हुने भयो सास्ती कसलाई ? जनता लाई !!!! येस्तै छ नया नेपाल !!!!!!! एउटा कुरा चाही साच्चैनै नया भयो है त्यो हो माओबादी को सांसदहरुको संख्या !!!!!!

    Reply
  10. Bikram Nepalist says:
    November 24, 2013 at 3:55 pm

    गणेश र कुमारको कथा सत्य रहेछ !
    ==================

    चुनावै नहुने अवस्थामा एकथरि नेता कदम कदममा बम र बारुदसँग खेल्दै पुर्व मेची देखि पश्चिम महाकालीसम्म चुनावी अभियानमा लागे । कमसे कम चुनावी माहोल सिर्जना गर्न लागे, संविधान सभाको महत्व जनतालाई बुझाउन तिर लागे, रात दिन – सन्चो विसन्चो केहि नभनी खटे । अर्काथरी नेता, आ-आफ्नै महलमा देशी विदेशी पाहुनाहरुसंग पार्टी र भोज भतेर गर्दै – ढुक्कसंग बसे । किनभने षडयन्त्रको तानाबुना बुनि सकिएको थियो, बरु विजयी गीत रच्न थाले “बल्ल पर्यो प्रचण्ड, कांग्रेसको जालैमा”, आखिर जाल पारेकै थियो !

    पछिबाट चाहे जस्तै परिणाम अंशबन्डा गरे । हेरक निर्वाचन क्षेत्रका लागि, हरेक गाउका लागि हरेक बुथमा यति झार्नु पर्छ यति पार्नु पर्छ भनि कोठामा बसेरै दाइभाई मिलिभगत अंशबण्डा गरे !

    आफु भन्दा ठुलो आकारको शक्तिको स्वरुप र प्रभावको इर्स्या र झलनले अनि बहुमत नै ल्याउने पक्कापक्की भैसके पछि भातभति पोलेको मनले होसै पाएन र त् यति लामो तयारी गर्दा गर्दै पनि पनि षडयन्त्रका छापहरु छोडेको, ठाउ ठाउँमा मतपत्र फोडेको अनि रेडीमेट मतपत्र गोडेको !

    अहा कति सजिलो, न सुमेरो पर्वत सात चक्कर लाउनु पर्ने न कुनै योजना हुनुपर्ने, न कुनै नेता हुनु पर्ने, न कुनै विचार र उदेश्य हुनु पर्ने, ०४७ साल मै संविधान बनाइसकेको छ भुत्रा संविधान जनतालाई !! प्रमाण पत्र पाए छि भंदिम्ला नि ! वाइयात सब ! किन चाहियो दुनिया दिवाना खटाई ! बस त्यो बक्सो उक्लिने र ओराल्ने समयको हेक्का राखौं त्यसको चाबी अहिले देखि ठेक्कामा राखौं !

    वाह क्या काइदा, आहा कति सजिलो, बाख्राको पुच्छर काट्दा बोका सजिलो भए जस्तो । केहि घण्टा मै, सारा परिणाम आफ्नो पोल्टामा !! अनि जसलाई जसरि भाग लगाईया छ त्यहि अनुसार भंदिम्ला !!

    थुइक्क बाँदरका छाउरा हो, लाज पचेका नकचराहरु – तिमीहरुले बालेट बक्स साटेका होइनौ – जनताको अस्मिता साटेका हौ, नेपाली आमालाई बलात्कार गरेका हौ । यो जघन्य अपराध हो र पाप धुरीबाट कराउछ । तिमीहरुले केहि हज्जार मान्छे मरेको होईन, करोडौ जनताको आस्था र बिश्वासलाई मारेको हो, कुठाराघात गरेको हो ! होस् गर तिमीहरुहरुको मुतको न्यानो जस्तो जित नै अभिशाप बन्ने छ र त्यसैले तिमीहरुको दिनको चैन र रातको निन्द्रा लैजाने छ किनकि जनता जागी सकेका छन् – र यी जनता ति हुन् जसले न्यायका लागि लड्दा हासी हांसी ज्यान् दिन तयार छन् !

    Reply
    1. sam says:
      November 24, 2013 at 9:15 pm

      ” यी जनता ति हुन् जसले न्यायका लागि लड्दा हासी हांसी ज्यान् दिन तयार छन् !”

      भने पछि जनता भनेका बाकी भयेका मावोबादी करेकर्ता रहेछन हैन त जनता ज्यु

      Reply
    2. Kuber says:
      November 24, 2013 at 9:36 pm

      तेती कुरा थाहा पाउनेले त धाँधली हुने बित्तिकै थाहा पाउनु पर्ने होइन र मित्र? अनि किन मतगणना को परिणाम हेरी सकेपछि मात्र षड्यन्त्र गन्हाएको होला? निर्वाचन गराउने सरकार बनाउनेपनि त भाले कामरेडकै योजना होइन र? अनि सरकारलाई निर्देशन दिने संयन्त्रका पालै पालो नाइकेपनि बनेका होइनन् र भाले कामरेड? कसरी वेबकूफ भएछन् त षड्यन्त्रको भनक समेत नपाउने गरी? पत्याउनै गार्हो। अनि चुनाव आएपछि मात्र मेची माहाकाली यात्रा गरेर हुँदैन न हो साथी जनताको वास्तविक पीर मार्का बुझ्न अरुवेलापनि यात्रा गर्नु पर्थ्यो नि। तिम्रा कुमारहरुले त्यो गरेका हुन् त? तिम्रा कुमार कति इमान्दार हुन् भन्ने कुराको हेक्का सायद तिमीलाई रहेनछ, या त बुझ पचाएका हौ। बुझ पचाएका हौ भने त भन्नु केही छैन, तर थाहा छैन भने भाले कामरेडको लीक भएको भिडियो र अडियो खोजेर हेर सुन सत्य के हो थाहा हुन्छ।

      Reply
    3. sam says:
      November 24, 2013 at 9:57 pm

      आचारसंहिता विपरित प्रचारप्रसारमा देश दौडाहा गरेको विभिन्न राजनीतिक दल, निर्वाचन आयोग र सञ्चार माध्यमले भनिरहँदा पनि तपाईका नेताहरु ले किन सुमेरो पर्वत सात चक्कर लाउनु भाको होला !!!

      Reply
    4. murari says:
      November 25, 2013 at 8:22 am

      महान कमरेड हेलिकोप्टर मा बम बारुद पन्छाउदै कस्ट संग खेल्दै बडो दुख गरेर नेपाली जनताको खुन पसिना लुटेरा जम्मा भएको पैसा जाडो गर्मि नभनी खर्च गरेर हिड्दा पनि भोट नदिने किर्तिपुर बासीहरु प्रतिगामी नै हुन् अनि तिनीहरुले लाजिम्पाट दरबार मा विराजमान गरिबका मसिहा, महान गौरबसाली, रेखा थापाका नायक, ५ लाख को पलंगमा सुकला हुने प्रभुको जय जयकार नगरेर बहुतै ठुलो भुल गरेका छन्. तेस्को फल अबस्य पनि प्रचण्ड महाराज का बाहुली बाट पौने छन् अनि बिक्रम जस्ता कार्यकर्ता को भाखन गरि उद्दार गरिबक्सने छ

      Reply
  11. Samir KC says:
    November 24, 2013 at 2:01 pm

    Calculation procedure:
    Question: Lets assume that there are three parties A, B, and C with votes 400, 350, and 250. There are 10 seats that need to be distributed, how would you do that?
    A simple answer would be to divide total seats of 1000 by the votes each party got. This way, A will get 4 seats, B will get 3.5 seats, and C will get 2.5 seats. It seems one seat has to be shared by two. Since this is not possible, there needs to be a procedure or a rule that takes care of this problem. So, my question to you (those who wanted to know the procedure in details) is, what would you do? Would you give the seat to B or C or may be A?
    I will continue explaining the rule after I read some answers. I think it first important to understand the problem.

    Reply
    1. Pramesh says:
      November 24, 2013 at 8:10 pm

      समस्या बुझियो, समाधान कसरि गर्ने त| पहिला ठुलोले पाउने बाकी रह्यो हने सानोले पाउने भनेपछि A ले ४, B ले ४, र C ले २ होला| यो मेरो अनुमान है| तर “श्रृङ्गखलावद्ध रुपमा भाग गरिनेछ (उदाहरण : १.४, ३, ५, ७, ९ आदि)” भनेको चाही बुझिएन| यहाँ त कुनै श्रृङ्गखलावद्ध भाग गरिएन| केवल एकचोटी भाग गरियो| प्रस्ट पारिदिनुहुन्छ कि?

      Reply
      1. Samir KC says:
        November 26, 2013 at 8:25 pm

        Pramesh Jee,
        Please refer to the following wikipedia site for different methods of diving the PR seats. The one we are using is the following “Sainte-Laguë method: The Sainte-Laguë method divides the number of votes for each party by the odd numbers (1, 3, 5, 7 etc.). This system does not inherently favour larger parties over smaller (or vice versa), and may thus be considered “more proportional” than d’Hondt. – Alternatively, dividing the votes numbers by 0.5, 1.5, 2.5, 3.5 etc. yields the same result.
        The Sainte-Laguë method is sometimes modified by increasing the first divisor to e.g. 1.4, to discourage very small parties gaining their first seat “too cheaply”.
        http://en.wikipedia.org/wiki/Highest_average_method

        Reply
  12. Manoj says:
    November 24, 2013 at 1:27 pm

    काठमाडौँ मा जतिको भोट गाइले देश भरि पौन्दैन. गाइ को प्रोजेक्सन घट्छ हेर्नुहोला.
    उपत्यका बाहिर गाइको त्यति प्रभाव छैन.

    Reply
  13. Dron k says:
    November 24, 2013 at 12:06 pm

    पहिले मावोबादी को बढी सिट भयकोले यमाले र कांग्रस ले संबिधान बनाउन दियनन.
    अब मावोबादीले बनाउन दिदैनन .हामी नेपाली जनतालाई जसले जिते पनि केहि
    हुनेवाला छैन. नेपली को लागि केहि गर्नुपर्छ भन्ने सोचेको भए पहिले पनि मेल्ने थिय .तर नेता हरु कूर्ची को लागि लद्छन. हामीलाई नेताले जित्नु र हार्नु मा खुसि न दुख .
    जय नेपाल

    Reply
  14. simit gauchan says:
    November 24, 2013 at 11:39 am

    माओबादीलाई मिलाउनुको कारण कांग्रेस एमाले गणतन्त्रमा गएका हुन् जंगली खाते हरुलाई सेनामा भर्ना गरेका हुन् १७ अर्ब रुपिया जंगली खर्च पनि सहेर बसेका हुन् १७ हजार मारी सक्यो अब कति मार्ने भनेर माखालाई झैँ गुलियो देखाई दुलोबाट निकाले अब तरमा भिजाइ रुझाएर जनताले आफै निकाली फाले अब त आनन्द भो अब त कांग्रेस एमाले र राप्रपा नेपाल मिलेर बहुमत सहित संबिधान बनि हाल्छ नि ,, कांग्रेस एमाले सेरेमोनिएल राजा चाहन्छन अनि त राप्रपा नेपाल हासी हासी आउछ अनि माओबादिलाइ बाई पास गरि संबिधान बनाए भै हाल्छ !!!!

    Reply
  15. Sam says:
    November 24, 2013 at 11:04 am

    पार्टी को टोटल मत / टोटल गनियाको मत =(Y मनाम)
    अनुमानित सिट = (Y x ३३५ )

    यो जती मत धेरई गनी सकिन्छ यो अनुमान तेती नजिक हुदई जान्छ

    Reply
  16. Subas C. Dhungana says:
    November 24, 2013 at 10:44 am

    यो परिणाम हेर्दा काँग्रेस र एमाले मिलेर दुइ तिहाइ पुर्याउनेछन् | समग्रमा माओबादि तेस्रो अनि राप्रपा नेपाल चौथोमा आउनेछन तर उनीहरु बीच मत फरक धेरै हुदैन |

    Reply
  17. Nab says:
    November 24, 2013 at 10:43 am

    ल ल गाईले बल्ल पो दुध दीन लाग्यो, यो दुधमा १९०% प्रोटीन छ ।बधाई छ गाईलाई!!

    Reply
    1. Bimal says:
      November 24, 2013 at 11:56 pm

      काठमान्डूमा बसेर अघि देखि नारायणहिटी गोठमा पालेका गाईको बुबु खाएर हुर्केका र पोशिएकाहरुले हालेछन गाईमा भोट| भनेछी के को परिवर्तन? खालि बाहिर मात्र देखावटी गरेको रहेछ| घाँस काट्नेहरुले र गोबर सोरनेहरुले अब बैतरणी पार गर्ने भए अनि पार गरेर पनि घाँस काट्न र गोबर सोर्न पर्ने भए|

      Reply
  18. अनोज शाक्य says:
    November 24, 2013 at 8:28 am

    यस पटकको संबिधान सभाले अबस्य संबिधान बन्छ भन्ने आसा गरौ । अबको सरकारले पारदर्शी काम गरेन,कुनै पुर्वाग्रही राखेर सेवाग्राहीलाई दु:ख दिने काम,घुस मागेर दु:ख,जन्ताको सेवामा ढिलासुस्ती गरियो भने । सपूर्ण जनताहरुले हाम्रो भोट् फिर्ताले भनेर सिहदर्वार घेर्न जानेछ ।

    Reply
  19. Diwakar Khadka says:
    November 24, 2013 at 5:55 am

    यदि विश्लेशकहरुको कुरा मान्ने हो भने प्रचण्डको एमाओवादीले समानुपातिक तर्फ करीब १५% मत पाउँछ जुन करीब ५० सिट हुन आउछ र कुल मिलाएर संबिधान सभामा उनिहरुको संख्या ७५ हुने भयो (२५ प्रतक्क्ष समेत)। र माथिको समाचार पढ्दा लाग्छ राप्रपा नेपाल (गाई) ले समानुपातिक तर्फ करीब २५% को हाराहारीमा मत ल्याउछ (करीब ८४ सिट संख्या)।
    ” गाईले केही क्षेत्रमा रुख र सूर्यभन्दा अग्रता हासिल गरेको छ।”
    यसो हुने हो भने राप्रपा नेपाल संबिधान सभामा एमाओवादीलाई समेत पछी पार्दै र्तेस्रो ठूलो दल पो हुने भो त गाँठे (करीब २३% मत मात्र ल्याए पनि)।
    तथापि यो आँकलन सहि नहुन पनि सक्छ।

    Reply
  20. Gaurab Nepali "Oodaaseen" says:
    November 24, 2013 at 5:16 am

    च्यामेको ठाउँमा रामे त नहो ! जे भएपनि, फुक्लेका दातहरु फेरि एकपल्ट हाँसेको देख्न पाईने भयो !!!

    Reply
  21. Sandesh says:
    November 24, 2013 at 4:50 am

    प्रचण्ड र माओबादी पार्टीको अहंकारले गर्दा ५ वर्ष बेकार मा बितेछन! बल्ल जनताले यिनलाई दुध बाट झिंगा फाले जस्तो गरि फालिदिए! अब चाही केहि हुञ्छ! जनताको शक्ति अपरम्पार छ ! जातियेता, क्षेत्रियेता को आधार मा जनतालाई लडाएर कति दिन राज गर्न सकिन्थ्योर २१औ सताब्दिमा पनि! यिनको बुद्धि! बारीमा उम्रिने गन्धे झारपनी हलक्कै हुर्किञ्छ तर आयु छोटो हुञ्छ! यिनको पतन पनि अबस्यम्भाबी थियो र भयो पनि !!!! नेपाल र नेपाली को लागि सुखद दिन हो मंगसिर ४, २०७०!

    Reply
    1. Laxman Subedi says:
      November 24, 2013 at 12:23 pm

      नेपाली सेना हाम्रो राष्ट्र र नेपाली जनताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्ने भरपर्दाे संस्था भन्ने हाम्रो मनमा छ । मेरो मनमा पनि त्यही विश्वास हो । तर, यसपटक मतपेटिका प्रहरीले लग्न पाएनन् । पार्टीका प्रतिनिधिहरूले मतपेटिकामा लाहाछाप लगाउन पाउने र सबै मतपेटिका मतदान केन्द्रसम्म पुर्‍याउने र त्यसको सुरक्षा पहरा दिन पाउने अधिकार निर्वाचन आयोग र नेपाली सेनाले जनताबाट खोस्नुपर्ने कारण के थियो ? मदानपुरका मेरा साथीहरू आँखामा आँसु राखेर भन्छन् ः हामीले मत खसालेका छौं तर गन्दा हाम्रो मत कहाँ हरायो ? वर्तमान नेपाली राज्यको चरित्र र यसको परराष्ट्र सम्बन्ध तथा यसमा रहेको सेनाको भूमिकाबारे अब स्पष्ट रूपमा धेरै सोच्नुपर्ने र चिन्ता गर्नुपर्ने स्थिति सिर्जना भएको छ ।

      नुवाकोटमा यो चुनावको घोषित नतिजाबारे मलाई व्यक्तिगत रूपमा चिन्ता छैन । अनैतिक जितको तेज धेरै रहँदैन । यस विषयमा एमाओवादीका अध्यक्ष प्रचण्डले उठाएका विभिन्न प्रश्नहरू हारेको पार्टीको मनस्थिति भनेर पन्छाउन मिल्दैन । साथै हाम्रो बढी सिट छ भनी एमाओवादीलाई न्यूनीकरण गर्न खोजे त्यो पनि देशका लागि दुर्भाग्यपूर्ण हुने मात्र नभई संविधानसमेत निर्माण हुने छैन । तर यो नतिजाको निर्माणमा सरकारी संयन्त्रको स्पष्ट भूमिका र सेनाको व्यवहारले थुप्रै गम्भीर प्रश्नहरू उठेका छन् ।

      नुवाकोटमा मैले आफैं अनुभव गरेको यथार्थले के देखाउँछ भने छानिएका ठाउँहरूमा जनताको मतमा लाजै नमानी खेलवाडको सम्भावना स्पष्ट रूपमा अब नकार्न नसकिने भएको छ । निलकण्ठ उप्रेतीले नेतृत्व गरेको निर्वाचन आयोग र खिलराज रेग्मी सरकार यो काम कसको स्वार्थका लागि गर्न तम्सिएका हुन् ? प्रश्न संगीन रूपमा सबैका सामु रहेको छ । तर एउटा कुरा स्पष्ट छ- यी सबै हर्कतहरू नेपाली जनताका लागि र नेपाली राष्ट्रियताको संवर्द्धन र प्रवर्द्धनको लक्ष्यबाट प्रेरित भएका छैनन् ।
      – See more at: http://www.ekantipur.com/np/2070/8/9/full-story/379661.html#sthash.CsvEkvbj.EyfXakRH.dpuf

      Reply
  22. Kadam says:
    November 24, 2013 at 2:43 am

    Thank you Umesh jee for the updates. It really worth visiting mysansar as you got better updates than those bigger medias.
    Many thanks

    Reply
    1. madan says:
      November 24, 2013 at 3:05 pm

      संबिधान सभा को सिट त केवल सरकार हत्याउन को लागि मात्र हो. बिगत को घटना ले बताएको छ,संबिधान सभा भन्दा बाहिर केहि नेता को सहमति वा असहमति ले निर्धारण गर्दछ सबिधान बन्ने र नबन्ने. आखिर केहि नेता ले निर्णय गर्ने हो भने किन चाहियो यो ६०१ को जन्ती? सरकारी चामल को सत्यनास मात्र!

      Reply
  23. बिष्णु प्रसाद says:
    November 24, 2013 at 2:12 am

    कृपया यो भाजक भागफल बारे प्रस्ट गरिदिनु पर्यो समानुपातिक को बारेमा मा जस्ता धेरैको अन्यौल छ

    Reply
    1. Deepak says:
      November 24, 2013 at 11:29 am

      यसमा % votes = % seats भन्ने सिधा गणित प्रयोग गरिदैन । अल्पमत वा बहुमतलाई थोरै नाफा वा घाटा हुने गरी जटिल अंकगणितीय सुत्र प्रयोग गरिन्छ ।

      हाम्रो निर्वाचन अध्यादेशको अनुसुचिमा राखिएको विधी “Modified Sainte-Laguë method” हो रे । यसमा सबभन्दा धेरै भोट ल्याउनेलाई केही अतिरिक्त फाइदा र अति थोरै मत (१ सीट सम्मको लागि पुग्ने) ल्याउनेलाई घाटा हुने रहेछ ।

      उदाहरणको लागि, पहिलो सम्विधानसभाको चुनावमा खसेको समानुपातिक मत र सीटको बाँडफाँड हेरौं ।

      Total PR votes: 10739078 (335 seats)

      माओवादी:
      Votes = 3144204 (29.28%)
      लाटो हिसाबले पाउनुपर्ने seats = 335 को 29.28% = 98.09
      तर पाएको Seats= 100 (29.85%)

      नेका:
      Votes= 2269883 (21.14%)
      लाटो हिसाबले पाउनुपर्ने seats = 335 को 21.14% = 70.82
      तर पाएको Seats= 73 (21.79%)

      एमाले:
      Votes= 2183370 (20.33%)
      लाटो हिसाबले पाउनुपर्ने seats = 335 को 20.33% = 68.1
      तर पाएको Seats= 70 (20.90%)

      नेकपा (एकिकृत):
      Votes= 48600 (0.45%)
      लाटो हिसाबले पाउनुपर्ने seats = 335 को 0.45% = 1.51
      तर पाएको Seats= 2 (0.60%)

      दलित जनजाती दल
      Votes= 40348 (0.37%)
      लाटो हिसाबले पाउनुपर्ने seats = 335 को 0.37% = 1.24
      तर पाएको Seats= 1 (0.30%)

      नेपाली परिवार दल:
      Votes= 23512 (0.22%)
      लाटो हिसाबले पाउनुपर्ने seats = 335 को 0.22% = 0.74
      तर पाएको Seats= 1 (0.30%)

      नेकपा (मार्क्सवादी):
      Votes= 21234 (0.20%)
      लाटो हिसाबले पाउनुपर्ने seats = 335 को 0.20% = 0.67
      तर पाएको Seats= 0 (0%)
      ____________________________
      Election 2008 Data:
      http://en.wikipedia.org/wiki/Elections_in_Nepal

      Reply
    2. Prayash Jung Rayamajhi says:
      November 24, 2013 at 6:34 pm

      जस्तो कि कुल सदर मत १००० छ भने, अनि सिट चाहिं ५ छ भने, उदाहरण को लागि गाईले ४०० सदर मत ल्यायो भने, (४०० X ५) / १००० = २ हुने भयो र गाइ ले ५ मा २ सिट हासिल गर्ने छ ! एमाले ले २०० सदर मत ल्यायो भने (२०० X ५)/१००० = १, एमाले ले एक सिट पायो !
      यो चुनाव मा लगभग ८० लाख सदर मत छ होला ! समानुपातिक सिट ३३५ !
      सोचौ कि,
      रुख ले ५० लाख सदर मत पायो भने, (५० लाख X ३३५ / ८० लाख )
      (5000000 X 335) / 8000000 = 209.375
      अर्थात् २०९ सिट रुख ले पाउनेछ !

      Reply
  24. lekhnath ojha says:
    November 24, 2013 at 1:35 am

    साथी हरु हो म त् हासेर मर्ने भए ….माओबादी को हार बाट अब त जातियता को कुरा गर्न अलिक कम गर्ने हुनकी …….जसको कारण बाट आज हार खानु परो…

    Reply
  25. Krishna Wagle says:
    November 24, 2013 at 1:23 am

    साथिहरूले द्रव्य शाहको कथा पढ्नुभएको छ नि? गोर्खाको लिग्लिग्कोटमा बर्ष बर्षमा एकपल्ट दौड हुँदो रहेछ। त्यस दौडमा जो पहिला भयो त्यहि राजा हुने प्रचलन रहेछ। एकपटक पृथ्वी नारायण शाहका पुर्खा द्रव्य शाह पनि त्यो दौड हुने बेलामा त्यहाँ पुगेछन र म पनि दौडमा भाग लिन्छु भनेछन्। हामि यस्ता भुस्तिग्रे घलेहरूका अगाडी यो फिष्टे ठकुरीले के जित्ला र भनेर सबैले भाग लिन दिएछन। आखिरिमा तिनै द्रब्य शाह दौडमा पहिला बनेछन्। नियम अनुसार खुरुक्क राजा बनाउनुपर्नेमा घलेहरू कचिङल गर्न थालेछन्। अब राजा नबनाउने भए त पहिल्यै दौड्मा भाग लिन दिनुहुन्नथ्यो नि। माओवादीको वहिष्कार घलेहरूको त्यो कचिङल जस्तै हो साथिहरु। दौड्मा भाग लिने परिणाम नमान्ने। त्यसपछीको कथा त थाहै छ। द्रब्य शाहले फौजी हमला गरि राज्य लिएरै छोडे । माओवादीको हकमा पनि त्यहि हुनेछ, जनमतलाई नमाने बाउन्न सालभन्दा अघि जुन स्थानमा थिए त्यहि स्थानमा पुग्नेछन्।

    Reply
    1. पबित्र says:
      November 24, 2013 at 10:16 am

      ईतिहासको कथालाई नमोडौं । द्रव्य शाहले दौडेर होईन् । घलेका धावकहरूलाई बिचमा सेना लगाई मारेर जीतेका हुन् ।

      Reply
      1. बल बहादुर तामांग घले says:
        November 24, 2013 at 4:22 pm

        यँहा पनि यस्तै भएको छ| द्रब्य शाहले जसरि चिट गरेर घले र मगर लाई पर सारे शाहवंशको राज पनि त्यस्तै हो| माओवादीले कोर्स करेक्सन गर्न खोजेको चै हो तर यतिका दशकौ सम्म खान पल्केकाहरु चम्बु छन्| जातीयताको कारणले माओवादीको हारेको होइन| यसलाई अन्य दुई दलले जनता समक्ष सफलता पुर्बक नकारात्मक रुपमा प्रस्तुत गरे| यो (जातियता) जीवित छ चाहे माओवादीले राखुन वा त्यागुन| गणतन्त्रमा सबैले समान अधिकार पाउन्पर्छ| झेला र हेला गरेर पहिले माथि पुगेकाहरुले द्रब्य शाहको कृत्य बाट पाठ लिन पर्छ| २४० बर्ष त् धाने जनतालाई अन्धेरिमा राखेर|
        कांग्रेस र एमालेले राम्ररी सम्बोधन नगरे यो अब झन् यो भयंकर रुपमा देखा पर्नेछ| क्रियाकाप र नीति अवलोकन गर्ने हो भने कांग्रेस र एमाले भनेको कुईया पार्टीहरु हुन्| एउटाले बीपी लाई पन्छाए अर्कोले पुष्पलाल लाई पाखा राखे|
        एउटा कारण चुनाव नजिक बैद्य बाजेको कुकृत्यले माओवादीलाई नोक्सानी भएको हो| चाहे ए टीम हुन् वा बी टीम, जनताको नजरमा माओवादी उस्तै हुन्| प्रचण्ड र बाबुरामले सोल सर्चिंग गर्न पर्छ| माओवादी धेरै ठाउँमा चुके| अब रुएर कराएर के गर्नु? माओवादीले जनताको सर्बोच्चताको कदर गर्न पर्छ| नत्र २८ सीट बाट जिरोमा जानेछन|

        Reply
  26. Rajendra Adhikari says:
    November 23, 2013 at 9:54 pm

    हल्लै हल्लाको भरमा गाईले त काठमान्डौ र देशै भरबाट धेरै नै मत ल्याउँछ कि क्या हो । गणतन्त्रवादीको दुई तिहाई पुराउन पनि अब त माओवादी संविधान सभामा जानुपर्छ ।

    Reply
  27. Jeevan Thapa says:
    November 23, 2013 at 9:30 pm

    बल्ल त संबिधान सभाको जात्रा हेर्ने दिन हरु आउंदै छन् … धैर्य गर साथि हरु हो कुर्सि को लागि नौटंकी हुन्छ अब केहि दिनमा ..

    Reply
  28. Naresh says:
    November 23, 2013 at 9:01 pm

    फेरि संबिधान न-बन्ने भो ! नेतानै नभाको पार्टी का अगुवाई !! दुख पाउलान जनताले, तिनका आफ्नै ढंगले !!!

    Reply
  29. Chandra/Afghan says:
    November 23, 2013 at 8:48 pm

    माओवादी हरु एमाले लाई तेस्रो लिङ्गी भनेर भन्ने गर्थे ,निर्वाचन को पारीणाम हेर्दा त , एमाले ले कट्टु फुकालेर देखाइदियछन।

    Reply
  30. बशन्त राज says:
    November 23, 2013 at 7:54 pm

    एक परिवार रहेछ / उत्त परिबारमा छोरा बुहारी सासु ससुरा रहेछन /सासु र बुहारी को कुरा फिटिक्कै नमिल्ने रहेछ / एकदिन खाना खान परिवार संगै बसेछन / त्यो दिन खाना खादा सासुको खानामा चामल को बिया फेला परेछ / त्यस पछि सासुले बुहारीलाई आरोप लगाईछा कि ” हेर छोरा बुहारीले म माथि ठुलो सडयन्त्र गरेर बिरामी बनाउने कोसिश गर्दै छे / हेर एस कुराको पुस्टि यो बिया यो मेरो भाग म भेटिनु बाट पुस्टि हुन्छ/ ” समान्य खानामा कहिलेकाही बिया भेटिनु सामान्य हो / तर सासु बुहारीको जात कहिले पनि नमिल्ने हुदा यसरी अरोप प्रत्यारोप लाग्नु सामान्य हो / हाल प्रचण्डले सडयन्त्र देख्न्नु पनि त्यही सासुको कुरा जस्तो हो / चुप चाप हर स्वीकार गरेर संबिधान बनौन सहयोग गर्नु नै एमाओबादी लागि राम्रो अनि सहि कदम हो / नेपाल बन्द हड्ताल नगर्ने अनि संबिधान बनौन सहयोग गरि २ बर्ष पछि हुने अर्को निर्बाचन तयारी गर्नु एमाओबादी लागि श्रेयकर हुन्छ /

    Reply
  31. अनोज शाक्य says:
    November 23, 2013 at 6:23 pm

    चुनाव भर्खर सकियो अब भाग बण्डाको कुरा हुन्छ । संबिधान बनाउने हो भने अहिलेको सरकारलाई संबिधान नबने सम्म चलाऊन दिएर, सबिधान बनाएर मन्त्री मन्डलको चुनाव गराउदा राम्रो हुन्छ । अहिले को अवस्थामा सुशिल कोइरालालाई प्रधानमन्त्री बनाउने कि माधव नेपाललाई , शेर बहादुर देउवालाई कि , झलनाथ खनाललाई ? गगन थापालाई बनाएन भने जनता रिसाउछ । त्यसैले नेताहरु सरकार गठन संबिधान जारी गरे पछी मात्र गरे कसो होला ।

    Reply
  32. Pramesh says:
    November 23, 2013 at 6:15 pm

    यो भाजक र भागफलको बारेमा चाही अलि बिस्तृत बर्णन गरुन हौ कसैले|

    Reply
    1. Mehesh Sharma says:
      November 24, 2013 at 1:52 am

      तपाइँलाइ भागफल निकाल्नै आउदो रहिनछ अब कसरि सिकाउनु ?

      Reply
      1. Pramesh says:
        November 24, 2013 at 8:13 pm

        सामान्य अंकगणितको भाग त जानेको हो तर यो अलिक फरक रहेछ| श्रृङ्गखलावद्ध रुपमा भाग गर्ने रे| तपाइले बुझेको भए बुझिदिए हुन्थ्यो| अरु साथीहरुको पनि प्रतिक्रिया हेर्दा धेरैलाई थाहा छ जस्तो लागेन|

        Reply
        1. khum raj poudel says:
          November 25, 2013 at 9:33 pm

          हेर्न चाई यो भागफल हेरियो तर भागफल नै नजाने जस्तो भयो म पनि अलमल्ल मा बरु लाटो हिसाब मा भन्न सकिदैन कति मत बराबर १ सिट हुन्छ भनेर कृपा गरेर बताइदिनु साथीहरु

          Reply
  33. kedar says:
    November 23, 2013 at 5:23 pm

    कांग्रेस र एमाले मिलेर दुइ तिहाइ पुर्याउछन कि पुर्याउदैनन् ? जान्ने धेरै उत्सुकता छ /

    Reply
    1. Prayash Jung Rayamajhi says:
      November 24, 2013 at 6:36 pm

      कांग्रेस एमाले ले मात्रै त पुराउन सक्दैनन् होला, राप्रपा र राप्रपा नेपाल मिलेर चाहिं आउछ होला !

      Reply
    2. Mahesh says:
      November 24, 2013 at 7:14 pm

      अलिक नपुग्ने जस्तो छ, करिब ३८० जति पुग्छ !

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme