Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘कुकुर’ सबैको पनि जमानत जफत

Posted on November 23, 2013September 15, 2023 by mysansar

-राजन केसी-

ठ्याक्कै एक साताअघि मैले माइसंसारमा पठाएको एउटा ब्लग छापिँदा सोसल मिडियालाई नै स‌ंसार देख्नेहरुलाई आक्रोशित कमेन्ट गरे। यसले दलका अन्धभक्त र यो समूहका अन्धभक्तहरुबीच कुनै फरक नभएको देखायो। कुकुर चिह्नवाला उम्मेदवारहरुको हैसियत यो निर्वाचनले देखाइदिइ हाल्यो। कुकुरवालाका चारै उम्मेदवारले जमानत जफत हुने गरी पराजय भोग्नुपर्‍यो। सोसल मिडियामा ठूल्ठूला कुरा गर्नेहरु र त्यही ब्लगमा आक्रोशित कमेन्ट गर्नेहरुले अब चाहिँ वास्तविक धरातल चिने होलान्। राजनीति गर्न राजनीति बुझ्नुपर्छ। समाजको मनोविज्ञान बुझ्न जरुरी हुन्छ। समाजमा जनचेतना फैलाउने अभियन्ताका रुपमा उहाँहरुको भूमिका बढी प्रभावकारी हुन्छ। त्यसमा हातमा हात दिन सबै तयार हुन्छन्। राजनीतिमा वैकल्पिक शक्ति भनेको हिन्दी फिल्ममा देखाए जस्तो रातारात पार्टी खोलेर भइन्न। न ठूलो विदेशी पत्रिकाको ससानो कभरेजले भइन्छ।

यो निर्वाचनले उनीहरु आफ्नो वास्तविक शक्ति पहिचान गर्न सफल भए।

कुकुर चिह्नका कसले कति मत पाए ?

काठमाडौँ १ का गोविन्दनारायण तिमिल्सिना ८३२
काठमाडौँ ४ का सन्तोष प्रधान ४२२
काठमाडौँ ५ का उज्वल बहादुर थापा ११६३
काठमाडौँ ८ का पुकार वम ६६०

फेसबुकका हजारौँ लाइक र मतपेटिकामा खस्ने एक एक मतबीच कति अन्तर हुने रहेछ भन्ने पनि उहाँहरु बुझ्न सफल हुनुभयो होला। युवा पनि राजनीतिमा आउनु पर्छ। तर यस्तो हावा तालले हैन। राजनीति बुझ्नुपर्छ। देश बुझ्नुपर्छ। यहाँको समाज बुझ्नुपर्छ। नेतृत्व के हो बुझ्नुपर्छ। संगठन के हो बुझ्नुपर्छ।

युवाको उपस्थिति सशक्त हुनुपर्छ। जमानत जफत भए पनि यति अभियानबाटै अरु स्वतन्त्र उम्मेदवारभन्दा अलग पहिचानका साथ यति धेरै भोट पाउन सक्नु उहाँहरुको सफलता हो। संविधान बनाउन दिइएका यी भोट खेर जाँदैनन् भनेर उहाँहरुले आफ्ना मतदातालाई निश्चिन्त बनाउन जरुरी छ। स्वच्छ छवि कायम राख्न आफूभित्र रहेका फोहोर हटाउन जरुरी छ। भनाइ र गराइमा समानता हुनु जरुरी छ। अरुमाथि औँला उठाउँदा आफूमाथि उठ्ने औँलाप्रति पनि सचेत हुन जरुरी छ।

अर्को पटकको चुनावमा कम्तिमा जमानत जोगाउन सफल हुनुस्। यात्रा यसरी नै सुरु हुने हो। एक दिन प्रधानमन्त्री वा राष्ट्रपति बन्न सफल हुनुस्, तपाईँहरुको उज्ज्वल भविष्यको कामना। फेरि पनि एउटा अनुरोध- सामाजिक सञ्जाललाई नै संसार नठान्नुहोस्। यो बाहिर पनि संसार छ र एउटा नेता हुन बाहिरको संसारमा पनि भिज्न जरुरी छ। सामाजिक सञ्जाल संगठनको एउटा साधन मात्रै हो, साध्य हैन।

30 thoughts on “‘कुकुर’ सबैको पनि जमानत जफत”

  1. Mahendra says:
    November 26, 2013 at 9:21 pm

    एकै पटकमा सबै सफल हुन सक्दैनन् / साहसी युवाहरुले गरेको प्रयास धेरै राम्रो छ / चुनाबमा हार्ने र जित्ने भनेको एउटा नियमित प्रक्रिया हो /

    Reply
  2. Raj says:
    November 26, 2013 at 2:55 am

    “कुकुर” को खेदो खानुवा पात्रहरुहरु लाई सानो सुझाव:

    ठ्याक्क चुनावको ४८ घण्टा अगाडी र यो ब्लग द्वारा फेरी केहि “चरित्र” हरुले विवेकशील नेपाली माथि धावा बोलेका छन् । एक तर्फी कार्यक्रम र क्रियाकलाप मात्र हेरेर वाक्क, ब्यक्क र बोर लागेर यो वैकल्पिक सोच प्रेषित गर्ने जमर्को गरेको छु ।

    सर्वप्रथम मित्र राजन के सी र वहाँ जस्तै “पात्र” हरुले विचार गर्न पर्ने एउटा कुरा के हो भने cyberspace मा यहाँहरु जस्ता “पात्र” ले “कुकुर” को नाममा विवेकशील नेपाली संस्था माथि निरन्तर गरि रहनु भएको आक्रमणले त्यो संस्था लाई घाटा कम publicity बढी प्राप्त भएको छ । भनिन्छ “any publicity is good publicity” – त्यसको लागि विवेकशील नेपालीको शुभ चिन्तकको हैसियतले यहाँ हरु सबै “पात्र” लाई साधुवाद । “पात्र” किन भन्न खोजिएको भने यहाँहरु को हो र व्यक्तिगत रुपमा के हो भन्ने कुरा गौण विषय हो ।

    महत्वपूर्ण मुद्दा यहाँहरु जस्ता पात्रको बदनियतपूर्ण क्रियाकलाप हो जुन जानी / नजानी, प्रायोजित / अप्रायोजित रुपमा विवेकशील नेपाली माथिको निरन्तर कपोल्कल्पित, अतिरन्जित र भ्रामक प्रहारको रुपमा आयो । र त्यस्ता प्रहारमा खुचिङ्ग बाजी खेल्ने र काखी बजाउने अर्का खतरनाक चरित्रहरुको झुण्ड पनि निक्कै नै देखियो । यस्ता कुनै प्रमाण बिना गरिएका बकम्फुसे लान्छनाहरु मात्र डर र डाहा ले छट्पट भएर नितान्त आत्मा रातिको लागि मात्र भएको भन्ने निर्क्योल मा पुग्दा धेरै बोले जस्तो नहोला । केसी जी लाई म वहाँ ले विवेकशील नेपाली लाई लगाउनु भएका लान्छना हरुको सबुत प्रस्तुत गर्न यसै ब्लग द्वारा चुनौती दिन चाहन्छु । सबुत छैन भने यस्ता घिनलाग्दा गतिविधि अव उपरान्त नगरी दिए यस ब्लग का पाठाक र अरु सबैको भलो हुने थियो । केसी जी लाई यस्तो cyberspace मा कसैको मानहानी गर्नु नेपालको कानुन बमोजिम गैरकानुनी गतिविधि मा पर्छ भनेर हल्का जानकारी पनि गर्न चाहन्छु । वहाँ संग सबुत छ भने अगाडी ल्याउन पर्यो र त्यस पछि विवेकशील नेपाली लाई कठघरा मा उभियाउन जरुरि छ । प्रायोजित रुपमा यो सबै किडा उचाल्ने कार्यक्रम भइरहेको छ र केसी जी त्येसको एक गोटी मात्रै हो भने प्रायोजक(हरु)को डरले होस हवास गुम भइ सकेछ भन्ने शंकालाई वास्तविक पनि रहेछ भनेर ठोकुवा गर्न सकिन्छ ।

    विवेकशील नेपालीले विगतमा दिन दुगुना रात चौगुना रफ्तार संस्थागत विकाश प्राप्त गर्न सफल भएको छ । राजनैतिक विकल्पको रुपमा नेपाली राजनीति जगतमा विवेकशील नेपालीले आफूलाई स्थापित गर्दै गएको सत्य तथ्य हो । यथास्थितिवादी मनस्थिति र शक्तिहरुले उर्लिएर स्व-स्फुर्त रुपमा विवेकशील नेपालीका कारणले आई रहेको सकारात्मक परिवर्तन लाई स्विकार्न नसक्नु अथवा नकारात्मक रुपमा देख्नु कुनै नौलो र अचम्म को कुरो होइन । मनस्थिति नै यथास्थितिवादी भएका हरुले कुनै पनि परिवर्तन (चाहे त्यो सकारात्मक नै किन नहोस) को बिरोध गर्नु नितान्त सामान्य प्रक्रिया हो ।

    विवेकशील नेपालीले विगत केहि वर्षमा र खास गरि विगत चुनाव प्रचार प्रसारको क्रममा बुलान्दी का साथ दिएको धेरै सकारात्मक संदेश हरु मध्ये एक संदेश एस्तो छ – “वर्तमान राजनैतिक कुसंस्कारको विकल्प छ र त्यो विकल्प हामी आम नेपाली आफै नै हौँ ” । सरल र सिधा, दायाँ बायाँ केहि छैन, स्पस्ट कुरो छ यो र सबले जानेका पनि छन् तर बुझ पचाई रहेका छन् । आफ्नो विवेक लाई सुत्न दिई रहेका छन् । विवेकशील नेपालीले ल्याएको नयाँ आशाको लहर लाई नकार्नु भनेको घाम को उज्यालो देख्न नखोज्नु बराबर हो । विवेकशील का नेपाल बन्द बिरोधि अभियान र अरु सत्कर्म का बारे जान्न यहाँ जानुहोस् – https://www.facebook.com/bibeksheelnepali र http://www.leadnepal.com

    नेपालको राजनैतिक कुसंस्कारको वातावारण एकाएक काया पलट हुने वाला छैन । नेपाली समाजमा ब्याप्त राजनैतिक कुसंस्कार लाई बदल्न विवेकशील नेपालीले थालेको अभियान भने उक्त कुसंस्कारको शुद्दिकरणको बाटोमा एक बुलन्द कोशे ढुङ्गो हो । उक्त तथ्य नकार्ने र यो चाहिने नचाहिने कुरो गरि बस्ने “चरित्र” हरुको क्रिया कालाप बाट कसैलाई घाटा हुन्छ भने त्यो उही “चरित्र” आफै लाई हुन्छ । बाँकी सुझ बुझ भएका हरुलाई त “जुंगो चलो कुरो बुझो” हुन पर्ने हो ।

    ( राज महर्जन काठमाडौँ क्षेत्र ४ का रैथाने हुन्)

    Reply
  3. prabhat says:
    November 25, 2013 at 10:10 am

    मैले किन कुकुर लाई भोट दिइन…

    कृपया पढ्नु अगाढी नै मेरो बिन्ति के छ भने मेरो प्रतिक्रिया लाई पुर्भाग्राही भयो भनेर नसोची दिनु होला | म छेत्र नम्बर ४ को बासिन्दा हु तर कुकुर लाई भोट हालिन| हुन त पक्कै पनि बिबेकशील नेपाली को सिद्धान्त र विचारहरु राम्रो छ, तर मेरो बुझाईमा इ जति पनि नकारात्मक टिप्पणी आउनुको प्रमुख कारण विश्वासको माहोल नहुनु तथा वहाहरुले सर्बसाधारण जनताहरुलाई विश्वास दिलाउनु नसक्नु नै हो | येही सन्दर्भमा मलाई पनि केहि प्रस्नहरु राख्नु मन लाग्यो बिबेकशील तथा बिब्केशीलका साथीहरुलाई,

    १) पत्र-पत्रिका लाई आधार मान्ने हो भने “ओकुपाई बालुवाटार” तथा “ब्युझाग्रह” नागरिकहरुको अभियान भनेर उल्लेख गरिएको थियो, के अब आएर “बिबेकशील” ले गरेको थियो भनेर तपाईहरुको नैतिकताले दिन्छ?
    २) तपाईहरुको विचार अनुसार पढे लेखेको युवा मात्र राजनीतिमा आउनु पर्छ भन्ने बुझाई छ, उसो भए कारणबस पढ्ने मौका नपाएका तथा स्वछ मनले राजनीति मार्फत देशको सेवा गर्छु भन्नेले राजनीतिमा छिर्नै नपाउनु?
    ३) येदि उध्हमीले मात्र राजनीतिमा राम्रो गर्छ भन्ने सोच हो भने तपाईहरुले किन तपाई हरु जस्तै विचार भएका राजनैतिक पार्टी वा व्यक्तिलाई ( नव नेपाल निर्माण पार्टी आदि) समर्थन जनाउनु भएन ( तेस्तो अवस्थामा तपाईहरुले चुनाबमा खर्चेको पैसा अरु कुनै सामाजिक कार्यमा प्रयोग गर्नु सकिने थियो कि)
    ४) सन्तोष प्रधान प्रतिको जुनै पनि टिक्का- टिप्पणीहरु आए तेस्को सत्य-तथ्य के हो? के तपाईहरुको पार्टीमा आउने बित्तिकै कुनै पनि ब्यक्ति स्वछ छबिका हुन्छन? त्यो त फेरी उही पुरानो माओबादी पारा भएन र? स्वछ छबि को आधार के?
    ५) उज्ज्वलजीको पृष्ठभूमि हेर्दा वहा तेही पुरानो ब्यापारिक- संजालमा काम गर्नु हुन्छ जस्तो लाग्यो, जसमा कर छली प्रकरणका घराना “चौधरी ग्रुप” पनि पर्छन, आफुलाई स्वछ छबि भन्न रुचाउने तर देश लाई घाटा पुराई रहेका संग को साठ-गाठलाई के भन्न रुचाउनुहुन्छ?
    ६) तपाईहरुको सिद्धान्त एकदमै राम्रो लाग्यो, मैले webpage मा गएर हेरे, तर हामी जस्ता सर्बसाधारणले तेस्लाई विश्वास गर्ने अधार के? राम्रोकुराहरुको संगालो त पुराना पार्टीहरुको घोसना-पत्रमा पनि थियो नि होइन र?

    कृपया “बिबेकशील” को बिरोद्धमा लेख्ने बित्तिकै मलाई दुश्मनै नठानी दिनु होला, यो मेरो कौतुहलता थियो, र म जस्तै हज्जारौ युवा हुन्हुछ होला जो विश्वास गर्न लाई दोधारमा हुनहुन्छ | येही कारण ले मैले कुकुर लाई भोट दिईन|

    Reply
  4. Sheetal says:
    November 25, 2013 at 4:42 am

    Rajan jee, your increasing number of negative blogs against bibeksheel nepali doesn’t prove anything else, except that you have a cynical brain and a lot of time (and brain) to waste 🙂

    Reply
    1. Sheetal says:
      November 25, 2013 at 4:45 am

      And I should add, the platform you are using to write your blog is itself a social media, and will only be read by people who spend a reasonable time on the internet. Whether they (including you) are real or not, I leave that upto you. But it’s sure to attract comments from the very same people, who you believe are “social media lai sansaar thanne”, again, that includes you too.

      Reply
  5. jagannath kafle says:
    November 24, 2013 at 11:18 pm

    राजन जी, नमस्कार! बिबेकशील नेपालीले संचालन गरेका अभियानहरु “नेपाल हाम्रो घर हो डेरा होइन”, “विकल्प कुरेर होईन बनेर देखाऊँ”, “राजनीति पेशा होइन, पेशामा स्थापित भएर राजनीति गरौँ(राजनीतिलाई कमाईखने भाँडो नबनाऊँ)”, “राजनीतिमा समस्या छ, गाली गरेर होईन, जिम्मेवारी लिनु पर्छ, सच्याउनु पर्छ”, “युबाहरु राजनीतिमा सक्रिय बन्नु पर्छ “, “सचेत नागरिक बनौ”, “बन्दलाई बन्द गरौँ”,, “भ्रस्ट्राचार बिरुद्द अभियान”, “ब्युझाग्रह”, “नेपाली भनेर होईन बनेर देखाऊँ”, ” कुरा कम काम बढी”, सकारात्मक परिवर्तन सम्भवछ, हाम्रै पालामा”……… जस्ता कार्यक्रमहरु सक्रिय रुपमा गरिरहेकाछन, कम्तिमा तपाईलाई प्रभाव पारेछ, सार्है खुशी लग्यो….धेरै जना साथीहरुआई ध्यानाकर्षण गरिदिनु भयो, तपाईले र अन्य मित्रहरु पनि बिस्तारै बुझ्दै प्रभावित हुदै जानुहुने छ, अझ खुशी लाग्यो, एकदिन तपाईंले यस अभियान मा वोकलत गर्दै लेख्नु हुने छ, त्यो दिन झनै खुशी लाग्ने छ| उल्टो सोचाई सुल्टीन समय लाग्छ | धन्यवाद!

    Reply
  6. hari says:
    November 24, 2013 at 11:14 pm

    यो पोष्टमा धेरै dislike आए नि केहि छैन यहाँ पनि पढदै like र dislike हान्न टिम नै खटाएको जस्तो देखिन्छ।फेसबुकमा बिज्ञापन गरेर like ल्याए जस्तै।

    जमानत जफ्त भए पनी उनीहरुको उदेश्य प्राप्ति भो जस्तो लाग्छ,आफु चिनिने
    कति त सकैले नचिनेका मानिसलाई धेरै चिने,हावा मै ठुला ब्यक्ति योजनाकार ठहरिए, अझ टि भी,पत्रिकामा आफुलाई देश नै परिवर्तन गरि हाल्ने सक्ने बुद्दिजिबीको रुपमा प्रस्तुत गरे,धेरैको आडियल भने(अझै फेसबुक भ्यान पेजमा गरेर हेर्नु होला)।शायद त्यहि त हो खोजेको,चुनाव जितिदैन जमानत जान्छ भन्ने त छातीमा हात राखेर भन्दा शायद ९९ प्रतिसत पहिले नै थाहा थियो।अरु माध्यम बाट आएको पार्टीबाट आएको भए १० बर्षमा नि यति हुदैन थियो होला अब पछिको कार्यक्रमलाई पनि सहयोग भयो होला।

    मैले यो एउटा साईटको कमेन्टमा पढेको थियो,कतिको सत्य हो त्यो चै थाहा छैन,आफै निर्णय गर्नु होला।
    copied
    केहि कुरा लेख्न मन लाग्यो।
    मलाई उनीहरुको मुल उद्देश्य के हो ,सच्चिकै बिकास गर्ने हो,आफु हिट हुने हो,पावर पाउन हो,पैसा कमाउन,के हो त्यो त ठक्कै थाहा छैन,तर मैले देखेको कुरा केहि लेख्न चाहान्छु।
    १) मलाई थाहा भए सम्म बिवेकशिल नेपाली भन्ने एन जि ओ वा आई अन जि ओ जसरी चली रहेको छ,जसको एउटा पुरै घर नै लिई कार्यलय शंखपार्क तिर छ।धेरै एन जि ओ,आई अन जि ओ ले युवा,भष्ट्रचारको नाममा खाली बिदेशी वा अन्यको पैसामा खेल गरेको आरोप लागि रहदा,उनिहरुको पनि ठुल्ठुला कुरा मात्रले कसरी बिश्वास गर्ने गाह्रो छ।यि अभियानको नाम पनि केहि त भई रहेको छैन।जिज्ञासा उठ्न सक्छ।
    २)अध्यक्क्ष अरुले यो गरे उ गरे भने जतिकै सिधा साधा जिबनका छन कि कार चढेर हिडछन थप अनुसन्धान गर्नु पर्ने बिषय हुन सक्छ।
    ३)खर्च निकै पारदर्शी भने पनि बेभसाईटमा ३-४ लाखको भन्दा अरु हिसाब देखिदैन,फेसबुकमा त्यत्रो प्रचार गर्न र अरु सबै खर्च गर्न त्यतिले पुग्छ भन्ने प्रश्न आउन सक्छ,पुग्दैन भने यति सानो कुरामा झुक्काउनेले करौडौ पाए ले गर्ला
    ४)चुनाब भन्दा धेरै पहिले देखी नै अब गरौ गरौ भनेर अनेक कुरामा उस्काउने र बेभसाईटमा राजनैतिक कुरा जस्तो केहि भान नदिने र पछि लगेर “केहि कुराको बिरुद्द लागौ” एक्यबद्दता भनेर निर्वाचन परिचय पत्र सहितको नाम ठेगाना हाल्न लगाई Petition Sign जस्तो गराएर पहिल्यै जनता झुकाउन लागेको त होइन भन्ने प्रश्न उठछ।सुरुवातमा नै झुकाउन खोज्नेले पछि के गर्ला भन्ने पनि प्रश्न उठन सक्छ।
    ५)त्यस मध्येका एकले आफु हार्वड पढेका भनेर बायोडाटा प्रस्तुत गर्दै छन तर कति लामो के पढेको वा कुनै सर्ट कोर्ष गरेको भन्ने चै केहि खुलाएका छैन, अरुलाई यो भएन उ भएन भन्नेले लुकाउन हुदैन कि? युवा युवा वा हामी गर्छौ भनेर दिर्धकालिन रुपमा आफ्नो कोमोडिटिज बिजनेसको दुनो सोझाउने प्लान त होईन?
    ६)कुरै मात्र त जसले नि गर्न सक्छ तर न त कुनै त्यसतो अनुभब ,न कुनै बिश्बसिनियता,न कुनै ठोस कार्यक्रम,गफैमा मात्र राम्रो सुनिने त होईन।टि भी मा बिचार सुन्दा नि देशको कति ठुला समस्या छन वा ग्राउण्ड रियालिटी सँग अवगत नभएको र युवा आकलन र जोस मात्र हो कि भन्ने जस्तो सुनिन्छ.नेपाल मा यस्ता कुरा मात्र धेरै गर्न र आफ्नो स्वार्थको मान्छे भएर नै बिकास नभएको होईन र? सबिधानको मुल बिषय राज्य संरचना आदि आफैले बुझेको वा काठमाडौमा बसेर बुझेको देखिन्छ,
    ७)अध्क्यक्षको यो खाली पब्लीसिटी स्टन्ट त होईन,अरु कार्यक्रमहरु पनि खाली चलेको कुरा पब्लीसिटि पाउने,अनेक नाममा मान्छे भेला पारेर आफ्नो प्रोफाईल र ठुला भनिएका मान्छेसँग नेटबर्किङ बढाउने खालमा मात्र देखिन्छन ,यहाँ अरुको कुरा सुन्दा नि आफ्नो स्वार्थको लागि जो पनि प्रयोग गर्न तयार भएको र आफ्नो ईमेज बनाउने प्रयास मात्र देखिन्छ।युवा युवा भनिने अध्क्यक्ष कति बर्षको हुनु भयो? रिजल्ट आउने काम केहि गर्न नसक्ने खाली जहाँ पब्लीसिटी पाईन्छ त्यो गरेर चिनिने आफु सोघोषित बिचार लिडर हुने काम त होईन
    मेरो उद्देश्य कसैको खुट्टा तान्ने होईन वा दलले चै गय्यो भनेको पनो होईन तर केहि कुरा छदम रुपमा गरिए त्यसले त्यो राम्रो कुरालाई मात्र नष्ट गर्ने,अगाडि नबढाउने वा ब्यक्तिगत प्राप्तिको साधन बन्ने मात्र हुन्छ,त्यसतै नहोस भन्ने चाहाना मात्र हो।मेरो यो कुनै आरोप होईनन।उहाँहरुको सच्चिकै राम्रो उद्देश्य हुन सक्छ, तर तर्क सगै मनमा उठेका केहि जिज्ञासा मात्र हुन।ब्यक्तिगत रुपमा मलाई त केहि हजार भन्दा बढी भोट पाउला जस्तो लाग्दैन, सोसल नेटवर्किङमा भएर ठुलो देखिएको हो।अरु केहि नभए नि कसैले नचिनेको मान्छेहरुले चै प्रचार पायो शायदा अब अझ धेरै डोनेसन उठाउन मद्दत पुग्यो होला शायद त्यहि होला उदेश्य पनि।नेपालमा भले ५०० भोट किन नपाओस म उम्मेदवार भनेर समेत पोफाईल बढाउछन

    Reply
  7. अमर says:
    November 24, 2013 at 10:47 pm

    अक्षर चिने पछि मात्र शब्द लेख्न सकिन्छ । कुकूरजी हरुले सासदको चुनाव लडनु अघाडी वडा सदस्यको चुनाव लडेको भए राम्रो हुने थियो कि? कम्तीमा पनि आफ्नो हैसियत थाह हुन्थ्यो । एक जना कुकूरजीको मित्रको भनाई अनुसार त उहां स्कूल पढदा कक्षाको मनिटर सम्म पनि बन्नु भएको थिएन रे । कुकूरजी हरुले कम्तीमा पनि सांसदको चुनाव लडेको भनेर गफ गर्ने बाटो चैं पक्कै पनि पाउनु भएको छ भलै तेति भोट ल्याउंदा वडा सदस्यको चुनावमा पनि जमानत जफत हुन्छ ।

    Reply
  8. lb chhetri says:
    November 24, 2013 at 7:11 pm

    ‘कुकुर’ शब्द को प्रयोग ठिक होइन. हारे का लागि पनि सम्मान जनक शब्द को प्रयोग हुनु पर्छ.

    Reply
  9. Dawa Finjok Nepali says:
    November 24, 2013 at 5:44 pm

    हुदैन, भएन, मिलेन र गरेन जस्ता शब्दहरुको पोखरी फुटाउने र पुर्बग्राही भएर लेख्ने राजन जी जस्ता लाइ परिवर्तन कुन चराको नाम हो के थाहा,

    Reply
  10. Pramesh Manandhar says:
    November 24, 2013 at 5:21 pm

    ठोलो प्राज्ञिक हुनु हुदो रहेछ, हाम्रा राजन जी, आमालाई सोध्नुस गएर कति चोटी लड्नु भो भनेर,

    Reply
  11. Pramesh Manandhar says:
    November 24, 2013 at 5:17 pm

    कतै यौ Mysansar रातो पाती झैँ, राजनीतिक दलको मूख पत्र हो की के हो, कोंग्रेसको सुपोर्टमा खुब लेख देखिन्छ आज भोलि…

    Reply
  12. Pradeep says:
    November 24, 2013 at 5:16 pm

    राम्रो काममा सबैलाई साथ् दिम रञ्जन जी | बिबेकशील नेपालीले आइले मात्र हैन पछि सम्म पनि आफ्नो अभियनलाई कायम राख्ने छ | बिबेकशील नेपालीलाई सुभकामना र रञ्जन जीको सोचलाई खोइ कुन्नि के भन्नु र |

    Reply
  13. Rojen says:
    November 24, 2013 at 5:24 am

    यस अगाडिको लेखमा केही कुरा सही हुदा हुदै पनि राजनको नियत, मनसाय ठिक नभएको कुरा बुझ्न गाह्रो थिएन | बिबेकशील समूहका मानिसहरुको सोच, नियत, मर्मबाट परिचित भएको नाताले अझ बुझ्न सजिलो भयो |

    यो सहि हो सोचेको जस्तो पहिलो प्रयासमा सफल भएन | तर यो पनि सही हो यति छोटो समयमा यति धेरै मत पाउनु पनि त ठुलै सफलता हो नि होइन र | राजन जस्तो जानेको बुझेको मानिसलाइ त बिबेकशील नेपाली समूहको मर्मले छुन सकेको छैन भने इन्टरनेट को पहुच नभएकोलाइ र अरुलाइ त ……

    सहि भनु भयो “समाजको मनोविज्ञान बुझ्न जरुरी हुन्छ”….. “राजनीतिमा वैकल्पिक शक्ति भनेको हिन्दी फिल्ममा देखाए जस्तो रातारात पार्टी खोलेर भइन्न”….अन्तिम हरफ राम्रो लाग्यो |

    देश बनाउने जिम्मा म, तपाई, हामी सबै को हो |
    तपाई हाम्रो सोच नियत राम्रो भयो भने देश ले गति लिन सक्छ |
    कुसंस्कार त्यागौ राम्रो संस्कारको थालनी गरौ |

    Reply
  14. Kamal Bhattarai says:
    November 24, 2013 at 4:54 am

    हार जित त भै रहनछ नि, येति छोटो समय मा येति का मतदान मिल्नु आफैमा धेरै ठुलो उपलब्धि हो, इट्स अ ग्रेट स्टार्ट !!

    Reply
  15. Kamal Bhattarai says:
    November 24, 2013 at 4:50 am

    राजन जी,
    तपाइँ को पहिला को लेख पनि पढेको थिए, यो पनि पढे, मैले पनि बिबेकशील नेपाली टिम को बारे मा Facebook बाट नै जान्न मौका पाए. वहा हरु को Interview TV मा हेरे, वहा हरु को Energy , Motto , Enthusiasm हेर्नुस त , कत्ति positive message फैलाएका छन् वहा हरु ले अहिले का हामि युवा हरु मा, मान्छे हरु दिक्क भै सकेका छन् बुढा पुराना पार्टी हरु बाट, पुराना नेता हरु बाट, ४६ साल को जना आन्दोलन देखि हामि ले उनीहरु को चर्तिकाला प्रस्ट रुप मा हेरेउ, अब कति पछि लग्नु उनि हरु को, बिकास सुन्य भयो, युवा शक्ति दैनिक १००० जना युवा हरु विदेशिन्छन , जो बाहिर पढ्न जान्छन नेपाल फर्किदैना, यो सब समस्या को जड हो यी नलाएक, भ्रस्टचारी नेता र हाम्रो भ्रस्ट समाज.
    यो सबै कुरा बाट दिक्क भएका मध्ये केहि ले मा परिबर्तन को सम्बाहक हुन्छु, देश को लागि केहि गर्छु भनेर अगाडी आएका हुन्, तपाई हामी पढे लेखेका व्यक्ति हरु ले वहा हरु लाइ सहयोग गर्नु को सट्टा खुट्टा तान्ने प्रबिती देख्दा दुख: लग्छ.

    Reply
  16. loknath adhikari says:
    November 24, 2013 at 3:50 am

    राजनजीको यस पटकको लेखमा त्यो पुरानो त्राशको झलक कतै देखिदैन| राम्रा सुझाबहरु दिनु भएको छ| चुनाबको नतिजासंगै सबै त्राशको अन्त्य भयेछ, तपाइको| खुशी लाग्यो|
    यो चुनाबमा ‘कुकुर’ लाई धेरै मान्छेहरुले आ-आफ्नै चस्माले हेरे| मैले ‘कुकुर’ को यो चुनाबी प्रक्रिया लाई एउटा अभियान को रुपमा लिएँ, र अहिले चुनाब सकिएपनि अझै त्यहि अभियानको रुपमा लिएको छु| म यिनीहरुले चुनाब जित्दैनन भन्ने कुरामा पूर्णत विस्वस्त थिए| यद्यपि, मैले उनीहरुको यो कदमलाई सार्है साहशिपूर्ण र समय अनुकुल ठानेको छु| साहशी किनकि पराजय हुने प्राय निश्चित हुदाहुदै पनि उनीहरु चुनाबी मैदानमा उत्रिए| र समयानुकुल किनकि यसले कम्तिमा सहरी युवामा मात्रै भए पनि यो सिक्छ्या दियो कि ‘नेता र अरु सबै लाई गाली मात्र गरेर हुदैन, हामीले नया विकल्प आफैले खोज्नु पर्छ|’ र त्यसैले त आज उनीहरुको पराजयमा पनि म विजय देख्छु| सायद तपाई पनि एउटा पार्टीको कार्यकर्ता वा शुभेच्छुक को नाताले उनीहरुको यो साहशबाट त्रशित हुनुभयो होला| सायद त्यहि भएर उनीहरु बिरुध्ह लेख लेख्ने प्रेरणा पाउनु भयो होला|
    मेरो शुभकामना छ यो अभियानका ति चार युबाहरु लाई र उनीहरुबाट प्रेरणा पाउनु हुने अरु युवाहरुलाई| सधै अरुको बिरोध गरेर मात्रै समस्या समाधान हुदैन, समस्या को समाधान खोज्ने काम हामी सबैको जिम्मेबारी हो| खुट्टो एक पाइला अघि नसारी गन्तब्य कहिल्यै पुगिन्न| हामी हाम्रो गन्तब्य मा पुग्नलाई कहिले पहिलो पाइला लिने त?

    Reply
  17. Bijaya says:
    November 24, 2013 at 1:45 am

    बिबेकशील नेपालीका उम्मेदवारको जमानत जफत भएकोमा राजनजी निकै खुसि भएजस्तो भान हुन्छ यो लेखबाट| भर्खरै स्थापित यो समुहले नेताहरुलाई गाली मात्र गरेर बस्नु भन्दा युवा जमातले आफै केहि गर्नुपर्छ नेपाल बनाउन भन्ने संदेश दिन सफल भएको छ| चुनाब पश्चात पनि यो समूह क्रियाशील रहोस र नेपाली जनताको मन मस्तिस्कमा असल छाप पार्दै आगामी चुनाबमा अहिलेको भन्दा राम्रो गर्न सफल होस् भन्ने मेरो सुभ कामना|

    Reply
  18. जनकमान डंगोल says:
    November 24, 2013 at 12:42 am

    गतिलो सोचे पो देस बन्छ ! ति चार जना संग पनि भ्रस्टाचार गरेको अकुत सम्पति भाको भे मज्जाले चुनाव जितेर देखाई दिन्थे ! साइकल घन्टी बजाउदै जान चेतना जगाउनु सानो कुरा हैन ! हरेस खानु हुँदैन ति ४ जनाले र अरु लाइ पनि संलग्न गराएर अर्को निर्वाचनमा राजन जस्ताको मुखा भोटे ताल्चा ठोकेर देखाई दिनु पर्छ !

    Reply
  19. ananta says:
    November 23, 2013 at 10:25 pm

    भनाइ को झुठो राजनीति गर्ने तपाइहरु को लागि अब जनता ले गराई को राजनीति को खोजेका छन् भन्ने पाठ तपाइहरु लाइ सिकाउन को लागि समय को आवस्येकता वमोजिम उदाएको समूह लाइ कम्जोर आकलन गरि छेणीक विजय को उन्मात मा अविवेक्ति दिनु भन्दा वास्तविक धरातल मा उभिएर सोच्नुहोस राजन जी निकट भविस्य मा तपाई हाम्रो विचार मा मर्ज हुनुहुनेछ र हामि विजय हुन्छौ यो कुरामा तपाइँ निश्चिन्त भए हुन्छ तपाई केहि समय धैर्य हुनुहोस राजन जी आन्त्य मा तपाइँ हरु अझै पनि नासुधरिएको खण्ड मा तपाइहरु का मतदाता हरु समेत यो समूह मा जोडिएर यो एउटा विसाल सक्ति बन्ने छ जसी तपाइहरुलै राजनीतिको मुलधार बाट बाहिर पनि फ्याक्न सक्ने छ तेसकारण तपाई पाच बर्स पछि को चुनाब को लागि मतदाता जोगाउने योजना बुन्दै गर्नुहोस …………

    Reply
  20. Arun says:
    November 23, 2013 at 9:44 pm

    अरु धेरैको हकमा त के हो थाहा छैन, तर राजनीतिमा उति सारो चासो नभएको म (जस्ता धेरै) शिक्षित युवाहरु लाइ यो पार्टीले देश निर्माण प्रति सजग भने बनाएको छ

    Reply
  21. keshav says:
    November 23, 2013 at 9:01 pm

    येस्तई हो , इन्टरनेट को दुनिया सबै कुरा होइन, आम जनता को दुनिया इन्टरनेट बाट टाढा छ

    Reply
  22. Raju Bharati says:
    November 23, 2013 at 8:21 pm

    रोम एकै दिन मा बने को थिएन./ हजारौं माइल को यात्रा पनि एक पाइला बाट सुरु हुन्छ /
    भर्खर जन्मेको शिशु ले दौड किन जितेन भन्नु जस्तै लाग्यो मलाई माथि को लेख / हामीलाई थाहा छ, नबिन सोच विचार हरु स्थापित हुन समय लाग्छ / सुन्तला रोप्ने बित्तिकै फल लाग्दैन.कुर्नु पर्छ./ येही प्रकृति को नियम हो./हामीलाई विश्वास छ कि हामी हाम्रो अभियान मा सफल हुने छौ /हामी संग धैर्य र बिस्वास छ./नेपाल र नेपाली को जय होस्./.

    Reply
    1. nidhi says:
      November 24, 2013 at 6:27 am

      मलाई चाहि माथिको लेखमा शिशु भएर रेस जित्त सकिदैन लामो अभ्यास चाहिन्छ भने जस्तो लाग्यो । युवाको जोश प्रशंसनीय छ तर राजनीतिमा सफल हुन भने केही समय चाहिन्छ नायकको अनिल कपूर जस्तो चाहि हुँदैन । तर यही मिसन हो भने यस चुनावमा प्राप्त केही सय मत नै शुरुवात हो । बाहिरबाटै काम चाहि चालू राख्नुपर्छ ।

      Reply
  23. Biplove says:
    November 23, 2013 at 7:43 pm

    एकदमै राम्रो पाठ बिबेकशील पार्टी को लागि /

    Reply
  24. __rupan__ says:
    November 23, 2013 at 7:06 pm

    मैले त भनेकै थिए नि , यी सब फटाहा हरु हून …….

    Reply
    1. loknath adhikari says:
      November 24, 2013 at 2:48 am

      रुपन जी,
      तपाईलाई धेरै कुरा थाहा रहेछ, हामीलाई पनि बाढ्नुसन | कुनै आधार बिना त तपाईले यो आरोप लगाउनु भएन होला| यदि बिना आधार यो आरोप लगाउनु भएको हो भने एकपटक ‘मैले के लेखे’ भनेर पुनर्विचार गर्नुहोला| बिना आधार अरुलाई गाली गर्ने मान्छे कहिले पनि अशल हुन सक्दैन|

      Reply
  25. Pramesh says:
    November 23, 2013 at 6:05 pm

    राजन जी कुरा त ठिकै हो तर तपाइको अस्तिको लेख त कुकुर ले गर्दा नेपाली कांग्रेसले हार्ने पो हो कि भन्ने डरले लेखेको जस्तो थियो| दुइ चार दिन त तपाइलाई पनि कुकुरले तर्सायेकै हो नि|

    Reply
  26. द्रोण राज शर्मा says:
    November 23, 2013 at 5:06 pm

    केहि महत्वपूर्ण कुरा छन्, धैर्यतापूर्वक सुन्न चाहने हो भने मात्र | मुख्यतः यो लेख सम्पूर्ण रुपमा पुर्वाग्रही छ | यस अगाडिको लेखमा कतै कुकुरले कांग्रेसको सिट खाईदेला कि भन्ने चरम डर थियो | यस लेखमा खुच्चिंग खायौ भन्ने छनक ! सिकाउनु पर्दैन धेरै | सबै लडाइँ जित्नकै लागि लडिने होइनन् | लडाईंमा मर्यादा पालना होस् | नियमसंगत होस्, जंगली पारा वा रुढिबादी पाराको अन्त्य गर्नको लागि पहलकदमी लिनु पर्ने हुन्छ | कुकुर त्यसको प्रतिक हो, सकारात्मक हस्तक्षेप थियो | बुझ्नेले यतिमै बुझ्चन | कसै कसैलाई आफू बसेको घरको पर्खाल माथि चडेर हेर्न डरलाग्छ |

    Reply
  27. Aryan says:
    November 23, 2013 at 4:28 pm

    राम्रो काम गरेमा स्याब्बासी त शत्रुलाई पनि गर्नु पर्छ ! Be positive rajan ji
    यो समुहले देश विदेशमा वस्ने नेपाली यूवाहरुलाई राजनैतिक रुपमा सचेत हुन सिकाएको छ, पार्टी भन्दा देश ठूलो भन्ने सन्देस दिएको छ | चुनाव जित्नु मात्रै एक असल समुहको उद्धयस्य हैन | बन्द को विरोधको थालनी एवम् नेतृत्व गरेर चेतना को बिउ रोपेको छ विवेकशील नेपाली ले…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme