Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हार स्वीकार्नुको विकल्प छैन प्रचण्ड !

Posted on November 21, 2013November 22, 2013 by Salokya

दोस्रो संविधान सभाको चुनावले सबभन्दा घाटा व्यक्तिगत रुपमा प्रचण्डलाई हुनेछ। अबको कदमले उनको नेतृत्व शक्तिको वास्तविक परीक्षण हुनेछ।

पहिलो झैँ दोस्रो संविधान सभाको निर्वाचनको परिणाम पनि अप्रत्याशित रह्यो। जसको अजेन्डा संविधान सभाबाट संविधान बनाउने भन्ने थियो, उही तेस्रो शक्तिमा खुम्चिने प्रारम्भिक परिणामले देखाइसकेको छ। र, यो अजेन्डाको नेतृत्व गर्ने प्रचण्ड काठमाडौँको १० नम्बर क्षेत्रबाट कांग्रेस र एमालेका उम्मेदवारभन्दा कम भोट पाएर तेस्रो स्थानमा पछारिएका छन्।

उनको हार लगभग सुनिश्चित भएको हिजो राति कांग्रेसका राजन केसीले मतअन्तर बढाउँदै जाँदा नै देखिसकिएको थियो। तर एमालेका उम्मेदवारभन्दा पनि पछाडि परेर तेस्रो हुनु लज्जास्पद पराजय हो।

पहिलो संविधान सभामा जनताले ठूलो दल बनाइदिएपछि पनि उनीहरुसँग गरेका वाचा र प्रतिवद्धता पूरा गर्न नसक्दा यो पराजय भोग्नु परेको हो। एक पटकको जनादेशलाई स्थायी जनादेश ठान्ने भूल उनले गरेका थिए। तर अर्को भूल गरे आज बिहान पत्रकार सम्मेलन गरी मतगणना प्रक्रिया तत्काल रोकी छानबिन गर्न, नभए संविधान सभामा नजाने घोषणा गरेर।

बहिस्कारले वैधतामा प्रश्न उठ्दैन
मतदानका बेला धाँधली भए, मतपेटिका ओसार्ने क्रममा धाँधली भएको भए र मतपेटिका गन्ने क्रममा धाँधली भएको भए त्यतिबेलै विरोध गरेको भए यसको एउटा अर्थ रहन्थ्यो होला। मत गनेर हार्न थालेपछि गरिएको बहिस्कारले निर्वाचनको वैधतामा प्रश्न उठ्ने छैन। बरु उनको बहुदल र लोकतन्त्रप्रतिको प्रतिवद्धतामाथि प्रश्न उठ्नेछ। फेरि यो एउटा गैरदलीय सरकार पनि भएकोले तुलनात्मक रुपमा यसले अरुभन्दा कमै दोष पाउनेछ। कुनै एउटा दलको सरकारले गरेर अर्को दल हारेको भए जनता भुलाउने नारा सहज हुनसक्थ्यो। तर एमाओवादी कै प्रस्तावमा बनेको प्रधान न्यायाधीशको गैरदलीय सरकारले निर्वाचन गराएको छ। यो सरकारै एमाओवादीको कठपुतली हो, धाँधली होला भनेर त बरु गैरमाओवादी डराएका थिए। हार्ने चुनाव माओवादीले हुन दिँदैन भनेर चुनावै नहुने कुरामा डराएका थिए बरु धेरै।

घेराबन्दीमा पारेको कि परेको ?
प्रचण्डले आफूलाई घेराबन्दीमा पारिएको बताएका छन्। तर घेराबन्दीमा पर्ने काम उनी आफैले पनि गरेका हुन्। ठूलो दल बनेपछि रातारात उनको र आसेपासेको जीवनशैलिमा भएको परिवर्तन, भ्रष्टाचार, दम्भको घेरामा उनी आफै फँसेका हुन्।

संविधान सभामा जान्नौँ भने पनि उनले अब यो परिणामलाई स्वीकार्नुको विकल्प छैन। अब उनले आफ्नो अजेन्डाका लागि राजनीतिक रुपमा दबाब दिने हो। त्यो गर्न बन्द हड्ताल गरे जनताबाट उनीहरु झनै टाढिने छन्। मान्छे मर्ने गरी बम हानेर नहुने रहेछ भनेर त वैद्यको आन्दोलनले पनि देखाइसक्यो।

जंगल जाने धम्की दिन अब लडाकु बाँकी छैन। भुँडी धेरै लागिसक्यो, पजेरोमा बानी परिसक्यो- जंगल पस्न गाह्रो छ। हाम्रो सत्ता आउँछ भनी उनको लागि हतियार उठाउने युवा यसरी हुने रहेनछ हाम्रो टाउकोमा टेकी यिनीहरुले पो विलासी जीवन बिताउने रहेछन् भनेर बुझिसके। जनता माओवादीको आश र त्रासबाट मुक्त भइसकेकोले यो परिणाम आएको हो।

अब के होला त ?

माओवादीले आफू अनुकूलको संविधान नबन्ने भएपछि संविधान बन्नै नदिने अधिकतम् प्रयास गर्नेछन् जसले यो संविधान सभाले पनि संविधान बनाउन नसक्ने खतरा हुनेछ।

सारा देशका परिणाम आउँदा बल्ल भावी संविधान सभाको स्वरुप कस्तो हुने हो प्रष्ट हुनेछ। बहुमत कसैको पनि नआउने निश्चितै छ। तर दोस्रो नभए पनि माओवादी तेस्रो शक्ति बन्नेछ भन्ने अहिलेसम्मको अनुमान हो। संविधान बनाउन दुई तिहाई बहुमत आवश्यक हुन्छ। माओवादीको सहमति बिना दुई तिहाई पुग्ने छैन। प्रत्यक्षभन्दा बढी सिट भएको समानुपातिकतर्फको मत गन्न बाँकी नै छ। त्यसमा अन्तरिम संविधान र गणतन्त्र नै नमान्ने राप्रपा नेपालको उपस्थिति कस्तो हुने हो हेर्न बाँकी छ। अन्ततः संविधान बनाउन अवरोध यी दुई पार्टीले खडा गर्न सक्नेछन्।

अघिल्लो संविधान सभाले सकाइसकेका कामको जिम्मा लिएर विवादका बाँकी विषयमा मतदान प्रक्रियामा जाने र त्यसबाट पनि टुङ्गो नलागे जनमत संग्रहमा जाने संविधान बन्ने सरल मार्गचित्र हो। तर हिजो आफ्नो पक्षमा बहुमत हुँदा चाहिँ त्यही प्रक्रियामा नजाने, अब अरुको पक्षमा बहुमत हुँदा चाहिँ किन जाने भनेर माओवादीले बखेडा गर्नेछ।

पार्टीभित्रै पनि अब प्रचण्डको नेतृत्वप्रति प्रश्न उठ्नेछ। देशीविदेशी शक्तिले आफूलाई भ्रष्टाचारको अभियोगमा जेल पार्न सक्ने, हेग पुर्‍याउन सक्नेसम्मका आंकलन उनले गरेकै होलान्। धूर्त प्रचण्डले यी सबको मूल्याङ्कन गरी कसरी आफ्नो बचाउ गर्ने हुन् हेर्न बाँकी छ।

अर्को गल्ती नगर !
यदि उनी दूरदर्शी नेता हुन् भने जनमतको कदर गर्दै हारलाई स्वीकार गरी किन यस्तो स्थितिमा आइपुगियो भनी कुनै एउटा रिसोर्टमा हैन शान्त गाउँमा गएर ठण्डा दिमागले सोच्नेछन्- जनताले ठूलो दल बनाएर पठाएपछि जनताको पीरमर्का बुझ्यौ कि सम्पति थुपार्न र विलासी जीवन बिताउन तिर लागे कमरेडहरु? पैसाको बलले चुनाव जितिँदो रहेछ कि जनताको मन जितेर?

त्यसैले हार स्वीकार प्रचण्ड र जनताको शक्तिलाई बुझ। जनताको मन जितेर अर्को पटक फेरि बहुमतका साथ चुनाव जित्ने वातावरण बनाउन समय खर्च। जनताको मन जित्यौ भने यिनै जनताले अर्को पटक पहिलेको भन्दा बलियो स्थितिमा पुर्‍याउन पनि सक्छ। जनताको अपमान गर्‍यौ भने अस्तित्वै मेटिन पनि सक्छ।

65 thoughts on “हार स्वीकार्नुको विकल्प छैन प्रचण्ड !”

  1. Hari Hamal says:
    November 24, 2013 at 10:28 pm

    अब कुनैपनि हालतमा प्रचण्डले माओबादी पार्टी हाक्नु सक्दैनन उनलाई उनकै परिवारबादले डुबायो ,संगै उनको पार्टी बर्तमानमा बुर्जुवा संसदीयपार्टी कांग्रेस र एमाले को चंगुलमा फसेको प्रस्टै छ !अब सामान्य तय प्रचण्ड कुनैपनि हालतमा उठान गर्न सक्दैनन् !त्यसैले यो घडीमा बैध्य जी र प्रचण्ड माओबादी मिल्नुको बिकल्प छैन !अनि प्रचण्डले राजनीतिक जिबनबाट सन्यास लिनै पर्ने हुन्छ !बरु अबको जिम्मेबारी बाबुराम र बैद्य जी लाइ नै दिनु पर्छ !अब प्रचण्ड परिवारको हालत पत्ता भयकै हो !!नेपाली इतिहासमा यो अब उठ्ने वाला छैन यो बिगार्नु को पछाडी प्रकास को ५० % हात छ !माओबाद जिन्दाबाद ,प्रचण्ड मुर्दाबाद !!

    Reply
  2. bijay says:
    November 24, 2013 at 9:39 am

    “ए. माओबादीले भनेको जस्तो चुनाबमा धाधली हुन कम्तिमा पनि निम्न व्यक्ति सम्लंगन हुनै पर्छ |
    C.D.O 75
    D.S.P 75
    जिल्ला निर्बाचन अधिकृत 75
    क्षेत्र निर्बाचन अधिकृत 240
    नेपाल प्रहरीका कमान्दिंग अफिसर 240
    ससस्त्र प्रहरीका कमान्दिंग अफिसर 240
    जम्मा : 945

    कम्तिमा माथिका व्यक्ति बिना धाधली त टाडाको कुरा चुनाब पनि हुन सक्दैन ।
    यी बाहेक चुनाबमा नभई नहुने व्यक्ति
    18456 निर्बाचन केन्द्रका मतदान अधिकृत 18456
    18456 निर्बाचन केन्द् मा दलका एजेन्ट (कम्तिमा कांग्रेस र एमाले ) (18456*2) 36912
    निर्बाचन पर्यवक्षक 54000
    जम्मा : 109368

    धाधली हुन कम्तिमा 945 देखि 109368 व्यक्ति सम्लंग हुनु पर्छ।
    यी बाहेक सुरक्ष्यामा खटिएका लाखौ प्रहरी, सेना, म्यादी प्रहरी,मत-बाकस बोक्ने भरिया/ ड्राइभर, पत्रकारहरु लाई पनि केहि न केहि षडएन्त्रको गन्द त आएकै होला नि |के येति धेरै मान्छे बिच येत्रो ठुलो कुरो गोप्य रह्यो होला त ? येत्रो मान्छेमा कोइ न कोइ त माओबादी समर्थक थियो होला नि । उसले त कुरा बाहिर भन्थ्यो होला नि । येदि समर्थक नै छैनन् रहेछन भने त्येत्रो जनताले बहिस्कार गर्या माओबादीलाई बाकी जनताले बहिस्कार गर्नु ठुलो कुरा होइन ।”

    Reply
  3. neerose says:
    November 23, 2013 at 7:36 pm

    आखिरमा, ‘जो जिता वोही सिकन्दर’ त हो! प्रचन्ड आफैले पनि भन्दै थियो क्यारे ‘साम दाम दण्ड भेद’ जसरी भयपनी चुनाब भनेको जित्नु नै पर्छ् भनेर त स्वीकार अब यो नतिजालाई पनि र स्वीकार्नुको बिकल्प छाडा पनि छैन् किनकी हामीलाई शान्ति चाहियको छ पहिलो कुरा!
    चुनाब शान्तिपुर्ण तरिकाले सम्पन्न भयको कुरामा बहस छैन् माओवादीले उठायको र देखेको त मतदान पश्चात मत गिन्ती स्थलसममा वोसार्ने क्रम र अवस्थाको हो! यदि यो समय र परिस्थितिमा धाधली भयको रहेछ् भनेपनि अब तेस्को कुनै तुक छैन् किनकी ढिलो भै सकेको छ त्यो कुरा उठाउनको लागि!
    माओवादी आफै धोका खायको छ यो धोका अधिक बिश्वाशको कारण खायको हो! एमाओवादी आफूले चुनाव बहुमतले जित्ने कुरामा यति बिश्वोस्त भयो की उस्ले सानातिना रणनितिमा ध्यानै दियन उता बैध्य माओवादीको बहिस्कार साथै बिरोधको पनि राम्रै असार पर्‍यो निर्वाचनमा नभयर एमाओबादी माथी! काङ्रेस एमाले र सुरक्षा तन्त्रमा माओवादी अधिक बिश्वासमा परे! उ आफू र आफ्नो सभा आनो उम्मेदवार माथी जनता उर्लेको हेर्यो जनलहर आयको देख्यो र मख्ख मस्त चुनाव आफै जितिने कल्पनामा मस्त भयो तर एता खोलामा बाध हो की आली काटेको तर्फ ध्यानै दियन!
    अब माओवादीले परिणाम स्वीकार गरेर आगामी दिनमा सचेत रहि आफूलाई सच्याउनु मात्र एक बिकल्प हो धान्धलीलो आरोप लायर मात्र हुदैन तेसलाई प्रमाणित गर्न या त गुगल को साटेलाइटको साहारा लिनु पर्‍यो या यस्तो भयकै हो भने अब आफूले दियको मत हरायको ठानेमा ढिलो छिटो जनताले खोज्ने छ पक्का! षणयन्त्र त पहिल्यै देखि भयकै हो अघिल्लो संबिधान सभाले संबिधान बनाउन नसक्दा देखिनकै हो!
    माओवादी आफ्नो अधिक बिश्वाशको कारण धोका खायको छ!
    मेरो दु:ख चाँही देश् फेरि फर्केर एजेन्डा बिहिन र एथास्थिती बादी हरूको हातमा पुगेको छ! देश र जनताले आमुल परिवर्तन् चाहेको छ प्रास्प्त परिवर्तन्को सन्स्थागत र स्थाइत्वो गर्नुपर्ने जरुरत छ साथसाथै देशले आर्थिक सम्ब्रिद्दीको लागि ठुलो र गहन फडको मार्नु पार्ने जरुरी छा तर यस्तो अबस्थामा एउटा आमुल परिवर्तन् साथसाथै आर्थिक सम्ब्रिद्दितर्फ देशलाई दोहोर्याउने स्पस्ट एजेन्डा भएको पार्टी संबिधान सभा जस्तो देशको भबिस्य को दुरगामी प्रभाब राख्ने निकै महत्वोपुर्ण निर्वाचनमा महत्वोपुर्ण स्थान हासिल गर्न (धाधली ले होस् षड्यन्त्रले होस् या जनमतले होस् जसरी सुकै होस्)असफल भएको छ!
    यो देशको दुर्भग्य हो भन्छु म! काङ्रेस र एमाले सँग देशको परिवर्तन् र स्थाइत्वोको कुनै एजेन्डा नै छैन्, यिनीहरूले देश् चलाउन सक्छ सरकार हाँक्न सक्छ तेस्मा दुई मत छैन् तर देशलाई सम्ब्रिद्दी र बिकाश साथै जनताको जिवनस्तर र अबस्थामा आमुल परिवर्तन् गर्न सक्दैन त्यस्तो कुनै भिजन नाई छैन् काङ्रेस सँग तेस्को लागि काङ्रेस को हुतिनै पुग्दैन! अब एमालेको त केनै कुरा गराई भो र!
    तेसैले अब एमाओबादीले जेसुकै भएएको भयपनी शान्तिपुर्ण तबरले निर्वाचनको परिणाम स्विकारेर आत्मा समिक्षा गर्दै कम्जोरी सच्च्यायर जनताको पक्षमा देशको लागि सङ्हर्ष अघि बढाउनु पर्दछ! हामि जनताक्प पार्टी हौ र हामि शान्ति पुर्ण परिवर्तनमा आस्था आनि विश्वाश राख्दछौ भन्ने सन्देश दिनु पर्ने छ र त्यो सहि अबस्थामा सरल तरिकाले यो निर्वाचनको परिस्थिती र नतिजालाई स्विकारेर अघि बध्दामा नाई प्रबाहित हुन्छ भन्नेहामलाई लाइराछ!

    Reply
  4. dipak says:
    November 23, 2013 at 5:59 pm

    कुनै पनि रेस मा भाग लिदा तेस्को नियम सर्त पालना गर्छु भनेर भाग लिने अनि रेस मा कुद्दा फिनिसिङ्ग लाइन मा पुग्ने बेला मा आफु तेस्रो स्थान मा आउन लाग्यो भनेर रेस नै बहिस्कार गर्ने?

    प्रचण्ड माओबादि हरुले आफ्नो धरातल बिर्सी सकेका थिए. तेसैको नतिजा हो यो. जुनै पार्टी ले जितेर टाउको हावा मा राखे पनि खुट्टा चाही जमिन मै टेके फाइदा हुन्छा. नत्र अर्को आउने चुनाब मा माओबादी को हबिगत व्यहोर्नु पर्ला.

    Reply
  5. बेखालाल नेपाल says:
    November 23, 2013 at 5:52 am

    भारतीय विद्वान र बाबुरामका मित्र यस. डी. मुनी को सुझाब…

    माओवादी हो चुनाब परिणाम स्वीकार गर….अर्को पाइलाको लागि रणनीति तयार गर्ने तिर लाग

    भने पछि नेपालको लागि अर्को ग्रान्ड डिजाएन सुरु भै सकेको हो ????

    Reply
    1. neerose says:
      November 23, 2013 at 6:05 pm

      उल्टो दिमाग भन्दापनि उल्टो बिचारले उल्टो बुद्दिको सिर्जना गर्छ र सबैलाई घानामा पार्छ!
      यो मन नपरेको मान्छेले जस्तो राम्रो कुरा गरेपनि नराम्रो ठान्ने हरु घातक हो देशको लागि!

      Reply
  6. बेखालाल नेपाल says:
    November 23, 2013 at 5:29 am

    म काठमाडौँ चुनाब क्षेत्र ७ वासी! यस पाली माओवादी हारोस भनेर विभिन्न स्थानीय समूहसंग छलफल भएको र यसपाली गाई पक्षमा व्यापक लहर देखेर हामी सबैले गाई मै भोट हाल्ने निर्णय गरेका थिए यसमा धेरै जसो स्थानीय रैथाने थियो! तर हामीलाई एमालेको पक्षमा यति व्यापक जनलहर थियो भनेर पत्तै भएन कम्तिमा चुनाब अघि यस्तो जनलहरको सुइँको पाएन त ….

    Reply
  7. dilip gurung says:
    November 22, 2013 at 8:13 pm

    यस्तो अबस्थामा कुनै पनि जिम्मेवार नेता/पार्टीले आत्मालोचना गर्छन र नैतिक जिम्मेवारी लिएर नेतृत्वले राजिनामा दिन्छन| तर हाम्रो प्रचण्ड चाही आफ्नो कमि कमजोरी लुकाउन धाधली भयो भन्दै हिडेको छ| यसले राष्ट्रिय राजनीतिमा क्षणिक भाडभैलो मात्रै गर्ने होइन, एउटा नजीर पनि दर्ता गर्छ| यो चुनाव पछि अरु दल/व्यक्तिले पनि हार मान्न तयार भएन भने “महान नेता” प्रचण्डजी लाइ नै सम्झीइने छ| जनताले पाखा लाउदा पनि टकरावको बाटोमा यी दानबहरु लागे भने यिनीहरुको पतन निश्चित छ|
    यी कांग्रेस/एमाले भनाउदाहरुले जनताको मतलाइ कदर गर्न सक्ला भन्ने कुरोमा बिश्वास गर्ने ठाउ छैन| यिनीहरुले पहिले देश चलाउदा कस्ता कस्ता घिनलाग्दा खेलहरुको नाङ्गो प्रदर्शन गरे भन्ने कुरा हामीले बिर्सनु हुन्न| माओबादीले २-३ बर्ष धैर्य गर्ने हो भने यो कांग्रेस/एमाले ले जनतालाइ बिच्काउछन नै अनि पालि फेरी यिनै हत्यारा माओबादीहरु कै आउछ| जनता त जहिले नि धराप मै हो| तर भिडन्तको बाटो रोज्यो भने चाही माओबादी सकिन्छ त्यहि २-३ वर्षा मा नै|

    Reply
  8. Rachana says:
    November 22, 2013 at 2:47 pm

    खेल खेले पछि जित हार त भै हाल्छ तेस माथि यो त राजनीति … सधै जित्ने बानि परेको मान्छे ले हार को स्वाद चाख्दा अलि नामिठो लागेको मात्रै हो बिस्तारै बानि पर्दै जान्छ …

    Reply
  9. मनीष says:
    November 22, 2013 at 2:31 pm

    नेपालाँ घुम्दैफिर्दै फेरी परजातन्त्र आको जस्तो छ अब जनयुद्ध सुरु हुने होला हैन?

    Reply
  10. Bibek Gautam says:
    November 22, 2013 at 11:47 am

    जीत कांग्रेस र एमाले को होइन यो केवल मावोबादी को हार हो
    यो भन्दा अगाडी को चुनाब मा मावोबादी लाई भोट दिएको स्वतन्त्र नेपाली हु म!! मावोबादी सत्ता मा हुदा अनि नहुदा नेपाली समाज मा फैलाएको बिकृति सहन नसकी येस्पली यिनी हरु लाई कुनै मौका दिन हुन्न भन्ने लागेर येस्पली कांग्रेस लाई भोट दिए .. जीत कांग्रेस र एमाले को होइन यो केवल मावोबादी को हार हो ..म जस्तै आम नेपाली मावोबादी पतन भएको देख्न चाहन्छ ..जय नेपाल !!

    Reply
  11. indra says:
    November 22, 2013 at 7:49 am

    अब प्रचण्ड र उसका आसे पासे लाई युद्ध अपराध र भरस्ताचार को मुद्दा लगायर जेल कोच्नु पर्छ अनि काँग्रेस र एमाले मिलेर संबिधान लेख्नु पर्छ ./

    Reply
  12. Nik says:
    November 22, 2013 at 6:47 am

    मेरो प्रतिक्रिया छाप्नु हुन्छ कि हुन्न त्यो त तपाइको (मोदरेटर) काम हो, र पनि एउटा कुरो चैं पक्का केहो भन्ने कुरो मैले यै मेरो संसार मा उहिले देखी नै भन्दै आएको “माओ-वादी”अरु कोहि होइनन इटालीका माफिया झैं डाँका र लुटाहा हुन्| अझै ति कम्बोडियाको पोलपोट भन्दा पनि खत्तम| यिनलाई १७००० हाम्रा नेपालीका ज्यान गएको मा मुद्दा चलाउने पर्छ| प्रत्यक्ष अथवा परोक्ष रुपमा यिनीहरु बिशेस गरिकन बाबुराम र पुष्प कमल भन्ने लाइ आजको नेपालको हबिगत्को जिम्मेवार बनाउने पर्छ|यिनी दुइलाइ मानवता बिरुद्धको मुद्दा लगाइनु पर्छ|

    Reply
  13. Solar says:
    November 22, 2013 at 6:35 am

    चार / पाच बर्ष ग्यास्ट्रिकले ग्रस्त भुँडी निक्कै फुलेको थियो, त्यसबीचमा धेरै अपान बायु फाल्यौ – तल माथि दुबैतिरबाट । अब भुडी ठिक साइजमा आएको छ । रोगबाट मुक्ति पाएका छौ – जनताको कुरा बुझ, जनताको शक्तिलाई बुझ, हार स्वीकार । संविधानसभा बहिस्कार जस्तो तल्लो दर्जाको जगहसाई नगर । जनताको चाहना बुझेर, जनताको साथ लाग, अर्को पटक फेरि बहुमत पाउने वातावरण बनाउन समय खर्च । जनतालाई अझै पनि भेडा-बाख्रा ठान्छौ भने निमिट्यान्न हुन कत्ति पनि बेर लाग्दैन । चेतना भया !!!

    Reply
  14. Everest says:
    November 22, 2013 at 4:47 am

    सालोक्य जी,
    तपाई ले फेरी एक पटक प्रचंदेको बुद्धि आउने लेख लेखेर समाज लाइ यथार्थताको जानकारी दिनु भएको छ. अब प्रचंडे ले राजनीति छोडेर यता १५, ००० जनता को रगत पशिना को मुल्य चुकाउन जले जानु पर्छ, वा राजनीति बाट सन्यास लिनु पर्छ, नत्र त्यो माओबादी पार्टी र तिनीहरुका कर्यकतले नै प्रचण्ड सैली अपनाएर जनमत को अबमुल्यन गरे भने माओबादी पार्टी नै नेपाल बाट इतिहास को नाम बन्छ

    त्यसकारण प्रचण्ड एण्ड कम्पनि ले तुरुन्त जनता सामु माफी मागेर जनताको अभिमत को स्वीकार गर्नु पछ.

    Reply
  15. kishor says:
    November 22, 2013 at 4:36 am

    काँग्रेस, एमाले र राप्रपा मिल्यो भने २/३ आउन सक्छ र संबिधान बन्न सक्छ| त्यो खुसिको कुरा हो| जातीय राज्य नबन्ने भयो…………यो सबै नेपालीको जीत हो| प्रचण्डबाट धेरै आस थियो……खलनायकनै रहेछन नायक भनेको त |

    Reply
  16. raju says:
    November 22, 2013 at 4:18 am

    म पिटे जस्तो गर्छु, तिमि रोए जस्तो गर्नु, पछि दुवै मरिमरि हसौला बैद्यबाको सलाह मान्दा प्रचण्डजी लाई आज धुरुधुरु रुनु पर्यो अब फेरी**** back to the mangalman

    Reply
  17. Prakash Koirala says:
    November 22, 2013 at 2:56 am

    आज आत्मालाई साक्षी राखेर इमान्दार भै भन्नुपर्दा कति नेपालीले नेपाली भएर जन्मेकोमा धिक्कार्दै छन् ! साएद हामीले सगरमाथा, गौतम बुद्ध र स्वर्गको टूक्राजस्तो मातृभूमिको महत्व बुझ्न नसकेको देखेर होला प्रमेश्वरले प्रचण्ड नामधारी दानबलाई हाम्रो मातृभूमिमा पठाएको हामीलाई केहि पाठ सिकाउन ! हामीले अब नचेते कहिले चेत्ने ?

    यो दानबले सबैभन्दा बढी माओबादीका लडाकु र कार्येकर्तालाई चुसेको छ ! चुनाबी परिणाम नस्वीकार्नु भनेको उसको हैकमको निरन्तरताको लागिसिवाय अरु केहि होइन भन्ने कुरा सोझासाझा माओबादी साथीहरुले नबुझेसम्म अरुले त के नै गर्न सक्छन र ? साथीहरु उठ्नुस जाग्नुस अब यो तानाशाहको अन्त्येको लागि , हामिलेभन्दा तपाइहरुले बढी हिसाबकिताब मिलाउनुछ यो दानबसंग !

    त्येस्तै प्रचण्डको हिजोको पत्रकार सम्मेलनपछि पनि हामिमाझको कसैले अझै उसैको गुनगान गाउन छाडेका छैनन् भने शिशु कक्ष्यामा लगेर भर्ना गरे कसो होला ?

    Reply
  18. Shreehari says:
    November 22, 2013 at 2:56 am

    फेरी चुनाब सोच्योउ भने अहिले त तेस्रोमा परेका छौ, पछि त जमानत नै जफत होला है होस् गर ” प्रचण्ड ” कसले दिन्छ अब तिमीलाई भोट ??
    जनतालाई के उल्लु सोच्या छौ ?????

    Reply
  19. Bikram Nepalist says:
    November 22, 2013 at 2:50 am

    माओबादीले २४० क्षेत्रबाट प्रतिनिधी फिर्ता लिनुको पछाडीका कारण र फेला परेका आधारहरु :-
    १) मतपेटीकाहरु सदरमुकाममा केन्द्रित
    भैसकेपछि दलका प्रतिनिधिहरुलाई
    त्यहा नराख्नु र बस्न नदिनु ।
    २) निर्वाचन आयोगको विद्यमान
    नियमावलीको अत्तिरिक्त मत गन्नु
    अगाडी भएको सर्वदलीय
    बैठकको बेलामा निर्वाचन आयोगको थप
    नयाँ नियमावलीको नाममा (क) मतपत्र
    सानो ठूलो जे भएपनि मान्य हुने । (ख)
    मतपत्रमा अधिकृतको सही जुन
    रङको मसिले गरेतापनि मान्य हुने । (ग)
    मतपेटीका ठूलो सानो जे भएपनि मान्य हुने
    जस्ता नियमावली जबस्जती व्यवस्था गर्नु
    ।
    (३) जिल्ला निर्वाचन कार्यालयले
    मतदान
    केन्द्रका अधिकृतहरुको सही छोटो पनि र
    लामो पनि अग्रिम रुपमा लिएर राख्नु ।
    (४) मतदान केन्द्रबाट सिल्ड
    गरिएका मतपत्रको अर्धकट्टि , मत
    खसेको संख्याको डाटा र मुचुल्काहरु
    दलहका प्रतिनिधिले जिल्ला निर्वाचन
    अधिकृतसँग माग्दा र
    त्यसैको आधारमा मतपेट्टीका भित्र
    मतपत्र रहेनरहेको थाहा पाउँन
    खोज्दा उक्त सिल्डबन्दि पोका खोलेर
    हेर्ने अधिकार नभएको कुरा गर्नु ।
    (५( मतपेटीकाहरु अनावश्यक
    रुपमा सेनाको कब्जा भित्र राख्नु र
    त्यहाँ दलका प्रतिनिधिहरु बन्देज गर्नु ।
    (६) दलका प्रतिनिधिहरुलाई
    बेवास्ता गर्दै उनीहरुको रोहवर
    भन्दा बहिर रहेर मतदान केन्द्र
    देखी सदरमुकाम सम्म मतपेटीकाहरु
    ल्याउँदा सुरक्षकर्मीहरुले मात्र
    यता उता लग्ने काम गर्नु ।
    (७) ९० प्रतिशल मतपत्रहरु एकै स्वरुपले
    पट्याएको भेटिनु ।
    (८) मतपत्रमा फरक फरक रंङको मसिले
    स्वतिक छाप लगाएको भेटिनु ।
    (९) मतपत्रहरुमा मतदान
    केन्द्रका अधिकृतहरुको सही कतिपय
    मतपत्रहरुमा फरक र मसी पनि फरक
    भेटिनु ।
    (१०) मदतान केन्द्रमा खसेको मत
    भन्दा मतपेट्टीकमा मत पत्रहरु
    बढि भेटिनु ।
    (११) ८० प्रतिशत मत एमाओवादीलाई
    खसेको ठाउँको मतपेटीकमा मत गन्दा ७
    प्रतिशत पनि मत नहुनु र हुदै
    नभएका दलको मतहरु बहुमत हुनु ।
    (१२) कतिपय
    मतपेटीकामा सिल्डबन्दी गरेपछि लाहाछाप
    नलगाएको भेटिनु ।
    (१३) यस पटक मतपेटीका चाडै केन्द्रित
    भएका ठाउँहरुमा पनि रात नबिताएकन मत
    गन्ने प्रक्रिया नथाल्नु ।
    (१४) मत पेटीकामा सिल्डहरु शंकास्पद
    अवस्थामा भेटिनु र जस्तै खुकुलो,
    काटिएको र कतिपय भर्खर
    लगाएको जस्तो भेटिनु ।

    यहाँ छ प्रुफ धादलीको, अब के भन्नुहुन्छ ???

    यो सुन्नुस धाधलीको नमुना
    http://www.youtube.com/watch?feature=player_embedded&v=mWw9tvz-5No

    यो सुन्नुस धाधलीको नमुना
    https://www.facebook.com/photo.php?v=10201853347088733

    Reply
  20. santosh says:
    November 22, 2013 at 1:28 am

    म काठमाडौं ७ को मतदाता ६४ सालमा घरबाट विरोध हुँदा हुदै पनि हिसिला यमीलाई भोट दिएँ, त्यसबेला प्रचण्डले जितेर मोटो माला लगाउदा नि हामी खुशी नै थियौं, त्याग गरेर आन्दोलन गरेकाहरूले राम्रै गर्लान् कि भनेर तर त्यस्तो भएन ।
    म जस्ता कुनै दल विशेषसँग असंलग्नहरू जब जब उठ्छौ परिवर्तन हुन्छ नै किन भने त्यहाँ म मात्र हैन अरू पनि थुप्रै लागिपर्छन् । ६२/६३ को आन्दोलनमा म पनि निस्केको थिएँ आमाले समेत जान मन भए जा भने । माओवादीले ६ दिन लगातार बन्द गर्दा पनि स्वतस्फूर्त रुपले बसन्तपुरमा गएको थिएँ । त्यति बेला प्रचण्डले नै हामी सबलाई सुकिला मुकिला भनेर गाली गरेका म कहिल्यै बिर्सन्न । यसपालि भने घरमा सल्लाह गरेरै पहिले काँग्रेसलाई भोट हाल्ने गरे पनि ७ मा एमालेका उम्मेदवार बलिया देखिएकाले कसैलाई जिताउन भन्दा पनि कसेरै हिसिला यमीलाई हराउन सबैले सूर्यमा भोट हालेका हौं । यसपालिको नतिजाको हरेक उतार चडाव हेरिरहेका थियौ हरेक चोटि प्रचण्ड हिसिला तल देख्दा मख्ख परिन्थ्यो म मात्र हैन मैले भेटेको सब जना । आज बिहान प्रचण्ड हारेपछि सबले एक अर्कालाई बधाई नै दियौं। जनता हामी नै हौं, हाम्रोबीच यस्तो छ माओवादी नेताहरूप्रति वितृष्णा, उनीहरू विरुद्ध कसेरै लागिपरेका छौं उनीहरू भने धाँधली भयो भन्छन् धिक्कार छ ।

    Reply
    1. bimala says:
      November 22, 2013 at 5:27 am

      अहिलेको चुनाब हार्नुमा प्रचण्डको जिबनशैलि, बाबुरामको कर्कस बोली, हिसिलाको अमिल्दो बोडी ल्याङ्वेज र तिनका कार्यकर्ताको दादागिरि दोशि छ। जनतालाइ खुसी नपारी चुनाब जितिन्न। ६४ बाट ७० मा आइपुग्दा मान्छेले सबैका असली रुप देखे!

      Reply
  21. mohan says:
    November 22, 2013 at 1:00 am

    सालोक्य जी को यो लेख अहिले सम्मकै सबै भन्दा स्तरीय लाग्यो . रह्यो प्रचण्डको कुरा. अहिले सम्म को घटना क्रम हेर्दा प्रचण्डमा राज नेता हुने कुनै गुण देखेको छैन मैले. सबै भन्दा ठुलो कुरो जनमत को कदर गर्न्र सक्नु हो. जितमा मात्तिने र हारमा आत्तिने व्यक्तिले कहिलेपनि देशको भलो चिताउन सक्दैन.

    Reply
    1. Sisir says:
      November 22, 2013 at 11:39 am

      मलाई पनि यो लेख निकै स्तरीय लग्यो तर एक ठाउमा सालोक्य जी एस्तो लेख्नु हुन्छ ” संविधान बनाउन दुई तिहाई बहुमत आवश्यक हुन्छ। माओवादीको सहमति बिना दुई तिहाई पुग्ने छैन।” यो चाही सहि नहुन पनि सक्छ … माओबादी बाहेकका पार्टीको पनि दुई तिहाई बहुमत हुन सक्छ तर माओबादीको एक तिहाई सिट भएको खण्डमा उसको सहमति आवसेक हुन्छ जसको लागि उ संग कम्तिमा २०१ सिट हुन जरुरि छ जुन अहिलेको मत परिणाम हेर्दा असम्भब नै छ … तथापी नया संबिधान बनौन सबैको सहमति र सहभागिता हुन भने जरुरत छ, माओबादी पनि एसको अभिन्न अंग हो ..
      जनताले चुन्ने(२४० ) भन्दा टिके (३६०+) संसद धेरै हुने हास्यास्पद चुनाबी प्रणालीले गर्दा यो पालि कुनै पार्टीले पनि एक तिहाई सिट जित्न पनि मुस्किल मुस्किल नै छ .. २०-२५% (पछि परेका वर्ग, समुदायको लागि) भन्दा ज्यादा टिके संसद हुनु जनमत कै खिल्ली हो

      Reply
  22. Surya says:
    November 22, 2013 at 12:50 am

    माओबादीले जित्दै गरेका ठाउंहरुमा चाहिं धाँधली र षड्यन्त्र भएको छैन होला हगि?

    Reply
  23. Kancha says:
    November 22, 2013 at 12:18 am

    The eligible Nepalis who participated in election had the opportunity to explain their views with the ballots…unfortunately the person Like me was ineligible to caste the votes( there are millions)…lets create the culture of democracy by accepting the process..that was agreed upon! But if there was a foul play, we all Nepalis must unite against such foul play from any corners! we must accept a fair play.

    Reply
  24. Damodar says:
    November 22, 2013 at 12:18 am

    अब अरु कुरा होइन प्रचंडे को सम्पति मुल्यांकन गर्ने, २० वर्ष थुन्ने. येस्ता मुर्खहरुलाई जनता माझ छोड्यो भने जनतालाई कहिलै सुख हुदैन. Please don’t give them another chance

    Reply
  25. पुष्प says:
    November 21, 2013 at 11:40 pm

    हारजीतको कुरै होइन यो । यो त तयार भइसकेको विधिअनुसार पकाउने भान्से को हुने भन्ने मात्र हो । विधि कसले बनायो भन्ने कुरा त सबैलाई थाहै छ; भान्से त जो आए नि के भो र ! भान्सेको मूल काम भनेको मरमसला ठीक्क हाल्ने र चाख्ने काम विधि बनाउनेको हो । खानका लागि जनता तयार छन् ।

    Reply
  26. Shreedhar says:
    November 21, 2013 at 11:27 pm

    नेपाल को इतिहाश मा यो मान्छे ले गर्ने नहुने काम गरेको छ. १५००० मान्छे मर्ने , विलासी घर मा बस्ने, महँगो घडी लाउने, धेरै हेलिकोप्टर चड्ने,………तेस्तो पनि कम्युनिष्ट नेता हुन्छ. कति helicopeter छाडेको को चुनाब को लागि? पैसा कहाँ बाट आयो ? तेस्को हिसाब दिन सक्छन ? सबै नेपाली जनता को पैसा होइन र ? खाली अरू को कुरा काट्ने , अरू को सधै गल्ति हुने र आफु लाई कहिले पनि के गर्दै छु र के बोल्दै छु भन्ने सुज बुज नहुने नेता बाट के आपेछ गर्ने. तेस्रो Position आउदा त अलिकति लाज लग्नु पर्ने ? प्रचण्ड लाई अब HELICOPTER नेता भन्नु पर्छ.

    आखिर जनता को mandate लै त मान्नु नै पर्छ होला. तेसै उफ्रेर मात्र हुन्छ र. जसरि चार वर्ष सम्म NC र UML ले हार लाई स्वीकारी बसेका थिए तेसै गरि अब चुप लगेर बस्नु विकल्प छैन.
    ६० अरब रुपिया सकेर भएको चुनाब लाई अब आफ्नो बहुमत अयेन भनेर चुनाब लाई नाना थरि भन्न मिल्छ? VOTE गन्ने बेला मा के हेरेर बसेका थिए? जब आफु लाई हार्छु जस्तो लागे पछि भाग्ने अनि अरू लाई दोष दिन मिल्छ?

    Reply
  27. Dinesh Chhetri says:
    November 21, 2013 at 11:26 pm

    कहिले भोटे लुगा लगाउदै नाच्ने, कहिले मदेसी लुगलौदै नाच्ने अनि जुन जातिको सभामा गयो तेही जातिलाई, आफ्नो बाउको सम्पती, जस्तो गरेर नेपाल लाइ जातिय राज्यमा तुक्र्युना खोज्ने माओबादी हरुले गतिलो झापड पाए !!! अबत अलि चेतेकी जातिय साम्प्रदायिक राजनीति गर्दै, जातिय संघियेता भन्दै चिच्याउने माओबादी र उसका अरु जातिवादी भरौटे दल अनि बिदिशी दलाल हरुले ! तर काँग्रेस र एमालेले के बुझ्नु पर्छा भने उनीहरु माओबादी भन्दा धेरै असल भएर जनताले भोट दिएका हैनन !! कारण एउतै छ—— जातिय संघियेता बिरोधि हुन्, काँग्रेस र एमाले !!! नेपाली जनताले जातिय संघियेता भन्दै साम्प्रदायिक राजनीति गर्दै नेपाली नेपाली मा फाटो ल्युना खोज्ने जातिवादी दल हरुलाई धुलो चतायिदियेका छन् !!

    Reply
  28. pratik says:
    November 21, 2013 at 11:18 pm

    एउटा घुसिया जेल बाट निक्लिदा कलकत्ता देखि १०० kg हो माला लगाउने कांग्रेस र एमाले ले देश १५ वर्ष चलेकै हुन् / तिनी हरु को तुलना मा माओबादी लै मात्र घुसिया भन्न मिल्दैन / के गर्यो कांग्रेस ले चै यो देश को र जनता को उन्नति को निम्ति ? ‘नेपाली जनता भेडा हुन्’ भनेर गणेश मान ले भन्थे कस्तो साचो रहेछ /एउटा ले माओबादी मात्र घुसिया हुन् भनेपछि सब तेस्को पछि लाग्ने/ अब माओबादि संविदान बन्ला भन्ठान्य? लोप्पा / वाग्ले , कोइराला, झल्लु , आदि को ढुकुटी मात्र बन्छ/

    Reply
    1. SUJAN says:
      November 22, 2013 at 6:44 am

      “काग लै बेल पाक्यो हर्ष न बिस्मात” जस्तो लाग्यो मलाई !!!”जुन जोगी आएपनि कानै चिरेका” भने जस्तो जो आएपनि उही हो !!! अब उता भारत मा जस्तो “अरविन्द केज्रिवल” दिल्ली मा “साधारण मानिस पार्टी” खोलेर कोहि “नागरिक समाज ” बाट आउनु पर्यो !!! देश बचाउनु पर्यो !!!

      Reply
  29. Deepak says:
    November 21, 2013 at 10:35 pm

    प्रचन्ड!
    अब पार्टी अदक्ष्यबाट राजिनामा गर ।
    जनताको मतको सम्मान गर ।
    नैतिकताको राजनीतिको सुरुवात गराएर बिश्राम लेउ ।

    हिजो स्वच्छ भएको भनि तिमीले नै भनेको निर्बाचनमा रातभरिमा धाधली भयो भन्ने ���ुरा कसैले पनि पत्यौदैनन । जग नहसाउ । अब तिमि बिद्रोहि होइनौ । देशको पूर्व प्रधान मन्त्रि हौ । आफ्नो पदको सम्मान गर ।
    अब तिम्रो सेवा नेपाली जनतालाई चाहिएको रहेनछ भन्ने बुझ्नुपर्छ ।
    राजनीतिमा एउटा चुनाब हार्दैमा हरेश खानु हुन्न । धैर्य गर्नु पर्छ ।सुशील कोइरालालाई हेर ।
    नया नेतृत्वले पाठ सिकेर पार्टी अघि बढाउला ।
    आशा छ अब देशले एउटा निकाश पाउने छ ।

    दुइटा कारणले तिम्रो पार्टीले चुनाब हारेको देखिन्छ:
    जातीय संघियताको agenda र तिम्रो परिवारको जीवन सैली
    देशले नचाहेको agenda बोकेर अघि बढ्न सकिदैन ।

    तिम्रो र तिम्रो पार्टीको हारबाट एउटा राम्रो पाठ सिक्न सकिन्छ । हुनत नेपाली मा उखान पनि छ: मौका आउछ, तर पर्खिदैन । तिमीले त्यो मौका गुजार्यौ जसले तिमि संगै तिम्रो पार्टीलाई पनि बढारेर लग्यो । संयमित राजनीति नगरेमा तिम्रो पार्टी दशकौ सम्म जनताको छनोटमा नपर्न सक्छ किनकि यदि नया संबिधान सभाले बेलैमा संबिधान दियो भने आउने चुनाब पनि अहिले जित्नेले नै जित्ने सम्भावना धेरै हुन्छ ।

    अहिले जित्ने पार्टी र तिम्रो पार्टीका भाबी नेताले पनि तिमीबाट पाठ सिकुन ।

    तिमीले चुनाब हारे पनि तिमि एउटा सिंगो इतिहास हौ । तिमीले अब पठन पाठन तथा अध्यन अनुसन्धानमा बाकी समय बितायौ भने देशका लागि राम्रो हुन सक्छ ।

    Reply
    1. sanu maya says:
      November 22, 2013 at 11:53 am

      दुइटा कारणले तिम्रो पार्टीले चुनाब हारेको देखिन्छ:
      जातीय संघियताको agenda र तिम्रो परिवारको जीवन सैली
      देशले नचाहेको agenda बोकेर अघि बढ्न सकिदैन ।

      Reply
  30. binata says:
    November 21, 2013 at 10:19 pm

    प्रचण्ड लाई हजारो मारिएका आत्मा हरु , हजारो बिदावा महिला को आसु, हजारो टुहुरा को गाली अनि आफ्नो सन्तति गुमयाका आमा बुवा को को सराप ले बाटो नदिएको हो , यो भन्दा पनि बिकराल दिन हरु प्रचण्ड को पर्तिक्छा मा छन्. he deserve more than this

    Reply
  31. Sheela says:
    November 21, 2013 at 9:56 pm

    एनेकपा माओबादी का नेता हरु हारियो भन्दै मा आत्तिनु पर्ने कारण देखिन्न / किनभने हार्ने ले पनि प्रधानमन्त्री हुने ब्याबस्था संबिधान मा छदैछ /मेरो बिचार मा तेस्तो प्रकारको प्रधानमन्त्री हुने दोस्रो सौभाग्य अब छबिलाल दाहाल ले प्राप्त गर्नेछन/ तेस्का लागि चुनाब को ठिक अगाडी नेपाल पण्डित समाज का पुरेत् हरु लाइ बोलाएर पेरिस डाडा मा शान्ति-स्वस्ति गराएका थिए/
    अब फेरि कांग्रेसी हरुको दबदबा र कुसासान यो देस ले भोग्नु पर्ने भो, अब कति ओटा खुमबहादुर, गुप्ता, गच्छेदार, र चिरन्जिबी वाग्ले देख्नु पर्ने भो !

    Reply
    1. rajesh says:
      November 22, 2013 at 1:51 am

      यसपालिको मेरो भोट एमालेलाइ गएको हो,यधपि म साधारण जनता हुँ न कि कुनै पार्टी संग सम्बद्द छु l मेरो गएको चुनावमा भोट मावोवादिलाई गएको थियो l म मात्र किन अधिकांस प्राय:ले तिनैलाई भोट दिएका थिए जसको नियेती हामीले भोग्यौं l यो भोट एमालेलाइ नै दिनको कारण हामीसंग अन्य कुनै बिकल्प नै छैन,थिएन l तर अहिलेनै हामि नेपालीहरु आहा क्या मज्जा! अनि खुचिङ्ग प्रचंडे! भन्दै खुसि मनाईहाल्नु पर्ने बेला भाकोचाई छैन जस्तो लाग्छ मलाइ त! दलले जितेर फेरी तिनै पुराना कुचिएका भत्किएका अनुहार आउने अनि अरु तिनै भ्रस्ट खुमे र रामचंद्रे,नालाएक अनि दुई जिब्रे शेरे,टनकपुर र लाउडा बेचेर भारत पोस्ने गिरिजाका ८० बर्से भाइ सुशिले उता तिनै पतित माकुने,चरिनंग्रेको भरमा सोझा जनता कुट्ने ओली आइहाले हामि नेपालीको भोटको अर्थ खोइ? हामि एक छाके निमुखा लाटा जनता हरु जस्तो गरे पनि जता गए पनि प्रचलित उखान जस्तै “धोबी का कुता न घरका न घाटका” झैँ पो हुने हो कि वा? एउटा कुरो के भुलिहाल्न चाहि हुन्न भने यो चुनाव “संबिधान सभा”को लागि मुख्येत केन्द्रित चुनाव हो तथापि अहिलेको विषम परिस्थिथितिमा सबै दल र पार्टीलाइ समेटेर जानु मर्ने बेलामा पाएको अमृत जस्तै हुन्छ जान्छ जस्तो लाग्छ मलाइ चाहि l चुनाव हामि जनताको लागि कुनै नौलो कुरो हैन र ई कुनै पनि दल र दलाल हरु लाइ हामीले नचिनेका हैनौं l देशलाई दलले हैन बरु दललाइ जनता सहितको देशले चलाउन सक्नु पर्छ l हज्जारौं निमुखाका बलि दिने प्रचंडे गलत थियो,हो पनि तर हाम्रो आँखा अब पक्का पनि हिजोलाइ मात्र हैन भोलिको लागि पनि खुल्ला राख्नु पर्छ किनकि भोलि दुख तिनले हैनन् म र हामि जस्ता निमुखा नेपालि हरुले पाउनेछन l तिनलाई त के छ र भ्रस्ता चारको सम्पति छ उद्छन विदेश तिर! हामीले बुझ्नै पर्छ हिजोको पाठबाट ति घुस्याहा र जंगली दलका टकरावले फेरी देशलाई ६०१ वा अझ बढी भ्रस्ट र निकम्मा सांसद सहितको देशको ढुकुटी स्वाह हुनेछ l तंपाई हामि जय कांग्रेस!जय एमाले भन्दै भोको पेटमा गंग्नम इस्ताइल गर्दै गर्छौं उता जितेका हरु,सुशिले अनि माकुने हरु “उद्रेको चोली छ है त्यो पनि लाइन्छ”भन्दै स्याम्पेन र व्हिस्कीको ग्लास त्वांग-त्वांग ठोकाउन्दै भोलि देश लूटने सपना बुन्दै होलान l

      Reply
    2. rajesh says:
      November 22, 2013 at 2:12 am

      कसैको जीत वा कसैको हारले फरक पर्दैन यदी त्यो वास्तबमा सच्चा नेपालि हो भने!! बस! मुख्य बिषय भनेको हाम्रो भोटको उचित कदर भोलि हुनै पर्छ,नत्र अर्बौंको चुनाव अनि हामि ३ करोड जनताको तिनीहरु प्रतिको अमुल्य आशाको अर्थ खै?जित्ने केहि दल र पाटीका दलाल हरु मोटाउने अनि हामि निमुखा जनताहरु बिना संबिधान र तेही पुराना भत्किएका पुल मा झुन्दिएर तर्न पर्ने, खोल्चिएका सडक हरुमा बन्जी जम्प गर्दै बिरामीलाई बाटामै मार्न पर्ने,तिनका पेटको हड्डीको अप्रेसन बिदेशमा गएर उपचार गराउने खर्च हामीलेनै बेहोर्न पर्ने हो भने यो जितको के मज्जा भो र ? भोलि यदी संबिधान नबन्लाकि हैन………..बन्नै पर्छ l हामि जनताले आफ्नो उत्तरदाइत्तो सक्यौं अब तिनले जसले जिते नाकले भुईं टेकेर भए पनि समय सपेक्ष्य संबिधान बनाउनै पर्छ र देशलाई निकाश र सम्रिदिको बाटोतिर लानै पर्छ नत्र…………..के गर्नु भोग्ने त तपाई हामि न हो !!

      Reply
    3. neerose says:
      November 23, 2013 at 6:15 pm

      छविलालले जितिसक्यो एउटा चुनाब!
      भाग्यमानी प्रधानमन्त्रि बन्न त हार्नु पर्छ, जति ठाउबाट उठ्यो तेतिठाउबाट हार्नु पर्छ!
      त्यो सौभाग्य अहिले राप्रपाको लावती कि कुनचाहि होलाई मात्र छ!

      Reply
  32. Mahesh says:
    November 21, 2013 at 9:18 pm

    खुचिङ्ग धुर्त प्रचंडे – अब झोली तुम्बा बोकेर काठमाडौँ छोडे भो

    Reply
  33. प्रेम नेपाली says:
    November 21, 2013 at 9:15 pm

    जितमा मात्तिने र हारमा आत्तिने पार्टी र नेतृत्वले देश र जनतालाई सधै बर्वादी तर्फ डोर्‍याइरहेको हुन्छ भन्ने कुराको प्रतक्ष्य उदाहरण प्रचण्ड र उनले नेतृत्व गरेको पार्टी हो। प्रचण्डमा एउटा नेतामा हुनु पर्ने न्यूनतम गुण – धैर्यता, सहनशीलता, शालीनता र दुरदर्शिता जस्ता कुराहरु हुन्थ्यो भने इतिहासले उनलाई संविधान सभाको पहिलो निर्वाचन पछि आजसम्मकै नेपालको इतिहासमा कुनै पनि नेपाली नेताले प्राप्त गर्न नसकेको इज्जत र सम्मान प्राप्त गर्ने अवसर प्रदान गरेको थियो। तर विडम्वना, संविधान सभाको पहिलो निर्वाचन पछि आम नेपाली जनताको चाहना बिपरित उनिहरुमा अहंकार यति चुलिएर गयो कि अरु पार्टी र ब्यक्तिहरुलाई उनिहरु भुसुनो बराबर पनि देख्न छोडे र देशलाई आफ्नो बपौती नै ठान्न थाले। भनाई छ नि … केजातिलाई घिउ पच्दैन भन्ने (बाबुराम भट्टराई यही उखान बारम्बार प्रयोग गर्छन अरु नेताहरुलाई अपमानित गर्न)।नेपाली जनता सोझा अबस्य छन, तर प्रचण्ड मण्डलीले ठाने जस्तो लाटा चैं छैनन्।उनिहरु लामो प्रतिक्षामा बसे धैर्यतापूर्बक माओवादी अत्याचारको हिसाब चुक्ता गर्न र प्रचण्ड-मूर्खतालाई सजाय दिन – जुन उनिहरुले यो संविधान सभाको निर्वाचन मार्फत दिए पनि। अब पनि मतगणना बहिस्कार, संविधानसभा बहिस्कार जस्ता तल्लो दर्जाको जगहसाई गर्ने बचकना नाटक गर्नु भन्दा बेलैमा यो पार्टिले प्रचण्डको बिकल्प खोज्न थाल्नु बुध्दिमानी ठहरिने छ।

    Reply
    1. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
      November 22, 2013 at 4:21 am

      माओबादी पार्टीमा पनि राम्रा मान्छे होलान …मलाई सिंगो पार्टीलाइ लेबल लगाउने, ‘Stereotype’, गर्ने खाले कमेंट्स पट्टक्कै मन पर्दैन ! हरेक पार्टी मा असल र खराब मान्छे छन् | कांग्रेसमै हेरौ, एमालेमा हेरौ ! सरसर्ती हेर्ने हो भने हरेक पार्टी ले राम्रै गर्छु भन्छन | तपाइको कमेन्टले माओबादी पार्टीमा शिर्ष स्थान ओगट्ने एउटा अदुरदर्शी, देशकै लागि बिडम्बना व्यतिको सहि पहिचान गरेको पाएँ ! अरुले जस्तो “…. चोर देश छोड” भने जस्ता सस्ता र कुनै तुक नभएका कमेन्ट ले वाक्क हुँदा एउटा राम्रो अभिव्यक्ति पढ्न पाइयो ! तेस्को लागि धन्यवाद !

      Reply
  34. suraz says:
    November 21, 2013 at 8:46 pm

    if you are the real leader accept the defeat

    Reply
  35. Aryan Sharma says:
    November 21, 2013 at 8:43 pm

    सालोक्य को अहिले सम्म को सबै भन्दा राम्रो लेख/विश्लेषण. प्रचण्ड साच्चिकै धुर्त हो, उसबाट देश र जनतालाइ मुक्ति दिलाउन उसलाई अन्तरास्ट्रिय अदालतमा लगेर भए पनि सजाए दिलाउने बिकल्प सोच्न अब जरुरि भै सकेको छ. देशलाइ कहिले सम्म उसको बन्धक बनाएर राख्ने?

    Reply
  36. निशान जापान says:
    November 21, 2013 at 8:34 pm

    जनताको मतलाई वहिस्कार गरे, सधैको लागि जनताले वहिस्कृत गर्िदनेछन ा वेलैमा चेतुन ाा

    Reply
  37. wecouncil says:
    November 21, 2013 at 8:19 pm

    जनता ले अब लौरो लियर ठोक्छन तिमीहरुलाई, धेरै बाठो हुन नखोज्नु अब / जनताको भोटको कदर गरेर खुरुक्क प्रजातन्त्रलाई दिगो बनाउने तर्फ विचार गर नत्र अब तिमीहरुको पार्टीमा ठुलो भुइचालो आउने निश्चित छ अनि तिमीहरु चांडैनै सबै सखाप हुन्छउ/ होसियार!!!!!!

    Reply
  38. Roshan Shiwakoti says:
    November 21, 2013 at 8:10 pm

    अब माओबादीले हार स्वीकार्नुको विकल्प छैन. प्रचण्डले नैतिक रुपमा पार्टी अध्यक्छ बाट राजिनामा दिउन .अब पनि दलहरु मिलेनन भने देश एउटा अझै लामो संक्रमण बाट गुज्रन सक्छ . समानुपातिकको नतिजा आउनै बाकि छ . हुन सक्छ माओबादीले केहि सिट जित्लान या समानुपातिकमा ल्यौलान तर अईले सम्म को नतिजाले के देखाउछ भने जनता मा चेतना को स्तर बढिसक्यो . यो परिणाम जुन देखिएको छ यो त माओबादीको बिगत को क्रियाकलाप को ऐना मात्र हो.

    Reply
  39. dharmendra says:
    November 21, 2013 at 7:50 pm

    ए परचंडे , राजनीति बाट पर बस ,चण्डाल भएर हिड / जनताको मतलाई स्वीकार्न नसक्ने थुक्क तेरो राजनीति / आज तेरो चौथो न्वारन भयो भयो र नाम परचण्डाल राखियो :

    Reply
  40. Sam Sharma says:
    November 21, 2013 at 7:41 pm

    बिचारात्मक लेख राम्रो लाग्यो / अर्को कुरा, निर्वाचन आयोगको मनोनयन पत्र (Nomination Form) मा पनि चुनाबको नियम र नतिजा स्वीकार्छु भनेर कानुनी रुपमा हस्ताक्षर गरिएको हुन्छ / त्यसैले, यीनिहरु कानुनी रुपले पनि हार्ने छन् / अब युबा शक्ति र कार्यकर्ता प्रयोग गरेर देशमा स्वयम्सेबकको रुपमा बिकाश निर्माणका काम गरी जनताको मन जित्नुको विकल्प छैन माओबादीलाई / विदेशीलाई गाली गर्नुको सट्टा देश कसरी आत्मनिर्भर र सम्ब्रिद्द बन्न सक्छ भन्ने सोच लिएर सिर्जनात्मक कार्यमा लागेर प्रत्येक पार्टीले प्रतिस्पर्धात्मक रुपमा काम गर्नु आवश्यक छ /

    Reply
  41. sam says:
    November 21, 2013 at 7:04 pm

    बच्चा ले लोलिपोप खान नपाएको बेला मा जस्तो गर्दी छन् त मावोबादी हरु.

    हामी लै अब बन्द हर्ताल चहिदैन्नै, आफु ले गने अनि जनता ले गरे भनेर झुटो बोलि चैदैइन, हत्यारा लै मन्त्रि बनाउन खोजेने चैदैना , रुखो बेवार झुटो बोलि उल्टो बुद्धि चाहिदै न .ए महोबादी हारे कै हो नराम्रो सित. जनता को मत को कदर गर्न सिक
    ए महोबादी.

    Reply
  42. xyz says:
    November 21, 2013 at 5:46 pm

    On following predictions I was wrong:
    1. There will not be elections in 19 November
    2. There will be low voters turn out
    3. UML will have a terrible defeat

    On following predictions I was correct:
    1. Maoists will have not more than 15 percent turnout
    2. There will be massive invalid votes (this is still to come)
    3. RPP Nepal will not make substantial gain (this is still to come)

    Things to watch:
    1. Nepal will not be able to draft constitution
    2. Nepal will enter into new conflict situation

    At the end:
    1. Nepal’s politics henceforth will be disturbed by two factions of Maoists (Prachand vs. Baidya) fighting with each other
    2. Other parties will be busy settling the dispute.

    My question: Why is Carter staying so long in Kathmandu? Is this his sasurali or he is out of job? Given the situation he may have to get Nepali citizenship stay here forever to cast his vote next time – if there ever be an election.

    Reply
  43. Shyam says:
    November 21, 2013 at 5:30 pm

    दुइ मा एक अबश्य हुने वाला छ – प्रचण्ड ले आत्मा हत्या गर्ने छन् अथवा एउरोपिओन court मा गइ आजीवन सजाय कोठीमा बितौनेछन हेर्न बाकी येति मात्र

    Reply
  44. Devendra Basnet says:
    November 21, 2013 at 5:28 pm

    माओबादीको क्रिया मा प्रतिक्रिया मात्रै दिएर राजनीति गरि बसेका एमाले र कांग्रेस ले चुनाब जित्नुको मतलब
    नेपाली जनताले जातिय संघियेता धर्म निरापेक्षेता र गणतन्त्र मन पराएनन भन्दा कसो होला?
    हर स्विकार्नु को विकल्प छैन. अबको प्रचण्ड को बाटो भनेको सकेसम्म जनसंविधान बनौन राजनीतिक कसरत गर्ने र
    तेस पछि हुने संसदिय चुनाब को लागि जनमत बनाउने.

    Reply
  45. kedar says:
    November 21, 2013 at 5:03 pm

    अहिले जित्ने दलहरु पनी भ्रस्टाचारमा कम्तीका छैनन् भन्ने कुरा येसरी पछार्न सक्ने नेपाली जनतालाई राम्रै थाहा हुनु पर्छ तेसैले जातै जातको राज्यमा देशलाई विभक्त गरेर वोल्लो पल्लो घरका छिमेकी समेत फुटाउ र राज गर भन्ने जातीय राजनीतिको नै धेरै बिरोध गरेका होलान नेपाली जनताले सालोक्य जी /

    Reply
  46. manoj says:
    November 21, 2013 at 4:39 pm

    हार स्विकार्नु पर्दछ. माओबादी ले. कि निर्बाचन प्रक्रिया मा नै जानु हुदेन, गए पछि तेस्लाई स्विकार्नु पर्दछ. धादली हुन्छ चुनाव मा, सके को ठाम मा सबै ले गर्दछन, तर त्यो मत गन्न भन्दा पहिला उठाएको भए हुन्थ्यो, मत गनेर आफु हार्ने भने पछि धादली भयो भन्नु जोक भन्दा अरु केहि होइन.

    Reply
  47. Tek Basnet says:
    November 21, 2013 at 4:30 pm

    प्रचण्ड साचिकै पोलिटिकल व्यक्ति हुन् भने यतिखेर अधक्छ्य बाट राजिनामा दिनु पर्छ माधव नेपाल ले जस्तो अरुलाई राजनीति सिकाउने हैन प्रचण्ड अब अरु बाट सिक्ने कोसिस गर

    Reply
  48. Rojen says:
    November 21, 2013 at 4:04 pm

    प्रचण्डलाइ मेरो सानो अनुरोध

    धेरै हावामा उडयो, उडायो अब पुग्यो |
    जनताको जनादेश, अनि आफु कुन धरातलमा छौ बास्तबिकता देखी राखेको छौ | तेस्लाई आत्मासाथ् गर्नुस | गल्ति सुधारनुस | अर्को गल्ति नगर्नुस | फैसला जनता ले गर्छ | गरि नै रहने छ | यो प्रजातन्त्र को नियमलाइ जति चाडो स्विकार्नुस | होइन भने जति ले माओबादीलाइ भोट हालेको छ उसले पनि धिकार छ तिमीहरुलाइ | अरु बढीले धिकार ने छ तिमीहरुलाइ |

    तेसैले फेरी अर्को गल्ति नगर

    Reply
  49. satroj says:
    November 21, 2013 at 4:01 pm

    जब मनिष ले आफ्नो धरातल बिर्सन्छ खुसि लाई शाही दिसा र धैर्य मा राख्न शक्दैन तेस्को भबिस्य को परिमाण निरासा जनक आउछ.जनता को मत को कदर र स्वीकार गरि जति सक्दो संबिधान बनाऊ.

    Reply
  50. buddha (korea) says:
    November 21, 2013 at 3:44 pm

    आतंककारी लाइ क्रान्तिकारीको मान्यता दिएर नेपाली जनताले माओवादीलाई सुध्रने मौका दिएका हुन | तर यी हत्यारा ज्यानमारालाई ज्यान मारेको अभियोग लाएर मुद्दा चलाउने त छदै छ अब भ्रष्टाचार गरेको अभियोग पनि थप्नु पर्छ | यिनलाई जंगल जानु अघि जेल पुर्याउनु पर्छ | यी राजनीतिक मान्छे नै हैनन गुण्डा ज्यानमारा लुटेरा हुन् |

    Reply
  51. pooja says:
    November 21, 2013 at 3:44 pm

    जसरि पनि आफुले नै जित्नु पर्छ भन्ने मानसिकता भएका भ्रस्ट नेताको टाउकोमा घाम लाग्छ कि सधै जनतलाई निरिह सोच्ने चोरहरु … जनता हरु पैसा र डरको पछि लगेनन येस्पली सायद कम भ्रस्ट नेता छानियून भन्ने सबैको इच्छा हो … येस्पली संबिधान बनोस येही कामना

    Reply
  52. puru says:
    November 21, 2013 at 3:30 pm

    हार भनेको पनि एक किसिमको जीत नै हो तर हारेपछी हारियो भनेर फेरि गल्ति गर्नु हुन्न, धर्य गर्न जान्नु पर्छ र अब मावोबादिले आक्रोसित भएर हिन्सा तीर होईन जनताको मन जित्न तीर लाग्नु पर्छ अब सम्पुर्ण कार्यकर्ताहरू र नेताहरू मिलेर बिकास निर्माण मा लाग्नु पर्छ , यो संबिधान सभा भनेको सरकारमा जाने होईन संबिधान निर्माण गर्ने हो बल्बुता लगाएर जनताको संबिधान बनाउने तीर लाग्नु पर्छ र तेसपछी हुने चुनाबमा दुई तिहाइ बहुमत ल्याउने गरि काम गर्नु पर्छ , दुई तिहाइ बहुमतले भोलि संबिधान को धार निर्माण र परिवर्तन गर्न सकिन्छ , मावोबादीले जनताको मान् सम्मान गर्न जान्नु पर्छ नैतीक अनैतिक छुट्टियाउनु पर्छ , त्याग् गर्न जान्नु पर्छ , महल्मा बस्ने होईन अब र जहाज्मा चडेर जनता भेट्न जाने होईन , जनतालाई कृषि क्षेत्रमा सहयोग गर्नु पर्छ , कार्यकर्तालाई कृषि तालिम दिएर अब जनतालाई आम्दामी हुने बाताबरण बनाउने तीर लाग्नु पर्छ , बिजुली पानी र बाटो घाटो स्व लगानीमा कसरी गर्न सकिन्छ छलफल र सहकार्य गरेर फास्ट काम गर्नु पर्छ लाखौं कार्यकार्ताले काम गरे देखि नहुने केही छैन् र भोलि दुई तिहाइ बहुमत जनताले आँखा चिम्लेर दिन्छन् ,

    Reply
  53. kusan sharma says:
    November 21, 2013 at 3:28 pm

    सालोक्यजीको विस्लेषण सहि छ l अब संबिधान सभामा गएर जनताको पक्ष्यमा संबिधान बनाउनमानै दबाब सिर्जना गर्नु बुद्धिमानी हुनेछ l

    काँग्रेस यस्तो पार्टी हो,जब जनता अरुबाट विरक्तिन्छन् उसैलाई भोट हाल्छन l

    अब बल प्रयोगले,हिम्सा गरेर मत नपाइने रहेछ भनेर बुझ्नु पर्छ l

    कम्तिमा जनतालाई दुख नदिने हो भने,अर्को पटक फेरी जित्न पनि सकिन्छ नि,होइन र ?

    चिन्ता त यसमा छ कि जे गर्न भनेर संबिधान सभाको चुनाब भयो त्यही कुरा चाही ओझेल पर्ला जस्तो छ l

    अरु पार्टीहरुले पनि आफ्नो जीतको दम्भ भन्दा,बुद्धि पुर्याएर माओबादीलाई संबिधान सभामा ल्याउने प्रयास गर्नुपर्छ l

    Reply
  54. पारंगत राई says:
    November 21, 2013 at 3:26 pm

    प्रचण्ड म्यारिज खेल्दा माल परेन भने सबै तास मिसाएर खल्बलाउने एउटा तुच्छ जुवाडेभन्दा तल्लो दर्जाका राजनीतिकर्मी हुन्। हेलिकप्टर सयर, एक वर्ष अघिदेखि छोड्छु भनी नछोडिएको विलासी महल, डेढ लाखको भनिएको घडी, अय्यास पुत्र, दुई जिब्रे बोलीले उहाँलाई घेराबन्दी गरेको हो। जहिले पनि रुप र सारको कुरा गर्ने राजनीतिक वृत्तका साह्रै बेइमानका रुप र सार दुवैमा नेपाली जनता चिनिसकेका पात्र हुन् कमरेड प्रचण्ड। यिनको खुला राजनीतिमा जति चाँडो उदय भएको थियो त्यति नै चाँडो पतन हुनेछ यदि यही गति र दिशा लिने हो भने।

    Reply
    1. Naresh Thapa says:
      November 23, 2013 at 12:20 am

      पारंगत जी प्रचण्ड ले लगाएको घडी को मूल्य डेढ लाख मात्र हैन त्यो रोलेक्स प्रेसिडेन्ट हो र यो १९००० युएस डलर अर्थात् झन्डै साढे १९ लाख नेपाली रुपयाको हो जो प्रचण्डका ब्यापारिक साजेधार भनिएका अजय सुमार्गी ले दाम मा चढाएको भनेर भन्ने गरिन्छ तर यथार्थ त नेपाली जनतालाई प्रस्टै छ नि/

      Reply
  55. kishor says:
    November 21, 2013 at 3:19 pm

    ठिक भन्नु भयो सालोक्य जी अब पनि येस्तै बिचित्र ताल देखाउने हो भने माओबादीको पतन हेर्नलाई धेरै पर्खनु पर्ने छैन….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme