Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वैद्यको बन्दले बित्थामा गुमेको ज्यान

Posted on November 17, 2013November 18, 2013 by Salokya

laas आर्यघाटमा दनदन एउटा शव जलिरहेको छ। यो ठाउँमा शव जलाउनकै लागि ल्याइने हो। कुनै नयाँ कुरा हैन शव जल्नुमा। तर शवसँगै मन पनि जलेका छन्। एउटा सोच्दै नसोचेको घटनाले यो परिवारमाथि बज्रपात नै भयो। संविधान सभाको निर्वाचन बहिस्कार गर्न आन्दोलन चलाइरहेको वैद्य माओवादीको उपहार थियो यो शव। उनीहरुले थोपरेको यातायात बन्दमा गाडी चलाउनु राजु देउजाको मृत्युको कारण थियो। चितामा श्रीमान्‌को शव जल्दा मृतकको परिवारको नाममा श्रीमतिमात्रै थिइन्। छन त उनका दुई सन्तान पनि थिए, १२ वर्षकी छोरी र १० वर्षका छोरा। आमाबुबा पनि थिए। तर उनीहरुले अन्तिम पटक अनुहार हेर्नसमेत पाएनन्। हिजो रातिअबेरसम्म हाइवेमा बस कुरेर बसेका थिए। तर बन्दका कारण काठमाडौँ आउने बस पाउन सकेनन्। स्थलमार्गबाट जाने प्रयास असफल भएपछि हवाई मार्गबाट जाने प्रयास भयो। तर त्यसको पनि टिकट पाउन सकेनन्। आगोले धेरै नै जलेको शव गलिसकेको भन्दै आजै अन्त्येष्टि गरियो। खरानी भयो शरीर, खरानी भए सपना, खरानी भए सबै कुरा। विलिन भयो यो परिवारको अभिभावक।

खासमा उनी बन्दको बेला गाडी चलाउन इच्छुक पनि थिएनन्। घरमै बसिरहेका राजुलाई ट्रक साहु हरि प्रसाइँले जीतपुरमा धान पुर्‍याउन जाऔँ भनेपछि नाइँनास्ति गर्न सकेका थिएनन्। राजुसँगै साहु पनि ट्रकमै गएका थिए।

निजगढबाट जीतपुर राम्रैसँग पुगे। सामान झारे। तर फर्कने बेला अर्थात् गएको बिहीबार पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डको पसाहा पुलनजिकै नचिताएको भयो।

ट्रक गुडिरहेको थियो। अचानक छेउको जंगलबाट केही मान्छे निस्के, पेट्रोल बम हाने। त्यो चालक बस्ने क्याबिनमै छिर्‍यो। दनदन आगोले लपक्कै टिपिहाल्यो। चालकसँगै साहु र खलासी पनि थिए। झ्याल छेउमै रहेका खलासी हाम्फालेकाले धेरै आगोले जल्न पाएन। राजु र साहु हरिलाई आगोले समात्यो।

स्थानीय र प्रहरीले उनको उद्दार गर्दासम्म उनीहरु निकै जलिसकेका थिए। एम्बुलेन्सबाट उनीहरुलाई वीरगञ्ज पुर्‍याइयो। तर त्यहाँबाट पनि थप उपचारका लागि काठमाडौँ रिफर गरियो। शुक्रबार राति काठमाडौँ ल्याइपुर्‍याइएका राजुले अन्तिम श्वास आइतबार बिहान फेरे। उनीसँगै उपचारका लागि काठमाडौँ ल्याइएका हरिको अझै गम्भीर अवस्थामा उपचार हुँदैछ।

देशको भविष्य कोर्ने भनिएको संविधान सभाको निर्वाचनको संघारमै उनका दुई सन्तान टुहुरा भएका छन्। पाँच जनाको परिवारको कमाइको एक्लो स्रोत गुमेको छ।

के भन्छन् त दुई पात्र ?

राज्य शक्तिको दुरुपयोग गर्दै चक्काजामको अवज्ञा गरिएको छ । त्यस क्रममा राज्यशक्तिको दुरुपयोगका कारणले कतिपय दुःखद घटना पनि घटेका देखिन्छन् । त्यसप्रकारको घटनाप्रति हामी दुःखित छौं । कतिपय देशी विदेशी प्रतिगामी शक्तिहरुले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बदनाम गराउन आतङ्ककारीको रुपमा परिभाषित गर्दै थप दमन निम्त्याउन खोजिरहेका छन् । त्यसैगरी, राष्ट्रघाती तथा जनविरोधी शक्तिहरुले पनि हाम्रो आन्दोलनलाई बदनाम गराउन हिंसात्मक घटनाहरु घटाइरहेका छन् ।
मोहन वैद्य ‘किरण’
आज प्रेस विज्ञप्ति जारी गर्दै

वर्तमान निर्वाचन प्रक्रियाप्रति पृथक धारणा राख्ने दल तथा सोसँग सम्बद्ध मोर्चाका सम्बन्धमा म के भन्न चाहन्छु भने – उहाँहरु नेपाल, नेपाली भूगोल, नेपाली जनताको समस्या र हाम्रो राजनीतिक रुपान्तरणको प्रक्रियाप्रति पूर्ण जानकार हुनुहुन्छ। नेपाली जनताका नाममा राजनीतिक विचारधाराका आधारमा राजनीति गर्छु भन्ने उहाँहरुजस्ता व्यक्ति वा समूहले देशको स्थायित्व, शान्ति र समृद्धिको मार्गप्रशस्त गर्ने यस महत्वपूर्ण निर्वाचनमा आमजनसमुदायको भावनाविपरित कुनैपनि कार्य गर्नुहुनेछैन भन्ने मेरो विश्व्ाास थियो। उहाँहरुले सार्वजनिक रुपमा नै बहिष्कार शान्तिपूर्ण हुने कुराको उद्घोष गर्नुभएको कुरा पनि म यहाँ स्मरण गर्न चाहन्छु। लोकतान्त्रिक प्रणालीमा निर्वाचन प्रक्रियाप्रति विमति राख्दै निर्वाचनमा सहभागी नहुनु उहाँहरुको स्वतन्त्रता र राजनैतिक दलको स्वेच्छाको विषय हो।

संविधानसभाको निर्वाचनमा भाग नलिनु एउटा कुरा हो, तर बहिष्कारको नाममा आफूले सार्वजनिक रुपमा
व्यक्त गरेको धारणाविपरित राजनीतिमा हिँसाको प्रयोग हुनु अत्यन्त दुःखदायी विषय हो। जुनसुकै उद्देश्यले
गरिएको भएतापनि हिँसाको परिणाम दुःखदायी हुने र त्यसबाट सर्वसाधारण नागरिक नै पीडित हुने भएकाले
यस्तो कार्य निन्दनीय छ। एकातर्फ निर्वाचनमा आफ्नो सैद्धान्तिक असहमति रहेको भन्दै निर्वाचनमा
सहभागी नभई शान्तिपूर्ण बहिष्कार गर्ने भनी प्रचारबाजी गर्ने, अर्कोतर्फ सार्वजनिक स्थानहरुको शान्ति र
सुव्यवस्थाको प्रतिकूल हुने कार्य गरी आमजनसमुदायलाई लक्षित गरी विध्वंसात्मक र हिँसात्मक कार्यको
सहारा लिई निहत्था यात्रु बसेका सवारी साधन तोडफोड गर्ने, आगजनी गर्ने, सार्वजनिक ठाउँमा बम राखी
सर्वसाधारणलाई आतङ्कित पार्ने र ज्यान मर्नेसम्मको कार्य गर्नु मानवताविरोधी एवं अमानवीय कार्य हुन्, जुन् कदापि क्षम्य हुन सक्दैन। त्यस्ता अमानवीय, क्रुर एवं हिँसात्मक र कायरतापूर्ण कार्यको म घोर भर्त्सना गर्दछु। साथै, त्यस्ता कार्यमा संलग्न जोसुकैलाई पनि कानूनबमोजिम कारबाही चलाउन सरकार दृढ संकल्पित रहेको पुनः जानकारी गराउन चाहन्छु। सार्वजनिक परिवहनका यात्रुको ज्यानै लिने उद्देश्यले बम प्रहार गरी नाबालक, महिला, ज्येष्ठ नागरिक लगायतका जनताहरुलाई घाइते, अङ्गभङ्ग बनाउने एवं ज्यान मर्नेसम्मको अवस्थामा पुर्‍याउने र कसैको मताधिकारको प्रयोगबाट वञ्चित गराउन बलको प्रयोग गर्ने कार्य हाम्रो जस्तो लोकतान्त्रिक विचारमा आधारित समाजमा कुनैपनि दृष्टिकोणबाट राजनीतिक कार्य हुनै सक्दैन।
संविधानले निर्दिष्ट गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रताले सँधै शान्तिपूर्ण व्यवहार र स्वस्थ राजनीतिक चरित्रको अपेक्षा गर्दछ। राजनीतिक चरित्रभन्दा बाहिर गई सामाजिक सुसम्बन्धमा खलल पर्ने, हिँसात्मक कार्य गर्न दुरुत्साहित गर्ने र अदालतको आदेश पालना नगर्ने जस्ता अभिव्यक्ति संविधान र कानून विपरितको कार्य र गैरजिम्मेवारीपनाको पराकाष्ठा हो। अझैपनि म उहाँहरुलाई बन्द, हड्ताल लगायत विरोधका सम्पूर्ण कार्यहरु तत्काल रोकी राजनैतिक व्यवहार प्रदर्शन गर्दै जनभावनाको सम्मान गर्न आग्रह गर्दछु। यसबाट नै आगामी दिनका लागि उहाँहरुको राजनैतिक मर्यादा र भविष्य पनि सुरक्षित अवतरण हुनसक्दछ। संविधान र कानूनविपरित हुने कार्यले निरन्तरता पाएको अवस्थामा सरकार आफ्नो जिम्मेवारीबाट विमुख हुन सक्दैन र आम मतदाता लगायत सबै नागरिकको जीउ, धन र मानवअधिकारको रक्षाको लागि सरकारले प्रभावकारी रुपमा कारबाही गरी दोषीलाई कानूनी दायरामा ल्याउँछ भन्ने विश्वास दिलाउन चाहन्छु।

हालै भएका बन्द, हड्ताल, आगजनीको क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गर्दछु र मृत्युवरण गर्नुभएकाप्रति श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते एवं अङ्गभङ्ग हुनुभएका महानुभावहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु।

खिलराज रेग्मी
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष
आज देशवासीका नाममा सम्बोधन गर्दै

36 thoughts on “वैद्यको बन्दले बित्थामा गुमेको ज्यान”

  1. Lohani Indra says:
    November 18, 2013 at 11:56 pm

    मा चाहिं थ्री नट थ्री भिर्ने रिकुटे सम्म हुन्थेँ भने पहिला यहि खुइले बुड़ो लाई चिलिम पार्थें.

    Reply
  2. Prabhat says:
    November 18, 2013 at 11:06 pm

    बुध्दि बिग्रेको बैद्य बुढो बाँदर। न बनाउछ न बनाउन दिन्छ। अझै पनि रगतमा क्रान्ति देख्छ यो बुढो। बाँदर बाठो हुन्छ, कुन्नि के च्यापेर मर्छ रे। यो बुढो चैं बम च्याप्दैछ।

    Reply
  3. Hari Prasad Lamichhane-Saudi says:
    November 18, 2013 at 10:37 pm

    धेरै जसो साथी भाईहरुको बीच धेरै प्रचलित भनाइ के रहने गरेको छ भने राजनीति फोहोरी खेल हो मलाई चासो छैन |

    यो सुन्दाखेरि राम्रो लाग्ने तर अलिक सोच्यो भने त्यति सहि भनाइ हैन रैछ है , राजनीतिमा सबैले चासो राख्नु पर्छ , चासो राखेर यी हामी बीच भएका राक्षसहरुलाई हराई शान्तिपूर्ण बाताबरण सिर्जना गर्नु पर्दछ |

    राजनीतिमा चासो दिने भन्नाले हामीले सामान्य चेतना फैल्याउने काम गर्न सकिन्छ र मन हुनेले सक्रिय राजनीतिमा सामिल हुन पनि सकिन्छ | राजनीतिमा चासो दिने भनेको आफ्नो खुट्टामा उभिन न सकेर पार्टीलाइ मागी खाने भाडो बनाउने भनेको हैन |

    अहिले हामी संग येस्ता, तालिबान र तालिबानका भाईहरु (हैबानहरु) सबैलाई परास्त गर्ने अवसर छ त्यसैले सहि निर्णय गरौ है|

    Reply
  4. shersingh Nepali says:
    November 18, 2013 at 7:03 pm

    यसमा पुरै कठपुतली रेग्मी सरकारको दोष छ ! यि घटनाहरुमा जनताको सामान्य मागहरुलाई पनि पुरा नगर्ने , सबै पक्षलाइ सहमतिमा ल्याउन नचाहने चारदल भनाउदा बिदेशी दलाल नेताहरु र आफै कार्यपालिका , न्यायपालिका प्रमुख भएर हैकम लाड़ने कठपुतली दलाल रेग्मी सरकार मुख्य दोषी छन् भन्नेकुरा न्यायप्रेमी जनताहरुले बुझ्न आवश्यक छ ! यस्ता घटना बैद्यहरुलै गरेका हुन् भने निर्दोष जनतालाई होइन , उपरोक्त दलाल नेता र रेग्मी सरकारका मुख्य ब्यक्तिहरुलाई आगो लगाउन अनुरोध गर्दछु !

    Reply
    1. CP says:
      November 18, 2013 at 10:51 pm

      त्यसो भए किन सोझा साझा माथि बम प्रहार गरेको त ? दोष एउटाको, सजाय अर्कोलाइ ?

      “न्यायपालिका प्रमुख भएर हैकम लाड़ने कठपुतली दलाल रेग्मी सरकार” — यी सब्दहरु को चयन ले नै देखाउछ कि तपाईको राम्रो ब्रेन वाश भएको रहेछ| यो कुरामा प्रचण्ड, बाबुराम र बैद्य मा कुनै फरक छैन | एउटा काम नलाग्ने सिद्धान्तको रटान लगायो, अनि तपाइँहरु जस्ताको ब्रेन-वाश गर्यो | अलि कति ठण्डा दिमागले सोच्नुस त, नेपालि जनतालाई बादल ले चुनाव गराउदा ठिक कि रेग्मीले? ठिक छ रेग्मी सरकार मन परेको छैन भने खुरु-खुरु चुनाव गरेर हटाए भैहाल्यो नि | रेग्मी का मान्छे चुनावमा उठेर उनीहरु नै सबै सिट जित्न लागि परेको भए त्यो रटान काम लाग्थ्यो | जाबो १ वर्षमा निकास निकास निकालेर, चुनाव गराएर सधैको लागि हटाउनुको सट्टा अधिकांश सबैलाई मान्य भएको कुरामा सुके लुतो चिलाए झैँ चिलाउने पर्ने तपाइँहरुलाई | तपाई का खोक्रा अदुरदर्शी आदर्शले जनताले निकास पाउन सकेका छैनन | एमाओबादि हुदा-हुदै १ सिट पनि आउदैन भन्ने निष्कर्ष निकालेर बार्तामा आऊ आऊ भनि ताकेता गर्दा पनि “सामान्य” माग राखेर अड्को थाप्ने, अहिले आतंक फैलाउने ?

      आगो लगाउने अनुरोध गर्ने साथि, मान्छे भएर संसारमा जन्मेपछि अलिकति आफ्नो दिमाग पनि लगाउन सिक्नुस | शत्रुलाई पनि किन नहोस, आगो लागाउने सोच पाल्नु भनेको मानवता गुमाइसकेको स्थिति हो | उमेर कति भयो कुन्नि, युवा नै हुनुहुन्छा भने फर्किनुस, काटमार आतंक र त्रास देखाएर नेपालको विकास हुन्थ्यो भने १५ वर्ष अघि नै हुन्थो |

      Reply
  5. rohan vicram singh says:
    November 18, 2013 at 12:49 pm

    निर्दोष नेपाली जनताहरुलाई गोलि हानेर, बम प्रहार गरेर वा जलाएर मार्ने वा घाइते बनाउने अपराधीहरुलाई पनि तिनीहरुको अपराध अनुसार तेसै गरि मार्ने वा सजाए दिने व्यवस्था हुनु पर्यो!

    Reply
  6. Kamal Bishwokarma says:
    November 18, 2013 at 11:13 am

    तेही बुढो लाइ जलाउनु पर्ने चितामा अरुलाइनै जलाउनु परेको छ, कस्तो विडम्बना!

    Reply
  7. Gagan says:
    November 18, 2013 at 8:15 am

    Shoot out baidhya,
    काम नै छैन त्यो बुढोको, सिद्धान्त जीवन सहज बनाउनको लागि हो, कर्मबीर नेपालीहरुको ज्यान लिन हैन, पाखण्डीहरु न आफु काम गरेर खान्छन न काम गरि खानेलाइ बाच्न दिन्छन, मृत आत्माको शान्तिको कामना शोक सन्तप्त परिवालाई न्याय मिलोस, ति पेट्रोल बम हान्नेहरु आगो लागेर जलेर नै मरुन

    Reply
  8. Radheshyam says:
    November 18, 2013 at 8:14 am

    भगवानको घरमा देर छ अन्धेर छैन !
    मोहन बैद्य सहित सबै पापीहरु किरा परेर मर्नेछन,
    यिनीहरुको नर्कको बास निश्चित छ !

    Reply
  9. रूपन says:
    November 18, 2013 at 7:48 am

    यो घटना को जिम्मा बैधे जस्ता संकीर्ण सोच भएका पात्र ले लिने होइन , ६० हजार सैनिक , पुलिस खटाएर ठुलो ठुलो भासन गर्ने रेग्मी ले लिनु पर्छ , प्रचण्ड , कोइराला , खनाल जस्ता पातकी हरु ले लिनु पर्छ | येइ हो त सुरक्छ्या दिएको ?

    Reply
    1. dharmendra says:
      November 18, 2013 at 4:54 pm

      मिस्टर रुपन
      तिम्रो दिमागलाई नोवल पुरस्कार / अब्राहम लिंग्कन , जोन एफ केनाड़ी लै पनि काएर हरुले लुकेरै हानेका थिए / बिन लादेन पनि लुकेरै आतंक मच्चौथे / तर जे सुकै भएपनि बैध्य आतंकको हिसाब त्यो दानब रुपी क्रान्तिकारी भनौंदा बैद्यले चुकौनै पर्छ / येदि मेरो सराप लाग्छ भने त्यो बैध्य र तेसका साहन बाहन किरा परेर मरोस /

      Reply
  10. SunilAus says:
    November 18, 2013 at 7:24 am

    के भन्ने खोइ | कसकालागि हो यो राजनीति ? कहिले आउने होला नेपाल मा गरिखानेहरु ले निर्धक्क संग कम गर्न सक्ने दिन ? होइन पार्टीले त जनताको भावना र जनमत को कदर गर्नु पर्ने होइन भन्या |

    Reply
  11. madan bajracharya says:
    November 18, 2013 at 7:23 am

    चुनाउमा भाग लिनु बा नलिनु जन्ताक्को स्वबिबेकमा निहित अधिकारको कुरा हो/ जवर्जस्ती गरेर मतदान गर्न नचाहने जनतालाई घिचारेर मतदान गराउन खोज्ने र मतदान गर्न चाहनेलाई जवर्जस्ती गरेर मतदान गर्न बा रोक्न खोज्ने सबै जनतको सत्रुहरु हुन्/ तर अहिले आफ्नो माग नमान्ने अरु नेताको अगाडी “हजुरहरु बात मेरो कुरामा सहमति गरिस्योसन” बाहेक भन्न नसक्नेले “…….बैद्यले” ले जनता मारेर आफ्नो कुरा मनाउन खोज्दै छन्/ उसको यतिनै तागत छ र उसलाई लाग्छ उ नै ठिक हो भनेर जाइलागुन न उसको कुरा नमान्ने नेताहरु माथि जनता माथि जाइ लागे झैं/ यदि उस्को कुरा जनत बात अनोमोदन गराउनु छ भने आफ्नो फरक मत लियर जनताको माझ हात जोडेर मत माग्दै चुनाउमा भाग लिनु पर्थ्यो/ आज सम्म ई नेताहरुले आपसमा सहमति गरेर जे गर्दै आयको छ ती सबै कुराहरुमा जनताको अनुमोदन पाउन अझै बाकि नै छ/ उनीहरु बिचमा सहमति भयको भन्दैमा जनताको सहमति भयको मान्ने त् जनतामारा नेताहरुले मात्रै भन्न सक्छ/ बैद्यले पनि आफ्ना माग र सुझाउहरु जनताको बिचमा राखेको थियनन तिनै नेताहरु जसले जनता सिट नसोधिकन आफुखुसी गर्दै आयका नेताहरु बात आफ्नो मागहरुमा सहमति गरेर जनता माथि लाद्न खोजेको थियो त् बैद्य पनि इनिनै नेताहरु जस्तै जनता माराहरु नै हुन् भन्ने कुरा बैद्यले जनलाइ मारेर देखायो/ बैद्यले ई नेताहरु पारिका तत्तुहरु हुन् भनेर नंग्याउने पर्दैन यो कुरा जनतालाई राम्रै सिट थाह छ/ यदि बैद्यले आफुलाई जनताको बिचार नबुझिकनै आफ्नो सहमति लाद्ने नेताहरु भन्दा फरक भयको देखाउनु थियो भने बैद्यले आफ्नो मत र मागमा जनताको मत बुझ्न चुनाउमा भाग लिने थियो/ तर बैद्यले त् अरु नेताहरु बात मात्रै आफ्नो कुरामा सहमति गरायर जनता माथि लाद्न खोज्दै छन्/ यो कुराले बैद्य पनि नेपालका जनताले खराव मानेका नेताहरु भन्दा फरक नरहेको देखाउंछ/

    Reply
  12. Jeevan Thapa says:
    November 18, 2013 at 7:04 am

    गए अब बैध बाका दिन हरु ….

    Reply
  13. Rajan Upriti says:
    November 18, 2013 at 7:01 am

    बैध्ये बुढो जलेर मोरी जा, आजै राति
    भन्योउ नेपालि जनता बैध्य लाइ मुर्दाबाद, भुत्रो | स्मरण शक्ति नभएका नेपालि जनताले निर्दोष जनताको छातीमा सोझै गोलि ठोक्ने “कमले गुण्डा” लाइ यसरि नै मुर्दाबाद भन्दै हिंडेका थिए, अहिले त्यही ज्ञाने र कमलेको गुन गाउनेको कमि छैन | एउटा पापीको बिरोध गर्न अर्को पापीको समर्थन गर्न जरुरि छैन, चेताना भया |

    Reply
  14. Tenzing Gaba says:
    November 18, 2013 at 6:58 am

    कालले पनि घृणा गरेको २ खुट्टे हुन् ……. बैद्य

    Reply
    1. Tenzing Gaba says:
      November 18, 2013 at 10:54 am

      “लुतो आएको भुस्याहा कुकुर” लाई फेरी “रेबिज” पनि थपिएछ

      Reply
  15. samir says:
    November 18, 2013 at 6:50 am

    सरकारले राम्रा राम्रा र चिल्ला चिल्ला कुरा हरु त धेरै गर्छन, तर कहिले पुरा गर्ने होइन./मृतकको परिवारलाई त त्यति काठमाडौँ सम्म ल्याउन सकेन भने के शान्ति सुरक्षाको कुरा गर्नु ? मृतकको श्रीमतीले अन्तिम पटक आफ्नो पतिको लाश हेर्न नपाउदै खरानी भएको पौड कस्तो भयो होला?
    ये !!भातमारा,ज्यानमारा,नरपिचास वैद्य ? के तैले आफुपनि कसैको श्रीमान हो भन्ने भुलेको हो कि, सधै कत्रो साथमा नै लिएर हिड्ने गरेको छ?
    सरकार पनि कतिको लाछी? वैद्यको निर्देशनमा यो सबै आतंक भैरहेको थाहा हुँदा हुँदै किन पक्रिन सक्दैन? अझै कति लाश जलनको लागि कुरी बसेको हो?
    त्यो निर्दोष व्यक्तिलाई मृत्यु पछि चितामा दाहसंस्कार गरियो तर अब त्यो जाठो वैद्यलाई सबैले समातेर ज्युँदै चिता मा राखेर जलाउनु पर्यो/ के नयाँ नेपालको सुरुवात बैद्यलाई ज्युँदै चितामा सुतेर गर्ने हो कि? सबैले अब मतदान पछि को दोस्रो अभियान को रुपमा बैद्यलाई चाडै नै खरानी बनाउने प्रतिज्ञा गर्नु परेको छ/

    त्यो अकस्मात बिधुवा हुन पुगेकी नारीको सरापले बैद्यलाई कैले छोड्ने छैन र कुनै बैद्य को औसधिले पनि त्यो मानव रुपी दानवलाई मुक्ति दिने छैन./

    Reply
  16. Jeevan Thapa says:
    November 18, 2013 at 6:48 am

    भोलि हुँदै गरेको चुनाबमा नेपाली जनता हरुले कुनै एक पार्टीलाई बहुमत दिएनन् भने फेरी पनि संबिधान लेखिदैन भन्ने हामीलाई लागि राखेको छ… यदी जनता हरु समयमा नै संबिधान चाहन्छन भने यसपाली आफ्नो अमुल्य मत दिई हामी गर्छौ भनेर अगाडी बढी रहेको पार्टीलाइ बिजयी गराउनु होस् …कुनै एक पार्टीलाई बहुमत पनि नदिने अनि केहि गरेनन र संबिधान पनि बनाएनन भन्दै धारे हात लगाउंदै नेताहरुलाई सराप्नु को कुनै औचित्य छैन भन्ने पनि हामीलाई लाइ राको स्थिति हो !

    Reply
  17. Sam says:
    November 18, 2013 at 6:01 am

    बैद्य लाई यसरि नै जलेको देख्न पाए मृतक को आत्मालाई र
    चिन्तित परिवारलाई केहि राहत मिल्ने थियो !

    श्याम

    Reply
    1. इश्वर चन्द्र आर. says:
      November 18, 2013 at 8:04 am

      रोचक – बिरोध त एस्तो हुनु पर्छ !

      माओवादीले थबाङमा शून्य मतदानको तयारी गरिरहेको छ । चुनाव बहिष्कारका सबै तयारी गरेको प्रतापले बताए । उनले भने,’हामी मतपेटिका खोस्ने, आक्रमण गर्ने छैनौं ।’ चुनावमा होमिएका कुनै पनि दलले प्रचारका लागि थबाङ टेकेकै छैनन् । कात्तिक ७ गते क्षेत्र नम्बर १ की एमाओवादी उम्मेदवार ओनसरी घर्तीलाई माओवादीले थबाङको ठूलो गाउँमा कार्यक्रम गर्नै दिएनन् । ओनसरीले मरनथानामा कार्यक्रम गरिरहेका बेला माओवादी कार्यकर्ताले “दमाहा बजाएर लखेटेका थिए ।”

      हो बिरोध गर्ने हो भने कार्यकर्ता मैदान मा उतार – दमाहा बजाउ – बिरोधि लाइ अबरोध गर – तर नेपाल बंध हरेक माने मा घृणित कार्य हो ! चाहे २०४६ साल को होस् चाहे २०६२ -६३ को होस् या अहिले को होस् !!!

      Reply
  18. डिल्ली says:
    November 18, 2013 at 5:23 am

    के त्यो सरकारी हेलीकप्टर मन्त्री, नेता र सेनाका हाकिम बोक्न मात्र हो ? अनि निजी हेलीकप्टर उडाएर चुनाब प्रचार गर्नेले तिनकै सरकार चड्ने भर्याङ सर्वसाधारणको पिडामा के सहयोग गर्थे र ! आखिर ती सर्बहारा कि सर्बआहारा पो हुन् क्यारे । एउटा निर्दोषको परिवारलाई अवर्णिय पिडा थोपरेर ती निर्दोष नागरिक खाएछन् नरभक्षीहरूले ।

    Reply
  19. ekraj says:
    November 18, 2013 at 4:35 am

    यसरी चुनाबको अगाडी राजनैतिक अपराधी हरुले गरि राखेको अपराध रोक्न सरकार र सुरक्ष्या का जिम्मवारी निकाय हरु तेती खासै जिम्मेबारी लिएको देखिएन| किनकि एदी अपराधी र अपराधी का नाइकेलाई सिधै कडा करबि भएको भए यस्ता घटना दोहरिने थिएनन् होला|
    अपचारिकता पुरौना दिएका भासनले मात्र जनताको सुरक्ष्या हुदैन र विधिको बिधान चल्दैन | सरकार र सरकारी राज्य सुरक्ष्या निकाएले सछिकै तदारुकताका साथ कर्तब्य पुरा नगर्दा यी सर कुरा गजदिका, गद्दी गफ भन्दा बादी केहि नलाग्नु स्वाभाविक हुन्छा|

    Reply
  20. dev says:
    November 18, 2013 at 2:39 am

    यसको कारण खिरारे सरकार र चार दलिय सिन्डिकेट नै हो . …वैध्य होइन ..

    Reply
  21. Shankar says:
    November 18, 2013 at 2:22 am

    बास्तब मा तेस्तरी जनतालाई किरा ,फट्यांग्रा समान सम्झेर मार्ने यो अर्ध दिमाग को पाखे सामन्ती हरुलाई हिजो पनि थिएँन र आज पनि छैन | राज्य निरिह छ न कानुन अनुसार कारबाही गर्न सक्छ न पिडित लाइ न्याय दिन सक्छ तेसैले पिडित का परिबार ले १८ उ सताब्दी को टेक्सास जस्तो आफै पिस्तोल बोक्ने र निसाफ गर्ने , नत्र अब यो जुनीमा तेत्रो हत्या गरेका अपराधीलाई राजनीतिक पालिस लाएर छोड दिने ????
    मृतक ले ,परिबार ले न्याय कसरि पाउने ?

    देश सिंगापुर , स्वित्जर्ल्यांड बनाउने भन्दै आज पनि लुट्दै छ के को नेता , के को क्रान्ति ?

    Reply
  22. Deepak says:
    November 18, 2013 at 2:19 am

    जनतालाई मारेर कसको लागि ल्याउन चाहेको हो परिबर्तन? कसको लागि गर्न खोजेको हो बिकास अनि कसको लागि गर्न खोजेको हो चुनाब?
    नेताहरुलाई चुनाब प्रचार गर्नको लागि हेलिकोप्टर छ, तर जनताको लागि मारेर आर्यघाट पुगेको छोरोको अन्तिम मुख हेर्न जानको लागि यातयातको व्यवस्था सम्म छैन.
    यो कुन देश हो ? यी कहाका जनता हुन् ? अनि यस्तो देशमा नेता हुँ भनेर राजनीति गरैया कुन पाजी नेता हुन ? के खान्छन यी नेताले ?? आची खान्छन कि क्या हो? मानवताको नाम मा आँसुको यौटा थोपा पनि नखसाल्ने ????
    दिपक अधिकारी
    जर्मनी

    Reply
  23. कृश्णकुमार केसी says:
    November 18, 2013 at 2:08 am

    यो आफै मर्ने बेला भएको बैद्धे बुढोले अझै कती निर्दोष नेपाली जनताको रगत पीउने हो थाहा छैन अब बेलैमा एउटा घाटे बैद्धे खोजेर यो मर्नीबेला भएको बुढो बैद्धेलाई नै आर्यघाटमा लैजानु पर्छ अनीमात्र ती मरेका निर्दोष ब्यतिहरूको आत्माले सान्ती पाउँछ।

    Reply
  24. Biplove says:
    November 18, 2013 at 1:55 am

    धिक्कार छ मोहन बैद्य तलाई / म भगवान संग प्राथना गर्छु तैले मर्ने बेला म अन्तिम घुट्को पनि पनि खान नपैकन मरोस /

    Reply
  25. kedar says:
    November 18, 2013 at 1:30 am

    जलेको लाशको खरानीको कसम
    आतंकबादी माओबादि र हरेक बन्दका नाइकेहरुको सर्बनाश अबस्यम्भाबी छ |

    Reply
  26. Bishnu hari paudel says:
    November 18, 2013 at 1:19 am

    तिनी हरु लाई पनि तेसरी नै पेट्रोल बम हानेर पड्काउनु पर्छ अनि बल्ल मृतक को आत्मा ले शान्ति पाउछ / अति भो नेता को ज्यतादी /

    Reply
  27. Birodh says:
    November 18, 2013 at 12:38 am

    महिसासुर बैध्य तेरो हजार जुनी नर्कमा बास होस् ! येसरी नै तेरो पनि सात पुस्ताको बिचल्ली होस् ! जनताको आँसुको श्राप लागोस !!

    Reply
  28. saurav says:
    November 18, 2013 at 12:36 am

    सहिद यि चालक लाई भन्ऩू पर्छ किन कि बन्दको बेला पनी जनताको सेवा गरे आन्दोलनमा रहेको माआेबादिको दिमाग त गध्धाको जतिको पनि छैन,,,,

    Reply
  29. शान्तिप्रेमी says:
    November 18, 2013 at 12:19 am

    थुक्क सरकार अनि हेलिकप्टरमा चुनाव प्रचारमा उड्ने दल र नेता ! मार्नेले त मार्यो, सरकार र दलले परिवारलाइ अन्तिम संस्कारको लागि आर्यघाट पुग्न समेत सहयोग गरेनन् । परिवारका सदस्यलाइ हेलिकप्टरमै भए पनि काठमान्डु पुर्याइनु पर्थ्यो ।

    Reply
  30. sunita sharma says:
    November 18, 2013 at 12:17 am

    कति नरमाइलो . साधारण निर्दोष जनता मारेर तृप्त हुने आत्मा हरु सय जुनी सम्म नरक मा परुन. कोहि नभए पनि भगवान ले त हेरिरहेका होलान.

    Reply
  31. prem sharma says:
    November 18, 2013 at 12:15 am

    I am literally crying going thorough this news. I felt so sad and bad at the same time very angry with the people who have played cruelty against theirs own brothers, sisters, parents, babies throwing bombs into the running vehicles. It wont be wise being a wiser person getting angry but I have a polite request to those who think what they have been doing is good in their own views without respecting other citizens how they feel about what you have been doing introducing chaos in daily lives of many people and forcing them to live in fear please stop that’s not good for us and nation as well.

    Please do not use human being as your weapons to achieve your dirty goal.

    Reply
  32. Kamal says:
    November 18, 2013 at 12:13 am

    मोहन बैध्य बुढो मुर्दाबाद! नेकपा-माओबादी मुर्दाबाद! तिनीहरुको आत्मा ले कहिल्ये पनि सुख पाउने छैन…धिक्कार छ बुढो…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme