Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भोट हाल्ने कसरी ? मत बदर नहोस् है

Posted on November 18, 2013November 18, 2013 by Salokya

५ लाख ६० हजार ११
४ लाख ७ हजार ४ सय ६२

यो दुई संख्या गत संविधान सभाको निर्वाचनमा क्रमशः प्रत्यक्ष र समानुपातिकतर्फ बदर भएका मतको हो। साढे पाँच लाखभन्दा बढी मानिसले भोट कसरी दिने भन्ने नै जानेका रहेनछन् भन्ने यसबाट बुझिन्छ। भोट कसरी दिनुपर्छ भनेर समेत अर्बौँ बजेट भएको निर्वाचन आयोग, लाखौँ कार्यकर्ता भएका राजनीतिक दलहरुले सिकाउन नसकेका रहेछन् भन्ने पनि प्रष्ट हुन्छ। यस पटकको निर्वाचनमा चाहिँ के होला ? निर्वाचन आयोगको पोस्टर अलि कन्फ्युजिङ छ।

aayog
आयोगको पोस्टरमा एक लहरमा चिह्न बायाँ छेउ चेपिएको छ भने अर्को लहरमा दायाँ छेउ। तर भोलिको निर्वाचनमा प्रयोग हुने मतपत्रमा दुवै चिह्न बायाँ छेउमा नै चेपिएको छ। हेर्नुस्-
ballot
हेर्दा यो सामान्य लाग्न सक्ला, तर लाखौँ मत बदर हुने ठाउँमा यस्ता साना कुरामा पनि ध्यान दिनुपर्छ।

आयोगका अनुसार कोठाबाहिर छाप लगाएमा, दुई वटा चिह्नको बीचमा छाप लगाएमा, एउटै मतपत्रमा दुई छाप लगाएमा, स्वस्तिक बाहेक अर्को चिह्न लगाएमा मत बदर हुन्छ।

चिह्न छुने गरी छाप लगाएमा के हुन्छ ? प्रष्ट छैन। तर माथिको प्रचार सामाग्रीमा भने ‘रोजेको चिह्नमा छाप लगाउनु पर्छ’ भनिएको छ। दुई चिह्न छुने गरी छाप लगाएमा मात्र बदर हुने यसबाट बुझिन्छ। यस पटक विशेष गरी समानुपातिकमा धेरै चिह्न भएकोले कोठा सानो भएर चिह्नमा छुन सक्ने देखिन्छ।

त्यसैगरी अर्को ध्यान दिनुपर्ने कुरा, मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर हुन जरुरी छ। कहिलेकाहीँ बिर्सेर मतदान अधिकृतले हस्ताक्षर नगर्न सक्छन्। त्यस्तो मतपत्रमा दिइएको मत मान्य हुँदैन। त्यसैले मतपत्र प्राप्त गरेपछि हस्ताक्षर छ/छैन पनि ध्यान दिनु होला।

त्यस्तै स्वस्तिक छाप लगाइसकेपछि पट्याउँदा भर्खरै लगाइएको छाप लत्पतिएर अर्को चिह्नमा लाग्न सक्छ। यसो गर्दा पनि मत बदर हुन जान्छ। त्यसैले यी कुरामा पनि ध्यान दिनुहोला। तपाईँको मत खेर नजाओस्।

मतपत्र कस्तो र कत्रो रहेछ त? (न्युजरुममा खिचेको भिडियो)

3 thoughts on “भोट हाल्ने कसरी ? मत बदर नहोस् है”

  1. yogi says:
    November 19, 2013 at 2:42 am

    खै….मतपत्रको क्रम संख्या नै नराखेको हुदा जति पनि नक्कली भोट खस्न सक्छ, हाम्रो भोट अमुल्य भन्नु गफ मात्रै हो जस्तो लाग्छ / निर्बाचन आयोग को मनमा खोट छ…सबै प्रायोजित हो…./ यति सानो कुरा पनि नगर्नु नियत बस हो… जसले ९०% धाँदली रोक्न सक्थ्यो…..

    Reply
  2. ekraj says:
    November 18, 2013 at 5:55 pm

    नेपाल जस्तो न्युन शिक्षित भएको देशमा अनगन्ती पार्टी को गनेर पार् नलाग्ने मत पत्रमा, केहि झुक्किने खालका छिन्न पनि भयोकोले मत बदर हुने संख्या झन् बढ्न सक्दछ|
    नेपाल मा कर्मचारी देखि गोठाला सम्मलै कुनै न कुनै सिल्ली पार्टी का भरिया बयेकाले, मतदान अधिकृतले नै जानी उसको मन नपर्ने पार्टीले भोट बडी ल्याउने गन्ध पायो भने बदर गरौन को लागि नै सहि नगरी मत पत्र भिदाई दियो भने तहाँ कतिले तेस्ले सहि गरेको छ कि छैन भनेर हुर्लन|
    नेपाल का नेता, पार्टी जस्तै चुनाब पनि गाईजात्रे भन्दा खासै फरक नहोला|

    Reply
  3. बिकाश भट्टराई says:
    November 18, 2013 at 4:32 pm

    मेरो नाम बिकाश भट्टराई हो/ मेरो घर चुनाब क्षेत्र न. ५ चितवन मा पर्छ/ काम को सिलसिलामा बर्दिया मा रहदा मैले मेरो नाम मतदाताको सुचिमा राख्नको लागी फोटो खिचायाको थिय/ म संगै मेरो सहकर्मी साथी सन्तोष खराल (पाल्पा) ले पनि संगै फोटो खिचाउनु भयको थियो/ हाम्रो दर्ता अगी पछी थ्यो / आहिले भोटर कार्ड लिन भनेर गको त मेरो नाम भोटर लिस्ट मै रहेनाछ/ म सँग फोटो खिचाउदाको अर्धकट्टी पनि संगै छ/ म संगै फोटो खिचाउनु भयको मित्र सन्तोष को चै नाम मतदाता सुचिमा रहेछ/ मेरो मतदाता सुचिमा नाम नभएपछि भोट खसाल्न नि नपाउने भय/ मेरो मतदान गर्ने अधिकार म बाट राज्यको हेलचेक्राई ले गर्दा गुम्यो/ मेरो मतदान गर्ने अधिकार … खोइ ?? के म जस्तो पिडित अरू पनि हुनुहुन्छ? एसको समाधान के हुन सक्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme