Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

म भोट हाल्छु !

Posted on November 17, 2013 by Salokya

बहिस्कारवादी ड्यास माओवादीको पेट्रोल बम आक्रमणबाट घाइते भएका ट्रक चालकको मृत्युपछि मंसिर ४ मा मतदान गर्ने मेरो दृढता अझ बलियो भएको छ। गोप्य मतदानमा भोट जसलाई हाले पनि यो भोट चुनाव बहिस्कारविरुद्धको भोट हुनेछ। आतंकको विरोधमा हुनेछ।
voterid

20 thoughts on “म भोट हाल्छु !”

  1. Harke says:
    November 18, 2013 at 10:37 pm

    भोट त हालुम्ला….तर मतदाता परिचय पत्रको फोटो खिच्दा (माथिको फोटो), संबेदनसिल परिचय विवरण लुकाउन लगाइएको बिबेकको भने ज्यादा तारिफ गर्न मन लाग्यो !

    Reply
  2. BINOD TIMILSINA says:
    November 18, 2013 at 8:20 pm

    मलाई निर्बाचन आयोगले बहिस्कार बादी बनायो। .. एक कर्मचारी अर्को ठाउँमा आउँदा भोट हाल्ने बेवास्था नगरेर ! —

    Reply
  3. ram thapa says:
    November 18, 2013 at 9:56 am

    मज्जाले भोट हाल्नु पर्छ/

    Reply
  4. खेमराज says:
    November 18, 2013 at 7:26 am

    देशमा शान्ति स्थाइत्व गर्न पनि भोट हाल्छु । आतङ्कबाद र कोइला एकै हुन्, ताते भने पोलेर दु:ख दिन्छन् चिसिएमा आफु पनि कालो हुन्छन् अरुलाई पनि कालै बनाउँछन् । आतङ्कबादको विरोध गर्न पनि भोट हाल्नु पर्छ । म अवश्य भोट हाल्छु ।

    Reply
  5. Ramesh babu says:
    November 18, 2013 at 12:55 am

    म भोट हाल्छु !

    Reply
  6. neeraj says:
    November 17, 2013 at 10:34 pm

    ड्यास माओबादी बम पड्काउने, जनता मार्ने – क्यास माओबादी चुनावमा भाग लिने – कस्तो गज्जब। शायद ,मिलेमतो हो क्यारे – यसरी नाटक नगरेको भए २०० करिब सिटमा चित्त बुझाउनु पर्थ्यो, मिलेरै नाटक गरेपछि ३०० सिट त कहीं नजाला। साम, दाम , दण्ड, भेद – उहिले कहिले हो पृथ्वीनारान ले प्रयोग गरे रे – रे कै कुरो हो आफूले देख्या होइन ; तर आज ड्यास र क्यासबाट चाहिं प्रत्यक्ष देखिंदै छ। अरुको हुति रइन्छ – त्यसैले जय माओबादी (ड्यास र क्यास जो भए पनि)।

    Reply
  7. Bhakta says:
    November 17, 2013 at 9:59 pm

    आखिर देश त जसले चलाय पनि चल्दो रहेछ.. ३५ अर्ब ले बिजुली निकाल्ने र उद्ध्योग संचालन गरि रोजगार दिदा कति राम्रो हुन्थ्यो / देश बनाउने नियत भए पालै पालो सरकार चलाए भै हाल्थ्यो के गर्ने दल हरुको नियतै खराब भयसी ! र पनि बदरै पारेर भए पनि भोट त हाल्नु पर्ला कि…

    Reply
  8. sundip says:
    November 17, 2013 at 8:56 pm

    म भोट हाल्छु!

    के देश बनाउने जिम्मा नेताको मात्र हो? हाम्रो देश प्रतिको दाइतव खै? तेसैले देश मा सुसान अनि सम्रिधि को लागि सबै जना भोट हाल्न जाम! सम्भिधान सबै मिलि बनाम!

    जय देश!

    Reply
  9. Shankar says:
    November 17, 2013 at 8:22 pm

    बहिस्कार गर्ने त् कुरै आएँन नि , भोट चै हाल्ने पर्छ | तर पुराना अनुहार लाइ हराएर नया र स्वच्छ छबि लेउनु पर्छ |

    Reply
  10. dharmendra says:
    November 17, 2013 at 7:59 pm

    संबिधान सभा निर्बाचन २ लै मंगलमय शुभकामना

    Reply
  11. दीप says:
    November 17, 2013 at 7:24 pm

    यी ड्यास माओबादिलाइ ठुलो आमशभा गर्न कसैले रोकेको छैन!! यिनीहरु ले सक्छन भने ठुलो आमसभा गरि चुनाब मा भोट नहालौ अनि हाम्लाई मन्त्रि , प्रधान मन्त्रि सित्तै मा बनाइदिनु भने भै हाल्यो नित् ?

    मधेश अहिले सान्त छ !! अहिले यी भैध्य हरु microbus , ट्रक मा बम हानि बाल बच्चा, बिचरा driver लाइ मारी उनको महान जनयुद्ध गर्दै छन् !! यिनलाई ढिलो चाडो नेपाली जनताले हेग , वा खुम बहादुर , गुप्त , वाग्ले लाइ जस्तै जेल मा कोच्ने छन् !! खुमे , वाल्गले, गुप्ता, हरु ले देश को ढुकुटी लुटेर जेल परे भने यी ड्यास माओबादी लाइ जनता को सम्पति र निहथा जनता लाइ घाइते र मरेको अभियोग मा जनता ले एकदिन ढिलो चाडो हेग वा नखु को जेल को छिदी मा पुर्याउने छन् !! सान्ति प्रक्रिया मा देश आइसके पछि यिनी ड्यास माओबादि लाइ देश मा आतंक, मारकाट गर्ने कुनै कानुन मा छुट छैन तेसैले एस्तो कार्य को बिरोध र यिनीहरु लाइ सजाय दिनु पर्दछ !!

    Reply
  12. maheshwar says:
    November 17, 2013 at 6:28 pm

    म पनि गर्भका साथ vote हाली निर्दोष जनता माथि पेट्रोल बम हान्ने आतंककारी…………….हरुलै बेस्सरी झापट हान्न चाहन्छु

    Reply
  13. prem sharma says:
    November 17, 2013 at 6:00 pm

    I am very disturbed reading news about killing people by other people not knowing how they felt if that would have happened to their family members. In one word I would simply use the present constitution to punish people involved in the incident and their seniors who has used them to achieve what they think is good for them.

    Dirty politics is the main cause of all this so lets unite and fight for it to make it right if we could. But its gonna be very hard because people from the same caste, society and country doing bad things to other fellow citizens.

    Reply
  14. Kamal Bishwokarma says:
    November 17, 2013 at 4:51 pm

    जनताले भोट त यो ठप्प परेर रोकिएको देश र राजनीतिको प्रक्रिया सुचारु गर्न हाल्ने हो, संविधान त जस्तो सुकै बने पनि हामीलाई तात्विक फरक पर्दैन!

    Reply
  15. मदनमणि says:
    November 17, 2013 at 3:59 pm

    काइदाले हालिन्छ भोट। सचेत र जिम्मेवार नागरिकका रुपमा। तर, तेस्रो संविधानसभाको चुनावमा चाहिँ हालिन्न बहिस्कार गरिन्छ।

    Reply
  16. Surendra says:
    November 17, 2013 at 3:32 pm

    भोटभन्दा पनि अब यो मानिसको बाँच्ने अधिकारमाथि कै ठाडो आक्रमण हो. १५ वर्ष विदेशी जासुसका डिलक्स कोठाबाट नेपालीहरुलाई आपसमा लडाएर १५,००० को ज्यान लिएर अझै यिनको चित्त बुझेको रहेनछ; ति निर्दोष चालक छेत्रीले ३३ झुण्डहरुको के बिगार गरेका थिए? आफ्नो रोजी-रोटिको जोहो गर्न हिंड्दा पनि यसरि अनाहकमा मर्नुपर्ने? उनको अमुल्य जीवनमाथिको यो अपराधको जिम्मा कसले लिन्छ ? ती कर्मवीरका परिवार र साथि-भाइलाई पर्ने अकल्पनीय चोटको मूल्य “मोहन वैध्य” का थोत्रा सिद्दान्तका किताब र अनर्गल भाषणले दिन सक्छन? कि अब सोझा र आफ्नो बाटो गरेर खानेहरूका दिन गए? कुनै कथित “वाद” को नाम लिएर कसैको घाँटी थिच्न पाइञ्छ भने सारा जेलहरु खुला गरिदिए हुञ्छ, नत्र भने अब सोझा र सरल नेपाली जीवनमाथिको यो निरन्तरको प्रहार र प्रयोगको व्याज समेत चुक्ता गर्नुपर्ने दिन आउँदैछ, र त्यो दिन बन्द गाडीभित्र निर्दोसलाई बम हान्दा, आफ्नै आमाको अगाडि छोराको ज्यान लिंदा, किरिया बसेकालाई बाटो ढुकेर मार्दा कस्तो हुन्छा आफैले अनुभव गर्ने मौका नेपालीले दिनेछन, मृतकप्रति हार्दिक श्रद्दान्जली र यो दुर्घटना अन्तिम बनोस भन्ने प्रार्थना

    Reply
  17. Mahesh says:
    November 17, 2013 at 3:10 pm

    बन्दुक, बम, नेपाल बन्द पुग्यो हामीलाई
    देश हाम्रै हो, येही बच्नु छ हामी सबैलाई
    लेनिन, क्रान्ति, माओत्सेतुंग धेरै सुनियो
    कति मार्छौ अजै अब, सत्र हजार त मारी सक्यो

    लेनिन, माओ, स्टालिनलाई त देउता नै मान्छौ
    बम पड्काउनु भन्दा अरु के नै जान्छौ
    नेपाली भएर बाच्नु छ येही देश नेपालमा
    बिदेसिनु छैन अब, गरि खान देउ येही देशमा

    वैद्य, बादल, देव, विप्लप तिमीहरु कहाँ लुकछस
    भविस्यमा चुनाब हुदा भोट मग्न नआउलास
    यसपालिको चुनाब धेरै धेरै सफल होश
    यो ज्यानमाराहरुलाई पनि काल ले चाडै लगोश

    Reply
  18. kedar says:
    November 17, 2013 at 2:56 pm

    दोश्रो संबिधानसभाको चुनाब सफल पार्न माओबदिको हिंसात्मक आतंकको पर्बाह नगरी घोषित नेपाल बंदको बहिस्कार गर्दै गाड़ी चलाउदा चलाउदै आफ्नो ज्यान अर्पण गर्ने तिनलाई बास्तबमा संबिधानसभा सहीद घोषणा गरिनु पर्छ ।

    Reply
  19. डेञ्जर दीपेन्द्र says:
    November 17, 2013 at 2:04 pm

    जब असल मतदाताहरु भोट हाल्न जाँदैनन तब खराब शासकहरु चुनिन्छन । बुझी राखौं भोट हालौ । जय होस

    Reply
  20. Sanjiv says:
    November 17, 2013 at 1:27 pm

    एस आइ फुल्ली अग्री विथ यु सालोक्य जी …म नेपालमा वयेको vaye अवस्य वोट हाल्ने थिए !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme