Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुकुरको नियतमा शंका

Posted on November 16, 2013November 18, 2013 by mysansar

-राजन केसी-

‘ज्याला पूरै लियौ अब संविधान देऊ’ भन्दै सोसल मिडियाबाट मान्छे सडकमा ल्याउन सफल तर उद्देश्य प्राप्त गर्न असफल एउटा समूह अहिले आफै संविधान लेख्न संविधान सभामा जाने प्रयासमा छ। भएभरका नेता र पार्टीलाई गाली गर्ने यो समूहले सामाजिक सञ्जाललाई नै संसार ठान्ने समूहको राम्रो समर्थन र वाहवाही पाएको छ। ‘विवेकशील नेपाली’ र ‘कुकुर’ चिह्नको प्रचारमा यो समूह लागेको छ। मिडियाले पनि यसलाई राम्रै साथ दिएको देखिन्छ। तर पछिल्ला दिनमा कुकुरको नियतमाथि श‌‌ंका पनि सामाजिक सञ्जालहरुमै उठिरहेको छ।

सबैभन्दा पहिला त ‘विवेकशील नेपाली’ कुनै पार्टी नै हैन। कुकुर चिह्नसहित हाम्रा उम्मेदवार भनेर यो समूहले जति प्रचार गरिरहेको छ, त्यो भ्रमपूर्ण छ। उनीहरु खासमा स्वतन्त्र उम्मेदवारहरु हुन्। तर आफ्ना चिह्नलाई पार्टीको चुनाव चिह्नसरह प्रचार गरिरहेका छन्। पार्टी भएको भए उनीहरुलाई देशभरबाट भोट खसाउन सकिन्थ्यो। तर उनीहरु स्वतन्त्र उम्मेदवार भएकोले निश्चित क्षेत्रका मतदाताले मात्र उनीहरुलाई मत दिन पाउँछन्। समानुपातिकमा उनीहरुको चिह्न कुकुर हुँदैन।

दल बनाएर समानुपातिकमा उठेको भए बरु उनीहरुले पाएको मतबाट संभवतः एक दुई सिट जितिन्थ्यो र यसले सोसल मिडियालाई स‌ंसार ठान्नेहरुको पनि संविधान सभामा प्रतिनिधित्व भएको मान्न सकिन्थ्यो। तर उनीहरुले त्यस्तो निर्वाचन प्रणाली रोजे, जहाँ एक भोटले मात्र पराजित भए पनि पाएका भोटहरुको कुनै भ्यालु हुँदैन। एक भोटले मात्र जित भए पनि जितेका भोटको मात्र भ्यालु हुन्छ, अरु खेर जान्छन्।

कम्युनिस्ट जितेको ठाउँमा खै उम्मेदवार ?
कुकुर चिह्नवालाहरुको नियतमा सबभन्दा बढी कांग्रेस पक्षधरहरुले प्रश्न उठाउन थालेका छन्। उनीहरु भन्छन्- ‘प्रमाण छैन, तर माओवादीसित साँठगाँठ भएको हुनसक्ने हाम्रो शंका छ। नभए अघिल्लो चुनावमा हामीले जितेका क्षेत्रमा मात्र कुकुर चिह्नवालाहरु किन उठे?’
kukur
हुन पनि कुकुर चिह्नवालाहरु काठमाडौँको क्षेत्र नम्बर १, क्षेत्र नम्बर ४, क्षेत्र नम्बर ५. क्षेत्र नम्बर ८ मा मात्रै उठेका छन्। ती क्षेत्रमा यसअघि कांग्रेसका उम्मेदवारहरु क्रमशः प्रकाशमान सिंह, सुप्रभा घिमिरे, नरहरि आचार्य र नवीन्द्रराज जोशीले जितेका थिए। यदि उनीहरु त्यत्तिकै विवेकशील भएका भए काठमाडौँ २, काठमाडौँ ६, काठमाडौँ ७, र काठमाडौँ १० मा किन उम्मेदवार उठाएनन्, जहाँ पहिले माओवादी उम्मेदवार जितेका थिए ?

यी क्षेत्रमा कांग्रेस बलियो रहेको र नयाँ मतदाता र न्युट्रल मतदाताको भोट तान्न र कांग्रेसको मत काट्न उनीहरु सक्रिय भएको वा पारिएको शंका त्यहाँका कांग्रेस पक्षधरहरु गर्दैछन्। नत्र अहिले काठमाडौँका बलिया ठानिएका कांग्रेस उम्मेदवारहरु १ मा प्रकाशमान सिंह, ४ मा गगन थापा, ५ मा नरहरि आचार्य र ८ मा नवीन्द्रराज जोशीविरुद्धमात्र किन उम्मेदवारी दिए उनीहरुले ? किन उनीहरुविरुद्ध मात्र सक्रिय छन् ? किन २ मा माधव नेपालविरुद्ध, १० मा प्रचण्डविरुद्ध उम्मेदवारी दिएनन् ?

आचार संहिताको धज्जी !
नेताहरुलाई भएभरको गाली गर्ने र विधिको शासनको वकालत गर्ने समूह भएपछि आफू पनि विधि अन्तर्गत बस्नु पर्छ कि पर्दैन ? कुरामात्र ठूला गर्ने, अरुको मात्र गल्ती देख्ने, आफूले चाहिँ जे गरे पनि हुने भए किन विवेकशील भन्दै हिँड्नु पर्‍यो? उनीहरुले नेताहरुलाई भने झैँ उनीहरु पनि अविवेकी भएनन् र ? विवेकशील समूहका अध्यक्ष नै आचार संहिता उल्लङ्घन गरिएको यस्तो फोटो फेसबुकमा टाँस्दै हिँडेका छन्-
thapa

जबकि निर्वाचन आचार संहितामा दल र उम्मेदवारले यत्रो ठूलो प्रचार सामाग्री प्रयोग गर्न नपाउने व्यवस्था छ।

आचार संहिताको प्रावधानः फलानो नेताले चिलानो काम गर्न हुने, हामीले नहुने भन्नेहरु पनि भेटिए। त्यही नेताहरुभन्दा फरक देखाउन त विवेकशील हुनुपरेको। नत्र त उनीहरुकै भाषामा अरु नेता सरह कै अविवेकशील भइहाले नि।
आचार संहिताको प्रावधानः फलानो नेताले चिलानो काम गर्न हुने, हामीले नहुने र भन्नेहरु पनि भेटिए। त्यही नेताहरुभन्दा फरक देखाउन त विवेकशील हुनुपरेको। नत्र त उनीहरुकै भाषामा अरु नेता सरह कै अविवेकशील भइहाले नि। उनीहरु जस्तै आचार संहितै नमान्ने, कानुनै नमान्ने भए केको विवेकशीला?

अरुलाई औँला ठड्याउने, आफ्नो कसले हेर्ने?
दलका नेतालाई भक्कुमार गाली गर्ने र हामी असल हौँ भन्नेहरुले उठाएका उम्मेदवार पनि गतिला भने छैनन्। उनीहरु पनि विवादमा मुछिएका हुन्। काठमाडौँ ४ मा उठेका कुकर चिह्नवाला सन्तोष प्रधानबारे हिमालले केही अघि अनुसन्धानमूलक समाचार छापेको थियो। अनुसन्धनात्मक समाचारमा पुरस्कृत समेत भएको रमेश कुमारको यो समाचारमा नेपालको कमोडिटिज् डेरिभेटिभ बजारबाट हजारौं सर्वसाधारणको अर्बौं रुपैयाँ कसरी ठगियो त्यसको विस्तृत विवरण छ। समाचार पढ्न यहाँ क्लिक गर्नुस्।

प्रधान नेपाल डेरिभेटिभ एक्सचेन्ज लिमिटेड (एन्डेक्स) का को-फाउन्डर तथा चेयरम्यान हुन्। वित्तीय विवरणको अध्ययन गर्दा एन्डेक्सले पछिल्ला दुई आर्थिक वर्षमा आफ्नो डेरिभेटिभ बजारस्थलमा स्वयं आफैं कारोवारमा संलग्न भई मुनाफा आर्जन गरेको देखिन्छ। एन्डेक्सले आर्थिक वर्ष २०१०/११ मा १ करोड ८२ लाख ६४ हजार ८ सय २१ रूपैंया आफ्नो कारोवार संयन्त्रमा आफैंले कारोवार गरेर आर्जन गरेको देखिन्छ भने अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानीको हिस्सा झनै ठूलो रहेको छ। उसले आर्थिक वर्ष २००९/१० मा मात्रै कारोवारबाट २ करोड २६ लाख ९६ हजार १ सय ९२ रूपैंया प्राप्त गरेको देखिन्छ । विश्वमै कतै पनि नभएको अभ्यास अर्थात् एक्सचेन्ज स्वयंले कारोवारमा संलग्न हुने क्रियाकलापबाट एन्डेक्सले सर्वाधिक ठूलो हिस्साको आम्दानी प्राप्त गरेको देखिन्छ। आफैं बजार सञ्चालक भई आफैंले कारोवार गर्दा बजारमा के कति मात्रामा कृत्रिम उतारचढाव र चलखेल हुन्छ भन्ने स्वतः आँकलन गर्न सकिन्छ।

संविधान कसरी बनाउने ?
मानौँ कुकुर छापका चारै जना उम्मेदवार विजयी भए। अब उनीहरुले कसरी संविधान बनाउँछन् त ? स्वतन्त्र उम्मेदवारको रुपमा उनीहरुको हैसियत केही पनि रहने छैन। ठूला दलका एजेन्डामा र उनीहरुबीचको लेनदेनमा संविधान बन्छ। स्वतन्त्रले गर्ने भनेको उही पहिलेको संविधान सभामा जस्तो माइक फोड्ने, कुर्सी फ्याँक्ने ? संविधान बनाउन बहुमत चाहिन्छ। चार जना जितेर गए भने त्यही भरमा कसरी संविधान बन्ने ? सोसल मिडियामै संसार देख्ने र भावुक हुनेहरुले जवाफ दिउन्। वैकल्पिक राजनीतिक शक्ति बन्न त्यही अनुसारको नेतृत्व त्यही अनुसारको कार्ययोजना र त्यही अनुसारको रणनीति चाहिन्छ। कुकुर छापले भन्दा बरु रेडियो छाप जापानी नागरिकता त्यागी नेपाली बनेका ताकासी मियाहाराको विकास पार्टीसित दह्रो योजना छ नेपाल विकासको। यहाँ हेर्नुस्। फेसबुकमा हेर्नुस्। यो वर्ष पनि यो पार्टीले उम्मेदवार उठाएका छन्। तर पोहोरकै हालत हुने निश्चित छ उनीहरुको।

[केसीले आफूलाई काठमाडौँ ४ का मतदाताका रुपमा चिनाएका छन्। ]

107 thoughts on “कुकुरको नियतमा शंका”

  1. hari says:
    November 21, 2013 at 10:55 am

    यहाँ dislike हान्न र प्रपागन्डा मचाउन एउटा टिम नै बनाएको जस्तो देखिन्थ्यो
    केटाहरु र बुढा युवा नेता सबको जमानत जफत हुने भएछ(अहिले सम्म ५० हजार लाईक गराएको सन्तोष भन्नेको ११३ रैछ अरुले ११ हजार पाउदाँ)
    मेन नेताको हाल पनि त्यसतै छ।
    अब जमानत जफत नेपाली नाम राखे कसो होला?

    तर बाढा छन अध्यक्ष अब म सबिधान सभा उम्मेवार वा युवाले जिताएनन भनेर पैसा सङकलन वा मान्छे जम्मा पारेर आफु हिट हुने काम अझ बढाउनेछन
    त्यसतै छ

    Reply
  2. दु:ख सुख को साथी बिनोद says:
    November 20, 2013 at 2:42 am

    लु भैगो जे गर्छ अब कांग्रेस ले गर्छ सबै ढुक्क हुनुहोस्

    Reply
  3. Sajak Upadhyaya says:
    November 19, 2013 at 8:44 pm

    Lets just keep aside the over analytic brain for a while and think. Every morning a common Nepali takes his morning paper and curses the political system of the country , and nobody decides to step up and change. If you belong to one of those men and have a chance to give a shot at the election this time , would you rather , register a party through out Nepal which requires Massive budget for advertisement ? These were four such men who tried to do that. But after all we are Nepali , we just can’t see the bright side of anything , can we ?
    And did I just see THE MIGHTY PARTIES , scared of few independent candidates.
    People here are scared over social media , seriously ? What percentage of voters are really into Social media ?
    And sorry to say the first advertisements I saw on facebook were of Congress and UML, not these guys.

    So for once , stop the old habit of ours of finding drawbacks in every single thing.

    Reply
  4. हाकिम says:
    November 19, 2013 at 6:49 am

    सबै लै चेतना होस्। के ‘विवेकशील नेपाली’ कुनै दल वा पार्टी हो ?? जसले देश को संबिधान बनाउन हैसियत राख्छ ??? ल मानि लीऊ रे जितेर गए जम्मा चार जना ले के घण्टा हल्लाउछ।!!! खोइ त कुरा बुझ्या। स्वतनत्र उमेदबार हो भने त्यहि अनुरुप बोल्नु पर्यो। हैन भने हामि पनि यो देश को युवा हौ , हामि पनि युवा को मुदा लाइ लिएर हिडेका छाउ.. अनि जाबो यो देश मा बसेको बेला कति खेर भिसा लाग्छ र विदेश पुगौ भन्ने हरु आज आएर देश बनाउछु भन्दा के बुझ्ने हामि ले ???? सम्पूर्ण युवा ले मलाई जवाफ दिनु पर्यो ????????

    Reply
  5. anuj says:
    November 18, 2013 at 8:12 pm

    SIMPLE LOGIC
    त्यो ठुलो flex मा किन कांग्रेश र एमाले संग मात्र compare गरियो कुकुर लै? खाओबादी… i mean माओबादी खै त?
    फुल स्टप .

    Reply
    1. Sanjay says:
      November 18, 2013 at 9:52 pm

      How to compare to Maoists? like who has better gun? Who can kill more people? There is nothing to compare , i guess.

      Reply
    2. Rojen says:
      November 19, 2013 at 5:41 pm

      अनुजले पनि simple logic लाउनु पर्यो नि, जाबो तेत्रो Flex मा कहाँ तेत्रो ठुलो पार्टी अटाउनु , फेरी अरु हरु पनि त छनी,
      त्यो भन्दा ठुलो कुरा त यो लेख मा खोइ त अरु पार्टी संग तुलना गरेको | सबै पार्टी को गल्तिलाइ राखी दिएको भए अझ राम्रो हुन्थ्यो | गल्ति सबैले सच्याउनु पर्छ |

      Reply
  6. Banskota says:
    November 18, 2013 at 7:47 pm

    बोकाले दाइँ हुने भए गोरु किन चाइयो……. केही हुन्न कुकुरले… सिधान्त बिना को पनि पार्टी हुन्छ वाईहात … जे होस् सामाजिक संजाललाई राम्रो use गरे केटाह्र्रुले …..
    and next thing.. The national flag has sanctity. You cannot use the national flag to gain political leverage. This is serious Code violation.

    Reply
    1. Heera says:
      November 19, 2013 at 6:38 am

      खोइत सिदान्त कसको छ र एउटा को सिदान्त बुजाओ

      Reply
  7. saurav says:
    November 18, 2013 at 6:42 pm

    4 people lets let them win. Shut our over analytical mind off for a while. Experiment with 4 people. They will not be able to sell the country with 4 people. Let them win let them prove over analysing douchebags.

    Reply
    1. Radhe Shyam says:
      November 19, 2013 at 1:14 am

      I donno abt other Bibeksheels, but santosh pradhan is a real douchebag! He claims to be a Business Expert and a leading enterpreneur just by taking a 3 days course at Harvard and setting up a Commodities exchange firm to loot the already poor Nepalese.

      Reply
  8. शिवम् पन्त says:
    November 18, 2013 at 6:20 pm

    बिबेकशील नेपाली भनेर आफूलाइ कुकुर चुनाव चिन्हँबाट चिनाइरहेका समूह बाबुरामद्वारा बाबुरामकालागि जन्माएको बौद्धिक धूर्तहरुको समूहहो यिनिहरुको कुनै राजनैतिक सिद्धान्त छैन तर यिनीहरु बाबुरामका लागि कामगर्ने जत्थामात्र हुन भन्नेर चिन्नुपर्छ सवैलाइ चेतना भया ।।

    Reply
  9. Sheetal says:
    November 18, 2013 at 5:00 pm

    I’m a supporter of gagan thapa myself and I want congress to be the leading party. But this article is a shame. I’m not dissapointed in politicians as much as I’m disgusted by khutta tanne prabriti of we nepalese. More than political issues, this very nature of creating obstacles on the way of every person who does something worthwhile is what kills our hopes of a good change. Is the writer too naive or wastes too much of his brain cells to assume reasons behind where bibeksheel team is running the elections from. They are competing with everyone, not just NC. They are taking a new meaningful initiative and calling able youths to take a brave stand, which you, Mr. writer, couldn’t dare to take. You knew no better than to waste your time over analyzing things. This blame is not only aimed at them, because bibeksheel initiative is not just these 4 people. You have blamed me and all sensible nepalis and told us to keep following the sheep herd. I refuse!

    Reply
  10. Rojen says:
    November 18, 2013 at 4:15 pm

    लेख प्रकाशित गर्दा ध्यान दिनु पर्ने हो की !!!

    आफनो विचार राख्न त सबैले पाउनु पर्छ | यहाँ येस्तै भएको छ | माथि को लेख पक्कै पनि माइ संसार को आफनो धारणा होइन होला | हाम्रो देश समाज मा हामी हरेक समाचार लेख लाइ सही हो के होइन भनेर जान्न खोज्दैनौ | समाचार गलत पनि हुन्न सक्छ भनेर सोच राख्दैनौ | हामी पत्रिकामा, रेडियो, येस्तै अरु मेडियामा नतमस्तक भएर आफ्नो सोच बनाउ छौ | यो लेखको कमेन्ट पढ्नु भयो भने एसको असर अझ बढी बुझ्न सकिन्छ |

    येस्तो बेला मा प्रकाशित गर्नेले पो सोच्ने बेला आएको हो की |

    Reply
  11. Vision says:
    November 18, 2013 at 4:14 pm

    We all
    Nepalese are same. If writer has some thing regarding Santosh Pradhan then let us be analytical. Writer is not only one who wrote regarding Santosh Pradhan’s wrong doing. As I ve heard on so many occasion about it.
    I did my own investigation as I surely dont wnat to follow the Hoax like Santosh Pradhan even Bibeksheel is doing great job.
    I sadly have to say that he is a conman. He was involved and still involve in software manipulation to con investor. His organisation merely has 20 staff including his IT office and claiming he is giving job to 50 individual. How come he is Harvard g
    GRADUATE IF HAS NOT PASSED BACHELOR LEVEL. IT S JUST A WORKSHOP OF 5 DAYS AT HARVARD AND HE IS PLEADING VOTE presenting HIMSELF as WELL EDUCATED. Such a fake liar. There is a search warrent against him as well. Pls dog lovers like me, lets be fair and not follow him.
    Even iam bibeksheel fan. I admire their moment. I tried my best. Tofind out regarding pradhan and posted my finding. Lets be bibeksheel and judge Mr Pradhan. His image distroying all good work of bibeksheel team.
    1 single rotten potato rots all potatoes in a bag.
    So bibeksheel pls kick him out. He is surely damaging your image

    Reply
    1. Sheetal says:
      November 20, 2013 at 2:21 am

      Vision, you do have some good points. It would be useful to research on people we are following. I only have problem with your one sentence where you said he is not well educated if he has not done bachelor’s. I guess he did his bachelors which I’m not sure of. But if he has done Diploma in Engineering, he has every right to call himself well-educated. Many people who take this certification study something else or get into work after that. But the study is very technical and broad in itself.

      Reply
    2. Rajesh Thapa says:
      November 20, 2013 at 4:10 am

      Judging by your writing and pronunciation, he is definitely more educated than you.

      Reply
  12. बिबेक says:
    November 18, 2013 at 3:00 pm

    बधाइ छ बिबेकशिललाइ यो बहस त‍‌‌ँपईहरुको राजनैतिक जितको बिगूल हो।

    Reply
  13. पुष्प says:
    November 18, 2013 at 2:49 pm

    लोकतन्त्रले दिएको अभिव्यक्ति स्वतन्त्रता सबैले उपभोग गर्न पाउनुपर्छ । तर किसानले किसानी गरून्, वकीलले वकालत गरून्, व्यापारीले व्यापार गरून्, डाक्टरले डाक्टरी गरून्, अनि नेताले राजनीति गरून् । मने सबैले आफ्नो पेशाप्रति प्रतिबद्ध भएर लागून्; सबैले आफ्नो पेशा निष्फिक्री र इमान्दारीपूर्वक गर्न पाऊन्; हुनुपर्ने त यो पो हो । होइन, सबैजना व्यापारी हुने हो भने उपभोक्ता को हुने ? सबैजना नेता हुने हो भने जनता को हुने ?

    यो कुनै संसदीय चुनाव होइन, इतिहासले दोश्रो मौका दिएको संबिधानसभाको चुनाव हो र संविधान बनाउने कामलाई मूलरूपले राजनीतिक एजेण्डाले प्रभावित पारेको कुरा कसैबाट लुकेको छैन । यसै त सयथरि दल भएको अवस्थामा यसरी स्वतन्त्र भएर वा कुनै नयाँ पार्टीका रूपमा आएर जिते पनि संविधानसभामा यिनको काम काइँकाइँ गर्नमै सीमित हुने हो । बरू आफूलाई उचित लागेको दलमा प्रवेश गर्ने र त्यो दललाई सुधारको बाटोमा लैजाने प्रयास गरेको भए उचित हुनेथियो । यसरी सामाजिक सञ्जालमा नेताहरूलाई धारेहात लगाएर मत बटुल्दैमा लछारपाटो त केही लाग्ने होइन, मतदाताको अमूल्य मत खेर जानेमात्र हो । संविधान बनाउने कुरा एउटा हो, टोल बनाउने कुरा अर्कै भन्ने बुझ्नु आवश्यक थियो/छ ।

    Reply
  14. Shobhit Shakya says:
    November 18, 2013 at 1:22 pm

    बिबेकशील नेपाली is looking to me like a opportunist business venture nothing else.

    Reply
  15. Biraj says:
    November 18, 2013 at 12:43 pm

    यो बिबेकशील को कुकुरले धेरैलाई टक्ने भो अब तेस्को प्रमाण हो यो बहस

    Reply
  16. Binay says:
    November 18, 2013 at 12:17 pm

    lol Rajan KC? who the hell is this guy? Is he a supporter of Nepali Congress? Is he a member of Tarun dal? seriously who the hell is this guy? You may cry all you want but i see this article as a source of advertisement for Nepali Congress and a very cheap attempt at trying to defame a fellow competitor of whom they shouldnt even be worried about. I mean seriously these guys have done a lot of good works than this writer who obviously has no clue. Anyone can become a keyboard warrior, all you need is a laptop and and a dead brain cell. Its hard to get people down on the streets and make them protest, especially those who sit at home using Facebook. They’ve managed to do that somehow which is praise worthy.

    Reply
    1. Radhe Shyam says:
      November 18, 2013 at 8:13 pm

      At first, I trusted these Bibeksheel guys. Now, after I read this Santosh Pradhan’s bio, everything’s crystal clear to me. Now I know that this BIBEKSHEEL GUYS ARE FRAUDS. I mean, this Santosh Pradhan claims to have studied at Harvard. But guys you don’t know one thing. He DIDN’T STUDY ANY course at Harvard university, he just attended a 3 days seminar there ( if you don’t believe me then see this description of the course he claims to have studied http://www.exed.hbs.edu/programs/lysb/Pages/default.aspx . You may see his claim on his Facebook page https://www.facebook.com/SantoshNepalPradhan/info ) . His only significant contribution is that he started a Commodities business firm (NDEX), but that too is said to be a fraud. Read this news by Himal patrika http://nepalihimal.com/article/188
      Yini haru ko bare sanka taba saacho bhayo java maile yo kura yiniharu ko Facebook page ma share gare. Taba tatkal hai metro post ko answer dinu KO satta delete gariyo. Don’t be duped by their fallacious motto.

      Reply
  17. RAJAN LAMA says:
    November 18, 2013 at 10:54 am

    आज गगन थापा डराएको छ सतोष प्रधान ले बैचारिक राजनीति जितिसकेका छ अन्तर रास्त्रिये युवा नेता हो भन्ने ले युबनेता सन्तोष संग हारिसकेका छ किनभने सन्तोष ले जे बोलेको छ गगन ले अहिले तेही बोलेको छ .. गगनले के सोच गर्छ उ मात्र जान्ने अरु मुर्ख ठान्छ…

    Reply
    1. Awan says:
      November 18, 2013 at 12:42 pm

      किन डराउनु गगन ?? नेपाली काँग्रेस एक Democratic Liberalism सिधान्त मा चल्ने पार्टी हो | र गगन ले आफ्नो पार्टी को सिधान्त प्रयोग मा ल्याउछ | सन्तोष त स्वोतन्त्र हो , सिधान्त बिहिन .राजनैतिक विचारधारा नभैकन कुन आधार मा देश चलाउछ ?? अचम्म छ !

      Reply
      1. Shyam says:
        November 18, 2013 at 3:13 pm

        यसमा डराउने हो न डराउने भन्ने नै छैन. चाहे स्वतन्त्र होस् या कुनै पार्टी मार्फत भित्रिएको उम्मेदवार होस्, हामी जनताको दायित्व भनेको असल उम्मेदवारको छनोट गर्नु हो, हो हामीले बहस गर्नु पर्छ, तर अरुलाई गिराएर हैन/ बिगतमा हामीले गल्ति गरेको हौ जसको आत्मा समिक्ष्या हुनु अत्यन्त आबस्यक छ/ हो, एमाले, काँग्रेस, माओबादी, हामीले सबैलाई विश्वास गरेकै हो/ तर प्रतिफल के पायौ हामीले? हुन त देश बनाउने जिम्मा नेताहरुको मात्र त हैन, तर पनि उनीहरुले हामी जनतालाई सहि मार्गमा डोर्याउनुपर्ने हैन र? उनीहरुले अझै सम्म नबुझेको कुरा, हामीले अशान्ति हैन, शान्ति चाहेको हो/ हामीलाई बेरोजगारी हैन रोजगारी चाहिएको, हामीलाई दङ्ग फसाद हैन, बिकाश चाहिएको/ हो नेता भए पछि उनीहरुले सुबिधा हरु लिनु पर्छ, विदेश घुम्नु पनि पर्छ, तर कमसे कम बाहिर सिकेर आएको कुरा प्रयोग मा ल्याउनु त पर्यो भने हामी सबैको चाहना हो/ हामीलाई काँग्रेस संग रिस राग छैन, न त एमाले, न त माओबादी/ उनीहरु संग को आक्रोश हो उनीहरुले बोलेको बचन पुरा नगर्नु, नसक्ने हो भने बचन नदिनु, बचन दिने नै हो भने सक्ने कुराको मात्र बचन दिनु/ केवल भोट पाउनको लागि यतिबिघ्न झाल्झेल किन गर्नु? सहि कुरा गरौ, हामी सबै साथ् दिनेछु, हैन भने यहाँ उनीहरुको केहि काम नै छैन/ अहिले को निबर्चन मा त तिनीहरु स्वयम् लाज मानेर न उठ्नु पर्ने हैन र? तर हामी जनता पनि सचि नै भेडा नै हौ, उनीहरुले यति झुक्कौदा पनि नतमस्तक भएर उनीहरुकै गुनगान गाउदै हिड्ने, अनि किन पो नेताहरु हाम्रो विश्वास माथि नखेलुन?

        Reply
      2. Sanjay says:
        November 18, 2013 at 10:01 pm

        We have seen several gagan in nepal who does politics in the name of youths and follows so called youth leaders (who is at least 60 years) .
        Do we have any list where it is clear what Gagan has done after he has entered politics? Bhasan ta jasle ni dinchha , gareko kura herera mulyankan garnu paryo.

        Reply
  18. rabin says:
    November 18, 2013 at 10:52 am

    हामी नेपाली देशलाई भन्दा बढी आफु सम्बद्ध पार्टी अनि तेसका नेताहरुलाई प्राथमिकता दिन्छौ | परिणाम आजसम्मजे देशमा भैरहेकोछ देखनसक्छौ | कुनै पनि दल वा नेताले आफ्नो क्षेत्रबाट कस्ता नेतालाई उथौदैछ भनेर जान्नु नागरिकको हैसियतले हाम्रो पहिलो कर्तव्य हुन्छ | अहिले कुकुर चिन्ह भएको पार्टीको सम्बन्धमा जेजति कुरा उठिरहेका छन् ति सबलाई मध्ये नजर गर्ने हो भने पनि लेखको भनाई अनि आएको कमेन्ट बाट स्पस्ट हुन्छ कि लेखहरु कुनै पार्टी बिसेसलाई प्राथमिकतामा राखी लेखिएको हो | कमेन्टहरुमा आएका उम्मेदवारहरुको चारित्रिक प्रस्नबाट हामी जस्ता मतदातालाई उमेद्वारको बारेमा जान्न सहज पनि गराउछ | तर यदी कुनै उम्मेदवार राम्रो छ भने उसले जुनसुकै पार्टी वा नेता विरुद्ध उम्मेदवारी दिंदा के फरक परछ र ?

    Reply
  19. Saroj Dangol says:
    November 18, 2013 at 10:39 am

    ल हेर्नुस यता राजन केसी र mysansar.com लाई खुल्ला पत्र रे :
    https://www.facebook.com/SantoshNepalPradhan/posts/२६०००००८४१४८०४१

    येस्मा बहस अत्यन्त जरुरि छ! हिजो सम्म मा पनि कुकुर लै नै भोट दिने लाखौ युवा हरु को माझमा थिए ! तर यो लेख ले केहि सोच्न बाध्य बनाएको छ ! सत्य तथ्य बाहिर आवोस वन्ने चाहना छ मेरो !

    अनि यो लीकमा मैले कमेन्ट गरेर सोध्दा फेक ID हरु बाट reply आयो ! अनि त मा झन् शंका गर्न बाध्य भए !

    Reply
  20. sundip says:
    November 18, 2013 at 10:32 am

    “जुन जोगी आएपनि कानै चिरेको” जस्तो पो लाग्नु लाग्यो त बा! वहाहरुको विचार पनि राख्न दिनु भए हुने हो खास मा

    Reply
  21. ramesh123 says:
    November 18, 2013 at 10:30 am

    यो त चोर हरुको झुण्ड पो रैछ त बा !!! सोझा नेपाली लै जसले पनि झुक्याउने !!!! हे प्रभु येनिहरु त बिबेकसिल हैन अबिबेक्सिल पो रहेछन , धन्न बेलामै थाहा भयो.

    Reply
  22. Ramchandra Baral says:
    November 18, 2013 at 10:18 am

    I do not know about other persons, but know Santosh Pradhan from years.

    – His primary investment to start nDex commodity exchange came from bhgauda comrade rabindra of maoist who later joined UML.

    – He approached many IT personnels and companies of Kathmandu to tweak software that he bought from singapore on end user license. When everybody denied his this illegal attempt, he opened his own IT company named Intercontinental Solutions with his ambitious partner Prajwol Nakarmi, who lives in sweden. Through this company, they tweaked and cracked the exchange software and also sold it to Malta, Africa through Prajwol’s Network.

    – Santosh is not a graduate. He was money minded from his schoollife. His foreign study is just publicity. He is never passionate about study.

    – He treats his employee of nDex and ICS as slaves. To verify it, you just go to his office and observe how he treat them.

    Reply
  23. Raju sharma says:
    November 18, 2013 at 10:15 am

    कुकुर छाप लाइ खुल्ला पत्र (नाई और महंगी बोतल मे वहि पुराना और सस्ता सराब )
    मा कुनै राजनैतिक दल को सदस्य होइन यो कुरा पहिला नै बुज्नु होला!!
    यो कुकुर हरुमा एउटा खिच्चा कुकुर पनि छ तेस्लाई चिन्नु पर्यो सबै जनाले यो कुकुरलाई रेबिज लागेको छ , (राजनीतिक कुसंस्कार बदल्न युवाहरू नै अगाडि आउनुपर्छ भन्ने मधेमा ) एक जना गद्दर छ , जसलाई चिन्न जरुरु छ , जना चाहनु हुन्छा भने साथी हरुलाई सोध्नुस

    उसैले राजनैतिक कुसस्कार लाई चरम स्थानमा पुर्याएको छ र चोखो हुनको लागी यो अभियान मा (घोटाला गरेर कमाएको पैसा ) दान गरेर समाजसेबी बन्न खोजदै छ। यो , उसले आज समन को इतिहासमा
    • मोदिकेयर नेटवर्क मा पचासौ लाख पैसा तिर्न नसकेर तिन ताला माथि बाट हम फालेर भागेको ,
    • नोबेल सपि बिजिनेस मा आथिक अनियमितता गरेको,
    • कमोडिटि एक्सचेन्जमा लगानीकर्ता को करोडौ कुम्ल्याएको (लगानी को रकम बाट गलत तरिका अपनाई सफ्टवेर को भित्रि सेटिग बिगारेर लगानीकर्ताको पैसा आफ्नो एकाउन्ट मासरेको ,लगानीकर्ता को एकाउन्ट मेनिपुलेट गरेको ) ।
    • कमोडिटि मार्केट लाइ यो मृत इस्थिती मा पुरौन ठुलो भूमिका खेलेको (मार्केटमा यस्ता दलालले गर्दा मान्छे को ७०० करोड खरानी भएको छ र मार्केट अहिले मृत अवस्था मा छ , सरकारले यो ब्यापारमा विश्वास गर्न नसक्नु को कारण यस्तै तस्कर को समूहको कारणले गर्दा हो, बजारमा विश्वास पत्र नभएर हो) ।
    • साझेदारी ब्यापारीलाई तिर्न बाकी रहेको करोडौ पैसा नतिरी पच परेको।
    • रेमिटान्स सिस्टमलाई बाइपास गरि हुण्डिमा कारोबार गरेको देशलाई कंगाल बनाउन थुप्रै आर्थिक लेनदेन गरेको।
    • सरकार लाई तिर्नु पर्ने कर बिवरण लुकाएर कर छली गरी देशको आर्थिक पिडा लाई दर्दनाक परेको
    • बेस्याब्रितिमा संलग्न भएको।
    ((यो तथ्य साबित गर्न काठमान्डू मा कमि मा २०० मानिस छन् ))
    लगायत राज्यको आथिक श्रोत कटौती गरि भ्याट नतिरी महंग गाडीमा र विदेश भ्रमण गर्ने बिदेशी बिस्वबिधलायामा गएर ४ दिन तालिम लिदैमा नियमित बिधार्थी भएको भनेर प्रचार गरेको कर्तुत हुदाहुदै ,राजनीतिक कुसंस्कार बदल्न युवाहरू नै अगाडि आउनुपर्छ भन्ने मिठा भासन गर्ने अनि युवालाई पालो दिनु पर्छ भन्ने यस्ता दलाल लाई हामीले भोट दियो भने त हाम्रो देश एक महिना मै बेचेर खान्छ। यो मेरो कुरा सबै कुकुर छप लै होइन ति मध्ये एक जनालाई हो । चार जना मदधे एक जना को कुरा गरिरको छु . . ! फेरी सबै लाई मर्का नपरोस किन भने मा पनि युवा हो र तिमीहरु जस्तै मा पनि देशलै नेतृत्व दिन सक्छु।
    तर तिमीहरु एउटा कुरामा सबै जना गद्दर । देश युवा को कुरा गर्ने अनि। ।समजिक रुपन्तनमा आफुलाई परिचित नगराइ चुनाव मा उमेद्वारी दिने। त्यो त मजाक भएन र ? त्यो पनि नया रणनीति का साथ् ::: , नेपालमा राम्रो राजनैतिक छबि भएको नेताहरुको क्षेत्रमा उमेद्वारी दिने आफ्नो पपुलारिटी को लागि , ?

    तिमीहरुले देशको पररिवर्तन नया तरिका बाट गर्न युवा अभियान चलायको भए: किन रुकुम रोल्पा बाट उमेद्वारी नदियाको किन जुम्म्ला नागएको , के यहाँ पाच तारे होटेल र ठमेल को साझ ले छोडेन (कोहि कोहि ठमेल मा बेस्यब्रिती मा संलग्न भएको इतिहास भएका लाई मात्र ) ।
    बिकास र युवा चेतनाको खाचो त दुर्गम मा पो छ त । तेस्को मतलव युवा नेतृत्व त त्यहाँको पो खाचो हो त । के त्यहाँ जादा काठमाडौँ को दलालीमा बाट घाटा लाग्छ कि दलालीमा भाग लाग्दैन ?
    अर्को कुरा तिमीहरुले समाज सेवा लाइ आफ्नो चिनारी बनायर , समाजसेवाको धरातल मा आफुलाई उभीयाएर , चुनाबी मैदान मा जानु पर्नेमा एका एक फेसवुकमा बिज्ञापन दियर नेपाल को बिकास गर्छु भन्ने , ए पागल युवा हो !! फेसवुकमा दिएको बिज्ञापन बापत फेसवुकले नेपाल सरकारलाई कति भ्याट तिर्यो ? काम गरेर पपुलर बनन के कुटनीति लगाउछौ , हामी जस्तो युवाले त काम गरेर देखाउने अनि पो राजनीति गर्ने हो , कोहि फेसवुकमा बिज्ञापन गरेर नेता बन्छ? अनि देश परवर्तन गर्छ भनेर भनेर कसरी विश्वास गर्ने ? यो त तिमीहरुको सम्पन्नताको प्रतिक दर्शाउन खोजेको हो ?
    कर्णालीमा फेसबुकमा भएको बिज्ञापनको प्रभाब छैन , त्यहाँ काम गरेरदेखौनु पर्छ अनि मात्र तिमीहरुलाई चिन्छन अनि युवा नेता बन्छौ । यहाँ काठमान्डू मा ८० % को फेसबुक र ९० % को मिडियामा पहुच छ त्यसैले तिमीहरु काठमान्डू मा चुनाब लडेको होइन ? हामी लाटा छौ ? हामी कुरा बुज्दैनु भनेको? तिमीहरु विदेश गयर आउने बितिकै हामीलाई पंगु बनाउन सकिन्छ भनेर सोचेको ? पुराना नेता हरुले पो जे गरेपनि चोखो हुदैनन् तर तिमीहरु नया अनुहार लियर हामीलाई रंगमंच मा नाटक देखायको कि सर्कस मा जादु ? भन त फेसबुकमा बिज्ञापन गरेर युवा नेता बन्ने ?तिमीहरु सक्छस भने कर्णाली अञ्चलमा गएर दस बर्ष समाजसेवा गर अनि तिमीहरु युवा नेता बन्छस। अनि काठमाडौँ मा तिमीहरुको नागरिक अभिनन्दन गर्ने कम मेरो हो हुन्छ । त्यो मेरो कसम । के दुर्गम मा तिमीहरुलाई मान्छेले चिन्छन ? कति धरै सस्तो लोकप्रियता मन परेको दुइ चार जना भेला गरेर चटके को हिरो बन्न खोजेको ? मान्छेलाई काम को सफल परिणाम पछाडी ताली खाने अधिकार हुन्छ , तर तिमीहरु कामनै नगरी ताली खान मन गर्ने यो त सिस्टम भएन नि कसरि हक्छौ देश लाई सुरुमा नै सिस्टम नभयकाहरुले ?
    ५,०००+ लाइक गर्न कति खर्च लाग्छ ? त्यो त तिमीहरुले पैसाको सान देखाएको भएन? यतिका लाइक का लागि हजारौ अमेरिकी डलर खर्छ गर्नु पर्छ त्यो कर्णाली मा सौचालय बनाउन खर्च गरन ! झाडापखालाको महामारीले अनाकालमा मान्छेको ज्यान त जादैन। (5,000 x 4 USD) ले कति खाल्डे चर्पी बन्न सक्छ सिसाब लागौनुस त ?यो काम गरे नेपालको ठुलो नेता हुन्छौ। हजारौ मान्छे तिमीहरुको कारण ले जीवन दान पाउछन। तर अहिले अमेरिका को अर्ब पति श्री मन मार्क जुकाबर्ग जी लाई दक्षिणा पठाउदै छौ

    अब अर्को कुरा : यस्ता व्यक्तिगत रुपमा र व्यवसायिक रुपमा पतित लाइ यस्तो पबित्र अभियानमा किन साथ लिएर हिडेको ? यस्तालाई कालो मोसो दलेर समाज बाट निस्कासन गर्नु पर्नेमा किन विवेकशील नेपालीको नाम बेचेर चुनाबमा उठाएको ? यो मेरो भनाइ चारै जनालाई आआफ्नो बिगतमा गरको गरेको कमजोरी का आधारमा बडेर बुज्नु , यो सबै भनाइ चारै जनाको लागि होइन , र केहि भनाइ चारै जनाको लागि पनि हो , मुख्य तथा सुरुका भनाइ एक जनाको लागि हो जसलाई विवेकशील नेपाली अभियान का साथी हरुले चिन्न जरुरि छ। त्यो खिच्चा कुकुर हो। त्यो हिमाली छेत्रको चौरी गोठमा जन्गलि बाग भालु जस्ता जनावरसग लडाई गरि बाट गोठ लाइ सुरछित राखने ओर्जिनल नेपाली भोटे कुकुर होइन। त्यो बास्तबमै रेबिज लागेको भतुवा कुकुर हो। तेस्ले धेरै जनाकोको मा कु -कु गर्दै सरण माग्दै भतुवा लगेर उसैलाई टोकी, घाइते बनाइ , रेबिज सरेर हिड्ने गरेको छ अब विवेकशील नेपाली का अगुवा अरु तिन जाना लाई नै घाइते बनिसक्यो त्यो कुरा तिन जनालाई थाहा छैन सायद !!!सायद तेस्ले तिनै जना लगायत अभियानका साथीहरुलाई बसिकरण (hypnotize)गरको होला एकै चोटी रेबिज सरेर हिडे पछि मात्र होस् खुल्छ साथी हरुलाई। समयमै सजक हुनुस। अनि यो तिमीहरुको सस्तो लोकप्रियता को लागि गरिएको नाटकको स्वरुप पनि बन्द गरियोस ! चड्नको लागि चै कार चड्ने लुटेको पैसाले अनि देखाउन साइकल रयाली यो कुन नाटक हो सेक्स +पियर को नाटक हो बिदेशी युनिभर्सिटी मा पढेको ?

    र अन्त्यमा म पनि तपाईहरु जस्तै बिबेकसिल नेपाली युवा हु (२५ बर्षको ) र मेरो पनि तपा हरुको जस्तै युवा अभियान छ तर युवालाई स्वच्छ हुनको लागि नैतिक उपचारको अप्सन अपनाएका छौ त्यो हो उसको इतिहास को मुल्यांकन अनि अभियानको अगुवा बनाउने । अर्को कुरा हामीले चुनाबी अभियानलाई रणनीति को रुप मा प्रयोग गर्ने तथा फेसबुक मा बिज्ञापन गरेर देशको पैसा विदेश पठाएर देश खोक्रो बनाई आर्थिक क्रान्ति को भासण छाट्दै हिद्दैनौ।
    अब उमेद्वारी फिर्ता लिएर तपाई हरुकै भनाइ अनुसार बिदेशी बिस्वबिधलायाका घोक्ने गरेका टेक्स्ट बूक लिएर हुम्ला जुम्ला सहित चार जिल्ला चार जनाको दरले भाग लगाउनुस अनि अर्को चुनाब हुन्जेल बिदेशी बिस्वबिधलायाका टेक्स्ट बूक मा भएक कुराको प्राक्टिकल पनि गर्नुस अनि युवा नेता पनि बनेर आउनुस।
    प्रतिक्रियाको लागि इमेल: [email protected]
    यसलाई सक्दो सेयर गरौ

    Reply
    1. shrestha says:
      November 18, 2013 at 1:29 pm

      हुनत जनताको बिश्वास लगभग सबै पार्टीले गुमाइसकेको कुरा भन्नै परेन; जुन जोगी आएपनी कानै चिरेको! जे भयेपनि जो जो असफल र नालाएक ठहरिन्छ, वा संका गरिन्छन | त्यसको बिकल्प खोज्नु मात्र असल फेला पार्ने उपाए हो,अनि यो जनताको बाध्यता पनि हो! तर महासये ले एत्रा तर्क दि रहदा , भात खान दिनन भनेर बुढी आमालाई कुटपिट गर्ने, कलम बोकेर चेतना जगाउने पत्रकारलाई जिउदै गाड्ने, बिद्यालयमा पढाउदै गरेका शिक्षकलाई झुन्ड्याएर छाला तर्ने, बिद्यालयमा पढ्न गएका वालकलाई कांधमा बन्दूक भिराइदिएर जीवन अन्धकारमा धकल्ने, घरमा पालेका राङा भैंसी, गाई, गोरु, बाख्रा कुखुरा काटेर खान दिएनन भनेर घरमा आगो लगाइ लखेट्ने, देस मा अरबौ अरब को लुट मच्चाउने , लुट्न नपाउनेहरु फेरी पनि सडकमा बसेर यस्तै आततायी काम गरेर क्रान्तिको ढ्वाङ पिट्दै हिड्ने ,युधका नाममा भएका बिकास सम्रचना ध्वस्त पार्ने, शन्ती प्रकृयामा आएपछी उध्योगपती ब्यपारिलाइ चन्दा आतंक मजदूर हड्ताल गराएर उधोग धन्दा चौपट पार्ने अनी सरकारमा बसेर राष्ट्रिय ढुकुती मा अरबौ खरबौ को ब्रम्हलुत गर्ने हरु को खोइ कुरा ? हात्ती छाप चप्पल पड्काउनेहरु बंगलामा बस्ने,अकुत सम्पति भण्डारन गर्ने का खोइ तिनका कुरा ? होइन भने कि हामीलाई भ्रम मा पर्न खोजिएको हो ? एदी देशकै लागि केहि गर्छु भन्नु हुन्छ भने अगाडी आउन सक्नु पर्यो ? ध्यान रहोस साथि हरु फेरी पनि क्रान्तिको नाममा अराजकता फैलाउने र अमुर्त कुरामा देश र जनतालाई अनन्तकाल सम्म घिसार्न चाहने शक्ती बलियो बन्यो भने नेपाल र नेपालीको भबिश्य फेरी पनि अन्धकार तिर धकेलिने छ। यो पक्का हो |

      चेतना भया__

      Reply
  24. Sanjay says:
    November 18, 2013 at 8:03 am

    यो सबै मान्छे को सोच को कुरा हो लेखकजी बोल्न सजिलो छ तपाई पनि सुरुवाट गर्नुस हामी साथ दिन्चौम, गारो छ तर अशंभव छैन, हैन भने स्वीकार्न पनी जान्नुस

    Reply
  25. Manish Sharma says:
    November 18, 2013 at 7:55 am

    लेखकले विवेकसिल नेपाली समुह बिरुद लेख लेख्नु अघि राम्रो संग अध्ययन गर्न छुटाएछन जस्तो छ। नत्र सस्तो लोकप्रियताका लागि उनले यो लेख लेख्ने थिएनन । राम्रो र नराम्रो पक्ष सबै मान्छेमा हुन्छ। कुनै व्यक्तिको १ २ गल्तिलाई उठाएर उसको समग्र व्यक्तित्वलाई गाली गर्नु राम्रो हैन ।
    अनि एक जना साथीले बिबेकशील समुहले सुरु गरेको सामाजिक काम बिरुद्द खनिनु भएछ। काम पसफल वा असफल हुनु एउटा कुरा हो तर सुरुवात गर्नु नै ठुलो कुरा हो । म तपाइलाई सोध्न चाहन्छु, तपाईले आफ्नो जीवनमा सुरु गर्नु भएका सबै काम सफल भएका छन् त! अब्राहम लिंकनको जीवनी हेर्नुस, उनले आफ्नो जीवनमा जुन पदको लागी उमेद्वारी दिए, त्यसमा हरे र अन्तिममा गएर राष्ट्रपति जस्तो देशकै मुख्य पद जित्न सफल भए । त्यसैले अरुले सुरु गरेको राम्रो कामको राम्रो सोच्ने गरौँ।

    ‘First they ignore you then they laugh at you and they fight and you win’

    Reply
  26. ganesh thapa says:
    November 18, 2013 at 7:34 am

    हामी नेपाली हरुको गलत बानी यही नै हो | कसैले केहि बोल्यो भने सपोर्ट गरिहाल्ने अनि बिरोध गर्यो भने पनि सपोर्ट गर्ने |बास्तविकता के हो भनेर बुझ्न नखोज्ने | धेरै साथी हरु ले पहिले समर्थन अनि समाचार पढे पछि समर्थन नगर्ने भनि लेखेको देख्दा हाँसो लग्यो मलाई ….| उनि हरुको चेतना कति छ भन्ने कुरा प्रस्ट भएको छ | नेपालको फोहोरी राजनीतिक खेलबाट वाक्क भएका जनता लाई केहि नया विचार सहित नेपाली माया बोकेर राजनीतक ग्रोउन्द मा आएका बिबेक शील नेंपली लाई बदनाम गरौन हदै सम्म को कसरत गरेको देखियो | काठमाडौँ मा बस्ने मात्र होइन लेखक साथी बाग्लुंग जिल्लाको दुर्गम भेग बुर्तिबांगका दूरदराज मा बस्ने म जस्ता युवा पनि बिबेकशील बनेर अगाडी बढ्नु पर्छ भन्ने सोच लिएर हिम्मत गरेको छु | तिमि जस्तो कुनै दल को बारेमा राम्रो समाचार लेखेर पैसो मागी परिवार पाल्ने हुतिहारा होइनौ हामी >>>| म हरेक दिन आफ्नो खेत बारीमा काम गर्छु त्यसबाट आएको स्रोत ले आफ्नो परिवार चलाउछु | हिजो सम्म म पनि ठुलै दल को मान्छे थिए तर देस डुबाउने नेता र पार्टी बाट परिबर्तन सम्भव छैन त्यस कारण तपाई लेखक ज्यु ले पनि बेलामा विचार गरे परिबर्तन को सहयात्री हुन सकिन्थ्यो |

    Reply
  27. Raju says:
    November 18, 2013 at 6:41 am

    An individual can be a victim of flawed system. I really don’t know much about Santosh Pradhan and won’t make any comments on him. But I would like to comment on following section of this article:

    कम्युनिस्ट जितेको ठाउँमा खै उम्मेदवार ?
    How could you be so sure that only congress are educated and they only will use their brain and get allured by Bibeksheel agenda? In the context of Nepalese politics, I believe it is always other way around. Communist people are politically more educated but frustrated than others. The ideology of communist is so impractical that, they get frustrated at the end and easily get attracted by alternatives than people believing in other ideology. This is the reason, we get unexpected results in every new elections. Communist are so famous to vote against themselves than Congress. Some of the examples are splitting of CPN UML during the election period, Baidhya bycotting the election, although they fought all their lives for demanding constituency election. So, it is not so obvious to generalize that Bibeksheel candidates will cut the number of votes of congress candidate. There candidacy in above mentioned areas can not be more than a coincidence.

    Reply
  28. Rojen says:
    November 18, 2013 at 4:13 am

    यो कतै खुट्टा तान्ने प्रब्रिधि त होइन | होइन भने किन एउटाले गरेको राम्रो कामलाइ राम्रो भन्न सकिरहेको छैन | राम्रो भन्न सक्नु हुन्न भने येसो गरे राम्रो हुन्छ भनेर सर-सुझाब सम्बन्धीतलाइ दिनु होला | हामीले येस्तै खराब संस्कारलाइ बदल्नु पर्छ | सुरुवात आफै बाट गर्नु पर्छ |
    होइन भने
    Speak only if it improves upon the silence. ~ Mahatma Gandhi

    Reply
  29. Ashish Sitoula says:
    November 18, 2013 at 3:59 am

    राजन केसी र mysansar.com लाई खुल्ला पत्र:

    राजन केसी जी को “कुकुरको नियतमा शंका” भन्ने लेख पढेर धेरै हाँसो लाग्यो र दुख पनि। प्रजातान्त्रिक राष्ट्रमा जसलाई पनि आफ्नो विचार प्रस्तुत गर्ने अधिकार र मौका हुन्छ। तर ती अधिकारलाई विवेकी तवर ले अख्तियार गर्न पनि अत्यावस्यक हुन्छ। नत्र अराजकता फैलिन्छ। कुनै पनि वैचारिक दृस्टीकोण पेश गर्दा र कसैको बारेमा लेख्दा, सबभन्दा पहिला यथार्थ, सत्यता र प्रमाणलाई प्राथमिकता दिन अत्यन्त जरुरी हुन्छ। बिशेष गरि पत्रकारिता तथा संचार मा लागेका व्यक्तित्वहरुले तथा समाचार सम्प्रेराजन षण गर्ने संस्था वा अनलाईन व्यवस्थापक हरुले कुनै पनि समाचारमा इंगित गरिएका कुराहरुको तथ्य र सत्यतालाई जाँच्न अपरिहार्य हुन्छ।

    पहिलो परिच्छेद देखिनै राजनजीले यो लेख मार्फत प्रस्तुत गर्न खोज्नु भएको कुरा प्रस्ट हुन्छ कि वहाँ विवेकशील नेपाली भन्ने संगठन तथा ति संग सम्बन्ध भएका संबिधान सभाका स्वतन्त्र उम्मेदवारको खिलाफ मा हुनुहुन्छ। त्यो वहाँको मौलिक अधिकारको कुरा हो। तर त्यो अधिकार वहाँले जिम्मेवार तवरबाट गर्नु भएको छ कि छैन, त्यो पनि बुझ्न जरुरि हुन्छ।

    राजन जी ले प्रस्तुत गर्नु भएको हरेक issue लाई केलाएर त्यसको सत्यता को जाँच गरौँ।

    पहिलो पंक्ति मा राजन जी भन्नु हुन्छ कि, विवेकशील नेपाली आफ्नो प्रयासमा असफल छन्। वहाँकै शब्दमा भन्दा “उद्देश्य प्राप्त गर्न असफल”। तर यथार्थ अर्कै छ। विवेकशील नेपालीहरुद्वारा आयोजित हालसालैको “नेपाल खुल्ला छ” अभियानको सफलताका बारेमा नेपालका हरेक पत्रपत्रिकाले पहिलो पानामै जोडदार थपडीकासाथ अभिनन्दन गरे। नेपाल बन्द को घोर बिरोध यहि समूह ले शुरु गरेको हो । हाल हरेक मुख्य राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा कहिल्यै नेपाल बन्द नगर्ने कसम खाएका छन्। तर खैर यसलाई पनि विवेकशील नेपालीको सफलता भनेर नभनी हालौं किनभने यी मुख्य राजनीतिक दलहरुले बारम्बार आफुले खाएका कसम सजिलै आफैं तोड्दै आएका छन्। तर भर्खरै आफ्नो खुट्टामा उभिन्न खोज्ने विवेकशील नेपाली समुह, जसले एक वर्ष भन्दा कम समयमै यति महत्वपुर्ण कुरालाई खुलस्त नेपाली जनता समक्ष ल्याउन सफल भए, यो समूहलाई र यिनका नियति माथि शंका उठेको भनि, कल्कलाउँदो घुंडामा राजन जी ले दह्रो बन्चरो प्रहार गर्ने प्रयास गरेको कुरा भने प्रष्ट छ। हालसम्म नेपाली जनतालाई ठगेको ठाग्यै गर्ने राजनीतिक दललाई कर्तब्य निष्ठता सम्बन्धि चुनौती दिने नयाँ समुहलाई शंका गर्न राजन जी को विवेकले दिएछ तर ति पुराना दलहरुलाई प्रश्न गर्ने हैसियत र आँट चैं दिएनछ। बिना कुनै तथ्य र सबुत, राजन जी भन्नु हुन्छ कि “तर पछिल्ला दिनमा कुकुरको नियतमाथि शंका पनि सामाजिक सञ्जालहरुमै उठिरहेको छ” । खै कहाँ उठ्यो? लिंक पाउँ न ?

    दोस्रो परिछेद्मा जाउँ। राजन जी आज्ञा गर्नु हुन्छ कि “‘विवेकशील नेपाली’ कुनै पार्टी नै हैन” । कुरो सहि हो। तर वहाको अर्को पंक्ति छ “कुकुर चिह्नसहित हाम्रा उम्मेदवार भनेर यो समूहले जति प्रचार गरिरहेको छ, त्यो भ्रमपूर्ण छ।” यो चैं राजन जी ले निर्माण गर्न खोज्नु भएको भ्रम हो। यसमा कुनै शंका गर्नु पर्ने कुरै छैन। कुकुर चिन्ह लिएर चुनावी मैदानमा उत्रिनु भएका चारै उम्मेदवार स्वतन्त्र हुन्। पार्टी दर्ता गरेर मुलुकभरी बाटै चुनाव लड्ने मनसाय थियो। तर समयमा पार्टी दर्ता हुन सकेन। त्यसैले स्वतन्त्र उम्मेदवार भएर खडा भए। राजनीतिक विचार र मूल्यमान्यता सबै चैं “विवेकशील नेपाली” भन्ने संस्था अन्तर्गत राखेर, जानीजानी एउटै चुनावी चिन्ह लिएर यी चारै युवा एउटै छाता अन्तर्गत लड्दै छन्। यो कुरा त हरेक संचार माध्यम मा दिएको अन्तर्वार्तामा प्रस्ट रुपमा भनेकै छन् चारै जनाले। यसमा भ्रम सम्बन्धि के नै कुरा छ र। मैले त खालि राजन जी ले मात्र जबर्जस्ति भ्रम पैदा गर्न खोजे जस्तो लाग्यो। फेरी राजन जी को पनि के दोष। नेपाली राजनीतिमा स्वतन्त्र उम्मेद्वारहरु एउटै कार्यसूची लिएर चुनावी मैदानमा उत्रेको यो पहिलो चोटी हो। यसले कसै कसैको मनमा अप्ठ्यारो पैदा गर्नु स्वाभाविक पनि हुन सक्छ।

    तेस्रो परिच्छेदमा राजन जी चैं विवेकशील नेपाली र कुकुर चिन्ह लिएर चुनावमा उत्रिएका उम्मेदवारहरु सामाजिक संजालमार्फत असाध्यै चर्चित हुनुभएको मा निक्कै रुष्ठ देखिनुभएको छ। जबर्जस्तिको व्यंग्य मार्फत राजन जी लेख्नु हुन्छ कि “सोसल मिडियालाई संसार ठान्नेहरुको पनि संविधान सभामा प्रतिनिधित्व भएको मान्न सकिन्थ्यो” । हे दैव, कुनै उम्मेदवार चर्चित भए भन्दैमा, सामाजिक संजालहरुमा सक्रिय भएका सम्पूर्ण नेपाली जनतालाई किन ग़ाली गर्नुभएको राजन जी? त्यसमाथि, यस परिच्छेदमा जबर्जस्ति मतदाताहरुलाई गुमराह गर्न पनि खोज्दै हुनुन्छ वहाँ। नेपाली जनता ले जे जसरि मतदान गर्छन्, त्यो वहाँहरुको मौलिक हक अधिकारको कुरा हो। कसमा मत दिए खेर जान्छ वा जाँदैन, यो नेपाली जनतालाई थाहा छ। तर बिना तर्क तीन परिच्छेद लेखिसक्नु भएका राजन जीले सम्पूर्ण नेपाली जनता लाई मुर्ख र आफु चैं मार्गदर्शक को रुपमा त प्रस्तुत गर्न खोज्नु भएको हैन? राजन जी को भनाइ अनुसार स्वतन्त्रलाई मतदान गर्नु भनेको मत बर्बाद गर्नु हो। त्यसो भए आजसम्म स्वतन्त्र रुपमा चुनाव जित्नेहरुले कसरी जितेछन् कोनि? शायद त्यति बेला मतदाता हरुले राजन पुराण सुनेका या पढेका थिएनन् होलान्।

    यसपछि चैं राजन जी ले उपशिर्षक मार्फत आफ्नो लेखाईको भित्रि रहस्य उजागर गरिदिनु भएको छ। उपशिर्षक छ “कम्युनिस्ट जितेको ठाउँमा खै उम्मेदवार ?” यो परिच्छेद बाट चैं राजन जी ले बिबेकशील नेपाली र यो समूह संग सम्बन्धित कुकुर चिन्ह बाहक चार स्वतन्त्र उम्मेदवारलाई जबर्जस्ति काँग्रेस बिरोधि बनाएर अरु कुनै राजनीतिक दल संग गठबन्धन भएको भनेर इंगित गर्न खोज्नु भएको छ। यो प्रश्नको उत्तर चारै उम्मेदवारले बारम्बार दिई सके विभिन्न अन्तर्वार्तामा, तर पनि राजन जी को कानमा परेनछ शायद। र वहाँ हुँदै नभएको ठाउँमा कुनै कपट सिद्धान्त (conspiracy theory) लाई जन्म दिन खोजिरहनु भएको छ जस्तो मलाई लाग्यो। उम्मेदवारकै भनाइ अनुसार मैले बुझेको र तथ्य ले प्रमाण गरेको कुरा राजन जी को सामु पस्किन चाहन्छु। यसपाली विवेकशील नेपाली दल दर्ता नभएको हुँदा र यस चुनावको लागि चार जना ले उठ्ने निस्चय गरेको हुँदा चार जना मात्र उठे। चार मध्ये दुइ आफ्नै घर भएको क्षेत्रबाट उठेका हुन्। बाँकी दुइ पनि ति क्षेत्र बाट उठे जहाँ उनीहरु स्थानीय बिकासमा पहिल्यै देखि लागिपरेका थिए। यो मेरो बुझाई हो जुन खुलस्त रुपमा उम्मेदवारहरुले विभिन्न संचार माध्यम मा भनेकै छन्। तर रमणीय कुरो चैं के छ भने, आफ्नो घर, बासस्थान वा कुनैपनि सम्बन्ध नै नभएका ठाउँबाट नाम कहलिएका राजनीतिक दलहरुले बारम्बार उम्मेदवार उठाउने, र चुनाव सक्किएपछि जितेका र हारेका सबै जना गायब हुने पुस्तैनी यथार्थ लाई चैं किन राजन जी प्रश्न गर्नुहुन्न? जितेका उम्मेदवारले पनि स्थानिय विकास को लागि केहि गरेको उदाहरण बिरलै पाइएको छ आज सम्म। त्यो सम्बन्धि किन प्रश्न गर्नु हुन्न राजन जि? हरेक क्षेत्रको लागि वार्षिक दस लाख रुपिया पाएका थिए जित्नेहरुले, खै त्यो के मा खर्च भयो, पारदर्शी लेखा-जोखा छ? खैर यी कुरा नि छोडौं र अघि बढौं। आखिर राजनीतिज्ञहरुलाई वहाँहरुको उत्तरदायित्व सम्बन्धि प्रश्न गर्ने त राजन जी को औचित्य नै हैन, वहाँलाई यस्तो कठिन बाटोमा किन निम्त्याउनु। मैले बुझे अनुसार संबिधान निर्माण संगसंगै स्थानीय बिकास गर्ने हाम्रो प्रमुख उद्देश्य हो भनेर कुकुर चिन्ह लिएर उठेका हरेक उम्मेदवारले हरेक अन्तर्वार्तामा खुलस्त भनेकै छन्। उनीहरु खुलस्त र निसंकोच हिसाबले भनिरहेका छन् कि हामी जित्नको लागि उठेका हौँ र नेपालमा बिध्यमान फोहोरी राजनीतिलाई सफा गर्न, अरु बिकल्प नकुरी आफैं विकल्प बनेर आएका छौं। खैर, ती तथ्यहरुलाई पनि नजर अन्दाज गरेर र यसको र उसको मत काट्ने भनेर किन जनमानसमा यसै शंका पैदा गर्न खोज्दै हुनुहुन्छ राजन जी, त्यो चैं वहाँले नै जन्नुहोस। मलाई त के लाग्छ भने विवेकशील नेपालीको अभियान सित केहि राजनीतिज्ञ हरु डराउन थालिसके र केवल यी चार उम्मेदवारले मात्र सल्काएको परिवर्तनको आगो ले उनीहरुलाई बेस्सरी पोल्न थालिसक्यो। २४० उम्मेदवार नै यो छाता भित्र बसेर उठेका भए त डढेलो नै लाग्थ्यो कि क्या हो? खैर अगाडी बढौं।

    यस पछिको उप शिर्षक ले चैं झन् रमणीय तथ्यहरु उजागर गरेको छ। उप शिर्षक छ “आचार संहिताको धज्जी !” माथि उल्लेखित कुराहरुको लागि राजन जी ले आफ्नो बहुमुल्य समयबाट केवल १५ मिनेट खर्च गरेर विवेकशील नेपाली को छाता ओढेर चुनावमा उत्रेका चार उम्मेदवार को घोषणा पत्र तथा विवेकशील नेपालीको वेबसाईट http://www.leadnepal.com मा गएर पारदर्शी रुपमा राखेका कुराहरु पढ्नु भएको भए वहाँले आफ्नो धेरै प्रश्नको जवाफ र सहि तथ्यहरु पाई सक्नु हुन्थ्यो होला। तर वहाँले त्यो त पढ्नु भएन भएन, चुनावको आचार संहिता समेत पढ्नु भएको रहेनछ कि क्या हो। नत्र त वहाँ ले यस हरफमा कहाँ कसरी आचार संहिता उल्लंगन भयो भनेर खुला तथ्य राख्नु हुन्थ्यो होला नि। (रिफ्रेश गरेको पोस्टमा दफा १२ को कुरा राख्नु भएछ तर मैले लेख्न शुरु गर्दा त्यो थिएन) । तथ्य भनेको तथ्य हो। त्यो कसैले यत्तिकै पैदा गर्न सक्दैन। अनि बिना कुनै सबुत यसै आधारहिन अभियोग लगाएर बरु राजन जीले आफ्नो पत्रकारिताको सिपको आफैं धज्जी उड़ाउनु भएको जस्तो पो लाग्यो मलाई त। हुन त आचार संहिता त्यत्ति प्रष्ट पनि छैन केहि पक्षहरुमा। परिच्छेद २ को दफा १२ र जुलुस सम्बन्धिका दफाहरु अलि त्यत्ति प्रष्ट लागेन मलाई चाहिं। तुल प्रयोग गर्न पाईंदैन भनेर लेखिएको छ तर हरेक दल को आमसभा तुलै तुलले भरिपुर्ण देखिन्छ। तर यदि उल्लङ्घन भएको छ भने, त्यसको परिणाम पनि भोग्नु हुनेछन्। यो त निर्वाचन आयोग ले अवश्य हेरेको होला।

    यसपछिका हरफहरुमा चैं राजन जी व्यक्तिगत मानहानी गर्न तर्फा उन्मुख हुनुभएको पाएँ र यस्ता बिषय चैं कहिले काहिँ कानुनी रुपमा गम्विर हुने हुँदा, ती बारेमा चैं म धेरै प्रतिक्रिया दिन्न। तर यहाँ पनि म चैं राजन जी संग प्रमाणहरु उपलब्ध गराईदिन अनुरोध गर्दछु। यदि राजन जी ले आरोप लगाउनु भएको व्यक्ति साच्चिकै ठग हो भने, उनको ठगीले घायल भएको एक जना व्यक्तिलाई भए पनि जनता र पाठकको सामु ल्याउन सक्नु पर्थ्यो नि राजन जी ले। तर फेरी कुरो त त्यहीं आइपुगेर रोकियो। तथ्य र प्रमाण त भए पो पैदा गर्न सकिन्छ, त्यत्तिकै त पैदा गर्न सकिंदैन।

    अन्त्यमा आउँ, राजन जी ले सोध्नु भएको अन्तिम प्रश्नमा। राजन जीको प्रश्न छ। “संविधान कसरी बनाउने ?” वहाँ ले यो प्रश्न चैं नेपालका ठुला, नाम चलेका दलहरुलाई सोध्नु पर्ने हो नि। संबिधान सभाको नाममा, बिगतको ४-५ वर्षमा राष्ट्रको ९१ अर्ब रुपिया बर्बाद गरेर र कुर्सीकै खिचातानी को खेल खेलेर, के शिक्षा दिए उनीहरुले नेपाली जनतालाई। न संबिधान दिए, न राष्ट्रलाई अघि बढाउने कुनै निश्चित मार्गदर्शन नै गर्न सके। त्यसमाथि खाली संबिधान सभामात्र भनेर कति जनतालाई ठगी रहेको? कार्यपालिका पनि त यहि हो नि । स्थानीय विकास पनि त यहि सभाको जिम्मेवारी हो नि। बिगत मा नि केहि नगर्ने र सपनामा पनि पुरा हुन नसक्ने घोशानापत्र बनाउने राजनीतिक दलहरुलाई चैं पटक्कै प्रश्न नगर्ने तर स्वस्फुर्त रुपमा यथार्थमुली र समय सापेक्ष बुंदाहरुलाई लिएर राष्ट्र सेवामा लागेका युवाहरुलाई बिना सबुत गालि गलैज़ गर्ने र लान्छना लगाउने? यो के खालको पत्रकारिता हो राजन जी? शायद यसको उत्तर चैं, यस्तो लेख छाप्ने mysansar.com का ब्लग संचालकले पनि दिनु पर्ला कि? एक्कै चोटी युवा हरुलाई यसरि लान्छना लगाउने लेख प्रेसित गर्न किन उन्मुख हुनुभयो सालोक्य जी?

    कुनैपनि परिवर्तन को शुरुवात एक जना बाट हुन्छ। यो कुराको यति धेरै उधाहरणहरु छन्। तर यो यथार्थको बारेमा पनि अवगत हुनुहुन्न होला राजन जी। म कुनै ज्ञानी पनि हैन वहाँलाई सप्पै कुरा सिकाउनको लागि। एक नेपाली युवकको हैसियत ले म त अहिले सकारात्मक परिवर्तनका लागि एक हैन चार चार जना युगपुरुषहरु पो देखिरहेको छु।

    जय नेपाल।
    आशिष सिटौला

    Reply
    1. Rabindra Basnet says:
      November 18, 2013 at 10:54 am

      तिमीहरुको युगपुरुष (?) को हालत मंसिर ४ पछि हेरौँला
      जमानत जफत भएपछिको विज्ञप्ति तयार राख्नु- हामीले त प्रयासमात्रै गरेका हौँ ।
      एउटा कुरा चाहिँ अलि मनन् गर्नु विवेकशील भनाउँदाहरुले आफ्नो विवेकको प‌्रयोग गर्नुपर्छ कि नाइँ
      कि तिमेरु नि उही पार्टीका अन्धभक्त कार्यकर्ताहरु जस्तो तिम्रा अगुवाले जे नराम्रो गरे पनि डिफेन्ड गर्दै हिँड्नु पर्छ ? त्यसो भए त अविवेकी भैगो नि
      यसो कुरामा कुरा नि

      Reply
  30. Rajina says:
    November 18, 2013 at 1:39 am

    सबै भन्दा पहिले त तपाइको पहिलो line : “‘ज्याला पूरै लियौ अब संविधान देऊ’ भन्दै सोसल मिडियाबाट मान्छे सडकमा ल्याउन सफल तर उद्देश्य प्राप्त गर्न असफल”

    संबिधान सभाको काम पुरा गर्नु कहिले पनि बिबेकशील नेपाली को कर्तब्य थिएन. तर तपाई हामी जस्तो घर बसेर चिया खादै, “लौ, देश त खत्तमै पारे” भन्दै हेर्दै मात्र बसेका थिएनन् इनिहरु| बाटो मा उत्रेर जवाफ मागेका थिए| त्यो कुरा मा त वह वाहि पो हुनु पर्ने त हैन?

    उहाहरुले गरेको अरु काममा, जनयुधमा बेपत्ता भएकाको हालचाल खुलासा गर्न माग, खाडी मुलुक बाट फर्केको आइमाईको आफ्नै देशमा भएको बलात्कारको बिरोध जस्ता अरु धेरै पनि थिए|

    अब किन त्येही क्षेत्र बाट उठे भन्ने प्रश्न मा चाही, त्यो मा ठ्याक्कै त भन्न सक्दिन, तर येदि तपाईहरुले करिब दुइ वर्ष देखि गरेको काम हेर्नु भएको भए, यी चार जन ले सधै नेतृत्व लिएर काम गरेको पाउनु हुन्थ्यो| मलाई यो संयोग बाहेक केहि लागेन|

    जम्मा चार जन ले के गरि खलन भन्ने प्रश्न चाही, धेरै उठेकै हो| उम्मेदवार हरु संग कुरा गर्नु भएको छ, उनि हरु को लेखाई पढ्नु भएको छ भने जान्नु हुन्छ, ठुला केहि कसम खाएका छैनन्| स्वतन्त्र उम्मेदवार भएर उठ्नु उनि हरु को अधिकार हो, सो उठेका छन्| र ठुला ठुला हाक्नु भन्दा, आफु जिम्मेदार भएको र unbiased political vision भएको बताउछन|

    सन्तोष प्रधान को कुरा चाही मैले पहिलो पटक सुनेको हूँ| चाडै नै यसबारेमा सफाई आउने आशा पनि गरेको छु यी चार मध्ये एकजना बाट|

    अब म बिबेकशील नेपाली संग कुनै रुप ले संगालिएको त हुइन, तर occupy बालुवाटार मा इनको काम देखेपछि, र आफै पनि केहि दिन संग्लग्न हुन गएपछि, केहि स्वार्थ मा नराम्रो काम गर्दै छन् जस्तो चै पक्कै लाग्दैन|

    Reply
  31. प्रधानपञ्च says:
    November 18, 2013 at 1:27 am

    यो संबिधान सभाको निर्वाचन हो ! यहाँ भोलीका कर्णधारहरुको जीवन नियम कानुनको हिसाबले चल्नु पर्ने बनाउनु पर्छ ! वोर्ड्प्रेस साईट डेभ्लप गर्या जस्तो होइन !!

    Reply
  32. Sushil sharma says:
    November 18, 2013 at 12:44 am

    भन्ने र गर्ने मुख येहा धरै देखिएको छ | सबै जन मानिश मा चतेना हुनु पर्ने कुरा हो,कसलाई vote दिदा राम्रो र कसलाई नदिदा राम्रो भनेर | कुरा रह्यो कुनै पार्टी देखाएका झुटा आस्वासन र प्रलोवन हामी ले धरै देखेका छौ,सब ताक परे तिवारी नत्र गोतामे जस्ता हुन् यी सब नेता भनौदा हरु…काम बने पछि कोइ कसैलाई चिन्दैनन् येहा..मान्छे चिन्नुस खसी किन्नुस भने जस्तो सम्पूर्ण नेपाली हरु ले असल र देश लाई अगाडी बढाउने उम्मेदबार चुन्दा नै येहा सबै को भलाई हुन्छ कि जस्तो लाग्छ मलाई….
    देश प्रेमी

    Reply
  33. Abhi says:
    November 18, 2013 at 12:39 am

    I don’t think they are Maoist pawns but I seriously doubt their intentions for fighting elections in Gagan, Narahari, Prakash Man and Nabindra’s constituencies.

    Also, the reports of tainted past of Santosh Pradhan hint that they will be no different from the mainstream parties. Now, I find their ideals hypocritical. May be there are some really good people in this group but seems the group will be hijacked by conman. It seems they are a party similar to the party of former con men of Unity Cooperatives.

    Reply
  34. Rajani says:
    November 18, 2013 at 12:11 am

    Social media lai afno sansar thanekai ho.Santosh Pradhan ko page ma 1 minute ma 10 15 likes continuous airako cha.Maile aja din bhar analyze garirachu. addmefast . com jasto like badaune site use garera afno fan base badairaako cha.Such a cheap attempt for being famous in facebook in comparison to his other members.Refresh page every 1 minute you will know

    Reply
    1. rajbhanu says:
      November 18, 2013 at 9:02 am

      मान्छेहरु किन यस्तो हिप्पोक्रिट भाको होला ! अहिलेको जमानामा रिभोलुसन इन्टरनेटबाट भैरहेको छ, इजिप्ट यसको लेटेस्ट एक्जाम्पल हो | अरु पार्टिका साधारण कार्यकर्ताहरु त आफ्नो पार्टिका नेताहरुको अनेक चिज अपलोड गरिरा छन् | अहिलेको जमानामा यो कुरा प्रयोग नगर्ने चाहिं मूर्ख हुन् | अफसोच त यो कुराको मान्नु पर्ने हो कि हाम्रो देश यस्तो पिछडिएको छ कि इन्टरनेट सर्वसाधारणको पहूँचमा छैन बिकट छेत्रको त कुरै नगरुँ |

      Reply
      1. Rabindra Basnet says:
        November 19, 2013 at 2:30 am

        ए अजासुहरु,
        इजिप्ट कै उदाहरण हेर । बिना नेतृत्व बिना सोच हावा तालमा इन्टरनेट रिभोल्युसन गर्दा कति धेरै मान्छे मरे । देश अझै भुमरीमा फँसेको छ । इजिप्टमा त्यो इन्टरनेट रिभोल्युसनले कुनै गतिलो काम गरेको छैन भन्ने पनि विवेक लगाउन नसक्ने विवेकशीलको डिफेन्डमा। हाहा पढ यो विकिपिडियामा
        On 25 January 2011, widespread protests began against Mubarak’s government. On 11 February 2011, Mubarak resigned and fled Cairo. Jubilant celebrations broke out in Cairo’s Tahrir Square at the news.[60] The Egyptian military then assumed the power to govern.[61][62] Mohamed Hussein Tantawi, chairman of the Supreme Council of the Armed Forces, became the de facto interim head of state.[63][64] On 13 February 2011, the military dissolved the parliament and suspended the constitution.[65]
        A constitutional referendum was held on 19 March 2011. On 28 November 2011, Egypt held its first parliamentary election since the previous regime had been in power. Turnout was high and there were no reports of major irregularities or violence.[66] Mohamed Morsi was elected president on 24 June 2012.[67] On 2 August 2012, Egypt’s Prime Minister Hisham Qandil announced his 35 member cabinet comprising 28 newcomers including four from the Muslim Brotherhood.[68]
        Liberal and secular groups walked out of the constituent assembly because they believed that it would impose strict Islamic practices, while Muslim Brotherhood backers threw their support behind Morsi.[69] On 22 November 2012, President Morsi issued a declaration immunizing his decrees from challenge and seeking to protect the work of the constituent assembly.[70]
        The move has led to massive protests and violent action throughout Egypt.[71] On 5 December 2012, tens of thousands of supporters and opponents of president Morsi clashed, in what was described as the largest violent battle between Islamists and their foes since the country’s revolution.[72] Mohamed Morsi offered a “national dialogue” with opposition leaders but refused to cancel the December 2012 constitutional referendum.[73]
        On 30 June 2013, mass protests were organized against Morsi’s rule, leading to the ousting of Morsi by the military on 3 July 2013, where the military removed Morsi from power in a coup d’état and installed an interim government.[74]
        On 3 July 2013, 68-year old Egyptian judge Adly Mansour was sworn in as acting president over the new government following the removal of Morsi.

        Reply
        1. rajbhanu says:
          November 20, 2013 at 4:06 am

          हाहाहा “लूट र लुट्न देउ” को सिद्धान्त नै चाहिने रैछ त्यसि भए होइन त? सिद्धान्तले हुने भए त्यत्रो सिद्धन्तवान पार्टिहरु हुदापनि हाम्रो देशमा हजारौं मान्छे किन मरे त? त्यस्ता खोस्टे सिधान्त तिमि नै राख!
          फर्स्ट पास्ट द पोस्ट चुनाबी व्यवस्थाको बेफाइदाको टड्कारो उदाहरण हो ईजिप्ट | हुन पनि चुनाब मा लगभग 49 प्रतिसतले मन नपराएको व्यक्ति ले जित्छ | सिद्धान्तले मात्र मुबारक फालीन्थे त? मोर्सीको पार्टीको पनि त सिद्धान्त थियो त तर उनको पतनको कारक पनि त्यहि सिद्धान्त भएन र? एउटा युनाईटेड फ्रन्ट बनाउन नसक्नु परिवर्तन चाहनेहरुको भूल भयो तर एक एक गरेर नै त समूह बन्ने हो नि |
          मेरो बुझाइमा आम जनता सधै परिवर्तन चाहन्छ, केहि ठोस काम भएको देख्न चाहन्छ र उसको भोट दिने कसी पनि यहि हो| तिम्रा बिचारमा कुनै पनि नेताहरुको सामाजिक संजालमा अकाउण्ट नहुनु पर्ने होइन त त्यसि भए? तिमि पनि जाउ दारिवाल आतंकबादी हुन त्यसिभए, तिनीहरु को पनि त सिद्धान्त छनि होइन? अहिले को जमानामा युवावर्ग र अलि जानकार वर्ग संग सम्पर्क बढाउने माध्यम भनेको सामाजिक संजाल नै हो | यसको लागि मा अजासु हुन पनि तैयार छु |

          Reply
  35. Ashish Singh says:
    November 18, 2013 at 12:01 am

    म त खाश कसैको “hardcode supporter” होइन तर कुकुर पार्टी हिजो अस्ति अलिकति रोचक लागेको थियो. तर आज यो पोस्ट पढेर भने अबो चाही अलि कस्तो कस्तो लाग्यो. फेरी यो YouTube Video -> http://www.youtube.com/watch?v=s7tWHJfhiyo हेरे र तेस्मा ५ मिनट तिर भन्छ अंग्रेजीमा: “The better a third party candidate does, the more it hurts its own voters by guaranteeing a loss for the party they most agree with and a win for the party they most disagree with.” येस्तै भएको जस्तो लाग्यो.

    Reply
    1. Aryan says:
      November 19, 2013 at 12:35 am

      You didn’t look at the first part of the video… Nepal has more than 70 parties where cgpgray is talking about two party system. Nepal also has proportional election system….
      Tada… Incomplete information sucks..
      FYI, this idea of cgp gray actually work here in USA.

      Reply
  36. neeraj says:
    November 17, 2013 at 11:49 pm

    स्भानिक जी को भनाई चाहिं ठिक हो। नेपालको राजनिती सुधार्नु नै थियो भने गगन थापा र नरहरी आचार्य बिरुद्ध उम्मेद्वारी दिन जरुरी थिएन – नेपालको खत्तम भएको राजनिति र निकै ठाउँमा बदनाम भएको एउटा पुरानो पार्टी भए पनि त्यहाँ भित्र अलिकति भए पनि आशाको केन्द्रमा रहेको नेताहरु बिरुद्ध उम्मेद्वारी दिंदा त्यही पार्टीका भ्रष्ट गण र विपक्षी पार्टीका अतिबादि र भ्रष्टलाई मात्र फाइदा पुग्छ भन्ने साधारण जानकारी यी विदेशी पढाई भएका मित्रहरुलाई थाहा नभएको देख्दा केहि दुःख पनि लाग्यो। अघिल्लो चोटी बबन सिंह जस्ता हस्तिले चुनाव जिते, यसपाली उठे नउठेको चाहिं थाहा भएन, तर उनी वा उनी जस्तै टाइपका मान्छे टन्नै उठेका होलान्, सायद जित्ने संभावना पनि होला ठाउँ ठाउँमा, बरु त्यहाँ गएर उम्मेद्वारी दिएको भए हुने थियो। हाम्रो “कुकुर” पार्टीलाई अन्त्यमा ‘न्याउरी मारी पछुतो’ हुने अवस्था पो मैले देखें। आगे आपका मर्जी।

    Reply
  37. Anil says:
    November 17, 2013 at 11:23 pm

    “First they ignore you, then they laugh at you, then they fight you, then you win.” – Gandhi

    Reply
  38. Bikash Shakya says:
    November 17, 2013 at 11:09 pm

    जनतामाझ चर्चित र बलियो जनाधार भएका नेता भनिएका गगन र नरहरिहरुले जाबो स्वोतन्त्र उम्मेदवारहरु बाट किन डराउनु …त्यो पनि चुनाब को दुइ दिन अगाडी …काँग्रेसले जितेकै ठाउमा मात्र बिबेकशील ले उम्मेदवारी दिएको मान्ने हो भने खोइ त छेत्र न ३ मा बिबेकशीलको उम्मेदवार..? बरु लेखक ले बिबेकशीलाइ एमाओबादी भन्दा एमाले को समर्थक भनेर विस्लेषण गरेको भए अलि पत्यारिलो हुन्थ्यो कि …बिबेकशील उठेका सबै ठाउमा एमाओबादी भन्दा एमाले पो बलिया छन् त …फेरी यो लेखक लाइ पार्टी दर्ता गरेन र समानुपातिक मा उम्मेदवारी दिएन भनेर कत्रो टेन्सन ….बिबेकशील परिबर्तन को एउटा सुरुवात मात्र हो भनेर कसले बुझाउने यी छद्म भेशी मतदाता लेखकलाइ…

    Reply
  39. nischal says:
    November 17, 2013 at 10:34 pm

    मलाई यो पैले नै संका थियो .. एकदुई जना संग कुरा गर्दा मलाई उढाए… ऐले बास्तबिकता आइहाल्यो नि

    Reply
  40. Hom Khanal says:
    November 17, 2013 at 10:29 pm

    राजन केसीको यो लेख पढे पछि मलाई केही लेख्न मन लाग्यो।

    हामी नेपालीहरु धेरै ‘रे’ को कुरा गर्छौं। फलानो एस्तो हो रे, ढिस्कानोले यस्तो गर्यो रे ? यथार्थ जान्नु बुझ्नु छैन, ‘रे’ को सहारा लिएर झुट फैलाउने काम गर्नु हाम्रो दिन चर्या नै भएको छ।

    विभिन्न बिसयमा बिबेकशील नेपालीको कार्य निति स्पस्ट छ – देशको सार्वभौमसत्ताको बारेमा, देशमा बन्ने संबिधानको बारेमा, अर्थतन्त्रको बारेमा http://leadnepal.com/vision/stands/

    यी चार वोटा क्षेत्र नम्बर १, क्षेत्र नम्बर ४, क्षेत्र नम्बर ५. क्षेत्र नम्बर ८ मा पहिले कांग्रेसले जितेको हो। हाम्रो संगठनको उम्मेदवारी यी क्षेत्रमा पर्नु संयोग मात्र हो। हाम्रो कुनै राजनीतिक पार्टी र स्वदेसी तथा बिदेशी संस्था संग कुनै हातेमालो छैन। यो सबै भ्रमको खेति गरेर आफ्नु पोजिसन राम्रो बनाउने काम मात्रै गरेका हुन् अहिलेका पार्टीहरुले।

    यस्तै जालझेल, झुट र लुटको यो देशमा अन्त्य हुनु पर्छ भनेर बिबेकशील नेपालीले आफ्नो उम्मेदवारी दिएको हो। एक पटक हामी सबैले पार्टीको खोल निकालेर नेपाली भएर हेर्ने हो कि ?

    बिबेकशील नेपाली कुनै व्यक्ति, बादको सिद्धान्तलाई मान्दैन। हामी संग आबद्द हुनु भएका २३ भन्दा बढी देशमा रहनु भएका साथिहरु सबै व्यक्ति, बाद र सिद्धान्तलाई छोडेर नेपाली भएर आउनु हुन्छ। कुनै जात, पार्टी वा राजा भन्दा भन्दा माथि उठेर देश बनाउने संकल्प लिएर आउनु हुन्छ।

    हाम्रो संघठनको झन्डा छैन, नबनाएको हो; हामी राष्ट्रिय झन्डा बोक्छौं। हामी पार्टीगत सोच त्यागेर त्यस भन्दा माथि उठेर नेपाली भएर सोच्छौं, र त्यसलाई व्यवहारमा ल्याउने कोसिश गर्छौं।

    नेपालको कमोडिटिज् डेरिभेटिभ बजार धमिलो हुनसक्ला, तर सबै कारोबारी गलत हुन सक्दैनन्। यदी यो बजारमा यस्तो धादली हुने भए यस्ता समाचार किन आएनन पहिले ?
    तपाईंले उल्लेख गर्नु भएको अनुसन्धानमूलक समाचार सन्तोष प्रधानको बारेमा नभई समग्र नेपाल सरकारको निएम, र कानुनको बारेमा केन्द्रित छ। यदी देशमा वर्तमान नियम कानुन कम्जोर छ त त्यसलाई राम्रो बनाऊन पट्टि लाग्ने कि ब्यक्ति बिशेषको पछाडी पर्ने।

    कमोडिटिज् डेरिभेटिभ बजार बिदेशमा पनि एकदमै जोखिम ब्यबसाय हो। यो क्षेत्रमा भएका कमि र कमजोरी हटाऊन नै सन्तोष प्रधानले उम्मेदवारी दिएको हो। नेपालमा राजनीतिक सिन्डिकेट छ, यो कुरा मान्नुहोस् तपाईं।

    सकारात्मक सोच लिएर देश बनाउन अघि सर्ने युवालाई हामी हतोत्साई गर्छौं र उनीहरु बाध्य भएर विदेश पलायन हुन्छन्। आज प्रत्येक दिन १२ देखि १५ सय नेपाली युवा बिदेशीएका छन्। तपाईंहरु कतिपय बिदेशमा बसेर यो साइट पढी रहनु भएको होला। छातीमा एक चोटी हात राखेर भन्नुस, तपाईं बिदेशिनुको कारण नेपालको राजनीति हो कि होइन ? यदी देशका सक्षम, पढे लेखेका युवा यसरी नै अगाडी देशको राजनीतिमा आए भने तपाईं हामी सबै नेपाल फर्कने बातावरण बन्ने छ, देशले आर्थिक उन्नति गर्ने छ। हामी पनि बिकसित देशका नागरिक भएर सम्मानका साथ् हिड्ने छौं।

    यी चार जनाले जितेर के हुन्छ ?
    राम्रो प्रस्न हो यो। तपाईंले यो बुझ्नु जरुरि छ कि समाज परिबर्तन, देश परिबर्तन एक जना बाटनै सुरु हुन्छ। महात्मा गान्धीलाई रिस नउठेको भए भारतले स्वतन्त्रता पाउने थिएन, लि कुवान यु लाई रिस नउठेको भए सिङ्गापुर् बन्ने थिएन। देङ्ग साओ पिङ्ग लाई देश बनाउने सोच नआएको भए आज चीन गरिब मुलुकमा नै सिमित हुन्थ्यो।

    परिबर्तनशिल सोच एक व्यक्तिलाई नै आउँछ पहिले। उसको सोच अरुलाई राम्रो लाग्दै जान्छ र सोचले संघठनको रुप लिन्छ। बिबेकशील नेपालीले यो सकारात्मक सोच गएको २/३ बर्षमा हजारौं नेपाली संग साटेको छ। आजको मितिमा पूर्व मेची देखि पश्चिम महाकाली सम्म हज्जारौं हजार नेपाली दाजु भाई दिदि बहिनिहरुलाई हाम्रो बिबेकशील अभियानको बारेमा थाहा छ।

    हामीले कसैको उक्साहटमा, छोटो अबधिमा चर्चित हुने लोभमा उम्मेदवारी दिएको होइन। बिबेकशील अभियानमा संलग्न साथीहरुले थुप्रै सकारात्मक कामहरु गरेका छन्। निर्बाचन आयोगले दिएको छोटो समय र हाम्रो स्रोत र साधनले गर्दा अरु ठाउं बाट बिबेकशीलका साथिहरु उठ्न पाउनु भएन। हामीलाई अगाडी बढ्ने स्रोत जुटाउन मद्दत गर्नुस् –
    https://fundrazr.com/campaigns/6d6qb
    https://fundrazr.com/campaigns/5d6ra

    बिबेकशील नेपाली समूहको चिन्ह “हसिलो मुहार” हो। यसपालिको चुनाबमा स्वतन्त्रमा उठेको भएर हामीले चुनाब चिन्ह “कुकुर” लिएका हौँ। यी चार वोटा क्षेत्र नम्बर १, क्षेत्र नम्बर ४, क्षेत्र नम्बर ५. (http://whynepal.com/) र क्षेत्र नम्बर ८ मा हाम्रा साथिहरु उठ्नु भएको छ, एक चोटी राम्रो संग बुझ्नु होला, देशलाई राम्रो वा नराम्रो बनाउने हात हाम्रो एक भोटमा निर्भर गर्छ।

    अरुले के गर्छ र सोच्छ त्यस कुराको त्यति महत्तो हुदैन। भोट तपाईंको हो, भबिस्य तपाईं को हो। प्रजातान्त्रिक पद्दतिमा आम नागरिकले पाउने एक मात्र ठुलो अधिकार हो, एक व्यक्ति, एक भोट।

    यो एउटा सुरुआत हो -बिबेकशील नेपाली बन्ने !

    नेपालले कहिल्लै राजनीतिक क्रान्ति चाएको थिएन, देशले चाएको “युवा क्रान्ति” हो। जुन कहिल्लै हुन पाएन। यी चार जना स्वतन्त्र उम्मेदवारको पछाडी हज्जारौ नेपालीको सपना जोडिएको छ। यो स्वतन्त्र उम्मेदवारि “युवा क्रान्ति” को सुरुवात हो र अब आउने गाबिस/ नगरपालिकाको चुनाबमा अझ फैलिने छ।

    नेपाल र नेपाली को जय होस् !!

    (यो मेरो व्यक्तिगत विचार हो, बिबेकशील नेपालीको सस्थागत धारण भने पक्कै होइन। म धेरै नेपाली युवाहरुले जस्तो समर्थन गर्छु, यिनीहरुको सकारात्मक सोच को)

    Reply
  41. Awan says:
    November 17, 2013 at 10:07 pm

    पछि जित्यो भनेपनि के गर्ने ?कुनै सिद्धान्त छैन सरकार चलाउन यो कुक्कुर पार्टी को | Communist , Marxist ,Socialist , Democrat , Liberlism ,etc एउटा न एउटा सिधान्त मा लागेर मात्र संबिधान बन्छ | example को लागि अमेरिका मा capitalism को प्रभाव बढी छ , china मा communism को , र धेरै राष्ट्र हरु मा आफ्नै आफ्नै सिधान्त बाट बिकाश भएको छ | यो कुक्कुर पार्टी independent भनेर politics मा छिरेर कसलाई समाउछ त्यो पनि थाहा छैन | के हावा हो ? Party बिना गाह्रो छ संबिधान बनौन | त्येही पनि best of luck |

    Reply
    1. Rabin Man says:
      November 18, 2013 at 10:11 am

      सारै सहि कुरो गर्नु भयो, धेरै साथि हरुले गगन थापाको क्षेत्रमा उठेर गल्ति गरे भन्नु भयो तर त्यो चै कुनै तर्क हैन, तपैहरु ले राम्ररी हेर्नुस यी मान्छे हरु लै कसरि राजनीतिक प्राणी भन्ने प्रस्न सोध्नुस त? कुन कुरो बाट यिनेरु राजनीतिक हुन् त? अरु सबै पार्टी हरु काम नलाग्ने, उनीहरु मात्र काम लाग्ने त कमल थापा ले पनि भन्दैन हौ, यी चार जना मान्छे हरु ले बाकी सबै सामाजिक संजाल को मान्छे हरु लै भुल्याए, ति मान्छे हरु जसलाई राजनीति को बारेमा कै थाहा छैन, अर्थात् था पाएको छु मात्र भन्ने भ्रम छ, तर कसरि संगठन बनाउने कसरि नीति निर्माण गर्ने, पार्टी भनेको के हो? राजनैतिक आदर्श हुनु पर्छ पर्दैन भन्ने कै थाहा नभएको हरु लै भ्रम मा परि राख्या छन्, तर उनीहरु पनि एक दिन ब्युझनछन, अहिले लै चै यी (अ)बिबेकशील पार्टी को कुरो गरौ
      सन्तोष प्रधान ले ३ दिनको कार्यशाला मा भाग लिएको कुरो लै हार्वर्ड पढेर फर्केको भने, उनि आफै ओवेर्सॆर गर्दा गर्दै पढाई छाडेका मान्छे हुन्, अहिले आएर उनि हार्वर्ड पढेको बिज्ञापन गर्दै छन्.
      उज्य्वल थापा को हास उठ्ने अभियान हरु थुप्रै रहेछन, तर अर्थ न बर्थ का, अकुपाई बालुवाटार थापा ले चलाएको भनेर सन्तोष भन्दा तल गिरे थापा, अकुपाई बालुवाटार मा थापा कुनै पनि सरकारी बार्ता गर्ने ठाउँ मा कैले देखिएका थिएनन्, रेडियो टिभी पत्रिका कहिँ कतै पनि उनि आएका थिएनन्, अचानक कहाँ बाट आए यिनी, त्यो बालुवाटर को सडक मा उभिने त मा पनि एक हु, करिब १ महिना मा पनि गएको थिए (लगातार हैन). संचालन गर्ने मान्छेहरु अरु नै देखेथे. मलाई थापा ले त्यो अभियान चलाएको जस्तो किन पनि लाग्दैन भने उहाले सरकार सम्म पुग्ने खालको केहि कार्यक्रम संचालन गरेको आज सम्म था छैन, खाली उल्लु कुरो मात्र हुन्छा, तर अकुपाई बालुवाटार ले त सरकार लाई समिती गठन गरेर महिला सम्बन्धि कानुन को संसोधन को लागि सिफारिस गरेको अवस्था थियो, र त्यो कुनै पनि प्रक्रिया मा थापा हुनुहुन्न थ्यो,
      अकुपाई बालुवाटार का साथिहरु ले थापाले बिबेकशील पार्टी ले अकुपाई बालुवाटार संचालन गरेको भन्ने कुरो मा पहिले नै आपत्ति जनै सकेका छन् तर उहाले सुन्य नसुने आफ्नो प्रचार मा यो कुरो राख्नु भएको देखिएको पाइयो . यहाँ बाट पनि प्रमाणित हुन्छ कि उहाहरु को नियत ठिक छैन
      विदेश पढेर फर्केको मान्छे ठुलो भन्ने हाम्रो मानसिकता देखि दया लाग्छ, हामी धेरै मान्छे छौ नेपाल फर्कने, खै हाम्ले त दाबी गरेका छैनौ मिनेन्द्र रिजाल जस्तो, “म अमेरिका म ठुलो मान्छे बन्ने थिए तर नेपाल को माया ले फर्के,” कस्तो घमण्डी पाखण्डी हरु, उनेरु फर्किए भनेर हामी अनुगृहित हुनु पर्ने रे, बास्तबिकता चै के हो भने उनेरु बिदेस मा केहि गर्न नसकेर नेपाल फर्केका हुन् भन्ने बुझौ, गर्ने फर्केको भए पनि अनुगृहित हुनु पर्दैन, तेसो त बिनोद चौधरी अमेरिका मा बस्न सक्दैनन् र? धन्य नेपाल मा बसी दिनु भयो भनेर पुज्ने हो? बच्न को लागि काम गर्नु पर्छ, सबैले आफुलाई मन पर्ने, कमाइ हुने काम खोजि बस्छ, उहाहरु नेपाल मा कै गरेर खानु पर्यो भनेर आएका हुन्, हाम्रो दया लगेर आएका हैनन्, बिदेस बाट फर्कने मान्छे ठुलो भए त मेरो समूह अहिले देश चलाई रहेको हुने थियो, जसमा पक्का को ठुलो भनौदो बिस्वबिध्यालय मा पढेर बकैदा ठुलो जागीर खाई रहेका हरु नि पर्छन, बाहिर बस्नु का आफ्नै पिडा हुन्छन, यो बिबेकशील मा येस्तै २ जना बाहिर पढेको भन्ने कुरो आयो जो हास्यास्पद हो, तपैहरु आफै सोच्नुस, उत्तर पाउनु हुन्छ. आफ्नो कुरो प्रति कति घमण्डी रहेछन
      युवा हुनु आफै मा एउटा नेता हुने गुण हैन, गगन युवा हुन् र उनले देश मै धेरै संघर्स गरेका छन्, देश बुझेका छन्, प्रखर बक्ता हुन् र नेतृत्व गर्ने सहस भएका मान्छे हुन्, युवा सबै गगन हुन् र ? गगन को उमेर का मान्छे यो देश मा अहिले ५० प्रतिसत छ, के उमेर नेतृत्व गर्न पर्याप्त हुन्छ? हैन यी चार कुकुर छाप वाला हरु ले के गर्य छन्? उनीहरु ले दाबि गरेको कुरो त सहि हैन भने, चार जना ले जितेर संबिधान सभा मा के गर्छन ? बबन सिंह जस्तो कुन मा बस्ने त हो, पार्टी भए पो आफ्नो बिषय एक पछि अर्को सदस्य ले उठाउछ, एक जना त बोले नि भयो, नाबोले नी भयो, बबन सिंह जस्तो
      पहिले कुरो त राजनीति नै किन चाहियो भन्ने कुरो बुझ्नु पर्यो नि, काठमाडौँ एस्तो बनाउछु उस्तो बनाउछु भनेर हुन्छा? मेयर त खोज्य हैन हाम्ले, फेरी मेयर पनि त कुनै पार्टी को सरकार अन्तर्गत हुन्छ, कति सानो कुरो हो यो त, पार्टी लाई गालि गर्ने हैन उत्तरदायी बनाउने हो, पार्टी को विकल्प व्यक्ति ले दिन सक्दैन, गगन थापा ले कांग्रेस छाडेको दिन उनि नेता रहन्नन्, भाबी प्रधान मन्त्रि को कुरो छाडौ, संबिधान सभा को चुनाव हार्छन, किन दिने व्यक्ति लाई जसको कुनै राजनैतिक आधार छैन, सिद्दान्त छैन. एनजीओ ले उज्जल थापा भन्दा राम्रो विकास योजना बनाउछ हैन र? अब देश एनजीओ ले चलाउने हो त? राजनीतिको कुरो पनि बुझ्नु पर्यो, येसो गर्छु उसो गर्छु भन्ने को पछाडी लग्नु भएन, राजनैतिक धरातल हेर्नु पर्यो, कल्पना को गफ सुन्नेर मक्ख पर्नु भएन

      Reply
      1. Awan says:
        November 18, 2013 at 1:03 pm

        धन्यवाद | हजुर को कुरा नि एकदाम सहि हो |त्येही त के NGO ले चलाउने हो नेपाल ? राजनैतिक कुरा नबुजिकन , कुनै पनि एउटा सिधान्त लाई नसमातिकन देश लाई फेरी कुन अर्को दिशा मा दौरौने हो , Root of political spectrum नबुजिकन ऐले सम्म कुनै पनि देश बिकाश भाको छैन चाहे त्यो communism विचार धारा नै किन नहोस | तपाई ले भन्नु भाको जस्तै “किन दिने व्यक्ति लाई जसको कुनै राजनैतिक आधार छैन, सिद्दान्त छैन” ,…. त्येही हो जित्यो भने पनि पछि बुज्ला कि ? अनि कुनै एउटा राम्रो सिधान्त भएको पार्टी समातेर पछि पछि लाग्ने त होला | ऐले त यो कुक्कुर पार्टी कल्पना मै छ , वामपंथी र दक्षिणपंथी (left wing and right wing) भनेको के हो पनि थाहा छैन , मैले यो कुरा वोहा हरु को facebook मा नि कति भने | येस्तै हो साब जना ले नबुजिकन गालि मात्र गर्छन .. :/

        Reply
      2. rajbhanu says:
        November 18, 2013 at 11:02 pm

        लंकाको बिभिक्षणले रावण नमरुञ्जेल केहि गर्न सक्दैन |

        Reply
    2. sudesh chhetri says:
      November 18, 2013 at 5:13 pm

      first of all what i want to say is that kukur is not a party.and if you wanna see their economic agenda just go and give a look at their web site. leadnepal.com
      as the economic agenda redirects the political agenda you can get knowledge about their political agenda from their economic agenda.

      Reply
      1. Awan says:
        November 18, 2013 at 10:16 pm

        There is difference between “agenda” an “principle”.

        Reply
  42. shrestha says:
    November 17, 2013 at 10:04 pm

    संका धेरै नगरौ अछुतो दुध ले नुहाउने यहाँ कोहि छैनन् |

    जस्ले परिश्रम गरेर खानेलाई प्रगति गर्ने मौका दिन्छ, सम्पतिको अधिकारको रक्षा गर्छ, जनताको बोल्न पाउने अधिकारको संरक्षण गर्छ त्यसलाई मत दिनुपर्दछ भन्ने ठान्दछु । मलाई कस्ले व्यक्तिगत सहयोग गर्दछ भन्ने सोचेर भोट हाल्दिन र हाल्योभने त्यो ठुलो गल्ती हुन्छ । किनभने नियम, कानुन पालना र विधिको शासनमा मात्र हामी सबैको हितको रक्षा हुन्छ । मेरो बिचार मा कुनै पनि पाटिका मुखिया हरु राम्रा छैनन् तर केहि धेरै नराम्रा मद्धे अलिक कम्ति नराम्रो लाइ भोट दिने हो जो अहिले मेरो नजर मा कुकुर चिन्ह छ र मत पनि बफादार कुकुर मा जानेछ , परिणाम जे सुकै होस् |

    जय नेपाल______

    Reply
  43. bibek dhakal says:
    November 17, 2013 at 9:56 pm

    फैसला तपाइहरुकै हातमा छ, तपाईं कसलाई छान्नु हुन्छ –
    ##) ५ बर्षसम्म गफै गरेर, केहि नगरी ” यो भत्ता लिन मलाइ मेरो नैतिकताले दिदैन” भनेर सम्म भन्न नसक्ने बुढा/ अर्धबुढाहरु वा सैयौंलाइ रोजगारी दिएर बसेका र राजनीतिलाई परिवर्तन गर्च्हम भनेर अघि सरेका युवाहरु ?
    ##) कुल नेता कार्यकर्ता मध्ये मुस्किलले ५ % मात्र इमान्दार, स्वच्छछवि , अध्ययनशील, तर्कशील र सभ्य भाका पार्टिका नेता जो जतिनै राम्रो भएपनि पार्टिको “कु”नीति अनुसार चल्नु परेपछि हुनु नहुनु बराबर हो, वा इमान्दार, स्वच्छछवि, अध्ययनशील, तर्कशील र सभ्य तर स्वतन्त्र उम्मेदवार ?
    #) “विवेकशील” परिवर्तन वा खालि “अनुहार मात्रको” परिवर्तन?

    Reply
  44. Anuj says:
    November 17, 2013 at 9:49 pm

    This is main reason Nepal has been the state of failure and sadly will be for some time. When some group of concerned citizen try to do something good and challenge the status quo people like Rajan KC gets busy throwing dirts towards them. He can not and will not say one good thing the establishment has done in the last 20 years yet he is already busy throwing stone towards these 4 who are not even elected. It is also sad to see mysansar giving platform to these no Sayers to spread their venom of hate.

    Reply
  45. rajbhanu says:
    November 17, 2013 at 9:34 pm

    हाहाहा सोसियल मिडियालाई संसार ठान्नेहरुले पनि महान काँग्रेस पार्टीको भोट काट्न सक्लान र ?

    Reply
  46. सुरेन्द्र शाक्य says:
    November 17, 2013 at 9:28 pm

    नेपालका दुर्गन्धित राजनैतिक दल र त्यही मति बोकेका कार्यकर्ताहरूले जताततै दुर्गन्ध नै त देख्छन् नी। त्यसैले विवेकशिल विरुद्ध खनिएका छन्। कांग्रेसको विरुद्ध उम्मेदवारी दिएको हो भन्न कसरी सक्छ जब यिनीहरुले नै सबै भन्दा पहिले मनोनयन दर्ता गराएका थिए? राष्ट्रिय भनाउँदो पार्टि किन ४ जना स्वतन्त्र संग डराएको?

    Reply
  47. Saroj says:
    November 17, 2013 at 9:25 pm

    For an article published in an online medium writing line like “सोसल मिडियालाई स‌ंसार ठान्नेहरु” is just hysterical in itself. A total one sided article reflects that the writer is one with so called “कांग्रेस पक्षधरहरु” shows a very unethical and abuse of the writer’s power to bend facts . Most of the things written could be true but the style and portrayal via the writer makes us think twice of the writer’s intention and if article has any kind of facts/proof to support them. This article in my and many of my friends opinion a disgrace to the name and prestige of the site itself.

    Reply
  48. santosh says:
    November 17, 2013 at 9:08 pm

    “काठमाडौँ ४ मा उठेका कुकर चिह्नवाला सन्तोष प्रधानबारे हिमालले केही अघि अनुसन्धानमूलक समाचार छापेको थियो” आफ्नै नाम मिलेकोले विस्तृत समाचार खोलेर हेरेको सन्तोष प्रधान बारे नै समाचार त हैन रहेछ त ।
    माथि एक महाशयले “बिबेककिल एण्ड कम्पनि का अदक्ष उज्ज्वल थापालाई कम्तिमा पनि रेणु दाहाल बिरुद्ध जाने भोट काटेर रेणु दाहाललाई जिताएमा माओवादीले युवा कोटा भनेर मनोनितमा सभासद बनाउने तयारी गरेको छ !” पनि लेखिभ्याउनु भएछ । शायद सपनामा स्वयं श्री १७००० प्रचण्डले कानमा आएर भने होला ।
    हामी नेपालीहरू जता नि षड्यन्त्र नै देख्छौं ।

    विवेकशील नेपालीको क्रियाकलापहरूलाई चुनावको हल्लाभन्दा अगाडि देखि नै पछ्याउदै आएको छु । उनीहरूको पृष्ठभूमि हेर्दा कसैबाट संचालित जस्तो त लाग्दैन । घोषणापत्र पढ्दा हुन्छ छोटै छ ।
    काँग्रेसका राम्रामा गनिने नेताहरूलाई घाटा हुने भएकोमा खेद मलाई पनि छ । तर राम्रा नियतका मान्छे राजनीतिमा आउनै पर्छ । कसै न कसैले त राम्रो काम गर्छ भन्ने आशा गर्न सकिने पर्‍यो नत्र त किन बस्नु यो देशमा ?

    Reply
  49. dip says:
    November 17, 2013 at 8:56 pm

    चारजनाले जितेर फरक पर्दैन भने किन ३०/४० दल राख्नु पर्यो त? यसरी त खै कैले पाउने हो बहुमत? सिधै दुइ/तिनता पार्टी राखे भएन त?

    Reply
  50. Bhagirath Ghimire says:
    November 17, 2013 at 8:13 pm

    एडमिन जी जेपिटी समाचार लेखेर बिबेकशील नेपालीको बदनाम गराउने काम नगर्नुस् । यसले गरेका राम्रा राम्रा कामको सूची बनाएर प्रकाशन गर्ने काम गर्नुस् ।
    तपाइले यो माइसंसार वेवसाइट पनि गतिलो समाचार छाप्न भन्दा पनि एडसेन्सको पैसा खानका लागि खोलेको हो ।
    राम्रो कुराको प्रशंसा गर्न खोज्नुस् ।
    विवेकशीले नेपालीले समयको अभावमा पार्टी दर्ता गर्न नसकेको हो ।

    Reply
    1. Bibek says:
      November 17, 2013 at 9:27 pm

      Admin माथि किन हो साथी रिसाएको.. Admin le लेखेको त हैन त हो यो पोस्ट .. लेखक को नाम त छ त माथि ..

      Reply
  51. __rupan__ says:
    November 17, 2013 at 8:12 pm

    फटाहा हरु !! चार जना ले सबिधान लेखने ?? कुक्कुर को नै बेइजत !
    राजनीति को अर्को एउटा रुप !

    Reply
  52. madan babu says:
    November 17, 2013 at 8:09 pm

    खै मलाई त त्यो विचार नै आएन त हौ कांग्रेसी संग मात्र भिड्न खोजेको भनेर …उनीहरु आफु जुन ठाउमा उपयुक्क लाग्यो तै ठाउमा उठे एस्मा अचम्म मान्नु पर्ने कारण नै छैन नि यार …अर्को कुरा पार्टी खोल्न ढिला भयो होला ..पार्टी त बिस्तारै खोल्दा नि भैगयो नि ..हेर्नुस अब पार्टीले ठुलै रुप लिदैछ..हामी युवा हरुको पुरा साथ छ..हामीले नगरे कसले गर्ने अहिले नगरे कैले गर्ने ..(Y)

    Reply
  53. सरोज ढुंगेल says:
    November 17, 2013 at 8:03 pm

    विवेकशिल महाशयहरुले संविधान सभा निर्वाचन आचारसंहिता–२०७०को यी बुँदाको उलंघन गरेका छन्।
    निर्वाचन प्रचार–प्रसार आचरण सम्बन्धी प्रावधानको बुन्दा नम्बर १२ अनुसार भित्ते लेखन, तुल, व्यानर प्रयोग गर्न वा गराउन हुँदैन। बुँदा १४ अनुसार निर्वाचन प्रचार प्रयोजनका लागी ७५ ग्रामसम्मको कागजमा ३ सय वर्ग इञ्चसम्मको पर्चा मात्र प्रयोग गर्नुपर्नेछ। त्यस्तो पर्चा एक रगंमा मात्र छपाउनुपर्नेछ।बुँदा १८ अनुसार कुनै पनि प्रकारको प्लास्टिक प्रयोग गर्नु हुँदैन।
    अझै विश्वास नलागे निर्वाचन आयोगले जारी गरेको संहिता आफैं खोजेर पढ्नु र दिमागको बत्ति बाल्नु ।

    Reply
  54. Bibek says:
    November 17, 2013 at 7:26 pm

    Its Interesting to see this post , this shows Bibeksheel Nepalis are getting even more attention.
    Bibeksheel Nepali believes action speaks louder then words , and i expect them to prove you by the work rather then the words for their justification.

    रह्यो कुरो किन उनीहरुलाई भोट हाल्ने भन्ने – तपाई अझै पार्टी पार्टी भन्दै भोट हाल्दै हिड्नुस , तपाई ४ वर्ष पछि फेरी येही स्थितिमा अर्को चुनाबमा भोट हाल्न पाउनु हुने छ. तपैले तपाइको पार्टीको जतिजनालाइ जिताउनुस न , निर्णय गर्ने सबै पार्टीका टाउके भनौदा ४ -५ जनाले हुन् (उनीहरुले ब्यग्तिगत रूपमा हारे पनि, जिते पनि ) बाकी त सब पछाडी बस्ने र ताली पड्काउने मात्र हुन् . ति टाउके ४ -५ जनाले चाहेको भए ऐले नि मिल्रेर काम गर्न सक्थे .. गरेनन .. किन गर्नु पर्यो ? .. उनीहरुलाई त येही अनिर्णयको स्थितिमा कमौना सजिलो भाको छ ..

    राम्रो मान्छे छानेर हाल्नुभो भने चाहे जुन पार्टी को हुन् ( या बिना पार्टीक हुन् ) मिलिजुली संबिधान बनाउने छन्… ति टाउकेहरुलाई तहमा राख्ने छन् ..
    पहिला जसलाई भोट दिएर केहि काम भएन तिनीहरुलाई फेरी भोट हाल्नु त बेकार हो..थाहा भै सक्यो तिनीहरुको छ्यमता ..
    अब कुकुरलाई दिने हो .. काम गरे ठिक छ नत्र आक्रो पाली यिनीहरुलाई नि फाल्ने हो ..

    तपैले बिबेकशीललाइ संका गर्नुभो .. संका गर्नु स्यभाभिक हो .. तर यौटा समूहलाइ संका गर्ने आकोको गल्तिमा आखा चिम्लिनुचै अन्धोपन हो..

    Reply
  55. bibek dhakal says:
    November 17, 2013 at 7:21 pm

    विश्लेषण/ समालोचना गर्ने सबैको हक हो तर यसो गर्दा कि पूर्वाग्रह नराखी गर्नु पर्छ कि आफ्नो पूर्वाग्रहलाइ सकेसम्म नदेखिने ट्याक्टिक्स लाउनु पर्छ |
    राजनजी ले आफुलाई एक मतदाता भनेर मात्र चिनाउनु भाको छ तर उहाको प्रतिक्रिया हेर्दा लाग्छ उहाँ कुनै पार्टीको जिम्मेवारी पाएको कार्यकर्ता हुनुहुन्छ जो आफ्नो महवपुर्ण समय यस्तो समुहको खोट पत्ता लगाउन खर्चिदै हुनुहुन्छ जसको जित्ने सम्भावना यसै पनि न्युन छ, तर जसको मुख्य उद्देश्य चुनाब मा सिट लेराउनु भन्दा पनि नेपालको राजनीतिमा एउटा फरक वर्ग को पहुच स्थापित गर्नु छ |
    मेरो यो विवेकशील नेपाली संग कुनै सरोकार छैन ( नाम मिले पनि!) तर राजनजीको केहि प्रश्नहरुको खोट देखाउन चाहन्छु –
    #१) यदि विवेकशील नै भए काठमान्डू २, ६, ६, १० मा उम्मेदवारी किन दिएनन? किन कांग्रेसको पकड भएको ठाउ मा मात्र दिए?
    – यदि दोश्रो केस भएको भए पनि तपाइले सोधेको प्रश्नमा “माओवादी” को ठाउमा “कांग्रेस” लाइ रिप्लेस गरेको जस्तो मात्र हुन्न थियो होला र? त्यतिबेला फेरी उनीहरुलाई त्यहि लोजिक्ले ” कांग्रेसी” संग साठगाठ भएको आरोप पनि लाग्न सक्थ्यो. कि त्यसो भएको भएचाही तपाइलाइ फरक पर्दैनथ्यो? फेरी मैले बुझे अनुसार क्षेत्र ५ का उम्मेदवार उज्ज्वलजीको स्थायी ठेगाना त्यहि क्षेत्रमा पर्छ, अरुको बारे थाहा भएन….के आफ्नो क्षेत्र छोडेर अरुकोबाता उठ्नु? कस्तो केटाकेटी आनालाइसिस राजनजी?
    #२) आचार संहिता को धज्जीको कुरा गर्नु हुन्छ भने तुलनात्मक रुपमा यो समुहले जति आचार संहिताको कम उल्लङ्घन सायदै अरु कुनै पार्टीले गरेका छन्….निर्वाचन आयोगले नै आचार संहिताको उल्लङ्घन लाइ स्वभाभिक र सात प्रतिशत कार्यान्वयन गराउन नमिल्ने भनिसक्यो, यस्तो बेला कसले कम वा नगन्य उल्लङ्घन गरेको छ भनेर हेर्ने हो| त्यस अर्थमा सायद अरु ठुला पार्टी, जो यस कुरामा बढी जिम्मेवार हुनुपर्ने, हेरिकन त यो समूह कता हो कता जिम्मेवार छ हैन र?
    मोटरसाइकलमा गुन्डा र ट्यापे जस्ताहरुले पार्टीको झन्डा बोक्दै ” फलानो पार्टी जिन्दाबाद” भनेर हेल्मेट नलगाई पुरै बाटो आफ्नो हो भन्ने झैँ सोची कानै खाने गरि हर्न बजाउदै आएको ठिक या साइकलमा राम्रो राम्रो र श्लील नारा लाएर प्रचार गरेको ठिक?
    #३) संविधान कसरि बनाउने भन्ने कुरामा यहाँले स्वतन्त्र उम्मेदवारलाई जिताउन नहुने भन्नु भाको छ| मलाइ लाग्दैन यी चार जनाले कदम्कदाचित जितेको खण्डमा याँहाले संका गरे जस्तो कुर्सि भाच्ने, संसदमा झगडा गर्ने गर्छन भनेर र यहाँलाई थाहा छ होला यस्तो गर्न सक्नेहरुलाई कस्ता पार्टीले समानुपातिकको उम्मेदवारी दिएका छन् जो भोलि सभासद भएर आउन सक्छन – ” पार्टीलाई सहयोग गरेको समानुपातिक मा परेको” …एस एल सी मा चिट चोर्ने, पासपोर्ट बेच्ने, तोडफोड र मारपिट नगरे हात चिलाउने, रक्सि खाएर हो हल्ला गर्ने, कोर्टेसि र एटिकेट एक थोपा नाभाकाहरु पार्टीकै खोल ओढेर आउनु भन्दा त यस्तै पढेलेखेका र सभ्य स्वतन्त्र उम्मेदवार आउनु ठिक होला नि हैन र?
    …..र अन्त्यमा फेरी, मेरो बिचारमा अब हाम्ले कुनै उम्मेदवारको राजनैतिक मुल्यांकन उसको बिद्रोही क्षमता, आन्दोलन वा जेलको अनुभव बाट गर्न छोड्नुपर्यो….जिउदा सहिद फलाना वा त्यागि नेता ( धेरै जेल बसेको) भनेको भरमा तिनलाई भोट हाल्ने परिपाटी त्याग्नु पर्यो! आन्दोलनको अ पनि थाहा नभाको, विधार्थी राजनीति नगरेकोलेलाइ पनि उम्मेदवार हुने र जित्ने हक छ यदि उसको भिजन र बेहोरा राम्रो छ भने! ६०१ जनामा यी ४ जनाको नया एक्स्पेरिमेण्ट गर्न पनि किन डराइरहनु भाको छ राजन जी? कहिले सम्म पुरानै अनुहार र पुरानै ढाचा को राजनैतिक ” कम्फ़र्ट जोन” मा बसिरहने?

    Reply
    1. Rajendra Adhikari says:
      November 17, 2013 at 10:27 pm

      म विवेकशिल नेपाली सपोर्टर । तपैँको सबैकुरामा सहमत, #२) बाहेक । Flex मा प्रचार गरेर गल्ती भएको रहेछ, स्विकारौं । अरूको झन ठुलो गल्ती देखाउँदै Justify गर्नतीर नलागौं । विवेशिल हुनु भनेको यही हो । नत्रत, अरूले १० करोड भ्रष्टचार गरे, मैले १० लाख गर्न नहुने भन्ने कुरा पनि आउलान् । तुलान सुलना गर्न छोड्नुस् । आचार संहिता मिचिएछ, गल्ती भयो, कारबाही भोगौं , र भविस्यमा गल्ती नगरौं ।

      Reply
    2. Alina says:
      November 17, 2013 at 10:32 pm

      ठिक भन्नु भयो बिबेक जी. Mysansar ले राखेको लेख हुनाले विश्लेषण गरेर लेखिएको होला भन्ठानेको थिए। तर यो त पुर्व़ाग्रही लेख लाग्यो। आचार संहिता को उल्लङ्घन को बुंदा बाहेक अरु सबै बकम्फुसे लाग्यो।
      बिबेक जी को कुरा मा थप्न मन लागेको कुरा … हैन बिबेकशील नेपाली हरुले कैले आफुलाई पार्टी भनेर प्रचार गरे हँ। उनि हरु ले भन्दै आएका छन् कि हाल को लागि यो एउटा समूह हो र भविष्यमा पार्टी को रुपमा दर्ता गर्ने उनीहरुको योजना छ।

      Reply
    3. Awan says:
      November 17, 2013 at 11:25 pm

      I agree with you. मन पर्यो तपाई को कुरा | अब खाली एउटा सिधान्त को कमि छ Bibeksheel मा | तर गगन को विरुद्ध मा उठेको मलाई मन परेन , उ पनि सन्तोष जस्तै मौका नपाएको राम्रो युवा उमेद्वार हो |

      Reply
      1. santosh giri says:
        November 19, 2013 at 1:04 am

        मेरो विचारमा बिबेकशीलको उम्मेदवारी यी चार वटा क्षेत्रमा सबै भन्दा पहिला दर्ता भएको उम्मेदवारी हो, जति बेला कांग्रेस #४ बाट सुप्रभाजीलाइ ल्याउने तयारीमा थियो. गगन थापाले प्रचण्ड जहाँ बाट उठ्छ म त्येहीबाट उम्मेदवारी दिन्छु भन्नु भएको पनि हो नि? दिनु भएन त ! #४ मा कांग्रेसको जग हल्लाउने काम त बिबेकशीलले गर्यो, तर सुप्रभा दिदि र प्रचण्डले गगन थापालाइ, उहाले चुनौती दिएको कारणले जसरि पनि हराउनु भनेर बन्द सत्रमा जारि गरेको उर्दी पनि उत्तिकै महत्वपूर्ण होइन र?

        सिद्धान्तको सवालमा मलाई लाग्छ, सबै किसिमक सिद्धान्तहरु फेल खाइसकेको मुलुकमा येत्रो हिम्मत गरेर आउने जमातले केहि त पक्कै सोचेका छन्, वा एउटा माटो र जनता सुहाउदो सिद्धान्त चाहि पक्कै ल्याउने छन् |

        सोच्ने पर्ने कुरो त के लाग्यो भने, आज ४ जना युवाको स्वतन्त्र उम्मेद्वारीले नेपाली राजनीतिको मुटुमा ढ्यांग्रो ठोकेको छ, राजनैतिक मुल्धारे पार्टिहरुको जग हल्लाइदिएको छ | भोलि ४००० जनाले राज्य को सबै नेतृत्व तहमा उम्मेदवारी दियो भने बिध्यमान राजनैतिक कुसंस्कार चाहि पक्कै स्वाहा हुनेछ!

        तपाई हामि हज्जारौ पाठकको मन मस्तिस्क र बिबेकमा प्रश्न उठ्नु नै एक किसिमको बिजय हो बिबेकशील लाइ , मत्रपत्रले ले सुनिश्चित गर्दिन सक्छ एउटा सशक्त सुरुवात लाइ !

        Reply
  56. राज says:
    November 17, 2013 at 6:43 pm

    सुरुमा मतलव गर्दैनन्, बिस्तारै खुट्टा तान्छन् अनि बिलिन हुन्छन् ।

    शुरुमा कसैले मतलब गरेन, जव साच्चिकै जित्ला जस्तो भयो, तव अनेक हल्लाहरु फैलिन थाले। यिनिहरु बिध्यमान राजनैतिक सन्सकारवाट तपाईहामीजस्तै आजीत भएर, आफ्नो ब्यबसाय गरिरहंदा सामाजिक परिवर्तन पनि गर्नुपर्छ भन्ने मान्यता बोकेर आघि सरेका हुन् । मलाइ लाग्छ यो समाचार नियोजित र कुनै पार्टी बिशेशबाट कुनै रुपले प्रभाबित छ। सम्वाददाता ज्यु, तपाईहामीले जिम्मेवारि लिएनम, लिनेको खुट्टा चै नतान्नुहोस्। अहिले नजित्ला, तर अबको १० वर्सपछिको राजनितिक नेत्रित्व यीनैसंग छ।

    बिबेशील नेपालीलाई शुभकामना !

    Reply
  57. Nabin says:
    November 17, 2013 at 6:21 pm

    बिबेकशील नेपाली: एक एस्तो संगठन हो जसले पारदर्शी रुप मा राजनैतिक फोहोर हटाउने एउटा उदाहरण बनिरहेको छ. एसले शुरुदेखि नै
    जवाफदेहिता र न्यायको निम्ति आवाज उठिरहेको छ. चुनाब को अन्तिम घडी मा अरु केहि गर्न नसकी एस्त बकवास कुराहरु उठिरहेका छन्. हिम्मत छ भने बिबेकशील नेपाली जस्तै गरेर आ आफ्नो पार्टी को आय व्यय विवरण सार्वजनिक गर्नु, चुनाव प्रचार मा आचार संहिता पालन गरेको प्रमाण देखोस. जय नेपाल

    Reply
  58. Rohan Thapa says:
    November 17, 2013 at 6:19 pm

    I was already somehow known to their objectives. The above mentioned points clearly list that the Bibekshil Nepali is a total nonsense as they don’t even are political parties. They are just meant to cut votes of Nepali Congress as the voters of NC are conscious people but can be diverted because of the activities in last years. Even if they win, They cannot do anything except supporting other political parties. 4 People cannot make the constitution of Nepal. Nepali Citizens should be made aware of this !

    Reply
    1. रमेश शर्मा says:
      November 18, 2013 at 5:25 pm

      “4 People cannot make the constitution of Nepal.” So what is the EXACT count that is required to make a constitution? Could you clarify? Maybe there is some theory, some mathematical formula that would give me the exact number of people required to make constitution. Please I would like to know such formula.

      On the other note, there were many from same party, they didn’t make the constitution, did they?

      Nonsense talk!

      Reply
  59. Sunita Tiwari says:
    November 17, 2013 at 6:13 pm

    सुरुमा कांग्रेसी मिडियाले यस्ता ग्रुप हरुलाई उचाल्नु उचाले, अहिले आएर आफ्नै मत काट्ने देखे पछि गरिएको अनर्गल प्रोपोगान्डामा लागिरा छन्. आफ्नै नेता सुप्रभाको राजनीतिक जीवन समाप्त पार्ने अनि उनैलाई मार गालि गर्नेहरुबाट सिधा-साधा ‘कुकुर’ वादीहरुको खेदो खनिनु मलाई कुनै नौलो कुरा पनि लाग्या छैन. आखिर ‘कांग्रेसी’ भनेकोनै यस्तै स्वार्थी झुण्ड हरुको जत्था न हो.

    यहि लेखको कारणले कुकुरलाई भोट हाल्ने मेरो बिचारलाई दृढ बनाएको छ. यसपाली कांगेसलाई कुकुरले टोक्नेमात्रै हैन, गाइले पनि हान्ने छ.

    Reply
  60. Naba says:
    November 17, 2013 at 5:31 pm

    यो लेख कालो कांग्रेसी ले लेखेको भन्नेमा कुनै संका छैन किनकि यो धेरै नै पक्षेपाती भएर लेखिएको छ. लेखकले कसरि कांग्रेसीजन को मात्र भोट कट्छा, तेस्को केहि प्रमाण दिन सकेको छैन. फेरी आफ्नो राम्रो कुरा गरेर पो जनतालाई फकाउने हो त, अरु कसैको नपाएर तेती धेरै उधम्शिलाता देखाइरहेको, होनाहार युवा हरुलाई प्रोत्सान दिनको साटो हुने नहुने कुरा गरेर दरित्रता देखाउनु भएन नि लेखक मित्र. मलाई त mysansar ले पनि किन स्थान दिएको होला एस्तो खालको लेख लाई भन्ने लागिरा छ जबकि अहिलेसम्म कुनै पार्टीको support or बिरोध गरेको कुनै लेख प्रकाशित भएको थिएन ( दोस्रो संबिधान सभाको चुनाब लाई फोकस गरेर लेखेको )..

    Reply
  61. Mahesh Dahal says:
    November 17, 2013 at 5:12 pm

    ज्याला पुरा लियौ, संबिधान देउ : No Output
    Occupy Baluwatar : No Output
    व्युँझाग्रह : No Output
    बिबेकशिल नेपाल पार्टि दर्ता गर्न दोबाटोमा अबुझ मान्छेहरुलाइ Petition Sign गराएको मैले आफ्नै आँखाले देखेको ।
    पुकार बमले नेपाललाई सिङ्गापुर बनाउन सकिन्छ भनेर इन्टरभ्यु पनि हेरेको ।
    यो उज्जवल थापाले Public Sentiments and Emotions को फाइदा लिएर आफु माथि जान खोज्ने एक अवसरवादि मान्छे मात्र हो । अझ फेसबुकमा “Entrepreneurs 4 Nepal” ग्रुप संचालन गरेकै भरमा आफु Entrepreneurs को बाउनै भएको भन्दै हिँडेको छ ।
    एउटा समझदार मान्छेले कुकुरलाइ भोट दिँदैन ।

    Reply
    1. Rajendra Adhikari says:
      November 18, 2013 at 12:08 am

      सोसल मिडियाको मुभमेन्टस हरूको कुरा गर्नु भो । यस्मा पनि मान्छेहरूले critisize गरेको देख्दा दिक्क लाग्छ । फेसबुकमा भुलेर बस्ने जमातलाई सकारात्मक काम तिर डोराउनु आफैंमा एउटा राम्रो काम हैन र? चाहे त्यसले सोचेको जस्तो नतिजा दियोस् कि नदियोस् । बन्दको विरोध, महिला हिंसाको विरोध, भ्रष्टचारिको विरोध – हो फेसबुक र माइतिघर तीरको प्रदर्शनमा प्ले कार्डमा मात्र सिमित छ, खास उपलब्धी हाँसिल गर्न सकेको छैन । यसो भन्दैमा, उल्टो खिल्ली उठाउने कि प्रोत्साहन गर्ने, आफुले पनि साथ दिने ? नराम्रो कामलाई नराम्रो त भन्छौं भन्छौ, कसैले सानै भएपनि राम्रो काम गर्या छ भने पनि, देखावटी, पपुलारिजम्, ढोङ्गी, विना नतीजाको आदिको बिल्ला लगाउँछौं अनि काहाँ हुन्छ । No Output, No Output भनेर दादा देखाउने माहासय, तपैंले चाहिँ Yes Ouput को के काम गर्नु भो । At least उनीहरूले कोसिस् त गरे ।

      Reply
  62. Rajendra Adhikari says:
    November 17, 2013 at 4:45 pm

    लेखकले जम्मा दुइटा खोट देखाउन खोज्नु भयो, तर दुइटै मा फेल । त्यो Flexले कसरी आचार संहिता उलङ्घन गर्यो ? अनि सन्तोष प्रधानको चरित्र ठीक छैन भनेर खोज मुलक समाचार भनेर दिएको Link मा केहि त्योस्तो कुरै छैन । झुटा कुरा किन गर्ने ?
    नीयतको कुरामा, सबै पहिला काङ्ग्रेसले जीतेको ठाउँमा उठेको हेर्दा , प्रश्न गर्ने ठाउँ छ । ठीक हो । विवेकशील नेपालीका मान्छेले कृपया उत्तर दिनुहोला ।
    हो चार जनाले संविधानमा केहि गर्न सक्दैन, तेहि पनि सभासद/सांसदको हैसियतले विकाश निर्माण र सकारात्मक कामहरूमा धेरै कुरा गर्न सक्छ । फेरि यो त एउटा सुरूवात न हो ।
    अनि लेखकलाई समानुपातिकमा नउठेकोमा किन टेन्सन् नि ? मलाई पनि टेन्सन् भन्या, समानुपातिकमा उठेको भए पो भोट हाल्न पाईन्थ्यो । यो कुरामा चाहिँ विवेकशिल फेल भाकै हो ।
    रह्यो कुरा, सोसल मिडियाको मुभमेन्टस हरूको । यस्मा पनि मान्छेहरूले critisize गरेको देख्दा दिक्क लाग्छ । फेसबुकमा भुलेर बस्ने जमातलाई सकारात्मक काम तिर डोराउनु आफैंमा एउटा राम्रो काम हैन र? चाहे त्यसले सोचेको जस्तो नतिजा दियोस् कि नदियोस् । बन्दको विरोध, महिला हिंसाको विरोध, भ्रष्टचारिको विरोध – हो फेसबुक र माइतिघर तीरको प्रदर्शनमा प्ले कार्डमा मात्र सिमित छ, खास उपलब्धी हाँसिल गर्न सकेको छैन । यसो भन्दैमा, उल्टो खिल्ली उठाउने, फेसबुके संसार भनेर होच्याउने कि प्रोत्साहन गर्ने, आफुले पनि साथ दिने ? नराम्रो कामलाई नराम्रो त भन्छौं भन्छौ, कसैले सानै भएपनि राम्रो काम गर्या छ भने पनि, देखावटी, पपुलारिजम्, ढोङ्गी आदिको बिल्ला लगाउँछौं अनि काहाँ हुन्छ ।

    Reply
    1. sumnima says:
      November 18, 2013 at 5:13 am

      म राजेन्द्र जी को कुरा म सहमत छु ,बिबेकशील नेपाली ले सोचिअल मेडिया मोवेमेंट गरेकै कारण ले मलाई पोलिटिक्स मा रुचि जागेको हो र येसैको परिणाम स्वरुप यो My sansar
      मा publish भएको article र comments हरु पद्दैछु र मलाई लाग्छा मा जस्ता धेरै युवा हरु जो पोलिटिक्स मा बिल्कुलै interest राख्नु हुन्न उहा हरु पनि social media को through benefited हुनु भएको छ , सो सोसिअल मेडिया मोवेमेंट गर्नु राम्रो कुरा हो जस्तो मलाई लाग्छा, i
      think they are doing good (Y)

      Reply
  63. Desh Bandhu Sharma says:
    November 17, 2013 at 4:43 pm

    यी छद्मभेषी नौटन्कीकार माओबादीलाई जिताउन माओबादीले बनाएका भिजिलान्ते हुन् | यिनीहरु संग साबधान हुनु जरुरि छ |

    Reply
  64. Salil says:
    November 17, 2013 at 4:16 pm

    जायज कुरो हो. सामाजिक संजाललाई जीवन ठान्नेहरुका नेता होलान्, देशका होइनन्

    Reply
  65. स्भानिक says:
    November 17, 2013 at 3:42 pm

    शंका गर्ने ठाऊँ छ गगन थापा र नरहरी बिरूद्ध उठेको मलाई चाही मन परेन बरु एकदमै
    गन्हाएका नेता बिरुद्ध उठेको भए सहानुभुति मत पाउथे की

    Reply
  66. Sisir says:
    November 17, 2013 at 3:33 pm

    बिबेकसिल नटवरलालहरु ..

    Reply
  67. युवराज says:
    November 17, 2013 at 3:31 pm

    मान्छेहरु हावा तालमा पछी लागेको देखेर हाँसो लाग्छ. संबिधान कस्तो बन्छ भन्ने हेक्का यिनै उम्मेदवारहरुलाई त छैन, अनि यस्तालाई भोट दिएर कस्तो संबिधान पाउने आशा गरेको? मेरो अनुरोध, सबै दल नराम्रा भए पनि, कम नराम्रोलाइ भोट दिनुहोला घोषणा पत्र पढेर.

    Reply
    1. rajbhanu says:
      November 17, 2013 at 10:26 pm

      ठुला दललाई दिएर त गज्जबको संबिधान बनिगो नि ! माओबादीले किन जितेको त पहिलेको चुनाबमा? किन भने सर्वसाधारण जनता जहिले पनि परिवर्तन चाहन्छ । त्यस्ता घोषणापत्र हेर्ने जमाना गए। तिनका मूल्य मकैका खोस्टा जति पनि छैन बिशेसत: जब ती प्रमूख पार्टिका तर्फबाट आउँछन् । माओबादी जसरि बडारिन्छ यो पाल कथम कदाचित यिनले जितेर बोलि अनुसार काम गरेनन् भने यिनीहरु अर्को पालि त्यसरी नै बडारीन्छन्।

      Reply
  68. Sunny says:
    November 17, 2013 at 3:31 pm

    केहि लेख्नु भन्दा पहिला आफु जानकार हुन अवस्यक हुन्छ, यो लेखक को धर्मं हो ! तर तपाईले प्रमाण न भएको कुरालाई किन उल्लेख गर्नु भयो?? तपाई लाई चाही के कुरा लेख्ने हुने र के लेख्ने नहुने बुझ्न अवशयक छ ! कृपया मलाई कहा लेखेको छ, यत्रो फ्लेक्स राख्न मिल्छ र यत्रो मिल्दैन भने कुरा देखाई दिनु हुन्छ कि, म पनि जन्ना सारे इच्छुक छु।

    Reply
    1. KKP says:
      November 17, 2013 at 7:32 pm

      यहाँ छ नियम. ध्यान दिएर पढ्नु होला पचिछेद २. १२ http://www.election.gov.np/election/uploads/files/pages/Acharsamhita_2070.3_.23_.pdf

      Reply
    2. Rabindra Rai says:
      November 17, 2013 at 8:00 pm

      हाम्रो साझा समस्या भनेकै यहि हो मित्र ! तपाईको कमेन्टले पनि पुस्टि गर्छ नि हैन र ?

      किन पत्रकार र राजनीतिज्ञहरुलाई मात्र गालि गर्ने ! के तपाई हाम्रो चाहिं जिम्मेवारी छैन ? यदि कसैले केहि कुरा भन्छ तर आफु त्यो बिषयमा अनभिज्ञ छ भने जवाफ फर्काउनु भन्दा पहिले केहि क्षण त्यो बिषयमा अनुसन्धान गर्ने बानी बसाल्ने कि ?

      तपाईको प्रश्नको जवाफको निम्ति तलको लिंकमा VISIT गर्नु होला है त:

      http://www.election.gov.np/election/uploads/files/pdf/Acharsamhita%202070.3.23.pdf

      Reply
  69. Dayaram says:
    November 17, 2013 at 3:19 pm

    The FB link of NNDP is: https://www.facebook.com/nepalnationaldevelopmentparty

    Reply
  70. ViBid Rose says:
    November 17, 2013 at 3:03 pm

    कुरा ता मुनासीब गर्नुभयो महानुभाव ले। अरुलाई नराम्रो देखाएर आफूलाई राम्रो भन्ने हुरु माथि औला उठाउनु भाको , तारा अलिक पुर्बाग्राही भएन र ? त्यों पोस्चर ले कसरी आचार सम्हिता उल्लंघन गरेको च, त्यो टेस्को पनि बिस्तृत खुलासा भएको भए हो रहेछा भन्नु हुन्थ्यो।

    जहा सम्मा बिबेकशील नेपाली पार्टी संभंधित छ, यो दर्ता गर्न नाभ्येको पार्टी हो, तेसैले समानुपातिक तरफ़ा कुनै उम्मेदद्वारी चैन। तरा यो ठुलो कुरो होईन। किना चार जाना स्वतंत्र उम्मेदवार लाई एउटा डरता नागरिएको पार्टी ले समर्थन गर्न नपौने… पार्टी नहुँदै माँ संगठित हुन नपाउने भन्ने हो कि ?

    कम्युनिस्ट एरिया , कांग्रेसी एरिया यो सब बकवास हो, चिया को सितन कुरा मात्र हो…एस्को अर्थ क लगाउन सकिन्छ कांग्रेसी हरु कुकुर ले टोकला भनेरा आट्टिसके छन……… बधाई छ कुक्कुर लै……मेरो भोट

    Reply
  71. Subhash Neupane says:
    November 17, 2013 at 2:52 pm

    ‘ज्याला पूरै लियौ अब संविधान देऊ’ भन्ने मपाईं ग्रुप माओवादी बाट संचालित थियो भन्ने कुरामा संका छैन ! तत्कालिन अवस्थामा समय कम भएकोले माओवादीले अघि सारेको जातीय राज्य को प्रस्ताव नस्विकारी कांग्रेस एमालेलाई सुखै छैन भनेर देखाउन र जनताले संबिधान नपाए छाड्दैनन भनेर देखाउन यिनीहरुलाई अघि सारेको थियो ! अहिले येही ग्रुप पार्टी खोलेर (दर्ता चाहिं नगरेर), माओबादी बिरुद्धको भोट काट्न आएको छ ! गोबिन्द नारायण भन्नेको घर बौध तिर पर्छ (क्षेत्र नम्बर ३) भने उ किन क्षेत्र नम्बर १ मै आएर लड्छ भन्ने कुरा पनि बुझ्नु पर्छ ! बिबेककिल एण्ड कम्पनि का अदक्ष उज्ज्वल थापालाई कम्तिमा पनि रेणु दाहाल बिरुद्ध जाने भोट काटेर रेणु दाहाललाई जिताएमा माओवादीले युवा कोटा भनेर मनोनितमा सभासद बनाउने तयारी गरेको छ !

    Reply
  72. Shiris says:
    November 17, 2013 at 2:18 pm

    कांग्रेसीको बकबक! चुनाब हार्ने भएपछि को रोदन!
    यी चारै क्षेत्रबाट एमालेका उम्मेदवारहरु विजय हुनेछन |

    Reply
  73. sangesh says:
    November 17, 2013 at 1:15 pm

    कुरा ठिक हो , and the way he is projecting in mapai stlye i did this that this many job opportunity given feel like it is just they want some political power for themself. i was watching Imran Khan video a talk show on ted
    http://www.youtube.com/watch?v=Xmbs8ihPrlg , he having so much popularity still did not want to go for election ….

    Reply
    1. Rajendra Adhikari says:
      November 17, 2013 at 4:32 pm

      So, going to election is a bad thing? Explaining his works is a bad thing? He should have kept his mouth shut and expected votes?

      Reply
    2. sudin says:
      November 18, 2013 at 2:05 am

      FYI, he is not projecting the “mapai” style. He is informing us what he has actually done as a civilian contrary to those old corrupt politicians who go around promoting their “never happening” future plans. And entering politics is a choice. The candidates of Bibeksheel Nepali joined politics so that they could make their voices heard by entering the constitution assembly. True, 4 people cannot change any decision in the CA, but they can have some impact on something at least. Change is not an overnight process, its eventual. We cannot just assume that they want their political power for themselves. Even if they do, it is not making any difference than having “the major party’s” candidates. There is no harm in trusting the youth, the group of people who have voiced against each and every wrong doings in the country for the past so many year.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme